Wednesday, December 24, 2008

भोटेकोशी तिर बरालिदा





























नेपाल एउटा सुन्दर प्रकृतिले दिएको उपहार हो भनेर भनिरहनु आवस्यक छैन तर यहा का सबै सुन्दर ठाउमा पुग्ने घुम्ने मौका भने मिलेको छैन त्यस्मा पनि तातोपानी तिरको यात्रामा धुलिखेल कटेर जाने मौका मिलेको थिएन तर गत सुक्रबार युबा अभियानले पुरा गरि दिएको छ।
बिहानै कहिलै उठ्न नसक्ने भएता पनि कहिले काहि हिड्न भने पछि निन्द्राले पनि समय मै छोड्दो रहेछ । करिव २ महिना जति भएको थियो होला बिहान ८ बजे मात्र उठ्ने गर्थे तर गत Dec 19 (4 सुक्रबार) भोटेकोशीको लागी ६ बजे सबै जना शान्तीनगरमा भेटिनु पर्ने भएकोले म पनि ५ बजे नै उठेर आफ्नो झोला बोकी हिडने तरखर मा थिए जाडोयामको समय ५ बजे पनि राती झै अध्यारो नै भएकोले दाइले शान्तीनगर अफिस सम्म ड्रप गरी दिनु भयो । म कस्तो खालको तालिम गर्न हिडेको हो भन्ने कुरा म आफैलाई पनि थाहा थिएन मलाई यति मात्र थाहा थियो म Civic Leadership School (CLS) मा जादै थिए । तर त्यहा हामीलाई के के सिकाउछ र को को मेरो साथीहरु हुन्छन भन्ने केही थाहा थिएन जव हाम्रो बसले गन्तब्यको लागी प्रस्थान गर्न लाग्यो तब थाहा पाए म मात्र हैन हामी जम्मा २४ जनामा लगभग १९ जना जती म जस्तै रहेछन् मेरो मतलव मै जस्तो अन्योलमा रहेछन् ।

गन्तब्य स्थान भोटेकोशीको किनारमा रहेको The Last Resort मा पुग्दा सम्ममा केही साथी भै सकेका थिए त केही बाकी त्यो पनि एकैछिनमा समाप्त भयो। परिचयको सुरुवात भुवनदाई ले यति प्रभावकारी तरीकाले गराउनु भयो की त्यस पछि एकअर्काको नाम हत्तपत्त बिर्सिएनौ । हामी सहभागी २४ जना २४ वटै अलग अलग क्षेत्रबाट उपस्थित थियौ तापनि ५ दिनको सगै बसाइले यति नजिकको सम्वन्ध स्थापित गरायो जुन हाम्रो बर्सौ देखिको मित्रतामा छ । तालीम त तालीम साच्चै प्रभावकारी छन् ति दिनहरुमा सिकाईएका कुराहरु मानौ मलाई त कुनै समयमा लागी रहेको थियो म कुनै Resort मा आएर होईन कि म कुनै आर्मी तथा पुलिसको तालीममा सामेल छु । त्यहा खानपिन लगाएत सबै कुरा यति समयमा गर्नु पर्ने थियो कि के भन्ने र....................

तर जती सुकै कडा नियम भएतापनि भुवनदाई लगाएत द लास्ट रिसोर्ट टिमका सम्पूर्णदाइहरुको त्यो सहयोग बिर्सीनसक्नु छ । हामीलाई सबै कुरा पुर्वजानकारी बिना गरीने हुनाले कहा कतिखेर के गर्न जानु पर्ने भन्ने थाहा नभएको कारण फोटोहरु खिच्न त्यति पाइएन त्यसमा अलि दुख लागेको छ तर हुन त हामी घुम्न गएको नभइ एउटा कोर्स पुरा गर्न गएकोले चित्त बुझाएकी छु । The Last Resort ले दिएको Surprise treat असाध्यै रमाइलो थियो जसमा विश्वदाई र सुनील जी को साहसीक performance देखेर म त साच्चै मोहीत भएकी थिए। त्यो बेला मलाइ लाग्यो म लाइभ आफ्नै आँखा अगाडी हेरेको नभै कुनै टेलीभिजन च्यानल मार्फत सर्कस हेरी रहेकी छु । अझ सुनील जी को त्यो सुरीलो आवाज अनि फुर्तीलो नाँचको त फ्यान नै भएकी छु र उहाको त्यो सुरलो आवाज सुन्न उहा सँग फेरी अर्को चोटी बन्जी जम्पमा भेट्ने बाचा पनि गरेकी छु किन भने यस पटकको ट्रिपमा बन्जि जम्प गर्न पाएनौ मेरो एउटा रहर बन्जी जम्प पनि हो त्यसैले आशा छ कुनै दिन पुरा गर्ने छु ।

Hiking तथा Rock climbing गर्ने केही महिना अगाडी देखिको मेरो सपना थियो त्यो Last Resort मा गएर पुरा गर्न पाए तर मैले जिवनमा कहिले Rafting र abseiling गर्छु होला भनेर कल्पना पनि गरेकी थिइन त्यो पनि सजिलै पुरा गरे हुनत साथीहरुको हौसला र Organizer को उत्प्रेरणा बिना कुनै पनि कुरा सम्भव थिएन । Rock climbing र Rafting को बेला साथीहरु लगाएत भुवनदाईको उत्प्रेरणाले यति भुमिका खेलेको छ की म यहा वर्णन गर्न सक्दिन । जीवनमा पौडी नखेलेको मान्छे म भोटेकोशीका ती नागबेली परेको कुनाकानी साथै आकाश भन्दा निलो पानीको माझमा पौडनलाई त्यति सजिलै आँट गर्न सकिन तर भुवनदाईको म माथीको बिश्वासले म आफैमा confident बढेर आयो। अन्ततया मैले पौडी मात्र नभइ TITINIC Film मा झै नाउको छेउमा उभिएर करिव १० मिनेट जति लामो जलयात्रा पार गर्न सफल भए । त्यो बेलाको स्वर्निम आनन्द त कहिलै पनि प्राप्त गरेकी थिईन तरपनि राजु दाई, प्रतीक जी, भुवनदाई, बिकाश, लक्ष्मण जी र उमेश जी को त्यो बेलाको सहयोग र आत्मीयपन जीवनभर भुल्ने छैन ।
मलाई यस अघि लाग्थ्यो की म मा यी सबै गुणले भरी पुर्ण छु । मैले सानै उमेरमा धेरै कुरा सिकेको छु र गर्न सक्छु तर जब मैले CLS पुरा गरे बल्ल थाहा पाए की मैले कति गलत सोचाई राखेकी रहेछु, म कमजोर र स्वार्थी रहेछु साथै घमन्डी पनि । यस सीकाइबाट मैले मेरो रिसर्चको बेलामा टिम वर्क होस वा जुन सुकै अवस्थामा साथी भाई सँगको सहकार्यलाई धेरै नै सहयोग मिल्ने ठानेकी छु। साथीहरु बिचमा गर्नु पर्ने विश्वास, साथीहरु सँग हुदा निभाउनु पर्ने कर्तब्य तथा हामी मानीसले समाजीक एकताको लागी गर्नु पर्ने बिविधकुराहरु त्यस मध्य अरुको कुरा सुन्ने बानीको बिकासबारेमा पहिला भन्दा धेरै सजक हुन पाए त्यसको लागी युवा अभियान(YI) परिवार धन्यवादको पात्र त छदैछ साथमा भुपेन्द्र पुलामी दाइ पनि धन्यवादको पात्रबाट मुक्तहुनुहुन्न जसले मलाई त्यहा सम्म पुर्याउनु भयो । म सँग रहेका यी नै केही फोटोहरु भोटेकोशीको सम्झना स्वरुप राखेकी छु ।

Monday, December 15, 2008

केही दिनको गन्थन मन्थन

आज अन्तरािषटय पर्वतिय चलचित्र महोत्सव KIMFF तथा गैरनाफामुखि प्रकाशनहरुको पुस्तक प्रर्दशनीको पाचौ दिन भनौ न आज देखी समाप्त हुदैछ । आज सम्ममा करीव ६६ वटा नेपाली तथा अन्य भाषा भाषीका चलचित्रहरु प्रदर्षण गरिएको छ । जम्मा ३५० भन्दा बढि चलचित्रहरुबाट ६६ वटा लामा तथा छोटा चलचित्रहरु प्रदर्षण गरियो । ति मध्य सम्पुर्ण चलचित्र हेर्ने मौका त पाइएन र पनि धेरथोर चलचित्रहरु हेरियो। डकुमेन्ट्री तेस्तै नै हो कति जानकारी मुलक थिए त कति पिडा दायिक सन्देश बोकेका । कति प्रष्ट बुझिने त कुनै कति पनि नबुझिने ।
मैले हेरेका मध्य चौकैठ ‌‌‌‌ छोटो तर मिठो लाग्यो शहरीया र मधेशी मुलको २ महिलाहरुको कथावस्तुलाई यति मिठो गरी ३१ मिनेटमै देखाउन सफल छ त्यो त कैलाशदिदीले बेलीबिस्तार लगाई सक्नु भएको छ उहाको ब्लगमा । अनि सन्जोग लाफा मगर दाईले बनाउनु भएको जीवसीम पनि जे होस मन छुने नै थियो जुन एक बयोबृद्ध मगरबुवा आफ्ना जिवनका ४० बर्ष कहा भुमिगत बिताउनु भयो उहाले समाज सुधारका लागी कहा कहा के के काम गर्नु भयो र कसरी भुमीगत जीवनबाट फर्केर फेरी आफ्नो घर फर्कनु भो भन्नेबारेमा जानकारी समेट्न सफल छ तर के कारणले भुमिगत रहनु भयो भन्नेबारे अझै पनि खुल्न नसकेको कारण आशा गर्न सक्छौ जिवसीम भाग २ पनि निकट भबिश्यमा बन्न सक्छ ।

अर्को मन छुने चलचित्र थियो कठपुतली अहो जीवनमा अभी सर संग पहिलो पटक चलचित्र हेर्न बसेकी थिए म त्यस दिन ।चलचित्र जापानीज मानीसले बनाएता पनि नेपाल र नेपाली कै सन्दर्भमा नेपाली नै कलाकारहरुले अभिनय गरेको थियो संवाद तथा अभिनयमा निखारता भने कलाकारहरुमा कमै देखिएता पनि दृष्यहरु साच्चै राम्रा थिए । नेपालको पर्यटन क्षेत्र घोषित धम्पुसको लहलहाउदा तोरीबारीको दृष्यले साच्चै मन छोएको थियो । अनि जापानको पहाडी क्षेत्रमा चलाइने गोरुगाडा र बच्चाहरुकोलागी खेलौना फिरफिरे असाध्य मन परेको थियो । ए अनी आइ बिकेम पनि छोटो तर गहकीलो सन्देश बोकेको चलचित्र हो भन्न मैले रुचाए। वास्तवमा हाम्रो समाजमा ब्याप्त घटनालाई सजिलै उतारेका छन् ले । आफ्नो भोक र प्यासको लागी आफुलाई जतिसुकै मन परेको चिज पनि बेच्न बाध्य हुन्छन मानीसहरु । अब मन नपरेको त नभनौ नबुझिएको मध्य एक खोडा जस्ले ६ मीनटमा के के केके सबै चिज समेटेको छ। त्यस्तो एनिमेसनको कुरा मेरो यो सानो दिमागले केही पनि घुसाउन सकेन । यहाहरु मध्य कसैले बुझ्नु भएको भए कृपया अलिकति भए पनि बुझ्न चाहन्छु ।
अब अरु
अरु जे सुकै जस्तो सुकै भए पनि यी यतिका दिनको फिल्म फेस्टिभलले एउटा भावना भने मेरो मनमा जन्माइ दियो जस्लाइ यहाहरु माझ पनि सेयर गर्न चाहे।

ति बुढो काठमाण्डौ स्वार्थी र सोसकहरुको काखमा ङिच्च दात देखाएर हासेको छ
जिर्ण र असक्त घरहरु लिएर थरथर गोडा कपाउदै बसेको छ
पशुपतिनाथ पनि घात प्रतिघातको भिडमा न्याय र अन्याय छुट्टाउन नसकी अलमल्लमा परेको छ स्वयंभु डाडैमा दुईवटा ठुलाठुला आँखाहरु बालेर
देशको बिध्वंसात्मक र बिनासकारी घटना टुलुटुलु हेर्न बाध्य छन्
मानीसहरु पापी र दुष्ट नै भए पनि सुन्दर र हराभरा प्रकृतीले कम्तिमा मन थाम्न सघाएको छ
कलकल बग्ने ति निर्मल नदि नाला अनि पाहुना आगमनको आसमा
काख फैलाएर बसेका ताल तलैयाले सितलता प्रदान गर्न सघाएकै छन्

तर मेरो मनको एउटा कुनाले काठमाण्डौको अर्कै रुपको कल्पना रचेको छ
बल्खु कालीमाटी कोटेश्वर र कलंकीमा जाम नहोस्
चक्का जाम तोड फोड र धुवा धुलो रहित स्वच्छ काठमाण्डौ होस्
जब बागमतीको पानी स्वच्छ र निर्मल भै कलकल बगोस्
नदी किनारमा यु एन पार्क हरीयाली भै छाओस्
बागमती र बिष्णुमती नदी भरि बोटिङमा जलयात्राको सयर गर्न पाइयोस्
साथै नदी वारीपारी बिभिन्न आराम गर्ने तथा भोजन गर्ने स्थलहरु बनोस्
त्यो बेला पर्यटकहरुको घुइचोले काठमाण्डौ र ललितपुर खचाखच होस्
आहा
नेपाल साच्चै त्यो बेला स्वर्ग संग तुलनात्मक हिसावले दाज्न सकिने थियो तर मेरो मनको लड्डु एउटा चलचित्रको पर्दामा देखिने काल्पनिक चित्रै त हुन् जुन कल्पनागरेर बनाइएका चित्र झै


















Wednesday, December 10, 2008

जीन्दगी

साचि भन्नु पर्दा यसलाई यहा कबिता भन्न मिल्छ या मिल्दैन त्यो पनि थाहा छैन है । तर मेरो सोझो हिसाबले चै कबिता नै लेखेको हो । यहा महान कबिहरुको माझमा खोइ के खोइ के भनेजस्तो हुने होकि? यसो अल्छि लागेको बेला ब्लगमा हाल्ने चिज बिज केही नभेटको सुरमा एउटा भवना कोरी हेरे,लौजा कल्पना नै सहि यस्तो पनि त हुदो हो कतिलाइ ? मौका यही हो,ठेलि दिय मैले पनि।



यो जीन्दगी त के हो र जसो तसो दिनहरु काटेकै छु
जीवन साथी तिमीलाई नै बनाउछु भनि आटेकी छु
तिम्रै एक धर्को सिन्दुरको आशमा बाचेकी छु
मन भरि तिता मिठा सपनाहरुलाई साचेकी छु

मलाई छोडी अन्यत्र नै जाऊ तिमी तर
यो मन मन्दिरमा तिमीलाई नै सजाई राखेकी छु
पुनर्मीलनको लागी देवी देउराली भाकेकी छु
जन्मौ जन्मान्तर तिमी मेरै हौ भनी मागेकी छु

मानीस नै हुँ जीवनमा गल्ती कुनै दिन गरे हुँला
त्यसको लागी पटक पटक तिमी सँग माफी मागेकी छु
यो मनमा माफी गर्छौ भन्ने विश्वास राखेकी छु
यो जीन्दगी घरीघरी तिम्रै नाममा बाचेकी छु
तिम्रै एक धर्को सिन्दुरको आशमा दिनहरु काटेकी छु