Tuesday, January 13, 2009

नयाँ नेपालको नयाँ नियती




दैनिक १६ घण्टा बिधुत कटौती विश्वका कति वटा राष्ट्रमा हुने गर्छ होला? मलाई कहिले काहि घोत्लिन मन लाग्छ । हुनत बिधुत नै नपुगेको ठाउमा के को लोडसेडिङ? भन्नु होला तर मैले विधुत नपुगेको ठाउको त कुरै गरेकी छैन। त्यो दुर्दशाको कुरा कुनै दिन गरुँला। मात्र अहिलेको कुरा विधुत पुगेको ठाउको गर्न लागेकी हुँ । हुनत फेरी नेपाल मै पनि कति पय गाउमा विधुतै पुगेको र लोडसेडिङ पनि नहुने ठाउहरु पनि नपाइएका हैनन् । छन् त्यस्ता नमुना गाउ पनि जसले आफ्नै सानो सानो गाउ मिलेर विधुत उत्पादन गरेका छन् त्यहाँ त लोडसेडिङको समस्या सहन गर्नु परेको छैन। जस्तै उदाहरणको लागी ताप्लेजुङ संखुवासभा आदी
अब लम्बा चौडा कुरा के गरि रहनु है? हाम्रो देश जलश्रोतको धनि देश, जहा दैनिक १६ घण्टा सम्म लोडसेडिङ हुन थालेको छ हिजोबाट । दिनानु दिन बिधुत कटौतीको समय बढाएर त्यति पुर्याएको हो। ब्यबस्थापन पक्ष फितलो भएको कारण देशले यतिका समस्या भोग्नु परेको हो । हामीलाई कुनै पनि तवरले त्यस्ता ठाउमा सेवा गर्न मौका मिल्नु हो भने १ महिना मै यो समस्याको समाधान गरि दिन्छौं। भन्नेहरु पनि नभएका हैनन् तर कुरो गर्यो कुरैको दुख भने झै छ। भन्नको लागी त हाम्रा प्रधानमन्त्रिज्युले पनि पद ग्रहण गर्न अघि भन्नु भा थियो नी, हाम्रो पार्टीले सत्ता सन्चालन गर्न पायो भने देशमा चमत्कार गर्ने छौं, नेपाल चाडै नै स्वीजरल्याण्ड जस्तै बनाउने छौं, ह्याँ गर्ने छौं, त्ह्या गर्ने छौं तर खोई त जुन जोगी नै आए पनि कानै चिरेको भने झै सत्ता पनि पाउनु भो राष्ट्रपति नभए के भो र? प्रधानमन्त्रि जस्तो गरिमामय पदमा नियुक्त हुनु भो तर पनि समस्या जस्ताको तस्तै लास्टमा त्यै भने झै ।खै त चमत्कार? के जनताका छोरा छोरी अन्धकारमा बस्नु, दिनानु दिन महंगी र अभावमा रुमलिनु, के यहि हो चमत्कार? देश र जनताले केही शान्तिको आभास् पाउलान्, सुरक्षाको चाजो पाजो मिलाउलान्, नया संबिधान बनाउलान, राज्यको पुनर्संरचना गर्लान, की भनेर पो प्रधान मन्त्रि बनाएका थिए त यस्तै हो भने पहिलाको सरकार र अहिलेको सरकारमा के फरक पर्यो र? अर्काको आङमा जुम्रा देख्ने आफ्नो आङमा भने भैसी नै हिडेको पनि थाहा नपाउने?
जनताका छोरा छोरीको परीक्षा नजिकी रहेको छ उनिहरु के गरी पढी रहेका छन् भन्ने कस्लाई के मतलव? आखिरी हिटर बालुन वा गिजर चलाउन कसको सरोकारको विषय भो र ? मन्त्रि तथा प्रधानमन्त्रि क्वार्टरमा त झलली चौबिसै घण्टा बत्ती बलेकै हुन्छन क्यारे ।
खैर हुनत हामी जनता पनि भेडै छौं सडकका किनारमा १६०० वाटको बत्ति दिनरात बलेनी ठिकै छ। २४ घण्टामा ६ घण्टा मात्र बत्ति आए पनि ठिकै छ। सम्पुर्ण विधार्थीको परिक्षा नजिकी रहेको छ दिनानुदिन बत्ति कति खेर जान्छ र कति खेर आउछ भन्नेमा बालबच्चामा मानसिक यातना नै भएको छ । मट्टितेलमा पढ्न बस्यो मट्टितेलको गन्धले टाउको दुख्ने एउटा पिर त स्वासप्रस्वासमा कालो धुवा संगै लिने हुदा स्वास्थ उस्तै खराव हुने। यता मैन बत्तिमा पढ्ने हो भने बत्तिको मैन जताततै खस्ने समस्याले पिरोल्ने अब नपढौं भने भोली क्लासमा के भन्ने अब त बत्ति थिएन पढ्न पाइन भन्न पनि अप्ठेरो। त्यसैले अहिलेका बिधार्थीहरु जतिखेर बत्ति गयो उतिखेर सुत्ने र रातिको १२ बजे नै किन नहोस बत्ति आए पछि उठेर पढ्ने गर्न बाध्य छन्। हामी ठुला भनाउदाको पनि उहि हालत छ । हामी २१सौं शताब्दीका युवा यसो केहि गरौं भने आई टि को जमाना रे computer र Internet बिना केही काम नहुने अब के गर्ने? आफु त अलि अल्छि मान्छे है बेलुकी सुत्दा पनि बत्ति हुदैन बिहान उठ्दा पनि बत्ति हुदैन। दिउसो कति खेर एक छिन आउछ म कहा पुगेकी हुन्छु? घर आइ पुग्दा अघि नै गै सकेको हुन्छ । साच्चै मैले त घरमा बत्तिको मुहार नदेखेको पनि झन्नै एक महिना नै भएछ ।लौ यो महिना त बत्ति त्यति धेरै बालेको छैन बिल त थोरै आउला भनेको त आम्मै नी के को कम? झन पो पहिला भन्दा धेरै । कुरो के भएछ? भनेको त बत्ति भाको बेला एकै चोटि computer, Iron, heater, Mobile भए जति सबै एकै चोटि चार्जमा राख्ने अनि यत्रो आउछ थोरै ?
के गर्नु? जनतामा अझै पनि आन्दोलनको धङधङि झरी सकेको छैन केहि परेमा आन्दोलन गर्ने त्यो पनि कस्तो, कि त गाडीको सिसा फुटाउने, की त सडकमा टाएर बाल्ने नत्र सडक अबरुद्द गरि सर्वसाधारणलाइ नै दुख दिने? हैन आन्दोलन नै गर्ने भए पनि देश सुल्झाउने खालको आन्दोलन गर्नु नि? हामीलाई कुनै पनि तवरले त्यस्ता ठाउमा सेवा गर्न मौका मिल्नु हो भने १ महिना मै यो समस्याको समाधान गरि दिन्छौं भन्ने युवा नेता तथा बिज्ञहरु पनि मौन भएर किन बस्छन? त्यस्ता के के उपाया छन् बिधुत कटौती हटाउने सबै सिकाइ दिए त भै हाल्ने हो नी त्यस्ता खालका आन्दोलन किन नगरेका होलान्? हरे नेपालमा कहिले आउला शान्तिको दिन?यो नयाँ नेपालको नयाँ नियति कहिले सम्म भोग्नु पर्ने हो थाहा छैन लौ है साथी हो बाचौं यहि अन्धकारमय नेपालमा॥ जय लोढसेडिङ ।।।

3 comments:

Yumesh Pulami said...

मुलुक को प्रमुख समस्या के हो भनेर सबै लाइ थाहा हूदा हुदै पनी किन कुनि - कुनै पक्षले पनी यसै र यस्तो नै गर्नु पर्छ भनेर सही र उचित कदम चालेका छैनन । नया सरकार को त कुरै नगरौ - उ राम्रो नराम्रो भन्दा पनी नया भए भै हाल्छ भन्नेमा छ ।
तपाइले पनी बास्तविक कुरा गर्नु भएको छ -"जनताका छोरा छोरीको परीक्षा नजिकी रहेको छ उनिहरु के गरी पढी रहेका छन् भन्ने कस्लाई के मतलव? आखिरी हिटर बालुन वा गिजर चलाउन कसको सरोकारको विषय भो र ? मन्त्रि तथा प्रधानमन्त्रि क्वार्टरमा त झलली चौबिसै घण्टा बत्ती बलेकै हुन्छन क्यारे ।"

Lakeside Techies said...

Ke garne yestai raicha "Naya Nepal" ko paribhasha. 16 hours load shedding. No leaders have any concrete plans to reduce the load shedding hours in the days to come. Instead they just predict the total hours of load shedding that we might be facing in the years to come.

In this way we can never go ahead. If the leaders do not plan anything right now then there are going to be more load shedding hours.

ThE KiRaT said...

I think Nepal is in a big trouble and Nepalese too.