Sunday, July 27, 2008

हुर्रा नाच


मगर समाजमा विशेष गरि नाचिने नाचहरु मध्ये कौडा, सोरठी, घाटु, कडुवा, पैसेरु, मारुनी, हुर्रा आदी आदी भएतापनि पुवली मगरहरुको गहनाको रुपमा हुर्रालाइ लिन सकिन्छ । यो एउटा सामुहिक नत्य हो । कार्तिक महिनाको काकआसीको भोलिपल्ट देखि पूणमा सम्म लगातार १५ दिन नाचिने गरिन्छ । यो नाच देउसी भैलो खेल्दा खेल्दै सुरु भएता पनि हाल पुवर्ली मगरहरु माझ छुट्टै संस्कतिको रुपमा स्थापित भैसकेको छ । यहा तिहारमा देउसी भैलोको अवसर पारेर हुर्रा नाच्ने गरिन्छ । यसलाइ स्थानिय भाषमा भैलो खेल्नु भनिन्छ । टोलभरि के महिला, के बुढापाका, के केटाकेटी सम्पूर्ण मिलेर खेलिने यो हुर्रानाचबाट उठेको रकमले सुगुर, रक्सि, आदी विभिन्न खाने कुरा किनेर पछि कुनै एक दिन निश्चित गरि भैलोभोज मनाउने गर्दछन। भैलो भोजमा उपस्थित हुन नसक्नेहरुको घरै गएर भाग पुर्‍याइ दिने प्रचलन छ । यो हुर्रा नाच तिहारको अवसरमा मात्र नखेली अन्नवाली भियाउने समय कुलपुजा, छेवर, पास्नी, तथा विवाह जस्ता शुभकार्यमा पनि ठूलो संख्यामा युवा युवती भेला भै नाच्ने गरिन्छ । तर यस्तो बेलामा चाही दान दक्षण दिदैंनन मात्र मनोरञ्जन माया प्रीतिका कुरा साटासाट गन गर्दछन।



हुर्रा नाचको नामाकरण कसरी र कसले गरे भन्ने वारेमा ठोस प्रमाण त अहिले सम्म पाइएको छैन तापनि यसका सम्बन्धमा विभिन्न तर्कहरु पाइन्छ । परापूर्वकालमा हुर्रा खेल्दा युवा युवतीहरु वीच दोहोरी गीत गाउने र दोहोरीमा विजेता टिमले हुरररे( शब्द प्रयोग गरेको र त्यसैबाट अपभ्रंश भएर 'हुर्रा' नाम रहन सक्ने बुढापाकाको अनुमान छ भने परापूर्वकालदेखिनै हुर्रा खेल्दा गितको अन्त्यमा हुर्रा हा...हा....भन्ने गरिन्छ । यहि हुर्रा हा...हा... बाटै यसको नाम 'हुर्रा' बनेको आमधारण प्रचलित छ । यसलाइ अचेल हुर्रा हा ...हा... को सट्टा दशै रमाइलो तथा मगरभाषमा रोहौ मेलिसौ भन्ने गर्दछन्‍ । जे भनिएतापनि, जे जसरी नामाकरण भएता पनि यसले एउटा आÏनै प्रकारको मौलिकता बोकेको छ जुन मगर संस्कृतिको अभिन्न अंग हो भन्दा अत्युत्ति नहोला । यो नाचको उदगमस्थल धनकुटा जिल्लाकै मुढेबास गा.वि.सलाइ मानिन्छ तर सुरुवात त्यहा“बाट भएता पनि धनकुटा जिल्लाभित्रका चौविसे क्षत्रमा मात्र नभै ६ नं बुधबारे, डाडाबजार, बसन्तटार, भेडेटार, चुङमाङ, हात्तखिर्क लगाएताका ७, ८ गा.वि.स.मा नाच्ने गरिन्छ । साथै धनकुटा मात्र नमै पाचथरको मौवा, मोरङ्गको लेटाङ्ग, भोगटेनी, सिंहदेवी, याङसिला, केराबारी, बेलबारी, पाटीगाउ“, जाते, मधुमल्ला, टाडी सुनसरीको धरान, इटहरी तथा तरहरा सम्म यो संस्कृति विस्तार भएको पाइन्छ । हुर्रा भट्ट हेर्दा पश्चिमको देउडा जस्तै देखिन्छ यो नाचमा केटा केटी देखी बुढबुढी सम्म परिवारको सम्पूर्ण सदस्यहरु मिलेर धक फुकाइ नाच्ने गर्दछन। यो गोलाकार रुपमा लामबद्ध भै एक आपसमा हात समाइ मादलको "घिन्ताङ, घिन्ताङ, घिन्ताङ ताङ्ग २""घिन्ताङ, घिन्ताङ, घिन्ताङ ताङ्ग २" को तालमा नाचिन्छ । यसको लागि मादल, मूरली बासुरी, सानो पितलको झ्याली (मजुरा) आदी बाजाहरु आवश्यक पर्दछन। यो नाचको स’रुवात मुखीया वा प्रतिष्ठित व्यत्तिको घरआगनमा भेला भइ सरस्वतीको पूजा, अर्चना गरी नाच उठाइन्छ । नाचमा दु:ख विमार, भै भगडा नहोस र कसैलाइ दु:ख विमार तथा हानी नोक्सानी नहोस, कार्यत्रम सफल होस भन्नका लागि यो पूजा आवश्यक छ । पूजा पछि टिका लगाइ शुभआशीर्वाद सबै सहभागीले लिने गर्दछन। यस पछि नाचमा सहभागी हुन चाहने कलाकार वा नाच्न चाहने जो कोही आगनमा एक अर्काको हात समार्इ गोलाकार बनि त्रमश: दाया तफबाट विस्तारै नाच्न थाल्दछन। यसरी घुम्दै एउटा बृत्त बनाउछन। यो घुमाइ नाच्न चाहनेहरुको लागि आव्‍हान हो । आगनको क्षमता अनुसार गोलाकार बढ्‍दै जान्छ । संगित सुरु हुन्छ संगितको गति सगसगै सहभागिहरुले खुट्टा चाल्छन साथमा गीत पनि गुञ्जीन थाल्छ । यो गीत र संगीतको धुन सगसगै देब्रे तथा दाया घुम्दै जान्छन। गीत भने सहभागीकै केहीले गाउनुपर्छ भने बाकीले अक्षराशं दोहोर्‍याइ पुरै आगन गुञ्जाउछन। प्रत्येक अन्तराको अन्तमा 'देशै रमाइलो' भन्ने शब्दले नाचौं नाचौं जस्तो हुन्छ त्यहाको वातावरण । करिब २,३ घण्टाको यो नचाइ अन्त्यतिर पुग्दछ यतिखेर बाद्यबाधकले संगितको धुन तिब्र बनाउदछ । संगीतको धुन सगसगै सहभागीहरुको खुट्टाको चाल चाडो चाडो र सन्तुलनको साथ शरीरको अग्रभाग भुकाउदै उठाउदै गर्दछन्। यो अग्रभाग भुकाउनु उठाउनुमा दर्शकहरुलाइ नमस्कार तथा अभिवादन गरेको मानिन्छ । उनिहरुको यो नाचमा चेली माइती वा मनपरेको केटा केटीले सगै हात समातेर नाच्ने गर्दछन् तर हातमा बाधिनु बाहेक शरीरका अन्य भागमा एक अर्कामा छोइन वा ठोक्किनु अशुभ मानिन्छ । त्यसैले पराकिलो ठाउ हेरी नाच्ने गर्दछन्। जब हुर्रा नाच सुरु हुन्छ । तब गीत पनि यसरी सुरु हुन्छ ।

बाह्र हाते हो रातो पटुकीकोछेउ छेउमा किनारी देशै रमाइलो

कहाको तपाइ हो कहाको हामीगरी राखौं चिनारी देशै रमाइलो


3 comments:

Mongolianlafa said...

this is a different way to conservation the cultures and traditions by writing and publishing.. keep it up manu jee..
by~ www.kanungkhabar.blogspot.com

Basanta Gautam said...

रमाइलो जानकारी राख्नुभएकोमा धन्यवाद! हाम्रो सुन्दर देशको सुन्दर सांस्कृतिक निधिहरुको बारेमा जान्न पाउँदा अत्यन्त खुशी लाग्छ।

अनि यो "हुर्रे" भनेको शब्द अंग्रेजी हैन र भन्या? नेपाली स्रोतकै शब्द हो र यो?

manu said...

धन्यवाद साथीहरु प्रतिकृया को लागि । म धेरै आभारी छु।
खोइ हौ बसन्त जी मलाई पनि पहिला त तेस्ताइ लागेको थियो तर यो हुर्‍ए सब्द अङ्रजि नभै मगर भासाको सब्द हो रे