Friday, August 1, 2008

आँखा

मेरी आमासँग एउटा मात्र आँखा थियो । एकआँखे ती मेरी आमा कुरुपताकी प्रतिमूर्ति थिइन त्यसैले म घृणा गर्थे म उनलाइ । उनको र मेरो सम्बन्धको बारेमा कसैसँग परिचय खुलोस भन्ने म चाहँदैनथेँ । उनी एउटा विद्यालयमा विद्यार्थी र शिक्षकहरूलार्इ खाना पकाउने र लुगाफाटो धोइदिने काम गर्थिन। त्यही आम्दानीबाट हाम्रो परिवारको गुजारा चल्ने गरेको थियो ।



अचानक एकदिनको कुरा हो, मेरी आमा मेरो पढाइको बारेमा बुभन मेरो स्कुलमा आइन्‍ । मैले मेरा साथीहरूलार्इ उनी मेरी आमा हुन्‍ भनेर चिनाउन सकिन, किनकि मेरी आमा अत्यन्तै कुरुप थिइन्‍ । उनी त्यसरी मेरो स्कुलमा आउँदा मलार्इ अत्यन्तै नराम्रो लाग्यो । मैले उनलार्इ कर्के आँखाले हेरेँ र बाहिरतिर दौडिएँ ।

अर्का दिन मेरो एकजना साथीले मसँग मेरी आमाको बारेका कुरा उठायो । उसले मलार्इ भन्यो "छ्‍या तिम्री आमाको त एउटा मात्रै आँखा । कस्ती काली तिम्री आमा त ! त्यस्ती कुरुप बुढीलार्इ आमा भन्न तिमीलार्इ लाज लाग्दैन ?" उसको कुरा सुनेर म मरेजस्तै भएँ । आखिर त्यस दिन मेरी आमा किन स्कुलमा आएकी होलिन्‍ ? उनीप्रतिको रिस र आत्रोशले म आफैँलार्इ चिथोरुँ जस्तो लाग्यो । साथीहरूको अगाडि बेइज्जत भएको भन्ठानी मलार्इ भुतुक्क मरुँ जस्तो पनि लाग्यो ।

एकदिन मैले आमालार्इ बेसरी भपार्दै भनेँ "तिमी किन गयौ मेरो स्कूलमा, आफ्‍नो कुरुपता प्रदर्शन गरेर किन मेरो बेइज्जत गर्‍यौ?" मैले आबेगमा नै भनिदिएँ "तिमी मर्न नसकेकी बुढी ।" मेरी आमाले कुनै प्रतिउत्तर दिइनन्‍ । मैले आमालार्इ गरेको गाली सम्भेर मलार्इ कत्तपनी पछुतो लागेन किनकि म उनीसँग असाध्य रिसाएको थिएँ । उनको कुरुपताले ममा घृण भाव बढाइरहेको थियो ।

मलाइ त्यो घरबाट धेरै टाढा भाग्न मन लाग्यो ताकि अब उनीसँग कहिल्यै भेट नहोस्‍, उनको कुरुप अनुहार देख्नै नपरोस्‍ ।

दिनहरू बित्दै गए । त्यसपछि मैले धेरै मेहनेतका साथ पढेँ । मैले स्वदेशमा मात्र होइन विदेश गएर पढ्‍नसमेत छात्रवत्त पाएँ । मैले धेरै पढेँ र पछि बिहे पनि गरेँ । शहरमा एउटा सुन्दर घर पनि बनाएँ । यतिखेर मेरा आफ्नै छोराछोरी पनि भइसकेका थिए ।

म आफ्नै संसारमा मस्त थिएँ । मेरो मस्तीको सँसारमा एकदिन अचानक मेरी आमा आइपुगिन्‍ । मेरो घरको ढोकामा मेरी आमा उभिएकी थिइन। उनीसँग भेट नभएको निकै भइसकेको थियो । बुढ्‍यौलीका कारण उनको कुरुपता अभै बढेको थियो । उनले आफ्ना नातिनातिनालार्इ त देखेकीसम्म थिइनन्‍ । मेरो ढोकामा उभिएको उनको त्यो कुरुप अनुहार देखेर मेरा बच्चाहरूले उनलार्इ बेसरी जिस्क्याए, गिज्याए । उनले मेरा सन्तानलार्इ गाली गरिन्‍ र थप्पड पनि लगाइन्‍ । मेरो घरआँगनमा मेरै सन्तानले गाली र थप्पड खाएको देख्दा मलार्इ असैह्य भयो । मैले उनलार्इ बेसरी कराएँ । "तिमी किन आएकी यहाँ ? कसले बोलायो तिमीलार्इ ? तिम्रो यो अनुहार लिएर कहिल्यै आउनुपर्दैन यहाँ । जाउ, गइहाल तुरुन्त गइहाल ।" मेरो गाली सुनेर उनले विस्तारै जवाफ दिइन्‍"माफ गर, सायद मैले गलत ठेगाना समातेछु । म तिम्रोमा आएर अब कहिल्यै पनि तिमीलार्इ दुख दिने छैन ।" यति भनेर उनी त्यहाँबाट तुरुन्तै हराइन।

अरू केही वर्ष बितेर गए । एकदिनको कुरा हो गाउँको मेरो पुरानो विद्यालयमा पुनर्मिलन समारोहको आयोजना गरिएको र त्यसमा अनिवार्य सहभागी हुन लेखिएको निम्तोपत्र मेरो हातमा पर्‍यो । कुनै विजनेस टि्रपमा जाँदैछु भनेर मैले मेरी श्रीमतीलार्इ ढाँटेँ र म मेरो पुरानो विद्यालयको त्यो समारोहमा भाग लिन गएँ ।

समारोहको अन्त्यसँगै त्यहीँ नजिकै रहेको मेरो पुरानो गाउँमा घुम्न मलाइ उत्सुकता जागेर आयो । म मेरो पुरानो गाउँतिर गएँ । मैले गाउँलेहरूबाट मेरी कुरुप आमा मरिसकेको थाहा पाएँ । आमाको मृत्यूमा मलार्इ कुनै विस्मात लागेन । एक सामान्य घटना घटेजस्तै मैले त्यसलार्इ सहज ढंगले पचाएँ । उनका लागि मसँग एक थोपा आँशु पनि थिएन । तर मृत्यूअघि मेरी आमाले मलार्इ लेखेको एउटा चिठी गाउँलेहरूले मेरा हातमा थमाइदिए । चिठी खोलेँ र पढ्‍न थालेँ । चिठीमा यस्तो लेखिएको थियो

मेरो प्रिय छोरा,
मलाइ माफ गर म तिम्रो घर आएर तिम्रै छोराछोरीलार्इ गाली गरेँ । मैले तिमीलाइ पटक पटक दु:ख पनि दिएँ । तिमी आफूले पढेको गाउँको विद्यालयमा आउँदैछौ भन्ने थाहा पाएर म निकै खुसी भएकी थिएँ तर तिमीलाइ हेर्न म उठ्‍न सकिन छोरा । म निकै बिरामी थिएँ । तिमीलाइ हेर्ने मेरो अन्तिम धोको पनि पूरा गर्न सकिन । तिमी ठूलो हुँदा सम्म मैले तिम्रो चित्त बुझाउन कहिल्यै पनि सकिन । छोरा, तिम्रो आँखामा म सदा घृणको पात्र भइरहेँ । मैले तिमीलाइ निकै दु:ख दिएकी छु ।छोरा, तिमीलाइ थाहा छैन जब तिमी सानो थियौ अचानक एउटा दुर्घटनामा परेका थियौ । त्यही दुर्घटनामा तिमीले एउटा आँखा गुमायौ । एउटी आमा भएकीले मैले तिमीलार्इ एउटा मात्र आँखा भएको हेर्न सकिन । हुन पनि कसरी सक्नु, आफ्नै सन्तान एउटा मात्रै आँखा लिएर हुर्किरहेको छ । तिम्रा साथीहरूले तिमीलार्इ एकआँखे भनेर हेपेको र जिस्काएको मैले सहनै सकिन । अनि एकदिन मैले तिमीलार्इ अस्पत्ताल लिएर गएँ । अस्पतालमा आँखा किनेर प्रत्यारोपण गर्न धेरै रकम चाहिने रहेछ तर मसँग त्यति धेरै पैसा कहाँ थियो र ? अन्तत: डाक्टरलार्इ मैले मेरो आफ्नै एउटा आँखा झिक्न लगाएँ र तिम्रो बिगृएको आँखामा प्रत्यारोपण गरिदिएँ । अब तिमीसँग दुइवटै आँखा भए । आहा, तिमी कति सुन्दर देखियौ । मेरा निम्ति जीवनको यो अत्यन्तै दुर्लभ खुशी थियो ।
प्यारो छोरा, आज मलार्इ निकै गर्व लागिरहेको छ । मेरो सन्तान जसले आज मेरै आँखाबाट संसार हेरिरहेको छ । आखिर के नै फरक भयो र मैले हेर्ने संसार आज मेरै आँखाबाट मेरो आफ्नै छोराले हेरिरहेको छ । त्यो त्यही आँखा हो, जुन आँखाले मैले पहिले संसार हेर्ने गर्दथेँ आज मेरो छोराले हेरिरहेको छ । म निकै खुसी छु छोरा । म अब यो संसारमा रहनु र नरहनुमा केही फरक छैन किन कि मेरो ठाउँमा आज मेरो छोरा छ अनि मेरै आँखाले यो अनुपम संसार हेरिरहेको छ । तिमी जहाँ रहन्छौ सुखी रहनु, सम्पन्न रहनु यो मेरो आशिर्वाद तिमीलार्इ । छोरा तिमीले अब कुनै पनि बेला सोच्नुपर्दैन कि तिम्री यो कुरुप आमा आएर तिमीलार्इ फेरिफेरि दु:ख दिनेछ । तिमीलार्इ नहेरी बस्न नसकेकीले मात्र कहिलेकाँही तिमीलार्इ भेट्‍न आउँथे, अब त त्यो दिन पनि सकियो छोरा, अब तिमी सधैसधै सुखी रहनु । मेरो सारा आशिर्वाद र माया तिमीलाइ ।
उही तिम्री
कुरुप आमा

(इन्टरनेटमा अङ्‍ग्रेजी भाषमा रहेको अज्ञात लेखकको यो कथा सुमन भट्टरार्इले रुपान्तर गर्नुभएको हो । यो अवस्था नेपालका कतिपय परिवारमा देख्न सकिन्छ । मैले पढेका कथाहरु मध्येमा यो कथा वास्तविकता सँग नजिक पाएकोले तपार्इहरुलार्इ पनि पढ्‍ने मौका दिन मन लाग्यो, हुन सक्छ तपाइहरु मध्ये कतिले त यो कथा पहिले नै पनि पढि सक्नु भएको होला त्यसको लागी क्षमा प्रार्थी पनि छु । वास्तवमै तपाइहरुलाइ नढाटी भन्नु पर्दा धेरै दिन देखि अन्य कामले व्यस्त हुनु परेको र व्लगमा हाल्ने नया खुराक केही जन्माउन नसकीरहेको अवस्थामा हाम्रो कैलाश दिदिको भाषलाइ सापट लिइ भन्नु पर्दा “टिरिक” लगाको नि)

2 comments:

Basanta Gautam said...

What a great story! It sounds so true in this selfish time.

amisa said...

malai yo katha padera sarai nai naramailo lagyo hamro samaj ma kasta kasta man6e haru pani rahe6n tehi aamale janmain ani khainakhai hurkain tehi aam le aafno mutu ko tukra samjera yeti maya gar6i n ani vanai nai 6 ni aam bau ko man 6ora 6ori mathi 6ora 6ori ko man dhunga muda mathi vanthe yehi rahe6 malai yo katha le therai ruwayo