Tuesday, December 11, 2012

Voice of Voiceless

Voice of Voiceless:

They can't speak out as us, they can't read and write as us but they do have their feelings as ours. being as a human being they also do have their desire as ours, they also wanted to live freely as us, they don't have enough power of money as others but unfortunately they can't share their own feelings with others.  Yes they are real poor people who lives in Magurmadhi  5 magar tole Mechinagar Jhapa.

Thursday, July 19, 2012

राष्टिय स्तरको मगर सेमिनार सम्पन्न


यहि अषाढ ३० र ३१ नेपालका बौद्दिक मगरहरुको जमघटका साथ मगर सेमिनार भक्तपुरको नगरकोटमा सम्पन्न भएको छ । कार्यक्रम उत्घाटनका क्रममा बक्तब्य दिनुहुदै मगर जातिको भाषा संस्कृति चाड पर्वमा धेरै विबिधता रहेकोले यस विषयमा एकरुपता ल्याउन सेमिनारले सहयोग गर्ने विश्वास कार्यक्रमको प्रमुख अतिथि तथा नेपाल आदिबासी जनजाति उत्थान राष्टिय प्रतिष्ठानका उपाध्यक्षा झक बहादुर थापाले व्यक्त गर्नु भएको थियो । कार्यक्रममा प्राध्यापक केशरजंग बरालमगरले प्रमुख बक्ताको रुपमा मगरहरु सिप र ज्ञानमा धनी भएता पनि मगरहरुको पहिचान लोप हुने अवस्थामा पुगेको बताउनु भयो । मगरको सिप र ज्ञानलाई न त राज्यले सम्बोधन र जगेना गर्न सक्यो न त मगरहरुबाट नै जर्गेना गर्ने प्रयास भयो उहाले बताउनु भयो ।

Saturday, July 7, 2012

भाषिका र लवजको विबिधता



म मगर, मगर गाउमै जन्मि हर्कि बढेर भाषामा पोख्त भएर आएकी हुँ । मलाई मेरो क्षेत्रमा बोलिने भाषिका सबै आउछ तै पनि कहिले काहि आफै असमज्जमा पर्छु कि म भाषा जान्दछु कि जान्दिन । जान्दिन भनौ भने सबै आउछ, जान्दछु भनौ भने कति कुरै बुझि्दन । मगर जाति भित्र ३ वटा भाषिकाहरु छन्। काइके, खाम पाङ र ढुट, काइके र खाम त कुन चराको नाम हो पनि थाहा छैन तर म ढुट सबै जान्दछु तर वास्तबिक अर्थमा जान्दिन पनि । गोलमाल.........................। किन त भन्दा खेरि लवज फरक छन् हाम्रो । मगर बस्ति स्थानान्तरणका कारण लवज फरक हुन पुगेको छ जसले गर्दा मातृ भाषा जान्दछु भन्दा भन्दै पनि नजानिदो रहेछ । पर्वि पहाडी जिल्लाहरुमा बोलिने ढुट भाषिका प्राय एउटै हुन्छन् र लवज पनि केही थोरै भिन्नता भएता पनि ८० प्रतिशत मिल्न जान्छ । तर भौगोलिक हिसाबले हने हो भने पव र पश्चिमी भु भागका एउटै भाषिकामा पनि कति धेरै फरकपना छ । हामी हाम्रो पर्ूर्वी क्षेत्रको ढुट सबै ठिक छ भन्दछौ तर पश्चिम तिर त्यहि गलत भइ रहेको हुन्छ त्यसैले पनि हाल बनि रहेको पाठ्यक्रमलाई अध्यापन गराउनमा धनकुटाका मगर शिक्षकहरुलाई हम्मे हम्मे परेको छ ।

Wednesday, July 4, 2012

पारदर्शीता, जवाफदेहीता र सुशासन

धनकुटा जिल्लामा सञ्चालित भई रहेका भौतिक पर्वाधारका निर्माणहरु -धारा, पुल, भवन तथा सडक निर्माण) मा लाखौको रकम खर्च गरि रहेको छ । यसरी खर्च गरिएका भौतिक पर्वाधारहरुको सहि तरिकाले कार्यान्वयन भै रहेको छ या छैन भनि विभिन्न निकायहरुले अनुगमन कार्यहरु गरि रहेकै भए तापनि कतिले पारदर्शिता कायम गरि रहेका छन् त कति पारदर्शिता र जबाफ देहीताबाट टाढै रहेका छन् । अझ नेपाली समाजका केही गाऊहरु त यस्ता विकासका पवाधार वा योजनाहरुबाट धेरै पछाडी नै छन् । सम्पर्ण् पछाडी पारीएका जातीहरुको विकास गराउछौ भनेर माथिल्लो तहमा बस्ने मानिसहरु जति सुकै कर्र्लिएता पनि ती क्षेत्रमा बिकासका पर्वाधारहरुको पहुँच पुग्नु एकादेशको कथा मात्रै हुन लागेको छ । केही समाजका टाठाबाठा ठेकेदारले योजना पारेर वा केही समाजका युवाहरु जागृत भएर योजनाहरु लाने प्रयास गरेतापनि पर्याप्त पैसा नपुगेर आधा काम गरि अलपत्र परेको अवस्था छदैछ भने केही योजनाहरुले विकासको नाममा बिनास निम्त्याइ रहेका पनि छन् ।
  धनकुटा जिल्लामा भौतिक पर्वाधारहरुको निर्माण: अवस्था

Monday, July 2, 2012

लुट



नेपाली चलचित्र भन्ने वित्तिकै नाक खुम्चाउने हामी नेपालीहरुको लागि अब भने केही थोरै भए पनि राहत मिल्ने प्रकारको नेपाली फिल्महरु बजारमा आउन थालेका छन् ।

नेपाली समाजमा हर्ुर्किदै गरेको बेरोजगारिपना र आजका नेपाली युवाको आवश्यकता, चाहाना  जस्ता विषयहरुको अभावलाई बिश्लेषण गर्न खोजिएको छ भने ति अतृप्त चाहाना र अभाबका कारण कस्तो सोच उत्पन्न गराउदै छ समाजका युवामा भन्ने कुरा राम्रै सँग चित्रण गरिएको छ । अझ भन्नु पर्दा चलचित्र लुटमा मानिसलाई पैसाले कति सम्म गिराउछ भन्ने कुरालाई राम्रै सँग देखाएको छ ।

Tuesday, June 19, 2012

मेरा जीवनका पाना


र्सवप्रथम नेपाली बिर गोर्खाली नारी गौरा प्रसाइलाई क्रान्तिकारी लाल अभिबादन अनि सलाम । गौराको संर्घष, हिम्मत र साहसलाई सलाम अझ एउटा नेपाली समाजमा हर्र्की बढेकी चेलीले कोठी सम्म पुगेर आफ्नै अस्मिता लुटाइएका जीवनका तिता भोगाईलाई पृष्ठभुमी बनाइ पाठक सामु राख्ने हिम्मतलाई झन धेरै सलाम ।

हामी मानब जाति सबैको व्यक्तिगत पानाहरु हुन्छन्, आफ्ना आफ्नै किस्सा अनि संग्रह । फरक यत्ति हो कि कतिले जिबनका पानाहरुलाई र्सार्थक रुपमा पल्टाउछन् कतिले निर्रथक बनाई पल्टिन दिइ रहन्छन् त कति को अर्थ हिन पाना आफै आफै पल्टिइ रहन्छन । जीवन भोगाईका क्रममा कतिले जीउनकै लागि साहसिलो पाइला चाल्नु पर्ने हुन्छ त कसैले सरल सुकोमल गलैचामै मात्र गुजारा गर्न पनि पाएका हुन्छन् । यस्तै जीवनाका कथा, गाथाको संगालो हो मेरा जीवनका पाना । गौरा प्रर्साईको यस उपन्यासका महिला पात्र जो आफै भएर लेखिएको छ वास्तवमै शाहसिली र नीडर साच्चै नेपाली नारी हुन् जसले आधी हुरी, भेलबाढी चटान सँग संर्घष गरेर समाज परिवर्तनको लागि लडेकी छन् । उनि साच्चै महान छिन् उनको यो संग्रह भित्रका हरेक कथाहरुले महिला भित्रको दैवि शक्तिलाई उदाँग पारेकी छन् ।

Thursday, June 7, 2012

Need a Monitoring to get good result in every project


Hilly town “Dhankuta”, situated at the eastern part of Nepal, which is the administrative headquarters of eastern development region. Most of the regional offices were stated around Dhankuta bazaar area and have been NGOs offices. Then and now, there is a sharp contrast between bazaar and it is surrounded by rural villages. The town primarily populated by Newar but later other castes types also mixed and run the mixed culture and society. It is commercial centre, but a later developing means of transportation and roads, some commercial have shared at different commercial areas like Hile, Pakhribas, Uttarpani, Sindhuwa, Jitpur, Leguwa etc. by the connection of North south, Koshi highway with Dhankuta bazaar and being the development of every field like road networks, distributions electricity fulfill the physical infrastructure of development slowly.