Showing posts with label कथा. Show all posts
Showing posts with label कथा. Show all posts

Tuesday, December 1, 2015

Her Story II

Bijaya’s Phone rang.
“Yes Momma, I’m with Dizzu and Shreena! What? OMG! How? Oh no! Ok Mamma! Sure Momma don’t worry your daughter is young enough now, she can take care herself. Oh no Momma, That’s too much. Why are you worrying about me that much? I know Momma. Ok Momma. I will be in time. Love you too Momma.” Bijaya took a long breath after phone in conversation.  

‘This is too much yar! Where the hell is our government? What the hell they are doing? Mother F***er rapist are walking freely on the street, and we girls always have to be worried about our own security in our own country, even in our own yard.” Suddenly she turned as angry injured tiger.
Shreena and I were unknown about the telephone conversation. We just heard one way, and saw each other, I asked her with the eye sign ‘what happen to her?’ Shreena replied with the help of lips and head, ‘I don’t know!’

We both stayed quiet and saw in her eyes

Friday, November 27, 2015

HER STORY

                                                          
Sunday, 13th November 2015, I woke up at late morning. Due to the boarder blockaded, political instability of Nepal, Terai movement, life in Kathmandu and surroundings were facing terrible headache, thought people were struggling to make situation normal. And I was emotionally injured bird who was having huge pain of Love. Kathmandu was busy as always, shops/malls were waiting for costumers as the vulture waiting to the dead body. Sunday, my day off, I didn’t have special task to do thus made a plan to hang out with some closest one. I made a call for Srijana, Bijaya and shreena, and call them go for coffee at Barista Lavatzza. Srijana called back after 10 minutes and said she has to go somewhere else, but Bijaya and Shreena gave me answer of ‘Yes’. Left home, waited 15 minutes a public vehicle, I took a micro to the destination, which was full of crowd. I reached Kathmandu mall first, I thought to go to book shops till they arrived. Suddenly, changed my mind, I just feel to walk down to the king’s way. Plugged my earphone, played a music and walk along. Been to the Narayanhiti gate and walk back twice in the same road as a lost person, done some window shopping, then saw the coffee shop and stepped in to the java near to king’s way. Soft melodious music was playing softly. The bottles of wine and whiskey were smiling at the bar rag. Walls were painted with dark wooden color. Coffee brewer machine was standing inside corners, some waiters were standing behind the bar, some of busy with coffee brewing, and some of busy offering the service, beautiful lady was busy in the cashing up. Old paintings were hanging in a wall. Black soft sofa and table of glasses were keeping with good seating arrangement. Beautiful flowers were blooming at the vase, most of the original plants were in line with at the floor near the windows. Smoking zone was outside near to the window where a guy with guitar was hiding inside him with the smoke. Different types of customers were there for taking rest, some of them were waiting for their friends, and some of them were having tea/coffee. I grabbed a seat in the middle.
Again I have to tell my girls that they have to come king’s way because I had changed the location.
Hello, Dijju where are you? Bijaya received my phone call within a second.
Darling I came down to the Kings way, where are you?

Monday, March 18, 2013

नसोचिएको गन्तव्य



विदाको एक दिन घुम्दै सल्सबरी जाने निधो गरे त्यसको लागी अनलाइन वस टिकट काटेकी थिएँ सधै भिक्टोरिया कोच स्टेशनबाटै चढ्ने फर्किदा पनि भिक्टोरिया कोच स्टेशनमै ओर्लने गरेकी थिए तर त्यो दिन खै के सुर चल्यो हानिए हिथ्रो अएरपोर्ट तिर मैले हिथ्रँेबाट बस १२.३० मा चढ्नु पर्ने भए पनि करिव करिव आधाघण्टा अगावै त्यहा पुगि सकेकी थिए नजिकैको प्रतिक्षालयको आडमा आफ्नो सानो झोला विसाएर चिसो फलामको चौतारीमा आफुलाई पनि बस नआउन्जेलको लागी विसाए कसै सँग नबोली वा केही नगरी आधा घण्टा समय विताउनु मेरो लागी एउटा सजाय काट्नु सरह थियो पनि पर्खनु पर्ने नै थियो त्यसैले कुर्दै थिए लण्डनको साझा बस

Friday, May 18, 2012

Friendship and psychophobia


‘Hello’, I popped into room, he replies back quickly -hello there. I got used with him now, I can't joke with him properly but i want to, smile to him and want to share with him sometimes. But he seems like he doesn’t care, so what? I don’t have to worry about it, he listens and some time he doesn't, he makes little tiny replies in between like yes, uh.. huh...hmn....ok which makes our conversation more interesting.

Saturday, February 12, 2011

एउटा अपुरो यात्रा

करिव दिउसोको एक बजेको हुदो हो, रानुले विहान देखी केही नखाइ हिडेकीले पेटमा निकै वटा मुसा दौडीरहेको थियो । काउण्टरको माथी झुण्डिरहेको बोर्डमा मुल्य हेरी । लाइनमा चार जनाको पालो पछी उनको पालो आयो । काउन्टरमा उभिएकी इन्डियन जस्तो देखिने केटीले मसक्क मुस्कुराउदै सोधि
गुड आफ्टरनुन ह्वाट उड यु लाइक टु इट म्याम ?
माथि बोर्ड तरि हेर्दै रानुले अर्डर गरिन क्यान आइ ह्याभ अ चिकेन लिजेन्ड प्लिज ।
ह्विच ड्रिङ्कस डु यु प्रिफर म्याम?
स्मल पेप्सि विथ लिल् बिट आइस प्लिज
एनि थिङ्ग इल्स?
ब्यापारीको अन्य थप कुरा बिकाउने उपाय मिसाइ हाली कालीले ।
नो थ्याÍक्यु । इट्स फो सिक्सटी सेभेन प्लिज । टिलमा पैसा जोडेर इन्टर बटम दाब्दै बोली । झोलाको गोजी छामछुम पार्दा पनि चार पाउण्ड पुगेन चानचुन पैसा त्यसैले ५ पाउण्डको नोट झिकेर दिइन्,
योर अर्डर इज बिइङ्ग रेडी,
इट्स योर रेसिट एन थर्डटी थ्री पी म्याम ।
फिर्ता पेनी सहित विल रानुलाइ दिइन ।
थ्याङ्गक्यु ।

Monday, August 9, 2010

शान्ति हराएकी छन्

शान्ति हराएको पनि बर्सौ भै सक्यो, मर्यो या बाचेको छ कसैले भन्न सक्दैन । कठै अध्यारीरात उत्तिकै छिप्पिएको छ वरी परि । हत्या हिसाँ र आतँकले आफ्नो अस्तित्व नै गुमाइ सक्यो भन्छन सबै , कुरा सुन्छु नाना थरी , मन खेल्छ घरी घरी । कोलाहलले उनिको पहिचान नै बाग्मतिको किनारमा सेलाइ सक्यो कि, कतै पापी नर्कका दानवहरुले उनको अस्तित्व माथी नै खेलवाड गरि रहेछन् की ? शङ्का आशँकाले यो मन भत्भति पोलेको छ । मानिसले मानिस काटे पनि यो पापी मन न हो बाटो हेर्ने गर्छु अझै घरी घरी । उनि हिडे देखि फर्केर आउने दिनको लागी बिच्छ्याएका मेरा यि दुइ नयनहरु अझै पनि उठाउन सकेकी छैन । उनको आगमन नहुन्जेल सम्म उठाउन्न पनि । आश गर्छु अझै शान्ति नआए पनि खवर बोकी आउने छन एक दिन उनकी प्यारी चरी, त्यस पश्चात सबै खवर लैजाने छन नौ डाडा पारि नै भए पनि त्यस पश्चात पुन फर्केर आउने छिन शान्ति आफ्नो जन्म घर । डर त लागेको छ कता कता। बाबै नि त त्यै चरिको पनि पखेटा काटी दिए भने ति पापीष्ट नरभक्षीहरुले । बर्वराउछु म एक्लै एकान्तमा ।

Wednesday, June 9, 2010

(समय चक्र)

रातको १२ बजेको हुदो हो, कानमा एकतमासको आवाज आएर ठोकिन्छ । अनी म यसो आवाज नियाल्छु, पल्लो घरको इभा (नाइगेरियन केटी) रहिछे । उसको हरेक रात मध्यरातमा घरमा आएर रडाको मच्चाउने बानी परेको छ। हाम्रो फ्लाट जोड़ीएको हुनाले सानो सानो आवाज पनि सवै थाहा पाइन्छ । म उसको त्यो कोलाहल कम गर्न झ्याल साथै भेन्टलेसन लगाउछु । रातको खै कतिन्जेल सम्म रडाको मच्चियो कुन्नि, आँखा पोलर…… बल्ल बल्ल निदाएकी थिए, बिहान ९ बजे तीर मात्र एकैचोटी निंद्रा खुलेछ । उठने बित्तिकै मुख सुख धोएर बहिर निस्केकी थिए याना (इभाकी आमा ) लुगा सुकाउदै रहिछन ।

Saturday, March 13, 2010

आमा


रोजी अस्पताल भर्ना भएको पनि पैतीस दिन भै सकेछ । आफन्त तथा नर्स जे भने पनि दीन रात सेवारत संगीता छीन साथमा। उनको मुहारको झलक हेर्दा लाग्छ अव संगीता र उसको सेवा देखि पनि दिक्क लाग्न थालेको छ रोजीलाइ। घरी घरी बक्थिन उनी 'मलाई यो निलो लुगा देखि पनि वाक्क मात्र हैन घिन लाग्न थालेको छ । उठेर दौडौ भने पनि साहस छैन रत्ती भर आफूमा,कसैलाई भनु भने पनि यो संगी बाहेक कोही छैन, यसैलाइ भनु भने ज्यान गए लाने हैन यसले'। बाहिर चौरमा मसिना 8,10 बर्षका बाल भूराहरु दौडेको देखेर आफ्ना बिगत सम्झन पुक्थिन 'म पनि १२ वर्षको हुदा त्यै परको पार्कमा यसै गरी उफ्रंन्थे त्यो रातो टल्कने जामामा सेतो स्वेटर,पुतली पुतली भएको त्यों पिंक जुत्ता । भाई १० वर्षको हुदा आमाले ल्याइ दिनु भएको दुइजनाको उस्तै उस्तै झोला......... । त्यो वेला प्रत्यक शनिबार वुवाको छुट्टीको दिन ड्राइ पिकनिक जस्तो पार्कमा रमाइलो गर्न जानै पर्ने हाम्रो वालहठलाइ नकार्न नसकेर वावाले एक दिन बिरामीको वाहाना बनाइ सुत्नुहुदा आमा डरले रुनु भएथ्यो.........लामो सास फेर्दै बोल्थिन, उफ ....... अव त याद मात्र बाकी रह्यो केबल मधुरो छाया जस्तो याद ।

Wednesday, December 9, 2009

सपना कतिपय

हिजो पल्ट राती अवेरसम्म निकै ठुलो दर्के पानी परेर रहेकोले होला आकाश धेरै खुल्ला र सफा थियो । क्षितिज पारी पारी सम्म निलो र सफा देखिन्थे । दक्षिण पट्टी बालशिक्षा प्राथमिक विधालयको माथीबाट हेर्दा मकालु हिमाल आफ्नो सुन्दरता देखाएर मुस्कुराइ रहेको थियो । पाख्रिवास कृषि फार्मको त्यो पाटा आफ्नो त्यो राताम्मे टिनको छानो वोकेर बिहानीको भरसक स्वागतको लागि उभिएका थिए । हिले माथीको शैनिक ब्यारेकको जगँल पनि के कम?शैनिक टोलीले करिव दश वर्ष पहिले लेखिएका "म मरे पनि मेरो देश बाँची रहोस" को ठुला ठुला अक्षर बोकेर सतर्क अवस्थामा देखिन्थे भने हिले वजारले मलाइ अलिकति चियाएर हेरीरहेका थिए । आकाश साच्चै सफा थियो । पर ट्याम्केको चुचुरोमा ठपक्क हिउले ढाकीएको प्रष्टै देखिन्थ्यो भने भोजपुरको घोरेटार बजारले मै सँग मितेरी लाएर उभिए झै आमने सामने थियौ। मुगाफाट र चुङमाङ्को चप्लेटी पाखामा बिहानीको सुर्यले सलाम ठोक्दै आउदा आफ्नै बारीको डिलमा रहेको दुदिलोको रुखको टुप्पोले सम्म स्वागत गर्दै थियो बिहानीलाई ।

Wednesday, November 4, 2009

अधुरो प्रेम


झण्डै दिउसोको तीन बजेको थियो । धराहराको छेउपार्कमा बसेर बहिनीहरु सँग कफि गफमा मस्त थियौ । बिशेष गरि केटाहरुले प्रयोग गर्ने One Polar झोला पछाडी बोकेर, अनटाइडी लुकअपमा उपस्थीत भइन शान्ता । मेरो, उनी सँगको लगभग पाँच बर्ष पछिको भेट थियो यो । एउटै गाँउ भए तापनि हामी त्यति धेरै नजिक थिएनौं । विदेश जानु भन्दा अगाडी खासै वोलचाल थिएन मेरो उनी सँग । तर पछि इन्टरनेट च्याटको माध्ययमले हामी केही नजिक भएका थियौ। यही च्याटिङकै क्रममा म नेपाल आउने र उनी सँग भेट्‍ने बाचा गरेको थिएँ र यहि बाचा पुरा गर्दै थिएँ मैले । निकै बेरको फोनमा स्थानको वर्णन पश्चात म सामु आइपुगेकी थिइन उनी । विनम्र साथ नमस्ते गरिन्‍ । बस न । मैले अनुरोध गरेँ । शान्ता बस्दै बहिनीहरु सँग पनि गफ गर्न थालीन्। के खान्छौ ? म त भखर खाजा खाएर आएको दाइ केही खान्न । होइन केही त खाँउ मैले अनुरोध गरे । तिमीहरु के खान्छौ ? ए कफि खाँउ है म कफि लिएर आउछु । सबैको सहमतिमा मैले मेरो लागी Triple strong कफि मागेँ । उनीहरुलार्इ पनि सर्भ गरिदिए । त्यतिकैमा मेरो लामो बाधेको केश हेर्दै शान्ता अलि अश्वभाविक देखिइन र बोलिन्।

Sunday, May 31, 2009

विश्वासघात


साझको खाना खाइसकेर कोठा तिर लाग्दै थिइन पबित्रा कोठामा रहेको फोनमा रिङ्ग बजिरहेको थियो । पवित्राले फोन उठाइन हेलो
अर्कै ब्यक्तिलाइ गरेको फोनमा अर्कै मधुर आवाजले दिपक पनि झस्कीए।
हेलो अरे यो फोन बिक्रम सरको हैन र?
हजुर, को बिक्रम सर? यहा त कोही बिक्रम सर छैन । तपाइले गलत नं‌ डाएल गर्नु भयो होला एक पटक चेक गर्नुस त ।
ओ सरी है

Tuesday, September 2, 2008

गल्ति

पूर्णिमाको रात , टहटह जुनको उज्यालोले चन्द्राको नशा नशामा आफ्नै प्रकारको अनुभुति दिलाइ रहेको थियो । जताततै बनावटी बस्तुहरु मानिसलाइ जिस्काइ रहेका थिए । जहातति मानिसहरुको भिड र होहल्लाबाट आज चन्द्रा टाढा थियो नितान्त टाढा विलकुल एकान्तमा, शहरको होहल्ला धुवाधुलो र भिडबाट धेरै टाढा उसको आफ्नै गँउमा, जहा कृतिमताको आभाष केहिमा हुन्न थियो न त त्यहा गाडीहरुको घार्रघुर्र आवाज, न त फोनको घण्टि, चकमन्न गाउँहरु बति नपुगेकोले बस्तीहरुमा सानो सानो धिपधिपे दियालो बलेको मात्र देखिन्थ्यो । वरपर निकै अध्यारो गाउँ,यसो नियालेर हेर्दा सातकोष पर जति मसिनो मिलिमिली बत्त बलेको धरान बजारको एउटा छेउ देखिन्थ्यो त्यहाबाट । त्यसैले आकाशमा जून पनि आज मस्ति सँग आफ्नो उज्यालो प्रकाशको शक्ति देखाउदै नाची रहेको थियो ।चन्द्रा बाहिर बरण्डामा उभिएर वरपरका सुनसान गाँउलाइ नियाली रहेकी थिइन् कतै कतै भ्वाङ भ्वाङ भोटे कुकुरको भुकाइ बाहेक पारी जगंलमा कोइलीको एकोहोरो कुहु कुहु आवाज सुनिन्थ्यो,राती कराउने किरिरिरि किराको आवाजले अलि कति सगिंतमय बनेको थियो वातावरण। अनि नजिकैको खोला बहदाको कलकल आवाज आहा कति सुनसान,कति एकान्त कति शान्त साच्चै मैले चाहेको र खोजेकै जस्तो शान्त वातावरण, यहा बसेर पढे ता सबै दिमागमा बस्छ होला मन मनै वात मार्छिन् अनि अलि परतिर पट्टिको झ्यालबाट निस्केर बार्दलिमा उभिन पुग्छन् एकटकले नजिकैको मुलबाटोलाइ निकै बेर हेर्छिन अनि खै मनमा केके सोचे जस्तो गरि जून तिर हेरेर मुसुक्क मुस्कुराउछिन्, निकै वर्ष भै सकेको रहेछ उनि त्यहा नपुगेकी पनि समय कति चाडो वित्दो रहेछ । हिजो अस्ति भरखर जस्तो लागेको थियो छोडेर बाबा ममि सँग काठमाण्डौ गएको त्यहाबाट फर्केर त्यो जन्मभुमिलाइ चुम्ने सौभाग्य उनलाइ मिलेको थिएन ।

Friday, August 1, 2008

आँखा

मेरी आमासँग एउटा मात्र आँखा थियो । एकआँखे ती मेरी आमा कुरुपताकी प्रतिमूर्ति थिइन त्यसैले म घृणा गर्थे म उनलाइ । उनको र मेरो सम्बन्धको बारेमा कसैसँग परिचय खुलोस भन्ने म चाहँदैनथेँ । उनी एउटा विद्यालयमा विद्यार्थी र शिक्षकहरूलार्इ खाना पकाउने र लुगाफाटो धोइदिने काम गर्थिन। त्यही आम्दानीबाट हाम्रो परिवारको गुजारा चल्ने गरेको थियो ।

Monday, June 30, 2008

गम्भीरमान

पूर्णिमाको रात कटेर बिहानीको सुर्योदय हुनै लागेको छ। डाँडामाथी गोलो तर मधुरो चन्द्रमा अस्ताउनै लागेको छ। उता गभिंरमानको जीवनले पनि उस्तै गति र मोड लिएको छ। अर्धाङ्गीनी कमला भित्री कोठामा कुम्लो कुटौरो तयार पारीरहेकी छिन्। उता छोरा पवन र बुहारी हेमा पनि गह्रौँ मन बनाएर आफ्नो पूर्खा देखिको सुख भोग गरेर बसेको घर छाडी अन्तै कतै सुकुम्वासी हुन जान तयारी हुदैछन्। नाती हिमाल भने अहिले सम्म मस्त निन्द्रामै छन्। हेमाले उठाउदा पनि रिसाउदै, झर्कदै बालापन प्रर्दशन गरिरहेका छन् उनी। उसो त गभिंरमानको मन आज वास्तवमै अति गभिंर बनेको छ। छितिजबाट अस्ताउन लागेको चन्द्रमालाई एकटकले हेर्दै मनभरिका कुन्ठाहरु केलाउनमा मस्त छन् । यो चन्द्रमा त आजै, अहिलेनै यसैबेला अस्ताउन लागी रहेछ, एकछिनमा अस्ताएर जानेछ पनि। तर फेरि एकैछिनमा सुर्यको नौलो किरण सगैं अर्कै सुनौलो विहानीको आगमन हुनेछ। त्यो विहानीले नयाँ दिन, नयाँ जोस जाँगर, नयाँ उमंग, नयाँ संसार लिएर आउने छ तर... म चाँहि आज यतिकै सधैको लागी अस्ताउने नै भँए त? मेरो आफ्नो अस्तित्व केही छैन? अझै मनका कुना कन्दरामा दुखेका घाउहरु चर्‍याउन थाल्छ र थचक्क भुर्इमा बस्न पुगे। पुर्पूरोमा हात पूराउदै फेरी सोच मग्न देखियो।