Thursday, April 14, 2011

शुभकामना

शुभकामना नव युगलाई
शुभकामना नव युगका पाखुराहरुलाई
शुभकामना सम्पुर्ण नेपालीहरुलाई
नव वर्ष २०६८को शुभकामना मेरा ब्लगमा पाल्नुहुने पाहुना पाठकहरुलाई
हजुर आदरणिय पाठक मित्रहरु घुम्दै फिर्दै रुम्जाटार भने झै फेरी पनि हाम्रो सामु एउटा सुखद दिन आएको छ । हुनत सबै दिन उस्तै नै हुन् र हामीले सबैलाई सुखद बनाउनु पर्छ तै पनि परापुर्वकाल देखि यो दिनलाई वर्षको नयाँ दिन भनेर शुभकामना आदान प्रदान गरिने दिन हुनाले म पनि यहाहरु सामु आफ्नै धरातल, आफ्नै मातृभुमि प्यारो देश नेपाल, अझ भनौ जन्मस्थान गृह जील्लाबाट नया वर्षको नया प्रहरमा हृदय देखि नै शुभकामना ब्यक्त गर्दछु ।
समय चक्रको परिधिमा समाहित हुदै जीवनका अनेकौ मोडहरु सँग अनवरत यात्रा गरि रहने हामी यात्रीहरुको जिवनयात्रा सधै एकैनास नहुने रहेछ । यहि यात्रालाई अँगालेर जीन्दगीको सार खोजी रहने यात्री म विगत ३, ४ महिना देखि ठप्प रहेको मेरो ब्लगलाई पुनः ब्युताउन आइपुगेकी छु । भनिन्छ जिन्दगीको उकाली लाग्ने बेला कहिले काही मानिसलाई थकाइ लाग्छ चौतारीमा बसेर सुमधुर गीत सुन्न मन लाग्छ अनि सँगितको मधुर धुनमा गुन गुनाउदै आफ्ना थकान मेटाउन मन लाग्छ साथै आँखा चिम्लिएर सपनाको सँसारमा डुवुल्की मार्दै पिडाका धारहरु पार गर्न महासागरको एक किनारमा छछल्किएका छाल सँगै मझेरी खेल्न मन पर्छ । यस्तै यस्तै परिवेश र परिस्थितीमा म पनि केहि महिना मनको थकान मेटाउन चौतारीमा सुसेलि खेल्दै बसेकी थिए । चौतारीको शितलता सँगै समाज र समयलाई बुझ्ने जमर्को गर्दै थिए । तर वास्तविकतालाई सामना गर्न नसकेर भाग्न खोज्नु जीन्दगीको सार खोज्नु होइन रहेछ । जीन्दगी यो पनि होइन रहेछ कि आफ्नो कर्तव्य र लक्ष्यलाई विर्सेर चौतारीमै बसेर दिउसै सपना देख्नु अनि कर्तव्यबाट पलाएन हुनु (कर्ण शाक्य, सोच) । जीन्दगी अगाडी बढ्ने क्रममा हरेक बाधा ब्यवधान आई पर्छ त्यसलाई समाधानको बाटो खोजेर अगाडी बढ्नु नै जिन्दगीमा मिठो रँग भर्नु रहेछ । त्यसैले त भन्दा रहेछन् क्रियाशिल मानिसको जिन्दगी निर्मल आकाश जस्तै हुन्छ जहा झट्ट हेर्दा केही देखिन्न तर अदृश्य वायुमण्डलमा हजारौ लिप्त वस्तुहरु छन् जुन हामी निश्चित समयमा मात्र देख्न सक्छौ ।
समय आफ्नै गतिमा सेकेण्ड सेकेण्ड गर्दै सुलुलु चिप्लदो छ । विहान हुन्छ दिउसो साँझ गर्दै रात छिप्पिदै गए पछि पुन नयाँ दिन सुरु हुन्छ यसै गरी वसन्त गृष्म वर्षा सरद उछिन्दै वर्षले फेरी पनि पुनः नयाँ नाम पाउछ । विरुवाले नया पालुवा पाउछ । वर्षले नया दिन पाउछ । हिजो झै लाग्छ साथीहरु माझ २०६७ को नया वर्षमा शुभकामना आदान प्रदान गरेको तर पृथ्वीले आफ्नो कक्षमा बसेर पुरै अक्ष पार गरि सकेछ । ३६५ दिनको लामो यात्रा सकि फेरी सुरुको १ बाट गन्ति गर्ने दिन आएछ । वसन्तका पालुवाहरु मौलाउन थाल्दा, बोट विरुवामा नव वर्षको स्वगतको लागी मुस्कुराइ रहेको फुलहरुले यो वातावरण त्यसै त्यसै रमणिय तथा उल्लासमय त बन्छ नै यहि मौकामा हामीले पनि नया जोस जाँगर र उत्साहलाई नया नया सृजनात्मक काममा लागाउनु पर्छ । नया वर्षले ल्याएको यो घडी यो पलसँगै एउटा नया सोच राखौ र यहि सोचलाई साकार पार्ने दृढ सँकल्प गरौ । तपाई हामीमा भएको सोच सफल पार्न हामी सबैको शुभकामना एक आपसमा निहित हुनेछ ।
पुनः सबै नव युगका पाखुराहरुलाई शुभकामना ।

Tuesday, February 22, 2011

ब्लडी सिचुएसन

२०१२ अर्थात पृथ्वीको अन्त्य हुने दिन । तपाइहरुलाइ कस्तो लाग्छ के वास्तवमै पृथ्वीमा रहेका सम्पुर्णकुरा नास हुने नै हो त ? हुनत यस्तो अनिष्ट हुदैछ वा पृथ्वीमा भएङ्कर दुर्घटना घट्दैछ पृथ्वीमा पुछ्रेतारा खस्दैछ भन्ने जस्ता हावादारी कुरा नेपालमा पनि हरेक वर्षायाममा एक पटक चलिरहेकै हुन्छन । तापनि अहिले सम्म कहि कतै पुछ्रेतारा त खसेको थिएन तर अवको २०१२ सालमा भने पृथ्वी सकिने कुरा भने के हुने हो थाहा छैन । यस अघि नै २०१२ साल विश्व खतम हुने दिन भनेर केही बैज्ञानिकहरुले घोषणा नै गरी सकेका छन त यसको बारेमा अमेरीकामा चलचित्र पनि बनि सकेका छन् । यसमा पर्खिनु र हेर्नु मात्र बाकी छ कि यो कुरामा कतिको सत्यता छ ।

Saturday, February 12, 2011

एउटा अपुरो यात्रा

करिव दिउसोको एक बजेको हुदो हो, रानुले विहान देखी केही नखाइ हिडेकीले पेटमा निकै वटा मुसा दौडीरहेको थियो । काउण्टरको माथी झुण्डिरहेको बोर्डमा मुल्य हेरी । लाइनमा चार जनाको पालो पछी उनको पालो आयो । काउन्टरमा उभिएकी इन्डियन जस्तो देखिने केटीले मसक्क मुस्कुराउदै सोधि
गुड आफ्टरनुन ह्वाट उड यु लाइक टु इट म्याम ?
माथि बोर्ड तरि हेर्दै रानुले अर्डर गरिन क्यान आइ ह्याभ अ चिकेन लिजेन्ड प्लिज ।
ह्विच ड्रिङ्कस डु यु प्रिफर म्याम?
स्मल पेप्सि विथ लिल् बिट आइस प्लिज
एनि थिङ्ग इल्स?
ब्यापारीको अन्य थप कुरा बिकाउने उपाय मिसाइ हाली कालीले ।
नो थ्याÍक्यु । इट्स फो सिक्सटी सेभेन प्लिज । टिलमा पैसा जोडेर इन्टर बटम दाब्दै बोली । झोलाको गोजी छामछुम पार्दा पनि चार पाउण्ड पुगेन चानचुन पैसा त्यसैले ५ पाउण्डको नोट झिकेर दिइन्,
योर अर्डर इज बिइङ्ग रेडी,
इट्स योर रेसिट एन थर्डटी थ्री पी म्याम ।
फिर्ता पेनी सहित विल रानुलाइ दिइन ।
थ्याङ्गक्यु ।

Tuesday, January 18, 2011

फरक शैलि : मैले देखेका बुझेका र यो सानो दिमागले जानेका केहीकुराहरु

कृष्णधाराबासी दाई सँग आधाबाटो सम्म पुग्दा गरिवि भोक प्यास र दुखाइले थलित परे ! उहा सँगै इलाम झापा सँग सँगै डुल्दा पुराना दिनहरुको ताजा सम्झना आइ रह्यो । आफ्ना जीवनका भोगाइहरुलाई शब्द शब्दमा उनेर राखीएका एक बन्डन पिडाको पोकाले सबैलाई मुटु घोच्न सफल आधाबाटो सकेर केही दिन बस्दा बुद्दीसागर दाई सँग कर्णाली घुम्ने अवसर पाए ! कर्णाली नेपालकै भुभाग भए तापनि सौताको छोरोलाई हेला गरे झै हेला गरेर कुनै पनि नेता वा सरकारले हाल सम्म पनि बिकासका पुर्वाधार बिजुली र सडकबाट बञ्चित गरेको कारण कर्णालीका जनताले झेली रहेको वास्तविक पिडाको बयानले मुटु चिमोटी रह्यो । अझ जीवन यापनका क्रममा भोग्नु परेको तितो यथार्थले कहिले बिकट गाँउ त कहिले नेपालगञ्जको बजार, कहिले सुर्खेत बजार त कहिले कर्णालीको डाडाकाडाँ सँग सँगै भौतारीदै दुख सँग रन्थनिदा जिन्दगी जीउनु वोटलको पानी पिउनु सरह सजिलो छैन नेपालमा भन्ने भान भो । केहि दिन दुखै दुखमा डुवेर छटपटि रहेको मन मुटु लिएर बसेको बेला एउटा अर्को यात्रा गर्ने मुड चल्यो यहि मुडमा दुखि रहेको मन लिएर ताना शर्मा ज्यु सँगै बेलायत तिर बरालिन आइपुगे! बेलायत तिर बरालिदा बेलायत मात्र नभइ लगभग सिगै युरोप डुल्न पुग्दा भने अलि मथ्थर भो।

Sunday, December 12, 2010

रहेनन भि सि लक्षिमान गुरुङ पनि

सँसारमा जति नै बहादुर भएर जन्मे पनि जन्मे पछि मर्नु पर्ने प्रकृतिक नियमलाई कसैले पनि उल्लङघन गर्न सकिन्न । यस्तै दोश्रो विश्व युद्दमा बहादुरी देखाई भिक्टोरिया क्रस विजेता लक्षिमान गुरुङ ज्युले पनि मृत्युको अगाडी घुडा टेक्नु परेको छ आज। ९५ बर्षको उमेरमा बेलायती समय अनुसार आज दिउसो करिव १२ बजेर ४० मिनेट जादा (12 December 2010) लण्डन स्थित ह्यामरस्मिथमा रहेको च्यारिङक्रस अस्पतालमा उहाको निधन भएको छ (स्रोत कान्तिपुर दैनिक साथै नविन पोख्रेल कान्तिपुर सँवाद दाता) । भु पु गोरखा सैनिकमा सकृय रहेका ब्यक्तिहरुको बहादुरीलाई कदर गर्दै बेलायति सरकारले बसोबास गर्न पाइने सुविधा उपलब्ध गराए पछि विर लडाकु लक्षिमान गुरुङ सन् २००८ सेप्टेम्वर देखी बेलायत स्थित चिज्विक वार मेमोरियल हाउसमा श्रीमती नाति र नातिनीका साथ बस्दै आएका थिए (स्रोत कान्तिपुर दैनिक) ।

Saturday, December 11, 2010

कविता

भन्थे सधै तिमी नै हौ मेरो आधा जिन्दगी
अनि तिमी नै मेरो बाच्ने आधार पनि
तिमी पाए हुन्थ्यो मेरो जिवन साकार पनि
टाढा छु कोशौ तिमी देखी आज
यो दिल तिम्रै हो मन मात्र हो मेरो
त्यसैले दोहोराउदै छु बिन्ति मेरो
तिमीले नै बुझ्दैनौ मेरो मुटुलाई
यो दिल यो जोवन मेरो तिम्रै लागी हो
विश्वास गर यो खाली सिउदो तिम्रै लागी हो
सम्झना आइ रहन्छ तिमी सँगका ति दिनहरु
अनुत्तरीत छु अझै किन यसरी साथ छोडी गयौ
गरेका बाचा बन्धन एकै चोटी तोडी गयौ
ब्यर्थ छ तिमी बिनाको यो मेरो जिवन
त्यसैले फेरी पनि भन्छु आउन मेरो जीवनमा
विताउने छु यो पल तिम्रै आगमनको पर्खाइमा

Friday, November 26, 2010

ग्लोबल दुनियाले दिएका केही झट्काहरु

ग्लोबल दुनियामा असम्भव पनि सम्भव हुन्छ रे कति पय हामीलाई गाह्रो लाग्ने वस्तुहरु पनि सामान्य ढँगबाट समाधान गर्नमा आजको ग्लोबल दुनियाले धेरै सहयोग गरेको छ । सँसार भरका करोडौ करोडौ मानिसलाई व्यापार ब्यवसाय गर्न होस वा घर परिवार साथीभाइ सँग गफगाफ गर्न या समय वितउन नै । इमेल इन्टरनेट बिना त अब मानिसहरु बाच्नै नसक्ने अवस्था आइ सक्यो अझ भनौ यो पनि मानव जिवनको लागी एक आधारभुत आवश्यकता झै भै रहेको छ । यसरी सोचेर हेर्दा लाग्छ सँसार परिवर्तीत भै रहेको छ हुनु पर्छ यसले ल्याइएका हरेक परिवर्तनले मानव जीवनलाई सधै सहयोग र फाइदा मात्र गर्छ । तर हरेक कुराको फाइदा मात्र त कहा हुन्छ र? फाइदा सँग सँगै कैयौ बेफाइदा पनि लुकेर बसिरहेका हुन्छन। हरेक कुराको दुई वटा पक्षहरु हुन्छन । हेर्दा सानो र सामान्य लाग्ने केही कुराले पनि कतिपय अवस्थामा हाम्रो जीवनलाई गाह्रो बनाइ दिन सक्छ ।