Saturday, February 20, 2010

आखिर मानिस सबै ठाउका उस्तै हुदा रहेछन

भनिन्छ मानिसहरु पृथ्वीका चेतनशील र बाठो प्राणी हो कुनै कुनै बेला लाग्छ साच्चै मानिसहरु चेतनशील र बाठो प्राणी हुन तर कुनै कुनै कुराले भने चेतनशील मात्र हैन चाहिने भन्दा नि धेरै बाठो हुदो रैछन भन्ने लाग्छ । मलाइ मनमा केहि प्रश्नहरुले जहिले पनि घचघचाइ रहन्छ कि मानिसहरुमा प्राय किन नकरात्मक कुराहरुले धेरै डेरा जमाउछ? साथै मानिसहरु किन धेरै लोभी हुन्छन? मलाइ यसै प्रसँगमा एउटा गफ गर्न मन लाग्यो र यहा उपस्थित भएक छु । म अहिले करिब २ महिना देखि एउटा च्यारिटी पशलमा सहयोग गरि रहेकी छु त्यहाँ जादा देखिको एउटा रमाइलो कहानी यहाँ बाड्न चाहिरहेकी छु।

यो एउटा सामान्य च्यारिटी पसल हो। यसले जम्मा गरेको रकम क्यानसर रिसर्चको लागि जम्मा हुन्छ। प्राय यहा अरुले डोनेसन गरेका सामानहरु बिक्रि हुन्छन तर क्यान्सर रिसर्च अफिस बाटै पनि केहि नया चिजहरु पठाइएका हुन्छन जस्तै झोला ग्रीटिंग कार्डहरु, मसिना खेलौनाहरु साथै महिलाहरुको लागि सृंगारका केहि सामाग्रीहरु । त्यस भन्दा बाहेक अरु प्राय सबै लोकल बासिन्दाहरुले डोनेशन गरिएका सामाग्रीहरु नै बेचिन्छन । यहाका आफ्ना घरमा प्रयोगमा नआएका प्राय सवै वस्तुहरु ल्याइन्छन र दिन्छन। हामी त्यस्तै वस्तुहरुबाट राम्रा राम्रा सामानहरु छानेर बिक्रि गर्छौ धेरै जस्तो मानिसहरुले त नया नया सामग्रीहरु नै ल्याएर दिन्छन जस्तै नया किनेका लुगाहरु ट्याग सहित ल्याएर दिन्छन, त कोहिले नया जुत्ताहरु साथै ब्याग, पर्दा तन्नाका कपडा तथा अन्य सजावटका सामग्री,घराएशी काममा प्रयोग गरिने भाडा वर्तन गिलास तथा प्लेट, केटा केटिका लागि खेलौना पुस्तक साथै CD,DVD,RECORDS,VIDEO आदि आदि । यहा आएका अन्य बेच्न नसकेका सामग्रीहरु पनि हुन्छन तिनलाई पनि ठुल ठुला पोलेथिनका कालो निलो र रातो ब्यागमा हालेर राखिन्छ जसको फेरी छुट्टै पैसा आउछ ।

यस प्रकारका पसलहरुमा अन्य पसलमा भन्दा आधा नै दाम सस्तोमा समानहरु पाइने हुनाले प्राय मानिसहरु किनमेल गर्न आउने गरेको पाइन्छ तर सबैको सोच एकै प्रक्रारको कहाँ हुन्छ र?? दस थरि मान्छे दस थरि सोच । कसैको कुन धुन हुन्छ कसैको कुन । यस्ता पसलमा आउने मानिसहरु केहि सहयोग गर्ने भावनाले आए पनि सवै जना क्यान्सर रिसर्चको लागि सहयोग गर्न आएका हुन्नन । कतिपयको दाउ अर्कै हुन्छन । धेरैजसो मान्छेहरु मनमा लोभ र पाप बोकेर पनि आएका हुदा रैछन। मैले सोचेकी थिए हाम्रा मुलुक र छिमेकी मुलुक भारतमा मात्र तेस्ता मान्छेहरु होलान तर हैन मेरा सोच गलत रहेछन । यहाँका पनि कति पय मानिसको सोच चोर्ने छल्ने सके सम्म टाप टिप् पर्ने नै हुने रहेछ ।

यस्तो चारै तर्फ सिसि क्यामेरा जोडेको ठाउँमा पनि सके सम्म आँखा छल्न खोज्छन त्यस्ता ग्राहकहरु । पहिला पनि त्यस्तो घटना घटेको थियो रे । म जान थालेको २ महिना मै पनि करिब प्रत्यक हप्ता जस्तो एउटा न एउटा त्यो सोच बोकेको ग्राहकहरु आउने गर्छन यहाँ । हेर्दा हामी जस्तै युवा तर आँखा झिमिक गोटी गाएब पर्न मा खप्पिस हुदा रहेछन । कति जना त जाडोको मौसम बाक्लो बाक्लो र लामो लामो ज्याकेट कोट लगाएर आउछन एसो उसो गरेर थाहै नपाई गोजीमा समान पसाई सक्छन । कति त फितटिंग रूममा पसेर आफ्नो लुगा भन्दा भित्रि पसलको लुगा घुसाएर निस्कन्छन । कसै कसै भने पालाक पुलुक आखा घुमाइ हातमा सामान लुकाइ भाग्ने प्रयत्न गर्छन ।
यहाका स्थाइ बासिन्दाहरु त त्यस्तो गर्दैनन् तर हेर्दा उस्तै देखिने अंग्रेजी राम्रो बोल्न नजान्ने आयेरलैंड तिरका आइरिसहरु केहि पोलिशहरु केहि भारतीयहरु भने बेजोड चोर्ने रहेछन । उनीहरुका खानदान नै चोर्ने हुन्छन रे भनेर पनि सुनेकी छु । हुन नि काम केहि गर्ने होइन ति आमाहरु, सजिलो पनि सार्है सजिलो यहाँको कानुन! बच्चाको पनि चाइल्ड बेनिफिट, बेरोजगार भो त्यो पनि बेनिफिट, बृद्ध बृद्धा भो त्यो पनि बेनिफिट सबै सबै जहाँन परिवार सरकारले पलिदिए देखि केको लुतो न कन्याई? हप्ता भर काम गर्यो अन्तमा मस्ती गर्यो । भए भरको पैसा सक्यो न त छोरा छोरि पढाउनु छ न त आमाबाबु पाल्नु नै?? बिबाह गर्नु यहाको मानिसलाइ जरुरि छैन । पाटनर संग बस्यो, घ्याल गयालती बच्चा जन्मायो, तिनै बच्चा को बेनिफिटबाट छाक टार्यो । अनि तिनै मसिनो बल्भुराहरुलाई लिएर बजार चाहार्न गयो । भुराहरुलाई एका तिर छोडिदियो चक चक गर्न, के के टिप्न अनि आमाहरु चाहि समान लुकाउन सुरु गर्यो। शनिबार र आइतबार अन्यत्र पसल बन्द भएको कारण प्राय मानिसहरु यहाँ आउने गर्छन ।

गत हप्ता, त्यो भन्दा पहिलो हप्ता, सानो तिनो चोरी थाहा थियो आज त हेर्दा हेर्दै समान नै गायब बनाइन एक महिलाले । कस्तो अचम्म सबै खानतलाशी गर्दा त भित्रि ज्याकेटको नि भित्रि गोजीमा लुकाकी रहेछिन सामान । चोरी पक्री सक्यो लाजै पचाएर सरि भन्दियो सक्यो । हैन आखिर मानिसमा एस्तो सोच किन आउछ? तेस्तो बिधि नपुग्ने, चोर्ने पर्ने जस्तो अवस्था पनि देखिन्न हेर्दामा तर पनि चोर्नेले गलत काम गर्नेले गरेकै हुन्छन । वास्तवमा व्यवहार साच्चै अनौठो हुन्छ हामी मानब प्राणीको। त्यसैले भन्नै मन लाग्छ गोरो होस वा काला, अग्ला होस वा होचा आखिर मानिस मानिस नै हुन सबै ठाउका सवै रँगका । सवैको सवै सँग सवै व्यवहार नमिले पनि केहि न केहि गुण भने पक्कै मिल्दो रहेछ ।

Monday, February 1, 2010

नदि जस्तै म

बगेर यहाँ सम्म आइपुग्दा
बाटो भुलेर आफै अल्मलिएँको छु!
सर्वस्व सुम्पेर आँखा चिम्लेर उफ्रन्दा
माखे साँङलोको जन्जरमा फसेको छु

सँसार आआफ्नो छ
ताल, सुर आफ्नो छ
खाली बिजिनेस बिजिनेसको छाल उर्लेको छ
मान्छे माथि मान्छे चढ्न उक्साउँदै छन् मान्छेहरु
उत्सर्गका लागि पालो पर्खदै छन् मान्छेहरु
चीत्कार थिच्दै जयजयकार उर्लेको छ ज्वालामा
म बिचैमा निथुक्क भिजेर एकछिन रोकिएको छु !

उड्ने आकासतिर
बग्दाबग्दै रोकिएर रमिता हेर्दैछु म एकछिन !
बिदेसिनेको हुल देखेर म त्यहा भित्र हराउदै छु

मर्नु बाँच्नुको दोसाँधमा
अनि
बग्नु नबग्नुको दोधारमा फसेर
मान्छेले उचाल्नु धकेल्नुको अर्थ नबुझेर
अहिले म अल्मलिएको छु

दोभान नभेटेर दोधारमा
आज अचानक नमिठो सँग ठोक्किएको छु
अगाडी बढ्ने बाटो नदेखेर अक्मक्किएको छु,
मन भरि पिडा र वेदना बोकी छट्पटिएको छु!
आफ्नो धरातल बिर्सदा कता जाउ भनि बिचैमा ठिङ्ग उभिएको छु!