Wednesday, December 24, 2008

भोटेकोशी तिर बरालिदा





























नेपाल एउटा सुन्दर प्रकृतिले दिएको उपहार हो भनेर भनिरहनु आवस्यक छैन तर यहा का सबै सुन्दर ठाउमा पुग्ने घुम्ने मौका भने मिलेको छैन त्यस्मा पनि तातोपानी तिरको यात्रामा धुलिखेल कटेर जाने मौका मिलेको थिएन तर गत सुक्रबार युबा अभियानले पुरा गरि दिएको छ।
बिहानै कहिलै उठ्न नसक्ने भएता पनि कहिले काहि हिड्न भने पछि निन्द्राले पनि समय मै छोड्दो रहेछ । करिव २ महिना जति भएको थियो होला बिहान ८ बजे मात्र उठ्ने गर्थे तर गत Dec 19 (4 सुक्रबार) भोटेकोशीको लागी ६ बजे सबै जना शान्तीनगरमा भेटिनु पर्ने भएकोले म पनि ५ बजे नै उठेर आफ्नो झोला बोकी हिडने तरखर मा थिए जाडोयामको समय ५ बजे पनि राती झै अध्यारो नै भएकोले दाइले शान्तीनगर अफिस सम्म ड्रप गरी दिनु भयो । म कस्तो खालको तालिम गर्न हिडेको हो भन्ने कुरा म आफैलाई पनि थाहा थिएन मलाई यति मात्र थाहा थियो म Civic Leadership School (CLS) मा जादै थिए । तर त्यहा हामीलाई के के सिकाउछ र को को मेरो साथीहरु हुन्छन भन्ने केही थाहा थिएन जव हाम्रो बसले गन्तब्यको लागी प्रस्थान गर्न लाग्यो तब थाहा पाए म मात्र हैन हामी जम्मा २४ जनामा लगभग १९ जना जती म जस्तै रहेछन् मेरो मतलव मै जस्तो अन्योलमा रहेछन् ।

गन्तब्य स्थान भोटेकोशीको किनारमा रहेको The Last Resort मा पुग्दा सम्ममा केही साथी भै सकेका थिए त केही बाकी त्यो पनि एकैछिनमा समाप्त भयो। परिचयको सुरुवात भुवनदाई ले यति प्रभावकारी तरीकाले गराउनु भयो की त्यस पछि एकअर्काको नाम हत्तपत्त बिर्सिएनौ । हामी सहभागी २४ जना २४ वटै अलग अलग क्षेत्रबाट उपस्थित थियौ तापनि ५ दिनको सगै बसाइले यति नजिकको सम्वन्ध स्थापित गरायो जुन हाम्रो बर्सौ देखिको मित्रतामा छ । तालीम त तालीम साच्चै प्रभावकारी छन् ति दिनहरुमा सिकाईएका कुराहरु मानौ मलाई त कुनै समयमा लागी रहेको थियो म कुनै Resort मा आएर होईन कि म कुनै आर्मी तथा पुलिसको तालीममा सामेल छु । त्यहा खानपिन लगाएत सबै कुरा यति समयमा गर्नु पर्ने थियो कि के भन्ने र....................

तर जती सुकै कडा नियम भएतापनि भुवनदाई लगाएत द लास्ट रिसोर्ट टिमका सम्पूर्णदाइहरुको त्यो सहयोग बिर्सीनसक्नु छ । हामीलाई सबै कुरा पुर्वजानकारी बिना गरीने हुनाले कहा कतिखेर के गर्न जानु पर्ने भन्ने थाहा नभएको कारण फोटोहरु खिच्न त्यति पाइएन त्यसमा अलि दुख लागेको छ तर हुन त हामी घुम्न गएको नभइ एउटा कोर्स पुरा गर्न गएकोले चित्त बुझाएकी छु । The Last Resort ले दिएको Surprise treat असाध्यै रमाइलो थियो जसमा विश्वदाई र सुनील जी को साहसीक performance देखेर म त साच्चै मोहीत भएकी थिए। त्यो बेला मलाइ लाग्यो म लाइभ आफ्नै आँखा अगाडी हेरेको नभै कुनै टेलीभिजन च्यानल मार्फत सर्कस हेरी रहेकी छु । अझ सुनील जी को त्यो सुरीलो आवाज अनि फुर्तीलो नाँचको त फ्यान नै भएकी छु र उहाको त्यो सुरलो आवाज सुन्न उहा सँग फेरी अर्को चोटी बन्जी जम्पमा भेट्ने बाचा पनि गरेकी छु किन भने यस पटकको ट्रिपमा बन्जि जम्प गर्न पाएनौ मेरो एउटा रहर बन्जी जम्प पनि हो त्यसैले आशा छ कुनै दिन पुरा गर्ने छु ।

Hiking तथा Rock climbing गर्ने केही महिना अगाडी देखिको मेरो सपना थियो त्यो Last Resort मा गएर पुरा गर्न पाए तर मैले जिवनमा कहिले Rafting र abseiling गर्छु होला भनेर कल्पना पनि गरेकी थिइन त्यो पनि सजिलै पुरा गरे हुनत साथीहरुको हौसला र Organizer को उत्प्रेरणा बिना कुनै पनि कुरा सम्भव थिएन । Rock climbing र Rafting को बेला साथीहरु लगाएत भुवनदाईको उत्प्रेरणाले यति भुमिका खेलेको छ की म यहा वर्णन गर्न सक्दिन । जीवनमा पौडी नखेलेको मान्छे म भोटेकोशीका ती नागबेली परेको कुनाकानी साथै आकाश भन्दा निलो पानीको माझमा पौडनलाई त्यति सजिलै आँट गर्न सकिन तर भुवनदाईको म माथीको बिश्वासले म आफैमा confident बढेर आयो। अन्ततया मैले पौडी मात्र नभइ TITINIC Film मा झै नाउको छेउमा उभिएर करिव १० मिनेट जति लामो जलयात्रा पार गर्न सफल भए । त्यो बेलाको स्वर्निम आनन्द त कहिलै पनि प्राप्त गरेकी थिईन तरपनि राजु दाई, प्रतीक जी, भुवनदाई, बिकाश, लक्ष्मण जी र उमेश जी को त्यो बेलाको सहयोग र आत्मीयपन जीवनभर भुल्ने छैन ।
मलाई यस अघि लाग्थ्यो की म मा यी सबै गुणले भरी पुर्ण छु । मैले सानै उमेरमा धेरै कुरा सिकेको छु र गर्न सक्छु तर जब मैले CLS पुरा गरे बल्ल थाहा पाए की मैले कति गलत सोचाई राखेकी रहेछु, म कमजोर र स्वार्थी रहेछु साथै घमन्डी पनि । यस सीकाइबाट मैले मेरो रिसर्चको बेलामा टिम वर्क होस वा जुन सुकै अवस्थामा साथी भाई सँगको सहकार्यलाई धेरै नै सहयोग मिल्ने ठानेकी छु। साथीहरु बिचमा गर्नु पर्ने विश्वास, साथीहरु सँग हुदा निभाउनु पर्ने कर्तब्य तथा हामी मानीसले समाजीक एकताको लागी गर्नु पर्ने बिविधकुराहरु त्यस मध्य अरुको कुरा सुन्ने बानीको बिकासबारेमा पहिला भन्दा धेरै सजक हुन पाए त्यसको लागी युवा अभियान(YI) परिवार धन्यवादको पात्र त छदैछ साथमा भुपेन्द्र पुलामी दाइ पनि धन्यवादको पात्रबाट मुक्तहुनुहुन्न जसले मलाई त्यहा सम्म पुर्याउनु भयो । म सँग रहेका यी नै केही फोटोहरु भोटेकोशीको सम्झना स्वरुप राखेकी छु ।

8 comments:

बि. जे. बान्तवा / भोजपुर said...

मनुजी तपाईंको सम्पूर्ण रहरहरु पुरा भएको मा मलाई पनि खुसी लाग्यो, बन्जी जम्प पनि पुरा गर्नु होला कुनै बेला फेरि गएर भोटेकोशी है त, रमाइलो संस्मरण कोर्नु भएकोमा धन्यबाद किनकि म पनि त्यहिं पो थिएँकी झैं लाग्यो ...!

सिकारु said...

मनुजि यात्राले तपाइमा बढेको साहस, आत्मबल् नै मेरो लागि सबैभन्दा खुसिको बिषय हुन पुग्यो । अनि तपाइका सोच्दै नसोचेका कल्पनाहरु पुरा भएकोमा बधाई। तर आर्को चोटि चाहि बन्जि जम्प सहितको यात्रारुपि सब्दहरु येहि ब्लगमा हेर्न पाइयोस । हा.. हा...

Basanta Gautam said...

तपाईँको अनुभव, चिन्तनमा आएको सकारात्मक परीबर्तन र तस्बीरहरु बाँड्नुभएकोमा धन्यबाद!

नेपालका कुनैपनि ठाऊँका तस्बीरहरु अत्यन्तै सुन्दर लाग्छन्।

mgrgeen said...

धन्यवाद बि जे जी, सिकरु जी अनि बसन्त जी
पक्कै पनि बन्जी पछी को इपिसोड लाइ समेट्ने कोशीसा गर्ने छु
अनि तपाईं हरुको आगमन लाई फेरी पनि एक पटक धन्यवाद
तर छ नि बि जे जी तपाईं को ब्लग मा मलाई चिन्दैन कि कमेन्ट खसौन सकिन

बेदनाथ पुलामी ( उमेश ) said...

मेझोर नै डेकी परला मनु जी -नाकुकी ब्लग सेचे लेसा । ङाकी पटन कानुंग भाषा मावार्ले - चे चे राले ।
Happy New Year 2009 may this year brings peace and joy to all of us.

manu said...

ढलिङ ढलिङ आढिस्याक है लाफा नाकुकि डनि । ए आटे साचि नाकोकि डनि मिन्हाङ ल्हेसो घिरिङ घिरिङ ल्हासो नेपलियाङ नया बर्सौ ढलिङ ढलिङ सुभकमना

कैलाश said...

ए मनु जी के गर्नु यो ज्यान छनोटमा परेन। नत्र त हामी दुबै मिलेर क्या क्या गर्थ्यौ, तहल्कै मचाउँथ्यो कि आफ्नै लागि। अरुको लागि त हैन नि फेरी। हे हे हे। जे होस् जे हुन्छ राम्रै हुन्छ भनिन्छ। त्यस्तै भएको छ। तपाईको जीवनको हरेक पलमा केही न केही सकारात्मक चिन्तनको सृजना भइरहोस्, विचार र विवेचना निखारिदै तिखारिदै प्राज्ञिक तहमा स्थान बनोस् जुनसुकै माध्यमबाट भएनि। यही मेरो शुभकामना छ है यो नयाँ वर्ष सन‌ २००९ को।

बिमल गिरी said...

मनु जी नमस्कार,
तपाईं को हरेक पल सुखमय बितोस।
नयाँ बर्षले २००९ ले मनले चिताएका
इच्छाहरु पुरा गरुन शुभकामना।