Friday, July 23, 2010

आफ्नै गाउघर सम्झदा



हाम्रो प्यारो उतरपानी । देशका लागी दक्ष कृषक तथा कुसल जेटीए उत्पादन गराउने प्राबिधिक शिक्षालय ।








सुन्दर प्राकृतिक क्षटा पाख्रिवास










मातृभुमी र माता सधै र सबैलाइ प्यारो लाग्छ। हामी जहा जाउ जे गरौ तर पनि आफ्नो देश र आफु जन्मेको ठाउ अत्यन्तै प्यारो हुन्छ । सम्झना सधै साथ रहे पनि हरबखत देखाउन नमिल्ने, आज धेरै दिन पश्चात ब्लग अपडेट गर्ने जमर्कोमा एउटा मेसो बनाए मातृभुमीको सम्झनामा। आफ्नै ब्लग नछिरेको पनि निकै दिन भएको रहेछ एउटा समाचार छोडिएको रहेछ सके सम्म अझै धनकुटाको बारेमा लेख र फोटो हाल्ने आग्रह सहित। मेरा अपरिचित मित्रको यो अनुरोध पनि मनासिवै भो कम्तिमा म अल्छेलाइ एउटा बहाना नै भो । पुरानै केही तस्विर जो मेरो जन्मभुमीलाइ परिचित गराउछ । जहा मैले यो धर्ती टेके, पले बढे ,मैले शैशवकाल बिताए, कलम चलाइ क देखी ज्ञ सम्म सिकै यसैको माध्यमबाट अहिले सुसाङक्यको किबोर्डमा मेरा यि ओलाहरु नचाउन सक्षम भएकी छु तर म जहा सुकै भए पनि मैले मेरो धरातल बिर्सिनु हुन्न । मेरो धरातल त्यही हो जो पहिले देखि थियो अझै छ र कालान्तर सम्म रहि रहने छ ।
धनकुटा एक पहाडी इलाका नै भए पनि अन्य नेपालका पहाडी जिल्ला हेरी केही सुगम मान्नु पर्छ। लगभग चालिसौ बर्स देखि सडक यातायातले सुविधा सम्पन्न यो जिल्लामा प्राय बिजुली बत्ति तथा अन्य सञ्चारका माध्यामहरु पनि हाल सबै तिर पर्याप्त छन। छोटकरीमा भन्नु पर्दा सताब्दियौ देखी एक उर्वर भुमी हो धनकुटा जसले धेरै सपुतहरु जन्माएका छन् । उदाहरणका लागी राजनेता तथा पञ्चायतकालका प्रधान मन्त्री सुर्य बहादुर थापा, साहित्यमा अग्रज स्थान राख्न सफल सुश्री झमक कुमारी घिमिरे, बुथुरी दुर्गा पोख्रेल,गित सँगितमा दर्जिएका पुराना नामहरु दिप श्रेष्ठ, शम्भु राइ देखि नया पुस्तामा पिउस श्रेष्ठ नेपाल स्टार सुश्री बिष्णु चेम्जोङ देखी अन्य बिभिन्न क्षेत्रका लागी आ आफ्ना पहिचान बोकेर आएकै छन।
सुन्दर रमणिय प्रकृतिक बातावरण सहितको यो रमाइलो ठाउ नै हो हाम्रो पबित्र धनकुटा ।

अझ थप जानकारीको लागी यहा क्लिक गर्नु होस
www.dhankuta.com
http://www.ypnepal.org







बरिस्ठ साहित्यकार झमक कुमारी घिमिरे उहा एक नेपाल कै नमुना उदाहरण हुनु हुन्छ । जो सँग बोल्ने बाक्य छैन तर पनि विधा ज्ञानको अपार खानि छ। हिड्न डुल्न खुट्टाले सक्दैन तर त्यहि खुट्टा लेख्न र हामी जस्ता सवल र सर्वसाधारणको निम्ती चुनौती पुर्ण लेख रचना लेख्न प्रयोग गर्नु हुन्छ ।





यो भने तोङवाको तस्विर हो जुन हिले बजारमा अवस्थित मुर्ति हो । तर यसले हिलेको एक पहिचान बोकेको छ स्पस्ट भन्नु पर्दा नेपाल भरिकै सबै भन्दा मिठो र रसिलो कोदोको तोङवा पाइने ठाउ हिले हो भन्ने सङ्केत यसले बोकेको छ ।


त्यही त्वोङवा पाइने चिसो सुन्दर बजार हिले ।











पर्यटकिय स्थल बनाउन प्रयासरत यो सुन्दर प्राकृतिक झरना जुन नमस्ते झरनाको नामले प्रचलित छ । यो भेडेटार बजारको नजिकै अवस्थित छ ।













यो हो हाम्रो सुन्दर र शान्त सानो सहर धनकुटा नगर पालिका । धनकुटा जिल्लाको सदरमुकाम ।








यो हो हिले भन्दा माथीको सिधुवा नजिक सुन्दर हराभरा गाउ ।










यो पनि स्वर्गको एक टुक्रा शान्त र स्वच्छ बाताबरण सहितको रमणिय स्थल भेडेटार ।









यो भने धनकुटा कै सबै भन्दा उचाइमा रहेको गाउ डाडा बजार ।







एतिहासिक कथा बोकेको एतिहासिक गढि साँगुरी गढि एक झलक














आफ्नै सँस्कार र सँस्कृतिले धनि आठपहरिया राइ र मगर समाजका युवाहरु ।









कुवा पानी चिया बगान















यि भए केही धनकुटामा सबैको घर घरमा पाइने फुलहरु

नोट: फोटोहरु भने सबै मेरा होइनन अनुमति विना धनकुटेली मित्रहरुको फेसबुक प्रोफाइल बाट चोरी गरीएको हो ।

Monday, July 12, 2010

जिन्दगी

समस्यै समस्याले पिरोलिइ
भित्र भित्र जलेर खरानी भो जिन्दगी
आधा गन्तब्य मै प्लास्टिक्सको थोत्रो चप्पल झै
फ्याट्ट च्यातिएर जाने नै भो जिन्दगी
माया माया भन्दा भन्दा
यसैको रापमा सेकीएर खरानि भो जिन्दगी
हिउद बर्षा जाडो र गर्मी
घाम पानीको तापमा सेकीएर खग्रास भो जिन्दगी
भोलिका सुन्दर दिनको कल्पना गर्दा
पुरै एक जिवन वित्ने भो निराशामा बसेर आफ्नै बन्दगी

फोटो सौजन्य नेपाल जर्मन डटकम बाट

Tuesday, July 6, 2010

सिस्टम तथा टेक्नोलोजी प्रणालीका कुरा


कैलाश दिदीको ब्लगमा हिजो मात्र पढेकी थिए अल्छे व्लगरको बारेमा म पनि त्यही अल्छे मध्यकी एक भएकी ले निकै रमाइलो लाग्यो लेख । "अल्छे ब्गरको कुरा ब्लग पोष्टको दुरी अन्तराल एकदमै लामो हुनु नै उसको प्रमुख पहिचान हो" ले मलाइ नै ब्यँग्य गरे झै पनि लाग्यो हुन त मान्छेको पापी मन है खाली राम्रो भन्दा बढी नराम्रो सङ्का गर्दै बस्यो तर दिदीको यो लेख साचै घत लाग्यो । हुन त मेरो ब्लग लेख्ने कुरामा महिनौ अगाडी पनि अन्नपुर्ण पोष्टका दाइले उनको ब्लगिङ गर्ने कार्य नियमित आकस्मिकता हो भन्नु भएको थियो कुरा ठिकै हो । तै पनि दिदीको लेखमा भएका अल्छे व्गरको १० वटा गुणमा १० वटै म सँग मिल्न गएको ले पनि घत लागेको हुन सक्छ । साच्चै यो ब्लग लेख्ने बेलामा अल्छि गर्दै बसे पछि कहिले काही यस्तो गजवको लेख पनि बन्दो रहेछ । जे होस दिदीको लेखाइमा धेरै दम छ ।