Sunday, April 15, 2012

Focus out: Regional Museum being like a Ghost home due to lack of preservation and perpetuation



A building in which objects of historical, scientific, artistic, or cultural interest are stored and exhibited is called museum. Regional museum of Dhankuta is established in Rana period. 16 Districts of eastern part of Nepal has lots of Ethnicity and cultural groups. And I believe this museum’s objectives is preserves all the culture and their traditional things which they adapted by origin.


It was my third visit in museum, I have been back to this museum after an decades “Najik ko tirtha hela” the saying is being true for me now  but the bad thing is that there were nothing changed within a decade it means no any new stuffs added there of course things have been old and dusty enough.

Saturday, March 24, 2012

सबै भन्दा ठुलो कुरा आत्मसन्तुष्टि नै हो

मानिस प्राणि मध्येकै सर्व श्रेष्ठ प्राणि भएकोले पनि होला मिठो खाने, राम्रो लाउँने र आनन्द दायक जिवन शैली कै सबैले अपेक्षा गर्छन तर समय र भाग्यले सबैलाई कहा साथ दिन्छन र? हरेकको सपना हुन्छ सुखि र खुसिमय जिवन यापन गर्ने त्यही सुखि र समृद्दी चाहार्दै चाहार्दै भौतारिन्छन युवाहरु । यसक्रममा कोहि लाग्छन सात समुन्द्र पारी कोही नजिकैको सहर तिर । तर मानिस जातैले एक लोभी प्राणी हो जसलाई कतिले पनि पुग्दैन । एक छाक टार्न नपुगेको अवस्थामा छाक मात्र टार्न पाए म सन्तुष्ट हुन्थे भन्छन छाक टार्न पाए पछि होइन शरिर ढाक्न एक टुक्रा कपडा पनि पाए हुन्थ्यो भन्छन शरिर ढाक्न पाए अहो शिर लुकाउने यसो ओत पाए हुन्थ्यो भन्छन त्यो सबै पुग्दै गए पछि बिलासिताका सामानको आवश्यकता महशुस गर्न थाल्छन त्यो पनि पुरा भए अझै राम्रो र उच्चस्तरको हुनु पर्छ भन्छन । गाउमा एउटा घर हुनेले शहरमा पनि घरको आवश्यकता देख्छन् शहरमा जोड्न पाए अझै ठुलो सहर ताक्छन् हुदा हुदा सके बिदेशै ताक्छन जहा अझै धेरै सुख सुबिधा होस यसको अर्थ हामी कतिमा पनि सन्तुष्ट हुन सक्दैनौ तर हुदै भएन भने पनि मरेका त छैनौ । सँसारमा मुस्किलले ५ प्रतिशत व्यक्ति होलान जो आफु सँग जे छ त्यसबाट पुर्ण सन्तुष्ट मानेर बसेका छन् ।


Monday, March 12, 2012

यति खेर खेलमय बनेको छ नेपाल !! काठमाण्डौ र धनकुटा भने फुटबलमय !!!

खेल जिवनको एक महत्वपुर्ण सारथी हो जसले मानिसलाई स्वास्थ्य त राख्छ नै त्यसमाथी फुर्तिलो पनि बनाउछ । आजभोलि नेपाल निकै खेलमय बनेको छ गत हप्ता मात्र पश्चिमाञ्चल खेलकुद महोत्सब सम्पन्न भएको छ र केही दिन यता काठमाण्डौमा एएफसी च्यालेन्ज कप फुटबल प्रतियोगिता भइ रहेको छ । हाल सम्म घरेलु टिम नेपाल प्यालेस्टाइन र माल्दिभ्स सँग खेलेका दुइ वटै खेलमा कुनै पनि गोल नलगाइ सेमि फाइनलमा पुग्ने आशा टुटाइ खेलबाट बाहिरिएको छ भने छिमेकी राष्ट्र भारतका खेलाडीहरु पनि खेलबाट बाहिरी सकेका छन् ।

Wednesday, March 7, 2012

बिबिध हिँसा बिचको आजको नारी दिवस





हरेक वर्ष मार्च ८ मा मनाइने नारी दिवस फेरी यो बर्ष पनि घुम्दै फिर्दै आइ पुगेको छ । हरेक महिला समुह तथा हरेक महिलाहरुले मनाइने यो दिवसमा महिला अधिकारको पक्षमा भाषण, प्रतिबद्धता, अभियान र दिवसको अभाव छैन । हरेक वर्ष केही न केही नारा राखेर महिलाविरुद्धको हिसाबिरोधी अभियानमा लागि रहेकै छन् नेपाली महिलाहरु। यद्धपि महिला दिवस मनाउने क्रममै महिला अधिकार हननका घटनाहरू पनि सार्वजनिक नभैरहेका होइनन्। यसले महिला अधिकारको तथा हिंसा निर्मूल पार्ने स्पष्ट सरकारी नीतिको अभाव तथा भएका नीतिको कार्यान्वयन एवं अनुगमन गर्न नसकी सामाजिक परिवर्तन तथा सोचमा परिबर्तन आउन नसकेको प्रष्ट छ ।

होलि रे सरररर





सधै झै उमँगको ठेली सहित यो वर्ष पनि आयो रँगहरुको पर्व होली र सदभाव पूर्ण रँगहरु दलेर बिदा पनि हुदैछ। गत बर्ष त्यो भन्दा पहिलो बर्ष अझ त्यो भन्दा पनि अघिल्ला अघिल्ला बर्षहरु भन्दा यो बर्षको होलि निकै फरक होलि बन्यो मेरो लागी । फरक यो मानेमा थियो कि यो बर्षको होलि साच्चै सदभाबको होली थियो, जहा लोलाको चुटाइ थिएन, जहा जबरजस्तिपन थिएन, जहा फोहोर पानी वा ढलको फोहोरको बर्षा थिएन । थियो त केवल माया ममता सदभाव अनि खुशियाली सहितको रँग र त्यसैमा मुछिएका उमँगका फोहराहरु । साथै एकआपसमा सदभाव पूर्ण होलीको शुभकामना साटासाट थियो । मैले यो नयाँ अँकको नेपाल साप्ताहिकमा अस्तिमात्र ब्रजेश दाईको लेख पढ्दै थिएँ । "फागुको आतकँ" जसले मेरा बिगतहरुलाई सिनेमाको पर्दामा झै फ्लासब्याक देखाइ दिएको थियो । त्यो दर्दनाक कथा कहानी पढ्दै थिए जसलाई म स्वय आफैले पनि बिगतका बर्षमा काठमाण्डौ बसाइमा भोगेकी थिए । त्यहा फरक मात्र एक चिजको थियो त्यो फरकपना म र लेखमा रहेकी सानी सानी नानीहरु । मैले होली नमनाएकी करिब चार बर्षै हुन लागेछ । हुन त म पहिला देखी नै खासै होली र रँगहरुकी प्रेमि त होइन तथापि कहिले काही साथीभाइले लौन भन्दा नाई नभन्ने मै पर्दछु । मलाई फागु खेलि सकेपछिको रँगहरुको रँगिचँगि अलि मन पर्दैन। उल्लेखै गर्नु पर्दा मैले करिब करिब ८ बर्ष अगाडीको होलिमा मेरा सहपाठीहरु सँग केही पल यहि धनकुटामा होलि पर्व मनाएकि थिए तर त्यो बेला पनि मैले खुलेर होली अर्थात फागु खेल्न पाएकि थिएन कारण थियो धनकुटामा रहेको समस्या अर्थात पानीको अभाव । वास्तवमा त्यतिखेर पनि अहिले जस्तै पानिको हाहाकार नै थियो घरमा त्यसैले साथीहरुले रँग दल्न खोज्दा पनि रँगको एलर्जी छ भनि ढाटेको कुरा अझै ताजै छ । त्यस पछिको होली भनेको करिब वि स २०६४ साल ताका हो क्यारे (मलाई ठ्याक्कै मिति थाहा भएन) कान्तिपुर एफ एमले खेलाएको होली हँगामामा ललितपुरमा सहभागि भइ रमाएकि थिए । त्यसबेलाको होली पनि फरक किसिमको रमाइलो थियो किनकि म त्यहा अपरिचित १९ जना नया साथीहरु सित होलि खेल्न पुगेकी थिए । त्यस दिनको होलीलाई पनि दुइ चिजले सम्झन योग्य बनाएको छ

Wednesday, February 29, 2012

बिना अध्ययन मै बिज्ञ हुँ भन्नु हाम्रो मुर्खता हुनेछ

बिगत एक बर्षमा धनकुटाका भौतिक पूर्बाधार निर्माण तथा समबन्धित अन्य बिषयमाथी छलफलहरु हुनका साथै केही प्रगति हुन थालेको छ साथीहरुले मान्नुहोस् वा नमान्नुहोस यसको एउटा सानो कारण सामुदायिक सम्बाद पनि हो । तर अझै पनि हामीमा कुन पनि कुरालाई हेर्ने नजर तथा बिकसित भएको नकारात्मक दृष्टिकोण भने बद्लिन धेरै समय लाग्ने देखिन्छ । भर्खरैको कुरा हो हाम्रो सँस्थाले गरेको एउटा कार्यक्रमको बारेमा त्यस्तै भयो । किन भने सस्थाले जिल्लाको बिकास सम्बन्धि एउटा सामुदायिक छलफल तथा सम्बादको कार्यक्रम राखिएको थियो उक्त कार्यक्रमको उल्टो अर्थ लगाई कसै कसैले बिरोध जनाएको कुरा पछि सुन्नमा आयो । साथीहरुले बुझ्नु पर्ने कुरा यो थियो कि चित्त नबुझेका कुराहरुलाई राख्नको लागी नै त्यो फोरम तयार पारीएको थियो र त्यहा जो सुकैले पनि आफुलाई चित्त बुझेका वा नबुझेका कुराहरु राख्न पाइने वातावरण तयार गरेका थियौ तर त्यो फोरम भन्दा बाहीर बसेर नटोक्ने कुकुरले भुके झै गरेको गतिबिधिले हाम्रो ध्यान तानिएको छ । हुनत हल्लै हल्लाको देशमा त्यस्तो क्रियाकलापहरु हुनु त सामान्य कुरा नै हुन तर यस्तो पुरातनबादी सस्कार र सोचलाई कहिले काही धिक्कार्नै मन लाग्छ ।

हाम्रो कामको अन्य उद्देश्य प्राकृतिक छटाको रुपमा रहेको हाम्रो जिल्लाको बिभिन्न स्थललाई पर्यटन बिकास बिस्तारको लागी उपयुक्त आधारहरु निर्माण गराउनेबारे माननीयहरु समक्ष छलफल गर्ने । जिल्लालाई पूर्वाञ्चलको राजधानी कायम राख्न भइ रहेका बिकासका पूर्वाधारलाई सम्बर्दन गर्दै थप पूर्बाधार जस्तै अञ्चल अस्पताल, पाख्रिवासमा तथा नाम्जेमा कृषी क्याम्पस खोलिनु पर्ने, खानेपानी तथा जलबिधुतको सम्भावना भएका ठाउमा अध्ययन गरि स्थानिय तहमा उत्पादन तथा बितरणबारे आवश्यक योजनाहरु जिल्लामा भित्राउने बारे छलफल गर्ने, बिमानस्थल निर्माण प्रकृयालाई चाडो भन्दा चाडो निश्कर्षमा पुराउने बन्न लागेका निजामति बिधालयको निरन्तरता र समयमै सम्पन्न गराइ सके सम्म चाडो सञ्चालन गराइनु पर्ने बारे जनप्रतिनिधिहरुलाई कुरा राख्ने बारे खुल्ला बहस तथा छलफल गर्नु हो जसको कारण जिल्लाबासीहरुले सके सम्म धेरै सेवा सुबिधाको प्रयोग गर्न सकुन ।

Thursday, January 5, 2012

उच्च माबिले प्रस्ताव गरेका ३ एमको नियन्त्रण कतिको सफल होला त ?

अहिले फेसनको रुपमा चलेको छ थ्रि एम । के तपाइलाइ थाहा छ थ्री एम भित्र के के पर्छन ? सायद छैन होला उसो भए सुनि हाल्नुस थ्री एम भनेको मोबाइल, मोटरबाइक र मिनिस्कर्ट हुन् । साच्चै उच्चमाध्यमिक बिधालयका बिधार्थीहरुको लागी यी एमहरु हानिकारक नै हो जस्तो लाग्यो । अरु भन्दा पनि मोबाइले बढाएको बिकृतीलाइ भने रोक्नै पर्छ तर कसरी? आजको युगमा यो असम्भव प्राय छ । बुझ्नेलाइ श्रि खण्ड त नबुझ्ने लाइ खुर्पाको बिड त्यसै कहा भनेका हुन र हाम्रा पुर्खा ले । आजको आधुनिक युगमा मोबाइल आवश्यक बस्तु हो तर अहिलेका टिनएजका भाइ बहिनीहरुले मोबाइलको युज भन्दा मिसयुज बढि नै गरेका छन् । हुन त समयले पाएको प्रबिधिबाट टाढा रहनु राम्रो होइन तर त्यसो भन्दैमा हदै गर्नु पनि हुन्न । यसमा प्रयोग कर्ताको त हुदै हो त्यसमा नेपाल टेलिकम र एनसेलको पनि दोष उत्तिकै छ । बिधार्थी छुट भनेर पचास रुपैया वा सय रुपैयामा सिमकार्ड प्रदान गरे पछि एक दिन खाजा खाने पैसा वा एउटा नोट बुक किन्ने पैसाले मोवाइलको सिम किन्न थालेका छन् । यसै गरि कलेज फि वा इक्जाम फि भनेर बढि बढि पैसा मागेर फोन सेट किन्ने गरेको पनि पाइएको छ। एनटिसीको सस्तो नेट सेवा होस वा एनसेलको फास्ट इन्टरनेट सेवा दुवैको भरपुर सदुपयोग गर्न अहिलेका भाइ बहिनि खप्पिस भएका छन् । हात हातमा भएको मोवाइलमा मिग ३३ वा फेसबुक चौबिसै घण्टा भए पछि सरले के पढाउनु भएको पाठ कहा पुग्यो भन्ने कुरा के थाहा तिनलाइ? पढ्ने बेला मिग३३ होस वा फेसबुक प्रयोग गर्नु पनि लागु पदार्थ सेवन गर्नु जतिकै नसा हो जसले पक्कै पनि पढाइलाइ बाधा पुराउछ ।