Saturday, March 24, 2012

सबै भन्दा ठुलो कुरा आत्मसन्तुष्टि नै हो

मानिस प्राणि मध्येकै सर्व श्रेष्ठ प्राणि भएकोले पनि होला मिठो खाने, राम्रो लाउँने र आनन्द दायक जिवन शैली कै सबैले अपेक्षा गर्छन तर समय र भाग्यले सबैलाई कहा साथ दिन्छन र? हरेकको सपना हुन्छ सुखि र खुसिमय जिवन यापन गर्ने त्यही सुखि र समृद्दी चाहार्दै चाहार्दै भौतारिन्छन युवाहरु । यसक्रममा कोहि लाग्छन सात समुन्द्र पारी कोही नजिकैको सहर तिर । तर मानिस जातैले एक लोभी प्राणी हो जसलाई कतिले पनि पुग्दैन । एक छाक टार्न नपुगेको अवस्थामा छाक मात्र टार्न पाए म सन्तुष्ट हुन्थे भन्छन छाक टार्न पाए पछि होइन शरिर ढाक्न एक टुक्रा कपडा पनि पाए हुन्थ्यो भन्छन शरिर ढाक्न पाए अहो शिर लुकाउने यसो ओत पाए हुन्थ्यो भन्छन त्यो सबै पुग्दै गए पछि बिलासिताका सामानको आवश्यकता महशुस गर्न थाल्छन त्यो पनि पुरा भए अझै राम्रो र उच्चस्तरको हुनु पर्छ भन्छन । गाउमा एउटा घर हुनेले शहरमा पनि घरको आवश्यकता देख्छन् शहरमा जोड्न पाए अझै ठुलो सहर ताक्छन् हुदा हुदा सके बिदेशै ताक्छन जहा अझै धेरै सुख सुबिधा होस यसको अर्थ हामी कतिमा पनि सन्तुष्ट हुन सक्दैनौ तर हुदै भएन भने पनि मरेका त छैनौ । सँसारमा मुस्किलले ५ प्रतिशत व्यक्ति होलान जो आफु सँग जे छ त्यसबाट पुर्ण सन्तुष्ट मानेर बसेका छन् ।


Monday, March 12, 2012

यति खेर खेलमय बनेको छ नेपाल !! काठमाण्डौ र धनकुटा भने फुटबलमय !!!

खेल जिवनको एक महत्वपुर्ण सारथी हो जसले मानिसलाई स्वास्थ्य त राख्छ नै त्यसमाथी फुर्तिलो पनि बनाउछ । आजभोलि नेपाल निकै खेलमय बनेको छ गत हप्ता मात्र पश्चिमाञ्चल खेलकुद महोत्सब सम्पन्न भएको छ र केही दिन यता काठमाण्डौमा एएफसी च्यालेन्ज कप फुटबल प्रतियोगिता भइ रहेको छ । हाल सम्म घरेलु टिम नेपाल प्यालेस्टाइन र माल्दिभ्स सँग खेलेका दुइ वटै खेलमा कुनै पनि गोल नलगाइ सेमि फाइनलमा पुग्ने आशा टुटाइ खेलबाट बाहिरिएको छ भने छिमेकी राष्ट्र भारतका खेलाडीहरु पनि खेलबाट बाहिरी सकेका छन् ।

Wednesday, March 7, 2012

बिबिध हिँसा बिचको आजको नारी दिवस





हरेक वर्ष मार्च ८ मा मनाइने नारी दिवस फेरी यो बर्ष पनि घुम्दै फिर्दै आइ पुगेको छ । हरेक महिला समुह तथा हरेक महिलाहरुले मनाइने यो दिवसमा महिला अधिकारको पक्षमा भाषण, प्रतिबद्धता, अभियान र दिवसको अभाव छैन । हरेक वर्ष केही न केही नारा राखेर महिलाविरुद्धको हिसाबिरोधी अभियानमा लागि रहेकै छन् नेपाली महिलाहरु। यद्धपि महिला दिवस मनाउने क्रममै महिला अधिकार हननका घटनाहरू पनि सार्वजनिक नभैरहेका होइनन्। यसले महिला अधिकारको तथा हिंसा निर्मूल पार्ने स्पष्ट सरकारी नीतिको अभाव तथा भएका नीतिको कार्यान्वयन एवं अनुगमन गर्न नसकी सामाजिक परिवर्तन तथा सोचमा परिबर्तन आउन नसकेको प्रष्ट छ ।

होलि रे सरररर





सधै झै उमँगको ठेली सहित यो वर्ष पनि आयो रँगहरुको पर्व होली र सदभाव पूर्ण रँगहरु दलेर बिदा पनि हुदैछ। गत बर्ष त्यो भन्दा पहिलो बर्ष अझ त्यो भन्दा पनि अघिल्ला अघिल्ला बर्षहरु भन्दा यो बर्षको होलि निकै फरक होलि बन्यो मेरो लागी । फरक यो मानेमा थियो कि यो बर्षको होलि साच्चै सदभाबको होली थियो, जहा लोलाको चुटाइ थिएन, जहा जबरजस्तिपन थिएन, जहा फोहोर पानी वा ढलको फोहोरको बर्षा थिएन । थियो त केवल माया ममता सदभाव अनि खुशियाली सहितको रँग र त्यसैमा मुछिएका उमँगका फोहराहरु । साथै एकआपसमा सदभाव पूर्ण होलीको शुभकामना साटासाट थियो । मैले यो नयाँ अँकको नेपाल साप्ताहिकमा अस्तिमात्र ब्रजेश दाईको लेख पढ्दै थिएँ । "फागुको आतकँ" जसले मेरा बिगतहरुलाई सिनेमाको पर्दामा झै फ्लासब्याक देखाइ दिएको थियो । त्यो दर्दनाक कथा कहानी पढ्दै थिए जसलाई म स्वय आफैले पनि बिगतका बर्षमा काठमाण्डौ बसाइमा भोगेकी थिए । त्यहा फरक मात्र एक चिजको थियो त्यो फरकपना म र लेखमा रहेकी सानी सानी नानीहरु । मैले होली नमनाएकी करिब चार बर्षै हुन लागेछ । हुन त म पहिला देखी नै खासै होली र रँगहरुकी प्रेमि त होइन तथापि कहिले काही साथीभाइले लौन भन्दा नाई नभन्ने मै पर्दछु । मलाई फागु खेलि सकेपछिको रँगहरुको रँगिचँगि अलि मन पर्दैन। उल्लेखै गर्नु पर्दा मैले करिब करिब ८ बर्ष अगाडीको होलिमा मेरा सहपाठीहरु सँग केही पल यहि धनकुटामा होलि पर्व मनाएकि थिए तर त्यो बेला पनि मैले खुलेर होली अर्थात फागु खेल्न पाएकि थिएन कारण थियो धनकुटामा रहेको समस्या अर्थात पानीको अभाव । वास्तवमा त्यतिखेर पनि अहिले जस्तै पानिको हाहाकार नै थियो घरमा त्यसैले साथीहरुले रँग दल्न खोज्दा पनि रँगको एलर्जी छ भनि ढाटेको कुरा अझै ताजै छ । त्यस पछिको होली भनेको करिब वि स २०६४ साल ताका हो क्यारे (मलाई ठ्याक्कै मिति थाहा भएन) कान्तिपुर एफ एमले खेलाएको होली हँगामामा ललितपुरमा सहभागि भइ रमाएकि थिए । त्यसबेलाको होली पनि फरक किसिमको रमाइलो थियो किनकि म त्यहा अपरिचित १९ जना नया साथीहरु सित होलि खेल्न पुगेकी थिए । त्यस दिनको होलीलाई पनि दुइ चिजले सम्झन योग्य बनाएको छ