थामेकि थिए अन्तरआत्मामा यादहरु धेरै धेरै पैले
अति निष्ठुरि नै बनि बस्यौ तिमी त्यहा जैले तैले
धेरै दिन पछि सम्झनाका पोकाहरु आज फोरे मैले
यहि निहुमा मनका भाव दुइ चार हरफ कोरे मैले
ढुँगालाइ नै नौनि बनाइ पगाल्ने सोच बनाइन कैले
समयले डाडा काट्यो बल्ल पछुतो लाग्दैछ निकै एेले
बिश्वास धेरै गरेकि या मायै गर्न जानिन कुन्नि मैले
टाढा रहि सम्झनाका कुइनेटामा बिताए समय धेरै पैले
यहि निहुमा मनका भाव दुइ चार हरफ बनाइ कोरे मैले
Friday, June 18, 2010
Tuesday, June 15, 2010
राजनीति

प्रकाश झा को प्रोडक्सनमा निर्मित हिन्दी कथानक चलचित्र हो राजनीति। रणवीर कपूर, अर्जुन रामपाल, अजय देवगन, कटरीना कैफ, नाना पाटेकर, नसुरद्दीन शाह लगायतका नाम चलेका हस्तीहरुको प्रमुख भूमिकामाँ बाधिएको छ कथा । एउटा राजनैतिक पृष्ठ भूमिमा आधारित रहेको छ कथा। कथा भारतीय प्रजातंत्र , भारतीय चुनाब को बारेमा रहेको छ। यसमा कसरी पार्टीको नाममा एक दुई जाना राजनेताहरुले भित्र भित्र सडयंत्र गरेर सत्ता हत्ताउछ्न भन्ने तितो बस्ताबिकता पनि झाल्काउन खोजिएको छ तर राजनीति, माया प्रेम, मिलन बिछोड देखि झै झगड़ा सबै मसला पुगेको छ यसमा।
कथाको सुरुवात भास्कर सान्याल(नसुरद्दीन शाह) को आगमन बाट हुन्छ उनी आदर्षबादी बामपंथी बिचार धारका नया नेता हुन्छन । उनी समाजमा नयापन दिनको लागी र पिछड़ा बर्गाको हितको लागी अगाड़ी बढिरहेको हुन्छ यसैमा साथ दिन कामरेड भारती आई पुग्छिन जो रामनाथ रायाका रास्त्रबादी पार्टी को नेता (चौध बर्ष देखि प्रांत का मुख्य मंत्री) की छोरी हुन्छिन। उनि आदर्शबादी नेता प्रति आकर्षित भएर आफ्नो पिताको प्रतिद्वंदी दलका नेता भास्कार सान्यालको रातो झंडा बोकेर अगाड़ी आउन थालेकि हुन्छन।चुनाब को दौरान साथ गाठ ले उनिहरु बिच निकै गहिरो दोस्ती बढ़ी सकेको हुन्छ, आफ्नो पिताको सामानका उमेरका नेता संग अनैतिक सम्बन्धको कारण भारती गर्भवती हुन पुग्छिन तर यता भास्कर सान्याल भने यो अनैतिक कर्यबाट आफै निराश भै सबैकुरा त्यागेर बेपत्ता हुन्छन ।
भारतीको गर्भबाट जन्मेको बच्चा सूरज (अजय देवगन) उनकै पिताको चमचा ब्रिज गोपाल (नाना पाटेकर उनलाई भारतीले दाई मानेकी हुन्छिन ) ले लगेर खोलाको किनारामा फालिदिन्छ्न। यस पश्चात ब्रिजगोपाल ले नै सम्झाई बुझाई गरेर एक रास्त्रबादी पार्टीका उदाउरो नेता चन्द्र प्रताप संग बिबाह गरी दिन्छ्न । चन्द्र प्रताप रास्त्रबादी पार्टीका सरकार प्रमुख भानु प्रतापका भाइ हुन्छन। चन्द्र प्रताप र भारतीबट जन्मेका छोराहरु हुन्छन पृथ्वी प्रताप (अर्जुन रामपाल) र समर प्रताप (रणबीर कपूर ) ।
राजनीतिक परिबेस परिबर्तन हुदै जाने क्रममा छोराहरु पनि हुर्कदै जान्छ्न। एता पृथ्वी प्रताप बुवा र ठुलो बुवालाइ राजनीतिमा सहयोग गरिरहेका हुन्छन त समर अमेरिकामा अध्यनरत हुन्छन। उता भारतीको प्रथम पुत्र सूरज भने गाउमा उनीहरुकै नोकरको छोराको रुपमा पलीबढी रहेका हुन्छन । त्यों कुरा न त आमा भारतीलाइ थाहा हुन्छ न त सूरज लाइ नै। उनी गाउका गरीब निमुखा का नेता बनी सकेका हुन्छन भने एक कुशल कबड्डी बाज पनि ।
समर आफ्नो ठूला बा भानु प्रतापको जन्मदिन मनाउन अमेरिका बाट फर्केका हुन्छन यतिकैमा इन्दु (कटरीना) को आगमन हुन्छ । उनी चंचली चुलबुली र राजनीति प्रति पनि कही चासो रखने हुन्छिन । उनी समरको सानै देखिको साथी aहुन्छिन । अझ उनी समरलाइ आफ्नो प्रेमी कै रुपमा राखेकी हुन्छिन। समरको भने अमेरिकैमा एक अमेरिकन केटी सराहा संग माया बसेको हुन्छ तर इन्दु र उनको घर परिवार भने एस बट बेखबर हुन्छन । भानु प्रताप अचानक बिरामी परे पछि भानु प्रताप को छोरो बिरेन्द्र प्रताप (मनोज बाजपेई ) र पृथ्वी प्रताप बिच निकै कुर्सी को ताना तान हुन्छ । यसमा चन्द्र प्रताप लाइ मुख्य मंत्री बनाउने होड़ मा पृथ्वी रा चन्द्र लागी परेका हुन्छन । उता बिरेन्द्र लाइ यो कुरा मंजूर हुदैन। यही समयमा सूरज पनि आफ्नो गाऊ ठाऊ बाट पार्टीको टिकट माग्न पार्टी कार्यालय आई पुगेको हुन्छ । यता बिरेन्द्र प्रताप पार्टी माहोलमा एक्लिरहेको बखत सोझो र इमान्दार लक्का जवान साथ भेट्दा यही मौक़ा हो भन्ने बुझेर सूरजलाइ साथ लिन्छ्न ।

समर अमेरिका जानू अगाबै एक साझ आफ्नो मन को कुरा खोल्न सझ्को खाना संगे खाने ब्याबस्ता गरेकी हुन्छिन तर समर आफ्नै दुनियामा ब्यस्त हुन्छ त्यसबाट उनीहरु बिचको मित्रतामा कही फाटो आएको हुन्छ । समर फेरी पुन अमेरिका फर्कने तयारीमा हुन्छन । बिरेन्द्र प्रताप मुख्या मंत्री बनना को लागी उपाया रची रहेको हुन्छ तर यता चन्द्र प्रताप को जगजगी को अगाड़ी उसको केही लाग्दैन । त्याही मौक़ा खोजीरहेकै बेला चन्द्र आफ्ना छोरा समरलाई पुराउन जाने निधो गर्छन । यो कुरा सूरज ले थाहा पाए पछि बिमंस्थल बाट घर फर्कने क्रममा बाटो मै समाप्त गरि दिन्छ्न। यो थाहा पाए पश्चात समर फेरी घर फर्केर आउछं र बदला लिन सुरु गर्छन । सूरज र बिरेन्द्र प्रताप ले सके सम्म समयको सदुपयोग गरेका हुन्छन तेहि मौक़ामा पृथ्वी प्रतापलाइ पुलिस कुटेको आरोपमा पक्राऊ गराउछं बिभिन्न मुद्दामा अल्झई जेल मै राखन चाहन्छन यो कुरा थाहा पाए पछि समर ले चाल खेल्छं र सबै उलटा पुल्टा परी दिन्छ्न तर हरेक सँग राजनीतिक मामलामा अगाडी बढ़न अर्थ को निकै ठुलो भूमिका रहेको हुन्छ । यहाँ समर र उनको परिवारमा पनि त्यही कुरा दोहोरिन्छ तर फेरी पनि राजनीतिक चाल मा छल मारेर समरले आफ्नो झुटो माया को नाटक देखाई उसको बुवा संग हात माग्न पठाउछन तर इन्दुका बुवा फेरी अजब कै छन। उनले जो मुख्य मंत्री हुनेहो उसलाई मात्र छोरी दिने सर्त राखे पछि अझ समर लाइ सजिलो हुन्छ। यता आफ्नो दाई पृथ्वी र इन्दुको बिबाह गरी दिन्छ्न ।
एतिकैमा उनकी आफ्नी प्रेमिका सराह घर आई पुग्छं अमेरिकाबाट । यस पश्चात भने समरको नाटक इन्दुले थाहा पाउछीन। समर को स्वार्थी पन देखेर इन्दु निकै चिंतित हुन्छिन । सराह पनि कुरेनी नै भये पनि सहयोगी खालको देखौना खोजेका छन यहाँ समर आफु जस्तो सुकै भये पनि सराहलाइ साचो माया गरेका हुन्छन उनी हरुको संबध बाट संतान कोख मा आइसकेका हुन्छन तर सरह ले केही समर को बारेमा साचो कुरा थाहा पाए पछि झगड़ा हुन्छ पुन समझौता मा आए पश्चात सराह अमेरिका फर्कन लग्छिं एतिन्जेल्मा इन्दु ले पनि पृथ्वी लाइ अन्गली सकेका हुन्छिन तर सूरज र बिरेन्द्र प्रतापको चालबाट कार बम ब्लास्ट हुदा पृथ्वी र सराह को ज्यान एक छाक हुन पुग्छ ।
त्यस पश्चात् पुन कथा ले अर्को मोड़ लिन्छ । अत्ति भए पछि ब्रिजगोपाल सूरजको आमा बुवा संग पुग्छंन र धम्की दिन थाले पछि मात्र सूरजको असली पहिचान खुल्न पुग्छ । यो सबै कुरा भारतीलाइ बताऊँन ब्रिजगोपाल समय लगाउदैनन । यस पछि सूरजलाइ भेट्न तुरुन्तै पुग्छिन भारती । सबै ब्रितान्त सुनाइ सके पश्चात घर आउन आग्रह गर्छिंन सुरजलाइ तर इमानदार र निश्छल स्वभाबका सूरज उनी संग घर जान मान्दैनन । कथामा इन्दु मुख्य मंत्री पनि हुन्छिन यो सबै कुरा नभन्दा नै जाती होला । सबै कुरा येही लेखे पछि फिल्म हेर्नुको मजा नि आउदैन ।
चलचित्र समग्र मा ठीकै मात्र बनेको छ। भन्न त प्रकाश झाले यो राजनीति चलचित्र बनाऊंन र पात्रहरु छान्नमा ६ बर्ष खर्च गरेका छन भन्थे तर पनि तेस्तो बिधि कुनै नया सन्देश र नया नौलो पना थपिएको छैन । अरुको भूमिका राम्रै भए पनि कटरीनामा नेत्रीको जस्तो तिखारिएको आवाज पाइदैन। मेरो अनुभवमा उनलाई देख्नमा इन्दिरा गाँधी झै देखीए तापनि यो रोल अली सुहाएन।
Wednesday, June 9, 2010
(समय चक्र)
रातको १२ बजेको हुदो हो, कानमा एकतमासको आवाज आएर ठोकिन्छ । अनी म यसो आवाज नियाल्छु, पल्लो घरको इभा (नाइगेरियन केटी) रहिछे । उसको हरेक रात मध्यरातमा घरमा आएर रडाको मच्चाउने बानी परेको छ। हाम्रो फ्लाट जोड़ीएको हुनाले सानो सानो आवाज पनि सवै थाहा पाइन्छ । म उसको त्यो कोलाहल कम गर्न झ्याल साथै भेन्टलेसन लगाउछु । रातको खै कतिन्जेल सम्म रडाको मच्चियो कुन्नि, आँखा पोलर…… बल्ल बल्ल निदाएकी थिए, बिहान ९ बजे तीर मात्र एकैचोटी निंद्रा खुलेछ । उठने बित्तिकै मुख सुख धोएर बहिर निस्केकी थिए याना (इभाकी आमा ) लुगा सुकाउदै रहिछन ।
Tuesday, April 13, 2010
नयाँ बर्ष
फेरी आयो एउटा नया बर्स सधै सधै झै
नया उमंग नया जोश नया बिहानी संगै
नया पालुवा साथै नया बिचार लिएर
बिगतमा शुभपलहरु खोसिये पनि
हामीले हिम्मत हार्नु भने पक्कै हुन्न
एक दिन खोसिएका ती शुभ दिन आउने छन पक्कै फर्केर
हिजो हामी पिल्सिएका थियौ तर
आशा गरौ आउने दिन शुभ हुनेछन
हाम्रा अधरका मेटियेका खुशीहरु आउने छन एक दिन फर्केर
जब कि पुराना बर्षहरु हामीसँग दुखित भएर बिलाए
अब अन्तरात्माबाट पुकारा गरौ
नया सालको शुभकामना संगै शुभ पल को पनि कामना गरौ
खुशी मनाऔ सधै सधै देश र जनता सबैको हितको लागी
प्रतिक्षारत बनौ आउने अरु नयाँ बर्षको
जून सधै शुभ शुभ रहनेछन सोचे भन्दा शुभ
त्यसैले आउनुस ---खुलेर स्वागत गरौ नया बर्षको
शैशवकाल लिएर आएको छ
एउटा नया बिहानी, एउटा फेरी नया बर्ष
यो बर्षलाई नयाँ इतिहास बनाउ
आशा गरौ यो बर्ष साचै नया बन्ने छ
बसंतको पलुवा झै हरियाली बनेर
हरेक नेपालीको मन मस्तिस्कमा छाउने छ
नकी नया नेपाल जस्तो
यो नया बर्ष साचै नया बन्नेछ
यो नया बर्ष सचिकैको नया बर्ष भएर जानेछ

Saturday, March 13, 2010
आमा

रोजी अस्पताल भर्ना भएको पनि पैतीस दिन भै सकेछ । आफन्त तथा नर्स जे भने पनि दीन रात सेवारत संगीता छीन साथमा। उनको मुहारको झलक हेर्दा लाग्छ अव संगीता र उसको सेवा देखि पनि दिक्क लाग्न थालेको छ रोजीलाइ। घरी घरी बक्थिन उनी 'मलाई यो निलो लुगा देखि पनि वाक्क मात्र हैन घिन लाग्न थालेको छ । उठेर दौडौ भने पनि साहस छैन रत्ती भर आफूमा,कसैलाई भनु भने पनि यो संगी बाहेक कोही छैन, यसैलाइ भनु भने ज्यान गए लाने हैन यसले'। बाहिर चौरमा मसिना 8,10 बर्षका बाल भूराहरु दौडेको देखेर आफ्ना बिगत सम्झन पुक्थिन 'म पनि १२ वर्षको हुदा त्यै परको पार्कमा यसै गरी उफ्रंन्थे त्यो रातो टल्कने जामामा सेतो स्वेटर,पुतली पुतली भएको त्यों पिंक जुत्ता । भाई १० वर्षको हुदा आमाले ल्याइ दिनु भएको दुइजनाको उस्तै उस्तै झोला......... । त्यो वेला प्रत्यक शनिबार वुवाको छुट्टीको दिन ड्राइ पिकनिक जस्तो पार्कमा रमाइलो गर्न जानै पर्ने हाम्रो वालहठलाइ नकार्न नसकेर वावाले एक दिन बिरामीको वाहाना बनाइ सुत्नुहुदा आमा डरले रुनु भएथ्यो.........लामो सास फेर्दै बोल्थिन, उफ ....... अव त याद मात्र बाकी रह्यो केबल मधुरो छाया जस्तो याद ।
Saturday, February 20, 2010
आखिर मानिस सबै ठाउका उस्तै हुदा रहेछन
भनिन्छ मानिसहरु पृथ्वीका चेतनशील र बाठो प्राणी हो कुनै कुनै बेला लाग्छ साच्चै मानिसहरु चेतनशील र बाठो प्राणी हुन तर कुनै कुनै कुराले भने चेतनशील मात्र हैन चाहिने भन्दा नि धेरै बाठो हुदो रैछन भन्ने लाग्छ । मलाइ मनमा केहि प्रश्नहरुले जहिले पनि घचघचाइ रहन्छ कि मानिसहरुमा प्राय किन नकरात्मक कुराहरुले धेरै डेरा जमाउछ? साथै मानिसहरु किन धेरै लोभी हुन्छन? मलाइ यसै प्रसँगमा एउटा गफ गर्न मन लाग्यो र यहा उपस्थित भएक छु । म अहिले करिब २ महिना देखि एउटा च्यारिटी पशलमा सहयोग गरि रहेकी छु त्यहाँ जादा देखिको एउटा रमाइलो कहानी यहाँ बाड्न चाहिरहेकी छु।
यो एउटा सामान्य च्यारिटी पसल हो। यसले जम्मा गरेको रकम क्यानसर रिसर्चको लागि जम्मा हुन्छ। प्राय यहा अरुले डोनेसन गरेका सामानहरु बिक्रि हुन्छन तर क्यान्सर रिसर्च अफिस बाटै पनि केहि नया चिजहरु पठाइएका हुन्छन जस्तै झोला ग्रीटिंग कार्डहरु, मसिना खेलौनाहरु साथै महिलाहरुको लागि सृंगारका केहि सामाग्रीहरु । त्यस भन्दा बाहेक अरु प्राय सबै लोकल बासिन्दाहरुले डोनेशन गरिएका सामाग्रीहरु नै बेचिन्छन । यहाका आफ्ना घरमा प्रयोगमा नआएका प्राय सवै वस्तुहरु ल्याइन्छन र दिन्छन। हामी त्यस्तै वस्तुहरुबाट राम्रा राम्रा सामानहरु छानेर बिक्रि गर्छौ धेरै जस्तो मानिसहरुले त नया नया सामग्रीहरु नै ल्याएर दिन्छन जस्तै नया किनेका लुगाहरु ट्याग सहित ल्याएर दिन्छन, त कोहिले नया जुत्ताहरु साथै ब्याग, पर्दा तन्नाका कपडा तथा अन्य सजावटका सामग्री,घराएशी काममा प्रयोग गरिने भाडा वर्तन गिलास तथा प्लेट, केटा केटिका लागि खेलौना पुस्तक साथै CD,DVD,RECORDS,VIDEO आदि आदि । यहा आएका अन्य बेच्न नसकेका सामग्रीहरु पनि हुन्छन तिनलाई पनि ठुल ठुला पोलेथिनका कालो निलो र रातो ब्यागमा हालेर राखिन्छ जसको फेरी छुट्टै पैसा आउछ ।
यस प्रकारका पसलहरुमा अन्य पसलमा भन्दा आधा नै दाम सस्तोमा समानहरु पाइने हुनाले प्राय मानिसहरु किनमेल गर्न आउने गरेको पाइन्छ तर सबैको सोच एकै प्रक्रारको कहाँ हुन्छ र?? दस थरि मान्छे दस थरि सोच । कसैको कुन धुन हुन्छ कसैको कुन । यस्ता पसलमा आउने मानिसहरु केहि सहयोग गर्ने भावनाले आए पनि सवै जना क्यान्सर रिसर्चको लागि सहयोग गर्न आएका हुन्नन । कतिपयको दाउ अर्कै हुन्छन । धेरैजसो मान्छेहरु मनमा लोभ र पाप बोकेर पनि आएका हुदा रैछन। मैले सोचेकी थिए हाम्रा मुलुक र छिमेकी मुलुक भारतमा मात्र तेस्ता मान्छेहरु होलान तर हैन मेरा सोच गलत रहेछन । यहाँका पनि कति पय मानिसको सोच चोर्ने छल्ने सके सम्म टाप टिप् पर्ने नै हुने रहेछ ।
यस्तो चारै तर्फ सिसि क्यामेरा जोडेको ठाउँमा पनि सके सम्म आँखा छल्न खोज्छन त्यस्ता ग्राहकहरु । पहिला पनि त्यस्तो घटना घटेको थियो रे । म जान थालेको २ महिना मै पनि करिब प्रत्यक हप्ता जस्तो एउटा न एउटा त्यो सोच बोकेको ग्राहकहरु आउने गर्छन यहाँ । हेर्दा हामी जस्तै युवा तर आँखा झिमिक गोटी गाएब पर्न मा खप्पिस हुदा रहेछन । कति जना त जाडोको मौसम बाक्लो बाक्लो र लामो लामो ज्याकेट कोट लगाएर आउछन एसो उसो गरेर थाहै नपाई गोजीमा समान पसाई सक्छन । कति त फितटिंग रूममा पसेर आफ्नो लुगा भन्दा भित्रि पसलको लुगा घुसाएर निस्कन्छन । कसै कसै भने पालाक पुलुक आखा घुमाइ हातमा सामान लुकाइ भाग्ने प्रयत्न गर्छन ।
यहाका स्थाइ बासिन्दाहरु त त्यस्तो गर्दैनन् तर हेर्दा उस्तै देखिने अंग्रेजी राम्रो बोल्न नजान्ने आयेरलैंड तिरका आइरिसहरु केहि पोलिशहरु केहि भारतीयहरु भने बेजोड चोर्ने रहेछन । उनीहरुका खानदान नै चोर्ने हुन्छन रे भनेर पनि सुनेकी छु । हुन नि काम केहि गर्ने होइन ति आमाहरु, सजिलो पनि सार्है सजिलो यहाँको कानुन! बच्चाको पनि चाइल्ड बेनिफिट, बेरोजगार भो त्यो पनि बेनिफिट, बृद्ध बृद्धा भो त्यो पनि बेनिफिट सबै सबै जहाँन परिवार सरकारले पलिदिए देखि केको लुतो न कन्याई? हप्ता भर काम गर्यो अन्तमा मस्ती गर्यो । भए भरको पैसा सक्यो न त छोरा छोरि पढाउनु छ न त आमाबाबु पाल्नु नै?? बिबाह गर्नु यहाको मानिसलाइ जरुरि छैन । पाटनर संग बस्यो, घ्याल गयालती बच्चा जन्मायो, तिनै बच्चा को बेनिफिटबाट छाक टार्यो । अनि तिनै मसिनो बल्भुराहरुलाई लिएर बजार चाहार्न गयो । भुराहरुलाई एका तिर छोडिदियो चक चक गर्न, के के टिप्न अनि आमाहरु चाहि समान लुकाउन सुरु गर्यो। शनिबार र आइतबार अन्यत्र पसल बन्द भएको कारण प्राय मानिसहरु यहाँ आउने गर्छन ।
गत हप्ता, त्यो भन्दा पहिलो हप्ता, सानो तिनो चोरी थाहा थियो आज त हेर्दा हेर्दै समान नै गायब बनाइन एक महिलाले । कस्तो अचम्म सबै खानतलाशी गर्दा त भित्रि ज्याकेटको नि भित्रि गोजीमा लुकाकी रहेछिन सामान । चोरी पक्री सक्यो लाजै पचाएर सरि भन्दियो सक्यो । हैन आखिर मानिसमा एस्तो सोच किन आउछ? तेस्तो बिधि नपुग्ने, चोर्ने पर्ने जस्तो अवस्था पनि देखिन्न हेर्दामा तर पनि चोर्नेले गलत काम गर्नेले गरेकै हुन्छन । वास्तवमा व्यवहार साच्चै अनौठो हुन्छ हामी मानब प्राणीको। त्यसैले भन्नै मन लाग्छ गोरो होस वा काला, अग्ला होस वा होचा आखिर मानिस मानिस नै हुन सबै ठाउका सवै रँगका । सवैको सवै सँग सवै व्यवहार नमिले पनि केहि न केहि गुण भने पक्कै मिल्दो रहेछ ।

Monday, February 1, 2010
नदि जस्तै म
बगेर यहाँ सम्म आइपुग्दा
बाटो भुलेर आफै अल्मलिएँको छु!
सर्वस्व सुम्पेर आँखा चिम्लेर उफ्रन्दा
माखे साँङलोको जन्जरमा फसेको छु
सँसार आआफ्नो छ
ताल, सुर आफ्नो छ
खाली बिजिनेस बिजिनेसको छाल उर्लेको छ
मान्छे माथि मान्छे चढ्न उक्साउँदै छन् मान्छेहरु
उत्सर्गका लागि पालो पर्खदै छन् मान्छेहरु
चीत्कार थिच्दै जयजयकार उर्लेको छ ज्वालामा
म बिचैमा निथुक्क भिजेर एकछिन रोकिएको छु !
उड्ने आकासतिर
बग्दाबग्दै रोकिएर रमिता हेर्दैछु म एकछिन !
बिदेसिनेको हुल देखेर म त्यहा भित्र हराउदै छु
मर्नु बाँच्नुको दोसाँधमा
अनि
बग्नु नबग्नुको दोधारमा फसेर
मान्छेले उचाल्नु धकेल्नुको अर्थ नबुझेर
अहिले म अल्मलिएको छु
दोभान नभेटेर दोधारमा
आज अचानक नमिठो सँग ठोक्किएको छु
अगाडी बढ्ने बाटो नदेखेर अक्मक्किएको छु,
मन भरि पिडा र वेदना बोकी छट्पटिएको छु!
आफ्नो धरातल बिर्सदा कता जाउ भनि बिचैमा ठिङ्ग उभिएको छु!

Subscribe to:
Posts (Atom)