Monday, June 28, 2010

गर्मिको एक दिन




एका तिर समय आफ्नै तालमा दौडी रहेको थियो। समर अझ जुनको महिना लण्डनको तापक्रम दिन दुइ गुणा रात चौगुणाको दरले बृद्दि भै रहेको थियो । अर्का तिर वर्ल्डकपको ज्वरोले विश्वभरिको मानिसमा अधिकतम तापक्रम बढाएको थियो । अझ त्यहि समय अफ्रीकाको तातो हावापानीमा इङलैण्ड र जर्मनीको फुटबल महासँग्राम चलिरहेको थियो । लण्डनमा भने मानिसहरु गर्मी छल्न कोही वारमा छिरी रहेका थिए कोही भने पार्कमा सितल हावा र सितल छहारीको सहारा लिएरै भए पनि आफ्ना
आफ्ना हात हातमा रहेको मोवाइलमा फुटबलको
स्कोर हेर्दै थिए ।




हामी इङलैण्ड निवासी नभए पनि नुनको सोझो सपोर्ट इङलैण्डकै पक्षमा रहेको थियो यहि कारण पनि हाम्रा साथीहरु पनि बेला बेला आफ्ना साथीभाइका फेसवुकका भित्ताको स्टाटस हेरेर कहिले अन्य साथीहरुलाइ फोन गरेरै भए पनि ताजा ताजा जानकारी हासील गर्दै थिए । गोराका सन्तानहरु आफ्नो मातृभुमीको जितको बेताल पर्खाइमा थिए । तर समयले सधै सधै कहा एकैनाश साथ दिइ रहन्छ र? यो पटक धेरैले रुनी, जेरार्ड, लाम्पार्ड, जोनटेरी लगाएतका हस्तीहरुवाट केही आशा गरेका थिए तर सपना सपनै रह्यो । हिजो पल्ट यहाको सरकारी समाचार पत्र मेट्रोले जर्मनीलाइ इङलैण्डले ५-१ ले पराजित गरेको ठुलो ठुलो बिज्ञापन छापिएको थियो सँयोग पनि कस्तो नराम्रो झन्डै इङलैण्डको टोली ले नै त्यतिको हार बेहोर्नु परेको थियो। केही खेलाडीको कमजोर प्रदर्शनका कारण खेलमा ति दर्शक र सपोर्टरको सपना चकनाचुर बनाइएको थियो । हुन त भाग्य र समयले पनि उतिकै साथ दिन पर्छ क्यारे भै सकेको गोल पनि नदिए पछि खेलाडीहरुको मनोवल घटेको पनि हो भन्न सकिन्छ । हुन त खेलाडीहरु पनि अलि पैसाकै लागी खेलेको जस्तै देखिएको थियो । यो पटकको ३ वटै खेलमा पहिला क्लवको खेलहरुमा जतिको कुनै पनि खेलाडीले जादु देखाउन सकेका थिएनन् । क्लबको खेलमा जस्तो सुकै गोल पनि छिराउन सक्ने यि मिलियन पाउन्डका पोकाहरु नमिठो हार बेहोरेर लाखौ दर्शकका गाली खाएर फर्कन बाध्य भएका छन ।
आफ्नो समाज आफ्नो देश भने पछि जहा पनि र जस्लाइ पनि प्यारो हुदो रहेछ । हामी पनि एक सामाजिक प्राणी भएकाले आफ्नो मातृभुमी बाट टाढा रहदा आफ्नो समाजका मानिसहरु साथै मातृभाषीहरुको समुहको खोजीमा थियौ । त्यही मौकामा हामी विदेशिएका नेपालीहरु प्रदेशमै रहेर पनि आफ्नो देश र आफ्नो समाजका मानिसहरुको भेला गराउने साथै धार्मिक प्रवचन दिने उदेश्यले नै भए पनि लण्डन फेमिली सेन्टर चर्चले एसीयन मानिसहरुको जमघट गराउने एक
कार्यक्रमको आयोजना गरीएको रहेछ ।

म एक हिन्दु र बौद्ध धर्म र सँस्कृति (पृथ्वी नारायण शाहको नेपाल एकिकरण पश्चात नेपालमा एक धर्म हिन्दु एक भाषा नेपाली भनि लादिएको नियम अनुसार हामी सवै हिन्दु धर्मी र पछि समयान्तरमा प्रकृति पुजक मगरहरु हिन्दु हैन भनि रहदा विगत एक दशक देखी नेपाल मगर सँघ केन्द्रिय समितिले फेरी मगरहरु बुद्धका सन्तान बौद्ध धर्म नै सम्पुर्ण मगरहरुको धर्म हो भनि रहेको कारण म पहिला हिन्दु र पछि बौद्ध धर्म) अँगाल्ने परिवारमा जन्मेर बौद्ध धर्म हाम्रो हो रे भन्ने कुरा लाइ पछ्याइ रहेकी अन्जान यात्री जीवनमा पहिलो पटक चर्चको द्वार प्रवेश गर्दै थिए । म खासमा त्यहा मेरो एक हितैशी मित्रको निमन्त्रणा स्विकार गर्न उपस्थित हुदै थिए ।

म लगाएत अन्य पनि केही साथीहरु थियौ त्यहा जो प्रभुको बारेमा अन्जान थियौ । हामी सवै उनैको निमन्त्रणामा त्यहा पुगेका थियौ । उनिहरुले त्यहा एक आफ्नो देशको प्रतिनिधित्व गर्दै आफ्नो कला प्रदर्शन गराउने कार्यक्रम पनि रहेछ । कार्यक्रममा नेपाल र नेपाली समाजलाइ पहिचान दिलाउने विश्वको सर्वोच्च शिखर सगरमाथा वौद्धनाथ स्वयम्भुनाथ पशुपति देखि बिभिन्न भाषा भाषी र जातजाति लाइ समेट्न उनिहरुको साँस्कर्तिक पक्ष
झल्काउने केही फोटो सहितको भिडियो क्लिप्स देखाइएको थियो ।

यतिमात्र नभै प्रभु एशुकै नामको भए पनि नेपाली भाषामा एक भजन नेपाली टोलीले प्रस्तुत गरिएको थियो यहि टोलीको एक सदस्यले हामीलाइ त्यहा सम्म पुर्याएको थियो । हुनत यसरी नै भारत पाकिस्तान श्रीलँका थाइलैण्ड जस्ता मुलुकहरुको पनि छोटो परिचय सहितको भिडियो क्लिप्स र आफ्नो देशको सँस्कृति झल्काउने नाचहरु प्रस्तुत गरीएको थियो । धेरै समय पश्चात आफ्नो देशको मानिसहरु सँगको यो ठुलो भिडमा भेटघाटले केही आत्मियता थपिएको थियो । अर्काको भुमीमा आफन्तहरुको खोजी सार्है गार्हो चिज हो यसरी एक आपसमा भेटघाट गराइदिने माध्यम बनि दिएको मा मेरी प्यारी मित्र सँगीता लगाएत उनको टोलीलाइ धेरै धेरै धन्यवाद साथै सम्पुर्ण क्रिश्चियन बन्धुहरुलाइ जय मासी। फोटो उपलब्ध गराउने मित्रहरु वाङचुक शेर्पा र दिपेश राइ दुवैजनालाइ पनि
धन्यवाद ।।

Friday, June 18, 2010

याद

थामेकि थिए अन्तरआत्मामा यादहरु धेरै धेरै पैले
अति निष्ठुरि नै बनि बस्यौ तिमी त्यहा जैले तैले
धेरै दिन पछि सम्झनाका पोकाहरु आज फोरे मैले
यहि निहुमा मनका भाव दुइ चार हरफ कोरे मैले

ढुँगालाइ नै नौनि बनाइ पगाल्ने सोच बनाइन कैले
समयले डाडा काट्यो बल्ल पछुतो लाग्दैछ निकै एेले
बिश्वास धेरै गरेकि या मायै गर्न जानिन कुन्नि मैले
टाढा रहि सम्झनाका कुइनेटामा बिताए समय धेरै पैले
यहि निहुमा मनका भाव दुइ चार हरफ बनाइ कोरे मैले

Tuesday, June 15, 2010

राजनीति


प्रकाश झा को प्रोडक्सनमा निर्मित हिन्दी कथानक चलचित्र हो राजनीति। रणवीर कपूर, अर्जुन रामपाल, अजय देवगन, कटरीना कैफ, नाना पाटेकर, नसुरद्दीन शाह लगायतका नाम चलेका हस्तीहरुको प्रमुख भूमिकामाँ बाधिएको छ कथा । एउटा राजनैतिक पृष्ठ भूमिमा आधारित रहेको छ कथा। कथा भारतीय प्रजातंत्र , भारतीय चुनाब को बारेमा रहेको छ। यसमा कसरी पार्टीको नाममा एक दुई जाना राजनेताहरुले भित्र भित्र सडयंत्र गरेर सत्ता हत्ताउछ्न भन्ने तितो बस्ताबिकता पनि झाल्काउन खोजिएको छ तर राजनीति, माया प्रेम, मिलन बिछोड देखि झै झगड़ा सबै मसला पुगेको छ यसमा।

कथाको सुरुवात भास्कर सान्याल(नसुरद्दीन शाह) को आगमन बाट हुन्छ उनी आदर्षबादी बामपंथी बिचार धारका नया नेता हुन्छन । उनी समाजमा नयापन दिनको लागी र पिछड़ा बर्गाको हितको लागी अगाड़ी बढिरहेको हुन्छ यसैमा साथ दिन कामरेड भारती आई पुग्छिन जो रामनाथ रायाका रास्त्रबादी पार्टी को नेता (चौध बर्ष देखि प्रांत का मुख्य मंत्री) की छोरी हुन्छिन। उनि आदर्शबादी नेता प्रति आकर्षित भएर आफ्नो पिताको प्रतिद्वंदी दलका नेता भास्कार सान्यालको रातो झंडा बोकेर अगाड़ी आउन थालेकि हुन्छन।चुनाब को दौरान साथ गाठ ले उनिहरु बिच निकै गहिरो दोस्ती बढ़ी सकेको हुन्छ, आफ्नो पिताको सामानका उमेरका नेता संग अनैतिक सम्बन्धको कारण भारती गर्भवती हुन पुग्छिन तर यता भास्कर सान्याल भने यो अनैतिक कर्यबाट आफै निराश भै सबैकुरा त्यागेर बेपत्ता हुन्छन ।

भारतीको गर्भबाट जन्मेको बच्चा सूरज (अजय देवगन) उनकै पिताको चमचा ब्रिज गोपाल (नाना पाटेकर उनलाई भारतीले दाई मानेकी हुन्छिन ) ले लगेर खोलाको किनारामा फालिदिन्छ्न। यस पश्चात ब्रिजगोपाल ले नै सम्झाई बुझाई गरेर एक रास्त्रबादी पार्टीका उदाउरो नेता चन्द्र प्रताप संग बिबाह गरी दिन्छ्न । चन्द्र प्रताप रास्त्रबादी पार्टीका सरकार प्रमुख भानु प्रतापका भाइ हुन्छन। चन्द्र प्रताप र भारतीबट जन्मेका छोराहरु हुन्छन पृथ्वी प्रताप (अर्जुन रामपाल) र समर प्रताप (रणबीर कपूर ) ।
राजनीतिक परिबेस परिबर्तन हुदै जाने क्रममा छोराहरु पनि हुर्कदै जान्छ्न। एता पृथ्वी प्रताप बुवा र ठुलो बुवालाइ राजनीतिमा सहयोग गरिरहेका हुन्छन त समर अमेरिकामा अध्यनरत हुन्छन। उता भारतीको प्रथम पुत्र सूरज भने गाउमा उनीहरुकै नोकरको छोराको रुपमा पलीबढी रहेका हुन्छन । त्यों कुरा न त आमा भारतीलाइ थाहा हुन्छ न त सूरज लाइ नै। उनी गाउका गरीब निमुखा का नेता बनी सकेका हुन्छन भने एक कुशल कबड्डी बाज पनि ।
समर आफ्नो ठूला बा भानु प्रतापको जन्मदिन मनाउन अमेरिका बाट फर्केका हुन्छन यतिकैमा इन्दु (कटरीना) को आगमन हुन्छ । उनी चंचली चुलबुली र राजनीति प्रति पनि कही चासो रखने हुन्छिन । उनी समरको सानै देखिको साथी aहुन्छिन । अझ उनी समरलाइ आफ्नो प्रेमी कै रुपमा राखेकी हुन्छिन। समरको भने अमेरिकैमा एक अमेरिकन केटी सराहा संग माया बसेको हुन्छ तर इन्दु र उनको घर परिवार भने एस बट बेखबर हुन्छन । भानु प्रताप अचानक बिरामी परे पछि भानु प्रताप को छोरो बिरेन्द्र प्रताप (मनोज बाजपेई ) र पृथ्वी प्रताप बिच निकै कुर्सी को ताना तान हुन्छ । यसमा चन्द्र प्रताप लाइ मुख्य मंत्री बनाउने होड़ मा पृथ्वी रा चन्द्र लागी परेका हुन्छन । उता बिरेन्द्र लाइ यो कुरा मंजूर हुदैन। यही समयमा सूरज पनि आफ्नो गाऊ ठाऊ बाट पार्टीको टिकट माग्न पार्टी कार्यालय आई पुगेको हुन्छ । यता बिरेन्द्र प्रताप पार्टी माहोलमा एक्लिरहेको बखत सोझो र इमान्दार लक्का जवान साथ भेट्दा यही मौक़ा हो भन्ने बुझेर सूरजलाइ साथ लिन्छ्न ।



समर अमेरिका जानू अगाबै एक साझ आफ्नो मन को कुरा खोल्न सझ्को खाना संगे खाने ब्याबस्ता गरेकी हुन्छिन तर समर आफ्नै दुनियामा ब्यस्त हुन्छ त्यसबाट उनीहरु बिचको मित्रतामा कही फाटो आएको हुन्छ । समर फेरी पुन अमेरिका फर्कने तयारीमा हुन्छन । बिरेन्द्र प्रताप मुख्या मंत्री बनना को लागी उपाया रची रहेको हुन्छ तर यता चन्द्र प्रताप को जगजगी को अगाड़ी उसको केही लाग्दैन । त्याही मौक़ा खोजीरहेकै बेला चन्द्र आफ्ना छोरा समरलाई पुराउन जाने निधो गर्छन । यो कुरा सूरज ले थाहा पाए पछि बिमंस्थल बाट घर फर्कने क्रममा बाटो मै समाप्त गरि दिन्छ्न। यो थाहा पाए पश्चात समर फेरी घर फर्केर आउछं र बदला लिन सुरु गर्छन । सूरज र बिरेन्द्र प्रताप ले सके सम्म समयको सदुपयोग गरेका हुन्छन तेहि मौक़ामा पृथ्वी प्रतापलाइ पुलिस कुटेको आरोपमा पक्राऊ गराउछं बिभिन्न मुद्दामा अल्झई जेल मै राखन चाहन्छन यो कुरा थाहा पाए पछि समर ले चाल खेल्छं र सबै उलटा पुल्टा परी दिन्छ्न तर हरेक सँग राजनीतिक मामलामा अगाडी बढ़न अर्थ को निकै ठुलो भूमिका रहेको हुन्छ । यहाँ समर र उनको परिवारमा पनि त्यही कुरा दोहोरिन्छ तर फेरी पनि राजनीतिक चाल मा छल मारेर समरले आफ्नो झुटो माया को नाटक देखाई उसको बुवा संग हात माग्न पठाउछन तर इन्दुका बुवा फेरी अजब कै छन। उनले जो मुख्य मंत्री हुनेहो उसलाई मात्र छोरी दिने सर्त राखे पछि अझ समर लाइ सजिलो हुन्छ। यता आफ्नो दाई पृथ्वी र इन्दुको बिबाह गरी दिन्छ्न ।
एतिकैमा उनकी आफ्नी प्रेमिका सराह घर आई पुग्छं अमेरिकाबाट । यस पश्चात भने समरको नाटक इन्दुले थाहा पाउछीन। समर को स्वार्थी पन देखेर इन्दु निकै चिंतित हुन्छिन । सराह पनि कुरेनी नै भये पनि सहयोगी खालको देखौना खोजेका छन यहाँ समर आफु जस्तो सुकै भये पनि सराहलाइ साचो माया गरेका हुन्छन उनी हरुको संबध बाट संतान कोख मा आइसकेका हुन्छन तर सरह ले केही समर को बारेमा साचो कुरा थाहा पाए पछि झगड़ा हुन्छ पुन समझौता मा आए पश्चात सराह अमेरिका फर्कन लग्छिं एतिन्जेल्मा इन्दु ले पनि पृथ्वी लाइ अन्गली सकेका हुन्छिन तर सूरज र बिरेन्द्र प्रतापको चालबाट कार बम ब्लास्ट हुदा पृथ्वी र सराह को ज्यान एक छाक हुन पुग्छ ।

त्यस पश्चात् पुन कथा ले अर्को मोड़ लिन्छ । अत्ति भए पछि ब्रिजगोपाल सूरजको आमा बुवा संग पुग्छंन र धम्की दिन थाले पछि मात्र सूरजको असली पहिचान खुल्न पुग्छ । यो सबै कुरा भारतीलाइ बताऊँन ब्रिजगोपाल समय लगाउदैनन । यस पछि सूरजलाइ भेट्न तुरुन्तै पुग्छिन भारती । सबै ब्रितान्त सुनाइ सके पश्चात घर आउन आग्रह गर्छिंन सुरजलाइ तर इमानदार र निश्छल स्वभाबका सूरज उनी संग घर जान मान्दैनन । कथामा इन्दु मुख्य मंत्री पनि हुन्छिन यो सबै कुरा नभन्दा नै जाती होला । सबै कुरा येही लेखे पछि फिल्म हेर्नुको मजा नि आउदैन ।

चलचित्र समग्र मा ठीकै मात्र बनेको छ। भन्न त प्रकाश झाले यो राजनीति चलचित्र बनाऊंन र पात्रहरु छान्नमा ६ बर्ष खर्च गरेका छन भन्थे तर पनि तेस्तो बिधि कुनै नया सन्देश र नया नौलो पना थपिएको छैन । अरुको भूमिका राम्रै भए पनि कटरीनामा नेत्रीको जस्तो तिखारिएको आवाज पाइदैन। मेरो अनुभवमा उनलाई देख्नमा इन्दिरा गाँधी झै देखीए तापनि यो रोल अली सुहाएन।

Wednesday, June 9, 2010

(समय चक्र)

रातको १२ बजेको हुदो हो, कानमा एकतमासको आवाज आएर ठोकिन्छ । अनी म यसो आवाज नियाल्छु, पल्लो घरको इभा (नाइगेरियन केटी) रहिछे । उसको हरेक रात मध्यरातमा घरमा आएर रडाको मच्चाउने बानी परेको छ। हाम्रो फ्लाट जोड़ीएको हुनाले सानो सानो आवाज पनि सवै थाहा पाइन्छ । म उसको त्यो कोलाहल कम गर्न झ्याल साथै भेन्टलेसन लगाउछु । रातको खै कतिन्जेल सम्म रडाको मच्चियो कुन्नि, आँखा पोलर…… बल्ल बल्ल निदाएकी थिए, बिहान ९ बजे तीर मात्र एकैचोटी निंद्रा खुलेछ । उठने बित्तिकै मुख सुख धोएर बहिर निस्केकी थिए याना (इभाकी आमा ) लुगा सुकाउदै रहिछन ।