Thursday, July 19, 2012

राष्टिय स्तरको मगर सेमिनार सम्पन्न


यहि अषाढ ३० र ३१ नेपालका बौद्दिक मगरहरुको जमघटका साथ मगर सेमिनार भक्तपुरको नगरकोटमा सम्पन्न भएको छ । कार्यक्रम उत्घाटनका क्रममा बक्तब्य दिनुहुदै मगर जातिको भाषा संस्कृति चाड पर्वमा धेरै विबिधता रहेकोले यस विषयमा एकरुपता ल्याउन सेमिनारले सहयोग गर्ने विश्वास कार्यक्रमको प्रमुख अतिथि तथा नेपाल आदिबासी जनजाति उत्थान राष्टिय प्रतिष्ठानका उपाध्यक्षा झक बहादुर थापाले व्यक्त गर्नु भएको थियो । कार्यक्रममा प्राध्यापक केशरजंग बरालमगरले प्रमुख बक्ताको रुपमा मगरहरु सिप र ज्ञानमा धनी भएता पनि मगरहरुको पहिचान लोप हुने अवस्थामा पुगेको बताउनु भयो । मगरको सिप र ज्ञानलाई न त राज्यले सम्बोधन र जगेना गर्न सक्यो न त मगरहरुबाट नै जर्गेना गर्ने प्रयास भयो उहाले बताउनु भयो ।

Saturday, July 7, 2012

भाषिका र लवजको विबिधता



म मगर, मगर गाउमै जन्मि हर्कि बढेर भाषामा पोख्त भएर आएकी हुँ । मलाई मेरो क्षेत्रमा बोलिने भाषिका सबै आउछ तै पनि कहिले काहि आफै असमज्जमा पर्छु कि म भाषा जान्दछु कि जान्दिन । जान्दिन भनौ भने सबै आउछ, जान्दछु भनौ भने कति कुरै बुझि्दन । मगर जाति भित्र ३ वटा भाषिकाहरु छन्। काइके, खाम पाङ र ढुट, काइके र खाम त कुन चराको नाम हो पनि थाहा छैन तर म ढुट सबै जान्दछु तर वास्तबिक अर्थमा जान्दिन पनि । गोलमाल.........................। किन त भन्दा खेरि लवज फरक छन् हाम्रो । मगर बस्ति स्थानान्तरणका कारण लवज फरक हुन पुगेको छ जसले गर्दा मातृ भाषा जान्दछु भन्दा भन्दै पनि नजानिदो रहेछ । पर्वि पहाडी जिल्लाहरुमा बोलिने ढुट भाषिका प्राय एउटै हुन्छन् र लवज पनि केही थोरै भिन्नता भएता पनि ८० प्रतिशत मिल्न जान्छ । तर भौगोलिक हिसाबले हने हो भने पव र पश्चिमी भु भागका एउटै भाषिकामा पनि कति धेरै फरकपना छ । हामी हाम्रो पर्ूर्वी क्षेत्रको ढुट सबै ठिक छ भन्दछौ तर पश्चिम तिर त्यहि गलत भइ रहेको हुन्छ त्यसैले पनि हाल बनि रहेको पाठ्यक्रमलाई अध्यापन गराउनमा धनकुटाका मगर शिक्षकहरुलाई हम्मे हम्मे परेको छ ।

Wednesday, July 4, 2012

पारदर्शीता, जवाफदेहीता र सुशासन

धनकुटा जिल्लामा सञ्चालित भई रहेका भौतिक पर्वाधारका निर्माणहरु -धारा, पुल, भवन तथा सडक निर्माण) मा लाखौको रकम खर्च गरि रहेको यसरी खर्च गरिएका भौतिक पर्वाधारहरुको सहि तरिकाले कार्यान्वयन भै रहेको या छैन भनि विभिन्न निकायहरुले अनुगमन कार्यहरु गरि रहेकै भए तापनि कतिले पारदर्शिता कायम गरि रहेका छन् कति पारदर्शिता जबाफ देहीताबाट टाढै रहेका छन् अझ नेपाली समाजका केही गाऊहरु यस्ता विकासका पवाधार वा योजनाहरुबाट धेरै पछाडी नै छन् सम्पर्ण् पछाडी पारीएका जातीहरुको विकास गराउछौ भनेर माथिल्लो तहमा बस्ने मानिसहरु जति सुकै कर्र्लिएता पनि ती क्षेत्रमा बिकासका पर्वाधारहरुको पहुँच पुग्नु एकादेशको कथा मात्रै हुन लागेको केही समाजका टाठाबाठा ठेकेदारले योजना पारेर वा केही समाजका युवाहरु जागृत भएर योजनाहरु लाने प्रयास गरेतापनि पर्याप्त पैसा नपुगेर आधा काम गरि अलपत्र परेको अवस्था छदैछ भने केही योजनाहरुले विकासको नाममा बिनास निम्त्याइ रहेका पनि छन्
  धनकुटा जिल्लामा भौतिक पर्वाधारहरुको निर्माण: अवस्था

Monday, July 2, 2012

लुट



नेपाली चलचित्र भन्ने वित्तिकै नाक खुम्चाउने हामी नेपालीहरुको लागि अब भने केही थोरै भए पनि राहत मिल्ने प्रकारको नेपाली फिल्महरु बजारमा आउन थालेका छन्

नेपाली समाजमा हर्ुर्किदै गरेको बेरोजगारिपना आजका नेपाली युवाको आवश्यकता, चाहाना  जस्ता विषयहरुको अभावलाई बिश्लेषण गर्न खोजिएको भने ति अतृप्त चाहाना अभाबका कारण कस्तो सोच उत्पन्न गराउदै समाजका युवामा भन्ने कुरा राम्रै सँग चित्रण गरिएको अझ भन्नु पर्दा चलचित्र लुटमा मानिसलाई पैसाले कति सम्म गिराउछ भन्ने कुरालाई राम्रै सँग देखाएको