खास गरि यो कबिता दश बर्षमा नेपाललाइ स्वीट्जरल्यन्ड बनाउने बचन दिनेहरुको लागि
बचन माग बचन दिन्छु
माया माग माया दिन्छु
आखिर झुटको खेती न हो
मागेर त हेर सितलता दिने
बृक्ष सहितको छाया दिन्छु ।
जीवन माग जीवन दिन्छु
जोवन माग जोवन दिन्छु
आखिर झुटको खेती न हो
मागेर त हेर ताल परेमा
मायाको दोमन दिन्छु ।
सुख माग सुख दिन्छु
खुसी माग सारा खुसी दिन्छु
आखिर झुटको खेती न हो
मागेर त हेर जीन्दगीको
यात्रा सँगै तिम्रै नाममा बन्दग बसी दिन्छु ।
Monday, May 4, 2009
Tuesday, April 28, 2009
मेरै मनको गन्थन
धेरै दिन भएछ कथा कबिता मुक्तक अनि हाइकुमा नजमेको पनि । पल्टाएर हेरे ब्लगका पानाहरु निकै उराठ लाग्दा भएछन यो बसन्त ऋतुमा पनि । निकै आदर्शका र राजनीतिका गफहरु छाट्नमा नै ब्यस्त भएछु । यसपाली भने मलाइ पनि केही साहित्यीक छनक हाल्न मन लाग्यो मेरो ब्लगमा । ब्लग खोलेर बसे हरियाली बनाउने सुरमा तर अहँ पटक्कै फुरेन कुनै साहित्यका स हरु । टाइप गर्न मानेनन् यी औलाहरुले कथाका क हरु । झण्डै आधा घण्टा बितेछ घोरिदैमा........... बित्यास परो के लेखेर मैले मेरो ब्लगका उजाडपनलाइ हटाउने त?? सोच्न थाले । दिमागमा संझना आयो मेरा आदरणीय गुरु विधान आचार्यले पनि निकै दिन अगाडी देखी मेरा साहित्यका हरिया फाटाहरु हेर्न र पढ्न रुचाइ रहनु भएको थियो त्यसर्थ पनि मैले झन मेरो दिमागमा रहेको साहित्यका बाझाँ फाँटहरु फुटाउनु पर्ने भो तर....... अझै पनि औलाहरु सल्बलाउन मानेन्। भनेको सुनेको थिए
प्रयास अनुचित नठान
वास्तबिकता कसैको पेवा होइन
आफुलाइ असफल कहिल्यै नठान
सफलता कसैको मुट्ठी मा छैन
एकछिन थकाइ मारे । मेरा गुरुले पढ्न रुचाउनु भएको जस्तो कबिता त नफुर्ने नै भो अहिले तर पक्कै पनि प्रयास अनुचित हुदै हुन्न, म पनि आफुलाइ यति सानो प्रयासमा असफल मान्दै मान्दिन । त्यसैले निर्णय लिए सधै सबैले किन हरियाली बसन्तमात्र रोज्नु?? कहिले काही त पिडादायी कुरा पनि सिर्जना बन्न सक्छ । अनि फुर्यो मनमा एउटा बिरहका भाका ।
चाहाना त एउटा कल्पित इच्छामात्र हो
सम्झनालाइ नै वास्तबिकता ठान
मिलन त हाम्रो हुरीको धक्का मात्र हो
पिडा दायी बिछोडलाइ नै सत्य मान
यो पनि एउटा साहित्य कै सिर्जना हो । यसलाइ किन अगाडि नसार्ने ?? कैलाश दिदीको भाका सापट लिएर भन्नु पर्दा जे पर्ला पर्ला ठेली दिए म सर्जक भएको नाताले दुइचार हरफ सिर्जनाका रुपमा । अरुका लागी यो कबिता नभए पनि मेरा लागी यि नै कबिता यि नै साहित्य अनि यी नै भए मुक्तक
कहाली लाग्दो रैछ आफ्नै जीवनबाट
यो भिडहरुमा एक्लीएर गए पछि
हार खाइन्दो रहेछ गन्तब्य बिहिन यात्राबाट
दोवाटोमा पुगेर रुमल्लीए पछि
अभिसाप नै बन्दो रहेछ जीवन
त्यसै कसम खादै देबी देउराली भाके पछि
अर्थ यसरी लाग्दो रहेछ जीवनको
धोका र तिरस्कार खाए पछि
मुल्य हिन आशु नै बन्दो रहेछ
यसरी हृदयमा चोट लागे पछि
यि माथीका हरफलाइ आफुले कबिता माने । अन्तमा फेरी जानि नजानि दुख कै मुक्तक पनि कोर्न मन लाग्यो
भुल्न खोज्छु सवैकुरा
अतितआइ अल्झि दिन्छ
अधर खोली हासु भन्छु
पीडा सधै बल्झि दिन्छ
यो अन्तिम अंश अपुरै छोडि दिए मेरो ब्लगमा पाल्नुहुने मित्रहरुले यस भन्दा मुनीका हरफ बनाउन सघाइ दिनु हुन्छ की भनेर ।
प्रयास अनुचित नठान
वास्तबिकता कसैको पेवा होइन
आफुलाइ असफल कहिल्यै नठान
सफलता कसैको मुट्ठी मा छैन
एकछिन थकाइ मारे । मेरा गुरुले पढ्न रुचाउनु भएको जस्तो कबिता त नफुर्ने नै भो अहिले तर पक्कै पनि प्रयास अनुचित हुदै हुन्न, म पनि आफुलाइ यति सानो प्रयासमा असफल मान्दै मान्दिन । त्यसैले निर्णय लिए सधै सबैले किन हरियाली बसन्तमात्र रोज्नु?? कहिले काही त पिडादायी कुरा पनि सिर्जना बन्न सक्छ । अनि फुर्यो मनमा एउटा बिरहका भाका ।
चाहाना त एउटा कल्पित इच्छामात्र हो
सम्झनालाइ नै वास्तबिकता ठान
मिलन त हाम्रो हुरीको धक्का मात्र हो
पिडा दायी बिछोडलाइ नै सत्य मान
यो पनि एउटा साहित्य कै सिर्जना हो । यसलाइ किन अगाडि नसार्ने ?? कैलाश दिदीको भाका सापट लिएर भन्नु पर्दा जे पर्ला पर्ला ठेली दिए म सर्जक भएको नाताले दुइचार हरफ सिर्जनाका रुपमा । अरुका लागी यो कबिता नभए पनि मेरा लागी यि नै कबिता यि नै साहित्य अनि यी नै भए मुक्तक
कहाली लाग्दो रैछ आफ्नै जीवनबाट
यो भिडहरुमा एक्लीएर गए पछि
हार खाइन्दो रहेछ गन्तब्य बिहिन यात्राबाट
दोवाटोमा पुगेर रुमल्लीए पछि
अभिसाप नै बन्दो रहेछ जीवन
त्यसै कसम खादै देबी देउराली भाके पछि
अर्थ यसरी लाग्दो रहेछ जीवनको
धोका र तिरस्कार खाए पछि
मुल्य हिन आशु नै बन्दो रहेछ
यसरी हृदयमा चोट लागे पछि
यि माथीका हरफलाइ आफुले कबिता माने । अन्तमा फेरी जानि नजानि दुख कै मुक्तक पनि कोर्न मन लाग्यो
भुल्न खोज्छु सवैकुरा
अतितआइ अल्झि दिन्छ
अधर खोली हासु भन्छु
पीडा सधै बल्झि दिन्छ
यो अन्तिम अंश अपुरै छोडि दिए मेरो ब्लगमा पाल्नुहुने मित्रहरुले यस भन्दा मुनीका हरफ बनाउन सघाइ दिनु हुन्छ की भनेर ।
Monday, April 27, 2009
नेपालमा संघीयता सम्वन्धि केही सकारात्मक तथा नकारात्मक बहसहरु
नेपालमा गणतन्त्रको उदय पश्चात देश संघीयतामा जाने नजाने भन्नेबारे अन्योल रहदा रहदा एक हिसावले देश संघीयतामा जाने निश्चित भै सकेको छ । तर केही ब्यक्ती तथा राजनीतिक समुह यसको चर्को बिरोधमा उत्रिएका छन् । संघीयताले देश बिखण्डन बनाउछ अथवा देश टुक्राउछ भन्नेहरुको जमात पनि देखिएको छ । उनीहरुको यस प्रकारको क्रियाकलापले फेरी राजधानीमा सडक जाम तथा बिभिन्न अवरोध उत्पन्न भएको छ । दिन दिनैको जुलुस धर्ना र सभा सम्मेलनले जता ततै सडक जाम भएको कारण निश्चित समय भन्दा दुइ या तीन घण्टा अगावै हिड्नु पर्ने अवस्था छ । केही दिन सम्म भए पनि उफ्रनेहरु उफ्री नै रहेका छन् वास्तवमै संघीयता चाहने एउटा जाती तथा एउटा समुह मात्र त्यसको बिरोधमा उत्रने हो भने फेरी देशले अर्कै मोड नलेला भन्न सकिन्न ।
एकातिर यसरी संघीयताको बिरोध र जुलुस निकाली रहेका छन् भने अर्को तिर संघीयतामा जाने निश्चित प्राय भएकाले अब बन्ने संघीय सरकारमा कस्तो शिक्षा नीतिलागु गर्ने कस्तो पाठ्यक्रम तयार गर्ने कस्ले जिम्मा लिने भन्नेबारेमा बौद्दिक बहस पनि सुरु भएको छ । यसमा पनि नीजि बिधालयहरुको भुमिका के रहने उनीहरुले कस्तो भाषा नीतिलाइ प्रायोरिटी दिने भन्नेबारेमा १३ गते राजधानिमा एक दिने कार्यशाला गोष्ठी सम्पन्न भएको छ । एलाइन्स फर सोसल डाइलग ए एस डी र चौतारीले मिलेर गरिएको यस कार्यशाला गोष्ठीले अब देशका सबै तहमा यस किसीमको बहस चलाउनलाइ आवाज दिएको छ ।
एउटै देशका जनताले पनि दुइ खाले शिक्षा पद्दती (सरकारी बिधालयमा अङग्रेजी बाहेक सबै बिषय नेपाली भाषामा र नीजि बिधालयहरुमा नेपाली बाहेक सबै बिषय अङग्रेजी) अपनाएर समान तहमा प्रतिश्पर्धा गर्नु पर्ने हाम्रो परिपेक्षलाइ पनि केही छोएर भएको छलफल नीकै लाभदाएक थियो । यद्दपी हाम्रो देशका मानिसहरुमा जुन सुकै कामलाइ पनि हल्का लिइ दिने समयमा आइ नदिने आफुले बोल्न पर्ने बिषयमा पुर्व तयारी बिना नै उपस्थित भै दिने बरु आउने बितिकै लाजै पचाएर माफ माग्दै बोल्न सुरु गर्ने यो परिपाटी भने यहा पनि देखियो ।
प्यावसन तथा एन प्यावसनका संबन्धित ब्यक्तिहरु स्टु लगाएत रातो बंगला र सिद्दार्थबनस्थलीका शिक्षकहरुको अनुभव र आफ्ना धारणा सहित उक्त छलफलका अनुसार संघीयता भए पनि शिक्षालाइ खासै असर नपार्ने भनाइहरु आए । जहा सम्म भाषाको कुरामा ३ वटा प्रारम्भीक र लोकल ज्ञान बुझ्नलाइ मातृभाषा अन्य समुदायका ब्यक्तिहरु संग सहकार्य गर्न नेपाली भाषा र अन्तराष्ट्रिय विश्व बजारमा बिक्नलाइ अंग्रेजी भाषा नै लागु गर्न सकिने कुराहरु भएको छ ।तर यिनै बैधानिक नभएकाले देशभरी यसलाइ बहसको रुपमा अगाडि बढाउन सकिने अबधारणाहरु राखे ।कसै कसैले फेडेरल स्ट्रक्चरमा पुगे पछि नीति बनाउने कुरा राजनीतिक नेतृत्वले नै निर्णय गर्ने कुरा हो भनि पन्छिए ।
तर जे सुकै भए पनि हामीलाइ कुन प्रकारको शिक्षा आवश्यक छ भन्ने कुरा महत्वपुर्ण हो । हामीले बुझ्नु पर्ने कुरा शिक्षा केका लागी र शिक्षा कसको लागी भन्ने हो । शिक्षा सोसल सर्भिस हो भन्दै शिक्षाका नाममा भएको ब्यपारीकरणमा पनि एक अर्कामा दोष थोपर्नु बन्द गर्नु पर्छ । बक्ता तथा बनस्थली स्कुलका पुर्व प्रिन्सिपल लक्ष्मण राजबंशी सरको भनाइहरुमा भने म निकै प्रभावित भए पक्कै पनि आजको हाम्रो छलफल भनेको भोलिको दिनको लागी हो तर हामी सबै जना हिजोको कुरालाइ लिएर दोषारोपण गर्दैमा ठिक छौ जुन सहि होइन । हिजोको दिनले सिकाएका पाठबाट भोलीको लागी सहि बाटो खोज्ने बेला हो नकी आफु आफुमा लड्ने ।
राजबंशी सरका अनुसार १०० जना शिक्षक मध्ये तिमीहरु मध्येमा चाहेर म शिक्षक बनेको हो भन्नेहरु कति जना छौ भन्दा कुनै पनि हात नउठेको । त्यसै गरि शिक्षकका अबिभावकलाइ पनि तपाइहरु मध्ये कतीले आफ्ना छोरा छोरीलाइ शिक्षक बनाउनु चाहनु भएको थियो हात उठाउनुस भन्दा एउटै पनि हात नउठेकोले हामी भन्न सक्छौ की हामी संग प्राय शिक्षकहरु नचाही नचाही शिक्षक बनेका छन ती नचाही नचाही बनेका गुरुबाट के कति सिकिन्छ । हुन पनि काम केही नपाउदा एसो स्कुलमा पढाउने त्यो भन्दा बढि तलब आउने वा सजिलो काम पाएमा बिधार्थीको पढाइ जहा सुकै पुगोस नया नया सर फेरीदा उनीहरुमा कस्तो असर पर्छ भन्ने केही नसोची स्कुल छोडी दिने प्रचलन यदपी छ । यसरी हेर्दा हामीमा सही ब्यवहारीक शिक्षाको कमि छ । त्यसैले आजको आवश्यकता भनेको प्राबिधिक र ब्यवहारीक शिक्षा जसले देशका सम्पुर्ण युवा बेरोजगारमा हल्लिन नपरोस ।
Thursday, April 23, 2009
नेपालमा देखिएका आरक्षण र सकारात्मक विभेद
यसबेला नेपाल पूनर्संरचनाको चरम संक्रमण कालबाट गुज्रीरहेको छ । प्रा.कृष्ण खनालको भाषामा देशले खोजेका र रोजेका कुराहरु लगभग प्राप्त भैसकेका छन अब देशलाइ सेफलैण्डिङको आवश्यकता छ । यतिबेला देशले हजारौ चुनौतिहरुको सामना गर्नु परि रहेको छ । पुनर्संरचनाको बहस चलिरहदा समाबेशिकरणको चुनौती अत्यन्तै तगडा भएर आएको छ । नेपालमा अहिले आरक्षण तथा सकारात्मक विभेदले निकै चर्चा पार्इरहेको छ, यसलार्इ पनि व्यवस्थीत तरिकाले लागु गर्दै लैजानु परेको छ । सत्ताब्दीयौ देखि गुजि्रएको एकात्मक शासन पद्दतीको अन्त्य पश्चात नयाँ नीति नियम तथा कानुनलार्इ व्यवहारमा उतार्नु पर्ने चुनौती पनि यथावत छ । विगतका एकात्मक र शामन्तीबादी शासनले जन्माएको बर्ग विभेदका कारण आधा जति नेपालीहरु आफ्नो मौलीक तथा नागरिक हकबाट बञ्चित हुन पुगे । यसैको क्षतिपूर्ती स्वरुप आम जनतालाइ समान अधिकार र समान सहभागीताको लागी सकारात्मक विभेद, विशेष अधिकार तथा आरक्षणको आवश्यकता परेको हो ।
आरक्षण तथा सकारात्मक विभेद भन्ने वित्तिकै राज्यको विभिन्न पक्षमा पहुँच नपुगेका नेपालीहरुका लागी वा समाजमा अत्यन्तै पछाडी पारीएका समुदायका लागी भनेर बुझिन्छ । सुन्दा यी शव्दहरु झण्डै उस्तै अर्थ लाग्ने भए तापनि यिनीहरु विचमा केही तात्विक भिन्नता छ । केही मानिसको विचारमा भने सकारात्मक विभेद भनेको क्षमताको विकास र प्रशिक्षण हो, आरक्षण भनेको विभेद हटाउने माध्यम हो (गुरुङ्ग २०६३)।
नेपालमा सकारात्म विभेदको ठाउँमा आरक्षण शव्द बढी प्रचलनमा छ र त्यसको अर्थ न्याय एवं समानताका लागि अवसर मात्र नभै इतिहास देखि गरि आएको उत्पीडन र विभेदको क्षति पूर्ति, स्रोत तथा सम्पत्तमि अधिकार र राज्यसत्तामा समानुपातिक प्रतिनिधित्व पनि हो (बस्नेत २०६३)। खास गरि यो ठाउ विशेष पनि प्रयोग हुदै आएको देखिन्छ, जस्तै अमेरीकामा सकारात्मक विभेद छ भने भारतमा आरक्षण (कोटा प्रणाली) को प्रचलन छ । नाममा जे सुकै भिन्नता भए तापनि यी दुबै देशमा सकारात्मक विभेदका प्रयासहरु भएका छन् । सकारात्मक विभेद प्राप्त गर्न कुनै न कुनै कुरामा पछाडी परिएको समुह हुनु पर्दछ । सामन्तवादी युगको आर्थिक, सामाजिक तथा धार्मिक संरचना खास जाति, समुदाय वा वर्गको फाइदाका लागि अरुलार्इ दमन गर्ने नकारात्मक विभेदमा आधारित भएकाले सकारात्मक विभेदको नीति अगाडि आएको हो (आहुति,२०६३)। विशेष अधिकार भन्नाले कुनै पनि पछाडी पारिएको समुह तथा बर्गलाइ निश्चित प्रकारको अधिकार दिएर अन्य समाजको दाजो पर्याउनु हो, आरक्षण भन्नाले निश्चित समुह वा बर्गलाइ अन्य समुह सँग बराबरिमा आउनका लागी निश्चित कोटा छुट्याइनु, जहा ती निश्चित गरेका समुह भन्दा बाहिरको मानिसले त्यो सुविधा भोग गर्न पाइन्न ।
नेपालले आरक्षण सम्बन्धि धारणालाइ स्वीकार गर्न बाकी नै भए तापनि अघोषित आरक्षण र कोटा प्रणालीको अर्का प्रचलन भने बिद्यमान छ (दाहाल,२०६३) । नेपालमा सिमान्तकृत बर्ग वा समुदायलाइ समान पहुँचमा पुर्याउन विभिन्न तरिकाले सहयोग गर्दै आएको छ ।आरक्षणले पहिलेको क्षतिको पूर्ति गराउने पक्ष त एउटा छ सँग सँगै यसले अन्य विभिन्न सवालहरु पनि सँगै जन्माएर ल्याएको हुन्छ । आरक्षण गर्दैमा पिछडिएका समुदायका मानिसहरुले न्याय पाउछन् त? आरक्षण दिदैमा के समुदायप्रतिको भेदभावको अन्त्य हुन्छ त? (चन्ढोक २०६३)। तर जति सुकै यस्ता प्रश्नहरु उठे तापनि पछाडी पारीएका समुहलार्इ केही राहत पक्कै पनि आरक्षण तथा सकारात्मक विभेदले गरेको हुन्छ । न्याय पूर्ण रुपले आरक्षण गर्ने वित्तिकै नपाए तापनि एउटा प्रकृयामा गइसकेको हुनाले एक दिन न एक दिन अवस्य पनि न्याय पाउन सकिन्छ ।
समग्र प्रणालीको सोचाइ र स्वभाव तुरुन्त फेर्न नसके तापनि प्रवेशका लागि आरक्षण एउटा पहिलो कदम हो (गुरुङ्ग २०६३)।संविधान सभा र संविधान मस्यौदा समितिमा आरक्षणसमाजका सिमान्तकृत समुह महिला, जनजाति तथा दलितको शैक्षिक अवस्था सुदृढ गर्नको निमित्त विभिन्न तह र तप्काबाट छात्रबृतिको व्यवस्था गरे पनि राज्यले पहिलो पटक राज्यको निर्णय गर्ने तह तथा प्रतिनिधी सभामा महिलालार्इ २०४७ सालको संविधानको धारा ११४ अन्तर्गत प्रत्येक राजनीतिक दलका कम्तिमा पनि ५ प्रतिशत उम्मेदवारहरु महिला हुनु पर्ने प्रावधान राखी सुरु गरेको हो (दाहाल,२०६३:५०) । २०४७ को संविधानले ५ प्रतिशत मै मात्र सिमित पारे पछि महिलाहरु उनीको पहुँच बढाउन कम्तिमा प्रतिशत हुनु पर्छ भन्ने मागका साथ आन्दोलनमा उत्रिएका थिए । पछि चर्का माग र आन्दोलनका कारण यसैलाइ संसोधन गरी २०६३ बैशाख गते महिलालाइ प्रतिशत कोटा आरक्षण छुट्याइयो (बस्नेत २०६३) । यसैको फलस्वरुप २०६५को संविधान सभाको चुनावमा बग्रेल्ति महिलाहरु संविधान सभासदका रुपमा पुग्न सकेको छ । जसले गर्दा महिलाहरु पनि देशको निर्णय गर्ने तह सम्म पुग्ने ढोका खुल्ला भएको छ ।
संविधान मस्यौदा समितिमा भने नेपाल सरकारको वैधानिक कानुन २००४, नेपाल अन्तरि शासन विधान २००७, नेपाल अधिराज्यको संविधान २०१५, नेपालको संविधान २०१९ र नेपाल अधिराज्यको संविधान २०४७ गरि पाँच वटा संविधान मस्यौदा समितिमा पनि नभएको समाबेशी चरित्र २०६३ साल असार २ गते नेपालको संवैधानिक इतिहासमा समावेशी र प्रतिनिधिमूलक संविधान मस्यौदा समिति गठन गरि सकारात्मक संवैधानिक इतिहासको सुरुवात भएको हो (बस्नेत २०६३)।
यस निर्णयले महिला मात्र लाभान्वित भएका होइनन् मधुरो स्वरमा आलोचना गरि रहेका दलित, आदिवासी जनजाति तथा मधेशी पनि लाभान्वित हुन पुगेका छन् । महिलाहरुलाइ प्रतिनीधित्व गराउने प्रयासहरु नेपाल लगाएत अन्य विभिन्न मुलुकमा पनि छ । हाल सम्म समानुपातिक निर्वाचन प्रणालीको प्रयोग द्वारा समाबेशी गर्ने विधि युरोपमा निकै लोकप्रिय र सफल पनि देखिएको छ । बेलायत र प्रmान्स बाहेक युरोपका स्वीडेन, नर्वे, फिनल्याण्ड, डेनमार्क र नेदरल्याण्ड जस्ता देशहरुमा यही प्रणाली अपनाएर ०५ देखि ४५ प्रतिशत सम्म महिला संसद बनाउन समर्थ छन् (गुरुङ्ग २०६३)। तर नेपालले जस्तै पहिलो हुनेले पद पाउने प्रणाली अंगालेका अन्य अमेरीका, बेलायत जस्ता केही देशहरुमा महिलाको अवस्था १० प्रतिशत माथी पुग्न सकेको छैन (गुरुङ्ग २०६३)। मिडियामा समाबेशी नेपाल र नेपाली सबै जनता बराबरी हौ भन्दा भन्दै पनि यहा भित्र विविध जाति, बर्ग, धर्म र संस्कृतिका कारण सबैको सबै ठाउमा समान सहभागीता छैन । यसैले उनीहरु सबैको समान सहभागीतको निम्ती तथा समाबेशीकरणको निम्ति आरक्षण तथा सकारात्मक विभेद आवश्यक छ । राज्यको शैक्षिक जगत, राजनैतिक क्षेत्र, सञ्चार जगत तथा अन्य सम्पूर्ण क्षत्रमा समाबेशी हुनु पर्ने नारा चलिरहेता पनि राज्यका सबै क्षत्र अझै पनि पूर्ण रुपले समाबेशी भै सकेको छैन । सञ्चार जगत देशको एकदमै महत्वपूर्ण क्षत्र हो, हामीले कुनै पनि काम गर्नु परेमा वा गरेमा एक ठाउबाट अर्को ठाउमा जानकारी दिने माध्यम सञ्चार नै हो । नयाँ नेपाल बनाउने होडमा होस वा अन्य विभिन्न उद्देश्यले नेपालमा यति खेर बग्रेल्ति टेलिभिजन तथा रेडीयो स्टेशनहरु खुलेका छन् । विभिन्न समयमा विभिन्न संस्थाहरुले गरेका अध्ययन अनुसार यी सञ्चारका महत्वपूर्ण अंगहरुले पनि पूर्ण रुपमा समाबेशि बनाउन सकिरहेका छैनन् । यसै गरि सञ्चारका अर्कोमहत्वपूर्ण अंग भनेको छापा पनि हो यसमा पनि खासै समाबेशिता पाइन्दैन । यसरी हेर्दा सम्पूर्ण रेडीयो तथा एफ.एम. स्टेशन तथा पत्रपत्रिका प्रकाशन हाउसहरु सबै क्षत्रमा आरक्षण तथा कोटा प्रणालीको ब्यवस्था छैन तर त्यसो भन्दा भएभरका सबैमा हुदै नभएको भन्ने चाही होइन ।
लैङ्गिक हिसावले समाबेशी हेर्ने हो भने हाल सञ्चालनमा रहेका बिभिन्न एफ. एम. तथा विभिन्न टेलिभिजनमा लगभग समाबेशी नै छ तर फेरी त्यसै भित्र तहगत हिसावले हेर्ने हो भने उपल्ला तहमा आैलामा गन्न सकिने महिलाहरु मात्र पुग्न सकेका छन् । छापामा पनि हालत उहि नै देखिन्छ । हाल सम्म राजनीति विट हेर्ने र प्रधान संम्पादक तथा सह सम्पादक सम्म पुग्न सक्ने महिलाहरु सिमित मात्र छन् । अहिले पत्रकारिताको क्रेज बढेकोले महिलाहरु पनि यस क्षत्रमा प्रसस्तै लागेका देखिन्छन् तर टेलिभिजन तथा रेडियोमा हो भने मनोरञ्जनका सामग्रीहरु प्रसारण गर्ने र छापामा हो भने संवाददाता त्यसमा पनि महिला, बालबालिका तथा अन्य साधारण्ा मानिएका विटमा मात्र सिमित देखिन्छ । राजनीति तथा अन्य अलि बलिया मानिने विटमा महिलालार्इ अभmै सम्म पनि गनिन्दै गनिन्दैन(राणा र अरु २०६४)। यसरी असमाबेशी भै रहेको अवस्थामा पनि मिडियामा सकारात्मक विभेद तथा समाबेशीको लागि आरक्षणको पहल भएको भेटिदैन/देखिदैन । यस क्षत्रमा विशेष गरि दक्षताको कुरालाइ मात्र महत्व दिएको देखिन्छ । सञ्चार जस्तो महत्वपूर्ण अंग आफैमा असमाबेशी र सकारात्मक विभेदको विपक्षमा उभिने हो भने उनीहरुले प्रकाशन गर्ने तथा प्रसारण गर्ने आरक्षण तथा सकारात्मक विभेदको कुराको कस्तो असर आउने हो सोच्नै पर्नै हुन्छ ।शिक्षा क्षत्रमा आरक्षण एतिहासीक कालखण्डबाट नेपालका विभिन्न समुदायका मानिसहरु शिक्षा, स्वास्थ, राजनैतिक, आर्थिक तथा सामाजिक जस्ता बिभिन्न क्षत्रमा बहिस्करणमा पारिएका छन् । यसरी बहिस्करणमा परेर शिक्षा क्षत्रमा अगाडी आउन नसकेका समाजका विभिन्न समुदायलार्इ राज्यपक्षले छात्रबृतिको सहायताबाट पहुँच पुर्याउन सहयोग गरि रहेको छ । विभिन्न समुहले विभिन्न समयमा शिक्षा, सरकारी सेवा तथा रोजगारका अवसरहरुमा पिछाडिएका समुहहरुलार्इ आरक्षणको विशेष व्यवस्था गरिनु पर्छ भन्ने मागहरु राख्दै आउन थाले । शिक्षा क्षत्र भनेको सबैलाइ सुसुचित गर्ने तथा सक्षम बनाउने एउटा आधार भएकोले हाल समाजको कुनै पनि समुदाय वा बर्ग शिक्षाबाट छुटिनु हुन्न भन्ने मान्यताको विकास भएको छ । शिक्षामा पहुँच कम भएको दलित समुदायको बृद्धि गर्न सरकारी र गैरसरकारी स्तरबाट विभिन्न किसिमका छात्रवृत्त प्रदान गर्दै आएको पाइन्छ (लामिछाने २०६३)। यसै गरि दलित छात्रछात्रा र विद्यालयमा अध्ययनरत अन्य छात्रामध्ये ५० प्रतिशत गरिब छात्राका लागि अर्काे छुट्टै छात्रवृत्त व्यवस्था गरिएको छ (लामिछाने २०६३) । नेपालका विभिन्न जिल्लामा आवश्यकताको आधारमा छात्रबृत्त दिदै आएको छ । कैलालीको धनगढीस्थित नेपाल राष्टि्रय दलित समाज कल्याण् संघले सो क्षत्रका १५ जिल्लाका सबै विद्यालयका दलितलार्इ छात्रबृत्त रकम उपलब्ध गराउदै आएको छ । यसले आफ्नो कार्यक्षत्र भित्र पर्ने एसएलसी पास हुने सबै दलित विद्यार्थीलार्इ उच्च शिक्षाका लागि पनि छात्रबृत्त प्रदान गर्दैआएको पाइन्छ (लामिछाने २०६३)। २०५५(५६मा सरकारी स्तरबाट गठित दलित विकास समितिले पनि दलित विद्यार्थीका लागि ६ कक्षा देखि १० सम्म र उच्च शिक्षा अध्ययनरत विद्यार्थीका लागि स्तातक स्तरसम्म छात्रवृत्त प्रदान गर्दै आइरहेको छ । यो समितिले अनमी, सिएमए, जेटिए जस्ता प्राविधिक शिक्षा पढ्ने विद्यार्थीलाइ एकमुष्ठ १५हजार प्रदान गर्दैआएको छ (लामिछाने २०६३)। उच्च माक्यमिक शिक्षा परिषदले पनि आर्थिक वर्ष २०६१( ६२ देखि निजी क्षत्रको साझेदारीमा विद्यार्थी बैंकको अवधारण सुरु गरेको छ ।गरिवीको रेखामुनि रहेका दलित तथा जनजाति विद्यार्थीलार्इ उच्च मावि स्तरको शिक्षा नि:शुल्क प्रदान गर्दै आएको छ । आदिवासी जनजाति विद्यार्थीहरुको लागि पनि आदिवासी जनजाति उत्थान प्रतिष्ठानले हरेक वर्ष निश्चित विद्यार्थीलार्इ छात्रवृति तथा सोधवृत्तिदिदै आएको छ ।दलितका बालबालिकाहरुलार्इ घरबाहिर बस्न सहज बनाउनलार्इ काठमाण्डौंमा सरकारी र गैरसरकारी गरी दुर्इओटा दलित छात्राबास पनि सञ्चालन छन् ।तर नेपालमा यस्ता छात्रवृत्तिको व्यवस्थाहरु बनाए तापनि व्यवस्थापन पक्ष कमजोर रहेको कारण सबै तह र सबै पक्षले नपाएका धेरै गुनासोहरु पनि सुन्नमा आएको पाइन्छ । महालेखा परीक्षकको प्रतिवेदन २०५८ले उल्लेख गरे अनुसार आर्थिक वर्षको अन्त्यसम्म दलित छात्रवृत्त बापत २ करोड ८४ लाख ८५ हजार निकासा भयो, जसमध्ये १ करोड ४५ लाख ९७ हजार आर्थिक वर्षको अन्तिम तिर निकासा भएकाले विद्यार्थीले यस्तो रकम प्राप्त गरेको प्रमाण पाउन सकिएन (लामिछाने २०६३)। विभिन्न समयमा गरिएको खर्चहरुबाट केही अडचनहरु पनि नआएका होइनन्(हेर्नुहोस पूर्ण बस्नेतको विशेष अधिकार र आरक्षणको राजनीति)।
निजामती सेवामा आरक्षण निजामती सेवामा २०५८को जनगणनाको आधारमा बाँडफाँड सम्बन्धी महिलालार्इ २० प्रतिशत, जनजातिलाइ १० प्रतिशत र दलितलाइ ५ प्रतिशत र स्थानीय सेवा एनको मस्यौदामा महिलालाइ २० प्रतिशत, दलित १० प्रतिशत र जनजातिलाइ १० आरक्षणको प्रस्ताव सरकारी नीतिमा गरिएको थियो (गुरुङ्ग २०६३)। सबैलाइ सबै क्षत्रमा समाबेशी गराउने क्रममा २०६३ भदौमा निजामती सेवामा पनि दलित, महिला, आदिवासी जनजाति र अपाङ्गका लागि ४५ प्रतिशत आरक्षणको व्यवस्था गर्दै नेपाल सरकारले निजामती सेवा एन प्रतिनिधिसभामा पेश गर्ने निर्णय गरेको थियो (बस्नेत २०६३)। तर पछि विभिन्न कारण देखाइ विधेयक पारिद गर्न असमर्थ रह्यो अन्तमा पटक पटकको विवाद पश्चात समाबेशी सिफारिस गर्न संवैधानिक परिषद्लाइ निर्देशन दिएर समस्या सुल्झायो (बस्नेत २०६३:८) ।असमानताको खाडल पुरा गर्ने उद्देश्यले थालिएको सकारात्मक विभेद नेपालमा मात्र नभै विश्वका विभिन्न देशमा पनि प्रचलनमा देखिन्छ । जे होस ढिलै भए पनि यसले सकारात्मक रुप लेला भन्ने विश्वास लिन सकिन्छ ।
तर यसमा पनि हामीले ध्यान दिन पर्ने कुरा के छ भने जो जस्को पहुँच छ उसले मात्र सकारात्मक बिभेदको फाइदा नउठाइ लक्षित समुहले पाएका छन छैनन भन्नेमा हामी सबै नेपाली सचेत हुनै पर्छ ।
Thursday, April 16, 2009
दन्त शिविरको साथमा हरिसिद्दीको यात्रा साथै तिता मिठा अनुभवहरु

पशुपतिको यात्रा सिद्राको ब्यापार भने झै हामीले पनि हरिसिद्दीको यात्रा साथै निशुल्क दन्त शिविरको आयोजना गरेका थियौ । युवा द्वारा सन्चालित सिभिक लिडरसीप स्कुलबाट ग्राजुयट भएका २४ सहभागी मध्ये हामी ६ जना साथीहरु मिलेर विभिन्न स्कुल तथा समाजका विभिन्न उमेर समुहका मानिसहरुलाइ दन्त परिक्षण गर्ने उद्देश्यका साथ सन्चालन गरेको नि शुल्क दन्त शिविरको तेश्रो शिविर थियो यो । यो भन्दा अगाडी २ वटा उच्च तथा माध्यमिक तहका स्कुलमा सन्चालन गरेका थियौ । यसका लागी युवा अभियानले आर्थीक सहयोग गरेको छ भने विभिन्न ECCA लगाएत अन्य विभिन्न संघ संस्थाले केही प्रचा छाप्ने कुरामा सहयोग गरेको छ साथै ओंमकार पोलिक्लिनीक नख्खु तथा सेन्ट्रल डे
न्टल हस्पिटल नारायण गोपालचौकले दन्त चिकित्सकहरु उपलब्ध गराइ सहयोग गरको छ ।
यो भन्दा अगाडीका क्याम्पहरु स्कुलमा गर्नु पर्ने हुनाले सुक्रबार सुक्रबार नै गरेका थियौ तर यस पटकको क्याम्पको निशाना भने समाज तिर भएकोले शनिबारे छुट्टिको दिन के गर्ने भन्नु परेन । सधै झै समयमै गन्तब्य स्थान प्रश्थानको लागी लगनखेलमा जम्मा भयौ। आफ्ना सवारी साधन हुनेहरुले आफ्नै साधन प्रयोग गर्ने र म जस्तै साधन बिनाका डुकु लटठकहरु भने साझा यातायातमा जाने हाम्रो निर्णय अनुसार म लगाएत ६ जना साझा यातायात माइक्रो मा गयौ । हामी as a organizer समयमै पुगेर पर्चाहरु टास्नु देखि मानिसहरु बोलाउन पर्ने भयो । म लगाएत केही हामी संग गएका volunteer साथीहरु नेवारी फिटिक्कै नबुझ्ने तर मानिस बोलाउन जानु पर्ने भो पक्का नेवार वस्तीमा परेन फसाद ?? धन्न बिधालयले लोकल शिक्षक शिक्षिकाहरुलाइ volunteer को रुपमा बिहानै बोलाइएको रहेछ र त्यस मध्ये पनि एक जना श्याम महर्जन नाम गर्नु भएको शिक्षकलाइ मात्र राम्रो संग नेवारी बोल्न आउने रहेछ त्यसकारण हामी पनि लाग्यौ उहा कै पछि पछि के के भनेर बोलाउनु भयो मैले त एकै शब्द पनि बुझिन ।
न्टल हस्पिटल नारायण गोपालचौकले दन्त चिकित्सकहरु उपलब्ध गराइ सहयोग गरको छ ।यो भन्दा अगाडीका क्याम्पहरु स्कुलमा गर्नु पर्ने हुनाले सुक्रबार सुक्रबार नै गरेका थियौ तर यस पटकको क्याम्पको निशाना भने समाज तिर भएकोले शनिबारे छुट्टिको दिन के गर्ने भन्नु परेन । सधै झै समयमै गन्तब्य स्थान प्रश्थानको लागी लगनखेलमा जम्मा भयौ। आफ्ना सवारी साधन हुनेहरुले आफ्नै साधन प्रयोग गर्ने र म जस्तै साधन बिनाका डुकु लटठकहरु भने साझा यातायातमा जाने हाम्रो निर्णय अनुसार म लगाएत ६ जना साझा यातायात माइक्रो मा गयौ । हामी as a organizer समयमै पुगेर पर्चाहरु टास्नु देखि मानिसहरु बोलाउन पर्ने भयो । म लगाएत केही हामी संग गएका volunteer साथीहरु नेवारी फिटिक्कै नबुझ्ने तर मानिस बोलाउन जानु पर्ने भो पक्का नेवार वस्तीमा परेन फसाद ?? धन्न बिधालयले लोकल शिक्षक शिक्षिकाहरुलाइ volunteer को रुपमा बिहानै बोलाइएको रहेछ र त्यस मध्ये पनि एक जना श्याम महर्जन नाम गर्नु भएको शिक्षकलाइ मात्र राम्रो संग नेवारी बोल्न आउने रहेछ त्यसकारण हामी पनि लाग्यौ उहा कै पछि पछि के के भनेर बोलाउनु भयो मैले त एकै शब्द पनि बुझिन ।

त्यहा पुग्ने बितिकै पनि अर्को एउटा रमाइलो कुरा वा घटना भनौ भएको थिओ । म लगाय्त त्यहा पुगेका प्राय सबै साथिहरु Young नै भएको ले तेहा उपस्थित हुनु भएका schlool Teacher हरु एक छिन असमज्जमा पर्नु भएछ। दान्त जचाउनको लागि Doctor हरु आउने भनेको सबै केटा केटिहरु आयेका छन उनिहरुले के जचाउलान् र? उनिहरु कहाका Student हरु रहेछन अनि Practical को लागि यहा रोजेछन मोरामोरि हरुले भन्ने कुराले मनमा जरो गाडे पछि गाउ डुल्ने क्रममा मिसहरुले मलाइ सोध्नु भो तपाइहरु कसरि आउनु भो यहा? किन यहा नै रोजिओ? सबै कुरा डितेल् मा बताए पछि मात्र ए हामि त एक् छिन् छक्क परेउ नि तेइ भएर सोधेको mind नगर्नु होला भन्नु भएको थियो । हुन पनि ३,४ जना भाइ बहिनि plus २ पढिरहेकाहरु पनि गएका थिए त्यसो त सामान्य अडकल हामी पनि गर्ने थिएउ होला ।
१० बजे नै सुरुवात गर्ने भने पनि डाक्टरहरुको ढिलो आगमनको कारण झण्डै ११ बजे मात्र नाम दर्ता सुरु भयो । काम गरे पछि गाली पनि खानु पर्छ भने झै समयमा कार्यक्रम सुरुनगरेकोमा केही गुनासो पनि सहन गर्नु परेको थियो । भाषागत कारणले पछि नाम दर्ता गर्ने बेलामा पनि निकै कठिन भयो हामीलाइ। टोलको बृद्दा बृद्दा बुवा आमा कति जना त नेपाली पटक्कै नबोल्ने बोले पनि हामीले बुझ्नै नसकिने एक पटक त हिरामाया भन्नु भएको रहेछ तर मैले हेर माया पनि बनाइ दिए मैले बुझे अनुसार त्यस टोलमा ९९ प्रतिशत महर्जनहरुको बस्ती रहेछ त्यो भन्दा एक किलो मि वरपर भने अन्य so called high caste तथा तामाङहरुको बस्ती रहेछ । उपमहानगरपालिका नजिकै भएता पनि साक्षरतादर ठिकै देखियो दातको बारेमा केही समस्याहरु रहेछन् । पहिला स्कुलमा त्यति धेरै दात नै निकाल्नु पर्ने case नआएता पनि यस पटक भने लगभग १७ जना जतिको दात निकालीएको थियो यसमा सबैको समस्या किरा नै पाइएको थियो । तर जति बढि मानिसहरु निशुल्क दन्त शिविरको फाइदा लिन आउछन् होला भनेर हामीले आसा गरेका थियौ त्यसको बिपरित परिणाम देखियो । त्यति मानिसहरुको उपस्थीती नहुनुको कारण त्यसै दिन महागुठि परेको रहेछ त्यसकारण पर्सादीको रुपमा रक्सी खाइसकेको र स्वासमा गन्धआउने डरले पनि उपस्थीत नभएको भन्ने कुरा पछि जानकारीमा आएको थियो ।
हाम्रो समाजमा ब्याप्त एउटा भ्रम निशुल्क परिक्षण पश्चात निशुल्क ओषधीको आषा गर्ने परिपाटी त्यहा पनि पाइयो । कति पय बृद्दबृद्दाहरु केही भा छैन भन्छन ओषधीनै दिदैनन् भन्दै रिसाउनु भएको पनि पाइयो त कति पय भने दात नै छैन के जचाउनु भन्दै रमाइलो गर्ने ब्यक्तीहरुको पनि उपस्थीती थियो । जे होस शनिवारको छुट्टी समाजसेवा संगै रमाइलो अनुभवमा वित्यो नया ठाँउ नया परिवेश तथा नया अनुभव ।
हाम्रो समाजमा ब्याप्त एउटा भ्रम निशुल्क परिक्षण पश्चात निशुल्क ओषधीको आषा गर्ने परिपाटी त्यहा पनि पाइयो । कति पय बृद्दबृद्दाहरु केही भा छैन भन्छन ओषधीनै दिदैनन् भन्दै रिसाउनु भएको पनि पाइयो त कति पय भने दात नै छैन के जचाउनु भन्दै रमाइलो गर्ने ब्यक्तीहरुको पनि उपस्थीती थियो । जे होस शनिवारको छुट्टी समाजसेवा संगै रमाइलो अनुभवमा वित्यो नया ठाँउ नया परिवेश तथा नया अनुभव ।
सबै camp को लागि आर्थिक सहयोग जुटाइ दिएकोमा युवा अभियानलाइ हामि सबैको तर्फ बाट धन्यबाद, सहयोगको लागि doctor हरु सबै लाइ धेरै धेरै धन्यबाद। अझ एस्को श्रेय मेरो कलिङ Dr. prateek लाइ जन्छ सबै Doctor हरु उपलब्ध गराउने काम उहा कै थियो । volunteerly साथ दिनु हुने सबै सबै मित्रहरुलाइ पनि धन्यबाद ए volunteer जम्मा गर्ने काम चाइ मेरो कलिङ Bikashko भागमा थियो फोटो उपलब्ध गराइदिएकोमा मेरो कलिङ मुदितालाइ पनि धन्यवाद
विशेष गरि हामीलाइ ठाउ तथा समाज भेला गर्न सहयोग गर्नु भएकोमा श्री हरिसिद्दी उच्चमाध्यमीक बिधालय परिवारलाइ धेरै धेरै धन्यवाद । अबको अर्को क्याम्पको लागी स्कुलको खोजीमा छौ समय मिलेमा फेरी सेयर गर्ने बाचा गर्दै आजको अशं टुंगाउन चाहन्छु।
Tuesday, March 31, 2009
चौतारिमा आइतबारे साहित्यिक महोत्सब
बिशेष गरी मार्च महिना महिला स्पेसल महिना परेको हुनाले मार्टीन चौतारीमा पनि मार्च महिनाभर छलफलका बक्ताहरु महिलाहरु नै रहे । चौतारीको नियम अनुसार हरेक अंग्रेजी महिनाको अन्तिम आइतबार भने साहित्य स्पेसल हुने हुनाले यो आइतबार अझ फरक खालको माहोल बनेको थियो । सधैको आइतबारहरुमा कहिले ठुल ठुला साहित्यकारहरुको पुस्तकको बारेमा गफ हुन्थ्यो त कहिले ठुल ठुला साहित्यकारहरुले साहित्य सँग सम्बन्धित रहेर बिभिन्न छलफल गर्ने गर्थे तर यो पटक नवोदित (स्थापित नभै सकेका) महिला कविहरुले आफ्ना रचनाहरु ठुल ठुला कविहरुको माझ बाचन गरेका थिए । महिला बिशेष भएता पनि शिर्षक आफु खुसी थियो कसैले माया प्रेमका बारेमा सुनाए त कसैले जीवनका भोगाइहरुकाबारेमा कसैले समसामयीक विषयमा त कसैले शिक्षाकाबारेमा ।
सधै झैं घडिको चक्रले तीन बजायो सम्पूर्ण स्रोताहरु जम्मा भइ सकेका थिए । संगिता पाण्डे दिदीद्वारा कार्यक्रम सुरु भएको संखघोस गर्नु भएको थाहा पाइ म पनि ढोकाबाट चियाउदै चियाउदै भित्र छिरेँ, त्यसबेला सबै जनाले आ आफ्ना परिचय दिइ रहेका थिए मैले पनि दिएँ । कविताको चाङ् थुप्रै भएतापनि सुनाउने कवयित्रीहरु भने सिमीत उपस्थित भएका रहेछन। परिचयको क्रम सकिए पश्चात कार्यक्रम संचालन गरिरहनु भएको दिदी संगीताले चौतारीको नित्यकर्म पुरा गर्नु भो । म आनन्दै कुनामा बसेर अन्य कुरा सुनी रहेकी थिए ।
सुर्य पनि सुरुमा पुर्बैबाट झुल्कन्छ भने झै आइतबारको कविताको सुरुवात पनि पुर्बेली कबयित्रीबाटै सुरु गर्नु पर्ने स्थिती आयो । अगाडीबाट नाम उच्चारण भै सके पस्चात पहिलो कबिता लिएर म नै त्यहा झुल्किन पर्ने भयो । गन्तव्य बिहिन यात्रा शिर्षकको कबिता लिइ अगाडी गए । सधै पछाडी बसेर सुन्ने बानी धेरै मानिसको अगाडी पुग्दा आफैलाइ असहज महसुस भयो । मेरो पालो हतार हतार कविता पढेर सकाइ दिए । पछि कमेन्ट पनि आयो जति कबिताको भाव बगेको छ त्यती बाचनमा बग्न सकिन रे ।
त्यस पछि साहित्यीक यात्रा चितवन तिर पुग्यो तर कवयित्री नारायणी देवकोटा उपस्थीत नभएको कारण कार्यक्रम संचालिकाले नै बाचन गर्नु भयो ।
सधै झैं घडिको चक्रले तीन बजायो सम्पूर्ण स्रोताहरु जम्मा भइ सकेका थिए । संगिता पाण्डे दिदीद्वारा कार्यक्रम सुरु भएको संखघोस गर्नु भएको थाहा पाइ म पनि ढोकाबाट चियाउदै चियाउदै भित्र छिरेँ, त्यसबेला सबै जनाले आ आफ्ना परिचय दिइ रहेका थिए मैले पनि दिएँ । कविताको चाङ् थुप्रै भएतापनि सुनाउने कवयित्रीहरु भने सिमीत उपस्थित भएका रहेछन। परिचयको क्रम सकिए पश्चात कार्यक्रम संचालन गरिरहनु भएको दिदी संगीताले चौतारीको नित्यकर्म पुरा गर्नु भो । म आनन्दै कुनामा बसेर अन्य कुरा सुनी रहेकी थिए ।
सुर्य पनि सुरुमा पुर्बैबाट झुल्कन्छ भने झै आइतबारको कविताको सुरुवात पनि पुर्बेली कबयित्रीबाटै सुरु गर्नु पर्ने स्थिती आयो । अगाडीबाट नाम उच्चारण भै सके पस्चात पहिलो कबिता लिएर म नै त्यहा झुल्किन पर्ने भयो । गन्तव्य बिहिन यात्रा शिर्षकको कबिता लिइ अगाडी गए । सधै पछाडी बसेर सुन्ने बानी धेरै मानिसको अगाडी पुग्दा आफैलाइ असहज महसुस भयो । मेरो पालो हतार हतार कविता पढेर सकाइ दिए । पछि कमेन्ट पनि आयो जति कबिताको भाव बगेको छ त्यती बाचनमा बग्न सकिन रे ।
त्यस पछि साहित्यीक यात्रा चितवन तिर पुग्यो तर कवयित्री नारायणी देवकोटा उपस्थीत नभएको कारण कार्यक्रम संचालिकाले नै बाचन गर्नु भयो ।
चितवनबाट यो यात्रा काठमाण्डौं तर्फ आइ पुग्यो । कबिताको रचनाकार सृजना सुब्बाको अनुपस्थितीका कारण कैलाश दिदीले कबिता बाचन गरिदिन परेको थियो । बाग्मतिबाट सुरु भएको काठमाण्डौंको साहित्यीक यात्रामा अनिता दुलाल, कमला शर्मा देखी बालाजुकी रेनुका श्रेष्ठको म हारेकी छु मा पुगेर टुङ्गीयो । यात्राको दौरानमा एकछिन बिसौनी लिर्यौ । यस बिचमा साहित्यकार पुस्कर लोहनि??? बाट कवयित्री नारायणी देवकोटाको कबिताको टिप्पणी श्रवण गर्यौ । फेरी कबितात्मक साहित्यीक यात्रा नेपालकै सुन्दर नगरी पोखरा तर्फ लाग्यो आइमाइ शिर्षकको कबिताको पनि लेखक उपस्थीत नभएका कारण अरुले नै बाचन गर्नु परेको थियो । यात्राले कोल्टेफेर्दै जादा बा लाइ चिट्ठी शीर्षकमा कबिता लिएर आन्वीका गिरी आइपुगीन् ।
त्यस पछि यात्रा पश्चिमी पहाड रुकुम तिर लाग्यो । रुकुमकी स्मिता मगरको मैले नचाहेको शुभचिन्तक शिर्षकको कबिता पश्चात यात्रा भेडेटारको घुम्तिहरुमा लुकामारी खेल्दै तमोर र अरुण नदीमा डुवुल्की मार्दै पुन पुर्वको पहाडी तर रमणिय स्थल भोजपुर सम्म पुग्यो । जिवनको वास्तविक भोगाइ डेरा खोज्दा शिर्षकको कबिता लिएर पुन एक पटक कवयित्री कैलाश दिदी उदाउनु भयो । अन्तमा कथाकार संगिता पाण्डे दिदीले पनि एउटा रमाइलो कबिता सुनाएर नवप्रतिभाको कबिता बाचनको बिट मार्दै स्थापित कबिहरुलाइ पालो दिनु भयो । तीन जना स्थापित उपस्थित कवयित्रीहरुको कविता सुनेर आइतबारे साहित्यीक कार्यक्रमको बिसर्जन भयो ।
यसरी माहोल पनि कबितामय भएको र मलाइ भने ब्लग पनि अपडेट गर्ने मौका नमिलेकोले फेरि ब्लगमा पनि एउटा सन्देशमुलक कबिता छोड्न मन लाग्यो ।
ब्यर्थै शिशिरको तुषारोलाई अगाल्न नखोज
बसन्तको बहार चुमेर रहनेले
ब्यर्थै काँडा सरीको फुललाई नै नरोज
बगैचाको माली भै फुलको स्याहार गर्नेले
ब्यर्थै पहाडको पखेरुमा जिउन नखोज
तराईका समथर मैदानमा हुर्कीनेले
ब्यर्थै औसीको रातलाइ अगाल्न नखोज
सधै सधै चाँदनी रातमा जिवन जिउनेले
ब्यर्थै अरुको दुखमा सामेल हुन नखोज
सधै आफ्नो खुसीयालीमा रमाउनेले
ब्यर्थैको संघर्षमा होमीन नखोज
सरल शैलीमा जिवन जिउन चाहनेले
मलाइ थाहा छ यहा कविता लेखाइका नियमहरु पुगेका छैनन् तर पनि यहा कैलाश दिदीको भाषामा टासो छोड्न मन लागेर मात्रै हो सबैलाइ ह्याप्पी ब्लगीङ ।
यसरी माहोल पनि कबितामय भएको र मलाइ भने ब्लग पनि अपडेट गर्ने मौका नमिलेकोले फेरि ब्लगमा पनि एउटा सन्देशमुलक कबिता छोड्न मन लाग्यो ।
ब्यर्थै शिशिरको तुषारोलाई अगाल्न नखोज
बसन्तको बहार चुमेर रहनेले
ब्यर्थै काँडा सरीको फुललाई नै नरोज
बगैचाको माली भै फुलको स्याहार गर्नेले
ब्यर्थै पहाडको पखेरुमा जिउन नखोज
तराईका समथर मैदानमा हुर्कीनेले
ब्यर्थै औसीको रातलाइ अगाल्न नखोज
सधै सधै चाँदनी रातमा जिवन जिउनेले
ब्यर्थै अरुको दुखमा सामेल हुन नखोज
सधै आफ्नो खुसीयालीमा रमाउनेले
ब्यर्थैको संघर्षमा होमीन नखोज
सरल शैलीमा जिवन जिउन चाहनेले
मलाइ थाहा छ यहा कविता लेखाइका नियमहरु पुगेका छैनन् तर पनि यहा कैलाश दिदीको भाषामा टासो छोड्न मन लागेर मात्रै हो सबैलाइ ह्याप्पी ब्लगीङ ।
Wednesday, March 11, 2009
होली पर्व एक संस्कृति र यस सँग बढ्दै गरेको विकृती तथा बिसंगती

हिन्दु धर्म ग्रन्थ अनुसार राक्षसी होलिका भष्म भएर सत्यको जित भएको सम्झनामा मनाइदै आएको पर्व फागुपूर्णीमा(होली) को आज भोली रुप फेरीदै गएको छ । नेपाली समाजमा आधुनिकताको नाममा विभिन्न नेपाली चाड पर्व सँगै विकृति र बिसंगतिको चुनौती पनि मौलाउदै गएको छ । नेपालका सहरी क्षेत्र विशेष गरि काठमाण्डौं त्यस्तो थलो हो जहा होलीको असली अर्थलाइ सामाजिक विसंगति तफ धकेली रहेको छ । देशको राजधानी काठमाण्डौं, होली आउनु एक हप्ता पन्ध्र्र दिन अगाडी देखि नै सडक यात्रु महिलाहरुले फोहर पानीका लोला झेल्नु पर्छ । सम्पूर्ण क्षेत्रमा पितृसत्तात्मक विभेदको झल्का होलीमा सम्म देख्न सकिन्छ । देशभर फागुपूर्णीमाको एक दिन मात्र होली मनाइन्छ भने काठमाण्डौंमा होलीको एक हप्ता अगाडी देखि पुरुष युवाहरुलाइ मात्र होली लाग्ने गर्दछ, त्यो पनि महिलाहरुलाइ फोहोर पानीको लोला हान्ने । सभ्य सहरको नामले कहलिएको काठमाण्डौंको गल्ली र सडक त भए भए अझ त्यस भित्रको शैक्षिक क्षेत्र (विद्यालय,क्याम्पस तथा विश्वविद्यालय) मा पनि असभ्य ब्यक्तीका हातबाट फोहर पानीले भरिएका बेलुन तथा प्लास्टिक्सका झोलाको मार सहनु पर्छ महिलाहरुले ।
सम्पुर्ण नेपालीहरु बिच सद्भाव, खुसियाली र मानवीय प्रेम बाड्न विभिन्न प्रकारका रंग र अबिरको प्रयोग गर्दै मनाइने परम्परागत पर्व फागुपूर्णीमा आज तिनै समाजका आधा हिस्सा ओगटेर रहेका महिलाहरुको लागि अभिषाप बन्न पुगेको छ । होली आउनु एक महिना अघि देखि प्राय: प्रत्येक दिन गल्ली, चौक तथा खुल्ला सडक जहाँ पनि लोलाको निसानामा महिलाहरु नै परिन्छन् । त्यसबाट उत्पन्न मानसिक तनाव र शारिरीक पीडाको सामना गर्नु कुनै एक व्यक्ति विशेषको नभै घरबाट बाहिर निस्कने कामकाजी, विद्यार्थी लगाएतका सम्पूर्ण नेपाली महिलाको बाध्यता हो । हुनत प्रत्येक वर्ष होली पर्व हर्सोल्लासका साथ मनाइएका समाचार र फोटो प्रत्येक नेपाली टेलीभिजन तथा रेडियोले प्रसारण गर्छन भने प्रत्येक दैनिकी र साप्ताहिक समाचार पत्रहरुले पनि महत्वका साथ छाप्ने गर्दछन् । साथै होली अगावै सडक बटुवा तथा अपरिचित जो सुकैलार्इ पनि लोला हानि रहेको दृष्यहरु देखाइन्छन्, साथीभार्इ तथा छरछिमेकमा त्यसको चर्चा निकै चल्ने पनि गर्दछ तर यो एक परम्परागत रुपले मान्दै आएको संस्कृतिको रुप दिनानु दिन विकृति तिर वढि रहदा कसैको पनि त्यता तिर ध्यान गएको पाइन्दैन । पत्रपत्रिका तथा साथीभार्इ बिच चर्चा जति चले तापनि सकारात्मक परिवर्तन भने खासै पाइन्दैन ।
गत वर्षको एक प्रसंग: होली आउनु ३, ४दिन बाँकी थियो । हाम्रो स्नातकोत्तर दोश्रो वर्षको अन्तिम परिक्षा चलि रहेको थियो । परिक्षा केन्द्र सरस्वति क्याम्पस भएको हुनाले म लगाएत ५, ६जना केटीसाथीहरु र २, ३जना केटा साथीहरु अमृत साइन्स(अस्कल) क्याम्पसको बाटो हिड्दै जादै थियौ । अस्कलको अगाडी पुग्दा बाटोमा ओहोर दोहोर गर्ने पैदल यात्री महिला (युवती)हरु डराइ डराइ दौडिरहेका थिए । पुल वारीपारी र माथी सवै तिर फिल्म सुटिङमा झै रमिता हेर्नेको घुइचो थियो । जव हामी त्यहा पुग्यौ कानमा आवाज ठोक्कियो "ओइ छिटो गर अर्का हुल केटिहरु टन्न आउदैछन् यसो आवाजलाइ के नियालेको थिए फोहर पानीका लोलाहरु हामी केटीहरुमा बारुदका गोली झै विपरित दिशाका युवाहरुबाट वर्षा हुन थाल्यो, सँगैका केटासाथीहरु हेर्या हेर्यै भए । एकछिन प्रतिकार गर्न खोज्यौ तर समय अभावका कारण आफै ति गन्धे पानीले लिथ्रुक्क भिजेको लुगा लिइ बाटो लाग्नुको विकल्प केही थिएन किनकी ती समाजका युवाका नाममा कंलकीत ब्वासाहरु सँग तर्क गरेर समय वर्वाद गर्नु भनेको गधालाइ कथा सुनाउनु सरह थियो । पछि हेरेको ति तलमाथि वर पर जति पनि ब्वाँसाहरु थिए तिनीहरु सबैको हात भरि भरि उनीहरुको विचार जतिकै घिनलाग्दो फोहोर पानीको लोलाहरु रहेछन्। सहरका अधिकांश शैक्षिक संस्था होलीको बेला बन्द हुन्छन तर त्यस्ता बन्दले उद्दण्ड स्वभावका नेपाली मुर्ख युवाहरुलाइ खासै केही असर पर्दैन ।
यस वर्ष पनि आज भन्दा ३, ४ दिन अगाडी नै म विहान दश बजे तिर आफ्नो काममा हतार हतार निस्कदै थिँए । होलीको बारेमा मनमा कुनै संका सम्म थिएन । एउटा प्राथमिक स्कूलको वरिपरि साना साना भार्इहरु खेली रहेका थिए, एक्कासी पिछाडी ढाँडमा ढ्याम्म गह्रौ चिजले लाग्यो । एकछिन अररीए पानीले सबै जीउ भिजेर पानी चुहिन थाल्यो यताउती हेरे कस्ले हो कस्ले ठम्याउनै गाह्रो भयो । आफुलाइ समयमा काममा पुग्नु पर्ने एक बाध्यता पनि साथमा छदै थियो । समय अभावका कारण पनि र ती अवोध वालकका अन्धानुकरणलाइ केही गर्न सकिएन । त्यसै दिन बेलुकी विहानको लोलाको पीरले झन साँझमा साथी र म फकर्दै थियौं । बागमति पुलको आडमा केही युवाहरु उभिएर गफ रहेका थिए । हामी आफ्नै सुरमा हिडि रहेथ्यौ जव हामी उनीहरु क्रस गरेर ३० मिटर जति पर पुगेका थियौं पिछाडी ढाडमा ढ्याम्म आवाज सहित ठ्वास्स गन्हाउने चिसो पानीको लोला बज्रियो । कसले हो भन्ने ठम्याउनै सकिएन प्रतिकार गर्न खोज्यौं तर ति समाजका कलंकित भुस्याहाहरु त झन गलललल हास्न थाले । सडक वरिपरि हिडि रहेकाहरु पनि एक आपसमा संवाद गर्न थाले "होली लागेछ है, अव दुइ चार दिन हिड्नै गाह्रो हुने भो ।" मैले सुने अनुसार महिलाहरुको पहिरणमा जिस्कार्इ भर पर्छ रे तर त्यसो नभै कुबूद्धि भएका समाजका भुस्याहा युवाहरुलार्इ महिला अझ अलि कलिलो उमेरका केटि मात्र भए पुग्ने रहेछ । हुनत सचेत र वुद्धि विवेक भएका युवाहरुले त त्यसो गर्दै गर्दैनन नी ।
हाम्रो समाजमा पुराना संस्कार संस्कृतिलाइ निरन्तरता दिने नाममा नेपाली ठिटाहरुले परिमार्जित र परिवर्तित बनाउदै लगेको छ जुन कुनै पनि कोणबाट सहि होइन । यस्ता युवाहरुले ल्याएको विकृतिको सिको गर्न खप्पिस छन साना बालबालिका पनि, यसमा ती बालबालीकाको केही दोष छैन, वालबालिकालार्इ सम्झाउनुको सट्टा झन उत्साहित बनाएर ठुलाहरुले नै यस्तो बिकृतिलार्इ वढावा दिइ रहेका पाइन्छन् । यी विसंगति र विकृतिलाइ झाँगिन जान अन्जानमा महिलाहरु नै पनि मदत गरिरहेका छन् । सडकमा आफुलाइ लोला लाग्दा रिसाउदै कराउने महिला दिदी बहिनी पनि घरमा छोराछोरीको चाहाना अनुरुप होलीमा मनोरञ्जनका समान जुटाइ दिन्छन जुन सहि होइन । त्यो होली खेल्नका लागि आवश्यक सामग्री जुटाइ दिनुको साटो राम्रो सँग सम्झाइ होलीको बारेमा बुझाएर होलीको एक दिन आफै पनि बच्चाहरु सँग रंगहरुको खेलमा सरिक भइ दिए के विग्रन्छ होला र? चिन्तन गर्न जरुरी छ ।
होली पर्व आफैमा नराम्रो होइन तर समाजमा रहेका पशुबूद्धि भएका युवाहरुले पर्वका नाममा दुरुपयोग गरि रहेका छन्। आफु आफु सद्भाव कायम गर्ने उद्देश्यले होलीकै दिन रंग र अविरको होली खेले त भै हाल्ने हो । तर अझै पनि चित्त नवुझेको पक्ष, यो समाजले किन संस्कृतिका नाममा पनि निर्दोष महिलालाइ नै प्रयोग गर्छन्? होलीको दिन साथी सँग मिलेर खेलेको बाहेक प्राय जसो पुरुषहरुको शरिरमा लोला त के होलीको रंग पनि पर्दैन । भने किन यी फोहर पानीका लोलाहरु महिला माथि मात्र खनिन्छन? होलीमा मात्र नभै समाजका हरेक क्षेत्रमा महिलाहरु अपमानित हुनु पर्छ । के नेपाली समाजका महिलाहरु जिस्काइनकै लागि बनेको हो त? गम्भिर भएर सोच्नै पर्ने हुन्छ ।
महिलाहरुले यस्तो समस्या कहिले सम्म भोगी रहने? यस्तो बिकृति रोक्न समाजका सचेत पुरुषले सोच्ने की नसोच्ने ? के एउटी महिला समाजको मानविय प्राणी होइन र? यो समाजले किन हरेक तह र तप्कामा महिलालार्इ नै आतंकित बनाइ रहेको हुन्छ ? किन नेपाली महिलाहरुले आफ्नै समाजका पुरुषहरुबाट स्वतन्त्रता र सुरक्षाको महसुस गर्न पाउदैनन? यी निर्दोष महिलाहरु आफ्नै समाज र आफ्नै दाजुभाइ सँग कति दिन सम्म त्रसित रहनु पर्ने? कतिन्जेल सम्म लोलाको निसाना बनेर हिडिरहनु पर्ने? उनीहरुले जति सजिलै जिस्काउछन उतीकै सजिलै हरेक जिस्काइको शारिरीक तथा भौतीक दण्ड दिन पाउने की नपाउने? यसरी लोलाहान्ने र लोला हान्न हौसला दिने जो कोहिलाइ हामीले फर्केर गइ गालामा चड्कन लाउन पाउने की नपाउने? जवाफको खाचो छ ।
यसबारे सम्पूर्ण समाजका सचेत बुद्धिजिवीहरुले गहिरिएर सोच्नै पर्छ । यस्तो विकृति र विसंगतिको संस्कारमा समाज रुपान्तरण जरुरी छ । हरेक समस्याको रोकथामको खोजी हुनु हो भने समाधान असम्भव केही छैन तर पनि यस्ता विकृति र विसंगति प्रति नेपाली समाज किन जहिले मौन रहन्छ ? यहा बुझाइको आवश्यकता छ ।
शुभ होली ।।।
Subscribe to:
Posts (Atom)