यो ध्रुव सत्यकुरा नै हो की जिन्दगीको पानाहरु पल्टिदै जादा हरेक सुन्न र देख्न पाइन्छन् तर कति पय कुराहरु अपेक्षा भन्दा धेरै टाढाको हुन जान्छ त्यो बेला आश्चर्यले चकित हुन बाध्य हुन्छु म (यदि म गलत छुइन भने म मात्र हैन सबै जनालाइ यस्तै हुन्छ होला)। सम्झन्छु कहिले काही यो जीवन भन्ने चोलो पनि कसैको लागी कति लामो अनि कसैको लागी कति छोटो भएर आउछ यो किन यस्तो भएको होला? जे होस कति पय कुरा नसोचेकै भए पनि राम्रो हुन्छन भने कतिपय कुराहरु हृदय बिदारक नै ।
Thursday, September 30, 2010
Tuesday, September 14, 2010
बन्द बन्द बन्द सबै तिर बन्द !
हड्ताल र सडक जामले सबै तिर सबैलाई सताउने भो उफ्...... ।
हरेक दिन चक्का जाम र आम हड्तालको रोग नेपालमा मात्र भोगेकी थिएँ । नेपाल छोडेर हिडेको करिव एक वर्षमा खासै जाम र हड्तालको खवर सुन्न र भोग्न परेको थिएन तर त्यही नेपालको रोग अब युकेमा पनि सरेको छ । करिव ४ महिना अगाडी ब्रिटिश एरलाईनले केही दिन बिरोधको कार्यक्रम अगाडी सारेर हडताल गरेका थिए त्यसबखत हजारौ यात्रुहरु बिचल्लिमा परेका थिए तै पनि पुरै बन्द भने गरेका थिएन । उनीहरुले कर्मचारीको कटौती गरेको साथै भत्ता तथा तलब कटौती गरेको बिरोधमा बन्द गरेका थिए । फेरी उनिहरुको माग पुरा भएन भने क्रिसमसको समयमा पुरै चक्काजाम गर्ने घोषणा गरेका छन । यदि पुरै बन्द गरे भने कतिको लागी गन्तब्य स्थान पुग्नमा कति बिजोक हुने हो थाहा छैन ।

Thursday, September 9, 2010
एक्काइसौ शताव्दीमा पनि सञ्चार बिहिन हुनु पर्दा
अहो यो पर्खिनु जतिको साह्रो काम अरु केही पनि हुन्न बा । झुक्किएर पनि कसैलाई पर्खाउने कार्य नगरेकै राम्रो हुदो हो तर के गर्ने कहिले काँही अचानक नसोचेको हुन पुग्छ । मेरी सहेली (सँगीता) सँग नभेटेको पनि निकै दिन भै सकेको थियो कहिले के मा ब्यस्त कहिले के मा ब्यस्त । हुन त खासै काम पनि केही छैन फुर्सद पनि कहिले नहुने । भन्छन नी कुकुरको काम नि हुन्न रे फुर्सद नि हुन्न रे मेरो पनि झण्डै झण्डै त्यस्तै भइरहेको थियो । हामी सँगि नभेटेको महिनौ भै सकेकोले अस्ति देखी भेट्न बोलाइ रहेकी थिइन । भनौ उनि घर सरे पछि म उनको नया घर सम्म पुगेकै थिइन त्यही भएर पनि बोलाएकी थिइन। पहिलो पटक भेट्छु भनेर पनि आफ्नै ब्यक्तिगत कामको कारण भेट्न जान सकिन। दोश्रो पटक पनि भेट्ने दिन र समय तोकि सकेर पनि केही घरायसी कारणले ढिला भएको कारण भेट्न जान पाइन । हिजो तेस्रो पटक भने जसरी भए पनि भेट्छु भन्ने मनसाय बोकेर हिडेकी म झण्डै उनको घरको नजिकै बाट नभेटी फर्किनु परेको ।
भौतिक दुरी खासै टाढा नभए पनि कति न टाढा झै भएर बस्नु पर्ने यो मानिस जातिको बाध्यता । भेट्नलाई बोलाएको तेस्रो पटक भने मोबाइलको कारण झण्डै नभेटि फर्किनु परेको । कुरा भन्न नि लाजै लाग्ने सँचार ले सताब्दियौ देखी आँखा खोलेको देशमा पनि यहि सँचार बिहीन भएर झण्डै दुइ मित्र भेट हुन बाट जोगिएको । यो मोबाइल भन्ने चिजले पनि मानिसलाई धेरै सहयोग गरेर पनि कहिले काही त आपत नै खडा गर्छ । यदि म गलत छुइन भने प्राय मोबाइल बोक्ने मानिसहरु सँग सबैको फोन नँ मोबाइल मै सेभ भएको हुन्छ पहिला जस्तो फोनको डायरी बोक्ने झण्जट सायदै ले गर्लान । म पनि त्यसैको पिडित हुन पुगेँ हुन त कारण त्यो भए पनि फोन समयमा पुरा चार्ज नगर्नु गल्ति मेरै थियो । अस्तिको दिन राम्रो चार्ज भएनछ क्यारे मैले वास्ता गरिन । अचेल त्यही हो फोन पाए पछि अन्य साथी नै चाहिन्न । फेसबुक पनि त्यसमै, गित सुन्ने पनि त्यसमै, स्काइपमा साथी सँग बोल्ने पनि त्यसमै, एस एम एस गर्ने पनि त्यसमै , फोन आएमा रिसिभ गरेर वा आफैले कल गरेर बोल्ने पनि त्यसमै सबै काममा प्रयोग गरे पछि बिचरा अघिल्लो दिन गरेको ब्याट्री चार्जले कति थामोस ?
भेटघाटको लागी बोलाइएको स्थान नया भएको कारण उनि सँग फोनमा कुरा भो । उनले भनेकी थिइन ८१ नँ को गाँडी चढेर आउ सिधै हाम्रो घर नजिक आइ पुग्छ । बल्ल तल्ल ८१ नँ को बस पर्खेर चडे झण्डै दिउसोको २ बजि सकेको थियो । ल म हिडेँ तर म कहा उत्रिनु भन त । मैले गाडी चढ्दै गर्दा फोनमा भनेकी थिए उताबाट उतर आयो फलानो ठाउ आउ न । ल ल उसो भए मलाइ बस स्टप सम्म लिन आउ है। मैले फोन छोट्याउन खोज्दै थिए । फेरी बोलिन ल ल अबको आधा घण्टामा तिमी आइ पुग्छौ मलाई बस स्टप आइ पुगे पछि फोन गर है । अब नया ठाउ जानु पर्ने गाडीको स्क्रिनमा निस्केको बस स्टपको नाम हेर्दै अगाडी बढे । बाटो काट्नु छ कानमा फोनको एएर प्लग ठोसेर मस्त बाटो काटे । स्क्रिनमा उनले भनेको ठाउ देखायो एकै छिनमा वसको अटोमेटिक सिस्टममा बोल्ने रेकर्डेड आवाज पनि आयो ग्रेट वेस्ट ल्याण्ड। अब स्टपको लागी बेल त दाब्नै पर्यो एक हातले बेल थिच्दै सँगिलाइ फोन लगाए । ए तिमी आइ पुग्यौ? ल उसो भए बसबाट ओर्लेर बाटो क्रस गर अनि अगाडी अर्को बस स्टप तिर हिड्दै आउ त म निस्कि हाले ।
ल ल गर्दै बाटो काटे तर उसले भनेको अगाडी कता म जता जादै थिए त्यता वा अर्को तिर? चौबाटोमा उभिएर सोधे हैन कता अगाडी सान्टान्डर बैक तिर हो की टेक्सास्को पम्प तिर ? खै उनले के भन्दै थिइन कुन्नि एकै छिनमा आवाज बन्द भो । किन जवाफ आउदैन भनेर यसो फोन हेरेको त अगी नै फोन त स्विच अफ भइ सकेछ म एक्लै कराउदै रहेछु । अहो अब परेर फसाद? जता ततै फोन त छ नी फोन नँ नै कण्ठ छैन कसलाई गर्नु? साच्चै भन्ने हो भने आफ्नो नँ बाहेक अरु कसैको पनि फोन नँ याद छैन। गत हप्ता देखी नै अर्को सानो मोबाइल पनि बिग्रेर घरमै थन्कि रहेको थियो ।
कता के गर्ने के नगर्ने दिमागले केही काम गरि रहेको थिएन। अब हुन त आउदै छु भन्दै थिइन लिन आइ पुगि हाल्लिन नी एक मनले भन्दै थियो तर फेरी अघिल्लो अघिल्लो पटक आउछु आउछु भनेर पनि अन्तमा बिभिन्न कारण देखाइ नआएकोले वा आज पनि पो जिस्केको सोचेर लिनै नआउने हुन् की? हामी दुइ प्राय जसो सधै जिस्कि रहन्छौ । कहिले काँही घरमा बसि बसि पनि बाहिर निस्कि न फलानो ठाँउ जाउ वा कलेज पुगी सकेर क्लासमा बसि राख्दा पनि एक जना अलि कति ढिला भएमा ल आज त कलेज बन्द भएछ कता छौ भनेर एक अर्कालाई झुक्काउछौ । त्यही कारण मनमा सँका पनि उब्जियो । अव एक्लै सिधै जाउ भने पनि कताको अगाडी हो हो । सबै तिर हेर्यो उस्तै उस्तै गल्लिहरु छन् क्रस गरेर अगाडी पनि निकै पर एउटा स्टप छ अर्को तिर पनि निकै पर । जे सुकै होस उतै होला भनेर अगाडी मेरो बस जता गयो त्यतै पछ्याउदै अगाँडी बढेँ । बस स्टप पुगेर चारै तिर हेरे कतै पनि देख्दिन । फेरी मनले भन्यो हैन क्रस गरेर अगाडी आउनु भनि सके पछि त यता नहुन पनि सक्छ । लौ जा फेरी फर्केर उतै गएँ । त्यो स्टपमा पुगेर पनि फेरी चारैतिर हेरे कतै कोही देख्दिन । मन न हो एक मन ले भन्यो लौ अव आज मेरो फोनमा कुरा गर्दा गर्दा अचानक फोन स्विच अफ भए पछि आज पनि घरमै बसेर ढाटेकी रहिछन भनेर घरबाटै पो निस्किनन् की?
करिव १५ मिनेट एता र उता गर्दा पनि साथीको अत्तो पत्तो छैन अरु सँग सोध्ने पनि कोही छैन । साथीहरु सबैलाई उसको नँ त थाहा छ नी तर त्यो साथीहरुलाई पनि कसरी सोध्ने उनीहरुको नँ पनि त त्यही फोनमा छ । उफ...................त्यो समय। के गर्ने के नगर्ने सोच्नै सकिन । एता सँगिता भने बोल्दा बोल्दै फोन काटिए पछि खुव फोन हान्दि रहिछन् । डायल गर्ने बितिकै भ्वाइसमेलमा गएर उनको टपअप फोनको झण्डै ब्यालेन्स नै सकिएछ । उनि पनि मैले जे सोचे त्यही सोच्दै अलमलमा परेछिन्। तै पनि एक मनले हेर्न सम्म बस स्टप जानु पर्ला भनेर आइछिन तर जब म उताको स्टप गए त्यही बेला उनले बोलाएको स्टप आइ पुगीछिन् । फेरी म फर्केर आउदा सम्ममा उनी अर्को स्टपमा पो हो कि भनेर गइ सकिछन् । यता र उता भएर दुबै जना नजिक नजिक नै भए पनि अलपत्र पर्दै बस्यौ । झण्डै आधा घण्टा पश्चात अव घरै फर्किने मुड बनाएर जुन स्टपमा झर्नु भनेकी थिइन त्यसकै नजिकैको अर्को स्टपमा जादै थिए । एक हातले चस्मा मिलाउदै एक हातमा फोन खेलाउदै कसैको खोजि गर्दै गरेकी जस्तो देखिने केटि टाढाबाट देखे । मेरो आँखा चस्मा बिना त्यति सहजै मानिस चिन्न नसक्ने हुनाले पनि गाह्रो बनायो । हिजै मैले चस्मा पनि लगाइन साथै मेरो आइलेन्स पनि राम्रो काम नगरेर घरमै थन्काएकी थिए । पक्कै सँगी नै हुनु पर्छ भन्ठानेर उनी भएकै तिर हुइकिए, नभन्दै उनि नै रहिछन् । दुबै जना एक्कासी करायौ "पख न तिमीलाई" तर गल्ति न त मेरो थियो न त उनकै ।
त्यसैले साथिहरु कहिले काही रमाइलोको लागी भनेर सानो सानो कुरामा झुठ बोल्ने बानी छ भने त्यागी दिनुहोस । यसले कहिले काही अपठेरो स्थिती सृजना गर्न सक्दो रहेछ । अर्को कुरा मोवाइलमा नँ सेभ छ भनेर वास्ता नगर्दा कहिले काही समस्या नै पर्ने हुन्छ त्यसैले कि त अर्को फोन पनि बोक्नु होस सबै नँ सेभ गरेर नत्र पनि सानो एउटा डायरी नै बोक्न पनि कन्जुसाइ नगर्नुहोस ।

Tuesday, August 31, 2010
फेस बुकले जोडेको नाता को र कहिले सम्म ?
यो भनि रहनु पर्ने कुरा होइन की फेसबुक सामाजिक सार्बजनिक चौतारी हो । आजभोली गाउ सहर जताततै (डिजीटल प्रबिधि पुगेका ठाउ) सँसारका कुनै पनि कुनाका मानिसहरु जो कम्प्युटरमा इमेल चलाउन जान्दछन् प्राय उनिहरु सबै फेसबुकबाट अछुतो छैनन । केही प्रतिसत होलान जो सँग प्रयाप्त समय नहोला त कोही होलान जो फेसबुक, हाइफाइव, , स्काइप तथा अर्कुट आदि आदि जस्ता सामाजिक सञ्जाल मार्फत आफ्नो ब्यक्तिगत जिवनलाइ सार्वजनिक गराउन चाहन्नन । यो एउटा सार्वजनिक स्थल जो नया साथी बनाउन रुचाउछन उनिहरुको लागी सबै भन्दा उत्तम स्थान बनेको छ ।
सुरु सुरुमा यो सञ्जाल युवा जमातमा मात्र सिमित थियो, आजभोली फेसबुक युवा जमातमा मात्र नभै सबै उमेर समुहका साथी बनिसकेको छ । सुरुसुरुमा नेपालीहरुको लागी बिदेशिएका आफन्तहरु तथा साथीभाई जो सुकैको लागी छिटो छरितो र सार्वजनिक रुपमा सन्देशबाहकको रुपमा स्थापित यो सञ्जाल हाल आएर सबै कुराको लागी उपयुक्त स्थान बनेको छ । हजारौ मानिसमा हजारौ फरक स्वभाव त पक्कै हुन्छन नै त्यसर्थ हरेक मानिसका आफ्ना आफ्ना प्रयोजनका लागी प्रयोग गरिरहेका हामी पाउछौ । यसलाई कत्तिले उपयुक्त प्रयोग गरेका छन भने कत्तिले अनुपयुक्त प्रयोग पनि गरेका छन । कसै कसैलाइ मनको भावना पोख्ने स्थान त कसैलाई आफ्ना प्रतिभा देखाउने स्थल, कसैलाई आफ्नो फोटो प्रदर्शन त कसैलाई ति फोटोमा नाना थरी अस्लिल कमेन्ट गर्न पनि पछि छैनन् । प्रभा आचार्य दिदीको भाषामा भन्ने हो भने यो फेसबुक युवकले युवतिलाई साथी बनाउने, युवतिले युवकलाई साथी बनाउने यसको अर्थ यती मात्र होइन ।
कसैले यसलाई मनोरञ्जनको लागी मात्र पनि प्रयोग गरिरहेका छन् । जस्तै धेरैले टाइम पास गर्नको लागी नया नया साथी बनाउने उक्त साथीहरु सँग नया तरिकाले कुरा गर्ने । यसरी मनोरञ्जनको लागी मात्र प्रयोग गर्नेहरुमा भने धेरै जस्तो छदम भेषी मित्रहरु रहेका छन् । जो आफ्नो वास्तविक परिचय नखुलाइ कन अरुको तस्विर मात्र राखेर बोलिरहेका हुन्छन उनिहरु देखी सबैजना होसियार । उनिहरुले जे पनि गर्न सक्छन यहा सम्म कि अरुको तस्विर राखेर सार्वजनिक रुपमा गाली ब्यइजती सम्म गर्न पनि पछि पर्दैनन् । छदम भेषी कै कुरा गर्दा म आफैले पनि एक पटक नराम्रो सँग चोट खाएकी छु । म र मेरो छिमेकी दाईको फोटो राखेर मेरा सबै सबै साथीहरुलाई एड गर्ने साथै स्टाटस तथा फोटोहरुमा अश्लिल अश्लिल शव्दले कमेन्ट गर्ने गरेका रहेछन्, एक जना छिमेकी भाईले म्यासेज पठाए पछि मात्र म झसँग भएँ। त्यो ब्यक्ति को हो र किन यसो गरियो भन्ने कुरा अहिले सम्म पनि अन्योलको गर्भ भित्रै छ ।
हामी लाखौ करोडौ मानिसहरुले प्रयोग गरिरहेको यो सञ्जालमा हरेक पटक छदम भेसी मित्रहरुले सबैलाई नै दुख दिइ रहेको हुन्छ । फेसबुकबाट बिभिन्न अपराधीक कामको लागी प्रयोगमा ल्याइएको कुरा देश तथा बिदेशबाट कैयौ पटक समाचार पनि सुनिएको छ । उदाहरणको लागी यहा क्लिक गर्नु होस http://www.nayapatrika.com/newsportal/jhan_naya/10071--.html । सम्म यहा सम्म कि साहित्यिक आकाशका एक तारा नै भन्दा पनि फरक नपर्ला आचार्य प्रभा उहालाई समेत यस्तो घटना घटि सकेको छ (पुरा लेख हेर्नको लागी यहा क्लिक गर्नु होस http://www.onlinepatrika.com/opinion/211-2010-04-13-22-33-59.html । तर प्रभा दिदीलाई जो ब्यक्तिले झुक्कायो उसलाई प्रभा दिदीको प्रभावले ब्यक्तिले ब्यक्ति बनायो कामना गरौ हरेक गलत कार्य गर्ने ब्यक्तिहरुको लागी सहि मार्ग देखाउने पनि कोही भेटियोस् ।
हरेक कुराको दुइ वटा पक्ष भए जस्तै यसको नराम्रोको साथै धेरै फाइदाहरु पनि रहेका छन् । सञ्जालको गहन महत्वको कारण कसैले गुमाएका कुरा पनि पुन प्राप्त गर्न सफल छन् । उदाहरण हेर्न यस लिङ्कमा क्लिक गर्नुस http://www.mydcnepal.com/press_release_nepali.php?nid=1638 ।
अन्य प्रयोगकर्ता साथीहरुको त जान्दिन तर मेरो आफ्नो भने यो सञ्जाल प्रयोगबाट कति टाढा भएका साथीहरु पनि पुन भेट हुन पाएको छ, सञ्चार बिछ्छेदका कारण हराइ सकेका साथीहरु पुन भेटिदा भने निकै रमाइलो पनि हुने रहेछ । बर्षौ पश्चात भेटिए पछि खवर ओहोर दोहोरका कारण मित्रता अझ प्रगाढ पनि बन्दो रहेछ । कति त सुरु सुरुमा राम्रो सँग प्रयोग गर्न नजान्दा जो पायो त्यही साथीलाई एसेप्ट गरि साथीको सख्याँ मात्र बढाइन्थ्यो त्यसलाई इडीट गर्ने हुति नहुदा कहिले काही ब्यर्थै छिरेछु भन्ने भान पनि हुने गर्थ्यो तर कुनै फुर्सद समयमा ति अन्जान साथीहरु गफगाफ गरी निकै नजिकको मित्रहरु पनि बनेका छन् । हुन त यो मानिसको जिवनमा साथीहरु आउने र जाने क्रम चलि रहन्छ । साथीको आयु कति हुन्छ भन्ने भेउ मैले अहिले सम्म ठम्याउन सकेकि छुइन बस् भन्न सक्छु आफ्नो तथा उनिहरु दुबै तर्फको ब्यवहारले कोही दिर्घकालिन त कोही अल्पकालिन ।
हुन सक्छ यो "साथी" भन्ने शव्दलाइ हेर्ने नजरियामा भर पर्छ । वर्षौ सम्म सँग सँगै बसेर खाएर हिडे पनि समयकाल सँगै परिधिले फन्को मार्दा कोही कता पुग्छन कोही कता । जीवन भरमा बनाइएको साथी कति नजिकका हुन्छन भावना सँग जोडिएका कोही अलि नाम तथा काम सँग जोडिएका मात्र । तर जे सुकै भए पनि देखभेट भएको साथीहरु कुनै न कुनै दिन भेटिदा अहो फलानो तिमी हामी सँग यस्ता यादगार दिनहरु थिए भन्ने सम्म हुन्छ। उनिहरुको बानि ब्यबहार हेरेर देखेर सुनेर र भोगेर थाहा हुन्छ तर यो फेसबुक मित्रहरुको आयु कति होला ? आफैलाई कहिले काही प्रश्न गर्न मन लाग्छ ।
मैले पनि फेसबुक चलाउन थालेको करिव ४ वर्ष हुन लाग्यो यतिन्जेलमा सयौ साथीहरु सँग भेट भएको छ । यस मध्यमा धेरै जसो मेरा चिनजानका छन् । कति त जीबनमा नभेटेकैहरु पनि निकै नजिकका भएर आइरहेका छन् । तर यसको खासै भरोषा भने हुन्न रहेछ भन्ने मेरो आफ्नो अडकल पनि रहेको छ । किन भने केही दिन च्याटिङमा कुरा भए पछि नजिकिएको सम्बन्ध एउटा सानो कुराको सँका भेट्ने बितिकै एकाउन्ट बन्द गरि दिए पछि यो भावनाको कुनै पनि अर्थ रहन्न रहेछ । फेसबुक बाटै परिचय भएर फोनमा कुराकानी पश्चात एक खालको नजानिदो मित्रतामा बाधिएर (कुरा गर्ने बेलामा भने तिमी मेरो अहिले सम्मको सबै भन्दा उच्च स्थानमा रहेको मित्र) भनिए तापनि कतिपय ब्यक्तिहरु सानो कुरालाई लिएर टाढीए पछि पनि यो मित्रता भन्ने शब्दको अर्थ खोज्नै पर्छ कि जस्तो पनि लाग्न थालेको छ । मन न हो हरेक शँका उपशङ्का साथै प्रश्नहरु गर्छन मलाई । अनुत्तरित छु म यिनै कुराहरुको । आफ्नै मनले कहिले काही झक्झकाइ रहन्छ कि यो फेसबुकबाट बनेको नाता आखिर को? साथै यसको आयु कति हो त? बस् फेसबुकमा अनलाइन भेट भएको बेला हाइहेल्लो मात्र हो या अलि लामो ? के यो एक सञ्जालबाट बनेको मित्रता तथा नाता सधै अडीक रहन्छन् त ? पाठक मित्रहरु तपाइहरुलाई कस्तो लाग्छ के यो फेसबुक मित्रता गाउखाने कथा जस्तै हिड्दै छ पाइला मेटिदै छ त होइन?

Wednesday, August 25, 2010
जीवन काँडा कि फूल

जीवनको भोगाई र अनुभवले गर्भधारण गरी पैदा गरीएको झमकको एक शसक्त र उत्कृष्ठ लेखनशैलीले भरी पुर्ण दशौ(म गलत छुइन भने)सन्तान हो जीवन काँडा कि फूल। आफै कल्पना गरौ जव हामीमा चेतना हुन्छ त्यो बेला आफ्ना सामुन्यका मानीसहरुले विना गल्ति आफु माथी हरेक पटक बचन बाण हान्छन तव केही काम गर्न खोज्दा हामी सँग काम गर्ने हातहरु हुन्नन जब हिड्न खोज्छौ तर हिड्ने खुट्टा हुन्नन केही भावना ब्यक्त गर्न खोज्छौ तर त्यो ब्यक्त गर्ने माध्ययम बोली पनि नभइ तड्पिनु पर्दाको दर्दनाक पिडा कस्तो होला? हो यहि पिडा र भोगाइको पोखाइ हो यो निबन्ध ।
जम्मा ४७ वटा छोटा छोटा निबन्धको सँगालो भित्र जीवनको आरम्भ र म,हजुरआमा र लिङ्ग भेद, अवसानपछिको अभ्यास,शुन्यताभित्र जीवन, आशाको त्यो त्यान्द्रो सम्म, आशाका किरणहरु, अक्षरसँग पलाएको हर्ष, शब्दको उत्सव, धामी झाक्री र डाक्टरहरु, समाजले बुझेको सौन्दर्य भित्र म ,टालेका पाइजामा र लाज, कापी कलम पाएको त्यो पल, भूत प्रेत भगवान र विश्वास, विभेदको युद्दमा म एउटा बोझ, जातीय बिभेदहरु विच म, किशोरावस्थाका चेतना र उत्सुकता, नाम सँग बिद्रोह,ऋतुधर्म र बैस, सम्भावनाहरुको खोजी, पुस्तक सँसारमा प्रबेश, सिर्जनाका कोपिला, फराकिलो बाटाको यात्रा, अक्षरहरुमा जीवनको रङ, पत्रहरुमा मन पोखिदा, विस्तृत जगत्तिरका पाइला, ज्ञानको भोक र काठमाण्डौ बस्ने प्रस्ताव, पढ्न उमेरले छेक्तैन, समाजको दृष्टीमा अपाङगता, स्वाभिमान र श्रम, धार्मिक आस्था भित्र मान्छे र देउताहरु, स्वतन्त्रता भोग्ने रहर, कलम र मृत्युको सन्त्रास, रगताम्य समयसँग स्तब्ध मन, सङ्कटकाल र सन्त्रास्त समय, अध्यारो बाट मुक्तिको स्वर, कान्तिपुर पब्लिकेशन छिरेँ, रङ्ग कुची र क्यानभास, मान्छेको दिमागमा बसेको काती, बन्दुक सँग शब्दको परेड, धनकुटा जल्यो, आस्था आँसुसँग बर्सियो, अफ्ठ्यारोमा जीवन र सुनगाभाको मुस्कान, धुम्म आकाश उघ्रिएपछि मान्छेहरु,द्वन्दका घाउहरु छामेको अनुभूति, जीवनका आभाहरु ,सहमतिका हातहरु, जीवन काँडा कि फूल शिर्षकहरु समेटिएका छन ।
यो काँडामय जीवन अरुको नभै आफ्नै यी करिव उनन्तीस बसन्तको यात्रा पार गर्दाका यात्रा सँस्मरण हुन् । निवन्ध भित्र एक साँपे बालकबाट के कति जीवनका आरोह अवरोहहरु पार गरेर एक सफल साहित्यकार झमक घिमिरे सम्म आइपुगिन भन्ने कुराको बृतान्त कोरीएका छन् । अझ समाजमा अपाङ्गहरुको स्थान, अपाङ्ग हुनुको पीडा कथित सपाङ्ग भनिने मानिसहरुले दिइने चरम यातनाको रापबाट निश्किएको ज्वाला हो जीवन काँडा कि फूल ।
पुस्तक यति गहन छ त्यो त पढि सके पछि मात्र थाहा हुन्छ । मानिस भित्रको पीडाको छटपटी ओकल्न नपाउदा कस्तो हुन्छ ? एक चेतनशिल मानिले अर्को चेतनशिल मानिसलाइ दवाइरहदा दविएको ब्यक्तिको भावनामा कति ठुलो चोट पर्छ भन्ने कुरा यसबाट सिक्न सकिन्छ । अभावको पीडालाई टार्नको निमित्त आफ्नो शरिर लिलाम बिक्रि गर्ने र जीवन सँग हार खाएर आत्महत्या गर्ने कायरहरुको लागी पनि एउटा गतिलो झापड हो भन्दा अत्युक्ति नहोला ।
गरिवीको भुमरी भित्र पिल्सिनु पर्दाको पिडा अझ चेतनमन भित्र भौतिक शरिरको अशक्तपनालाई आफ्नै जीवनको भोगाइ झै गहिराइमा पढ्न सकिन्छ यहा । " बहिनीका छेउमा गएर उसले पल्टाइरहेका कितावका पानाहरु यसो हेर्थे। त्यहा भएका अक्षर शब्द वाक्य पढ्न र लेख्न म पनि जान्दथेँ। मलाइ उसलाइ जस्तो कापी कलम किताव कस्ले दिओस र । मेरो लागी त कापी कलम किताव भन्नु नै खुल्ला धरती र त्याहा भएका ढुगाँ माटो सिन्का र स्वयम आफ्नै मसिना खुट्टाका ओला थिए पृ७१ ।" जो कोही पुस्तकको गहिराइमा डुवुल्कि मार्दा दुख र पीडाको तलाउमा राम्रै सँग पौडी खेल्न सकिन्छ । पढ्दै जादा उनको जीवनमा आफुलाई नै पाउदा खेरी मुटु भक्कानिएर पीडाका छालहरु साउने भेल झै आशुका धाराहरु त कति बग्छन कति? " हाम्रो धार्मिक सँस्कारले अघिल्लो जन्ममा पाप गरेपछि पछिल्लो जन्ममा लाटा लठेव्रा अङ्गभङ्ग भएर या आइमाइको रुपमा जन्मिन्छन भन्ने कुरो हाम्रा दिमागमा कोचिएको छ । म त्यही अघिल्लो जन्मकी महापापी मान्छे जसले पाप कर्महरु गरेकाले पछिल्लो जन्ममा आफ्न धेरै अङग निष्कृय मात्र होइन आइमाइको रुपमा जन्मिएकी भन्ने सबैलाइ विश्वास थियो । त्यसैले गाउका दोजीया आइमाइहरु मलाइ देख्न चाहदैन थिए । वा कतै देखे भने उनीहरुका गर्भका शिशुहरु पनि म जस्तै अशक्त जन्मिन्छन भन्ने अन्धविश्वास या सन्त्रासले उनीहरु टाढैबाट हिड्थे। नानी जन्मिए पछि पनि मेरो छेउ मोच लाग्छ भनेर आउदैनथे । मेरी आमालाइ पनि उनीहरुका नानीहरु छुन दिदैनथे रे । पिढी छेउछाउ बस्न दिइदैनथे रे । कति पछाडी छ नेपालीहरुको चेतनाको स्तर? अहिले सम्झिदा ती सबै घटना परिघटनाहरु अहिल्यै घटे जस्तो लाग्छ र मनमा त्यसै त्यसै निचोरिएर आउछ पृ ७३।"
अझ आफु सपाङ्ग भएर पनि समाजलाई बुझ्न नसक्नुको पिडा, आफु साक्षर तथा समाजको शिक्षित ब्यक्ति कहलिएर पनि समाजको कुरिती कुनियतीलाई चिन्न नसक्नुको पिडा अझ आफु सकुशल सग्ल शरिरको धनि भएर पनि केही गर्न नसक्ने लाछीपनाको पिडातथा आत्मग्लानीले चौपट्टै पिरोल्दछ । यसअर्थमा यस पुस्तकका हरफहरुले हामी जस्ता देखिनमा सग्ल शरिर मानिसमा हुन पर्ने प्राय सबैगुणले सम्पन्न भएर समाजमा शिक्षित शव्दको बिल्ला भिरेर बसेका ढोँगी मपाइहरुलाई पनि गतिलो चड्कन दिएको छ ।
आजको एक्काइसौ सताव्दीमा आमाको गर्भबाट भुइमा झरी नसक्दा देखी भौतिक सुख सुविधामा बालबच्चाहरु हुर्किन थालेको समाजमा एउटा मुर्ती जो सबैको सरापको केन्द्रबिन्दु बनेको हुन्छ उसले सबै सबै देखेभोगेका ब्यवहारबाट सिकेर ज्ञानको भण्डार भरि पूर्ण पार्न सफल कथा जोडीएको छ यहा। ज्ञान तथा सिकाइ भन्ने कुरा हरेक पल हाम्रै आखा अगाडी हुन्छन भन्ने कुरालाई स्पस्ट सँग बुझ्न सकिन्छ यस पङ्क्तिहरुबाट "जब घाम डाँडा माथी आउथ्यो त्यो के होला भनेर हेरीरहन्थे। मानिसहरु त्यसतर्फहेरेर उ हेर घाम डाँडा माथी आइसक्यो भन्थे तब म त्यो त घाम रहेछ भन्थे अनि भुइमा लेख्थे घाम। आँगनको डिलमा पहेँला नीला सेता राता बिभिन्न बोटबिरुवाका फुलहरु फुल्थे म त्यो देखेर एकदम रमाउथे तर तिनका रङ छुट्याउन सक्दिनथेँ मान्छेहरु भन्थे यो टाँकीको रुखमा कति राम्रो सेतै फुल फुलेछ। बल्ल म यो रङ सेतो रहेछ भनेर चिन्थेँ ।
मलाइ जव आमाले नुहाइदिन्थिन तव म पानीको अनुभव गर्थे, मलाइ प्यास लाग्दा बहिनीले पानी पिलाइ दिदा तिर्खा मेटिएर आनन्दको अनुभव गर्थे । अनि मान्छेहरु भन्ने गर्थे कति तातो घाम लागेको उफ कस्तो गर्मी? अनि म मनमनै विचार गर्थे ए यो पो रहेछ तातो भनेको । अनि भुइमा कोर्थे तातो ।"
पुस्तक पढ्दै जादा केही अँशमा पङ्तिकारको अहँमपना पनि देखिन्छन् । उनको यो आदम्य साहस र आफू माथि कै विश्वासले गर्दा आजको यो चुली उनले चुम्न पाएकि छन। हजार मनले उनको दिर्घायुको सट्टा यो यस्तो कष्ट सहेर बस्नु भन्दा मरेकै जाती भनेर उनकै अगाडी मरणको कामना गर्दा पनि मर्न नसकी हिम्मतले बाचेर आइन । हुनत एउटा यस्तो अन्धविश्वासले ग्रस्त समाजमा लाखौ पटक हरेक हण्डर तथा ठक्कर खाएर आफूलाइ समाजमा राष्ट्रमा चिनाउन त्यति सजिलो छैन । तर यहा सम्म ल्याउनमा अन्य सहयोगीहात साथै उनकै आमाको त्यो न्यनोकाख पनि महत्वपुर्ण छ । यस पुस्तकमा धेरै जस्तो बाबा र आमाको बारेमा साथै भगवानको बारेमा अलि बढी नै नकारात्मक भावना उत्पन्न भएको हो की जस्तो देखिन्छ । भन्न त जन्म दिनु मात्र ठुलो कुरो होइन पनि भन्छन तर पनि यदि उनकी आमाले १० महिना सम्म कोखमा राखेर साथै समाजको नानाथरी बचन खाएर उनलाइ यो धर्तीमा पाइला नटेकाएकी भए ------- । जे होस दुख कष्ट भोग्नेलाइ मात्र थाहा हुन्छ देख्नेलाइ भन्दा ।
उनको लेखाइमा रहेका हरेक शव्द शव्दले हामी आफैलाइ कोपरीरहेको भान हुन्छ केही गरौ गर्न सक्छौ भन्ने उत्प्रेरणा दिइ रहेको हुन्छ । मैले यो भन्दा अगाडी यस्तै आत्मजिवनी जगदीश घिमिरेज्युको अन्तरमनको यात्रा पढेकी थिए । मलाइ लागेको थियो यतिको पुस्तक कसैले लेखेका छैनन र कसैले लेख्न पनि सक्ने छैनन तर म पनि यसै समाजबाट हुर्किएकी एक कथित साक्षात्कार युवा न परे । तर जब यो पुस्तक पढि सके थाहा पाए यस्ता अन्तरमनमा यात्रा गर्ने जगदिशहरु अरु पनि रहेछन् अझ उनको भन्दा पनि दर्दनाक पिडा बोकेर हिडिरहेका यात्रीहरु त्यसैले त भन्न मन लाग्यो धन्य सृष्टिकर्ता तिमीले एक यस्तो नारी धरतीमा पठायौ जसले आफु देख्नमा अपाङ्ग भएर पनि कथित सपाङ्गहरुको लागी एक पथप्रदर्शक बनेर समाजमा उभिन सफल छिन् । नारी मात्र भएर हैन एक समाजसुधारक मानव जातीकी प्रतिक भएर उभिन सफल छिन । झमक तिम्रो कलम र विवेकलाइ लाखलाख सलाम ।
उनकै पुस्तकको एक कविताँश शव्द सुमनको रुपमा
तिमी सधै सधै सुनगाभा भएर भिरको कापमा फुली रह
जसको सुन्दरतालाइ सबै सबैले मन पराओस
तर टिपेर कसैले पनि अनायास च्यातेर नमिल्काओस
तिमी युग युग यो धरतीकै आँगनमा बाची रह
आउने उज्यालाका आभाहरु पछ्याउदै पछ्याउदै
अभिसप्त पलहरुलाइ थाङ्नामा मिल्काउदै
यौटा जीन्दगी खोज
जुन यस्तो जीन्दगी होस
त्यहा पिडाको प पनि उच्चारण गर्न नपरोस
तिमी ध्रुवतारा झै सधै सधै चम्की रह
यसरी नै चम्किलो प्रकाशमय ज्योतिमय
मन्द शितलता प्रदान गर्ने जुन जस्तै
तर अन्धकार बनाउने ग्रहणको सामना गर्न नपरोस
अन्तमा भन्नै पर्ने एक शव्द समय भए पनि नभए पनि जीवन दर्शनकै लागी भए पनि यो पढ्नै पर्ने पुस्तक हो । यसलाइ प्रकाशन गर्न सहयोग गर्ने सहयोगीहातहरु पनि धन्यवादका पात्र बनेका छन् । जय होस झमकको, जयहोस सारा नेपालीको, जयहोस नेपाली साहित्यिक आकाशको ।
Saturday, August 21, 2010
छापामार युवातीको डायरी
गएको यो महिनामा धेरै दिन पश्चात नेपाली कितावहरु हात परेको थियो । जसमा पहिला करिव महिना दिन जति अगाडी दुइ उर्गेनको घोडा र मयुर टाइम्स नरेश खपाङ्गी दाइ बाट पाएँ । फेरी एक दिन नेपालबाट एक जना साथी सँग अनलाइन गफ भो । कुरा कुरामा केही कितावहरुको नामहरु थाहा पाए । नेपालबाट छिमेकि दिदी आउदै हुनुहुन्थ्यो यहि मौका हो भन्ने लागेर भाइलाइ कितावको नाम दिए । बिकाश भाइले मैले भनेका प्राय सबै कितावहरु पाठाइ दिएछ । गत हप्ता मात्र फेरी अन्य पुस्तकहरु हात पर्यो यसमा झमक घिमिरे दि को जिवन काडाँ कि फूल, कृष्ण धारावासीको आधाबाटो अनि तारा राईको छापामार युवतीको डायरी । कितावको मोटाइ हेरेर सानो बाटै सुरु गर्ने जमर्को गरे ।
आफ्नै कोर्षको परिक्षा पनि नजिकिएको बेला थुप्रिएको छ कितावहरु । तर पनि मन थाम्न सकिन आखा अगाडी आइ पुगेका कितावको थुप्रोमा मन कसरी थामियोस र? समाचारहरुमा छापामारक युवतीको डायरी बारेमा पडेकी थिए । यसो कितावको साइज हेर्दा छापामार युवतीको डायरी नै थोरै पेजको देखे यहि बाट सुरु गर्ने निधो गरे ।
यो कितावकी लेखिका सानै उमेरको भएकोले पनि मलाइ अलि बढी रुचि जाग्यो । किताव पढ्न सुरु गरे यो एउटा उपन्यास हो । यो एउटा यस्तो कथा जहा एक जना छापामारकै जिन्दगीलाइ नजिक बाट नियाल्न सकिन्छ । सरल र सरस भाषामा लेखिएको उपन्यास जसलाइ जो कोहीले सजिलै बुझ्न सकिन्छ । गणेश रसिक दाईले भने झै अबोध निष्कपट र गहिरो सँबेदनामा डुबेको छ। यो गाथा लेखिका ताराको मात्र नभै विगत एक दशकमा अग्रगामी छलाङ मारी देशको आमुल परिवर्तका नाममा छापामार भएका सम्पुर्ण नेपाली चेलीहरुको कथा हो ।
लेखाइ तारा बैनीको उमेर जस्तै कलिलो भए पनि धेरै कुरामा बास्तबिकता छ । पुस्तक पढ्दै जादा म आफ्नो मातृभुमी धनकुटा पनि पुगे । सल्लेरी, हुलाक टोल अनि रानीवन डुले । पुस्तककै कुनै खण्डमा पुग्दा खेरी करफोक शव्दले मेरो आदरणिय तथा आत्मिय दाइ रमेश राइलाइ पनि सम्झन पुगे । लेखिका तारा उनै दाइका गाउले बहिनी रहिछन । दाइ सँगको ति तिता मिठा पलहरु, चौतारीमा काम गर्दा लड्दै झगड्दै ललितपुरको समिट होटल हुदै धोबिघाट धाउदाका दिनहरु ताजा भयो । पुस्तकको धेरै वटा खण्डमा पुग्दा भने सेना र पुलिस ब्यारेक भित्रका भेदभाव अनि सानाले ठुलालाइ गर्नु पर्ने सम्मान बारेमा वास्तबिक चित्रहरु नाचे । म नेपालका प्राय सबै क्षेत्रहरु घुमेकी छु जहा जहा दाइको सरुवा हुन्थ्यो दाइ की प्यारी बहिनी म उहाको कार्यस्थान चाहार्न पुगी हाल्थे । त्यसरी जाने क्रममा मैले आफ्नै आखाले देखेका वास्तविच चित्रहरु कोरीएका छन डायरीका पानामा । कतिपय शाक्याशँहरुले मेरी दुइ जना उनैको उमेरको प्लस टु सकि सकेका बहिनीहरु सँग तुलना गरेर हेर्न बाध्य भए, उनीहरु लेखिका कै उमेरका छन तर आज सम्म आफ्नो लुगा राम्रो सँग धुन जानेको छैन । देश र जनताका बारेमा कुरा गर्नु त कता हो कता कतिपय बाक्यहरु यो भनेको के हो भन्न पछि पर्दैनन् । उनिहरुलाइ न त देशको चिन्ताको हावाले छोएको छ न त परिवार यहा सम्म कि आफ्नै भविष्यको । उनीहरुलाइ राम्रो लाउन र मिठो खान इन्टरनेटमा च्याट गर्न पाए सँसार सकियो । यति मात्र हैन म आफै सँग तुलना गरे उनको अगाडी के हो मेरो परिचय? उनको दिमाग भित्र एतिका धेरै कुराहरु छन् यति धेरै परिपक्वता तर हामी मा ?
उपन्यास लेख्नु कुनै चानचुन कुरो होइन । अझ उनी ७ कक्षा सम्म मात्र पढेकी २० वर्षिया निम्न वर्गकी एक गाउले चेली उनको यो साहसलाइ कदर गर्नै पर्छ । यो कितावको बारेमा सुने हात पर्यो पढ्दै जादा उनको यो लेखाइले म आफै पनि विश्वास गर्न सक्दिन कि यो एक निम्न माध्यमिक तह सम्म अध्ययन गरेर छोडेको ब्यक्तिले लेखिएको हो भनेर । उनको लेखाइमा केही बचपना नै छ भने धेरै कुरो परिपक्व ब्यक्तिको झै । कि पढेर जानिन्छ कि परेर जानिन्छ भन्ने उक्तिलाइ यसले चरितार्थ गरेको छ । परिपक्व शव्दभण्डारका कारण यहा भित्रका कतिपय शव्दहरु पढ्दा लाग्दैन कि उनी २० वर्षकी कलिली र निम्न माध्यमिक तह सम्म अध्ययन गरेकी लेखिका हुन् ।मैले बल्ल थाहा पाए कि म मा कति धेरै सँकिर्ण सोच रहेछ । मैले अहिले सम्मको मेरो सँगतले सिकाएकै यहि थियो कि लेखक तथा साहित्यकार भनेका बालकृष्ण सम, डा गोबिन्द भटराइ, कृष्ण वस्ति , आचार्य प्रभा आदी आदी मात्र ले लेख्न सक्छन म लगाएत हामी साना उमेरका मानिसहरुले यस्ता ठुलाकाम गर्न सक्दैनन् भन्ने ज्यादै सानो सोचाइ रहेछ । यस पुस्तकमा पाइएका अली मन छुने बाक्यशँहरु यहाहरु सँग पनि बाड्न चाहन्छु
त्यो हेराइमा वर्गीय मायाको अथाह सागर थियो । त्यो बेलाको साथीहरुका पीडालाइ मैले महसुस गरेकी थिएँ । उनिहरुका आखामा मलाइ बचाउन नसक्नुको पिडा थियो । त्यो असहज अवस्थामा आमुल परिवर्तनको खोजी र नया नेपालको निर्माण गर्न हिडेको भन्न चाहीनँ पृ १९।
जनताको कर र पसिनाले बाँचेको सेनाकव असभ्य अभद्र ब्यवहार र नमीठो बोलीचाली देखेर म छक्क परेँ। मलाइ लाग्यो यी सैनिकहरुले देश र जनता प्रतिको कर्तब्य बुझिदिए तानाशाहीहरु यसरी जम्ने थिएनन् अकालमा गरिवका छोरा छोरी पनि मर्ने थिएनन् होला पृ २२।
तिमीलाइ छुटने मन छ कि छैन? म नबोली बसेँ । कसरी आफ्नो स्वार्थका लागी साथीहरुलाइ चिनाउन सक्छु र पार्टीको विश्वासमा म घात गर्न सक्दिन थेँ । एकाएक मेरो शरीर तातेर आयो । फेरी बोले छुट्ने मन छ छोडी दिनु हुन्छ भने ? छुट्न मन छ भने तिम्रा साथी चिनाउ । म त भर्खर त्यता हिडेकी त्यति थाहा छैन मैले कसरी चिनाउने सर म सक्दिनँ पृ ७३।
मैले समाजको कुरीति र कुसँस्कारको घेरा भित्र आफुलाइ जति नै बाँध्न खोजे पनि सकिनँ । र तिनै घेरा र सिमानालाई तोड्दै कुल्चदै म जनयुद्दमा सरिक भएँ । गरिवीको ज्वालामा पिल्सिएर आधापिल्टो हुदै साहुको ब्याजले थिचिएका निमुखाको नया सत्ता निर्माण गर्न सबै त्यागेर म युद्दमा हिडेँ पृ १२७ ।
तत्कालिन शाही सेनाको बख्तरबन्द गाडीले पनि जनतालाइ मौन सम्मान टक्राएर फर्क्यो । आन्दोलित जनता सडकमा नाङ्गो छाती थापेर सुतेपछि सेनाको बन्दुक पनि निकम्मा बन्यो । जनता सेनाको अगाडी पहाड बनेर उभिए । चट्टान बने जनता जसलाइ फोरेर जान सक्ने क्षमता शाही सेनाको थिएन । चौतर्फी दवाबले शाही शरकारले दमन गर्ने नीति अपनाए पनि क्रमश उ एक्लिदै गयो । विदेशी सहयोग पनि काटिदै गयो । आर्थिक नाकाबन्दि बैदेशिक दवाव बढ्दै गयो पृ १४०।
मौनतामा आँशु खसिरहदा सिरानी भिज्यो आफु महान् जनयुद्दको लाल सिपाही हुँ भन्ने नै बिर्सेछु । आँखाभरी आमाको मायालु तस्विर खेलिरह्यो पृ ९० ।
ढुङ्गाको मूर्ति अगाडी वरदान माग्नु बेकार थियो । सरकारको अन्धो भक्त जसले न्या दिन जान्दैन निर्दोष हो उ भन्ने जान्दा जान्दै । तर मैले यहाँ जेलरलाइ दोष दिन खोजेको हैन उनी पनि दास थिए । दास भइकन पनि मालिक बन्थे पृ १०० ।
मलाइ नमीठो लाग्यो सोचेँ कैदीहरुको मन मुटुबाट समबेदना भन्ने कुरा हराइ सकेको रहेछ। रुन मन लाग्यो । मैले चारै तिर नियाले । मान्छेको जस्तै छ उनिहरुको रुप तर हृदय दानवको जुन मैले रामायण र पुराणहरुमा सुनेकी थिएँ पृ १०६ ।
असोज लाग्यो छुट्छु कि जस्तो आशा पलायो मेरो मनमा। सम्झेँ वारीका डिलमा पहेँलै भएर सयपत्री फुलेका होलान। आँगन वरिपरि चाँहि मखमली फुलेका होलान् । मन उडेर घर गाउमा पुग्यो । गरिव दुखीका लागि गलाको पासो बनेर र हुने खानेका लागि खुसि बोकेर २०६२सालको दशै आयो । मैले मरी आमालाइ सम्झे । कस्तो भयो होला आमाको छाती मलाइ सम्झेर । गाउले साथीहरु रमाइलो गर्दै होलान आफू भने जेल भित्र पृ ११२।
हजारौको रगत र बलिदानले अघि बढेको सङ्घर्षमा लक्ष्मि र होमा जस्ताको मुटु दुखाउने खेल पनि जारि थियो । प्रशासनले हामी माथी आधिपत्य जमाउन नसक्नु नै प्रतिकुल षडयन्त्र गरेर हामीलाई बिराटनगर जेल सरुवा गरियो । हमुरो उपस्थितीमा उनीहरुलाइ चल खेल गर्न सहज थिएन । जेल बिकृति मुक्त हुनपर्छ भन्ने हाम्रो धारणा थियो पृ ११५ ।
राजनीतिक दलले प्रितगमन बिरुद्दको आन्दोलन चर्काउदै थिए । राज्यले दमन अझ बढाउदै थियो । जनताहरु बिद्रोहमा जुटि सकेका थिए मात्र बिष्फोट हुन बाँकी थियो । पृथ्वी तातिएर ज्वालामुखी फूट्न लागेको जस्तो भान हुन्थ्यो पृ १२६।
जे भए पनि जेल जिवन साह्रै पीडादायी हुन्छ । जेलमा शोषित र शासक दुइ पक्ष हुन्छ । छुवाछुत भेदभाव धनी गरिव विचको असमानताको खाडल त्यहा झन ठुलो हुन्छ । प्रशासनको सहयोगमा हुकुमी शासन चल्छ जेलमा । सोझा सिधालाइ यनीहरु दास बनाउछन् जेलका प्रहरीहरु पनि त्यस्तै हुदा रहेछन । सत्य सेवा सुरक्षणमको सपथ खाएका एकाध बाहेक तिनै मन्त्र भलेर कैदी बन्दी माथी प्रहार गर्थे । हुन त बोट गुणाको फल राज्य ब्यवस्था नै अन्धो र बहिरो भएर होला उसका अनुयायीहरु पनि त्यस्तै थिए । शासकको सुगा रटाइमा उनीहरु पुरै अभ्यस्त भइ सकेका थिए पृ १२७।
निर्ममताको पराकाष्ठा नाघेरै भए पनि जनआन्दोलन दवाएरै छाड्ने मनस्थितीमा शाही सरकार पुगेको छ भन्ने मलाइ लाग्यो । आन्दोलनमा माओवादीको घुसपैठ भन्दै प्रहरीका उच्च पदस्थ अधिकारीको घरबाट आन्दोलनकारी माथी गोली बर्साइयो । सुरक्षाकर्मीको त्यो अनैतिक ब्यवहारले जनता अझ आन्दोलनको आधी बन्दै थिए । आकाश उज्यालो थियो सायद नया वर्षको पूर्वसन्ध्यामा आन्दोलित जनताको साहस देखेर होला । नया युग नया सँसारको आह्वानमा म खुसीले रमाएँ। पृ १३३ ।
जनताको पक्षको आवाज घन्काउदै हामी लोकतन्त्रको पक्षमा नारावाजी गरीरह्यौ । आकाशमा कतै बादल थिएन । चैतको चर्को घाममा सुकेका घाटीलाइ पानीले भिजायौ । प्रतिकार गर्न प्रहरीले हामी तिर गोलि चलाए । तर साथीहरुको छटपटाहटले हामीलाइ बन्दुको गोलीको सामना गर्ने उर्जा प्रदान गर्यो । घाइते साथीहरुको चित्कार सँगै चर्को घामले तातिएको शिरलाइ पानीले भिजाउदै हामी नारा लगाउदै थियौ । हातमा लाठी बोकेर नाइकेहरु हाम्रो बिरुद्द अश्लिल शब्द प्रयोग गर्दै नाराबाजी गर्न थाले पृ १३६।
ठक्कर खादा खादा मेरो हृदय पत्थर भै सकेको थियो । परिस्थितीले मलाइ बन्दि बनाएर मेरो जिवनयात्रालाइ जटिल बनाएको थियो । जीवनयात्रामा म आफ्नै छाया सँग पछारीएँ टुक्रिएँ फुटेँ आफ्नै साथ बाट टाढिएँ। रोएका ति रातहरु मेरा लागि घाउ बनेर दुखि रहे । तिरस्कार र अपमानको थुप्रो लाग्यो । हजार सपना भुलेर एउटै सपना देख्न म अभ्यस्त भै सकेकी थिएँ। सबै सपनालाइ एकातिर थन्काएर गणतन्त्र जनताकव स्वतन्त्रता र स्वाभिमानको खातिर म कालकोठरीमा हास्दै थिएँ । सिङ्गो क्रान्ति नसोचेको उचाइमा पुगे पनि मैले आफुलाइ किन किन बदल्न भने सकिनँ । घरपरिवारको सम्झनाले घरीघरी घाटी अठ्याइ रहन्थ्यो । आमाको सम्झनाले मुटु पोलिरहन्थ्यो आफू महिला भएर पाएको हरेक यातना र पीडाका कारण म आमालाइ भन्न चाहन्थे आमा अर्को जुनिमा मलाइ नारीको रुपमा जन्म नदिनू पृ १४८ ।
चेतनशिल जनता कसरी शासक प्रति प्रस्तुत हुन्छन भन्ने कुराको प्रमाण थियो जनआन्दोलन ६२/६३ जनता कति सम्म सहन्छन त्यो ज्यादति र दमनलाई परास्त गर्दै कसरी आफ्नो अधिकार खोस्न अगाडी बढ्छन भन्ने आदम्य साहसको उदाहरण थियो १९ दिने जनआन्दोलन पृ १४९ ।
उपन्यास भित्र जेलमा कस्ता कस्ता मानिस बस्दा रहेछन जेलको बातावरण कस्तो हुने रहेछ भन्ने पनि बुझ्न सकिन्छ । "जेलको ढोका खुल्यो प्रिकेटको पनि। हामी भित्र पस्यौ कारागारमा एक्कासि होहल्ला भयो आकाश नै थर्किने गरी, लडाइ जितेका सिपाहीहरुको हल्ला जस्तो कस्तो बिना अर्थको हर्षोल्लास । हामीलाइ देखेर सबै कराए खसी आयो पानी तताओ खसी आयो "
देश र जनताको लागी बर्गीय समानताको लागी लागी परेका तारा जस्तै हजारौ छापामारका कथा छन हाम्रो देशमा । उनिहरुले केही नबुझेरै लागे पनि कतिले बिर गति प्राप्त गरे कसैको अँग भँग भयो कसैले परिवार गुमाए तर खै के पाए उनीहरुले? "म आफुलाइ पार्टीको इमान्दार कार्यकर्ता ठान्थे । जब मैले इलाम जेलको ढोकामा आफु प्रतिको त्यो आरोप सुने त्यो समयमा आफु बाचेको बेकार भयो भन्दै धिक्कारे"। "समयको रफ्तार सँगै बगिरहेका मेरा इच्छा चाहानालाइ समयले ने बगरमा हुत्याइदियो। हजार छालहरुले लुछेर भुलेर गएको बगर झै बनाइ दियो निस्प्राण र विवश मलाई । जति नै चेतनशिल प्राणी हुँ भनेर घमण्ड गरे तापनि मानिस समयको दास रहेछ । बाध्यता र विवशताले हात फैलाएर घाटी अठ्याए पछि सबै स्विकार्नु पर्दो रहेछ । यो दुनियामा कोही खराव बने कोही असल तर जो जस्तो बने त्यहा भित्र बाध्यता र विवशता पक्कै हुदो रहेछ । मानिसले समयको तालमा नाच्नु पर्दो रहेछ । कसैको भाग्यमा सुख पर्छ कसैको भागमा दुख ।" उनको यो भनाइको अँशले पनि प्रष्ट हुन्छ उनीहरुमा पनि कुविचारका मानिसहरुले गर्दा मोर्चामा फाटो आएको हो।
मलाइ छापामार भन्ने बित्तिकै रिस उठ्थ्यो तर जब मैले यो पुस्तक पढे उनिहरुमा पनि दया माया भन्ने कुरा हुदो रहेछ । छापामार सबै क्रुर हुन्न रहेछन भन्ने लाग्यो । हुन त तारामा पनि जब जेलको चिसो क्षिडीले सताए पश्चात दर्दनाक भोगाइले नै यि सबै कुराहरु सिकाए होलान । तर जे भए पनि उनि जस्ता यि अवोध बालबालिकालाई अहिले सरकारमै आएर पनि उनैका पार्टीले केही गर्न सकेका छैनन् । उनैले स्विकारेका छन अहिले कसैले केही वास्ता नगर्दा बेकार जनयुद्दमा होमिएछ जस्तो लागेको छ उनलाई। पुस्तकका अघिल्लो भागमै गिरीश गिरी दाइ लेख्छन "यो सारा घटनाबाट ताराले सिकेको पाठ के हो ? त्यो परिवार पाल्न सेना प्रहरीको जागिर खाने हुन् वा हामी जस्ता तल्लो स्तरका कार्यकर्ता जता पनि ठुलाले सानालाइ प्रयोग गर्ने मात्र रहेछ । उनले बल्ल बुझेको अन्तिम सत्य बताउदै पछुतो ब्यक्त गरिन् कस्तो अन्धकारमा फँसियो कहिले काही त उतिखेरै सेनाले मारिदिएको भए पनि कति जाति हुन्थ्यो जस्तो लाग्छ।"
यो अवस्था हेर्दा माया लागेर आउछ। तर उनकै भनाइ सापट लिएर भन्नु पर्दा साच्चै मायाले न त पेट भरिन्छ न त आङ नै छोपिन्छ । माया त खालि महसुस गर्ने कुरा मात्रै रहेछ । माया मात्र भ्रम हो त? मनले प्रश्न गर्यो मलाई पनि ।

Subscribe to:
Posts (Atom)