Showing posts with label फिल्मी गफ. Show all posts
Showing posts with label फिल्मी गफ. Show all posts

Monday, April 29, 2013

My child hood and the story of Billy




I think that the Kes movie is a touchy fiction film which was shot in a North of England in 1969. The movie is focuses on 15-year-old Billy Casper, who belongs to a working class family and grown with single caring parents. I feel that Billy is always suffering from mental and physical abused by his half brother. It seems that Billy is not being able to pay attention in school due to his family environment and his own fault that he has stolen money from his half brother. Some of scenes are too long which made me bored for example in the movie there is a scene when Billy teaches “Kes” to fly which I find unnecessary. I like the scene when Billy got the praise from his English teacher after delivering a story of his relationship with the bird. 

Monday, July 2, 2012

लुट



नेपाली चलचित्र भन्ने वित्तिकै नाक खुम्चाउने हामी नेपालीहरुको लागि अब भने केही थोरै भए पनि राहत मिल्ने प्रकारको नेपाली फिल्महरु बजारमा आउन थालेका छन्

नेपाली समाजमा हर्ुर्किदै गरेको बेरोजगारिपना आजका नेपाली युवाको आवश्यकता, चाहाना  जस्ता विषयहरुको अभावलाई बिश्लेषण गर्न खोजिएको भने ति अतृप्त चाहाना अभाबका कारण कस्तो सोच उत्पन्न गराउदै समाजका युवामा भन्ने कुरा राम्रै सँग चित्रण गरिएको अझ भन्नु पर्दा चलचित्र लुटमा मानिसलाई पैसाले कति सम्म गिराउछ भन्ने कुरालाई राम्रै सँग देखाएको

Saturday, November 20, 2010

गुजारिस

निकै दिन भएको थियो कला र मनोरञ्जनको कुरा नगरीएको अनि ब्लगका लागी कैलाश दिदी र बसन्त दाईको भाकामा टासो तथा खुराक पनि नमिली रहेको बेलामा मैले एउटा जुक्ति निकाले । छिमेक मै बसे तापनि साथी सँग भेट नभएको पनि निकै महिना भै सकेको थियो उनले निकै दिन देखि भेट्ने बाहाना खोजि रहेकी थिइन मैले पनि । भेट्ने मेसो बनाउने मेरै काम भयो सोचे साथी सँग भेट्ने तर कहा जाने त लौ जा .... योजना बनाए आफु पनि मनोरञ्जन लिने साथै अन्य साथीहरुलाई पनि बाड्ने त्यसर्थ लाग्यौ हिजो शनिवारको मौका पारी सफारी (यो एउटा यहाको प्राइबेट जस्तै सिनेमा हल)। सस्तो र सरल हल भएकोले सफारी नै हाम्रो रोजाइ भयो गोलमाल ३ हेर्ने उनको चाहाना रहेछ तर मैले पहिले नै हेरी सकेकी हुनाले मैले फेरी रोजे गुजारिस। उनि पनि सहमत भइन। त्यही हिजो हामीले लिएको मनोरञ्जनको थोरै हिस्सा यहाहरु सामु बाड्न चाहेकी छु ।

सम्पुर्ण कुराको सुविधा भोग गरेर पनि धेरै कुराको अभावबाट जिवनका चौधौ बसन्त पार गर्नु चानचुने कुरा होइन। एउटा सकुसल मन तर अशक्त शरिर लिएर वाच्नुको पिडा जसले भोग्छ उसलाई मात्र थाहा हुन्छ यो कुरा जति सुकै पिडामा डुबे पनि पिडित बाहेक अन्यले त्यति महसुस गर्न सक्दैन भन्ने कुरा गुजारिसले देखाउन खोजीएको नया विषय हो ।

गुजारिस, एक अनुरोध (भगवान देखी लोकका सम्पुर्ण मानव प्रति मृत्यु पाउ भनि गरिएको आग्रह / अनुरोध) हो यो। एक ब्यक्ति जो आफ्नो जीवनको हरेक पलहरु एक बन्द कोठा भित्र बसेर बिताउनु पर्दाको पिडाले छटपटिएर अन्य ब्यक्ति सामु मृत्युको भिख मागिरहेका हुन्छन। अझ एउटा अनौठो विषय मानव अधिकार भित्र मानिसले आफुले चाहे अनुसार जिउन र मर्न पाउने अधिकार भित्र उसले आफ्नो मर्न पाउने अधिकारको माग गरेर अदालत सम्म मुद्दा दाएर गराएका हुन्छन तर सर्वोच्च अदालतले मर्न पाउने अधिकार उसमा निहित छैन भनि बादी पक्षको हार बनाइ फैसला सुनाइएको हुन्छ। तर त्यो कार्यमा सघाउने एक अर्को बस्तु हुन्छ माया । जस्ले बढी माया गरेको हुन्छ त्यो ब्यक्तिको पिडाबाट उसलाई छुटकारा दिन जस्तो सुकै कार्य गर्न पनि मायाले सँभव गराउछ । माया/प्रेम, द्वन्द, स्नेह, मित्रता रिस राग , हासो / रमाइलो सबै कुरा समेटिएको चलचित्र बनेको छ भनेर भन्न सकिन्छ । अथवा स्याड लभ स्टोरी नै भए पनि अन्य चलचित्रमा जस्तो धनि केटा वा धनि केटीको बिचको माया प्रेम र परिवारको सदस्यहरुको अस्विकृतिलाई तोडेर भाग्ने खालको कथा यसमा छैन । मौन प्रेम र समर्पण लाई चित्रण गर्न सफल छ गुजारिस ।




एक कुसल जादुगर साथै एक कुसल रेडीयो प्रस्तोता इथम म्यास्करन्साको पुर्व जिवनको पुराना पानाहरुलाई पल्टाइ कथा अगाडी बढाइएको छ गुजारिसमा । उनि पहिला देश भरिकै कुसल जादुगर भएका हुनाले आफ्नो प्रतिद्वन्दि तथा दुश्मनको चाल बाट जादु देखाउने क्रममा नराम्रो गरी दुर्घटनामा पारिएको हुन्छ । त्यस पछि उनले आफ्नै निवासबाट हरेक विहान प्रत्यक्ष टेलिफोनिङ कार्यक्रम चलाइ समस्या दर्शाउने श्रोताहरुलाई सहि समाधानको बाटो देखाइ लाखौ श्रोताको मन जिति रहेका कार्यक्रम सञ्चालक आफै भने प्यारालाइसिसले सताइएर उनहो शरिरको आधा भाग (कम्मर देखि मुनी ) साथै दुवैहात चलाउन नसक्ने हुन्छन। जादु कला प्रस्तुत गर्ने क्रममा भएको दुर्घटनाका कारण उनले आफ्नो आधा शरिर गुमाइएको हुन्छ। उनको लागी एक केएर टेकर नर्स छिन सोफिया (एस्वर्या) उनैको सहारामा बाँकी जिवन अगाडी बढाइ रहेको हुन्छ । उनि पनि एक विवाहित महिला भए पनि १२ बर्ष देखि लगातार सेवा गरि रहदा मनमा एक खालको नजानिदो माया झाँगेको हुन्छ इथम प्रति । मुखले माया प्रस्तुत नगरेता पनि उनको ब्यवहारबाट थाहा पाउन सकिन्छ यो कुरा। उनको मनमा अपाङ‍्ग एक असक्त इथमको लागी पलाएका मायाको टुसाकै कारण आफ्ना पति सँग छोडपत्रको लागी अपिल गरि सकेकी हुन्छिन ।




हिन्दी चलचित्रहरुमा एक विशेष प्रकारको रोगलाइ बिशेष जोड दिएर कथालाइ प्रस्तुत गर्ने लहर चलेको छ जस्तै पा मा प्रोजेरिया अर्थात कलिलै उमेरमा बृद्द झै देखिने र मृत्यु हुने , गजिनीमा एन्टेरोग्रा एम्नेसिया अर्थात सर्ट टर्म मेमोरी लस्ट, माइ नेम इज खानमा एस्पेरगेर सेन्ड्रोम साथै ब्लाक तथा तारे जमिनपरमा पनि एक अनौठो खालको रोगलाई मात्र केन्द्र बिन्दु बनाइएको पाइन्छ यसै गरी गुजारिसमा पनि मुख्य पात्र इथम (हृतिक) लाई प्यारालाइसिस भएको देखाइएको छ । प्यारालाइसिसको पिडाले केही गर्न नसके पछि बाच्ने मन पटक्कै नहुने र मर्न लाइ अपिल गरिने यसलाई चलचित्रमा इथनेसिया (euthanasia) भनिएको छ।

अर्को रमाइलो पक्ष के भने बैगुनीलाई गुणले मार्नु पर्छ भन्ने सन्देश पनि यसमा झल्किन्छ । चलचित्रमा एक अर्को ब्यक्ति छन जो इथमको जादुको फ्यान हुन्छन । उनि इथमलाई भेट्न आएका हुन्छन तर इथम भेट्नु अगाबै सोफियाबाट गुज्रेर अगाडि बढ्नु पर्ने हुन्छ तर त्यति सहज हुदैन वातावरण किन भने इथमले मर्नको लागी इजाजत माग्ने कुरा पत्र पत्रिकामा छापिइ सकेको हु्न्छ उक्त कुरा सोफियाले पनि त्यही बेला सुनेकी हुन्छिन। तर पनि जवर्जस्ति घरमा छिरेर लुकेरै भए पनि उसले इथमलाई भेट्छन । उसलाई देख्ने बित्तिकै चिन्न सफल हुन्छन र कोठाबाट निकाल्नै लाग्दा उसले आफू सात बर्षको हुदा लिएको अटो ग्राफको सहायताले इथमको मन पगाल्न सफल हुन्छ । उसले अरु भन्दा पनि कला साधना सिक्ने जोस देखाएका हुनाले दुश्मनकै छोरो हो भन्ने थाहा हुदा हुदै पनि चेला बनाउन तयार हुन्छन र आफ्नै घरमा आश्रय दिइ आफ्नो जादुका सम्पुर्ण कला सिकाउछन् । अन्त्यमा उनले इथमबाट सम्पुर्ण जादुकला सिकिसके पछि भन्न लागेका हुन्छन तर सबैकुरा इथम आफैले भनि दिए पछि उ आफै छक्क परेर हेर्छन । इथमको यो सम्पुर्ण ब्यवहार देखि आफ्नो गल्तिको महशुस उनकै मिल्ने साथीलाई पनि हुन जान्छ र आत्मग्लानिले पोले पछि पश्चातापको आगोमा पस्दै भए पनि उही इथमको विहानी रेडियो कार्यक्रममा फोन गरी माफि माग्छन । दर्शकहरु यतिन्जेल सम्म इथमको दुर्घटनाबारे बेखवर नै हुन्छन। करिव करिव चलचित्रको तिन चौथाइ भाग सकिदा बल्ल इथमको एक्सिडेन्टको पर्दा खुल्छ नत्र किन र कसरी दुर्घटना भो कसरी उनलाइ प्यारालाइसिस भयो भन्ने नै थाहा हुदैन ।

स्पानिस फिल्म मार एदेन्त्रो (द सि इन्साड) को हु बहु कपि गरिएको भनेता पनि हिन्दी चलचित्रहरुमा राम्रो प्रगतिको नमुना देख्न पाइन्छ यहा। अग्रेजी चलचित्रकै कपि गरेर भए पनि नेपाली चलचित्रको तुलनामा हिन्दी चलचित्रले निकै नै प्रगति गरेको छ । अन्य चलचित्रको नक्कल गरेरै भएपनि राम्रो काम गर्न सक्नु पर्छ, यो कुरा गुजारिसले पुस्ट्याइएको छ भन्न सकिन्छ । उत्कृष्ट कला सँवाद, विश्व सुन्दरी तथा चर्चित अभिनेत्रि एस्वर्या राय तथा चर्चित अभिनेता हृतिक रोशनको शसक्त अभिनय ले जो सुकैलाई पनि तीन घन्टा बिताउन गाह्रो पर्दैन । उनको पहिल्यै देखीको नाँचको प्रसँसा त छदैछ एक अशक्त ब्यक्तिको रुपमा गरिएको अभिनय साच्चै दमदार छ । अभिनेत्री एस्वर्याको पनि कुनै कुरामा कमि छैन ।

कथा सान्दर्भिक छोटो छोटो गितहरुले पनि अझ सुन्दर वनाइएको छ। गोवाको सुन्दर तथा मनमोहक दृस्यहरुलाई कैद गरेर पर्दामा उतार्न तथा घर भित्रको सजावट देखि घर वरिपरिको वातावरणमा पनि निकै ध्यान दिइएको छ यसर्थ निर्देशकिय पक्ष पनि निकै शसक्त छ भन्न सकिन्छ । आजभोलीका नया चलचित्रहरुमा अस्लिल दृश्यहरु छ्यापछ्याप्ती राख्दा मात्र चलचित्र हिट हुन्छ भन्ने खालको मनोभावनालाई लपेट्दै सामान्य पहिरण तथा दृश्यहरु राखेर पनि राम्रो चलचित्र बनाउन सकिन्छ भन्ने सन्देश यसले दिन सक्छ ।


हरेक फिल्महरु कुनै न कुनै आरोपबाट मुक्त भने छैनन यसमा पनि केही कमजोरीहरु छन जस्तै इथमलाई कति गर्दा पनि चुरोटको अम्मली बाट छुटकारा गराउन नसके पछि साथै इथमलाई खुसी राख्नको लागी केयर टेकर सोफिया (एस्वेर्या) ले चुरोटको धुवा बुङबुङति उडाइएको दृश्य पहिले देखीनै बिवादमा परेको सुनिन्छ। खास गरि अहिलेको युवाहरुमा आफ्ना मन पर्ने हिरो हिरोइनको सिको गरेर चुरोट खाने बानि गर्ला भन्नु अलि हास उठ्दो नै लाग्छ मलाइ भने । एस्वर्याले खादा चाही नराम्रो सन्देश जाने तर हृतिकले पनि त खाई नै रहेका छन् उनका पनि त थुप्रै फ्यानहरु होलान उनले खादा चाही केही असर नगर्ला भनेर हामीले कसरी ठोकुवा गर्ने?


जे होस ! इथमलाई ज जस्ले ज्यादै धेरै माया गरेका हुन्छन उनिहरु सबै विस्तारै इथमको पक्षमा आउछन । तर इथमको मर्ने कुरालाई सहमत जनाएकै राति इथमकी आमाको पक्षघातका कारण मृत्यु हुन्छ । १२ वर्ष सम्म गुमनाम रहेकी भुतपुर्व प्रेमीकाले पनि उनको बचन तोडेर फोनमा कुरा गर्छिन साथै सहमति हुन्छिन। अन्तमा विवाहित सोफियाको छोडपत्र हुन्छ । इथमलाई मर्नको लागी अदालतले नदिएको इजाजत उनिले दिएर सहयोग गर्ने कुरा इथमलाई सुनाए पछि इथमलाई सोफियाले कति धेरै माया गर्दो रहेछ भन्ने कुरा थाहा पाउछ । जिवनको अन्तिम घडिमा आएर उनलाई बिवाहको प्रस्ताव गर्छन विवाह गर्छन र सोफियालाई श्रीमतिको दर्जामा राखेर अन्तिम जन्मदिनको पार्टी मनाउछन जहा उनको साथीहरु डक्टर तथा सुसारे सबै जनालाई धन्यवाद दिन पनि भ्याउछन । यसरी एउटा दुखान्तमा कथाको अन्त्य हुन्छ । कथाबस्तु तथा त्यहा राखिएका दृष्यहरुले गर्दा मन लोभिन्छ । समग्रमा अति नै उत्कृष्ठ नभए पनि राम्रो बनेको छ ।

तर ......जति सुकै राम्रो भएता पनि अर्काको भाषामा बनेको, अर्काको देशको ख्यातिलाई हामिले सलाम गरिरहनु पर्दा मनमा एउटा नमिठो दुखाइ बस्दो रहेछ। एउटा आफ्नै खालको मनमा खड्को बसि रहेको हुन्छ कि यस्तै स्तरिय चलचित्र नेपाली रङ्गमञ्चमा कहिले बन्ने होला ? बनि सके पनि हामि जस्ता देश वाहिर रहेका नेपालिहरुले रिलिज भएको हप्ता दिन तथा दुइहप्ता भित्र नै कहिले हेर्न पाइएला ? सायद बन्न पनि थालि सके होलान तर अन्तर्रराष्ट्रिय तहमा जस्तै सजिलै कुनै पनि इन्टरनेटको साइडमा भेट्न नपाइने हुनाले चलचित्र बनेको एक बर्ष सम्म कुरी रहनुको पिडा आफ्नै ठाउमा छदै छ । त्यसैले नेपाली सिनेजगतले पनि चाडै नै केही फरक र राम्रो चलचित्र बनाउन सकुन । हामीले पनि विश्व शामु हाम्रो पनि यो स्तरको चलचित्र थोरै लगानीमा बनाउन सकेका छौ भनेर भन्न पाउँ। वस् इतनिसि गुजारिस है मेरी उर्फ हिन्दी मै बोलिएछ मेरो सानो बिन्ति यति नै हो ।
जदौ ।

Tuesday, June 15, 2010

राजनीति


प्रकाश झा को प्रोडक्सनमा निर्मित हिन्दी कथानक चलचित्र हो राजनीति। रणवीर कपूर, अर्जुन रामपाल, अजय देवगन, कटरीना कैफ, नाना पाटेकर, नसुरद्दीन शाह लगायतका नाम चलेका हस्तीहरुको प्रमुख भूमिकामाँ बाधिएको छ कथा । एउटा राजनैतिक पृष्ठ भूमिमा आधारित रहेको छ कथा। कथा भारतीय प्रजातंत्र , भारतीय चुनाब को बारेमा रहेको छ। यसमा कसरी पार्टीको नाममा एक दुई जाना राजनेताहरुले भित्र भित्र सडयंत्र गरेर सत्ता हत्ताउछ्न भन्ने तितो बस्ताबिकता पनि झाल्काउन खोजिएको छ तर राजनीति, माया प्रेम, मिलन बिछोड देखि झै झगड़ा सबै मसला पुगेको छ यसमा।

कथाको सुरुवात भास्कर सान्याल(नसुरद्दीन शाह) को आगमन बाट हुन्छ उनी आदर्षबादी बामपंथी बिचार धारका नया नेता हुन्छन । उनी समाजमा नयापन दिनको लागी र पिछड़ा बर्गाको हितको लागी अगाड़ी बढिरहेको हुन्छ यसैमा साथ दिन कामरेड भारती आई पुग्छिन जो रामनाथ रायाका रास्त्रबादी पार्टी को नेता (चौध बर्ष देखि प्रांत का मुख्य मंत्री) की छोरी हुन्छिन। उनि आदर्शबादी नेता प्रति आकर्षित भएर आफ्नो पिताको प्रतिद्वंदी दलका नेता भास्कार सान्यालको रातो झंडा बोकेर अगाड़ी आउन थालेकि हुन्छन।चुनाब को दौरान साथ गाठ ले उनिहरु बिच निकै गहिरो दोस्ती बढ़ी सकेको हुन्छ, आफ्नो पिताको सामानका उमेरका नेता संग अनैतिक सम्बन्धको कारण भारती गर्भवती हुन पुग्छिन तर यता भास्कर सान्याल भने यो अनैतिक कर्यबाट आफै निराश भै सबैकुरा त्यागेर बेपत्ता हुन्छन ।

भारतीको गर्भबाट जन्मेको बच्चा सूरज (अजय देवगन) उनकै पिताको चमचा ब्रिज गोपाल (नाना पाटेकर उनलाई भारतीले दाई मानेकी हुन्छिन ) ले लगेर खोलाको किनारामा फालिदिन्छ्न। यस पश्चात ब्रिजगोपाल ले नै सम्झाई बुझाई गरेर एक रास्त्रबादी पार्टीका उदाउरो नेता चन्द्र प्रताप संग बिबाह गरी दिन्छ्न । चन्द्र प्रताप रास्त्रबादी पार्टीका सरकार प्रमुख भानु प्रतापका भाइ हुन्छन। चन्द्र प्रताप र भारतीबट जन्मेका छोराहरु हुन्छन पृथ्वी प्रताप (अर्जुन रामपाल) र समर प्रताप (रणबीर कपूर ) ।
राजनीतिक परिबेस परिबर्तन हुदै जाने क्रममा छोराहरु पनि हुर्कदै जान्छ्न। एता पृथ्वी प्रताप बुवा र ठुलो बुवालाइ राजनीतिमा सहयोग गरिरहेका हुन्छन त समर अमेरिकामा अध्यनरत हुन्छन। उता भारतीको प्रथम पुत्र सूरज भने गाउमा उनीहरुकै नोकरको छोराको रुपमा पलीबढी रहेका हुन्छन । त्यों कुरा न त आमा भारतीलाइ थाहा हुन्छ न त सूरज लाइ नै। उनी गाउका गरीब निमुखा का नेता बनी सकेका हुन्छन भने एक कुशल कबड्डी बाज पनि ।
समर आफ्नो ठूला बा भानु प्रतापको जन्मदिन मनाउन अमेरिका बाट फर्केका हुन्छन यतिकैमा इन्दु (कटरीना) को आगमन हुन्छ । उनी चंचली चुलबुली र राजनीति प्रति पनि कही चासो रखने हुन्छिन । उनी समरको सानै देखिको साथी aहुन्छिन । अझ उनी समरलाइ आफ्नो प्रेमी कै रुपमा राखेकी हुन्छिन। समरको भने अमेरिकैमा एक अमेरिकन केटी सराहा संग माया बसेको हुन्छ तर इन्दु र उनको घर परिवार भने एस बट बेखबर हुन्छन । भानु प्रताप अचानक बिरामी परे पछि भानु प्रताप को छोरो बिरेन्द्र प्रताप (मनोज बाजपेई ) र पृथ्वी प्रताप बिच निकै कुर्सी को ताना तान हुन्छ । यसमा चन्द्र प्रताप लाइ मुख्य मंत्री बनाउने होड़ मा पृथ्वी रा चन्द्र लागी परेका हुन्छन । उता बिरेन्द्र लाइ यो कुरा मंजूर हुदैन। यही समयमा सूरज पनि आफ्नो गाऊ ठाऊ बाट पार्टीको टिकट माग्न पार्टी कार्यालय आई पुगेको हुन्छ । यता बिरेन्द्र प्रताप पार्टी माहोलमा एक्लिरहेको बखत सोझो र इमान्दार लक्का जवान साथ भेट्दा यही मौक़ा हो भन्ने बुझेर सूरजलाइ साथ लिन्छ्न ।



समर अमेरिका जानू अगाबै एक साझ आफ्नो मन को कुरा खोल्न सझ्को खाना संगे खाने ब्याबस्ता गरेकी हुन्छिन तर समर आफ्नै दुनियामा ब्यस्त हुन्छ त्यसबाट उनीहरु बिचको मित्रतामा कही फाटो आएको हुन्छ । समर फेरी पुन अमेरिका फर्कने तयारीमा हुन्छन । बिरेन्द्र प्रताप मुख्या मंत्री बनना को लागी उपाया रची रहेको हुन्छ तर यता चन्द्र प्रताप को जगजगी को अगाड़ी उसको केही लाग्दैन । त्याही मौक़ा खोजीरहेकै बेला चन्द्र आफ्ना छोरा समरलाई पुराउन जाने निधो गर्छन । यो कुरा सूरज ले थाहा पाए पछि बिमंस्थल बाट घर फर्कने क्रममा बाटो मै समाप्त गरि दिन्छ्न। यो थाहा पाए पश्चात समर फेरी घर फर्केर आउछं र बदला लिन सुरु गर्छन । सूरज र बिरेन्द्र प्रताप ले सके सम्म समयको सदुपयोग गरेका हुन्छन तेहि मौक़ामा पृथ्वी प्रतापलाइ पुलिस कुटेको आरोपमा पक्राऊ गराउछं बिभिन्न मुद्दामा अल्झई जेल मै राखन चाहन्छन यो कुरा थाहा पाए पछि समर ले चाल खेल्छं र सबै उलटा पुल्टा परी दिन्छ्न तर हरेक सँग राजनीतिक मामलामा अगाडी बढ़न अर्थ को निकै ठुलो भूमिका रहेको हुन्छ । यहाँ समर र उनको परिवारमा पनि त्यही कुरा दोहोरिन्छ तर फेरी पनि राजनीतिक चाल मा छल मारेर समरले आफ्नो झुटो माया को नाटक देखाई उसको बुवा संग हात माग्न पठाउछन तर इन्दुका बुवा फेरी अजब कै छन। उनले जो मुख्य मंत्री हुनेहो उसलाई मात्र छोरी दिने सर्त राखे पछि अझ समर लाइ सजिलो हुन्छ। यता आफ्नो दाई पृथ्वी र इन्दुको बिबाह गरी दिन्छ्न ।
एतिकैमा उनकी आफ्नी प्रेमिका सराह घर आई पुग्छं अमेरिकाबाट । यस पश्चात भने समरको नाटक इन्दुले थाहा पाउछीन। समर को स्वार्थी पन देखेर इन्दु निकै चिंतित हुन्छिन । सराह पनि कुरेनी नै भये पनि सहयोगी खालको देखौना खोजेका छन यहाँ समर आफु जस्तो सुकै भये पनि सराहलाइ साचो माया गरेका हुन्छन उनी हरुको संबध बाट संतान कोख मा आइसकेका हुन्छन तर सरह ले केही समर को बारेमा साचो कुरा थाहा पाए पछि झगड़ा हुन्छ पुन समझौता मा आए पश्चात सराह अमेरिका फर्कन लग्छिं एतिन्जेल्मा इन्दु ले पनि पृथ्वी लाइ अन्गली सकेका हुन्छिन तर सूरज र बिरेन्द्र प्रतापको चालबाट कार बम ब्लास्ट हुदा पृथ्वी र सराह को ज्यान एक छाक हुन पुग्छ ।

त्यस पश्चात् पुन कथा ले अर्को मोड़ लिन्छ । अत्ति भए पछि ब्रिजगोपाल सूरजको आमा बुवा संग पुग्छंन र धम्की दिन थाले पछि मात्र सूरजको असली पहिचान खुल्न पुग्छ । यो सबै कुरा भारतीलाइ बताऊँन ब्रिजगोपाल समय लगाउदैनन । यस पछि सूरजलाइ भेट्न तुरुन्तै पुग्छिन भारती । सबै ब्रितान्त सुनाइ सके पश्चात घर आउन आग्रह गर्छिंन सुरजलाइ तर इमानदार र निश्छल स्वभाबका सूरज उनी संग घर जान मान्दैनन । कथामा इन्दु मुख्य मंत्री पनि हुन्छिन यो सबै कुरा नभन्दा नै जाती होला । सबै कुरा येही लेखे पछि फिल्म हेर्नुको मजा नि आउदैन ।

चलचित्र समग्र मा ठीकै मात्र बनेको छ। भन्न त प्रकाश झाले यो राजनीति चलचित्र बनाऊंन र पात्रहरु छान्नमा ६ बर्ष खर्च गरेका छन भन्थे तर पनि तेस्तो बिधि कुनै नया सन्देश र नया नौलो पना थपिएको छैन । अरुको भूमिका राम्रै भए पनि कटरीनामा नेत्रीको जस्तो तिखारिएको आवाज पाइदैन। मेरो अनुभवमा उनलाई देख्नमा इन्दिरा गाँधी झै देखीए तापनि यो रोल अली सुहाएन।

Tuesday, January 19, 2010

पा

फिल्म को बारेमा कुरा नगरेको पनि धेरै दिन भै सकेछ त्यै भएर आज म फिल्म कै बारेमा गफ गर्न मन लग्यो । हुन त यो नया भने पक्कै होइन। यो करिब ३ महिना जति अगाडीको फिल्म नै हो तै पनि केहि गफ गर्ने जमर्को गरे यहाँ । खासमा आज भोलि केहि कुरामा ध्यान केन्द्रित हुन नसकेर पनि मैले पुरानो कुराहरु को याद कति दिमागमा बस्दो रहेछ भनेर जाच्न मन लागेर पनि यहाँ लेख्न बसेको छु ।
तालु चिन्ड़े आखामा गोलो गोलो चस्मा, वोल्दा जिब्रो घरि घरि लर्बरिने भएता पनि दिमाग भने निकै तेजिलो अरु साथीको भन्दा नि तेजिलो भएको, प्रोजेरिया नामक रोगले ग्रस्त एक १२ वर्षे वालक छन तर हेर्दा ६० ७० वर्षको झै देखिन्छन। उनि हुन ओरो, अमोल र बिद्याले(बुवा आमाले) एक यौबन अबस्थामा माया गर्दा गर्दै मनोरंजन गर्नेक्रममा भएको मिठो भुलको निशानी।कथा ओरोको वरिपरी घुमे ता पनि मान्छे हुन् मान्छेका धेरै चाहाना मनमा हुन्छन ति चाहना पुरा गर्दै जादा कता कता पुगिन्छ । कहाँ कहाँ भौतारिन पुग्छ कसै लाइ थाहा हुन्न त्यस्तै यहाँ पनि दुइ प्रेमी प्रेमिकाको कहानी जोडिन आइपुग्छ ।
बिद्या जो डाक्टर बन्ने धुनमा सहरमा पसेकी हुन्छिन भने पहिला देखि नै राजनैतिक बाताबरण मा हुर्केर अझै राजनीतिशास्त्रमा पढाई सकेर राजनीति क्षेत्रमा केहि योगदान दिने हिसाबले कलेजमा भर्ना भएका हुन्छन अमोल पनि । रहदा बस्दा झ्याम्मिएको मित्रता बिस्तारै बिस्तरी फैलिएर प्रेमी प्रेमिकाको रुपमा मुनाहरु टुसाउन थालेका हुन्छन दुबैको मनमा । युवा जोस मा होस् नपुराउदा कहिँ कतै दुर्घटना त पक्कै पनि निम्ताउछ जिबनमा त्यस्तै हुन्छ यी दुइबीच पनि । रहन्दा वस्दाको मनोरन्जन बिद्याको गर्भमा हुर्किन थाल्छ । अब अमोलले आफ्ना पढाई,बाकी जिबन र क्यारिएरलाइ सम्झन पुग्छन । अमोलले गर्भ पतन गर्ने सल्लाह दिन्छन बिद्यालाइ । ममतामायि आमाहरु जे सुकै भए पनि आफ्नो गर्भमा आइ सकेको सन्तानलाइ बिना कारण सजाय दिन चाहदैनन् तिनै मध्य कि एक हुन् विद्या जस्ले आफ्नो सन्तानकोनिर्मम हत्या गर्न चाहिनन् । बरु अमोलबाट टाडै बसेर आफ्ना कर्म पुरा गर्न अगाडी बढछन् तर समस्या हामी एसियन महिलाहरु प्राय सबैको एकै हुन्छ । बिना बाबुको सन्तान लिएर समाजमा बाच्नु भनेको भुमरीमा हामफाल्नु जतिकै हो तर पनि विद्या आफ्नो अडान नछोडी समाधानको खोजीमा आमा कहाँ पुग्छिन ।आमा पनि एक आमा नै भएको कारण सहयोगको हात र साथ दिन तयारी हुन्छिन । उता अमोल सँगको बिछोड को पिडा त छदै छ गहिरो कहिले नमेटिने गरि झन् आफ्नो पढाई पनि अगाडी बढाउने छ साथमा । यो बेला मा आफन्तहरुले मुख मोड़ीदिंदा गार्हो त पक्कै हुन्छ तर उनि संग एउटा साथ आमा भने हरदम सहयात्री भै दिन्छिन ।

ओरोलाइ आफ्ना वुवाको बारेमा केहि पनि थाहा हुन्न । उता अमोल पनि यो बिसयमा अन्जान नै हुन्छन किन भने १२ वर्ष सम्म ति दुइमा कुनै पनि सम्पर्क हुन सक्दैन । अमोल आफ्नो पढाई सकेर सक्रिय राजनैतिक कार्यकर्ता भै सकेका हुन्छन। यता बिद्या पनि डाक्टर भनेर आफु संगै औरोलाइ हुर्की रहेकी हुन्छिन तर अचानक एक दिन औरो जहाँ अध्यान गर्छन त्यहाँ एक कार्यक्रममा अमोल मुख्य अथितिको रुपमा आइ पुग्छन । जहाँ पुरस्कार थाप्ने औरो हुन्छ भने वितरण गर्ने उनका अन्जान पिता अमोल हुन्छन । यो एउटा अनौठो भेट हुन्छ जहा ओरोले जानेर गरेको नभै केहि नभेटेको बेला तेतिकै छोडेको काममा पुरस्कार पाएको हुन्छ ।
अनौठो बिमारको सिकारी भएका औरोले अमोलको हातबाट पुरस्कार पाए पछि मेडियाले खेदो गर्न थाल्छन जुन कुरा औरोलाइ मन पर्दैन । उसलाइ अरु साथीहरुले जिस्काएको पनि मन पर्दैन । येही झोकमा औरोले i hate you भनेर मेल गर्न पुग्छन त्यस पछि बाबु छोरा बीच फेरी सुमधुर सम्बन्ध बढ्न थालेको हुन्छ । यतिन्जेलमा पनि अमोल र औरो दुइलाइ केहि थाहा हुन्न उता विद्या र आमाले भने थाहा पाएका हुन्छन। अझै औरो र अमोल बीच रास्ट्रपति भवन जाने सम्म मिति तय भै सकेको हुन्छ।
औरो सपिंग मा व्यस्त हुन्छ भने यहि बेला अमोल को प्रतिद्वन्दी हरुले सबै जनता भाडाकाएर बदला लिनको लागि पत्रकार सम्मेलन गर्न थाल्छन । मिडिया ले नराम्रो तरिकाले अमोल लाइ फसौना खोजेको थाहा पाए पछि अमोलले पनि चालबाजी खेल्छन जसरि उनलाई फसाउन खोजेका थिए त्यहिँ तरिकाले अरुलाई टक्कर गर्न थाल्छन यिनै कारणले उनले औरो लाइ दिएको बाचा पुरा गर्न भुल्छ्न । उता औरो भने सबै साथी हरु संग बिदा मागेर घरमा आमा संग पनि नया लुगा किनेर तयारी परेका हुन्छन यसरि भनेको समयमा रास्ट्रपति भवन नालागेर फेरी एक पटक अमोलले औरोको दिल तोड्न पुग्छ ।
त्यस पछि औरो निकै निराश हुन्छन त्यस पछी बिध्यलाई वास्तविकता बताउन बाध्य पार्छ र उनले अमोल को बारेमा भनि दिन्छिन र सम्झाउछिना के गर्दा ठिक हुन्छ सोच्न पनि आग्रह गर्छिन। उनि रोग का कारण १२ वर्ष कै भए पनि धेरै बुज्झकी हुन्छन र सबै कुरा थाहा पाएर पनि थाहा नपाएझै गर्न थाल्छन । पछि पुन अमोलले फोन गरेर रास्ट्रपति भवन लैजाने कुरा गर्छन र जान्छन पनि तर पिसाब थाम्न नसकेको कारण भवन भित्र नपुगी नै फर्कन्छन त्यो कुरा २ दिन पछि मात्र अमोल ले थाहा पाउछन । रास्ट्रपति भवन जादा बाबु छोरा को केहि केहि dialogue पनि रमाइला छन ।

उता अमोलको बुवाले बिबाह को कुरा लिएर कराउन थाल्छन तै पनि बिबाह को रुची छैन भनेरै टारि रहन्छन । उनीहरु दिल्ली बाट फर्के पश्चात पुन औरोलाई बिमारी ले च्यापेको हुन्छ त्यही बेला अमोल भने एक भोज मा सामेल हुन्छन त्यहाँ खाने कुरामा खिचडी देखे पछि औरोको याद आउछ र फोन गर्छन बल्ल उनि बिरामी भएको थाहा पाउछ हतारिदै अस्पताल पुग्दा मात्र औरो बिद्या र उनको नजानिँदो भूलको निशानी भन्ने थाहा पाउछन अमोलले । त्यस पश्चात औरो र उसको हजुर आमा मिलेर दुइजनाको पुनर्मिलन गराउन धुमधाम उपाया खोज्न थाल्छन तर बिद्या भने पटक्कै तयारी हुदिनन । उता विद्या लाइ भेटे पछि अमोल पनि सके सम्म फकाउन खोज्छन । माफी मागी सके पछि पनि उनि सधै औरो संग नै अस्पतालमा रहन्छन । अमोल का पिता भने छोराको हर्कत देखि पागल हुन खोज्छन र अस्पतालमा नै लिन आइ पुग्छन तर त्यहाँ आइ पुग्दा उनको छोरो पनि छ भन्ने सुने पछि झन् अचम्ममा पर्छन ।
सवै जनता का सामु औरो मेरो छोरो होइन भन्न लाइ पत्रकार सम्मेलन गराउछन अमोल का पिता ले तर झन् अमोल ले सबै को सामु बिबाह प्रस्ताब गर्छन तर पनि विधा तयारी हुन्नन् पहिला भन्दा अलि जाति भएको औरो बाबु आमा लाइ मिलाउन नसके पछि फेरी बिरामी पर्छन यहि बिरामी परेको बेला उसको स्कुल को साथी हरु भेट्न आउछन जो केटि देखि औरो सार्है रिसाएका हुन्छन तिनले भेट्न आउदा पनि नबोली बस्छन तर ' जसले गल्ति गर्छन तिनी हरु गल्ति सहने भन्दा धेरै दुखि हुन्छन ' भने पछि औरोले उसकी आमालाइ हेर्छन । औरो को अन्तिम चाहना बा आमा को सात फेरो हेर्ने हुनाले रोगि छोरा को चाहना अगाडी विद्याको केहि जोर चल्दैन र बाध्य हुन्छिन अमोल संग मिलनको लागि र बल्ल दुइ को पुनर्मिलन हुन्छ तर औरो भने संसारबाट सधै सधैको लागि बिदा हुन्छन । एउटा सुखद अनि अर्को दुखद दुवै को समिश्रण हो पा ।
कथा वस्तु सरल नै भए पनि अभिनय मा प्रखर अमिताभ बच्चन लाइ नाम नहेरी हत्त पत्त चीन्न गार्हो छ अभिषेक र विधा बालन को पनि अभिनय बेजोड नै भन्न मिल्छ गितहरु खासै धेरै छैनन् तर पनि फिल्म राम्रै छ जे होस् करिब २ घण्टा को समय बिताउन खासै चर्को पर्दैन भनेको माया मा जसले पनि गल्ति गर्छन तिनी हरु पछि सम्म गल्ति गर्ने भन्दा धेरै दुखि हुन्छन भन्ने नै होला भन्ने मैले भुझेको छु । फिल्म बनाउनेहरु लाइ भने खासै केहि पनि नया कुरा छैन ।

Monday, June 8, 2009

लाल सलाम

पृष्ठभुमीमा एक पुरुष आवाजले विभिन्न बिषयवस्तुको बारेमा ब्याख्या तथा बिश्लेषण गरि रहेको हुन्छ र सान्दर्भिक स्थानहरु पनि पर्दामा देखिइदै आउछन् । एउटा बिहान गाउका ठकुरी चिरीच्याट्ट परि कहि जान निस्कन्दै छ । त्यहि समयमा एक जना दलित टुप्लुक्क आगँनमा आइ पुग्छ । जदौ हजुर के भनेका हुन्छन मुख भरीको गाली र डुमरे का संज्ञाले सम्मानित हुनु पर्छ ति निर्दोष र निरिह मानिस । बिना गल्ति गाली खाइ पिडा बोध गरि पछाडी के फर्केका हुन्छन ति दलित ठकुरीनी आमै पानी लिएर आउदै गरेको बेला अनायासै छोइदिन पुग्छ फेरी गालीका साथै बिहान बिहानै चिसो पानी टाउकै बाट खनिन पुग्छ । एउटा पुरानो गाउको माटोले लिपिएको भित्रको भर्याङ समेत बाहिरैबाट देखिएको सिकुवा भएको घर जहा एक जड्याहा बस्ने गर्दछ जसले जहिलै पनि श्रीमतिलाई मादक पदार्थको मात लागे पछि कुट्ने गर्दछ । घरमा एक दाना अन्न नभए पनि गाउमा रक्सी खाएर आउदा खानेकुरा पकाइनस भन्दै चादे लगाउछ र एक दुइ शव्द फर्काउदा घरबाटै निकालिन पुग्छन । पिडा खप्न नसकी छटपटिएका श्रीमति समाज भेला गराउन पुग्छन । तर पुरुष बादी चिन्तनले ग्रस्त नेपाली समाजमा एक निरीह महिलालाइ कस्ले दिने साथ यस्ता श्रीमानको मान मर्यादा गर्न नजान्ने महिलालाई गाउमा राखेमा गाउ भरिका सबै महिला उस्तै हुन्छन भनि डाडै कटाइन्छ ।

बिहानी लगभग नौ बजे तिरको घाममा केही भद्र पुरुषहरु लर्को लागेर कमरेड लालबिरको घर हुदै माओवादीको केन्द्रिय समितीको पुर्ण बैठक भए तिर लागी रहेका हुन्छन ।लामो छलफल र बहस पछि एउटा ठोस निर्णय आउछ जनयुद्दको सुरुवात। रातारात भित्ताहरु रंगाउने तथा पोस्टरहरु टास्ने साथै मसाल जुलुस निकाल्ने कार्यको सुरुवात हुन्छ । केहि संका लागेका ब्यक्तिहरुलाइ रातारात घरमै गएर चुट्ने पिट्ने तथा बिभिन्न किसिमका सजाय दिएर छाडि दिन्छन भने जाड रक्सी सेवन गर्नेलाइ कान समातेर उठबस गर्न लगाउने आदी काम गर्न थाल्छन । कृषी बिकास बैंक कब्जामा लिइ त्यहाका रिणीहरुको धितो राखीएको काजगहरु च्यात्ने र जलाउने कार्यका साथै लाल पुर्जा फिर्ता पनि गरिदिन्छन । बाटोका बृद्द बृद्दालाइ भारी बोक्न सहयोग देखी गाउ गाउमा पुगेर घास दाउरा जस्ता काममा सहयोग गर्ने र विश्वासीलो पात्र बन्न माओवादी जनयोद्दाहरु तल्लीन देखिन्छन । यसै बेला जंगलको बिचबिचमा अत्यन्तै बिकट ठाउहरुमा सैन्य तालिम पनि गर्नै गराउने र दुष्मनहरुको अखडामा गएर हमला गर्ने ग‌र्न थाल्दछन ।
मध्यरातको समय पारि बिभिन्न प्रहरी विटहरु जलाउनुका साथै भवनहरु ध्वंस गर्ने कार्य पनि सुरु हुन्छ ।
उनीहरुले यस्ता बिध्वंसका काम मात्र नभै सडक खन्ने कार्य पनि सुरु हुन्छ । यस्तैमा दोहोरो ठुलो भिडन्त सडक खन्ने ठाउमा हुन्छ र त्यहा कैयौ गाउले निर्दोष पनि पिल्सन्छन त कति महिला बलत्कृत हुन्छन भने कति माओवादी कार्यकर्ताको आखा पनि निकालिन्छन । यहिबाट सुरु हुन्छ सहि रुपमा दुष्मनी र बैमनष्यता । गाउगाउका निर्दोष मानिस माथी सैन्य कमाण्डरहरुको हमला र ज्यादतिका कारण संम्पूर्ण गाउबासीमा आतंक फैलन्छ । यस पछि चर्कन्छ देशब्यापि रुपमा युद्द । चलचित्रको अन्त १९ दिने दोश्रो महान जनआन्दोलन पश्चात गणतन्त्र घोषणा संगै भएको छ ।

समग्रमा ठिकै ठिकै बिषयबस्तु समेटेको चलचित्र हो लाल सलाम । नेपालका केही सुन्दर ठाउहरुलाइ देखाइएको छ यो एउटा राम्रो पक्ष हो । संकटकालमा नेपाली सेना तथा प्रहरी जवानबाट भएका ज्यादती लाई केही नजिकबाट देखाइएको छ । एउटा दृष्य जसमा एउटी महिलाको बलत्कार पछि आखा निकालिएको छ त्यो भने पक्कै दर्दनाक र हृदय बिदारक नै छ तर नया पात्रहरु भएको कारण सबै सबै कलाकारको अभिनय अत्यन्तै कमजोर, बनावटी र अत्यन्तै अश्वभाविक छन। सैन्य कमाण्डर भएर भाषण गर्दै हिड्ने पनि तिनै र कुनै साँस्कृतिक कार्यक्रममा नाच्ने कलाकार पनि तिनै हुदा अलि असोभनिय दृष्यहरु पनि रहेका छन ।

शीवजी लामीछानेको निर्देशनमा बनेको लालसलाममा इश्वरचन्द्र ज्ञवाली गणेश भण्डारी र शीवजी लामीछानेको पटकथा तथा छ भने तारा थापाको सम्पादन रहेको छ साथै भीम रानाको छायाङकन । खासमा लाल सलाम देशकाल र परिस्थितिलाइ समेटेर बनाउन खोजिएको चलचित्र हो । माओवादी पार्टी कसरी जन्म हुन पुग्यो । माओवादीहरु जनयुद्दमा कसरी होमिन पुगे भुमिगत हुदा उनीहरुले के के समस्या झेल्न परेको थियो भन्ने बिषयको सेरोफेरोमा रहेको छ लालसलाम। तर सबै र सधै झै यस चलचित्रले पनि आफुले त कुनै गल्ति नै गरिन्न । जस्तो भए पनि आफ्नै कुरा मात्र सहि र आफुले गरेको मात्र ठिक भन्ने मेरो गोरुको बार्है टक्का भन्ने उखानलाई भने चरितार्थ गरेकै छ । माओवादी ज्यादतिको बारेमा अनभिज्ञ रहेका नेपालीहरु नेपालमा बिरलै भेटिएला जवकी लाल सलामले त्यो पक्षलाई पटक्कै छोएको छैन ।
नयाँ विषयवस्तुलाई छोएर नयाँधारमा बनाइएको भनिए पनि यो चलचित्र ठिकै मात्र छ । यो भन्दा अगाडि नै द सारी सोल्जर हेरी सकेकोले होला त्यसमा जतिको मार्मीकता लालसलाममा पाइन्न । हामी पिडीतहरुलाई थाहा छ कि कति सरकारबाट दमन भयौ र कति माओवादीबाट । आखिर दोहोरो मारमा पिल्सने जनता त हामी नै थियौ नी त्यसैले यदि चलचित्रले देखाउने नै हो भने दुवै पक्षको खुलेर आलोचना तथा आत्मालोचना गर्न सकेको भए चलचित्र निकै स्तरीय हुने थियो । सेना पक्षको ज्यादतीलाई जति राम्ररी देखाएको छ त्यती माओवादी पक्षको ज्यादतिलाई देखाइएको छैन ।
यहा माओवादी पार्टीमा लाग्न तथा भुमिगत हुनलाई घरका बुवा आमाले नै आशिर्वाद दिइ फुलमाला लगाएर पठाएका थुप्रै दृष्यहरु छन तर मलाइ जहा सम्म लाग्छ कुनै पनि आमा बुवाले जानी जानी र देखि देखि आफ्ना सन्ततीलाई त्यती सजिलै बिदाइ गर्दैनन् । लालसलाम पश्चिमी नेपालको सेरोफेरोमा रहेर बनाएको हो भने ठिकै छ होला । थाहा छैन सायद पश्चिमी नेपालका मानिसहरुले त्यसै गरि पठाएका थिएकी लडाइको मैदानमा युद्द लड्नलाई‌‌‌‌ । म यस बिषयमा अनभिज्ञ छु तर मेरो पुर्वको सन्दर्भमा भने यो सतप्रतिशत झुठो छ ।

ललाइफकाइ जालझेल र जबर्जस्ती मा धेरै गाउले माओवादी भएका थिए । कति घरबार पढाइ छाडेर लापत्ता भएका अहिले सम्म घर आएका छैनन । यस मध्य मेरै घरकी एउटी बहिनी अहिले सम्म अधकल्चो पढाइमा रुमल्लीएर रहनु परेको छ । र मेरै कुरा गर्नु पर्दा म पनि कैयौ पटक भागेर सहरमा लुक्नु परेको तितो यथार्थ म सँग ताजै छ । हुन सक्छ त्यो मेरो कमजोरी होलाकी उनीहरु जस्तो महान युद्दमा बन्दुक बोक्न म जान सकिन । देश र जनताका लागि केही गर्न सकिन । त्यस बेला मलाइ ज्यान मार्ने धम्की दिने साथै मेरो परिवारका सदस्यहरुलाइ मानसीक तनाव दिने आदि कार्य कति भयो कति । दिनै पिच्छे दश पन्ध्र जनालाइ खाना खुवाउनु र महिनै पिच्छे चन्दा दिनु त मेरो परिवारको नित्यकर्म भएको थियो । यहि पिडा सहन नसकी आफ्नो प्राण भन्दा प्यारो मातृभुमिलाइ चटक्क छाडेर नया परिवेश नया माहोलमा रम्न अहिले सम्म बाध्य छन मेरा परिवार । यस्ता हजारौ लाखौ उदाहरणहरु जिवितै छन त्यस्ता पक्षलाइ भने केलाउन सकेको छैन लाल सलामले। भन्नै पर्दा हेर्नै पर्ने चलचित्र भने पक्कै पनि होइन लालसलाम ।

Tuesday, February 3, 2009

चेसुङ


"एउटा परिवार जो संग अलिकति पूर्ख्यौली सम्पती छ त्यही सम्पतीको तुजुक आफ्नो परम्परागत सामाजिक साँस्कृतीक कूरीतिलाई प्रसय दिदै आफ्नो क्षमता भन्दा माथी रहेर अहंपना प्रदर्शन गर्दा आफु र आफ्ना एक पुस्ते परिवारको बिस्थापन हुन्छ।"
समग्रमा यिनै कथा वस्तुलाई उनेर बनेको नेपाली चलचित्र हो चेसुङ अथवा कोशेली । यसमा कोशेलीको नाम उल्लेख गरेता पनि बिशेष गरी यो कीपट सँग सम्बन्धित चलचित्र हो । चलचित्रको नाम पुरै पृष्ठभूमी सँग नमिलेता पनि लिम्बु महिला दिदी बहिनीहरुको लगानीबाट बनेको कारण कोशेलीको रुपमा आएको चेसुङ नाम राखिएको निर्देशकको भनाई रहेता पनि नाम अलि नमिलेको आफै स्वीकार्छन् ।
पूर्वको एउटा लिम्वु परिवारको पृष्ठभूमी र लिम्वुवानको किपटलाई नजिकैबाट उधिन्नुका साथै किपट छाडेर जानुमा बाध्य बनाइएको मुख्य चिज कोशेलीको कारण हो भन्ने कुरा देखाउन खोजीएको छ यो चेसुङले ।चलचित्रमा २ जना सुब्बाहरु मध्ये ठूलो सुब्बाको भन्दा बढी धाक धक्कु देखाउन खोज्दा सानो सुब्बाको परिवार विस्थापित हुनुको कारण उ भित्रको अहंता र कोशेली प्रभावीत छ ।सानो सुब्बाले आफ्नो किपटमा जसले बढि कोसेली ल्याउछ उसलाई रैती बनाउने प्रथाको बिकाश गरी तिनै रैतिहरुले पछि उठिवास लगाएको दृष्य प्रमुख छ।
चलचित्रमा लिम्वु जातिको सामाजिक तथा साँस्कृतिक पक्ष जन्म, मृत्यु, बिवाह र उनिहरुको मौलिक रीतिरिवाजको प्रस्तुती निकै सवल छ । यस चलचित्रमा नया नै भए पनि कलाकारहरुले सशक्त्त अभिनय गरेको पाइन्छ । एउटा जाति बिशेषको चलचित्र नै भएता पनि समय परिवेशलाई ध्यानमा राखी सम्पूर्ण नेपालीले बुझ्ने गरी नेपाली भाषामै तयार पारिएको छ ।
देशबिदेशमा निकै चर्चामा रहेको लगानीको हिसाबले पनि निकै खर्चिलो चलचित्र क्याराभान साथै नुमाफुङको तुलनामा अलि कम नै भए पनि आफ्नो लगानीको हिसाबले भने निकै सशक्त छ । आर्थीक लगानीको हीसाबले थोरै भएता पनि नेपाली मूलधारको चलचित्र भन्दा बाहिर रहेर बनाइएको यस चलचित्रमा द्वन्द हासो रोदन देखी सबैकुरा राम्रो सँग समेटीएको छ । लाखौं लगानी गरेर बिना बिषय बस्तुको चलचित्र निर्माण गरी रहेका निर्माता निर्देशकको लागी थोरै लगानी र सामान्य प्रबिधि सहितको क्यामेराले पनि राम्रो चलचित्र उत्पादन गर्न सकिन्छ भन्ने गतिलो उदाहरण यसले दिएको छ ।
यस चलचित्रले जो सुकै मानीसले पनि घाँटी हेरी हाड निल्नु पर्छ भन्ने एउटा सन्देश बोकेको छ भने मानीस आफुमा रहेको अहं भावनाले कसरी पतन तर्फ धकेलिन्छ भन्ने यसको अर्को महत्वप‍ूर्ण सन्देश रहेको छ ।

Monday, September 15, 2008

युवाहरुको लागी उपयुक्त फिल्म सानो संसार


विन्दास जीन्दगीमा रमेकी एउटी शहरीया शभ्रांन्त परिवारकी युवती र एक सोझो सीधा युवाको जीन्दगीको सेरोफेरोमा तयार पारिएको सानो संसार मेरो शनिबारे छुट्टीको लागी उपयुक्त छनौटमा परेको थियो । तर यो अबसर जुटाइ दिएकोमा मेरो एउटा साथी विशेष धन्यबादका पात्र बनेका छन्। ख्याल ख्यालमा उबिल बनाएर हेर्न दौडिएकी म लाइ शहरीया युवाहरुको परिवेशमा तयार भएको यो चलचित्रले प्राय फिल्म अबधि भर नै हसाइ रह्‍यो । उरन्ठेउला र नारीहरुको सम्मान गर्न नजान्ने शहरीया धनाढ्‍य परिवारको कुपुत्र संग love चक्करमा फसेकी एक उच्च ओहदामा रहेका प्रहरी अधिकत बुवाकी लाड्‍ली छोरी विचको Love tragedy बाट सरु भएको फिल्मले 2.30 घण्टा विताउन साह्रै गाह्रो पर्दैन । फिल्ममा कसैलार्इ आँखा चिम्लेर माया गर्दा पाइएको धोकाका कारण सबै केटाहरुलाइ हेर्ने दृष्टिकोण एउटै हुन्छ तर यो समाजमा सबै बद्‍मास र फटाहा मात्र नभइ रवि जस्तो सोझो सिधा युवाहरु पनि हुन्छन भन्ने विषय बस्तुलाइ निक्कै राम्ररी चित्रण गर्न सफल भएको छ । फिल्ममा color combination चाँही बडा गजबको छ । color combination मात्र नभइ scene हरु पनि निकै मन लोभ्याउने खालकै छन ।
जे होस शहरीया तलाइ केन्दि्रत गरी युवानिर्देशक आलोक नेम्वाङ्गको निर्देशनमा बनाइएको यो फिल्ममा अहिलेको युवा जमातमा बढेको chatting प्रकृया र प्रभावलाइ राम्रै सँग उतार्न सकेका छन भने आधा उमेर कटिसकेका प’रुषहरु पनि मध्यरातमा चोरी चोरी F TV हेरी मनोरञ्जन लिन्छन भन्ने कुरालाइ पनि समेत प्रमाणित गर्न भ्याएका छन

अन्य नेपाली फिल्ममा भन्दा sequence मिलाएरै गीतहरु पनि हालीएको हुदा खासै नराम्रो भन्न मिल्दैन . अरुले के भन्लान त्यो त मलाइ थाहा छैन तर केहि Music Video र यो फिल्म हेरेको आधारमा भन्नु पर्दा सफल निर्देशकको स्थान आलोक जीले सुरक्षित् राख्न सक्ने छ ।

यति हुदा हुदै पनि केहि कमजोरीहरु पनि छन जस्तै load shedding
को वेला desktop सँगै laptop पनि एकै चोटी बन्दहुनु , पोखरामा रहेका रीतुका बुवा अचानक रविलाइ समात्न मलेखु पुग्नु तर छोरि ले थाहै नपाउनु , अनि रीतु वेहोस अबस्थामा हुदा सोझो पनमै किन नहोस रविले रीतुले लगाइ रहेको paint खोली दिन सोझो के यो हाम्रो समाजमा यो पच्ने अबस्था आइ सकेकै हो त?

रीतुले अर्धनग्न शरिरमा पल्टिनु के यो Scene नहाली फिल्म बन्दै नबन्ने हो र?

तर जे होस कलाकारहरुको पहिलो नै चलचित्र भए पनि भुमिका बेजोड नै छ भन्दा खासै फरक नपर्ला । समग्रमा भन्नु पर्दा नेपाली चलचित्र उद्योगमा थप एउटा इटाको रुपमा यो फिल्म तयार भएको छ ।