Tuesday, April 13, 2010

नयाँ बर्ष

फेरी आयो एउटा नया बर्स सधै सधै झै

नया उमंग नया जोश नया बिहानी संगै

नया पालुवा साथै नया बिचार लिएर

बिगतमा शुभपलहरु खोसिये पनि

हामीले हिम्मत हार्नु भने पक्कै हुन्न

एक दिन खोसिएका ती शुभ दिन आउने छन पक्कै फर्केर

हिजो हामी पिल्सिएका थियौ तर

आशा गरौ आउने दिन शुभ हुनेछन

हाम्रा अधरका मेटियेका खुशीहरु आउने छन एक दिन फर्केर

जब कि पुराना बर्षहरु हामीसँग दुखित भएर बिलाए
अब अन्तरात्माबाट पुकारा गरौ

नया सालको शुभकामना संगै शुभ पल को पनि कामना गरौ

खुशी मनाऔ सधै सधै देश र जनता सबैको हितको लागी

प्रतिक्षारत बनौ आउने अरु नयाँ बर्षको

जून सधै शुभ शुभ रहनेछन सोचे भन्दा शुभ

त्यसैले आउनुस ---खुलेर स्वागत गरौ नया बर्षको

शैशवकाल लिएर आएको छ

एउटा नया बिहानी, एउटा फेरी नया बर्ष

यो बर्षलाई नयाँ इतिहास बनाउ
आशा गरौ यो बर्ष साचै नया बन्ने छ

बसंतको पलुवा झै हरियाली बनेर

हरेक नेपालीको मन मस्तिस्कमा छाउने छ

नकी नया नेपाल जस्तो

यो नया बर्ष साचै नया बन्नेछ

यो नया बर्ष सचिकैको नया बर्ष भएर जानेछ