Tuesday, August 30, 2011
सम्बन्ध
अति गहिरो सम्वन्धमा परेका समिप र सम्पदा विचमा थोरै फरकपना थियो । एकआपसमा माया गर्दथे, एक अर्कामा सर्मपण थियो । गम्भीर प्रकृतिको थियो समिप हत्तपत्त बुझ्नै नसकिने भने चन्चल केही नगरी वस्नै नसक्ने सम्पदाको मित्रता अनौठो थियो। त्यसो त नेपालको भुगोलका कारण धेरै वर्ष उनीहरुको परिचय हुन सकेन । समिप थिए बाग्लुङको अनकन्टार गाँउमा त सम्पदा थिइन झापाको चन्द्र गढि । समय बित्तै गयो समयको चक्रले सुदुर पुर्व र पश्चिमको मानिसलाइ एकै धरातल किर्तीपुरमा उभ्याइ दियो त्यहि नै भयो उनिहरुको देखादेख भेट अनि टुसाए मायाका मुनाहरु । तर अन्तरमुखी स्वभावका समिप सम्पदाको सामु आफ्नो मनको कुरा खोल्न नसके पछि मनमा रहेका कुरा आफै साथ लिएर समय कटाए । समिपलाइ मनमनै मन पराएकी चन्चल तर यस्ता कुरामा लजालु स्वभावकी सम्पदा पनि उ सामु आफ्नो कुरा राख्ने आटै गरिनन् । समयको भुमरीले फेरी उनीहरु एक अर्कालाइ फरक भुमरीमा लगेर पछार्यो । समिप व्रिटिस गोर्खा लाहुरेको छोरा हुनाले उ पारिवार सँगै आफ्नो भविस्य खोज्न उडे बेलायतको फ्रानवरो यता सम्पदा पनि आफ्नै रफ्तारमा भविस्य खोज्दै पुगिन अमेरीकाको न्युयोर्क । भौतिक दुरीमा टाढा रहनु परे पछि एकअर्काको बारेमा लगभग अनभिज्ञ भए । उनीहरुको किर्तिपुरको पढाइ पछि केहि समय भेटेनन् तर आधुनिक समाजमा आएका प्रविधिका कारण उनिहरु त्यति धेरै समय सम्म टाढा रहनु परेन। सामाजिक सञ्जाल फेसबुक साथै जि ईमेल च्याटमा भेट भै कन छाड्यो । त्यस पछि यति लामो समय सम्म टाढा रहेर गुजारेका पलहरुलाइ यसरी माया गरे उनीहरुले कि उनीहरु सँगै नै भए जस्तो गरि । अचम्म थियो उनीहरुको सम्बन्ध । धेरै अचम्म सम्बन्धहरुको बीच असहजता थियो उनीहरुमा । त्यैपनि उनीहरु सर्मपीत हुन थाले मायामा । जीवन चल्दै थियो आफनो रफ्तारमा उनीहरु त्यहि रफतार सँगै चल्दै थिए ।
उनीहरु भौतिक रुपमा विछोडीएको करिव ५ वर्ष भएपनि ग्लोवल दुनियाका प्रेम जोडी फोन र च्याटबाट साथै भिडियो च्याटबाट भने सँगै भए । दिनमा एकपटक फोनमा बोल्ने साथै दुइ तिन पटक च्याटमा कुरा गर्ने उनिहरुको दैनिकी बनि सकेको थियो। एक अर्का बिना बाच्नै नसक्ने स्थितिमा पुगेका दुवैले भेट्ने निर्णय गरे तर कहा? भु पु गोर्खा पल्टनेको छोरो समिप सजिलै अमेरीका जान सक्थे भने अमेरीका पुगेकी सम्पदा त्यति सजिलै युरोप भ्रमणमा आउन अलिकति सामाजिस सँरचनाले असर पुरायो । तर मायालाइ न त भौतिक दुरीले छेक्न सक्छ नत साइनोले नै ? आफ्नी प्रियतमालाइ भेट्न हानिने भए समिप अमेरीका । वर्षौ देखि कुरीएका दिन नजिकिदै थिए दुवैलाइ । महिना हप्ता दिन घण्टा गरेर अर्कालाइ भेट्ने समय आयो । सारा सँसार भुलेर, विगतका तिता बिछोडको पिडालाइ विर्सिएर एकसाझ दुइ मन एक ठाउ भए दुइ शरिर आलिगनमा बाधिए । विरानो देशमा आफन्तहरुबाट धेरै टाढा दुवैले भएभरको माया साटासाट गरे । एक हप्ताको लामो बसाइ पछि समिप सम्पदालाइ पुन चाडै भेट्न आउने बाचाका साथ फर्किए । समयको रफ्तार सँगै दुवैको माया मौलाउदै, झागीँदै गयो बढ्दै गयो। तर चिनी पनि धेरै भयो भने तितो हुन्छ भन्ने उखान झै उनिहरुको माया दुइ वर्षमै फेरी सानो निहुबाट बोलचाल बन्द सम्म हुन पुग्यो । समयले कति छिटो कोल्टो फेर्दो रहेछ । उनीहरु पहिला पहिला केही क्षण कुरा गर्न नपाउदा दुवै छटपटिन्थे तर यस पटक निकै दिनको सम्पर्क बिहिन बन्न पुग्यो । यहि मौकामा यता समिपको घर परिवारले विवाहको प्रस्ताव ल्याए । सम्पदाको रिस फेर्न समिपले सात वर्षको गहिरो मायालाइ लतारेर अर्कै सित विवाह गर्न राजी भए । उसले पहिला रिस उठाएको उसले गल्ति महसुस गरेर फोन गर्नु पर्छ भन्ने मान्यता बोकेकि सम्पदा समिपको फोनकलको प्रतिक्षामा दिन काट्न थालिन । उनी समिपको यो चर्तीकलाबाट बेखवर थिइन। उता समिप नया सम्वन्धमा रमाउदै जादा पुरानो घाउलाइ केही पिडा दिए पनि विर्सने कोशिस गर्न थाले । विगत याद दिलाउने चिज जतीको बिनास गर्दै जादा उसले सम्पदाको यादहरु मेटाइ सकेका थिए । विस्तार बिस्तार उसको फोनमा फोन लाग्न छोड्यो मेलको प्रतिउत्तर आउन छोड्यो के भयो? किन भयो? अन्यौलतामा दिन गुजार्न बाध्य भइन सम्पदा ।
दुइ बर्ष पछि भुकुमुने छोरो सहित समिप नेपाल फर्किएका थिए । सम्पदा पनि आफ्नो पढाइको थेसिस गर्न नेपाल आएकि थिइन । मलिन अनुहार बोकेर हिडिरहेकि सम्पदा सँग अचानक लाजिम्पाट चोकमा भेट भयो । मलिनताको कारण जान्ने उत्सुकता रहदा रहदै पनि सोध्न सक्ने हिम्मत समिपले गरेन । सम्पदा पनि अप्रत्यासित समिप सँग भेट हुदा पिडा पोखाउन सकिनन्, बर्षौ पछिको त्यो भेट सामान्य बॊलचालमा मात्र सिमित भयो । त्यसो त आफ्नो मनभरी ताजा पीडा व्याप्त थियो । हिड्ने बेलामा सम्पदाले नै एक दिन भेटने अनुरोध गरिन् समिपले उनको अनुरोध स्वीकार गर्न नचाहदा नचाहदै पनि मनले स्विकृति दियो आखिर एक समयको सच्चा मित्र पनि त थिइन उनी । उनि सोध्न चाहन्थिन आखिर समिप किन टाढा भयो ? एकाएक फेरी भेटिएकोमा खुशीका पलहरु समेटिए दुवैमा, केही खुल्दुलीहरुले हलचल मच्चाउन थाले मनमा यतिका वर्ष गरेका मायाहरुबाट उनले केवल पीडा पाएकी थिइन्। हुन त नियती ले विछोड हुनु धोखा त होइन तापनि पिडाले बिक्षप्त मनले त्यहि नै महसुस गर्न पुगिन्छ ।
दुवैको सल्लाह बमोजिम पुन भेट भयो ठमेलको ड्रिम गार्डेनमा, चियाको चुस्कि साथ स्मृतिका पल ताजा गर्ने क्रममा समिपले सोधे तिमीले विहे गरयौ? सम्पदा एक छिन अक्मक्क परिन भनीन् अहँ गरिनँ। तिमीले नि? उनले प्रतिउत्तर गरेन। उसको जवाफमा मौनता छायो। वातावरणमा सन्नाटा छायो । एकमनले बुझिन् उसले बिहा गरि सकेछ तर फेरी अर्को मनले त्यो वास्तबिकतालाइ स्विकार गर्न पटक्कै मन लागेन । के गरु के गरु भए पछि भनिन् अब जाउ है? समिप झल्यास्स भए र भने होइन एक छिन बसौ न । सम्पदाले कुरा चपाइन, किन विहेको कुराले तिमीलाइ अप्ठेरो बनायो हो? हेरन मैले त खै भने जस्तो कोहि भेटिन अहिले सम्म । खोजी देउ न है कोहि । केही नभए जस्तो केही खोजे जस्तो एक असहज प्रश्नको बाण थियो समिपलाइ । उत्तर दिन सक्ने अवस्थामा समिप छैन भन्ने थाहा भएकाले प्रश्नको उत्तर पाउने व्यग्रता थिएन सम्पदामा । समिपको मन चिसो भयो कता कता छटपटिले मनभरी पोल्न थाल्यो । कताकता पसिना आए जस्तो चिसो भयो निधार, बारबार प्रश्नले खेदन थाल्यो उसलाइ, बेक्कार कुरा उप्काए भन्ने पनि लाग्न थाल्यो अव वास्तबिकता कसरी भन्ने भनेर उ घोत्लिन थाले। चुल्वुलि सम्पदाले फेरी भनिन के कुरा खेलाको मनमा? उनी केही खुलि सकेकि थिइन पहिला भन्दा, उसलाइ फेरी समिप भेटेकोमा खुसी लागेको थियो तर उनले केही लख काटि सकेकी थीइन कि उ पक्कै विवाहित हो भनेर । समिप मौन नै थिए भन्न मन थियो तिमीले रिस उठायौ त्यसै आवेगको वेलामा मैले अर्की ल्याए। तर समिप बोल्न सकेन। उसले गरेको गल्तिको पछुतोले भित्र भित्र पोल्न थाल्यो । बल्ल बल्ल साहस गरेर मौनता चिरर्दै उसले भन्यो मैले त विहा गरे नी। सम्पदा निशब्द भइन् र सुनिन मात्र, फेरी उसको चन्चलता थन्कियो कुना तिर । सोध्न मन लागेको थियो आखिर के को सजाय दियौ मलाइ? किन मलाइ छोडी अर्कै रोज्यौ? तर बोल्न सकिन उनलाइ त्यो भेट फेरी बोझ बन्यो । उनको मन मस्तिस्कबाट टाढिइसकेको समिपले फेरी एक पटक बिगतमा पुर्याइ पुन वर्तमान मै ल्याइ पुर्याइ दिएको थियो । उनको दिमागमा एउटा गित गुन्जियो नदेखेको भए हुन्थ्यो तिमीलाइ ....... भित्रि मन बिथोलिएर पिरोलेकै भए पनि उनले देखाउन चाहिनन् । उनले सके सम्म लुकाइन देखावटि हासो र उनको चन्चलपनालाइ कायम राख्दै बोलिन भाउजुलाइ पनि भेट्नु पर्ने थियो नि त कहिले भेटाउने हो? समिपलाइ लागेको थियो उनि रुन्छिन धोका दिएकोमा रिसाउछिन तर मनभरिको भडास नपोखिकन नम्र भएर सहज रुपले लिएको देख्दा उसको मनमा अझ श्रद्दा र सम्मान बढेर आयो । सम्पदा बोल्दै गइन उनि जति बोल्दै जान्थिन उति झरझर बल्दै जान्थिन । जीवनका बारेमा बक्तव्य दिदै गइन अझै उनिहरुको जिवनलाइ सरल र सहज बनाउने टिप्स दिएको देखेर समिप दँग परे तर एकमनमा पछुतो पनि भयो । अहिलेकी इरा अलि समिपलाइ नबुझ्ने खालको साथै हरेक कुरालाइ सँकाको घेरामा राख्ने तथा सानो सानो कुरामा पनि निहु खोज्ने हुनाले कहिले काही वाक्क लाग्न थालेको थियो । समिप अनायासै इरा र सम्पदालाइ तुलना गर्न पुगे तर समय उसको वस भन्दा धेरै पर पुगि सकेको थियो ।
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment