Tuesday, December 15, 2009

नेपाल प्यारो छ

भन्छौ तिमी हिमाल सेतो छ
तर म देख्छु यो त दिन दिनै रातो भएको छ
किन भनी प्रश्न गर्छौ भने
म भन्छु त्यसमा नेपालीहरुको रगतको छिटो लागेको छ
लाखौँ नेपाली त्यही हिमालको आडमा
लुकी रहदा अनायासै मृत्यु वरण गर्न पुगेको छ
भन्छौ तिमी सूर्य तातो छ
तर म भन्छु त्यो त सेलाएर चिसो भै सकेको छ
तातो ताप त पृथ्वीमा मान्छेको भिड भएर
त्यसको वाफले तातो भएको छ
मानीस धेरै अहङ्कारी भै उसको आत्मा त्यसै
त्यसै जलेर तातो भएको छ
भन्छौ तिमी नेपाल राम्रो छ
तर म देख्छु नेपाल त भ्रष्टाचारीहरुले खोक्रो बनाएको छ
दुष्ट मानीसहरुले भित्रभित्रै सकाएको छ
नेपाल एउटा कुहिएको फर्सी जस्तो मात्र भएको छ
तर पनि नेपाल प्यारो छ
किनकी यहा मलाई जन्म दिने मेरी आमा जन्मनु भएको छ
यहा मलाई कर्म सिकाउने बुबा रहनुभएको छ
खोलाहरु सुसेली हाल्दै अनवरत बगिरहेका छन्
ती निर्दोष हिमालहरु रगतका फोहोरी छिटा बोकेरै भए पनि
ङिच्च दात देखाई ठिङ्ग उभिदिएकै छन्
नेपाल ठगै ठग र चोरै चोरले सँकटमा परेको छ
तर पनि नेपाल अझै प्यारो छ
किनकी भेडेटार, वन्दीपुर, धम्पुस, नगरकोट साथै
टेम्के, श्री अन्तु, सिरुवारी मनभरि व्यथा बोकेरै भए पनि
हामी दुष्ट मानव जातिको आत्मामा मलम लगाउन तयार भै रहेकै छन्
त्यसैले त नेपाल प्यारो छ ।
जस्तो सुकै भए पनि नेपाल प्यारो छ ।
(नोट:स्मरन रहोस यो कविता मैले करीव दश महिना जति अगाडी नै कलेज कलमको लागी लेखेकी हुँ तर खै आज फेरी पनि कता कता नेपालको सम्झना आयो त्यही भएर फेरी एक पटक मेरै ब्लगमा पोष्ट गर्ने जमर्को गरे)

Wednesday, December 9, 2009

सपना कतिपय

हिजो पल्ट राती अवेरसम्म निकै ठुलो दर्के पानी परेर रहेकोले होला आकाश धेरै खुल्ला र सफा थियो । क्षितिज पारी पारी सम्म निलो र सफा देखिन्थे । दक्षिण पट्टी बालशिक्षा प्राथमिक विधालयको माथीबाट हेर्दा मकालु हिमाल आफ्नो सुन्दरता देखाएर मुस्कुराइ रहेको थियो । पाख्रिवास कृषि फार्मको त्यो पाटा आफ्नो त्यो राताम्मे टिनको छानो वोकेर बिहानीको भरसक स्वागतको लागि उभिएका थिए । हिले माथीको शैनिक ब्यारेकको जगँल पनि के कम?शैनिक टोलीले करिव दश वर्ष पहिले लेखिएका "म मरे पनि मेरो देश बाँची रहोस" को ठुला ठुला अक्षर बोकेर सतर्क अवस्थामा देखिन्थे भने हिले वजारले मलाइ अलिकति चियाएर हेरीरहेका थिए । आकाश साच्चै सफा थियो । पर ट्याम्केको चुचुरोमा ठपक्क हिउले ढाकीएको प्रष्टै देखिन्थ्यो भने भोजपुरको घोरेटार बजारले मै सँग मितेरी लाएर उभिए झै आमने सामने थियौ। मुगाफाट र चुङमाङ्को चप्लेटी पाखामा बिहानीको सुर्यले सलाम ठोक्दै आउदा आफ्नै बारीको डिलमा रहेको दुदिलोको रुखको टुप्पोले सम्म स्वागत गर्दै थियो बिहानीलाई ।

Thursday, December 3, 2009

सोचे जस्तो हुन्न जिवन

सोचे जस्तो हुन्न जिवन
सम्झे जस्तो हुन्न जिवन

Friday, November 27, 2009

देशको अवस्था

हैन आजभोली नेपालमा के भाको ?

गर्नु पर्नेकाम छोडी के के गर्छन के के गर्छन ।

आफ्नो पसिनाको कमाइ भए पो लोभ गर्नु?

मन्त्रीहरुले एकै दिनमा करोडौको खर्च गर्छन।

गर्नु पर्ने काम कति हो कति नेताहरु

भ्रष्टाचार मात्र कति गर्छन कति गर्छन।

मर्न पर्ने नेताहरु मर्या हैन गाँठे

सोझा जनताका छोरा छोरी कति मर्छन कति मर्छन।

काम कुरो गर्या केही हैन सभासदहरु

हावामा हाजीर गरी भर्पाइ मात्र कति भर्छन कति भर्छन।

एउटा रोगको निदान गर्न सक्या हैन कहिले

अव स्वाइनफ्लु नै कतिलाइ सर्छन कतिलाइ सर्छन।

एउटा जावो सियो बनाउन सक्या हैन आफ्नो देशमा

गफ र फुर्ती भने कति गर्छन कति गर्छन।

यस्तै हो भने यो देशमा अझै दश वर्ष भित्रमा

बम र बारुदको गोला कति झर्छन कति झर्छन ।

अझै पनि सोझा निमुखाका सन्ततीहरु

विनाकालमा कति मर्छन कति मर्छन ।

कठै ति विचरा कोखहरु विना कारण

रित्तिदे जादा विलौनै नाथे त कति गर्छन कति गर्छन


Saturday, November 14, 2009

मोवाइल फोन कति घातक कति फाइदाजनक?

यो भनि राख्नु पर्ने कुरा होइन कि एक्काईसौ सताव्दिको लागी अति आवश्यकिय कुरा मोवाइल फोन पनि एक हो । बिकसित जुन सुकै मुलुकमा होस वा नेपालमै पनि आजभोली मोवाइल फोन प्राय हरेक व्यक्तिको साथमा हुन्छ । आजको युगमा हरेक मानिसको लागी यो आधारभुत आवश्यकिय कुरा बन्न पुगेको छ । बाल, युवा तथा बृद्द बृद्दा जो सुकैको लागी पनि उपयोगी बनेको छ । कसैको लागी यो खेल्नको निमित्त कसैको लागी समाचार सुन्नको लागी कसैको लागी साथीभाई सँग किप इन टचमा रहनको लागी (SMS होस वा Phone call होस वा त Face book update chat नै किन नहोस) त कसैको लागी यो एक अर्काको मनको कुरा साटासाट गर्नकै लागी ।

Wednesday, November 4, 2009

अधुरो प्रेम


झण्डै दिउसोको तीन बजेको थियो । धराहराको छेउपार्कमा बसेर बहिनीहरु सँग कफि गफमा मस्त थियौ । बिशेष गरि केटाहरुले प्रयोग गर्ने One Polar झोला पछाडी बोकेर, अनटाइडी लुकअपमा उपस्थीत भइन शान्ता । मेरो, उनी सँगको लगभग पाँच बर्ष पछिको भेट थियो यो । एउटै गाँउ भए तापनि हामी त्यति धेरै नजिक थिएनौं । विदेश जानु भन्दा अगाडी खासै वोलचाल थिएन मेरो उनी सँग । तर पछि इन्टरनेट च्याटको माध्ययमले हामी केही नजिक भएका थियौ। यही च्याटिङकै क्रममा म नेपाल आउने र उनी सँग भेट्‍ने बाचा गरेको थिएँ र यहि बाचा पुरा गर्दै थिएँ मैले । निकै बेरको फोनमा स्थानको वर्णन पश्चात म सामु आइपुगेकी थिइन उनी । विनम्र साथ नमस्ते गरिन्‍ । बस न । मैले अनुरोध गरेँ । शान्ता बस्दै बहिनीहरु सँग पनि गफ गर्न थालीन्। के खान्छौ ? म त भखर खाजा खाएर आएको दाइ केही खान्न । होइन केही त खाँउ मैले अनुरोध गरे । तिमीहरु के खान्छौ ? ए कफि खाँउ है म कफि लिएर आउछु । सबैको सहमतिमा मैले मेरो लागी Triple strong कफि मागेँ । उनीहरुलार्इ पनि सर्भ गरिदिए । त्यतिकैमा मेरो लामो बाधेको केश हेर्दै शान्ता अलि अश्वभाविक देखिइन र बोलिन्।

Saturday, October 31, 2009

धुमधामको घुमघाम



बेलायत यात्राको क्रममा बेलायत पसेयता खासै काम नभएकोले दिनहरु घुमघामै बितिरहेको छ । नया संसार नया जिवनशैली र एकदम नया नया प्रविधिको बिचमा हराउन पुग्दा कता कता आफैलाइ उभिएर खोज्नु पर्छ । बिकसित देशको रौनकतामा उभिएर आफ्नो देशको कल्पना गर्दाको मज्जा नै अर्कै हुन्छ । नया सँसारको नया चालचलन रिति रिवाज रहनसहन सँग समायोजन हुनलाइ केही समय त लाग्छनै यसै दौरानमा आफुलाइ डोराइ रहेछु । सँसार बिचित्रको छ बिज्ञान र प्रविधिले उचाइ लिइ सकेको यस भुमिमा जताततै सुविधै सुविधा छ । यहि सुविधाहरुलाइ सदुपयोग गर्दै र म सँग बचेको समयको पनि सदुपयोग गर्ने बिचारले यसो यहाको केही नया नौलो खुराकहरु बटुल्ने जमर्कोको साथ दौडिए म्याडम टुसुड तिर । यहा तत्कालै गै हाल्ने मेरो योजना थिएन तर मेरो गुरु सँग एक दिन बेलुकी च्याटमा भेट भयो उहाले सोध्नु भो "घुमघाममै बितिरा होला हैन तिम्रो अनि म्याडम टुसुड गयौ? गा छैनौ भने जाउ एकदम घुम्नै पर्ने ठाउ हो" र अफ लाइन पनि भै हाल्नु भो मैले त्यो भन्दा अरु सोध्ने मौका पाइन सर सँग। बिहान मात्र त्यहा खिचेको नानिहरुको फोटो हेरेकी थिए रहेछु तर मलाइ यो नामबारे खासै जानकारी थिएन। मैले बैनिलाइ सोधे यो ठाँउ कहा पर्छ र यो कस्तो छ?हास्दै भनिन विहान हेरेको फोटो त्यै त हो नि सँग्राहलय जस्तै छ। मैले कुरा मिलाइ हाले उनको पनि फुर्सद र मेरो पनि।

यो लण्डन सहरको मुख्य स्थान मध्यको एक यो वार्मिनिस्टर युनिभर्सीटिको ठ्याक्कै अपोजिट तिर अवस्थित। यो एउटा सँग्रहायल जहा हरेक दिन १५००० देखि २०००० सम्म मानिसहरुको प्रवेश हुदो रहेछ । अरुको लागि पुरानो नै भए पनि यो मेरो लागि नया नौलो नै अनुभव हो। जहा भित्र जानुको लागि कम्तिमा साढे एक घण्टा लाइनमा उभिनु पर्दो रहेछ। मैले नेपालमा विजुलिको बिल तिर्न, पानिको बिल तिर्न र फोनको बिलमात्र लाइनमा बसेको थिए तर यहा सँग्राहालय हेर्न पनि त्यति लाइन बस्नु पर्दो रहेछ । यो निकै महगोँ पनि लाग्यो मलाइ एक जना बरावर २५ पाउण्ड लाग्ने रहेछ एकपटकलाइ तर यहा अरु सुविधा पनि रहेछ जस्तै यो ठाउ र अन्य बेलायतको पर्यटकिय स्थलको टिकट लिने हो भने सस्तो पर्न जाने रहेछ । यसरी सँगै काटिएको टिकटको एक महिना सम्म म्याद रहनेहुनाले सजिलै लाग्यो ।

यो म्याडम टुसुद न्युयोर्क,जर्मनी,चिन लगाएत सँसारको अन्य १० मुलुकमा पनि रहेछ । यस भित्र बिभिन्न देशका हस्तिहरुको जिवित झै लाग्ने मुर्तिहरु राखिएका छन् । हजारौ पर्यटकको माझमा आफुलाइ पनि उनीहरु सँगै मिसाउदा साच्चै रमाइलो महसुस हुन्छ । यस भित्र चर्चित गायिका ब्रिट्नि स्पेयर्स, माइकल ज्याक्सन, बब मार्ली को वास्तविक झै लाग्ने मुर्तीहरु राखिएका छन् । यहा राजनितिज्ञ, अभिनेता, खेलाडी, गाएक गायिका,बेलायति राजपरिवारका सदस्यहरु देखि संचारकर्मी साथै बेलायति चर्चित ब्यक्तित्व साइमन सम्म सबैको मुर्तिहरु राखिएका छन ।यहा भारतीय अभिनेत्री ऐश्वर्या राय अभिनेताहरु अमिताभ,शाहरुख,सलमान, देखि सचिन तेन्दुल्कर, महात्मा गान्धि सबैको मुर्तीहरुले स्थान पाएका छन् । बाराक ओवामा, बिलक्लिन्टन, बेनेजिर भुट्टो लगाएत दलाइलामाले समेत ठाउ पाएका छन् यसरी सबै देशका सबै हस्तिहरुले स्थान पाएको ठाउमा नेपालको बारेमा भने कुनै केही सँकेत छैन हुनत नेपालको बारेमा कस्ले त्यति धेरै चासो दिएरकाम नै पो गरेका छन् र ?

यहा भित्र हरेक चिजलाइ छुन र राम्रो सँग नियाल्न सकिन्छ । हरेक देशलाइ प्रतिनिधित्व गर्ने मुर्ति लगाएत यहा बच्चाहरुको लागी खेल्ने ठाउ, रमाइलोको लागी भुत घर पनि राखिएको रहेछ । जहा जिवित मानिसहरु नै हिँस्रक भुत झै देखिने डर लाग्दो लुगा लगाएर बसेका हुन्छन। ओडार झै लाग्ने अन्ध्यारो कोठामा माथी माथी मानिसका अस्थिर पञ्जरहरु झुण्डाइएका छन् । कुना काप्चामा डरलाग्दो लुगालाएर मुर्ती झै देखिने मानिसले एक्कासी झम्टदा मुटुले ठाउ नै छोड्छ एकछिनलाइ। तीनभागको एकभाग सम्म क्यामेराहरु चलाउन दिइएपनि बाँकि भागमा क्यामेरामा त्यहाका चित्रहरु कैद गर्न बन्देज गरिएको छ। भुत घरबाट निस्कि सके पश्चात मसिनो मसिनो २ जना अट्ने खालको चुटुक्क चुटुक्क परेको ट्याक्सीहरु रेलको तरिकाले सररररर बग्दै हामीलाइ लिन आइ रहेका हुन्छन । जसको सहायताले पुरानो सैलीको बेलायतलाई नियाल्न सकिन्छ ।

यहा बिभिन्न प्रकारका जिवन शैलिहरु नियाल्न सक्छौ । हामि ती चुटुक्क परेको ट्याक्सीमा बसेपछी सुरु हुन्छ ऐतिहासीक लण्डनको दृष्यहरु । त्यहा पुराना जमानाका हातहतियार, मानिसहरु साथै रन्दाले काठहरु चिरिरहेका तथा ढुँगे युगका केही अवसेसहरु नियाल्न सक्छौ । यसका साथै दोश्रो बिश्वयुद्दताकाको घटना समेटिएको मुर्तीहरु जस्तै बम बारुदले छटपटीएका मानिस, भत्किएका घरले थिचिएका बालबालिकाहहरु उद्दारमा खटिएका सेनाहरु यसपश्चात बिस्तारै हाम्रो ट्याक्सिमोडीएर उकालो लाग्छ । आधुनिक युगको सुरुवात सँगै झिलिमिली बेलायतको जमाना सुरुहुन्छ जहा नया प्रविधि लगाएत आधुनिक सरसामाग्री नया जमानाको महसुस गर्न सक्छौ । ट्याक्सी यात्राको अन्त्य पश्चात केही पसलहरु फोटो खिच्ने ठाउ जहा ३५ पाउण्ड तिरे पछि सेतो पारदर्सी चम्किलो ढुँगामा आफ्नो फोटो राखेर बनाउन सकिन्छ । यसको अर्को कुनामा एउटा क्रिस्टलबल पनि राखिएको छ जहा एक पाउण्ड तिरे पछि तपाइको भाग्य पनि थाहा पाउन सक्नु हुनेछ । लगभग २ घण्टाको यात्रा पश्चात बाहिर निस्कन सकिन्छ । यो ठाउ वास्तवमै एक रमणिय र महत्वपुर्ण छ ।



Wednesday, October 28, 2009

के हो सपना?

सपना प्राय जसो जीवित मानीसले देख्ने गर्छन् । कतिले खुल्ला आखाले सपना देख्छन र कतिले निदाएको बेलामा । खुल्ला आखाले देखेका सपनाहरु साकार पार्न हरेक मानिस तल्लिन हुन्छन र म पनि । तर मानिस निदाएको बेलामा देखिने सपना भने सबैको एकै हुदैनन् होला भन्ने मेरो मान्यता छ । कतिपयको सपना साचो हुन्छ कतिपयको झुटो पनि । भनिन्छ कतिपय मानिसहरुले सपना आफ्नो दिमागमा सुसुप्त रुपमा लुकेर रहेको कुरा हो । तर मलाई लाग्दैन की यो कुनै दिन सोचेको कुरा हो । करिव एक वर्ष जति देखि अलि अनौठो खालको सपनाले सताइ रहेको छ । प्राय हरेक रात झण्डै उस्तै उस्तै खालको सपनाले गर्दा हैरान भएकी छु । यस्तो सपनाले गर्दा कहिले काही दिनभरी जस्तो पनि समस्या पारेको छ । मैले आइ ए अध्ययन गर्दा अनिवार्य अग्रेजीमा Recurring dream भन्ने एउटा कथा पढेकी थिए अहिले म आफै लगभग उस्तै प्रकारको सपनाले सताइएकी छु ।
म हरेक रात सपना देख्छु, कुनै दिन विहान उठ्दा बिर्सी सकेकी हुन्छु त कुनै दिन त्यही सपनाको कुराले दिनभर अरु तिर ध्यान केन्द्रित गर्नै सक्दिन । सपना फेरी उस्तै उस्तै हुन्छ । कुनै चिज वा बस्तु तथा कुनै जनावर देखिन्छ तर एकै छिनमा त्यहि चिज कोही चिनेको मानिस वा साथी हुन पुग्छ । त कहिले भने सुरुमा कुनै चिनेको साथी वा आफन्त हुन्छन एकै छिन पछि बोल्दा बोल्दै वा सँगै बस्दा बस्दै अन्य डरलाग्दो र हिंसात्मक जनावार भएर मलाइ आक्रमण गरिरहेको हुन्छ । यस्तो बेलामा म बाहिरी नै आवाज निकालेर चिच्याउदै गरेकी हुन्छु रे एकदम डरलाग्दो आवाज निकालेर । यति खेर कसैले हल्लाइ ब्युझाइ दिएमा मलाइ पिडाबाट मुक्त्ति मिल्छ तर ब्युताउने मानिस भएन भने धेरै समयसम्म तड्पिएर छटपटाइ रहन्छु । तसर्थ म सोच्न बाध्य भएकी छु सपना के हो ? किन मानिसले यस्ता चाहिदो नचाहिदो सपना देख्छन ? अरु भन्दा पनि मैले किन यस्तो सपना देख्छु ? म आफै सँग केही समाधान वा उत्तर छैन ।
आज पनि म यस्तै सपना बाट सताइए जसको कारण आज दिन भर मैले केही गर्न सकिन । आजको सपना अरु दिनको भन्दा पनि भयानक र पिडा दाएक थियो । म कराइ रहेको बेलामा वहिनिले व्युताइन तर फेरी निदाइ हाले फेरी निदाएको केही घन्टामै उस्तै सपनामा सताइए । म घर परिवार बाट धेरै टाढा छु घरमा बृद्दबुवा आमा मात्र हुनु हुन्छ ।सपनाले केही नराम्रो कुरा इगिंत गर्यो उहाहरु बिरामी पर्नु भयो वा कुनै अप्रिय घटना मलाइ थाहा छैन । मैले विहान उठ्ने बितिकै फोन गरे उहाहरु दुवै जना सँग बोले सकुसलको खवर पाए तर मनमा भयानक तनाव अझै खडा छ। मनलाइ बुझाउन खोज्छु यो सपना हो तर यो पापी मन मान्न तयार रहन्न। प्राय मानिसहरु आफनो सपना साकार होस भनेर कामना गर्दछन र कतिपय समयमा म पनि गर्ने गर्थे तर यस पटकको सपना भने कहिल्यै साकार नहोस भन्ने लागेको छ । मलाइ जहा सम्म लाग्छ सपना कुनै समयमा गरिएको कल्पना होइन र कुनै दिमागमा भएका सुसुप्त कुरा पनि । तर फेरी पनि म सँग समस्या किन उत्पन्न हुन्छ त म धेरै सोच्न बाध्य भएकी छु। एक मनले भन्छ हुन त म घरबाट,आमा बुवाबाट धेरै टाढा छु यसर्थ हुन सक्छ मेरो पाप मनले मैले थाहै नपाइ कुनै न कुनै समयमा यस्ता केही कल्पना गरेकी थिएकी? तर अझै अनुत्तरीत छु सपना केहो ?

Wednesday, October 21, 2009

बेलायत यात्रामा निस्कदा


अठार अक्टोबर साँझ पाँच बजे जिन्दगीको पहिलो एकल यात्रा सपनाको देश बेलायत सम्मको थियो । जीन्दगीका पच्चिस छब्बिस बसन्तपार गरि सक्दाको अवस्थामा आमा बुवाको सबै भन्दा पुलपुलिएकी कान्छि छोरीको रुपमा घरमा सँगै रहेर आनन्द लिइरहेकी थिए म। समय अचानक यसरी बदलि दियो कि जुन सपनाको देशमा सपनाका कुम्लाहरु सँगै लाखौ चाहाना, खुल्दुली, डर, अनभिज्ञता, असन्तुष्टि र अन्यौलता पनि कुम्लामा पोको परेर साँझको उडानमा सँग सँगै उडेका थिए । बेलायत बरालिन चाहेको केही समय पश्चातको यो उडान एक हिसावले राम्रै भएको थियो तर नेपालमा गर्दै गरेका अधुरा कामको बोझले अझै पनि नछोडेको हुदा भने अलि खल्लो त बनाएकै छ । अझ दाइको असन्तुष्टिको सिमा नाघेको कारण मलाइ पनि अलि नराम्रो लागेको छ । मलाइ राम्रै सँग याद छ मैले उहाको बचन एस एल सी दिनु भन्दा अगाडी एक पटक काटेकी थिए पुन फेरि एक पटक उहाको बचन काटेको छु, त्यसको लागि क्षमा प्रार्थी छु । तर पछि त्यसले फाइदा त फाइदै गरेको थियो आशा गर्छु एस पटक पनि नराम्रो नहोला हुन त समय सधै आफ्नो पक्षमा हुदैन तर पनि कोशिस गर्नुमा के नै भो र? हाको चाहाना बमोजिम जान नसक्नु मेरो कमजोरी हो सके सम्म म उहाको चाहाना पनि पुरा गर्ने कोशिशमा छु आशा छ भगवानले मलाइ साथ दिनु हुने छ ।

म त साँचि नियात्रा लेख्नको लागि बसेको थिए भौतारीएर अर्कै तिर पुगेछु । अँ त म भन्दै थिए नया ठाउको लागि पहिलो पाइला चाडबाडको दिन परिवारको सदस्यहरु सँग पनि राम्रो भेट गर्न सकिन मनमा अशान्तिले डेरा जमाएको लगभग दुइ रात भएको थियो । हुनत मेरै कमजोरी हो कि धेरै तिर हात हाल्ने कुनै काम सफल सँग समाप्त नगर्ने मेरा धेरै कुराहरु नेपालमा अधुरै छोडेर यसरी हुइकिइ रहेकि छु नया मुलुकमा नया सपना बोकेर । नेपालमा साँझको ८ बजेर १५ मिनट जति गएको थियो, लक्ष्मि पुजाको दोश्रोदिन सबैका घर घरमा दियो बत्ति झलमल बलि रहेको थियो भोलि पल्ट म्ह पुजा तथा भाई पुजाको लागि सबै तयारीमा जुटेका थिए त युवाहरु जोसमा देउशी भैलो खेल्दै थिए त्यही समय म भने मेरो प्यारो मातृभुमिलाइ केही बर्षको लागि छोड्दै थिएँ ।

हाम्रो यात्रा सुरुवात भयो एअरपोर्टबाट जहाजको लागि बस चड्दै गर्दा हतार हतार दिमागमा आएको जति साथीहरुलाई बाइ भने केही साथीहरुलाइ भन्नै पाइन यति अचानक भो कि सबै जनालाइ बिश्वासै गर्न गार्हो भो । सँगै जाने एकजना साथी र दाइ हुनु हुन्थ्यो उहाहरु अर्कै रो को अर्कै सिटमा पर्नु भयो, क्षेउको सिटमा एकजना अमेरीकन महिला थिइन । केही क्षणमै हामीले नेपालको धर्ति छोडेउ कता कता नराम्रो लाग्यो, आफैले मनलाइ सम्झाए कसको कर हो र? आफै रहर गर्ने अनि फेरी …..एक मनले बोल्यो कसैको कर पनि होइन कसैको रहर पनि होइन यो त नेपालीहरुको बाध्यता हो …. फेरी अर्को मनले इन्कार गर्यो के सबै नेपालीलाई यस्तै बाध्यता छ त आफै रहर गर्ने अनि फेरी बाध्यता भनि दिने? मनमा अन्तरद्वन्द चल्न थाल्यो सम्झे ह्या………म पनि जे भए पनि हो अब हिडि सकेर के को आदर्शका कुरामा अल्झि रहने? सम्झे अव भोलि देखि केहि मेरो हुने छैन सबै नया अरुको देश अरुको भाषा अरुको सँस्कृति अनि अरुकै रहन सहन । आखा चिम्लिएर निदाउने कोशिस गरे तर सकिन….

झोलामा मेरा आत्मिय साथीहरुले जानु भन्दा पहिलो दिन सम्झना स्वरुप दिएको उपहार थियो यसो झिकेर पढ्न तरखर गर्दै थिए मेरो क्षेउको खैरेनी दिदी बोलिन् Wow so you have book for journey. खै किन हो नेपालीले धेरै पढ्दैनन भनेर हो कि किन त्यसो भनिन् कुन्नि मैले पनि अरु केहि भनिन Yes मात्र भने । अनि फेरी बोलिन् can you show me which book is this? मैले भने This is the collection of stories "The Royal Ghosts". फेरी बोलिन् Do you love Story? मैले ठाडै उतर दिए Yup. सोधिन् Who is the author/writer of this story? मैले भने Samrat upadhyay. बल्ल बोल्ने बाटो खुल्यो हामी दुइको । उनि अमेरीकाको एउटा युनिभर्सिटीमा म्याथमाटिक्सको भुतपुर्व प्राध्यापक रहिछन हाल उनि आफ्नै कन्सल्टेन्सि जस्तो खोलेर बसेकी छिन रे नेपाल घुम्न पहिलो पटक आएकी रहिछन् १० दिने लमजुङ तिरको यात्रा सकेर घर फर्कदै रहिछन् । नेपाल साह्रै राम्रो लाग्यो रे उनि कुरा गर्दा गर्दै एकदम उत्तेजित हुदै बोलिन You have a so beautiful country. It's just a beautiful just beautiful just beautiful म उसको अनुहारमा हेरी रहे । उनले छोटो खैरो केश, पातलो पातलो आकाशे रङको ज्याकेटमा खाडिको जस्तो देखिने लामो सुरुवालमा सजिलो खालको Sports जुत्ता लगाएकि थिइन् । उनि करिव ४८ वर्ष जतिको देखिने फुर्तिली र फरासिलि थिइन । उनको कुरा ज्यादै हौसला प्रदान गर्ने साथै उत्प्रेरक खालको थियो । उनले १० दिनको पदयात्रामा नेपालको जनजिवन देखि वातावरणिय कुराहरु धेरै थाहा पाइछिन् । पदयात्रा मा सुरुसुरुमा त कस्तो रमाइलो भयो रे तर पछि अन्तिम अन्तिममा त थाकेर हिड्नै नसक्ने भइन रे । नेपालको लोढसेडीङ,ट्राफिक जाम र फोहोर देखेर भने साह्रै अचम्म लाग्यो रे । यसमा राज्यसत्ता चलाउनेको कमजोर नियम प्रति पनि गुनासो गरिन् । बोल्दै थिइन "यति सुन्दर देशमा यि यस्ता समस्या नभै दिएको भए अझ कति सुन्दर हुन्थ्यो होला"

हामी निकै हास्न बोल्न थाले पछि म देखी अर्को सिटमा रहेको एक जना नेपालीदाइले बिचैमा कुरा काटे "के हो बैनि दोस्ति त निकै बढे जस्तो छ नी ? हो नि दाइ अब बाटो त काट्नै परो । उनि चाही पर्वत तिरका क्षेत्री थरका नेपालि रहेछन साउदि तिर काम गर्न जादै गरेका, मलाइ पहिलो पटक जादै गरेको भनेर ढाटे पनि उनको ब्यवहारले धेरै पटकको अन्तरराष्ट्रिय उडान गरि सकेका जस्तै लाग्यो । उनको ब्यवहार भने अलि अनौठो लाग्यो म र ति खैरेनि बोल्दा पनि अलि कस्तो बोलि बोल्न थाले । मेरा आफु सँग जाने साथीहरु अलि टाढा भए पनि नचिनेका नेपालीहरु टन्नै थिए तिनै मध्यका थिए ति पनि पहिला पहिला राम्रै सँग बोले पनि अलि बेर पछि कस्तो कस्तो छिल्लेर बोल्न थाले मलाइ अलि ठिक लागेन । त्यस पछि म उनको कुरा तिर त्यति ध्यान दिन छाडे। त्यहिबेला म सँगै जाने दाइ आउनु । "बैनि म बसेको ठाउमा खाली छ, सामानहरु यहि होस जाने भए हिड पर सँगिता पनि त्यही छ । मलाइ पनि त्यो मान्छे देखेरै दिक्क लाग्न थालेको थियो खैरेनीलाइ दाइ सँग सिट छ रे जान्छु ल भनि बिदा मागेर जुरुक्क उठेर लागे । दाइले हामि कहा उड्दै छौ भन्ने देखि फिल्म खोजेर हेर्ने गेम खेल्ने साथै सिटमा भएको सबै कुराहरु सिकाइदिनु भयो । बिज्ञान र प्रविधिको युगमा सँसार कहा देखि कहा पुगेको छ हाम्रो नेपाल भने………यहि बिषयमा दाइ सँग राजनीतिक गफ पनि एक छिन गर्यौ। दाइ सँग गफ गर्ने क्रममा हाम्रा देशका केही राजनेताहरु प्रति आक्रोस पनि पोखे । खाना सँगै दाइले फिल्म खोज्न थाल्नु भो एकछिन पछाडी सुत्नु भो म भने मन पर्ने हिन्दि फिल्म खोजेर हेर्न थाले । मलाइ कोनकोना सेन मन पर्ने हिरोइन मध्यको एक हुनाले उनको फिल्म नै मेरो पहिलो रोजाइ भो ।

लगभग ४ घण्टाको उडान पछि हामि दोहा एअरपोर्टमा आइपुगेउ । झलमल सहर ठुल्ठुला कति धेरै कतार एअरवेजका हवाइजहाजहरु देखेर एकछिन रमाए अनि सम्झे यस्तो पो होस न विमानस्थल हाम्रो त जहाजहरु पनि यति र बुद्दका साना साना मात्र । ठुला अन्तराष्ट्रिय उडानको नेपाल वायुसेवा निगमको हराइ सकेको जहाज सम्झेर दया पनि लाग्यो कहिले सुध्रेला हाम्रो नेपाल? सोचे हामि गर्वका साथ आफ्नै देशको अन्तराष्ट्रिय उडानको जहाजहरु यति वटा छन जो अन्य भन्दा गुणस्तरिय र भरपर्दो छ भनेर हामिले कहिले भन्न पाउने होला ? बाहिर निकै गर्मी भए पनि भित्र छिरीसके पश्चात आराम भो । हाम्रो त्यहा ५ घण्टाको ट्रान्जिट भएकोले निकै बेर डुल्यौ । विमानस्थल भित्र पनि कति धेरै ब्यवस्थित सफा र राम्रो । ड्युटी फ्रि सपहरु पनि कति ब्यवस्थित । जता ततै उडानको पर्खाइमा रहेका मानिसहरु वाएरलेस कनेक्सनबाट होला बिन्दास च्याटमा रमाइ रहेका थिए । समय निकै उब्रेकोले एक छिन कम्प्युटर चलाउनु पर्छकी सोचे । वाएरलेस हो भने कतै मेरोमा पनि टिप्छकी सोचेर प्रयास गरि हेरे तर खै के जानिन कि के भो भएन मेरो पालो सुते ।

हामी त्यहाबाट करिव ३:१५मा उड्यौ । रातभर फिल्महरु हेर्दै बिताए । बिहानी एनाउन्स भो हामी अव लण्डनको हिथ्रो एअरपोर्टमा उत्रने बेला भयौ । यसो झ्याल खोलेर बाहिर हेरे सपनाको सहर लण्डनको सुन्दर दृष्य आफ्नै आखाले देखे ।फोटोमा देखिएका लण्डन आइ, सेन्ट्रल लण्डन तिरकै एउटा गोलो घर जुन काठमाडौ तिर पनि होडिङबोर्डमा प्रसस्तै देखिन्छन्, पार्लियामेन्ट्री हाउस आदी आदी । हामी यहाको हिथ्रो एअरपोर्टमा यहाको समय अनुसार बिहानको सवा ९मा आइपुग्यौ । बाफरे………………………..यति ठुलो पनि विमानस्थल रहेछ सँसारमा म त दगैँ परे । जहाज त एक एक सेकेण्डमा ओर्लने र उड्ने गर्दो रहेछ । बाहिरी दृष्य नै यति रमाइलो भर्याङको खुड्किलो झै तलै तला देखिने जहाजको लर्कोले मनै लोभ्यायो । इमिग्रेसनमा एकछिन कचकच गरेर अल्झाए पछि सँगै आउने दाइ छुट्नु भो ।उहा अघिनै छिरी सक्नु भएको थियो तर हामिलाइ निकै बेरको केरकार पछि मात्र छोडि दियो । उहालाइ काममा पुग्नु पर्ने हतार पनि थियो । तल आयौ भाइ लिन आएको रहेछ मलाइ । आतिदै आएर दिदीहरुलाइ त माथी केरकार गर्दै छ के गर्नु भन्दै भिनाजुलाइ फोन गर्नु लगाउनु भएछ र मलाइ फोन गर्नु लगाइ दिनु भन्ने खवर छोडेर निस्कनु भएछ। बाहिर निस्केर बस पर्ख्यो यति कठाङ्ग्रीदो जाडो के भन्ने र? फेरी म सँगै जाने साथीको लिन आउने मान्छे थिएन । फोन गरेर ठेगाना मगायौ बसमा आउनु भन्ने उर्दि भयो नौलो र बिरानो यो सहरमा कसरी जाने र कहा जाने ? गाह्रो भो बिचरालाइ मैले नै ल्याएर पाल्न पनि म आफै पाहुना आउदै छु के गर्ने तै पनि लिन आउन नभ्याए पछि मेरो मै आयौ दुवै जना र भरे बेलुकि साँझमा फेरी फोन गरेर सोध्दा सोध्दा ट्याक्सी चढेर जानु पर्यो । त्यसैले कोही बेलायत बिधार्थी भिसामा आउने तयारी गर्दै हुनुहुन्छ र यहा आफ्नो घरको कोही वा एकदम नजिकको मान्छे छैन भने भरपर्दो र बिश्वासिलो मान्छेलाइ पहिला देखि नै बस्ने ठाउको ब्यवस्था गराउनु लगाउनु अत्यन्तै जरुरी छ । यति सम्झिनुस बेलायतमा कोही आफन्त हुदैनन मिल्ने साथी पनि पराया भै दिन्छन त्यसैले याद गर्नुस कन्सल्टेन्सीले के कति मोटो रकम तपाइबाट लिएको छ त्यसलाइ पचाउने गरि ब्यवस्था गर्न लगाउन जरुरी छ । नत्र यत्रो ठुलो सहरमा कता कलेज कता बसाइ यस्तो महँगीमा जति मिल्ने साथी नै अगाडि गएर बसेको छ भने पनि काम त्यति सजिलो पाइदैन त्यसर्थ सतर्क रहनु होला ।

यहाको घर यहाको वातावरण धेरै नै राम्रो छ । कलेज खोज्न जादा यहाको साझा बस र रेल दुवै चढे । वसको वे पुल मुनी छ भने माथीबाट रेल रेल जमिन मुनि छ भने बस जमिन माथी । रेल चढेको बेला भने जमिन भित्र छिर्ने बेलामा मनोज गजुरेल दाइले हाम्रा भुतपुर्व प्रधानमन्त्रि प्रचण्ड ज्युको १० बर्षमा नेपाललाइ स्विजरल्याण्ड बनाउने सपनामा आधारमा निर्मित भिडियोको याद आयो । अनि सोचे साच्चै नेपालमा पनि यस्तै भै दिएको भए……….. । प्रत्यक घरमा एउटा एउटा प्राइवेट कार जताततै गाडी नै गाडि र पनि यहा जाम कति पनि हुदैन । सिभिल होम्सको जस्तो चुटुक्क चुटुक्क परेका घरहरु सडकका दुइकिनारमा स्वागतका लागी पञ्च कन्याहरु उभिएका झै देखिन्छन् । ति दुइकिनारामा रहेका घरहरु एक किनारामा विजोडी अङ्क जस्तै एक तीन पाँच सात र अर्कोमा जोडी दुइचार छ आठ सँग सँगै जोडिएर रहेका । यहाको जिवन शैलि पनि एक प्रकारले त राम्रै हो सबै आफै आफै ब्यस्त कसैले कसैको बारेमा चियो चर्चो गर्नु पनि छैन । कसैले कसैको बारेमा बसेर कुरा काट्नु पनि छैन । जे छ आफैमा सिमित छ । हुन त फेरी महँगीका कारण त्यति नगर्ने हो भने हात मुख जोड्नै पनि मुस्किल हुदो रहेछ । पैसा भए सँसारै पाइने अनौठो ठाउ नेपालबाट गुन्द्रुक खोर्सानी आदि बोकेर ल्याउछौ तर यही नै आलु, तितेकरेला, बैगुन जे पनि पाइने रहेछ । पकाएर खान समय नहुनेहरुको लागी भात देखी पुलाउ मासु सबै सबै चिज रेडीमेड पाइने । यस्तै यस्तै रहेछ सपनाको देश अनि मैले मेरो मातृ भुमिलाइ पनि कल्पनामा उतारे ५० वर्ष पछि कि त मेरो देश पनि यस्तै यस्तै हुनेछ कि त नामै मेटिएर जानेछ ।

Monday, October 12, 2009

करको नाममा एउटा मोवाइलको झन्डै चालिस हजार तिरियो

यदि तपाई कुनै पनि बिदेशी भुमीमा हुनुहुन्छ र केही सामान पार्सल पठाउदै हुनु हुन्छ भने होसियार ! काठमाडौको कुनै पनि पोष्टबक्सको नं साथीभाइ तथा आफन्तहरुलाई सोधेर भरपर्दो ठाउमा मात्र कुरियर्स गर्नु होला । नत्र फेरी मैले झै झमेला झेल्न बाध्य हुनु हुनेछ । हुनत जहा पनि नातावाद र कृपाबादको हावी नै छ झन यो भंसारमा त झन कुरै नगरौ आर्थीक कारोवारकै कुरा न आयो । कुरा के परो भने मेरो दिदीको छोरो (भाई)ले अष्ट्रेलियाबाट उसको भाइलाई एउटा फोन कुरियर्स गरेछ । कलेजको कम्प्लिट ठेगाना तर पोष्टबक्स नं थिएन रहेछ। भ्यालि बाहिर घर भएकोले दशैको बिदा भाइ घर गएको बेलामा पर्यो उसकोमा फोन सम्पर्क भएनछ अर्को नं मेरो घरको दिइएको रहेछ । बिहानको १० बजे तिरै FedExe बाट फोन आयो । भाइलाई खोजियो भाइ घर गएको छ भने पछि फोन राखे । फेरी दिउसो करिव १ बजेको थियो फेरी उही नं बाट भाइलाई खोजियो उ त मेरो भाइ हो उ अहिले घर गएको छ म उसको आन्टी बोलेको हुँ भन्नुस के थियो?" मैले भने । "सामान आएको छ लिन आउनुस्" भन्ने जानकारी पाए पछि "के लिएर आउनु पर्छ" मैले सोधे । हामीलाइ सामान आउनेवाला छ भन्ने सुइको सम्म थिएन त्यो बेला सम्म "ट्याक्सको पैसा टन्नै लाग्छ अनि नागरिकता पनि तर अहिले तत्कालै पाउनु हुन्न, हामीलाई लोकेशन बताइदिनुस् हामी डकुमेन्ट ल्याइ दिन्छौ अनि तपाइको काम अघि बढ्छ" । उत्तर आयो अझै खुल्दुली लाग्यो लोकेशन बताए आउने भए डकुमेन्ट लिएर ।

Saturday, September 19, 2009

विकासका कार्यमा युवाहरुको सहभागिता



बितेका दुइ दशकमा नेपालले सुचना प्रबिधिको क्षेत्रमा ठुलो फड्को मारिसकेको छ । सुचना प्रविधि शिक्षाका लागी नेपालमा पछिल्लो पाँच बर्ष देखि लगानी भैरहेको देखिन्छ पनि । केही समययता राजधानि लगाएत मुलुकका बिभिन्न शहरी क्षेत्रमा सुचना प्रविधि मार्फत आफ्नो ब्यवसायलाई सेवा एंव नाफा मुखि बनाउन सक्रिय छन् तर गाउ गाउमा त्यो अवस्था पुगी सकेको छैन । त्यसैले होला केही साहसि र दुरदर्सी युवाहरु गाउ गाउमा पनि यसको सेवा पुर्याउनमा तल्लिन छन् ।

Sunday, September 6, 2009

नर्सहरुको आन्दोलन कति जायज कति नाजायज

नर्सीङ पेशाको सम्मान बेलायतकी समाज सेवी फ्लोरेन्स नाइटिगेंलको अवधारणाबाट विकसित भएको पाइन्छ । नेपालमा नर्सीङको अध्ययन अध्यापन नहुन्जेल सम्म भारतमा तालीम प्राप्त सुडीनीहरु र डाक्टरहरुले नै सेवा उपलब्ध गराएको थियो । नेपालमा नर्सीङको अध्ययन अध्यापन नभएको कारण नेपालबाट पहिलो पटक 1985 मा विद्यावति कंशाकार लगाएत ४ जना नेपाली केटीहरु अलाहाबादमा 15 महिने सुडीनी तालीमको लागी भर्ना भएका थिए । यसै गरि तीन पटक सम्म अलाहाबादमा पठाइ सके पछि राजा महेन्द्रले 2013 मा विश्व स्वस्थ संगठनको सहयोगमा सुरेन्द्र भवन सानेपामा पहिलो पटक एच एम जी स्कुल अफ नर्सीङ स्कूल खोलेका थिए ।

Thursday, August 20, 2009

नेपालमा जहानीया राणाशासन तथा एकात्मक राजतन्त्रको अन्त्य भए पनि कोइरालाशासनको अन्त्य बाँकी छ ।

हाम्री माननिय परराष्ट्र मन्त्रि दिज्युको अस्वास्थताको खवरले हिजो देखि मनमा अशान्ति छाइरहेको थियो । आफै पनि अलि अस्वस्थताका कारण हिजै सिघ्र स्वास्थलाभको कामना दिनै सकिएन। जे होस ढिलै भए पनि सिघ्र स्वास्थलाभको कामना । नपाउनेले केरा पाको बोक्रै सँग खाको भन्ने नेपाली उखानलाइ चरितार्थ गर्न हाम्री महामहिम सुजाता दिज्यु अगाडी सरेको देखेर म मा महिला हुनुको अर्को पिडा थपिएको छ। हामी नेपालीहरु अझ नेपाली महिलाहरु साह्रै भाग्यमानी छौ यस अर्थमा कि हामी सँग अगुवाको नाममा बाटो हगुवाहरु पाइ रहेका छौ । भन्थे नेपाललाइ खै सतियुगमा सतिले सरापेको रे जे पनि खै के खै के ‌…….प्रुत मात्र हुन्छ ।

नेपाली समाजमा संस्कृतिको नाममा मौलाउदै गएको विकृति

आधा आकाश ओगटेका महिलाहरुले संसारमा भएका सकारात्मक परिवर्तनको आधा जतिमात्र पनि जस लिन सकि रहेका छैनन्‍ । यसको मुख्य कारण महिलाहरु आफै नै कुनै पनि कुरामा अडिग भएर अगाडी बढ्‍न नसक्नु साथै आफ्नो लागी कुन कुरा महत्वपुर्ण हो र कुन कुरा आवश्यक छ भन्ने कुराको पहिचान गर्न नसक्नु पनि हो । राजनैतिक, आर्थिक, सामाजिक तथा अन्य क्षेत्रमा पहुँच नभएका कारण पनि उनीहरु आफ्ना कुरा आत्मविश्वासका साथ भन्न नसक्नु हो । पहिला भन्दा नेपाली महिलाको अवस्था केही सुदृढ हुदै आएको छ तर यसो भन्दैमा चित्त बुझाएर बसि हाल्ने अवस्था भने आएको छैन । जति सुकै शिक्षित नै महिलामा पनि केही कुसंस्कार तथा विकृति भने अझै छदैछ किन भने नेपाली समाजमा संकिर्ण सोच लिएर हुर्किदै आएका हामी नेपालीमा अझै पनि पुरानो सोचको भुत उत्रि सकेको छैन । नेपाली महिलाहरुको कमजोर अवस्था हुनुमा दोष जरा गाडेर बसेको सामन्ति संस्कार महिला प्रति हेरीने दृष्टिकोण, गरिने भेदभाव र परिवर्तन हुन नचाहने जड नेपाली समाज नै पनि हो ।

Friday, August 7, 2009

रामपुर कृषि कलेज एक अवलोकन

नारायणगढबाट करीव ११ किलोमिटरको दुरीमा रहेको सुन्दर वातावरणिय उद्यान झै लाग्ने नेपालको एक मात्र बृहत कृषि तथा पशु अध्ययन संस्थान हो रामपुर कृषि तथा पशु अध्ययन संस्थान । यसका साखा कलेजहरु पकलीहवा र लमजुङ्गमा पनि रहेका छन्। दशकौ देखि कृषिी तथा पशु विज्ञानमा पि.एच. डी सम्म अध्ययन अध्यापन हुने यस संस्थानले नेपाल जस्तो कृषिमा आधारीत देशको लागि आवश्यक कृषि विज्ञहरु तथा पशु चिकित्सकहरु उत्पादन गरि देशलाइ निकै ठुलो टेवा दिलाइ रहेको छ । कृषि तथा पशुमा गरि हरेक बर्ष लगभग १८० विद्यार्थीहरु यसमा भर्ना हुने गर्दछन्। यहा पुर्ण रुपमा डोनेशनमा पढ्‍ने भन्दा अन्य विभिन्न आरक्षण कोटा (सीट)मा अध्ययन गर्ने विद्यार्थीहरु धेरै छन्। मेरो जानकारीमा आए अनुसार पुर्ण डोनेशनमा पढ्‍ने छात्र, छात्राले पुरै अवधिभर (कृषिमा आठौ सत्रान्त र पशुमा नवौ सत्रान्त) को लगभग २ लाख ५० हजार रुपैया तिर्नु पर्छ । तर महिला, दलित, मधेशी, जनजाति तथा क्षेत्रगत कोटा अन्तरगत आएका विद्यार्थीहरुले लगभग एकसत्रान्तको १३०० रुपैया मात्र तिर्नु पर्ने हुन्छ भने अझ स्टाफ कोटाबाट आएका विद्यार्थीको निम्ति लगभग ३५० नेपाली रुपैया मात्र तिर्नु पर्ने हुन्छ । सस्तो र ब्यवहारीक विषय भएकाले चिकित्सा तथा इन्जिनियरीङ्ग तिर नाम निकाल्न नसक्ने विद्यार्थीको लागी पनि दोश्रो रोजाइको रुपमा विकसित भएको पाइन्छ । शान्त तथा सुन्दर वातावरणमा अध्ययन गर्न सम्पुर्ण विद्यार्थीहरु (छात्र तथा छात्रा दुवै) को निम्ति छात्रावासले अझ सरल र सुलभ गराएको छ । यस्तै खालको कृषि सम्वन्धि अध्ययन हुने कलेजहरु एकाध ठाउमा सिमित नराखी देशका कुना काप्चाका सर्वसाधारण र गाउका गरिव जनताका छोरा छोरीको पहुँच हुन सक्ने गरि ठाउ ठाउमा स्थापना गराउन सके पुरानो कृषि प्रणालीमा आधारीत कृषिकहरुले पनि केही राहत पाउथे भने नेपाली जनताको आर्थिक अवस्थामा पनि केही सुधार आउने अपेक्षा गर्न सकिने थियो ।

Monday, July 27, 2009

कबिता

दिनानु दिनको महंगी र अशान्तिको माझमा बाच्ने क्रममा झेलिएका आफ्ना कटुभावनालाई समेटी दिगो शान्तिको आसमा एक शब्द खर्चेको छु ।

काठमाडौंको भिडभाड सडकमा
मेरो यात्रालाइ निरन्तरता दिइ रहेछु
सुकुम्वासी झुप्रो त कहिले महलमा
बिस्तारै बिस्तारै पाइला बढाइ रहेछु

चक्का जाम र सडक आन्दोलनको चहल पहलमा
आफुलाइ सुरक्षित राख्ने ठाउ खोजी रहेछु
थाहा छैन यो गन्तव्य बिहिन यात्राको समाप्ति संगै
म आफु कसरी र कहा पुगी रहेकी छु

वरिपरि अशान्ति हिंसा छरिएको बेला
सिहंदरबारको टालिएको कानको अपरेशन गर्दैछु
अन्धकार र सुनसान कहाली लाग्दो सडकमा
अभावको जीवन संगै उन्माद हाँसोको फोहरा फुटाइ रहेछु

नारी अस्मीता र पहिचानको खोजीमा
आफै संग हजारौ अनुत्तरित प्रश्न संगालि रहेछु
अधिकार प्राप्ति र स्वतन्त्रताको आशामा
बिच गल्लीमा कुहिरोको काग झै रुमल्ली रहेछु

चर्को मंहगी र अभावको मारले रुग्न शरीर लिएर
आफ्नै जीवन जुवाको कौडीमा बाजी थापिरहेछु
कालोबादलको काखमा मडारिदै बस्तुहरुमा
रुपान्तरित हुदै बागमतिमा फोहोरको थुप्रो सँग
मिसिएर धमिलो वर्षे झरिको भेल बाढि संगै बगि रहेछु
मनमा भने काठमाडौ लगाएत नेपालभुमी भरि चाडै दिगो शान्ति
आउने झिनो आसको त्यान्द्रोलाई काख च्यापी नै रहेको छु ।

Sunday, July 19, 2009

समय चेतना

१९६ पृष्ठकोको यस पुस्तकमा जम्मा ३३ वटा लेखहरु सँग्रहित छन् ।
संविधान सभा सदस्य भए पश्चात राजनीतिक तरलताका कारण समयमा ब्यवस्थापिका संसदको बैठक समयमा नहुदा, संविधानसभाको बैठक नहुदा संविधान निर्माण प्रकृया सुरु गर्न ढिला भैरहेको अवस्थामा एक महिना दुइ दिन लगाएर तयार पारिएको यो पुस्तक लेखकको हरेक दिन बिहानीको काम हो । नेपालीहरुको महान चाड भनेर चिनिने दशै तिहारको फुर्सदीला समयलाई सदुपयोग गरी लेखिएको पुस्तक हो यो । खासमा मानिस एक चेतनशिल प्राणी भएर पनि समयको चेतना नराखीएकोले नेपालीहरुले दुख पाइ रहेका छन भन्ने कुराहरुलाइ यसले समेटेको छ ।

विषय वस्तु
यो अन्य पुस्तक जस्तो कुनै एउटा विषयमा केन्द्रित रहेर वा अध्ययन अनुसन्धान गरेर लेखिएको छैन । यसलाई सर्सरति हेर्दा यो मिक्स खिचडी तथा क्वाटी हो यहा कुनै पनि एउटा सन्दर्भ र विषयमा केन्द्रित छैन । लेखक लेख्न बस्छन वस दिमागमा जुन कुराले स्ट्राइक गर्छ त्यसैलाइ बिषयवस्तु वनाइएको छ । यसमा खासै सिक्वएन्स पनि मिलेको छैन । लेखकले सुरुमै भनेका छन की यो एउटा चेतना लेखन हो जे आउछ त्यहि लेख्ने । एउटा स्वतन्त्र र खुल्ला लेखन ।
यसले धेरै कुरालाई एकै ठाउमा समेटेको छ । संसद, प्रजातन्त्र, राजनीतिक दल एवं राष्ट्रिय तथा अन्तराष्ट्रिय परिस्थितिका बारेमा वानकी मुन, वाराक ओवामा देखी नेपाली हस्तिहरु पृथ्वीनारायणशाह, जँगबहादुर राणा, बीपी कोइराला, पुष्पलाल, गणेशमान सिहं, पुष्पकमल दाहाल लगाएतका राजनेताहरुका कतिपय प्रसंग पनि सन्दर्भ मिल्नासाथ उल्लेख गरेका छन् । ब्यक्तिगत कुरा देखी समाजिक तथा साँस्कृतिक कुराहरु पनि उल्लेख गरेका छन् । जे जस्ता कुरा आएता पनि पुस्तकको नाम नै समय चेतना भएकोले यहा हरेक कुरामा सचेत हुनु पर्ने, समयलाइ चिन्नु पर्ने कुरालाइ जोड दिएका छन् । यदि मानिसले समयलाइ पहिचान गर्न सकेन वा मानिसमा समयको चेतना रहेन भने अग्रगमनका रुपमा लिइएका कतिपय कुराहरु पनि प्रतिगमनमा परिणत हुन पुग्ने कुराहरु उल्लेख गरेका छन् ।
पुस्तकमा अमेरीकामा आक्रमण पश्चात समयले कोल्टो फेरे पनि नेपालमा घटेको राजदरवार हत्याकाण्ड पश्चात पनि केही परिवर्तन आएन नेपालीहरुले त्यो फरक परिस्थितिलाइ चिन्न सकेन भन्ने जस्ता भावहरु छछल्किएका छन ।

मैले बुझे अनुसार यसमा लेखकले उठाउन खोजिएको कुराहरु भनेको निकै गहन र सान्दर्भिक छन । लेखक हाम्रो देशले बिकासको छलाग मार्न नसक्नुको कारणहरु बिकाश सँग जोडिएका अन्य प्रकृयालाइ खुट्याउन नसक्नु हो भन्छन । कुनै पनि प्रकृया एक्लो हुदैन र एक्लै अगाडि बढ्नै सक्दैन ।

राष्ट्रिय उन्नति र बिकाशको निम्ती पनि दशमार्ग अर्थात १० वटा प्रकृया तथा आधारहरु आवश्यक ठानेका छन
गणतन्त्र, राष्ट्रनिर्माण, लोकतन्त्र, शान्ति, विश्वसम्वन्ध, तीव्र विकाश, सुशासन, राज्यको पूनर्सरचना, सामाजिक एवं आर्थिक रुपान्तरण र समाबेशीकरण
जसलाइ गरालो साबिती सुपुरुस नाम दिएका छन । यिनीहरु एक अर्काका पुरक हुन यिनीहरुलाइ सँग सगै लैजाने हो भने मात्र देशमा बिकाश हुन्छ भन्ने मान्यता लेखकको रहेको छ । यसबाट पनि लेखकले केहि आशा राखेका छन ।
नेपालका संविधानविदहरुमा वचन र ब्यवहार फरक परेकाले देश वनाउन नसकिएको गुनासो पनि पोखिएको छ । राज्य नागरिकको लागि वा विकासको लागि जे सुकैको लागि भए पनि बलियो हुनु पर्छ तर्कलाइ पनि यहा समेट्न भ्याएका छन नेपालमा राजनीतिक तरलता कस्तो छ भन्ने कुरामा लोकतन्त्रको आधार निर्वाचन भएको सन्दर्भलाइ जोडेर लेखेका छन् । परम्परा भनेर सबै कुरालाइ आत्मसात गरी रहनु आवश्यक छैन परम्परालाइ पनि परिमार्जित र परिवर्तित गर्दै लानु पर्छ भन्ने तर्कलाइ लेखकले यहा यसरी प्रश्तुत गरेका छन । देशमा अनेकौ पटक गठबन्धन गरे पनि सरकारको नेतृत्व परिवर्तन गरे पनि शान्ति प्रकृया अगाडि नवढे पनि संविधान निर्माण कार्य सुरु नभए पनि केहि आशा गर्न छाडेका छैनन सरल र सहज भाषा शैलीमा लेखिएको यस पुस्तकको विषेशता भन्नु नै पृथक र रोचक हो । अन्य पुस्तक भन्दा यस कारणले पृथक छ कि यो कुनै एउटामात्र बिषयको सिमामा बन्धित छैन। सरल देखिएता पनि गहन कुरालाई समेटेको छ ।
हेरौ र चिनौ
धन्यवाद बधाइ र शुभकामना
यो शिर्षक सुन्दा अनौठो लागे पनि यसले निकै गहन कुरा उठाएको छ । विकासका तीन प्रमुख आधार तथा अभिभाज्य अँग हुन्छन् । अतीतको उपलब्धि वर्तमानको क्रियाशिलता र भविष्यबारे इच्छा । ती सबै एकिकृत भएर चलबलाउन थाले भने मात्र बिकास हुन्छ । समय चेतना तीनवटैको चेतना हो । अतितबारे चेतना वर्तमान सम्वन्धी चेतना र भविष्य छ भन्ने चेतना । विश्वलाइ अन्य प्रगतिशिल देशलाइ र हिजोको दिनलाइ हेरौ र आजलाई बुझौ भविष्यलाई चियाउ। तिनमा सर्वोतम कुरा के छ बुझौ आफ्नो देश समाज र आफुलाई हेरौ । समयलाई चिनौ ।

लेखक र हामी बिचको उमेरको अन्तरले हो वा बुझाइको अन्तरले हो यसमा समेटिएका कतिपय विषयहरु अलि गोलमाल पनि पार्छन । भन्नुको अर्थ माथिका शिर्षक हेर्ने बित्तिकै सबै कुरा बुझ्न सकिन्न । जस्तै सुरुको लेखलाइ नै हेरौ समय वितरण शिर्षक भएता पनि उप शिर्षकहरु छन
एकता त्रयी सृष्टि, स्थिति, विनास
बुद्घ, धर्म, संघ
करुणा, मेत्ता, मुदिता
राष्ट्रियता, प्रजातन्त्र, समाजवाद
विश्व, छिमेकी, हामी

यसमा पनि मैले कति पढ्दा पनि शिर्षक सँग नमिल्दो पाएको बिषयहरु
दुइ चरा
पहिला चिरा
हुनत सबै कुरा बुझिनै पर्छ भन्ने पनि केही छैन ।
संपादनको क्रममा मुठभेडको ठाउमा मुठमेड परिवर्तनको ठाउमा परवर्तन सुष्माको ठाउमा सुषमा तथा छोरा अष्ट्रेलिया पढ्न गएको छे जस्ता सामान्य गल्ति बाहेक अन्य गल्तिहरु खासै देखिन्न ।

जे जस्तो भए पनि यस पुस्तकले सम्पूर्ण मानव जातिलाई प्रगति उन्नति र बिकाशको लागी सचेत गराउने प्रयास गरेको छ । लेखकले यस पुस्तक मार्फत मानिसहरुलाइ समय अनुसार परिवर्तन हुन आग्रह तथा अनुरोध पनि गरेका छन । हरेक व्यक्तिलाइ समयको सहि चेतना हुनु आवश्यक देखाएको छ

Tuesday, June 23, 2009

...............................


...............................केहि दिन देखि वाक्य रहित र निशव्द छु । मेरा वाक्यहरुको मोल निकै महंगो हुदै गइरहेको महशुस पनि हुन्छ तर शान्त दिमागले सोचि हेरे महंगो हैन रहेछ । मेरा दिमाग पनि खालि खालि भै रहेको छ । खालि नै दिमागले पनि भनि रहेको छ कि तँ धेरै नबोल । बोल्ने को जमाना गयो । केही गरेर देखाउनेको जमाना गयो । अब चुपचाप देखे पनि केहि नदेखे जस्तो गर, बुझे पनि नबुझे जस्तो गर, जाने पनि केही नजाने जस्तो गर र सुने पनि नसुने जस्तो गर । केहि जाने जस्तो गरेमा कुनै अपराध बिना मृत्यु निश्चित छ । त्यो पनि कुनै पापी र क्रुर मानिसको हातबाट ।
हिजो बिना कारण ख्यातीले मृत्युको ख्याती कमाउनु परेको छ । आखिर ख्यातीको गल्ति के थियो उहि सुन्दरता मिलनसार र जेहेन्दार नै होइन? त्यो भन्दा अगाडी उमाले ख्याती कमाइन उनको पनि गल्ति केही बुझेको जानेको कुरालाई जनता सामु राख्नु नै होइन र ? प्रजातन्त्र र गणतन्त्रले दिएको वाक स्वतन्त्रताको सदुपयोग गर्दा नै कैयौले अकाल मृत्यु वरण गर्नु पर्ने कस्तो जमाना होला यो ?

कुनै समयमा विश्वमा शान्तिको देश भनेर कहलीने देश भित्र दण्दहिनताले प्रशय पाउदा कैयौ ख्याति, उमा, बिबेक, रामहरि, बिहारी आदि आदीले अकाल मृत्यु बरण गर्नु परेको छ । सरकार मौन गम खाएर बसेको छ । हामी जनता दिनानु दिन आतंकित र त्रशित बनेर बस्नु परेको छ । पारिवारीक किचलो आपसी मनमुटाव र झै झगडालाई पैसामा परिणत गरेर विभत्स हत्या गरिन्छ । धम्कि र घुर्क्याइले हामी दिनानु दिन शसंकित हुदा कति कुराहरु आफै भित्र लुकाएर राख्नु पर्ने अवस्था छ । अव यसो गर्दा हामि मध्य को दोषी ? सरकार वाल्ल परेर बसेको छ। आफ्नो ठाउबाट गरेका छौ भन्लान सरकारवालाहरु खै त व्यवहारमा देखिएको? यस्ता अमानवीय विभत्स र क्रुर कार्यमा संलग्नहरुलाई दण्ड दिने व्यवस्था कहिले हुन्छ यो देशमा? के सरकारको केहि पनि कर्तव्य छैन? यसको लागि सरकारले एउटा कडा कानुन बनाउन किन सक्दैनन् ? के एक निर्दोष जनताको अकाल मृत्युको कारण खोजी सजाय दिनु सरकारको दायित्व होइन र ? यस्ता आपराधिक गतिबिधीमा संलग्नलाई राजनीतिक आश्रय किन दिन्छन हाम्रा देशका राजनेताहरुले ? सरकार मौन बसि दिए पछि प्रशासनिक फाँटका मानिसले के गर्न सक्छन ?

के निर्दोष मानिसको ज्यान ट्यापे र माफियाहरुको हातबाट सधै समाप्त पारी खुलम खुला सडकमा साँढे गोरु झै डुक्राएर हिड्न दिनु के यहि हो नेपालको लागि नागरिक सर्वोच्चता ?
के हो यो मानव अधिकार? नेपालको लागि कानुनी कारवाही के हो ?आज अपहरण, भोलि फिरौति रकम, पर्सी छेद बिछेद पारीएका मासुका टुक्रा, अर्को दिन समाचार, त्यसको भोलि पल्ट दोषीमाथि कारवाहीको माग सहित धर्ना र जुलुस, केही दिनमा अपराधी पक्राउ, त्यसको केही दिनमा तिनै निर्दोषका परिवारबाट लिएको फिरौती रकमको सदुपयोग अनि सामान्य तारिखमा अपराधी जेलबाट मुक्त के यहि हो मानव अधिकार ?
यस्तै हो भने हिजो पक्राउ परेका विरेन जस्ता नरसंहारकारि एक दिन पैसाको बलले चाडै हाम्रै अगाडि हात हल्लाउदै हिड्ने छन् के पाउछ ख्यातीका परिवारले? के यसो भएमा ख्यातीको रोइ रहेको आत्माले शान्ति पाउलान त? अव कुरा रह्यो अपराधीलाई के गर्ने? मानव अधिकार हनन को मुद्दा लाउने की त्यस्तालाइ सोझै फासी दिने ? बिना कारण अर्काको सन्तती हत्या गर्ने लाई सिधै फाँसी दिन किन मिल्दैन? हामी जस्ता गणतान्त्रिक भनिएका देशका जनताले यसो भन्न त नहुने हो तर के मानव अधिकार हनन हुन्छ भन्दैमा कैयौ निर्दोषको ज्यान दिनानु दिन गुमाउदै बस्नु उचित होला? मानव अधिकारको नाममा उर्लेको कार्यले सान्त्वना बाहेक उसको परिवारलाई के जिउदो जाग्दो ख्याती फर्काई दिन सक्छ? यो देशमा दोषी उपर अपराधको सजाय फाँसी नतोके सम्म फेरी अन्य लाखौ ख्यातीलाई गुमाउदै बस्नु पर्ने छ ।
ति ख्याती मध्येका निशाना हामी भित्र कै एक हुन सक्ने छ ।
अन्तमा निर्दोष र बालाबोध ख्यातीको चिरआत्माको शान्तिको कामना ।।।

Wednesday, June 17, 2009

नेपालको वर्तमान अवस्था

भन्नै पर्दा म जस्ता सर्वसाधारणले बुझ्ने र चिन्ने विश्वको सर्वोच्च शिखर सगरमाथाको देश भएर पनि विश्वसामु आफ्‍नो सान उच्च बनाउन नसकेको, शान्तिको अग्रदुत भगवान गौतम बुद्धको जन्मभुमि भएर पनि शान्ति र सद्‍भाव हुर्कन नसकेको, प्राकृतिक रुपमा विश्वको धनि देशहरु मध्येको भएर पनि दुनियाको दरीद्र राष्ट्रमा सुचिकृत हुन पुगेको, दुनियामा बहादुर गोर्खालीको पहिचान बनाएर पनि आफ्‍नै मातृभुमिको सिमाना दिन दहाडै मिचीदा लाचार र मुकदर्शक भएर बसिरहनु परेको, संसारमा जहासुकै पुगेर पनि इमान्दार जातिको रुपमा पहिचान बनाउन सक्ने नेपाली जातिको स्वदेश स्वंयमा भने धुत्र्यार्इ छली, चेलिवेटि बेचविखान गर्ने देखि स्वदेशी काठपात तस्कर गर्ने एउटा विचित्रको देश हो नेपाल ।
किन यस्तो हुन गयो त नेपालको स्थिति ? यो स्वाभिमानी नेपालीहरुको निम्ति ज्यादै महत्वपुर्ण र गम्भिर सवाल हो । यस सवाललाइ सहि तरिकाले विश्लेषण गरिनु, उचित उत्तर पहिचान गरिनु र निकासको बाटो खोज्नु नितान्त जरुरी छ । मर्निङ्ग सोज द डे भनिए जस्तै अर्थात जस्को वर्तमान राम्रो छ उसैको भविश्य पनि राम्रो हुनेछ भन्ने भनाइ सँग नेपालको वर्तमान स्थितिलाइ दाजेर हेर्दा साथै यहांका राजनैतिक पार्टी वा तिनका नेताहरुको हर्कत हेर्दा अनि बहुसंख्यक मानिसहरुको प्रबृत्ति हेर्दा त्यो छाट अझै निक्कै पर देखिन्छ ।
यसो भनिरहदां म निरासावादि ठहरीन सक्छु तर त्यो अवश्य पनि होइन । यो त नेपालको वर्तमानलाइ म जस्तै सामान्य मानिसले बुझ्ने र हेर्ने दृष्टिकोण मात्र राखिएको हो । जहा सम्म लाग्छ कुनै पनि राष्ट्र, एउटा राष्ट्रको रुपमा स्थापित हुन त्यस देशको निश्चित सिमाना सहितको भुगोलको अपरिहार्यतालाइ स्विकार गर्दछ । त्यसरी नै कुनै पनि राष्ट्र एउटा गतिशिल, सभ्य र समुन्नत हुनको लागि त्यो देशको भुगोल र प्राकृतिक उपस्थिति वाहेक त्यस भित्र बसोवास गर्ने मानिसहरु र उनीहरुको आवश्यक्तालाइ बुझ्न सकिएन भने त्यो राष्ट्र अराजक तथा कुशासनले ग्रष्त हुन जान्छ । नेपालीमा एउटा उखान छ हामी हतारमा बिवाह गर्छौ र फुर्सदमा पछुताउछौं । इतिहास देखि वर्तमान सम्म नेपालका राजा महाराजा देखि क्रान्तिकारी नेता सम्मले कुनैपनि दुरगामि महत्वको विषय/कार्यमा विना योजना, विना प्रयाप्त छलफल र विना गृहकार्य तुरुन्त कामको घोषणा र थालनि गर्ने र केहि समय पछि त्यसलाइ सुधार/परिवर्तन गर्ने, विगार्ने, भत्काउने कार्य संस्कारकै रुपमा विकसित गराएका छन । यो कार्य दुरदृष्टिको अभाव वा अयोग्यताको कारणले पनि हुने गरेको छ । जस्तो पछिल्लो पटक माओवादीका नेताहरुले कहा के बोले । पछि आएर सच्चाउदै हिड्‍ने तथा आफ्नो गल्ति सुधार्नु साटो आफै अरुलाइ विरोध गर्ने, आफै अरुलाइ दोष लगाउदै हिड्‍न थालेको छ । के यो आफैले थुकेको थुक चाटे सरह होइन र ? क्रान्तिकारी भनाउदा सार्वभौम संस्थाका नेतृत्वदायी समुहको यस्तो हविगत छ भने झन अरु क्षेत्रमा के अवस्था होला ? हुन त माओवादी मात्र नभै अन्य राजनैतिक दलका नेताको पनि चाला उही नै छ । यस्ता केटाकेटि खेल जस्तो कामले जनतामा अविश्वास श्रृजना हुन पुगेको छ र यो निरन्तर भइ रहे निराशा र निराशाको परिणाम त झन ठुलो दुर्घटना ।
अर्कोतिर नेपाल जस्तो गरीव मुलुकमा गठित धेरैवटा पार्टीहरु पार्टीसंचालनको विबिध पक्षमा आर्थिक समस्याहरु ब्यहोरी राखेका (झेल्नु परेको) हुन्छन । त्यसबखत विभिन्न व्यापारि वा तस्करहरु संगको बाध्यतापुर्ण सम्बन्धले सो पार्टि सरकारमा पुगेको बखत तस्करहरुले अबैध कार्यको संरक्षणको अबसर प्राप्त गर्दछन । त्यसले राजनितिलाइ कालाबजारि, घुषखोरी, तस्करी लगाएतका कार्यहरुको पर्‍र्यायको रुपमा वदनाम गर्न मात्र होर्इन जनतामा राजनैतिक नेतृत्वप्रति बितृष्णा/घृणाभाव जागृत भइ पलाएनवादिताको बिकास हुन थाल्छ । आफ्‍नो पक्षको सरकार आएको वखत भरपुर उपयोगको निति लिइ कर्मचारीतन्त्र नै राजतिनिकरणको भुमरिमा अनायासै पुर्‍याउछ । एकपटक निजामति कार्मचारी राजनितिकारणको सिकार भइ सरकारमा निजमति कार्मचारीहरुले राजनिति गर्न थाले पछि जाने हुन्छ देश पतनको बाटो गयो भनेर । नेपालको अहिलेको बिडम्बनायुत्त अवश्थाको धेरै मध्य एक प्रमुख कारण यहि नै हो ।
देशमा गणतन्त्र आए पछिको यो एक वर्षमा त झन चोरी सीकारी तथा ठगीको विगविगी बढेको छ । अस्ती भर्खर मात्रको घटना हो । ललितपुर नीवासी एक नेवार जातीको घरमा भाडामा बस्ने बस्ने एक परिवारले २ वर्ष सम्म घरभाडा नतिरि घरै मेरै हो भनि जिद्दी गरे पछि न्यायको ढोका ढकढकाउन सर्वोच्च अदालत सम्म पुग्नु पर्यो । सर्वोच्चमा पुगेर फैसला घरवालाको तफ भए तापनि माओवादी निकटका वाइ सी एल भनाउदाहरुले वकिल,समाज र घरवालाहरुलार्इ ज्यान मार्ने धम्कि दिइ रहेको कारण कैयौ महिना सम्म वकिल लगाएत घरवाला लुकेर हिड्‍ने अवस्था आयो । त्यस बेला न त प्रहरीले नै सहयोग गर्न सके न त अन्य कसैले बल्ल तल्ल आफ्नो आफन्तको सहयोगका कारण माथिल्लै तहमा कुरा पुराए पछि मात्र उत्तब्यक्तिलाइ घरबाट निकाला गरियो । आफ्नै घरमा आफ्नो स्थान सुरक्षित पार्न त यस्तो महायज्ञ गर्नु पर्छ भने अन्यत्रको त कुरै नगरौ ।
जहा सम्म भन्सार ठगीको कुरा छ, सर्वसाधारण जनताले थोरै झोलामा पोका पारेर ल्याइएका समानको पनि भन्सार कर तिर्नु बाध्य बनाइन्छ भने नेता तथा सरकारमा रहेका मानिसको आफन्तहरुको छ भने ट्रकका ट्रक समानको पनि केही तिर्नु पर्दैन । यसरी हेर्दा नेपालमा बनेका नियम तथा कानुनहरु हामी सर्वसाधारणलाइ मात्र हो जस्तो छ । जो पार्टी तथा सरकारका माथिल्ला तहमा पुगेका राजनेता तथा नेत्रीका लागि साथै उनीहरुका भाइ भतिजा साखा सन्तानका लागि होइन । किन भने भन्सार छलिएर आयातित सामान होस वा भंसार छलेर निर्यात गरेका सामानमा सरकारमा रहेका मानिसहरुको निकै ठुलो हात रहेको देखिन्छ । भनेको सुनिन्छ, नेपालका विभिन्न नाका तथा भन्सारबाट मल, ग्यास लगाएत विभिन्न प्रकारका सामानहरु ट्रकका ट्रक विना भन्सार तिरी भित्रि रहेकाछन्‍, भने ट्रकका ट्रक काठहरु निर्यात भै रहेका छन्‍ । कार्वाहिको लागि भन्सारमा पुराइएको सामान पनि माथिल्लो ओहदामा रहेका नेता तथा मन्त्रिहरु द्वारा भन्सारका कर्मचारि तथा उक्तक्षेत्रका सुरक्षा पति कहा धम्कि पूर्ण फोन आए पछि विना कार्वाहि छोडिन्छन्‍ । यसरी संविधान निर्माण कर्ताहरु काठ तस्कर तथा विभिन्न सरसमान विना कर भित्राउन तिरै लागि रहने हो भने कस्तो होला हाम्रो नया नेपाल ?
जब भन्सार छलिको काम सुरु हुन्छ त्यहि बाट घुसखोरीहरुको पनि जन्म हुन जान्छ साथै यहि कारणबाट असन्तुष्ठि र सामाजिक अपराध पनि । आफ्नो पेशा प्रतिको बफादारीता निभाए तापनि जस नपाइने हुनाले कर्मचारीहरु नचाहदा नचाहदै पनि सामाजिक अपराध तिर धकेलिन थाल्छन । कर्तव्य पालनाको क्रममा केही भन्सार छलि आयात तथा निर्यात गरेको पाइएमा कार्वाही गर्न तिर लागेमा मन्त्रि तथा सांसदको धम्किपूर्ण फोन आउन थाल्छन । आफुले गलत काम न नगरी धम्की सहनु पर्दाको पिडा त छदैछ फेरी सरुवा या त ज्यानै मार्ने धम्कि पनि आउन सक्छ किन भने नेपालमा मानिस मार्नु एउटा सडकको भुस्याहा कुकुर मार्नु सरह भएको छ । नेपालमा अहिले नत शान्ति छ न त सुरक्षा नै ? केही नभए पछि आफनो ज्यानको सुरक्षा गर्नका लागि नै भए पनि अपराधी गिरोहका नाइकेहरु संग मिल्नु पर्ने बाध्यता नै हुन सक्छ । तर जे सुकै भए पनि नेपाल जस्तो संयुक्त परिवारको पृष्ठमुमी भएको देशमा ती पहिले शासन गरेका र नयां आउने शासकहरु विचमा पुस्तौनि वा सगोत्रिय नाता सम्बन्ध कायम रहने हुदां सामाजिक दवावकै कारण पुरानो ब्यवस्थाका अपराधिहरुलाइ कार्वाहि गर्न नसक्नु तथा दण्डहिनताले प्रश्चय पाएको छ । राज्यको उच्च तहमा नै दण्डहिनता प्रस्ट देखिएपछि तलसम्म कानुनलाइ अटेर एवं अपमान गर्ने कार्यको बिजारोपण भइ राज्य अराजकताको बाटो तफ धकेलिएको प्रष्ट छ ।
राज्यको महत्वपुर्ण अवयवहरु र व्यवस्थापनमा परिवर्तन आएता पनि संस्कार, चिन्तन र दर्शनमा परिवर्तन नआएको कारण जनतामा पुरानै रक्सि नयां शिशि भन्ने गहिरो छाप परेको छ । गणतण्त्र नै आए पनि सरकार नै फेरीए पनि सरकारमा पुगेका नेताहरुको का गर्ने सैली अझै फेरीएको छैन । यी पुरानो संस्कार र चिन्तनको गन्धका उदाहरणहरु हजारौको संख्यामा देखिसकेका छन। खुला सिमाना भारतिय अतिवादिहरुको समर्थन तथा घुसपैठ र बेरोजगारीको समस्या लगाएतका विभिन्न गंजागोल अहिले नै शान्त होला जस्तो छैन । पार्टीहरुको हालको हर्कत वर्गत हेर्दा अब पनि घुसखोरी अपराधिहरुलाइ कार्वाहि गर्ने छाट देखिदैन । त्यसको मतलब राजद्रोहि शक्तिहरु र हिजोका सामान्ति शक्तिहरु फेरीपनि फुक्का रहने र नेपालको अशिक्षित समुदाय अनि निरास समुहहरुलाइ परिचालन गरि देशमा एक किसिमको आतंक वा राष्टि्रय अस्थिरता फैलाइरहन सक्ने सम्भावनालाइ अहिले कम्तिमा नकार्न सकिदैन । मुल्य बृद्धि र देशमा बढ्‍दै गएको बेरोजगारिको कारण उत्पन्न हुने सबैखाले बिकृतिहरुलार्इ परिचालन गरि आफनो पक्षमा प्रपोगाण्डाको लागि होस वा र्‍युमरको लागि निश्चित रुपमा कुनै पनि अपि्रय घटनाको संभावना रहिरहन्छ ।
ब्यक्ति ब्यक्ति मिलेर परिवार बन्छ, अनि परिवार परिवार मिलेर गाउ समाज बन्छ अनि त्यो गाउ/समाजहरु मिलेर बल्ल राष्ट्र बन्ने हो । अब राष्ट्र बन्न लाइ समाज बन्नु पर्‍यो र समाज बन्नलाइ परिवार बन्नु पर्छ । अर्थात ब्यक्ति ब्यक्तिमा परिवर्तन आएन भने सिं¨गो राष्ट्र बन्नलाइ ब्यक्तिको स्वभाव, चिन्तन, वानि व्यहोरा अनि क्षमतामा बृद्धि र बिकास हुनु पर्दछ । त्यसनिम्ति देशवासिले सुझबुझका साथ बृहत रुपमा राष्ट्रलार्इ समाहित गर्न सक्ने पार्टी वा नेतृत्व छनौट गर्नुपर्ने र समानुपातिक प्रतिनिधित्वको समावेसि वा समुहिक अवधारण विकास गराउन जरुरी छ । तर त्यहि ब्यक्ति विचमै बैमनस्यता तथा गरिव निमुखा जनतालाइ चर्को भन्सार असुल्ने, सामान्य जनताले चेलिबेटि बेचविखन गरेको भेटेमा कार्वाही गर्ने तथा सरकार संचालनमा रहेको ब्यक्ति निकटका मानिसहरुले जत्रो सुकै अपराध गरे पनि दण्ड नहुने हो भने यो देशले कहिले पनि कोल्टो फेर्न सकिदैन । त्यसैले अहिले गठित नया सरकारले यो दण्डहिनताको अन्त्य गरिनु पर्छ र म जस्ता सर्वसाधारणले पनि चैन र आरामको जीवन ब्यतित गर्न पाउनु पर्छ । देशले राजनैतिक निकास मात्र खोजी रहने, ६, ६ महिनामा पालो फेरी फेरी सरकार मात्र फेरी रहने र अहिले त झन ‍तिन महिना मात्रै समय तोकिएको छ क्यारे अब जता गयो फोरम उतै पुग्ने कोरम पनि फुटेर टुक्रा टुक्रा भै एक अर्का संग नमिलेर अरुको खुट्टा तान्ने प्रयत्न मात्र गरि रहने हो भने म जस्तै करोडौ नेपालीको भविष्य अन्धकार छ । त्यसैले शान्ति सुरक्षा र अमन चैनको स्थीति सृजना गराउनु सरकारको अहिलेको तात्कालिन कर्तव्य हो । शान्ति सुरक्षा नै अहिलेको आवश्यकता पनि हो त्यसैले बन्द, हडताल र दोषारोपनको राजनीति बन्द गरिनु पर्छ । आपराधिक घटनामा संलग्न दोषीहरुलाइ नेता तथा मन्त्रि नै भए पनि कार्वाही गरिनु पर्छ । अब नया ढंगले सहमति खोजिनु पर्छ नत्र पुरानै सैलीका ब्यवहार भइरह्यो भने फेरि पनि विकासले छलाङ मार्ने सम्भावना कमै रहन्छ ।

Monday, June 8, 2009

लाल सलाम

पृष्ठभुमीमा एक पुरुष आवाजले विभिन्न बिषयवस्तुको बारेमा ब्याख्या तथा बिश्लेषण गरि रहेको हुन्छ र सान्दर्भिक स्थानहरु पनि पर्दामा देखिइदै आउछन् । एउटा बिहान गाउका ठकुरी चिरीच्याट्ट परि कहि जान निस्कन्दै छ । त्यहि समयमा एक जना दलित टुप्लुक्क आगँनमा आइ पुग्छ । जदौ हजुर के भनेका हुन्छन मुख भरीको गाली र डुमरे का संज्ञाले सम्मानित हुनु पर्छ ति निर्दोष र निरिह मानिस । बिना गल्ति गाली खाइ पिडा बोध गरि पछाडी के फर्केका हुन्छन ति दलित ठकुरीनी आमै पानी लिएर आउदै गरेको बेला अनायासै छोइदिन पुग्छ फेरी गालीका साथै बिहान बिहानै चिसो पानी टाउकै बाट खनिन पुग्छ । एउटा पुरानो गाउको माटोले लिपिएको भित्रको भर्याङ समेत बाहिरैबाट देखिएको सिकुवा भएको घर जहा एक जड्याहा बस्ने गर्दछ जसले जहिलै पनि श्रीमतिलाई मादक पदार्थको मात लागे पछि कुट्ने गर्दछ । घरमा एक दाना अन्न नभए पनि गाउमा रक्सी खाएर आउदा खानेकुरा पकाइनस भन्दै चादे लगाउछ र एक दुइ शव्द फर्काउदा घरबाटै निकालिन पुग्छन । पिडा खप्न नसकी छटपटिएका श्रीमति समाज भेला गराउन पुग्छन । तर पुरुष बादी चिन्तनले ग्रस्त नेपाली समाजमा एक निरीह महिलालाइ कस्ले दिने साथ यस्ता श्रीमानको मान मर्यादा गर्न नजान्ने महिलालाई गाउमा राखेमा गाउ भरिका सबै महिला उस्तै हुन्छन भनि डाडै कटाइन्छ ।

बिहानी लगभग नौ बजे तिरको घाममा केही भद्र पुरुषहरु लर्को लागेर कमरेड लालबिरको घर हुदै माओवादीको केन्द्रिय समितीको पुर्ण बैठक भए तिर लागी रहेका हुन्छन ।लामो छलफल र बहस पछि एउटा ठोस निर्णय आउछ जनयुद्दको सुरुवात। रातारात भित्ताहरु रंगाउने तथा पोस्टरहरु टास्ने साथै मसाल जुलुस निकाल्ने कार्यको सुरुवात हुन्छ । केहि संका लागेका ब्यक्तिहरुलाइ रातारात घरमै गएर चुट्ने पिट्ने तथा बिभिन्न किसिमका सजाय दिएर छाडि दिन्छन भने जाड रक्सी सेवन गर्नेलाइ कान समातेर उठबस गर्न लगाउने आदी काम गर्न थाल्छन । कृषी बिकास बैंक कब्जामा लिइ त्यहाका रिणीहरुको धितो राखीएको काजगहरु च्यात्ने र जलाउने कार्यका साथै लाल पुर्जा फिर्ता पनि गरिदिन्छन । बाटोका बृद्द बृद्दालाइ भारी बोक्न सहयोग देखी गाउ गाउमा पुगेर घास दाउरा जस्ता काममा सहयोग गर्ने र विश्वासीलो पात्र बन्न माओवादी जनयोद्दाहरु तल्लीन देखिन्छन । यसै बेला जंगलको बिचबिचमा अत्यन्तै बिकट ठाउहरुमा सैन्य तालिम पनि गर्नै गराउने र दुष्मनहरुको अखडामा गएर हमला गर्ने ग‌र्न थाल्दछन ।
मध्यरातको समय पारि बिभिन्न प्रहरी विटहरु जलाउनुका साथै भवनहरु ध्वंस गर्ने कार्य पनि सुरु हुन्छ ।
उनीहरुले यस्ता बिध्वंसका काम मात्र नभै सडक खन्ने कार्य पनि सुरु हुन्छ । यस्तैमा दोहोरो ठुलो भिडन्त सडक खन्ने ठाउमा हुन्छ र त्यहा कैयौ गाउले निर्दोष पनि पिल्सन्छन त कति महिला बलत्कृत हुन्छन भने कति माओवादी कार्यकर्ताको आखा पनि निकालिन्छन । यहिबाट सुरु हुन्छ सहि रुपमा दुष्मनी र बैमनष्यता । गाउगाउका निर्दोष मानिस माथी सैन्य कमाण्डरहरुको हमला र ज्यादतिका कारण संम्पूर्ण गाउबासीमा आतंक फैलन्छ । यस पछि चर्कन्छ देशब्यापि रुपमा युद्द । चलचित्रको अन्त १९ दिने दोश्रो महान जनआन्दोलन पश्चात गणतन्त्र घोषणा संगै भएको छ ।

समग्रमा ठिकै ठिकै बिषयबस्तु समेटेको चलचित्र हो लाल सलाम । नेपालका केही सुन्दर ठाउहरुलाइ देखाइएको छ यो एउटा राम्रो पक्ष हो । संकटकालमा नेपाली सेना तथा प्रहरी जवानबाट भएका ज्यादती लाई केही नजिकबाट देखाइएको छ । एउटा दृष्य जसमा एउटी महिलाको बलत्कार पछि आखा निकालिएको छ त्यो भने पक्कै दर्दनाक र हृदय बिदारक नै छ तर नया पात्रहरु भएको कारण सबै सबै कलाकारको अभिनय अत्यन्तै कमजोर, बनावटी र अत्यन्तै अश्वभाविक छन। सैन्य कमाण्डर भएर भाषण गर्दै हिड्ने पनि तिनै र कुनै साँस्कृतिक कार्यक्रममा नाच्ने कलाकार पनि तिनै हुदा अलि असोभनिय दृष्यहरु पनि रहेका छन ।

शीवजी लामीछानेको निर्देशनमा बनेको लालसलाममा इश्वरचन्द्र ज्ञवाली गणेश भण्डारी र शीवजी लामीछानेको पटकथा तथा छ भने तारा थापाको सम्पादन रहेको छ साथै भीम रानाको छायाङकन । खासमा लाल सलाम देशकाल र परिस्थितिलाइ समेटेर बनाउन खोजिएको चलचित्र हो । माओवादी पार्टी कसरी जन्म हुन पुग्यो । माओवादीहरु जनयुद्दमा कसरी होमिन पुगे भुमिगत हुदा उनीहरुले के के समस्या झेल्न परेको थियो भन्ने बिषयको सेरोफेरोमा रहेको छ लालसलाम। तर सबै र सधै झै यस चलचित्रले पनि आफुले त कुनै गल्ति नै गरिन्न । जस्तो भए पनि आफ्नै कुरा मात्र सहि र आफुले गरेको मात्र ठिक भन्ने मेरो गोरुको बार्है टक्का भन्ने उखानलाई भने चरितार्थ गरेकै छ । माओवादी ज्यादतिको बारेमा अनभिज्ञ रहेका नेपालीहरु नेपालमा बिरलै भेटिएला जवकी लाल सलामले त्यो पक्षलाई पटक्कै छोएको छैन ।
नयाँ विषयवस्तुलाई छोएर नयाँधारमा बनाइएको भनिए पनि यो चलचित्र ठिकै मात्र छ । यो भन्दा अगाडि नै द सारी सोल्जर हेरी सकेकोले होला त्यसमा जतिको मार्मीकता लालसलाममा पाइन्न । हामी पिडीतहरुलाई थाहा छ कि कति सरकारबाट दमन भयौ र कति माओवादीबाट । आखिर दोहोरो मारमा पिल्सने जनता त हामी नै थियौ नी त्यसैले यदि चलचित्रले देखाउने नै हो भने दुवै पक्षको खुलेर आलोचना तथा आत्मालोचना गर्न सकेको भए चलचित्र निकै स्तरीय हुने थियो । सेना पक्षको ज्यादतीलाई जति राम्ररी देखाएको छ त्यती माओवादी पक्षको ज्यादतिलाई देखाइएको छैन ।
यहा माओवादी पार्टीमा लाग्न तथा भुमिगत हुनलाई घरका बुवा आमाले नै आशिर्वाद दिइ फुलमाला लगाएर पठाएका थुप्रै दृष्यहरु छन तर मलाइ जहा सम्म लाग्छ कुनै पनि आमा बुवाले जानी जानी र देखि देखि आफ्ना सन्ततीलाई त्यती सजिलै बिदाइ गर्दैनन् । लालसलाम पश्चिमी नेपालको सेरोफेरोमा रहेर बनाएको हो भने ठिकै छ होला । थाहा छैन सायद पश्चिमी नेपालका मानिसहरुले त्यसै गरि पठाएका थिएकी लडाइको मैदानमा युद्द लड्नलाई‌‌‌‌ । म यस बिषयमा अनभिज्ञ छु तर मेरो पुर्वको सन्दर्भमा भने यो सतप्रतिशत झुठो छ ।

ललाइफकाइ जालझेल र जबर्जस्ती मा धेरै गाउले माओवादी भएका थिए । कति घरबार पढाइ छाडेर लापत्ता भएका अहिले सम्म घर आएका छैनन । यस मध्य मेरै घरकी एउटी बहिनी अहिले सम्म अधकल्चो पढाइमा रुमल्लीएर रहनु परेको छ । र मेरै कुरा गर्नु पर्दा म पनि कैयौ पटक भागेर सहरमा लुक्नु परेको तितो यथार्थ म सँग ताजै छ । हुन सक्छ त्यो मेरो कमजोरी होलाकी उनीहरु जस्तो महान युद्दमा बन्दुक बोक्न म जान सकिन । देश र जनताका लागि केही गर्न सकिन । त्यस बेला मलाइ ज्यान मार्ने धम्की दिने साथै मेरो परिवारका सदस्यहरुलाइ मानसीक तनाव दिने आदि कार्य कति भयो कति । दिनै पिच्छे दश पन्ध्र जनालाइ खाना खुवाउनु र महिनै पिच्छे चन्दा दिनु त मेरो परिवारको नित्यकर्म भएको थियो । यहि पिडा सहन नसकी आफ्नो प्राण भन्दा प्यारो मातृभुमिलाइ चटक्क छाडेर नया परिवेश नया माहोलमा रम्न अहिले सम्म बाध्य छन मेरा परिवार । यस्ता हजारौ लाखौ उदाहरणहरु जिवितै छन त्यस्ता पक्षलाइ भने केलाउन सकेको छैन लाल सलामले। भन्नै पर्दा हेर्नै पर्ने चलचित्र भने पक्कै पनि होइन लालसलाम ।

Sunday, May 31, 2009

विश्वासघात


साझको खाना खाइसकेर कोठा तिर लाग्दै थिइन पबित्रा कोठामा रहेको फोनमा रिङ्ग बजिरहेको थियो । पवित्राले फोन उठाइन हेलो
अर्कै ब्यक्तिलाइ गरेको फोनमा अर्कै मधुर आवाजले दिपक पनि झस्कीए।
हेलो अरे यो फोन बिक्रम सरको हैन र?
हजुर, को बिक्रम सर? यहा त कोही बिक्रम सर छैन । तपाइले गलत नं‌ डाएल गर्नु भयो होला एक पटक चेक गर्नुस त ।
ओ सरी है