Saturday, February 21, 2009

मगर भाषा र साहित्यको विकास संक्षिप्त जानकारी

जाति, धर्म र भाषाको विविधता रहेको हाम्रो देश नेपालमा बहुलता भित्र पनि एकता खोज्ने बेला आएको छ । वि.सं २०५८को जनगणनाले पहिचान गरेका करिब १०० भन्दा बढि जात जातिको बसोबास नेपालमा पाइन्छ । यिनै सयौं जात जाति भित्रको एउटा जाति हो मगर । आफ्नै विशिष्ट भाषा र सँस्कृतिका धनि मगरहरु नेपालको कुल जनसंख्याको ७ प्रतिशत भन्दा पनि बढि छन्‍ । उनीहरुका आफ्नै भेषभुषा तथा मातृभाषा अहिले सम्म अस्तित्वमा रहेको पाइन्छ । वि.सं २०५८को जनगणना लाइ हेर्ने हो भने नेपालमा मगरभाषा बोल्ने मगरहरु प्रतिशत पाइन्छन तर त्यसमा पनि शहरबासी मगरहरु भन्दा ग्रमीण भेगमा बसोवास गर्दैआएका मगरहरुले बढि मातृभाषा बोल्ने गर्दछन । मगरहरु अहिलेको यो सिंगो नेपाल निर्माण हुनु अघि मगरातभूमीमा आफ्नो सार्वभौम सत्ता सम्पन्न भएर आफ्नै तरिकाले राज्य गरेर रहेका थिए । तर समयक्रम सँगै बढेको स्वार्थ र लोभको कारण सोझो मगरहरुको सोझोपनको फाइदा उठाउदै अन्य जातिहरुले सत्ता कब्जा गर्न पुगेको कुरा अझैपनि विभिन्न पुस्तकहरुमा पढ्‍न पाउछौ ।

नेपालको आदिम भूमीपुत्र मगरहरुको भाषा तथा साहित्य सँग सम्वन्धित लिखित पुरानो छुट्टै इतिहास त्यति पाइन्दैन । यसोहुनुमा विगतका एकात्मक राज्यप्रणाली दोषी रहेको पाइन्छ । पन्चायतीकालमा बनेको मुलुकी एनले हामी भूमीपुत्रहरुको भाषा, धर्म र सँस्कृतिको घाटी यति नराम्रो सँग निमोठ्‍यो की यसले आजको एक्काइसौ सताब्दी सम्म पनि राम्रो सँग उभिन नसक्ने बनाएको छ । मुलुकमा एक भाषा, एक भेष र एक धर्मलाइ जबरजस्ती लादेर हामी यहाँका आदीम जनजातिहरुको अस्तित्व नै तहसनहस पारेको अवस्थामा आफुसँग रहेको कागजात पनि गुमाउन पुगेका कारण उनीहरुको सँस्कृति तथा धर्म नै झण्डै झण्डै लोप हुने अवस्थाको सृजना गरायो । यसलाइ अझ सजिलो गरि बुझ्न यी पत्तीहरुलाइ हेर्न सकिन्छ ।
अझ सम्म एक ही नेपाली भाषा (गोर्खा भाषा) को सर्वव्यापकता हुन सकेको छैन किन्तु नेवार भोटे, मगर, गुरुङ्ग,लिम्वु, सुनुवार, थारु, प्रबृतिका जंगलीभाषाहरुले पनि आफ्ना जन्मस्थानलाइ एकदम छाड्‍न सकेका छैनन । जहा सम्म एकमात्र भाषा नेपालीभाषाले अरु सबै जगंलीभाषालाइ गलहती लगाउदैन त्यहा सम्म नेपाली भाषाको उन्नति हुन्न । (नेपालको सन्दर्भमा समाजशास्त्रीय चिन्तन पृ.४३७, अर्याल र जोशी संवत १९७४)
नेपाललाइ असिल हिन्दुस्तान बनाउने क्रममा संस्कृतभाषाको विकास र प्रबर्द्यन गरी नेपाली भाषालाइ राष्ट भाषा घोषणा गर्नु साथमा अन्य मातृभाषालाइ जँगली भाषाको नामाकरण गरिनाले पनि उनीहरुको भाषा सँस्कृति ओझेलमा परेको हो भन्दा फरक नपर्ला । यसरी नेपालको एकिकृत ब्यवस्थाले चार बर्ण छतिस जातमा विभाजन गरि बर्ण भेद गरेका कारण हामी भूमीपुत्र त्यसको मारमा परि आफ्नो इतिहास लेखन पछाडी पारियो यसको ज्वलन्त उदाहरण यिनै हरफहरुलार्इ हेर्न सकिन्छ ।
तिघ्रे र पर्वते स्वाठे जुन हाम्रा दाज्यु भाइ छन्‍
ती तेही रही बाचुन, हुनु पर्दैन सभ्य तीअयोग्य,
मतुवाली र पाखण्डी, नीच निर्दयी पस्यो भने मण्डलमा
राज्य उठ्‍ठा गराँउछ बाहुन क्षत्रियैबाट मन्त्री मण्डल जोरनू
त्यस्तै मन्त्री लिर्इ रक्षा गरनू राज्यको सधै
नेपालको सन्दर्भमा समाजशास्त्रीय चिन्तन पृ.४३५ राममणि आ.दी. भलो कुराको नमुना १९५२/५३)
यसरी हेर्दा इतिहासमा पनि जित्नेको मात्र इतिहास लेखिने र मलजल गर्ने गरेको पाइन्छ तसर्थ यी हराइएका जातिहरुको कसले लेखिदिने इतिहास ? आफै लेखि संरक्षण गरौ भने राज्यले नै विभेदकारी नीति बनार्इ चेतना र सभ्य हुन्छन भनि जाति विषेश कानुन लाग्ने बनाइ दियो । उदाहरणको लागी जनजातिहरुले पढ्‍नै नहुने दलितहरुले पढ्‍न त के कुरा रामायण, पुराण जस्ता प्रबचनहरु सुन्न सम्मै नहुने गरि नियम कानुन बनाए पश्चात भाषा, लिपि जस्ता कुराहरुको स्वर्गबास हुन पुग्यो । अब नेपालमा केही समाज सुधारक तथा परिवर्तनबादी सोच भएका मानिसहरु जन्मन थाले पश्चात विभिन्न तरिकाले भाषा भाषीकाको पनि विकास हुन थाल्यो ।
पहिलो पटक मगरहरुको मातृभाषामा लिखित इतिहास बाइबल सोसाइटीले सन १९११मा सारचो (आनन्दि मन) प्रकाशन गरेको थियो भनि सन्जोग लाफा मगरले आफ्नो एउटा कार्यपत्रमा उल्लेख गर्नु भएको छ । यस पछि पनि बाइबल सोसाइटीले नै बोक्सी चीन्डीच मन्त्र, काने जाट्‍च काम आदी जस्ता विभिन्न मगर भाषामा अनुवाद गरिएको पुस्तकहरु प्रकाशन गरेको पाइन्छ । यस पछि डा. केशरजगं बराल मगर द्बारा लिखित मगर कुरा कुटो जाट्‍म ङाक्के? जस्ता कृतिहरुबाट मातृभाषामा लेखन अभियान अगाडी आएको देखिन्छ । तर जति पनि भाषा र सँस्कृतिको कुरा गरी रहदा हाम्रो सामु खड्‍किएको कुरा भने आफ्नो लिपि हो । मगरहरुको आफ्नो लिपि भनेको अक्खा लिपि नै हो भनि मगर संघले घोषण गरेतापनि विभिन्न ब्यत्ती तथा समुदायबाट टिका टिप्पणी भए पश्चात मगरहरु बिचमै पनि बैचारीक अन्तरद्वन्दका कारण केही बर्ष लिपि विबादमा रहनु पर्‍यो । एकथरी मगर विद्वानहरु र नेपाल मगर संघले अक्खारिका नै हाम्रो लिपि हो र अर्का थरी विद्वानहरुले होइन भनिरहदा अर्को आफ्नो लिपि प्रस्तुत गर्न नसकेको अवस्थामा त्यसै अक्खारिका लिपिलाइ नै मगरहरुको लिपि भनि काम चलाइ रहेका छन।
अहिले सम्मका प्रकाशित लेखहरु आफ्नो लिपीमा भन्दा पनि बढि देवनागरि लिपी मै पाइन्छन । मगर साहित्यकार तथा समाजसेवी सन्जोग लाफाको एक अध्ययन अनुसार अहिले सम्म मगर भाषा सिक्ने कितावहरु १३ वटा, मगर कर्मकाण्ड बीधि ४वटा, मगर शब्द संग्रह, ब्याकरणा १४वटा, भाषाका चलचित्रहरु ८ वटा, मगर भाषाका गीति क्यासेटहरु ७वटा, मगर भाषाका गीत संग्रह ७वटा, मगर भाषामा बिभिन्न पत्र पत्रिकामा प्रकाशित फुटकर कबिताहरु ढुट भाषामा ६०वटा, खाम भाषामा ९ वटा, मगर भाषाका पद्धकविता संग्रहहरु २१वटा, मगर भाषाका कथा संग्रह ७वटा, मगर भाषामा उपन्यास ५वटा मगर भाषामा मुत्तक संग्रह २वटा, मगरबाल कविता संग्रह १वटा, मगरखण्डकाव्य १ वटा, उखान टुक्का १ वटा, र गजल संग्रह हाल सम्म एक वटा मात्र पाइएको छ भने प्रकाशनको संघारमा पुगेका कृतिहरु करिव २० वटा जति छन्। यी गन्तिहरुमा नया नेपालको गोरखापत्रमा प्रकाशित लेख रचनालाई समेटिएको छैन ।
मगर सम्वन्धि बिभिन्न प्रकाशित पत्र पत्रिकाहरुमा १,लाफा २,लीसार ३,राहा ४, कान‍ूङ लाम ५, रोश ६, गोराक ७, कानूङ इम ८ फिमला ९, कानूङ लाङघा १०, मिर्मीरे ११, मगर जूङ १२, शोधमाला आदी पाइन्छन् ।

13 comments:

ThE KiRaT said...

Very good writing on how the so called upper cast dominated the indigenous people of Nepal and their conspiracy theory to make us like them.
Now the Aryans should know that past was their mistake and correct it now otherwise the revolution of change will harm them.

Collection from world said...

Manu bahini le Baadnu bhaeko yo parichaya Magara samudaayako laagi saarai sahayogi abam jaanakaari mulak raheko chha. khusi laagyo bahini feri feri yastaa khoja mulaka rachanaa prastuta garera arulaai jaanakaari didai janu hola

tyasako laagi Subhakaamana!!!

Basanta said...

मगर भाषा-संस्कृति र यसले भोग्नुपरेको दमनको इतिहास पढ्ने मौका दिनुभएकोमा धन्यबाद! नेपालमा अब कुनै पनि जाति र भाषा दमनमा पर्ने छैनन् र सबैले प्रगति गर्नेछन् भन्ने आशा गर्दछु।

mgrgeen said...

Thankyou for all. ke hi prayash matra ho yesto daman ra pida ko bhogai ta dherai bhayo aba kaa din ma yesto naholaa
Thankyou for all once again

Arjun Dungmen said...

मनु जी ! भौगोलिक दृष्‍टिकोणले सानो भएतापनी बहु-जाति, बहु-भाषी, बहु-संस्कृति, बहु-बिबिधताको बिशेषता भएको सुन्दर देश नेपाल । जहाँका हामी आदिबासी जनजातिहरुको पूर्णाधिकार, ईतिहास र भाषाको दिनानु दिन दुर्लभ हुँदै गैरहेको अवस्थामा "मगर भाषा र साहित्यको संक्षिप्त जानकारी" आफ्नो ब्लग मार्फत पस्कनु भएको रहेछ । मलाई लाग्छ यो लेखले सम्बन्धित धेरैमा ज्ञात गराउने छ । लेखाइको क्रम जारी राखी बिचारले सुनिश्चित गन्तब्यमा पुर्‍याउन सफल गराओस, कामना । ए साँची ! तपाईको लेखमा माथि "चार जात छत्तिस बर्ण" हुनु पर्नेमा "चार बर्ण चत्तिस जात" भएछ । हुन त यो "कमन मिस्टेक" हो; तैपनी, कोटेशन जस्तो कुरो भएकोले सच्याउँनु भए उचित हुन्थियो कि ?

http://www.merokhusikodin.blogspot.com

Please never mind. From Baghdad.

मनु ठाडा मगर (MANU) said...

thankyou arjun jee hajur maile yaad garina post garne bela herina raichhu. thankyou for comment

Nepali Kedar said...

Dear Manu Ji,

First of all, I would like to thank you for your efforts in the field of social advocacy through your blog as well as your article writing. I think you have contributed to recognize and expose the pang or pain living in the heart of indigenous people living as second class people within the boundary of Nepal. I hope it would draw the attentionof the policy maker as well as strike the mind of excluded people to know about the rights and play a key role for the all round development of society.

Thank you.

Kedar Bdr. Rana Magar, Hetauda-4

nirvik said...

सर्ब प्रथम त म मनु दिदिलाई हृदय देखि नै धन्यवाद दिना चाहन्छु किन कि जुन हामी मगर जातिको ईतिहासको बारेमा जानकारी दिने ठुलो पाईला चाल्नु भो ।यसको लागि त तपाईं हामी मगर जातिको तर्फ बाट बधाईका पात्र बन्नु भएको छ ।मेरो education को कमि भए पनि मलाई आफ्नो जानजातिको बारेमा जान्ने र बुझ्ने ठुलो अभिलाषा थियो । जुन केही हद सम्मा भए पनि मनु दिदिको blog बाट जानकारी पाउने सु-अवसर पाए । यो नै मेरो जीवनको एउटा उपलब्धी भएको मैले महसुस् गरेकोछु ।तपाईंलाई म एउटा के सल्लहा दिनाचाहन्छु भने यदि सक्नु हुन्छ भने तपाईंले हामी मगर जातिको सम्पुर्ण ईतिहासको लेखजोख गरेर तपाईंको blog मा पोस्ट गर्ने प्रयास गर्नु होला ।तकी म जस्त अशिक्षित तपाईंका लाखौ मगर दाजु भाई,दिदी बहिनी हरुले पनि आफ्नो जान्जातिको बारेमा जानकारी प्राप्त गर्ने सु-अवसर मिलोस् भन्दै तपाईंको अगमि आउने लेख रचनाले सम्पूर्ण bloger मित्रहरुको ढुकढुकिमा वीरजमान गर्न सकोस् । यही नै तपाईंलाई सफलताको कामना छ । उहि भाई देव सिंह झेदी मगर्,हाल :-केम्प शिएल्द दि-१ बघ्दद्,ईराक ।
www.nirvikmagar.blogspot.com
nirvikmagar@rocketmail.com
magardev66@yahoo.com

Meena said...

मनु जी धेरै धन्यवाद, महत्वपुर्ण विषयको अध्ययन गर्ने मौका दिनुभयो । अझै अपेक्षा गर्ने छु हजुरको यस्तो लेखप्रति

बिन्दु राना मगर said...

thanks manu g tapaeko lekh padhera nikai khusi lagyo.tapaeko lekh copy garera mero blog pa post anumati chahanchu yaha ho anumati ko partichhya ma chu danyebad.www.bindurana.blogspot.com
bindugelang@gmail.com

Sagar Rana said...

Manu ji... Thank you for your great Information...

Want to get other Magar Friends and want to Share your other Views with other Magar Friends? Check it now.

http://www.facebook.com/we.magar

join the page and share your feelings about Magar.

Join Our Magar Blog

https://magar977.wordpress.com/

i just post your this post on our blog....

Thank you for everything.

Unknown said...

मनु जि धेरै राम्रो लागेउ मगर हरुको बारेमा अध्यन गर्न पाउँदा अझ आउदा दिन हरुमा पनि हजुर्को लेख बाट धेरै कुरा सिक्न र जन्न पाउने अपेक्षा रख्द छु।

Unknown said...

निकै नै खुसी लाग्यो केही जान्कारी पाएको मा आशा छ आगामी दिन मा पनि अझै एस्तै लुकिएका लोप भएका कुरा हरु अवस्य पढ्न पाइन्छ भनेर !