Friday, January 23, 2009
नमोबुद्ध का केहि झझल्काहरु
अङ्रेजि महिनाको नया बर्ष सुरु भएको केहि दिन मात्रै भएको के थिओ कोहि पिकनिक कोहि कता जान लाग्छन। हामि पनि कहि जाने सोचिरहेका थिऔ त्येहि मौका एउटा प्रस्ताब आयो हाइकिङ् जाने। लौजा काम् पनि नभाको बेला लग्येउ एउटा नया गन्तब्य तिर। त्यसै बेलाको फोतो र नमोबुद्धको सम्झना स्वरुप राखि दिए फोटोहरु
Tuesday, January 13, 2009
नयाँ नेपालको नयाँ नियती

दैनिक १६ घण्टा बिधुत कटौती विश्वका कति वटा राष्ट्रमा हुने गर्छ होला? मलाई कहिले काहि घोत्लिन मन लाग्छ । हुनत बिधुत नै नपुगेको ठाउमा के को लोडसेडिङ? भन्नु होला तर मैले विधुत नपुगेको ठाउको त कुरै गरेकी छैन। त्यो दुर्दशाको कुरा कुनै दिन गरुँला। मात्र अहिलेको कुरा विधुत पुगेको ठाउको गर्न लागेकी हुँ । हुनत फेरी नेपाल मै पनि कति पय गाउमा विधुतै पुगेको र लोडसेडिङ पनि नहुने ठाउहरु पनि नपाइएका हैनन् । छन् त्यस्ता नमुना गाउ पनि जसले आफ्नै सानो सानो गाउ मिलेर विधुत उत्पादन गरेका छन् त्यहाँ त लोडसेडिङको समस्या सहन गर्नु परेको छैन। जस्तै उदाहरणको लागी ताप्लेजुङ संखुवासभा आदी
अब लम्बा चौडा कुरा के गरि रहनु है? हाम्रो देश जलश्रोतको धनि देश, जहा दैनिक १६ घण्टा सम्म लोडसेडिङ हुन थालेको छ हिजोबाट । दिनानु दिन बिधुत कटौतीको समय बढाएर त्यति पुर्याएको हो। ब्यबस्थापन पक्ष फितलो भएको कारण देशले यतिका समस्या भोग्नु परेको हो । हामीलाई कुनै पनि तवरले त्यस्ता ठाउमा सेवा गर्न मौका मिल्नु हो भने १ महिना मै यो समस्याको समाधान गरि दिन्छौं। भन्नेहरु पनि नभएका हैनन् तर कुरो गर्यो कुरैको दुख भने झै छ। भन्नको लागी त हाम्रा प्रधानमन्त्रिज्युले पनि पद ग्रहण गर्न अघि भन्नु भा थियो नी, हाम्रो पार्टीले सत्ता सन्चालन गर्न पायो भने देशमा चमत्कार गर्ने छौं, नेपाल चाडै नै स्वीजरल्याण्ड जस्तै बनाउने छौं, ह्याँ गर्ने छौं, त्ह्या गर्ने छौं तर खोई त जुन जोगी नै आए पनि कानै चिरेको भने झै सत्ता पनि पाउनु भो राष्ट्रपति नभए के भो र? प्रधानमन्त्रि जस्तो गरिमामय पदमा नियुक्त हुनु भो तर पनि समस्या जस्ताको तस्तै लास्टमा त्यै भने झै ।खै त चमत्कार? के जनताका छोरा छोरी अन्धकारमा बस्नु, दिनानु दिन महंगी र अभावमा रुमलिनु, के यहि हो चमत्कार? देश र जनताले केही शान्तिको आभास् पाउलान्, सुरक्षाको चाजो पाजो मिलाउलान्, नया संबिधान बनाउलान, राज्यको पुनर्संरचना गर्लान, की भनेर पो प्रधान मन्त्रि बनाएका थिए त यस्तै हो भने पहिलाको सरकार र अहिलेको सरकारमा के फरक पर्यो र? अर्काको आङमा जुम्रा देख्ने आफ्नो आङमा भने भैसी नै हिडेको पनि थाहा नपाउने?
जनताका छोरा छोरीको परीक्षा नजिकी रहेको छ उनिहरु के गरी पढी रहेका छन् भन्ने कस्लाई के मतलव? आखिरी हिटर बालुन वा गिजर चलाउन कसको सरोकारको विषय भो र ? मन्त्रि तथा प्रधानमन्त्रि क्वार्टरमा त झलली चौबिसै घण्टा बत्ती बलेकै हुन्छन क्यारे ।
खैर हुनत हामी जनता पनि भेडै छौं सडकका किनारमा १६०० वाटको बत्ति दिनरात बलेनी ठिकै छ। २४ घण्टामा ६ घण्टा मात्र बत्ति आए पनि ठिकै छ। सम्पुर्ण विधार्थीको परिक्षा नजिकी रहेको छ दिनानुदिन बत्ति कति खेर जान्छ र कति खेर आउछ भन्नेमा बालबच्चामा मानसिक यातना नै भएको छ । मट्टितेलमा पढ्न बस्यो मट्टितेलको गन्धले टाउको दुख्ने एउटा पिर त स्वासप्रस्वासमा कालो धुवा संगै लिने हुदा स्वास्थ उस्तै खराव हुने। यता मैन बत्तिमा पढ्ने हो भने बत्तिको मैन जताततै खस्ने समस्याले पिरोल्ने अब नपढौं भने भोली क्लासमा के भन्ने अब त बत्ति थिएन पढ्न पाइन भन्न पनि अप्ठेरो। त्यसैले अहिलेका बिधार्थीहरु जतिखेर बत्ति गयो उतिखेर सुत्ने र रातिको १२ बजे नै किन नहोस बत्ति आए पछि उठेर पढ्ने गर्न बाध्य छन्। हामी ठुला भनाउदाको पनि उहि हालत छ । हामी २१सौं शताब्दीका युवा यसो केहि गरौं भने आई टि को जमाना रे computer र Internet बिना केही काम नहुने अब के गर्ने? आफु त अलि अल्छि मान्छे है बेलुकी सुत्दा पनि बत्ति हुदैन बिहान उठ्दा पनि बत्ति हुदैन। दिउसो कति खेर एक छिन आउछ म कहा पुगेकी हुन्छु? घर आइ पुग्दा अघि नै गै सकेको हुन्छ । साच्चै मैले त घरमा बत्तिको मुहार नदेखेको पनि झन्नै एक महिना नै भएछ ।लौ यो महिना त बत्ति त्यति धेरै बालेको छैन बिल त थोरै आउला भनेको त आम्मै नी के को कम? झन पो पहिला भन्दा धेरै । कुरो के भएछ? भनेको त बत्ति भाको बेला एकै चोटि computer, Iron, heater, Mobile भए जति सबै एकै चोटि चार्जमा राख्ने अनि यत्रो आउछ थोरै ?
के गर्नु? जनतामा अझै पनि आन्दोलनको धङधङि झरी सकेको छैन केहि परेमा आन्दोलन गर्ने त्यो पनि कस्तो, कि त गाडीको सिसा फुटाउने, की त सडकमा टाएर बाल्ने नत्र सडक अबरुद्द गरि सर्वसाधारणलाइ नै दुख दिने? हैन आन्दोलन नै गर्ने भए पनि देश सुल्झाउने खालको आन्दोलन गर्नु नि? हामीलाई कुनै पनि तवरले त्यस्ता ठाउमा सेवा गर्न मौका मिल्नु हो भने १ महिना मै यो समस्याको समाधान गरि दिन्छौं भन्ने युवा नेता तथा बिज्ञहरु पनि मौन भएर किन बस्छन? त्यस्ता के के उपाया छन् बिधुत कटौती हटाउने सबै सिकाइ दिए त भै हाल्ने हो नी त्यस्ता खालका आन्दोलन किन नगरेका होलान्? हरे नेपालमा कहिले आउला शान्तिको दिन?यो नयाँ नेपालको नयाँ नियति कहिले सम्म भोग्नु पर्ने हो थाहा छैन लौ है साथी हो बाचौं यहि अन्धकारमय नेपालमा॥ जय लोढसेडिङ ।।।
Thursday, January 8, 2009
चौतारीको नयाँ पुस्तक श्रृंखला

पुस्तक : राज्य पुनर्संरचना
लेखक: कृष्ण खनाल, झलक सुबेदी र मुक्त सिंह तामाङ्ग
प्रकाशक : मार्टिन चौतारी
पृष्ठ संख्या: १५८
मूल्य रु.: १५०
नेपाली इतिहासमै पहिलो पटक परम्परागत रुपमा राजसंस्थाको बंसाणुगत राज्य परिचालन गर्ने परिपाटी समाप्त भै जनताका छोरा राष्ट्रपति भएको छ । विगत एक दशक भन्दा बढिको माओवादी शसस्त्र संघर्ष र वि.सं. २०६२/६३ सालको जनआन्दोलन नै यस आमुल परिवर्तनको मुख्य कारक तत्वहरु हुन्। यस बेला समाजमा चलिरहेका विद्यमान परम्परा देखि राज्यका सम्पूर्ण रचनाहरु पुनसर्रचना गर्नु पर्ने अवस्था आएको छ । राज्य पुनर्संरचनाका विभिन्न प्रयासहरु भै रहेको अवस्थामा कृष्ण खनाल, झलक सुबेदी र मुक्त सिंह तामाङ्गको राज्य पुनर्संरचना नामक पुस्तकले राज्यको बिद्यमान राजनीतिक, संस्कृतिक र आर्थिक दृष्टिकोणलाइ समेटेको छ । मार्टिन चौतारी द्वारा प्रकाशित उक्त पुस्तकमा बिगत केही समय यता नेपालमा गणतान्त्रिक राज्य ब्यबस्था, संघियता, समुदायको साँस्कृतिक अस्तित्व सहितको राजनीतिक अधिकार आदी विविध विषयमा राज्य अल्झिरहेको अवस्थालाइ छर्लग्याएको छ । राज्यको पुनर्संरचनाको मुल एजेण्डा सँग जोडीएका शासन प्रणाली, आर्थिक पुर्वाधार र स्रोत साधनको बाँडफाँड तथा जातिय, लैङ्गिक, भाषिक र धार्मिक अधिकार लगायतका सवालहरुलार्इ नया सविंधानले सम्बोधन गर्दै गरेको भएता पनि सम्पूर्ण पक्षमा मेसो समातिसकेको अबस्था छैन । यी सम्पूर्ण अल्झाइलाइ एउटा गतिलो खाका दिने जमर्को यस पुस्तकले गरेको छ । करिब १५८ पृष्ठको पुस्तकमा जम्मा ३ वटा लेखहरु समाबेश छन्।
पहिलो लेखमा कृष्ण खनालले राजनीतिक पुनर्संरचना सम्बन्धी अन्तर्निहित सवालहरुलार्इ केलाएका छन् । उनको लेख मूलत: यी निम्न सवालहरुमा केन्द्रित छन्:
राज्यको अवधारणामा बदलिदो विश्व दृष्टिकोण र मान्यता
नेपाली समाजको संरचना र राज्यको स्वरुप
राज्य पुनर्संरचना सन्दर्भमा आदिवासी /जनजाति, मधेशी, दलित,महिलालगायत विभिन्न समुदायहरुको आकांक्षा र मागको समीक्षा
यी विषयमा प्रमुख राजनीतिक दलहरुको दृष्टिकोण
राज्य पुनर्संरचनाका प्रमुख मुद्दाहरुको विश्लेषण
राज्य पुनर्संरचना : संभावना र चुनौती (पृ.६)
लेखकले करिब ६० पृष्ठको आफ्नो लेखमा संघियताको औचित्य, आवश्यकता तथा संघ निर्माणका आधारहरु प्रस्तुत गरेका छन । शताब्दीयौंदेखि एउटै राज्यमा बसोबास गर्दै आएका आदिवासी र रैथाने विविध जातीय, भाषिक एवं साँस्कृतिक समुदायको उचित ब्यवस्थापन गर्नु पर्ने चुनौतीहरुलाइ पनि औल्याएका छन्। खनालले नेपालमा संघिय प्रदेश निर्माणको प्रारम्भिक आधारहरु:
साझा नागरिकता
जातीय, भाषिक एवं साँस्कृतिक बसोवासको सघनता,
भू क्षेत्रको निरन्तरता र सुगमता
प्राकृतिक श्रोत साधन र आर्थिक सम्भाव्यता
पारस्परिक अन्तर निर्भरता
राजनीतिक एवं प्रशासनिक सम्भाव्यता लाइ अघि सारेका छन्।
सुरुवातमा नेपालको संघिय राजनीतिक एवं प्रशासकीय संरचनाको स्वरुप केन्द्र, प्रदेश स्थानीय रहने, यी तीनै तहको कार्यक्षेत्र र अधिकारको सूची संविधानमा नै तय गरिनु पर्ने,राष्ट्रध्यक्षीय वा प्रधानमन्त्रिय शासन पद्दति तथा एक सदनीय अथवा दुइ सदनीय संसदिय प्रणालीबारे एउटा सर्व सम्मत निष्कर्षमा पुग्न सकिने सम्भावना सहितको आफ्नो विचारलाइ लेखमा औल्याएका छन्। यतिमात्र नभै राज्य संघिय संरचनामा प्रबेश पछि क्षेत्रीय नेतृत्वले केन्दि्रय नेतृत्व संरचनामा प्रत्यक्ष प्रभाव पार्ने, नागरिको अन्तप्रादेशिक गतिशीलता प्रभावित हुने देखि लिएर विभिन्न सम्भाव्य १० बुँदे परिणतिहरुलाइ समेत लेखमा समेटेका छन् । राजनीतिशास्त्रका प्राध्यापक तथा राजनीति प्रति चासो राख्ने हुनाले लेखकले आफ्ना अनुभवहरु पनि यसमा समेट्न भ्याएका छन्। उनको यो लेख गहन अध्ययन पश्चात लेखिएको हो भन्ने कुरा लेखका अन्तमा रहेको सन्दर्भ सामग्रीले प्रष्ट पार्दछ । प्राज्ञिक तहको यस लेखले विद्यमान राजनीतिक अन्योलतालाइ सहि दिसा दिन पक्कै पनि केही सहयोग गर्नेछ ।
पुस्तकको दोश्रो लेख अर्थशास्त्री झलक सुबेदीको छ । अर्थशास्त्री नै भए पनि राजनीतिक विश्लेषण उहाको रुचिको क्षेत्र भित्र पर्दछ भन्ने कुरा उहाको विभिन्न प्रकाशित पुस्तक तथा पत्र पत्रिकामा प्रकाशीत लेखहरुले पुष्टि गर्दछ । करिब २२ पृष्ठको अर्थिक विषयमाथि केन्द्रित यस लेखमा अबको नेपालको आर्थिक प्रणाली कस्तो हुने भन्ने सम्वन्धमा संविधानसभामा व्यक्त हुन सक्ने विचारधारात्मक संघर्षका धारहरु पनि प्रस्तुत गरेका छन्। ती धारहरु निम्न रहेका छन:
आमूल परिवर्तनवादी /समाजवादी
सुधारवादी / मध्यम वामपन्थी
नवउदारवादी / परम्परावादी
पहिचानवादी
यी माथीका सम्पूर्ण धारहरु विभिन्न राजनीतिक दलहरुका निर्वाचन घोषणा पत्रको आधारमा तयार पारेका छन् । लेखकले परम्परागत वा यथास्थितिवादी शक्तिहरुले समाजमा आफ्नो एकलौटी वैचारिक प्रभुत्व गुमाएको र पुराने उत्पादन पद्दतिको तीब्र विघटन भै रहेको अवस्थामा त्यसलाइ विस्थापित गर्नै नयाँ पद्दतिको विकास नभै सकेको कारण संकट उत्पन्न हुन गएको हो भन्ने तर्कलाइ अघि सारेका छन् ।
यसरी सामान्य जीविकामा संकट उत्पन्न भएर नै जनसाधारणमा पुराना अर्थ सामाजिक मूल्यप्रणाली माथि विरोध र नयाँ प्रणालीको खोजी प्रति आकर्षण बढेको कुरा ब्यक्त गरेको छ । आर्थिक प्रश्नहरु विकास, वृद्दि र समता तीनै विषय सँग अन्तरसम्वन्धित रहेका हुन्छन्। अर्थिक विकास परम्परागत आर्थिक संरचनाबाट परिवर्तन भइ क्षेत्रगत सम्वन्धको विस्तार गर्दै अर्थिक वृद्दि गर्न सकिने र आर्थिक वृद्दि हासिल हुदै जाँदा समाजका विभिन्न हिस्साबीच स्रोत र आम्दानीको वितरण गर्दै समतामूलक समाज निर्माण गर्न सकिने तर्क पनि प्रस्तुत गरेका छन्।
यसबेला नेपालमा आर्थिक क्रान्तिको प्रसंग चलिरहेको छ । आर्थिक क्रान्ति सफल पार्न साथै संरचनागत तथा नीतिगत कारणले सयौं बर्ष पछाडि पारिएको समाजलाइ अरु सरह अगाडी बढ्ने अवसर प्रदान गर्नु राज्यको दायित्व रहेको कुरालाइ पनि उठाएका छन्। १२ बर्षे शिक्षा नि:शुल्क गर्दै सबैलाइ समान अवसरको सुनिश्चितता गर्नु पर्ने, मानवीय संसाधनको विकासको लागी अभिन्न अंग मानिने स्वास्थ्य क्षेत्रलाइ सुदृढ गर्न ठूलो रोगको उपचारका लागि सामुदायिक स्वास्थ्य कोष र जीवन बिमा प्रणाली लागु गर्नु पर्ने, खानेपानी, ग्रामीण् विद्युतीकरण, सञ्चार सेवाजस्ता विषयमा अझ विस्तार गरी प्रभावकारी बनाइनु पर्ने लगाएतका १० वटा महत्वपूर्ण जिम्मेवारी राज्यले बहन गर्नु पर्ने कुरा उल्लेख गरेका छन् ।
संघिय प्रान्तहरुको सीमाङकन गर्दा साधन स्रोत तथा आर्थिक पूर्वाधारहरुको न्यायोचित तथा सन्तुलित बाँडफाँड गर्नु महत्वपूर्ण सवाल रहने हुन्छ ।यद्यपी अर्थराजनीति र आर्थिक उन्नतिका सन्दर्भमा भूमि सबैभन्दा महत्वपूर्ण कडि हो र यसको व्यवस्थापन न्यायोचित र अधिकतम उत्पादनमूलक हुनपर्ने जोड उनको लेखमा पाइन्छ । मुलत यसलेखमा परम्पराबादी समाजवादका कमजोरी नदोहोरिने तथा नव उदारवादका ज्यानमारा सिद्दान्तबाट पनि बच्ने लोकतान्त्रिक मूल्यसहितको समाजवादी अर्थ राजनीतिक ढाँचाको पक्षमा जनमत सिर्जना गर्नसक्नु पर्छ भन्ने आग्रह पाइन्छ ।
पुस्तकमा समानता, संघियता र बहुसांस्कृतिक राष्ट्रबाद शमाजशास्त्री मुक्त सिंह तामाङको लेखलाइ अन्तिम तथा तेश्रो लेखको रुपमा समेटेको छ । करिब ५२ पृष्ठको लामो यो लेखलाइ मुख्य बिषय नै भन्दा फरक नपर्ला किन भने यो सबै भन्दा धेरै चर्चामा रहेको विषय हो संघियता र जातिय राज्य । लेखकले यस लेखमा करिब ६ वटा जति सवाल जस्तै
नेपालमा लोकतन्त्रको यात्रा र समानताको सवाल
समानताको लागी संघिय संरचना
संघियताको आधार जातीय भाषिक र क्षेत्रिय समानता तथा पहिचानका जनआकांक्षा
बहुसंस्कृतिवादको अवधारणा
धर्म निरपेक्षताको कार्यान्वयन
राष्ट्रिय एकताको लागी नया राष्ट्रवाद आदि विषयलाई आगामी छलफल र बहसको लागी सहयोग पुग्ने उद्देश्यले राखीएको भनि उल्लेख गरेका छन् । मूलत लेख यीनै बिषयहरुमा केन्द्रित रहेको छ । नयाँ संविधानमा समानताको सिद्दान्तको आधारमा राज्यको समाबेशी संरचना र बहुसंस्कृतिक नीतिप्रति प्रतिबद्दताले नै राष्ट्रिय एकताको नयाँ आधार खोज्न सहयोगी भूमिका खेल्छ भन्ने लेखकको गतिलो तर्क छ । यो एउटा लेख मात्र नभै प्राज्ञिक ब्यक्तित्वको प्राज्ञिक पर्चा नै भन्दा पनि फरक पर्दैन जसलाई बिच बिचमा गरिएको कोड र लेखको अन्तमा दिइएको करिव ५ पाँनाको सन्दर्भ सुचीले प्रष्टाउदछ ।
जल्दो बल्दो बिषय तथा राजनैतीक बिचार बिस्लेषणको मन्थन समेटिएको यस पुस्तक बिभिन्न दृष्टिकोणले निकै गहन र प्रभावकारी छ । यो एउटा राज्यको पुनर्संरचना मात्र नभै राजनीतिशास्त्रका विभिन्न पक्षका आधारभूत कूराहरुलाई यसले समेट्न सफल छ । यद्यपी सुरक्षाको संरचना कस्तो हुने भन्ने सवाल पनि राजनैतिक बहस हो भन्ने चाही थाहा हुदा हुदै पनि छुटाएको जस्तो देखिन्छ ।
Monday, January 5, 2009
बित्यो नयाँ बर्ष पनि
खोइ अब कहाँ बाट सुरु गरु पो भयो हौ मलाइ त ...
फैलियुन जरा सरि चहानाका सिमाहरु
लेखियुन कथा सरि सुखद पलका यादहरु
नछुटोस साथ हाम्रो प्रण गरौ यसैमा रमाउने
दियो गत सालले पनि धेरै कुरा यसपालि नया बाटो समाउने
सबै जना साथीहरुले शुभकामना आ आफ्नै सैलिले दिइ सक्नु भयो, मेरो तर्फ बाट नयाँ बर्षको शुभकामना दिने बेलामा यो मेरो गाउले दाजु श्याम आचार्य को लाइनहरु ज्यादै मन परेकोले तपाइहरु सामु पनि ठेलि दिने बिचार गरे लौ नयाँ बर्ष को सबैलाई फेरि पनि शुभकामना ।
हरेक दिन बिहानी हुन्छ, दिउसो हुन्छ र साँझ पर्छ अनि एउटा सिङ्गो दिन बितेर जान्छ। यसै गरि हरेक दिन, हरेक महिना र बर्ष गर्दै आफ्नो जीवनका एक एक पानाहरु बिस्तारै पल्टदै जान्छन्। सधै झै सन् २००८ पनि बर्ष बित्यो नयाँ बर्ष २००९ को पुनरागमन भयो अझ भनौ न जीवनको एउटा पानो फेरी पल्टियो। यो अङ्ग्रेजी बर्ष कै नयाँ बर्ष भएतापनि अधिकांश नेपाली युवाहरुले पनि यसलाई निकै महत्वका साथ हेरीन्छ। अन्य बिशेष कार्यक्रम नवनाए पनि नयाँ बर्षको शुभकामना आदान प्रदान गरेर यो उत्सव मनाइन्छ, मैले पनि ब्यक्तिगत रुपमा यसरी नै मनाए । कतिपय साथीहरुले नयाँ बर्षको स्वागतको लागी मध्यरातको चिसो हावाको पनि पर्वाह नगरी जाग्राम बस्नु भयो होला,कतिपयले भब्य पार्टी आयोजना गरी मनाउनु भयो होला तर मेरो छुट्टै कहानी बन्यो यो सालको नयाँ बर्ष । यहा कहानी केहि नपाइ रहेको मौका पारी ब्लगमा ठेल्ने मेलोमेसो गरे मैले पनि ।
नयाँ बर्षको साँझ विशेष तयारी त के हुनु है म एक्लो मान्छेको । साथीहरु सँग नयाँ बर्ष मनाउन फिलिम हेर्न जाने योजना बनाउदै थियौ अर्को एउटा दशाहारी साथी पनि आईपुगेछ चौतारीमा (पहिला देखि हेर्ने मन छ भन्दा भन्दा हिजो पल्टमात्र हेरेको रहेछ उसले, मैले हामी सँग जानको लागी प्रस्ताव गरी हाले त्यो बेला त उसले नाई भनेन तर भोली पल्ट हेरी सके पछि मात्र थाहा पाँए दोश्रो हेराइ हो भनेर)। सल्लाह भयो हल जाने कुरा मिल्यो अब टिकट काट्न जान पर्ने भो मैले, घरमा पनि म एक्लै रहेको निउ पारी एक जना दिदीलाई सँगै बस्न आग्रह गरे। साँझ चौतारीबाट हतार हतार फर्क्यौ अनि खाना साना बनायौ,खायौ,नयाँ नेपालको नयाँ नियती चौबिसै घण्टा लोढ सेडीङ अब के गर्ने त थाल्यौ गफ गर्न । बर्षौ दिनको आ-आफ्नो कथा-कहानी, जिवनका घटना दुर्घटना साटासाट गर्दागर्दै रात त सुलुलु चिप्लिएछ गाँठे । ७ बजे टिकट काट्न काउन्टर पुग्नु पर्ने एक झिपिक नगरी ६ बजि सकेछ अब परेन फसाद?
सुतौ भने ६ बजी सक्यो,नसुतौ त निदाएकै छैन। लौजा हाम्रो पालो पनि झन उठेर चिया नास्ता गरी गयौ टिकट काट्न ।समयमै टिकट काटे पनि साथीहरु ढिला आई पुगेकाले झण्डै बस्ने सीटै नपाएको तै पनि हेरीयो गजीनी, साथमा अमिर जी को नया शैलीको केश स्टाइल अनि जीऊ भरी कोरीएको नया शैलीको प्रयोग। समग्रमा राम्रै बनेको रहेछ गजीनी । बाटामा अलिअलि खाजा खाए पनि खाना खान अलि समय मिलेन,हलबाट सिधै गयौ चौतारी ।
अफिसमा केही बेर काम गरेको के थिए बिदेशीएका छिमेकी दाइ आउनु भएको रहेछ। फोन आयो भेट्ने भए तुरुन्त धराहरा छेउ आइजा नत्र म भोली घर जादै छु । लौ नत के नै पो बिग्रेला र हउ आज एकै दिनमा फेरी भोली त दाइ पनि जानु हुन्छ भेट्न नी पाउदीन मनमा सोचे र हुइकिए दाइ अनि बैनीहरुलाई भेट्न। नयाँ बर्षको दिनमा बर्षौ पछिको दाई सँगको पुनर्मीलन गजब भयो तर फेरी बेलुकी घर आईपुगे लोडसेडिङको अध्यारो नै । के खोज्छस कानो आँखो भने झै भो नी निन्द्रा लागेको बेला बत्ति पनि नहुनु हतार पतार खाना खाएर सुतेको मान्छे बिहानको साढे ९बजे मात्र आँखा खुल्यो। बित्यास पर्यो कति थियो काम फेरी पनि लाइन छैन। मनमनै सोचे हरे यस्तो मान्छेले के गरी खाला ? जे होस यो बर्षको नयाँ बर्ष अबिस्मरणीय बन्न पुग्यो मेरो लागी। धन्यबाद कैलाश दिदी मेरो नयाँ बर्ष अबिस्मरनीय बनाइ दिनु भाको मा ।

Wednesday, December 24, 2008
भोटेकोशी तिर बरालिदा

नेपाल एउटा सुन्दर प्रकृतिले दिएको उपहार हो भनेर भनिरहनु आवस्यक छैन तर यहा का सबै सुन्दर ठाउमा पुग्ने घुम्ने मौका भने मिलेको छैन त्यस्मा पनि तातोपानी तिरको यात्रामा धुलिखेल कटेर जाने मौका मिलेको थिएन तर गत सुक्रबार युबा अभियानले पुरा गरि दिएको छ।
बिहानै कहिलै उठ्न नसक्ने भएता पनि कहिले काहि हिड्न भने पछि निन्द्राले पनि समय मै छोड्दो रहेछ । करिव २ महिना जति भएको थियो होला बिहान ८ बजे मात्र उठ्ने गर्थे तर गत Dec 19 (4 सुक्रबार) भोटेकोशीको लागी ६ बजे सबै जना शान्तीनगरमा भेटिनु पर्ने भएकोले म पनि ५ बजे नै उठेर आफ्नो झोला बोकी हिडने तरखर मा थिए जाडोयामको समय ५ बजे पनि राती झै अध्यारो नै भएकोले दाइले शान्तीनगर अफिस सम्म ड्रप गरी दिनु भयो । म कस्तो खालको तालिम गर्न हिडेको हो भन्ने कुरा म आफैलाई पनि थाहा थिएन मलाई यति मात्र थाहा थियो म Civic Leadership School (CLS) मा जादै थिए । तर त्यहा हामीलाई के के सिकाउछ र को को मेरो साथीहरु हुन्छन भन्ने केही थाहा थिएन जव हाम्रो बसले गन्तब्यको लागी प्रस्थान गर्न लाग्यो तब थाहा पाए म मात्र हैन हामी जम्मा २४ जनामा लगभग १९ जना जती म जस्तै रहेछन् मेरो मतलव मै जस्तो अन्योलमा रहेछन् ।
गन्तब्य स्थान भोटेकोशीको किनारमा रहेको The Last Resort मा पुग्दा सम्ममा केही साथी भै सकेका थिए त केही बाकी त्यो पनि एकैछिनमा समाप्त भयो। परिचयको सुरुवात भुवनदाई ले यति प्रभावकारी तरीकाले गराउनु भयो की त्यस पछि एकअर्काको नाम हत्तपत्त बिर्सिएनौ । हामी सहभागी २४ जना २४ वटै अलग अलग क्षेत्रबाट उपस्थित थियौ तापनि ५ दिनको सगै बसाइले यति नजिकको सम्वन्ध स्थापित गरायो जुन हाम्रो बर्सौ देखिको मित्रतामा छ । तालीम त तालीम साच्चै प्रभावकारी छन् ति दिनहरुमा सिकाईएका कुराहरु मानौ मलाई त कुनै समयमा लागी रहेको थियो म कुनै Resort मा आएर होईन कि म कुनै आर्मी तथा पुलिसको तालीममा सामेल छु । त्यहा खानपिन लगाएत सबै कुरा यति समयमा गर्नु पर्ने थियो कि के भन्ने र....................
तर जती सुकै कडा नियम भएतापनि भुवनदाई लगाएत द लास्ट रिसोर्ट टिमका सम्पूर्णदाइहरुको त्यो सहयोग बिर्सीनसक्नु छ । हामीलाई सबै कुरा पुर्वजानकारी बिना गरीने हुनाले कहा कतिखेर के गर्न जानु पर्ने भन्ने थाहा नभएको कारण फोटोहरु खिच्न त्यति पाइएन त्यसमा अलि दुख लागेको छ तर हुन त हामी घुम्न गएको नभइ एउटा कोर्स पुरा गर्न गएकोले चित्त बुझाएकी छु । The Last Resort ले दिएको Surprise treat असाध्यै रमाइलो थियो जसमा विश्वदाई र सुनील जी को साहसीक performance देखेर म त साच्चै मोहीत भएकी थिए। त्यो बेला मलाइ लाग्यो म लाइभ आफ्नै आँखा अगाडी हेरेको नभै कुनै टेलीभिजन च्यानल मार्फत सर्कस हेरी रहेकी छु । अझ सुनील जी को त्यो सुरीलो आवाज अनि फुर्तीलो नाँचको त फ्यान नै भएकी छु र उहाको त्यो सुरलो आवाज सुन्न उहा सँग फेरी अर्को चोटी बन्जी जम्पमा भेट्ने बाचा पनि गरेकी छु किन भने यस पटकको ट्रिपमा बन्जि जम्प गर्न पाएनौ मेरो एउटा रहर बन्जी जम्प पनि हो त्यसैले आशा छ कुनै दिन पुरा गर्ने छु ।
Hiking तथा Rock climbing गर्ने केही महिना अगाडी देखिको मेरो सपना थियो त्यो Last Resort मा गएर पुरा गर्न पाए तर मैले जिवनमा कहिले Rafting र abseiling गर्छु होला भनेर कल्पना पनि गरेकी थिइन त्यो पनि सजिलै पुरा गरे हुनत साथीहरुको हौसला र Organizer को उत्प्रेरणा बिना कुनै पनि कुरा सम्भव थिएन । Rock climbing र Rafting को बेला साथीहरु लगाएत भुवनदाईको उत्प्रेरणाले यति भुमिका खेलेको छ की म यहा वर्णन गर्न सक्दिन । जीवनमा पौडी नखेलेको मान्छे म भोटेकोशीका ती नागबेली परेको कुनाकानी साथै आकाश भन्दा निलो पानीको माझमा पौडनलाई त्यति सजिलै आँट गर्न सकिन तर भुवनदाईको म माथीको बिश्वासले म आफैमा confident बढेर आयो। अन्ततया मैले पौडी मात्र नभइ TITINIC Film मा झै नाउको छेउमा उभिएर करिव १० मिनेट जति लामो जलयात्रा पार गर्न सफल भए । त्यो बेलाको स्वर्निम आनन्द त कहिलै पनि प्राप्त गरेकी थिईन तरपनि राजु दाई, प्रतीक जी, भुवनदाई, बिकाश, लक्ष्मण जी र उमेश जी को त्यो बेलाको सहयोग र आत्मीयपन जीवनभर भुल्ने छैन ।
मलाई यस अघि लाग्थ्यो की म मा यी सबै गुणले भरी पुर्ण छु । मैले सानै उमेरमा धेरै कुरा सिकेको छु र गर्न सक्छु तर जब मैले CLS पुरा गरे बल्ल थाहा पाए की मैले कति गलत सोचाई राखेकी रहेछु, म कमजोर र स्वार्थी रहेछु साथै घमन्डी पनि । यस सीकाइबाट मैले मेरो रिसर्चको बेलामा टिम वर्क होस वा जुन सुकै अवस्थामा साथी भाई सँगको सहकार्यलाई धेरै नै सहयोग मिल्ने ठानेकी छु। साथीहरु बिचमा गर्नु पर्ने विश्वास, साथीहरु सँग हुदा निभाउनु पर्ने कर्तब्य तथा हामी मानीसले समाजीक एकताको लागी गर्नु पर्ने बिविधकुराहरु त्यस मध्य अरुको कुरा सुन्ने बानीको बिकासबारेमा पहिला भन्दा धेरै सजक हुन पाए त्यसको लागी युवा अभियान(YI) परिवार धन्यवादको पात्र त छदैछ साथमा भुपेन्द्र पुलामी दाइ पनि धन्यवादको पात्रबाट मुक्तहुनुहुन्न जसले मलाई त्यहा सम्म पुर्याउनु भयो । म सँग रहेका यी नै केही फोटोहरु भोटेकोशीको सम्झना स्वरुप राखेकी छु ।

Monday, December 15, 2008
केही दिनको गन्थन मन्थन
आज अन्तरािषटय पर्वतिय चलचित्र महोत्सव KIMFF तथा गैरनाफामुखि प्रकाशनहरुको पुस्तक प्रर्दशनीको पाचौ दिन भनौ न आज देखी समाप्त हुदैछ । आज सम्ममा करीव ६६ वटा नेपाली तथा अन्य भाषा भाषीका चलचित्रहरु प्रदर्षण गरिएको छ । जम्मा ३५० भन्दा बढि चलचित्रहरुबाट ६६ वटा लामा तथा छोटा चलचित्रहरु प्रदर्षण गरियो । ति मध्य सम्पुर्ण चलचित्र हेर्ने मौका त पाइएन र पनि धेरथोर चलचित्रहरु हेरियो। डकुमेन्ट्री तेस्तै नै हो कति जानकारी मुलक थिए त कति पिडा दायिक सन्देश बोकेका । कति प्रष्ट बुझिने त कुनै कति पनि नबुझिने ।
मैले हेरेका मध्य चौकैठ छोटो तर मिठो लाग्यो शहरीया र मधेशी मुलको २ महिलाहरुको कथावस्तुलाई यति मिठो गरी ३१ मिनेटमै देखाउन सफल छ त्यो त कैलाशदिदीले बेलीबिस्तार लगाई सक्नु भएको छ उहाको ब्लगमा । अनि सन्जोग लाफा मगर दाईले बनाउनु भएको जीवसीम पनि जे होस मन छुने नै थियो जुन एक बयोबृद्ध मगरबुवा आफ्ना जिवनका ४० बर्ष कहा भुमिगत बिताउनु भयो उहाले समाज सुधारका लागी कहा कहा के के काम गर्नु भयो र कसरी भुमीगत जीवनबाट फर्केर फेरी आफ्नो घर फर्कनु भो भन्नेबारेमा जानकारी समेट्न सफल छ तर के कारणले भुमिगत रहनु भयो भन्नेबारे अझै पनि खुल्न नसकेको कारण आशा गर्न सक्छौ जिवसीम भाग २ पनि निकट भबिश्यमा बन्न सक्छ ।
अर्को मन छुने चलचित्र थियो कठपुतली अहो जीवनमा अभी सर संग पहिलो पटक चलचित्र हेर्न बसेकी थिए म त्यस दिन ।चलचित्र जापानीज मानीसले बनाएता पनि नेपाल र नेपाली कै सन्दर्भमा नेपाली नै कलाकारहरुले अभिनय गरेको थियो संवाद तथा अभिनयमा निखारता भने कलाकारहरुमा कमै देखिएता पनि दृष्यहरु साच्चै राम्रा थिए । नेपालको पर्यटन क्षेत्र घोषित धम्पुसको लहलहाउदा तोरीबारीको दृष्यले साच्चै मन छोएको थियो । अनि जापानको पहाडी क्षेत्रमा चलाइने गोरुगाडा र बच्चाहरुकोलागी खेलौना फिरफिरे असाध्य मन परेको थियो । ए अनी आइ बिकेम पनि छोटो तर गहकीलो सन्देश बोकेको चलचित्र हो भन्न मैले रुचाए। वास्तवमा हाम्रो समाजमा ब्याप्त घटनालाई सजिलै उतारेका छन् ले । आफ्नो भोक र प्यासको लागी आफुलाई जतिसुकै मन परेको चिज पनि बेच्न बाध्य हुन्छन मानीसहरु । अब मन नपरेको त नभनौ नबुझिएको मध्य एक खोडा जस्ले ६ मीनटमा के के केके सबै चिज समेटेको छ। त्यस्तो एनिमेसनको कुरा मेरो यो सानो दिमागले केही पनि घुसाउन सकेन । यहाहरु मध्य कसैले बुझ्नु भएको भए कृपया अलिकति भए पनि बुझ्न चाहन्छु ।
अब अरु
अरु जे सुकै जस्तो सुकै भए पनि यी यतिका दिनको फिल्म फेस्टिभलले एउटा भावना भने मेरो मनमा जन्माइ दियो जस्लाइ यहाहरु माझ पनि सेयर गर्न चाहे।
ति बुढो काठमाण्डौ स्वार्थी र सोसकहरुको काखमा ङिच्च दात देखाएर हासेको छ
जिर्ण र असक्त घरहरु लिएर थरथर गोडा कपाउदै बसेको छ
पशुपतिनाथ पनि घात प्रतिघातको भिडमा न्याय र अन्याय छुट्टाउन नसकी अलमल्लमा परेको छ स्वयंभु डाडैमा दुईवटा ठुलाठुला आँखाहरु बालेर
देशको बिध्वंसात्मक र बिनासकारी घटना टुलुटुलु हेर्न बाध्य छन्
मानीसहरु पापी र दुष्ट नै भए पनि सुन्दर र हराभरा प्रकृतीले कम्तिमा मन थाम्न सघाएको छ
कलकल बग्ने ति निर्मल नदि नाला अनि पाहुना आगमनको आसमा
काख फैलाएर बसेका ताल तलैयाले सितलता प्रदान गर्न सघाएकै छन्
तर मेरो मनको एउटा कुनाले काठमाण्डौको अर्कै रुपको कल्पना रचेको छ
बल्खु कालीमाटी कोटेश्वर र कलंकीमा जाम नहोस्
चक्का जाम तोड फोड र धुवा धुलो रहित स्वच्छ काठमाण्डौ होस्
जब बागमतीको पानी स्वच्छ र निर्मल भै कलकल बगोस्
नदी किनारमा यु एन पार्क हरीयाली भै छाओस्
बागमती र बिष्णुमती नदी भरि बोटिङमा जलयात्राको सयर गर्न पाइयोस्
साथै नदी वारीपारी बिभिन्न आराम गर्ने तथा भोजन गर्ने स्थलहरु बनोस्
त्यो बेला पर्यटकहरुको घुइचोले काठमाण्डौ र ललितपुर खचाखच होस्
आहा
नेपाल साच्चै त्यो बेला स्वर्ग संग तुलनात्मक हिसावले दाज्न सकिने थियो तर मेरो मनको लड्डु एउटा चलचित्रको पर्दामा देखिने काल्पनिक चित्रै त हुन् जुन कल्पनागरेर बनाइएका चित्र झै

Wednesday, December 10, 2008
जीन्दगी
साचि भन्नु पर्दा यसलाई यहा कबिता भन्न मिल्छ या मिल्दैन त्यो पनि थाहा छैन है । तर मेरो सोझो हिसाबले चै कबिता नै लेखेको हो । यहा महान कबिहरुको माझमा खोइ के खोइ के भनेजस्तो हुने होकि? यसो अल्छि लागेको बेला ब्लगमा हाल्ने चिज बिज केही नभेटको सुरमा एउटा भवना कोरी हेरे,लौजा कल्पना नै सहि यस्तो पनि त हुदो हो कतिलाइ ? मौका यही हो,ठेलि दिय मैले पनि।
यो जीन्दगी त के हो र जसो तसो दिनहरु काटेकै छु
जीवन साथी तिमीलाई नै बनाउछु भनि आटेकी छु
तिम्रै एक धर्को सिन्दुरको आशमा बाचेकी छु
मन भरि तिता मिठा सपनाहरुलाई साचेकी छु
मलाई छोडी अन्यत्र नै जाऊ तिमी तर
यो मन मन्दिरमा तिमीलाई नै सजाई राखेकी छु
पुनर्मीलनको लागी देवी देउराली भाकेकी छु
जन्मौ जन्मान्तर तिमी मेरै हौ भनी मागेकी छु
मानीस नै हुँ जीवनमा गल्ती कुनै दिन गरे हुँला
त्यसको लागी पटक पटक तिमी सँग माफी मागेकी छु
यो मनमा माफी गर्छौ भन्ने विश्वास राखेकी छु
यो जीन्दगी घरीघरी तिम्रै नाममा बाचेकी छु
तिम्रै एक धर्को सिन्दुरको आशमा दिनहरु काटेकी छु

Subscribe to:
Posts (Atom)