Saturday, February 21, 2009

मगर भाषा र साहित्यको विकास संक्षिप्त जानकारी

जाति, धर्म र भाषाको विविधता रहेको हाम्रो देश नेपालमा बहुलता भित्र पनि एकता खोज्ने बेला आएको छ । वि.सं २०५८को जनगणनाले पहिचान गरेका करिब १०० भन्दा बढि जात जातिको बसोबास नेपालमा पाइन्छ । यिनै सयौं जात जाति भित्रको एउटा जाति हो मगर । आफ्नै विशिष्ट भाषा र सँस्कृतिका धनि मगरहरु नेपालको कुल जनसंख्याको ७ प्रतिशत भन्दा पनि बढि छन्‍ । उनीहरुका आफ्नै भेषभुषा तथा मातृभाषा अहिले सम्म अस्तित्वमा रहेको पाइन्छ । वि.सं २०५८को जनगणना लाइ हेर्ने हो भने नेपालमा मगरभाषा बोल्ने मगरहरु प्रतिशत पाइन्छन तर त्यसमा पनि शहरबासी मगरहरु भन्दा ग्रमीण भेगमा बसोवास गर्दैआएका मगरहरुले बढि मातृभाषा बोल्ने गर्दछन । मगरहरु अहिलेको यो सिंगो नेपाल निर्माण हुनु अघि मगरातभूमीमा आफ्नो सार्वभौम सत्ता सम्पन्न भएर आफ्नै तरिकाले राज्य गरेर रहेका थिए । तर समयक्रम सँगै बढेको स्वार्थ र लोभको कारण सोझो मगरहरुको सोझोपनको फाइदा उठाउदै अन्य जातिहरुले सत्ता कब्जा गर्न पुगेको कुरा अझैपनि विभिन्न पुस्तकहरुमा पढ्‍न पाउछौ ।

Tuesday, February 3, 2009

चेसुङ


"एउटा परिवार जो संग अलिकति पूर्ख्यौली सम्पती छ त्यही सम्पतीको तुजुक आफ्नो परम्परागत सामाजिक साँस्कृतीक कूरीतिलाई प्रसय दिदै आफ्नो क्षमता भन्दा माथी रहेर अहंपना प्रदर्शन गर्दा आफु र आफ्ना एक पुस्ते परिवारको बिस्थापन हुन्छ।"
समग्रमा यिनै कथा वस्तुलाई उनेर बनेको नेपाली चलचित्र हो चेसुङ अथवा कोशेली । यसमा कोशेलीको नाम उल्लेख गरेता पनि बिशेष गरी यो कीपट सँग सम्बन्धित चलचित्र हो । चलचित्रको नाम पुरै पृष्ठभूमी सँग नमिलेता पनि लिम्बु महिला दिदी बहिनीहरुको लगानीबाट बनेको कारण कोशेलीको रुपमा आएको चेसुङ नाम राखिएको निर्देशकको भनाई रहेता पनि नाम अलि नमिलेको आफै स्वीकार्छन् ।
पूर्वको एउटा लिम्वु परिवारको पृष्ठभूमी र लिम्वुवानको किपटलाई नजिकैबाट उधिन्नुका साथै किपट छाडेर जानुमा बाध्य बनाइएको मुख्य चिज कोशेलीको कारण हो भन्ने कुरा देखाउन खोजीएको छ यो चेसुङले ।चलचित्रमा २ जना सुब्बाहरु मध्ये ठूलो सुब्बाको भन्दा बढी धाक धक्कु देखाउन खोज्दा सानो सुब्बाको परिवार विस्थापित हुनुको कारण उ भित्रको अहंता र कोशेली प्रभावीत छ ।सानो सुब्बाले आफ्नो किपटमा जसले बढि कोसेली ल्याउछ उसलाई रैती बनाउने प्रथाको बिकाश गरी तिनै रैतिहरुले पछि उठिवास लगाएको दृष्य प्रमुख छ।
चलचित्रमा लिम्वु जातिको सामाजिक तथा साँस्कृतिक पक्ष जन्म, मृत्यु, बिवाह र उनिहरुको मौलिक रीतिरिवाजको प्रस्तुती निकै सवल छ । यस चलचित्रमा नया नै भए पनि कलाकारहरुले सशक्त्त अभिनय गरेको पाइन्छ । एउटा जाति बिशेषको चलचित्र नै भएता पनि समय परिवेशलाई ध्यानमा राखी सम्पूर्ण नेपालीले बुझ्ने गरी नेपाली भाषामै तयार पारिएको छ ।
देशबिदेशमा निकै चर्चामा रहेको लगानीको हिसाबले पनि निकै खर्चिलो चलचित्र क्याराभान साथै नुमाफुङको तुलनामा अलि कम नै भए पनि आफ्नो लगानीको हिसाबले भने निकै सशक्त छ । आर्थीक लगानीको हीसाबले थोरै भएता पनि नेपाली मूलधारको चलचित्र भन्दा बाहिर रहेर बनाइएको यस चलचित्रमा द्वन्द हासो रोदन देखी सबैकुरा राम्रो सँग समेटीएको छ । लाखौं लगानी गरेर बिना बिषय बस्तुको चलचित्र निर्माण गरी रहेका निर्माता निर्देशकको लागी थोरै लगानी र सामान्य प्रबिधि सहितको क्यामेराले पनि राम्रो चलचित्र उत्पादन गर्न सकिन्छ भन्ने गतिलो उदाहरण यसले दिएको छ ।
यस चलचित्रले जो सुकै मानीसले पनि घाँटी हेरी हाड निल्नु पर्छ भन्ने एउटा सन्देश बोकेको छ भने मानीस आफुमा रहेको अहं भावनाले कसरी पतन तर्फ धकेलिन्छ भन्ने यसको अर्को महत्वप‍ूर्ण सन्देश रहेको छ ।