
खैर कुरो जति गर्यो उति लम्विने चिज हो अब प्रबेश गरौ विषय वस्तु प्रति म र मेरो परिवारका केही सदस्य सानै बाट धुम्रपान नगर्ने भए पनि बाल्यकाल बाटै चुरोटको धुवाको संसर्गमा हुर्कदै आएकी छु । गर्भवति हुनुहुदा मेरी आमाले पनि चुरोट निकै पिउनु हुन्थ्यो रे तर अहिले छोडी सक्नु भएको छ । म घरमा रहुन्जेल धुम्रपान चाही गर्दिन थिए तर धुम्रपान गर्ने मेरो वुवा संग संगै बसेर त् ख् हेर्ने गर्थे त्यसर्थ म लगाएत मेरो सम्पूर्ण परिवार अप्रत्यक्ष धुम्रपानेमा पर्न जान्थ्यौ । तर त्यसको मतलब अहिले चाही प्रत्यक्ष धुम्रपाने भएको चाही अवस्य होइन । त्यो वेला मैले बुवालाइ चुरोट त्याग्ने आग्रह गर्दा धुवा लागेको काठ कति वलियो हुन्छ तलाइ थाहा छ ? म पनि त्यस्तै बलियो हुन्छु भन्नु हुन्थ्यो तर त्यसको परिणम अहिले आएर विस्तारै देखिन थालिएको छ गजबले खोकी आउन थालेको अनुभव छ । अब घर छोडेर अन्तै डेरामा बस्दा त धुवाबाट टाढा होला भन्ने भ्रम थियो त्यो पनि कैलाश दिदिको भनाइ झै विन्दास डेरावालले हैरान्। प्रत्यक दिन साँझ ८ बजे पछि Ground Floreका दाइभाइहरुको धुम्रपानबाट निस्किएको प्रदुसित धुवा सिधै हाम्रो Flore मा आउने हुनाले मेरो सानो ५ वर्षकी बहिनी लगाएत मेरो परिवारका पाँचै सदस्य हैरान छौ ।
घर वा सार्वजनिक स्थलहरुमा धुम्रपान गर्ने यि मानीसहरुलाइ छुट्टै राख्ने ब्यवस्था नभएकाले तिनीहरुको संसर्गमा रहने हामी जस्तो पिडीतहरुले धुम्रपान नगरे पनि के नै जोगीयो र ?
धुम्रपान तथा मध्यपान बढि गरेको आरोपमा पहिलो महिना निकलिएका अनिशको परिवार भन्दा अहिले इन्जिनियरिङ्गका विद्यार्थी भनाउदा भाइहरुको धुम्रपान तथा होहल्लाको कारण प्रदुषत भएको वातावरणको कारण म र मेरो परिवारको हरेक साँझ धुम्रपान नगरे पनि धुम्रपान गरे सरहको परिणमबाट पिडित छौ ।धुम्रपानकै विषयमा केहि कटुता नबढेको पनि हैन ।शिक्षत ब्यक्तिहरुलाइ धुम्रपानबाट हुने खतराबारे भनि रहनु नपर्ने हो धेरै नेपालीहरुले मध्यपानलाइ गम्भिरता पुर्वक लिए पनि धुम्रपानलाइ खासै वास्तै गर्दैनन्। आजका युवाहरु त झन ओठमा दुध सुकेको हुन्न चुरोट उडाउदै हिड्छन । आजका युवाहरुमा त fashion नै भएको छ चुरोट तान्ने, चुरोट नपिउने र Social Drinks नगर्नेहरु त लाज हन्छ रे ।

धुम्रपान र ब्यक्ति वा पारिवारिक विनासका कुरा गर्ने मानिसहरु शिक्ष र पर्याप्त ज्ञानको अभावमा धुम्रपान र विग्रदो स्वास्थ्य विच सिधा सम्पर्क भएको बुझि दिएको भए म जस्ता लाखौ पिडितहरुको दैनिकी अलि सुखमय हुने थियो अझ भनौ मेरो जस्तो दैनिक दुर्गन्धित वा दुषत हावाको स्वास प्रस्वास लिइ हरेक साँझ गुजारा गर्नु पर्ने थिएन र निशुल्क धुवा सेवन नगरी स्वास्थ्यमा अलिकति भए पनि राहत महसुस गर्ने थिए होला