Thursday, September 30, 2010

आयो टप्प टिप्यो लग्यो टारेर टर्दैन त्यो

यो ध्रुव सत्यकुरा नै हो की जिन्दगीको पानाहरु पल्टिदै जादा हरेक सुन्न र देख्न पाइन्छन् तर कति पय कुराहरु अपेक्षा भन्दा धेरै टाढाको हुन जान्छ त्यो बेला आश्चर्यले चकित हुन बाध्य हुन्छु म (यदि म गलत छुइन भने म मात्र हैन सबै जनालाइ यस्तै हुन्छ होला)। सम्झन्छु कहिले काही यो जीवन भन्ने चोलो पनि कसैको लागी कति लामो अनि कसैको लागी कति छोटो भएर आउछ यो किन यस्तो भएको होला? जे होस कति पय कुरा नसोचेकै भए पनि राम्रो हुन्छन भने कतिपय कुराहरु हृदय बिदारक नै ।

Tuesday, September 14, 2010

बन्द बन्द बन्द सबै तिर बन्द !

हड्ताल र सडक जामले सबै तिर सबैलाई सताउने भो उफ्...... ।

हरेक दिन चक्का जाम र आम हड्तालको रोग नेपालमा मात्र भोगेकी थिएँ । नेपाल छोडेर हिडेको करिव एक वर्षमा खासै जाम र हड्तालको खवर सुन्न र भोग्न परेको थिएन तर त्यही नेपालको रोग अब युकेमा पनि सरेको छ । करिव ४ महिना अगाडी ब्रिटिश एरलाईनले केही दिन बिरोधको कार्यक्रम अगाडी सारेर हडताल गरेका थिए त्यसबखत हजारौ यात्रुहरु बिचल्लिमा परेका थिए तै पनि पुरै बन्द भने गरेका थिएन । उनीहरुले कर्मचारीको कटौती गरेको साथै भत्ता तथा तलब कटौती गरेको बिरोधमा बन्द गरेका थिए । फेरी उनिहरुको माग पुरा भएन भने क्रिसमसको समयमा पुरै चक्काजाम गर्ने घोषणा गरेका छन । यदि पुरै बन्द गरे भने कतिको लागी गन्तब्य स्थान पुग्नमा कति बिजोक हुने हो थाहा छैन ।

Thursday, September 9, 2010

एक्काइसौ शताव्दीमा पनि सञ्चार बिहिन हुनु पर्दा

अहो यो पर्खिनु जतिको साह्रो काम अरु केही पनि हुन्न बा । झुक्किएर पनि कसैलाई पर्खाउने कार्य नगरेकै राम्रो हुदो हो तर के गर्ने कहिले काँही अचानक नसोचेको हुन पुग्छ । मेरी सहेली (सँगीता) सँग नभेटेको पनि निकै दिन भै सकेको थियो कहिले के मा ब्यस्त कहिले के मा ब्यस्त । हुन त खासै काम पनि केही छैन फुर्सद पनि कहिले नहुने । भन्छन नी कुकुरको काम नि हुन्न रे फुर्सद नि हुन्न रे मेरो पनि झण्डै झण्डै त्यस्तै भइरहेको थियो । हामी सँगि नभेटेको महिनौ भै सकेकोले अस्ति देखी भेट्न बोलाइ रहेकी थिइन । भनौ उनि घर सरे पछि म उनको नया घर सम्म पुगेकै थिइन त्यही भएर पनि बोलाएकी थिइन। पहिलो पटक भेट्छु भनेर पनि आफ्नै ब्यक्तिगत कामको कारण भेट्न जान सकिन। दोश्रो पटक पनि भेट्ने दिन र समय तोकि सकेर पनि केही घरायसी कारणले ढिला भएको कारण भेट्न जान पाइन । हिजो तेस्रो पटक भने जसरी भए पनि भेट्छु भन्ने मनसाय बोकेर हिडेकी म झण्डै उनको घरको नजिकै बाट नभेटी फर्किनु परेको ।

भौतिक दुरी खासै टाढा नभए पनि कति न टाढा झै भएर बस्नु पर्ने यो मानिस जातिको बाध्यता । भेट्नलाई बोलाएको तेस्रो पटक भने मोबाइलको कारण झण्डै नभेटि फर्किनु परेको । कुरा भन्न नि लाजै लाग्ने सँचार ले सताब्दियौ देखी आँखा खोलेको देशमा पनि यहि सँचार बिहीन भएर झण्डै दुइ मित्र भेट हुन बाट जोगिएको । यो मोबाइल भन्ने चिजले पनि मानिसलाई धेरै सहयोग गरेर पनि कहिले काही त आपत नै खडा गर्छ । यदि म गलत छुइन भने प्राय मोबाइल बोक्ने मानिसहरु सँग सबैको फोन नँ मोबाइल मै सेभ भएको हुन्छ पहिला जस्तो फोनको डायरी बोक्ने झण्जट सायदै ले गर्लान । म पनि त्यसैको पिडित हुन पुगेँ हुन त कारण त्यो भए पनि फोन समयमा पुरा चार्ज नगर्नु गल्ति मेरै थियो । अस्तिको दिन राम्रो चार्ज भएनछ क्यारे मैले वास्ता गरिन । अचेल त्यही हो फोन पाए पछि अन्य साथी नै चाहिन्न । फेसबुक पनि त्यसमै, गित सुन्ने पनि त्यसमै, स्काइपमा साथी सँग बोल्ने पनि त्यसमै, एस एम एस गर्ने पनि त्यसमै , फोन आएमा रिसिभ गरेर वा आफैले कल गरेर बोल्ने पनि त्यसमै सबै काममा प्रयोग गरे पछि बिचरा अघिल्लो दिन गरेको ब्याट्री चार्जले कति थामोस ?

भेटघाटको लागी बोलाइएको स्थान नया भएको कारण उनि सँग फोनमा कुरा भो । उनले भनेकी थिइन ८१ नँ को गाँडी चढेर आउ सिधै हाम्रो घर नजिक आइ पुग्छ । बल्ल तल्ल ८१ नँ को बस पर्खेर चडे झण्डै दिउसोको २ बजि सकेको थियो । ल म हिडेँ तर म कहा उत्रिनु भन त । मैले गाडी चढ्दै गर्दा फोनमा भनेकी थिए उताबाट उतर आयो फलानो ठाउ आउ न । ल ल उसो भए मलाइ बस स्टप सम्म लिन आउ है। मैले फोन छोट्याउन खोज्दै थिए । फेरी बोलिन ल ल अबको आधा घण्टामा तिमी आइ पुग्छौ मलाई बस स्टप आइ पुगे पछि फोन गर है । अब नया ठाउ जानु पर्ने गाडीको स्क्रिनमा निस्केको बस स्टपको नाम हेर्दै अगाडी बढे । बाटो काट्नु छ कानमा फोनको एएर प्लग ठोसेर मस्त बाटो काटे । स्क्रिनमा उनले भनेको ठाउ देखायो एकै छिनमा वसको अटोमेटिक सिस्टममा बोल्ने रेकर्डेड आवाज पनि आयो ग्रेट वेस्ट ल्याण्ड। अब स्टपको लागी बेल त दाब्नै पर्यो एक हातले बेल थिच्दै सँगिलाइ फोन लगाए । ए तिमी आइ पुग्यौ? ल उसो भए बसबाट ओर्लेर बाटो क्रस गर अनि अगाडी अर्को बस स्टप तिर हिड्दै आउ त म निस्कि हाले ।

ल ल गर्दै बाटो काटे तर उसले भनेको अगाडी कता म जता जादै थिए त्यता वा अर्को तिर? चौबाटोमा उभिएर सोधे हैन कता अगाडी सान्टान्डर बैक तिर हो की टेक्सास्को पम्प तिर ? खै उनले के भन्दै थिइन कुन्नि एकै छिनमा आवाज बन्द भो । किन जवाफ आउदैन भनेर यसो फोन हेरेको त अगी नै फोन त स्विच अफ भइ सकेछ म एक्लै कराउदै रहेछु । अहो अब परेर फसाद? जता ततै फोन त छ नी फोन नँ नै कण्ठ छैन कसलाई गर्नु? साच्चै भन्ने हो भने आफ्नो नँ बाहेक अरु कसैको पनि फोन नँ याद छैन। गत हप्ता देखी नै अर्को सानो मोबाइल पनि बिग्रेर घरमै थन्कि रहेको थियो ।

कता के गर्ने के नगर्ने दिमागले केही काम गरि रहेको थिएन। अब हुन त आउदै छु भन्दै थिइन लिन आइ पुगि हाल्लिन नी एक मनले भन्दै थियो तर फेरी अघिल्लो अघिल्लो पटक आउछु आउछु भनेर पनि अन्तमा बिभिन्न कारण देखाइ नआएकोले वा आज पनि पो जिस्केको सोचेर लिनै नआउने हुन् की? हामी दुइ प्राय जसो सधै जिस्कि रहन्छौ । कहिले काँही घरमा बसि बसि पनि बाहिर निस्कि न फलानो ठाँउ जाउ वा कलेज पुगी सकेर क्लासमा बसि राख्दा पनि एक जना अलि कति ढिला भएमा ल आज त कलेज बन्द भएछ कता छौ भनेर एक अर्कालाई झुक्काउछौ । त्यही कारण मनमा सँका पनि उब्जियो । अव एक्लै सिधै जाउ भने पनि कताको अगाडी हो हो । सबै तिर हेर्यो उस्तै उस्तै गल्लिहरु छन् क्रस गरेर अगाडी पनि निकै पर एउटा स्टप छ अर्को तिर पनि निकै पर । जे सुकै होस उतै होला भनेर अगाडी मेरो बस जता गयो त्यतै पछ्याउदै अगाँडी बढेँ । बस स्टप पुगेर चारै तिर हेरे कतै पनि देख्दिन । फेरी मनले भन्यो हैन क्रस गरेर अगाडी आउनु भनि सके पछि त यता नहुन पनि सक्छ । लौ जा फेरी फर्केर उतै गएँ । त्यो स्टपमा पुगेर पनि फेरी चारैतिर हेरे कतै कोही देख्दिन । मन न हो एक मन ले भन्यो लौ अव आज मेरो फोनमा कुरा गर्दा गर्दा अचानक फोन स्विच अफ भए पछि आज पनि घरमै बसेर ढाटेकी रहिछन भनेर घरबाटै पो निस्किनन् की?

करिव १५ मिनेट एता र उता गर्दा पनि साथीको अत्तो पत्तो छैन अरु सँग सोध्ने पनि कोही छैन । साथीहरु सबैलाई उसको नँ त थाहा छ नी तर त्यो साथीहरुलाई पनि कसरी सोध्ने उनीहरुको नँ पनि त त्यही फोनमा छ । उफ...................त्यो समय। के गर्ने के नगर्ने सोच्नै सकिन । एता सँगिता भने बोल्दा बोल्दै फोन काटिए पछि खुव फोन हान्दि रहिछन् । डायल गर्ने बितिकै भ्वाइसमेलमा गएर उनको टपअप फोनको झण्डै ब्यालेन्स नै सकिएछ । उनि पनि मैले जे सोचे त्यही सोच्दै अलमलमा परेछिन्। तै पनि एक मनले हेर्न सम्म बस स्टप जानु पर्ला भनेर आइछिन तर जब म उताको स्टप गए त्यही बेला उनले बोलाएको स्टप आइ पुगीछिन् । फेरी म फर्केर आउदा सम्ममा उनी अर्को स्टपमा पो हो कि भनेर गइ सकिछन् । यता र उता भएर दुबै जना नजिक नजिक नै भए पनि अलपत्र पर्दै बस्यौ । झण्डै आधा घण्टा पश्चात अव घरै फर्किने मुड बनाएर जुन स्टपमा झर्नु भनेकी थिइन त्यसकै नजिकैको अर्को स्टपमा जादै थिए । एक हातले चस्मा मिलाउदै एक हातमा फोन खेलाउदै कसैको खोजि गर्दै गरेकी जस्तो देखिने केटि टाढाबाट देखे । मेरो आँखा चस्मा बिना त्यति सहजै मानिस चिन्न नसक्ने हुनाले पनि गाह्रो बनायो । हिजै मैले चस्मा पनि लगाइन साथै मेरो आइलेन्स पनि राम्रो काम नगरेर घरमै थन्काएकी थिए । पक्कै सँगी नै हुनु पर्छ भन्ठानेर उनी भएकै तिर हुइकिए, नभन्दै उनि नै रहिछन् । दुबै जना एक्कासी करायौ "पख न तिमीलाई" तर गल्ति न त मेरो थियो न त उनकै ।

त्यसैले साथिहरु कहिले काही रमाइलोको लागी भनेर सानो सानो कुरामा झुठ बोल्ने बानी छ भने त्यागी दिनुहोस । यसले कहिले काही अपठेरो स्थिती सृजना गर्न सक्दो रहेछ । अर्को कुरा मोवाइलमा नँ सेभ छ भनेर वास्ता नगर्दा कहिले काही समस्या नै पर्ने हुन्छ त्यसैले कि त अर्को फोन पनि बोक्नु होस सबै नँ सेभ गरेर नत्र पनि सानो एउटा डायरी नै बोक्न पनि कन्जुसाइ नगर्नुहोस ।