Thursday, July 19, 2012

राष्टिय स्तरको मगर सेमिनार सम्पन्न


यहि अषाढ ३० र ३१ नेपालका बौद्दिक मगरहरुको जमघटका साथ मगर सेमिनार भक्तपुरको नगरकोटमा सम्पन्न भएको छ । कार्यक्रम उत्घाटनका क्रममा बक्तब्य दिनुहुदै मगर जातिको भाषा संस्कृति चाड पर्वमा धेरै विबिधता रहेकोले यस विषयमा एकरुपता ल्याउन सेमिनारले सहयोग गर्ने विश्वास कार्यक्रमको प्रमुख अतिथि तथा नेपाल आदिबासी जनजाति उत्थान राष्टिय प्रतिष्ठानका उपाध्यक्षा झक बहादुर थापाले व्यक्त गर्नु भएको थियो । कार्यक्रममा प्राध्यापक केशरजंग बरालमगरले प्रमुख बक्ताको रुपमा मगरहरु सिप र ज्ञानमा धनी भएता पनि मगरहरुको पहिचान लोप हुने अवस्थामा पुगेको बताउनु भयो । मगरको सिप र ज्ञानलाई न त राज्यले सम्बोधन र जगेना गर्न सक्यो न त मगरहरुबाट नै जर्गेना गर्ने प्रयास भयो उहाले बताउनु भयो ।

मगर प्राज्ञिक समुह काठमाण्डौ र विश्व मगर संघ बेल्जियमको सहयोगमा संचालन भएको दुइ दिने सेमिनारको उद्देश्यको बारेमा कार्यक्रमका संयोजक झकेन्द्र र्घर्ति मगरले प्रकाश पार्नु भएको थियो भने आमन्त्रित पाहुनाहरुलाई स्व्गत समुहका अध्यक्ष छविलाल चिदि मगरले गर्नु भएको थियो । उक्त दुइ दिने कार्यक्रममा करिब ७० जना मगर बौद्दिक, राजनीतिकर्मी, पत्रकार, समाजसेवी, विद्यार्थी तथा अनुसन्धानकर्ताहरुको सहभागिता रहेको थियो । दुइ दिने सेमिनारमा मगरको उत्पतिको इतिहास, राजनैतिक इतिहास, भाषा, संस्कृती, परम्परागत पेशाव्यवसाय, मौलिक परम्परागत स्वास्थ्य, मौलिक संस्कार र चाडबाड, लैगिक पहिचान र अभ्यास आदी जस्ता मगरहरुको पहिचान सम्बन्धित १५ वटा अनुसन्धान पत्रहरुको प्रस्तुति तथा छलफल भएको थियो । 

त्यसै गरि सेमिनारको दोश्रो दिन प्यानल डिस्कसनमा मगर समुदायका सामाजिक तथा विभिन्न पार्टी मगर नेताहरु संग बर्तमानको राजनीतिक अवस्थाका विषयमा छलफल समेत गरिएको थियो । दुइदिने सेमिनारमा सहभागिहरुलाई धन्यबाद दिदै कार्यक्रमको समाप्ति मगर प्राज्ञिक समुहका अध्यक्ष छबिलाल चिदीले गर्नु भएको थियो भने समग्र कार्यक्रमको ओभर भ्यु तथा समिङ अपको जिम्मा उपाध्यक्ष टुक बहादुर थापाले गर्नु भएको थियो । 

No comments: