बद्लीदो परिस्थीती सँग जुहारी खेल्दै यो जीवनले संघर्ष त गरेकै छ । अझै गर्नु पर्ने भएको छ । नेपाली भएर जन्मीएकोमा धेरै कुरा पाएकै छौं। एउटा नागरीकले पाउनु पर्ने सबै सुबिधा उपभोग गर्न पाएकै छौ । के नै पो बाकी छ र संचार स्वास्थ शिक्षा रोजगार बाट बन्चित भइ सबै सबै पगरीका साथ तुच्छ नागरीकको हैसीएतको सम्मान पनि पाएकै छौं। अझ भनौ न नेपाली भएको नाताले लोडसेडीङको उपहार पनि पाएकै छौ । जाम र महंगीको उपहार त छदै नै छ । हुदा हुदा काठमाडौंमै पनि भोकमरीको सीकारमा परिने संकेत देखिन थालेको छ । दिन दिनै पेट्रोलिएम पदार्थको अभाव ग्याँसको अभाव खाद्धान्नको अभाब हुन सुरु भएको छ । थारुहटको आन्दोलन भनौ या लिम्वुवानको जस्को भए पनि सडक बन्द अनि आयात बन्द भए पछि अभाबको मारमा पिल्सीएर जनता मरे पनि सदन र महलमा रमाउनेहरुको कानमा चिसो पस्न सकेको छैन । जुन जोगी आए पनि कानै चिरेको भन्थे बुढापाकाले भोगेर जानेर देखेर मात्र नै बनाउदा रहेछन उखानहरु। अहिले चरितार्थ भै रहेको छ ।
यो अभाबै अभावको जिन्दगी लिएर कहिले सम्म बाच्न पर्ने हो कसैलाइ पनि थाहा छैन । शिक्षण संस्था बैङ्किङ संस्था देखी सबै क्षेत्रमा हड्ताल छ । संसारका जटिलताहरु मध्यका सबै जटिलताहरु किन नेपालीले मात्र भोग्नु परिरहेको छ कसैलाइ थाहा छैन । शिक्षण संस्था देखी लिएर हरेक प्रकारका क्षेत्रमा यो फोहोरी राजनीति घुसाइ दिएका छन् नेताहरुले । यसको निवारण तर्फ कहिले जाने ? यो दुर्गन्धित र दुषित राजनीतिबाट नेपाली नेताहरु कहिले बाहिर आउने हो ? जनआन्दोलन भन्यो हत्या, हिंसामा मात्र किन अगाडि बढ्छन नेपालीहरु ? मेरो गोरुको बाह्रै टक्का गर्ने नेताहरुको घैटामा कहिले घाम लाग्ने हो ?
समय र मानीस सँगै बचेर हिड्नु पर्ने बाध्यताले साधारण जन समाज जहिले तहिले त्रसीत छन । कहा पुग्दा के हुने हो? भन्ने जहिले मनमा एउटा पीर त बोकेकै हुन्छ । हुदा हुदा अब कति खेर के हुने हो ? बाहिर कसरी निस्कनु पर्ने हो ?भनेर निस्कनु भन्दा पहिले दशबार सोच्नु पर्ने भएको छ । देशले नया मोड लियो, अब शान्ती छाउला, देशको शासन पद्दती फेरीने भो, नया नेपालमा आनन्दले बस्न पाइएला, भन्ने आषा बोकेका करोडौ नेपालीको मनमा पानी फेरेको छ । जुन कुरा संका मात्र थियो अब बास्तबिकता पनि देखियो । लौ के के न गरुला भनेर कुर्लनेको पनि चाल देखियो । तर यसले एउटा अर्को पाठ पनि सिकाएको छ संसार बिश्वासमा अडिएको छ भन्छन तै पनि सबैलाइ त्यति धेरै विश्वास नगर्नु रहेछ । मानिस आफ्नो स्वार्थले कहा सम्म गिराउछ भन्ने कुरा पनि स्पस्ट भएको छ । तर जे भयो राम्रै भयो एक न एक दिन खुलासा त हुनु नै थियो । मानिसलाइ झुटो कति दिन लुकाउन सकिन्छ र एक न एक दिन त अबस्य पारदर्सी त हुनु नै थियो ।
तर समस्या मात्र खडा हुन्छ समाधानको कुरै छैन । कति दिन चल्ने हो यो चालाले ? अझै कति दिन भोग्नु पर्ने हो यो समस्या ? समस्यै समस्यामा रुमलिएर देश कता तिर जाने हो ? हामी जस्ता आधा उमेरका जनताको भविष्य के हुने हो सबैले गंभिर भएर सोच्नै पर्ने बेला आएको छ । हामी जनता पनि भेडा भएर दौडनुको कुनै तुक छैन । अन्तिम सत्य देख्नेहरु कोही नभए तापनि केही वास्तविकता र साचो कुरा के हो निर्कौल गर्नु जरुरी छ ।


