होस्टेल बसाइ सकिएको त निकै दिन भै सकेको रहेछ आज अचानक एक जना दिदीले झ्याउ शब्द निकाल्नु भयो र होस्टेलका ति दिनहरुको ताजा स्मरण हुन पुगे लौजा मलाइ पनि यहि बिषयमा केहि गन्थन मन्थन ब्लगमा ठेलि दिन मन लाग्यो।
शनिबार थियो क्यारे बिहानको लगभग आठ बज्न लागेको थियो ।सानी ओच्छ्यान भरी किताब फिजाएर बसी रहेकी थिइन्। उसको परिक्षा नजिकिइ रहेको थियो। सृजना ढोकाबाट साम्साम सुम्सुम छाम्दै भित्र छिरीन् कस्तो झ्याउ लाग्दो दिन, ओइ यहाँ को छ? किन दिदि सानीले जवाफ दिइन, ए मलाइ एकछिन तिम्रो किताब देउ न तिमी नपढेको बेला पढ्नु पर्यो कोर्सको किताब हेर्दा हेर्दा कस्तो झ्याउ लाग्यो । सानी र सृजना दुवै जना विद्यालय निरिक्षकको तयारी गर्दै थिए । परिक्षा नजिकिएकोले दुबैलाइ एउटै बुक पढ्नु थियो । सृजना आफै देख्न नसक्ने र पढ्न नसक्ने, हुनाले पुस्तक किनेकी थिइनन् तर सानीको पुस्तक नै मागेर अरुलाइ पढ्न लगाइ सुन्थिन। सानीको आफ्नो कलेजको पनि परिक्षा नजिकिएकोले गर्दा खाली समयमा सृजनालाइ किताब दिइ सहयोग गर्थिन।
ए केटी हो, खाना पकाइ सक्यौ की हल्ला मात्र गर्दैछौ? बीना पनि छिरिन् सानीको कोठामा । छैन । अरु उत्तर दिइ बस्ने फुर्सद सानीमा थिएन । अनि के के पुस्तक समाइ बसेकी नी सृजनाले चाही? बीनाले सृजना तिर प्रश्न तेर्साइन । ए यो वि.नि.को हउ छोटो उत्तर दिइन सृजनाले । उफ् खोइ सक्नु चै छैन के को बि.नि.को परिक्षा दिनु पर्यो नि तिमीलाइ? बीनाले अलि खसालेर बोलिन् हुन त उनको स्वभाबै त्यस्तै हो र पनि सृजनालाइ चित्त बुझेनछ क्यारे प्रश्नको हत्तपत्त उत्तर फर्काइ हालिन् तिमी नदिने मान्छेलाइ के को खस्खसनी ? सकुँ या नसकुँ यो मेरो बस्को कुरो हो नी । सृजना यो पटक रिसैले कड्किइन । होइन तिमी दशठाउ छाम्दै हिड्नु पर्छ त्यस्तो मान्छे कति दौडनु पर्छ वि.नि.मा अनि त्यो सक्दै नसक्ने काममा किन भनेको पो त सृजना रिसाएको भान पाएर थमथमाउनलाइ आतुर थिइन् बीना, म त एसो २,४ हजारको सजिलो काम पाएमा जान्थे पो । जागिरमा आफु एक्लो ज्यान त पालिइ हालिन्थ्यो नी , तर के गर्नु आफ्नो त कर्मै हारेको जहाँ गए नी दया गर्ने को छ र यहाँ ? एसो चिनेको कोही छ भने भनी देउ है नानी हो साह्रै भो एम. ए पढेर नी के गर्नु? जागीर नै पाउन गाह्रो म त वाक्क भै सके जीन्दगी देखि । केहि गर्ने जोश जागर पनि मरी सके ।
ति तिनै जनाको चालामाला मात्र हेरेर अवाक थिए म कुनामा । बीनाको यो वाक्यशंले सृजनालाइ फेरी पोलेछ क्यारे ह्या...........तिमी पनि जाबो २, ४ हजारले के नै आउछ र यो समयमा ? हेर नमरी बाचे एक न एक दिन आउला नी त हाम्रो नी पालो । अब त झन नया समाबेशी सरकार बन्दैछ । यस पालिको सभासदमा हाम्रा नी मान्छे जालान, संविधानमा हाम्रो हक अधिकारका बारेमा नी केही उल्लेख गर्लान्। किन तिमी यसरी हतास भएकी? म संसार नदेख्ने मान्छेमा त केही गर्ने आट छ, तिमीले त देख्या छौ नी बीना सम्पुर्ण कुरा । गर्न नसक्नु अलग कुरा होला तर यसरी तिमी हतास भएको देखेर चाहि झ्याउ लाग्यो मलाइ । कथाका दुबै पात्र शारिरीक रुपले अशक्त छन् जस मध्य एक आँखा देख्न सक्दिनन् भने एक स्पष्ट बाेल्न र साह् चिज निल्न सक्दिनन् तर दुबै जना त्रि बि बि मा सिङ्गल मात्र नभै डबल डिग्री गर्दैछन् । सृजना आँखा नदेख्ने नै भए पनि साहसिली छिन् केहि गरौ भन्ने भावना उनमा जिवित छ उनैको यो झ्याउ भन्ने शब्द भने थेगो नै छ ।
कुनामा बसि रहेको म नबोलु भनेको पनि सृजनाको साहस देखेर केहि बोलु बोलु लागेको थियो, उनको उत्साहमा खै किन हो केही कुरा थपुँ थपुँ लागेको थियो। तर दुबै जनाको गफ सुनेर एक मन भने त्यसै भारी भै रहेको थियो ।
आफ्नै आखाले टुलु टुलु ती २ साथीहरुका अवस्था नीयाल्न बाहेक केही गर्न सक्ने अवस्था छैन । म सँग रहेका यी त २ जना तर यस्ता सयौ अशक्तहरु यसरी नै संर्घष गर्दै गर्दै त्रि बि. बि. परिसरमा हल्ली रहेका छन् । यहा सम्म यतिका मेहनत, संर्घष र कष्ट गरेर आइ पुगेका उनीहरुको उच्च शिक्षाको कुनै कदर छैन । न त उनिहरुलाइ कुनै पकारको स्वरोजगार छ नत उनिहरु अन्य हामी सवलङ्गहरु झै दौड धुप गर्न नै सक्छन् । अझ कुनै ठाउमा जागीर खुल्यो भने उनीहरुले पनि हामी सवलङ्गहरु सगँ बराबरीमा प्रतिस्पर्धा गर्नु पर्ने बाध्यता छ । धन्य त्रि बि. बि. एउटा निशुल्क शिक्षा चाहि दिएको छ । तर सयौ सृजनाहरुले गरेका आशा कहिले पूरा होला? नेताहरु आफै कुर्सीका लागी लडि राखेका छन् यो देशमा संविधान कहिले लेखिने होला र ति संविधानमा अपाङ्ग र अशक्षमहरुका लागी अधिकार सुनिश्चित गर्ने होला? बल्ल बल्ल समाबेशी सरकार त बन्यो तर खै त नेपालमा रहेका सयौ सृजना र बीनाहरुको लागी अधिकार?
जस्तो सुकै परिस्थिती आए पनि Always be Positive and Always think Positive रे अब भोलीबादले गाँजेको यो नेपाली समाजमा फेरी पनि सबैकुरा भोली हुने गतिलो आशाका साथ भन्न मन लाग्यो
जय भोली।।
Wednesday, November 19, 2008
Friday, November 14, 2008
मगर मारुनि नाच
यो दृष्य एउटा मगर समाजको रमाइलो नाँचको हो। जसमा पूरुषहरु नै महिलाको भेष धारण गरेर नृत्य गर्ने गर्दछन् । आउनुस् यसै बिषयमा अलिकती जानकारी बाड्न मन लाग्याे।मानव सभ्यताको विकास जंगली युगबाट भएको हो भन्ने कुरा त हामीले विभिन्न एतिहासिक लेख रचनामा पाउन सक्छौं । त्यस युगका मानिसहरु भोजनका लागि बनजंगलमा पाइने फलफुल, कन्दमुल तथा जंगली जीबजन्तु हरुको शिकार गर्दथे रे । ति खाने कुरा अथवा शिकारलाइ भेला गरेर आगो बाली शिकारीहरु वरिपरि नाच्दै घुम्दै रमाउने खाने पिउने गर्दथे रे गीत, संगीतसँग मगर समाजको अत्यन्त गहिरो सम्बन्ध छ भन्ने कुरा पनि सुन्नमा पाइन्छ । मगरहरु गाएर, नाचेर कहिल्यै नथाक्ने र दर्शकहरु हेरेर कहिल्यै न अघाउने हुन्छन रे । मानिसले अनेकौ घटना, आस्था, विश्वासलाइ जोडेर परापुर्व काल देखि नै आफनो कला संस्कृतिलाई जीवन्तता प्रदान गरेको पाइन्छ।
Friday, November 7, 2008
आफ्नै दुइ पल
दिन आफनै रफ्तारमा दौडिएछ । रात सुलुलु चिप्लिएछ म भने भुसुक्कै निदाएको खरायो झैँ पल्टि रहेछु । तन्द्राबाट ब्युझिएर यसो हेर्दा आफु एक्लै रन्थनिएर ढल्कि रहेकी रहेछु । वास्तवमा सबैको त होइन मलाई लाग्छ संसारका केहि व्यक्तिहरुको दिनाचर्या पनि यसरी नै चिप्लिएको होला । आज व्लग Update नगरेको पनि करिव करिव २ महिना हुन लागेछ यतिका दिन वितेको पत्तै पाइन, साच्चै म निकै हराएछु । आफै लाई खोजीमारे, आफैले नभेट्ने ठाउमा लुकी बसेकी रहेछु । ताजा कुरा नै गर्नु पर्दा भुपेन दाइ इण्डिया फनफनि घुमेर फर्कि सक्नु भएछ, मेरै सोल्टिनी दशै तिहार मानेर कति जील्ला चहारेर फर्कि सक्नु भएछ । देशमा गृह मन्त्रिज्यू ले नाइट रेष्टुरेन्ट क्यासिनो मात्र नभै फुटपाथका पसल हटाइ सकेछन् । हुँदा हुँदा अमेरीकामा बाराकले राष्ट्रपतिय चुनाब जिती नयाँ इतिहास रचि सकेछन् म भने जहिको तहि थलिएछु ।
साथीहरुको ब्लग हेरी हेरे प्रगतीका शिखर चुम्न दौडिएर निकै नै अघि पुगी सक्नु भएछ, म भने जहिको तहि मात्र हैन १० कदम धकेलिएर निकै पछि परेछ र पनि ममा कुनै नयाँ जोश जाँगर र उमंगले जन्म लिनै सकेन, खैर केही छैन जीन्दगी हो चलुन्जेल चल्न दिनु पर्छ चल्न छाडे पछि जबर्जस्ति नै सहि चलाउनु पर्छ र चलाउँदै आएकी पनि छु। कुनै ठुलो बज्रपात पछि अतल्लिएको, अर्धमृत मानिस जस्तो । हुनत वास्तवमै मनमा आघात पुगे पछि चाहेको कुरा नपुगे पछि भनौ न पूर्ण हुन लागेको कुरा पूर्ण नभै दिए पछि निकै निराशाले मन छाउदो रहेछ साथै मनका जोश जाँगर मरेर आउदो रहेछ । रफ्तारमा हिडी रहेको बेला अचानक Track change भए पछि पुन Track मा आउन निकै कठिन पर्दो रहेछ । म पनि यहि Track मा आउने कोशिस मै निकै दिन विताइ दिए ।
वास्तवमै सपना देख्नु आफैमा नरामो कुरो त पक्कै पनि होइन तर देखिएका सपना अनि रचिएका कल्पना साकार नभए पछि मानीस एक पकार भित्र भित्र टुट्दो रहेछ । यसरी टुटिँदा डोरी र मेटासीटको साहारा लिइ आफैलाई समाप्त पार्दा रहेनछन् । म पनि यस २ महिनाको दौरानमा एउटा ठुलो सपना देखेर दौडी रहेँ कुनै दिन उफ्रिरहेँ कसैले सपना देखाइ दिदैमा म लाटी पनि हो न हो देखिइ रहे तर अचानक त्यो सपना विपना भइ चकनाचुर भइ टुटी दियो त्यहि देखि म पनि केही मात्रामा टुटिन पुगे आफैलाई धिक्कारी रहे । तर फेरी आफै न्यायधिश वनि आफैलाई कसुरदार ठहर्याइ अदालतको कठघरामा उभ्याइ दिए । यसरी उराठ जीन्दगी लिइ हरीयाली वसन्तको खोजीमा पंख फुकाइ फेरी अगाडी आइरहेकी छु ।
मानीसको जीन्दगी न हो कुनै दिन निकै ठुलो सपना देखिदो रहेछ । जुन जीन्दगीका गोरेटोहरुमा भेटीदा रहेछन् । साथ साथै चाडै नै मेटिदो पनि रहेछ । मेरो पनि यहि मात्रामा केहि विर्सन नसकिने गरी घटनाहरु घटे धेरै साथीहरुले Blog update नगरेकोमा गुनासो पोखाउनु भयो । आफै नै सजिव न निर्जीव भै रहेको अवस्थामा मैलै Blog update गरि निर्जिव तुल्याउनै सकिन । यस्तै क्रममा हामो कैलाश दिदीको कुरोले भने निकै घत पारेर छाड्यो मनमा । उहाँ पनि कुनै समयमा blog बन्द गरी अरुको Blog मा लेख्ने सोच बनाउन भा थियो रे, जडित जीले उहाँलाई जिवित पार्ने खालको केहि शब्दहरु उपहार दिनु भयो रे फलस्वरुप दिदीको Blog आज हाम्रो साम' विविध ख'राकका साथ अगाडी छ । जडित जीकै शब्दहरु सापटी लीएर मलाइ उक्साउनु भयो साच्चै चित्त वुझ्यो । उहाले भन्नु भएको बेला त खासै केही भएन तर जब घर फर्किएर आए त्यहि कुराहरु मनमा खेल्न थाल्यो। मध्यरातमा काम गरी रहेको वेला पनि बारम्वार दिमागमा आउन थाल्यो साँच्चै अरुको घरमा गएर बेस्सरी रोएर के पाइन्छ र ? लौ जा यसै बाहानामा तब थाले मनका भावना कपिमा पोखाउन, जति बेला रात निकै छिप्पिइ सकेको थियो, बाहीर कार्तिके चिसोले सम्पूर्ण संसार कठांग्री रहेको थियो, यहि चिसोलाई भगाउन बुनी रहेको मखलरको धागो र काटालाई फाली मेरा हातले कलम समाउन पुग्यो अनि कोरीन थाले यसरी यिनै मनका बहहरुः
कुनै दिन बायोडाटा बनाउदैमा त कुनै दिन University को Form भर्दैमा विताइ दिए
कुनै दिन पासपोर्टको लाइनमा त कुनै दिन सभासद ज्युसँग भेट गर्दैमा विताइ दिए
कुनै दिन डा....संगको भेटमा त कुनै दिन Internet धाउनैमा विताइ दिए
कुनै दिन कसैको शुभकामना त कुनै दिन कसैको बधाइ लिदैमा विताइ दिए
कुनै दिन घरमा दशै त कुनै दिन काठमाडौमा तिहार मनाउदैमा विताइ दिए
जीन्दगीको रफ्तारलाई यसै गरी विताइ दिए
कुनै दिन ठुला वडा भनाउदाको फोन पतिक्षा गर्दैमा विताइ दिए
कुनै दिन फोन त कुनै दिन सबैलाई मेल गर्दैमा विताइ दिए
कुनै दिन बा, आमा संग त कुनै दिन साथी संगै विताइ दिए
कुनै दिन बाहिर पढन जादैछु भनि Interview दिदैमा विताइ दिए
कुनै दिन आफ्नै सपना टुटेको खवर संकलन गर्दैमा विताइ दिए
कुनै दिन आफ्नै भाग्य र कर्मलाई दोष दिदैमा विताइ दिए
यसै गरि जीन्दगीका चारपल मात्र हैन मेरा २ महिना नै विताइ दिए

Thursday, September 18, 2008
प्रदुसित धुवा र मेरो परिवारको हरेक साँझ
स्वास्थ्य नै मानवको सबै भन्दा ठुलो धन हो तर आजका युवाहरुमा खासै आफ्नो स्वास्थ्यको चिन्ता देखिन्न । हुनत अरुको स्वास्थ्यको विषयमा मलाइ के को खस खस भन्नु होला तर विषय मेरो आफ्नो स्वास्थ्य सँग पनि सम्बन्धित छ । नेपाल एक आफ्नो देशको जनताको स्वास्थ्यको बारेमा चिन्तालिने देश भनेर पनि चिनिन्छ । तर पनि नेपाली जनता विश्वमा सबै भन्दा कम्ति प्रतिब्यक्ति पौष्टिक आहार उपभोग गर्नेहरु भध्ये पर्दछन। विचित्रको कुरो त के छ भने स्वास्थ्यका लाग हानकरक चित्र धुम्रपान भन्ने कुरा संसारले स्विकारे पनि चुरोटको उत्पादन गर्न र सेवन गर्न पनि नेपाली सरकारले नै उकासी रहेको देख्न सकिन्छ ।
खैर कुरो जति गर्यो उति लम्विने चिज हो अब प्रबेश गरौ विषय वस्तु प्रति म र मेरो परिवारका केही सदस्य सानै बाट धुम्रपान नगर्ने भए पनि बाल्यकाल बाटै चुरोटको धुवाको संसर्गमा हुर्कदै आएकी छु । गर्भवति हुनुहुदा मेरी आमाले पनि चुरोट निकै पिउनु हुन्थ्यो रे तर अहिले छोडी सक्नु भएको छ । म घरमा रहुन्जेल धुम्रपान चाही गर्दिन थिए तर धुम्रपान गर्ने मेरो वुवा संग संगै बसेर त् ख् हेर्ने गर्थे त्यसर्थ म लगाएत मेरो सम्पूर्ण परिवार अप्रत्यक्ष धुम्रपानेमा पर्न जान्थ्यौ । तर त्यसको मतलब अहिले चाही प्रत्यक्ष धुम्रपाने भएको चाही अवस्य होइन । त्यो वेला मैले बुवालाइ चुरोट त्याग्ने आग्रह गर्दा धुवा लागेको काठ कति वलियो हुन्छ तलाइ थाहा छ ? म पनि त्यस्तै बलियो हुन्छु भन्नु हुन्थ्यो तर त्यसको परिणम अहिले आएर विस्तारै देखिन थालिएको छ गजबले खोकी आउन थालेको अनुभव छ । अब घर छोडेर अन्तै डेरामा बस्दा त धुवाबाट टाढा होला भन्ने भ्रम थियो त्यो पनि कैलाश दिदिको भनाइ झै विन्दास डेरावालले हैरान्। प्रत्यक दिन साँझ ८ बजे पछि Ground Floreका दाइभाइहरुको धुम्रपानबाट निस्किएको प्रदुसित धुवा सिधै हाम्रो Flore मा आउने हुनाले मेरो सानो ५ वर्षकी बहिनी लगाएत मेरो परिवारका पाँचै सदस्य हैरान छौ ।
घर वा सार्वजनिक स्थलहरुमा धुम्रपान गर्ने यि मानीसहरुलाइ छुट्टै राख्ने ब्यवस्था नभएकाले तिनीहरुको संसर्गमा रहने हामी जस्तो पिडीतहरुले धुम्रपान नगरे पनि के नै जोगीयो र ?
धुम्रपान तथा मध्यपान बढि गरेको आरोपमा पहिलो महिना निकलिएका अनिशको परिवार भन्दा अहिले इन्जिनियरिङ्गका विद्यार्थी भनाउदा भाइहरुको धुम्रपान तथा होहल्लाको कारण प्रदुषत भएको वातावरणको कारण म र मेरो परिवारको हरेक साँझ धुम्रपान नगरे पनि धुम्रपान गरे सरहको परिणमबाट पिडित छौ ।धुम्रपानकै विषयमा केहि कटुता नबढेको पनि हैन ।शिक्षत ब्यक्तिहरुलाइ धुम्रपानबाट हुने खतराबारे भनि रहनु नपर्ने हो धेरै नेपालीहरुले मध्यपानलाइ गम्भिरता पुर्वक लिए पनि धुम्रपानलाइ खासै वास्तै गर्दैनन्। आजका युवाहरु त झन ओठमा दुध सुकेको हुन्न चुरोट उडाउदै हिड्छन । आजका युवाहरुमा त fashion नै भएको छ चुरोट तान्ने, चुरोट नपिउने र Social Drinks नगर्नेहरु त लाज हन्छ रे ।

धुम्रपान र ब्यक्ति वा पारिवारिक विनासका कुरा गर्ने मानिसहरु शिक्ष र पर्याप्त ज्ञानको अभावमा धुम्रपान र विग्रदो स्वास्थ्य विच सिधा सम्पर्क भएको बुझि दिएको भए म जस्ता लाखौ पिडितहरुको दैनिकी अलि सुखमय हुने थियो अझ भनौ मेरो जस्तो दैनिक दुर्गन्धित वा दुषत हावाको स्वास प्रस्वास लिइ हरेक साँझ गुजारा गर्नु पर्ने थिएन र निशुल्क धुवा सेवन नगरी स्वास्थ्यमा अलिकति भए पनि राहत महसुस गर्ने थिए होला

Monday, September 15, 2008
युवाहरुको लागी उपयुक्त फिल्म सानो संसार

विन्दास जीन्दगीमा रमेकी एउटी शहरीया शभ्रांन्त परिवारकी युवती र एक सोझो सीधा युवाको जीन्दगीको सेरोफेरोमा तयार पारिएको सानो संसार मेरो शनिबारे छुट्टीको लागी उपयुक्त छनौटमा परेको थियो । तर यो अबसर जुटाइ दिएकोमा मेरो एउटा साथी विशेष धन्यबादका पात्र बनेका छन्। ख्याल ख्यालमा उबिल बनाएर हेर्न दौडिएकी म लाइ शहरीया युवाहरुको परिवेशमा तयार भएको यो चलचित्रले प्राय फिल्म अबधि भर नै हसाइ रह्यो । उरन्ठेउला र नारीहरुको सम्मान गर्न नजान्ने शहरीया धनाढ्य परिवारको कुपुत्र संग love चक्करमा फसेकी एक उच्च ओहदामा रहेका प्रहरी अधिकत बुवाकी लाड्ली छोरी विचको Love tragedy बाट सरु भएको फिल्मले 2.30 घण्टा विताउन साह्रै गाह्रो पर्दैन । फिल्ममा कसैलार्इ आँखा चिम्लेर माया गर्दा पाइएको धोकाका कारण सबै केटाहरुलाइ हेर्ने दृष्टिकोण एउटै हुन्छ तर यो समाजमा सबै बद्मास र फटाहा मात्र नभइ रवि जस्तो सोझो सिधा युवाहरु पनि हुन्छन भन्ने विषय बस्तुलाइ निक्कै राम्ररी चित्रण गर्न सफल भएको छ । फिल्ममा color combination चाँही बडा गजबको छ । color combination मात्र नभइ scene हरु पनि निकै मन लोभ्याउने खालकै छन ।
जे होस शहरीया तलाइ केन्दि्रत गरी युवानिर्देशक आलोक नेम्वाङ्गको निर्देशनमा बनाइएको यो फिल्ममा अहिलेको युवा जमातमा बढेको chatting प्रकृया र प्रभावलाइ राम्रै सँग उतार्न सकेका छन भने आधा उमेर कटिसकेका प’रुषहरु पनि मध्यरातमा चोरी चोरी F TV हेरी मनोरञ्जन लिन्छन भन्ने कुरालाइ पनि समेत प्रमाणित गर्न भ्याएका छन
अन्य नेपाली फिल्ममा भन्दा sequence मिलाएरै गीतहरु पनि हालीएको हुदा खासै नराम्रो भन्न मिल्दैन . अरुले के भन्लान त्यो त मलाइ थाहा छैन तर केहि Music Video र यो फिल्म हेरेको आधारमा भन्नु पर्दा सफल निर्देशकको स्थान आलोक जीले सुरक्षित् राख्न सक्ने छ ।
यति हुदा हुदै पनि केहि कमजोरीहरु पनि छन जस्तै load shedding
को वेला desktop सँगै laptop पनि एकै चोटी बन्दहुनु , पोखरामा रहेका रीतुका बुवा अचानक रविलाइ समात्न मलेखु पुग्नु तर छोरि ले थाहै नपाउनु , अनि रीतु वेहोस अबस्थामा हुदा सोझो पनमै किन नहोस रविले रीतुले लगाइ रहेको paint खोली दिन सोझो के यो हाम्रो समाजमा यो पच्ने अबस्था आइ सकेकै हो त?

रीतुले अर्धनग्न शरिरमा पल्टिनु के यो Scene नहाली फिल्म बन्दै नबन्ने हो र?
तर जे होस कलाकारहरुको पहिलो नै चलचित्र भए पनि भुमिका बेजोड नै छ भन्दा खासै फरक नपर्ला । समग्रमा भन्नु पर्दा नेपाली चलचित्र उद्योगमा थप एउटा इटाको रुपमा यो फिल्म तयार भएको छ ।
तर जे होस कलाकारहरुको पहिलो नै चलचित्र भए पनि भुमिका बेजोड नै छ भन्दा खासै फरक नपर्ला । समग्रमा भन्नु पर्दा नेपाली चलचित्र उद्योगमा थप एउटा इटाको रुपमा यो फिल्म तयार भएको छ ।
Sunday, September 14, 2008
सुन्दर अनि शान्त लुम्बिनि तिर केही दिन घुम घाम का क्रम मा कैद गरेको केही तस्वीरहरु
Tuesday, September 2, 2008
गल्ति
पूर्णिमाको रात , टहटह जुनको उज्यालोले चन्द्राको नशा नशामा आफ्नै प्रकारको अनुभुति दिलाइ रहेको थियो । जताततै बनावटी बस्तुहरु मानिसलाइ जिस्काइ रहेका थिए । जहातति मानिसहरुको भिड र होहल्लाबाट आज चन्द्रा टाढा थियो नितान्त टाढा विलकुल एकान्तमा, शहरको होहल्ला धुवाधुलो र भिडबाट धेरै टाढा उसको आफ्नै गँउमा, जहा कृतिमताको आभाष केहिमा हुन्न थियो न त त्यहा गाडीहरुको घार्रघुर्र आवाज, न त फोनको घण्टि, चकमन्न गाउँहरु बति नपुगेकोले बस्तीहरुमा सानो सानो धिपधिपे दियालो बलेको मात्र देखिन्थ्यो । वरपर निकै अध्यारो गाउँ,यसो नियालेर हेर्दा सातकोष पर जति मसिनो मिलिमिली बत्त बलेको धरान बजारको एउटा छेउ देखिन्थ्यो त्यहाबाट । त्यसैले आकाशमा जून पनि आज मस्ति सँग आफ्नो उज्यालो प्रकाशको शक्ति देखाउदै नाची रहेको थियो ।चन्द्रा बाहिर बरण्डामा उभिएर वरपरका सुनसान गाँउलाइ नियाली रहेकी थिइन् कतै कतै भ्वाङ भ्वाङ भोटे कुकुरको भुकाइ बाहेक पारी जगंलमा कोइलीको एकोहोरो कुहु कुहु आवाज सुनिन्थ्यो,राती कराउने किरिरिरि किराको आवाजले अलि कति सगिंतमय बनेको थियो वातावरण। अनि नजिकैको खोला बहदाको कलकल आवाज आहा कति सुनसान,कति एकान्त कति शान्त साच्चै मैले चाहेको र खोजेकै जस्तो शान्त वातावरण, यहा बसेर पढे ता सबै दिमागमा बस्छ होला मन मनै वात मार्छिन् अनि अलि परतिर पट्टिको झ्यालबाट निस्केर बार्दलिमा उभिन पुग्छन् एकटकले नजिकैको मुलबाटोलाइ निकै बेर हेर्छिन अनि खै मनमा केके सोचे जस्तो गरि जून तिर हेरेर मुसुक्क मुस्कुराउछिन्, निकै वर्ष भै सकेको रहेछ उनि त्यहा नपुगेकी पनि समय कति चाडो वित्दो रहेछ । हिजो अस्ति भरखर जस्तो लागेको थियो छोडेर बाबा ममि सँग काठमाण्डौ गएको त्यहाबाट फर्केर त्यो जन्मभुमिलाइ चुम्ने सौभाग्य उनलाइ मिलेको थिएन ।
Subscribe to:
Posts (Atom)