Wednesday, March 11, 2009

होली पर्व एक संस्कृति र यस सँग बढ्‍दै गरेको विकृती तथा बिसंगती




हिन्दु धर्म ग्रन्थ अनुसार राक्षसी होलिका भष्म भएर सत्यको जित भएको सम्झनामा मनाइदै आएको पर्व फागुपूर्णीमा(होली) को आज भोली रुप फेरीदै गएको छ । नेपाली समाजमा आधुनिकताको नाममा विभिन्न नेपाली चाड पर्व सँगै विकृति र बिसंगतिको चुनौती पनि मौलाउदै गएको छ । नेपालका सहरी क्षेत्र विशेष गरि काठमाण्डौं त्यस्तो थलो हो जहा होलीको असली अर्थलाइ सामाजिक विसंगति तफ धकेली रहेको छ । देशको राजधानी काठमाण्डौं, होली आउनु एक हप्ता पन्ध्र्र दिन अगाडी देखि नै सडक यात्रु महिलाहरुले फोहर पानीका लोला झेल्नु पर्छ । सम्पूर्ण क्षेत्रमा पितृसत्तात्मक विभेदको झल्का होलीमा सम्म देख्न सकिन्छ । देशभर फागुपूर्णीमाको एक दिन मात्र होली मनाइन्छ भने काठमाण्डौंमा होलीको एक हप्ता अगाडी देखि पुरुष युवाहरुलाइ मात्र होली लाग्ने गर्दछ, त्यो पनि महिलाहरुलाइ फोहोर पानीको लोला हान्ने । सभ्य सहरको नामले कहलिएको काठमाण्डौंको गल्ली र सडक त भए भए अझ त्यस भित्रको शैक्षिक क्षेत्र (विद्यालय,क्याम्पस तथा विश्वविद्यालय) मा पनि असभ्य ब्यक्तीका हातबाट फोहर पानीले भरिएका बेलुन तथा प्लास्टिक्सका झोलाको मार सहनु पर्छ महिलाहरुले ।
सम्पुर्ण नेपालीहरु बिच सद्‍भाव, खुसियाली र मानवीय प्रेम बाड्‍न विभिन्न प्रकारका रंग र अबिरको प्रयोग गर्दै मनाइने परम्परागत पर्व फागुपूर्णीमा आज तिनै समाजका आधा हिस्सा ओगटेर रहेका महिलाहरुको लागि अभिषाप बन्न पुगेको छ । होली आउनु एक महिना अघि देखि प्राय: प्रत्येक दिन गल्ली, चौक तथा खुल्ला सडक जहाँ पनि लोलाको निसानामा महिलाहरु नै परिन्छन्‍ । त्यसबाट उत्पन्न मानसिक तनाव र शारिरीक पीडाको सामना गर्नु कुनै एक व्यक्ति विशेषको नभै घरबाट बाहिर निस्कने कामकाजी, विद्यार्थी लगाएतका सम्पूर्ण नेपाली महिलाको बाध्यता हो । हुनत प्रत्येक वर्ष होली पर्व हर्सोल्लासका साथ मनाइएका समाचार र फोटो प्रत्येक नेपाली टेलीभिजन तथा रेडियोले प्रसारण गर्छन भने प्रत्येक दैनिकी र साप्ताहिक समाचार पत्रहरुले पनि महत्वका साथ छाप्ने गर्दछन्‍ । साथै होली अगावै सडक बटुवा तथा अपरिचित जो सुकैलार्इ पनि लोला हानि रहेको दृष्यहरु देखाइन्छन्‍, साथीभार्इ तथा छरछिमेकमा त्यसको चर्चा निकै चल्ने पनि गर्दछ तर यो एक परम्परागत रुपले मान्दै आएको संस्कृतिको रुप दिनानु दिन विकृति तिर वढि रहदा कसैको पनि त्यता तिर ध्यान गएको पाइन्दैन । पत्रपत्रिका तथा साथीभार्इ बिच चर्चा जति चले तापनि सकारात्मक परिवर्तन भने खासै पाइन्दैन ।
गत वर्षको एक प्रसंग: होली आउनु ३, ४दिन बाँकी थियो । हाम्रो स्नातकोत्तर दोश्रो वर्षको अन्तिम परिक्षा चलि रहेको थियो । परिक्षा केन्द्र सरस्वति क्याम्पस भएको हुनाले म लगाएत ५, ६जना केटीसाथीहरु र २, ३जना केटा साथीहरु अमृत साइन्स(अस्कल) क्याम्पसको बाटो हिड्‍दै जादै थियौ । अस्कलको अगाडी पुग्दा बाटोमा ओहोर दोहोर गर्ने पैदल यात्री महिला (युवती)हरु डराइ डराइ दौडिरहेका थिए । पुल वारीपारी र माथी सवै तिर फिल्म सुटिङमा झै रमिता हेर्नेको घुइचो थियो । जव हामी त्यहा पुग्यौ कानमा आवाज ठोक्कियो "ओइ छिटो गर अर्का हुल केटिहरु टन्न आउदैछन् यसो आवाजलाइ के नियालेको थिए फोहर पानीका लोलाहरु हामी केटीहरुमा बारुदका गोली झै विपरित दिशाका युवाहरुबाट वर्षा हुन थाल्यो, सँगैका केटासाथीहरु हेर्‍या हेर्‍यै भए । एकछिन प्रतिकार गर्न खोज्यौ तर समय अभावका कारण आफै ति गन्धे पानीले लिथ्रुक्क भिजेको लुगा लिइ बाटो लाग्नुको विकल्प केही थिएन किनकी ती समाजका युवाका नाममा कंलकीत ब्वासाहरु सँग तर्क गरेर समय वर्वाद गर्नु भनेको गधालाइ कथा सुनाउनु सरह थियो । पछि हेरेको ति तलमाथि वर पर जति पनि ब्वाँसाहरु थिए तिनीहरु सबैको हात भरि भरि उनीहरुको विचार जतिकै घिनलाग्दो फोहोर पानीको लोलाहरु रहेछन्। सहरका अधिकांश शैक्षिक संस्था होलीको बेला बन्द हुन्छन तर त्यस्ता बन्दले उद्दण्ड स्वभावका नेपाली मुर्ख युवाहरुलाइ खासै केही असर पर्दैन ।
यस वर्ष पनि आज भन्दा ३, ४ दिन अगाडी नै म विहान दश बजे तिर आफ्नो काममा हतार हतार निस्कदै थिँए । होलीको बारेमा मनमा कुनै संका सम्म थिएन । एउटा प्राथमिक स्कूलको वरिपरि साना साना भार्इहरु खेली रहेका थिए, एक्कासी पिछाडी ढाँडमा ढ्‍याम्म गह्रौ चिजले लाग्यो । एकछिन अररीए पानीले सबै जीउ भिजेर पानी चुहिन थाल्यो यताउती हेरे कस्ले हो कस्ले ठम्याउनै गाह्रो भयो । आफुलाइ समयमा काममा पुग्नु पर्ने एक बाध्यता पनि साथमा छदै थियो । समय अभावका कारण पनि र ती अवोध वालकका अन्धानुकरणलाइ केही गर्न सकिएन । त्यसै दिन बेलुकी विहानको लोलाको पीरले झन साँझमा साथी र म फकर्दै थियौं । बागमति पुलको आडमा केही युवाहरु उभिएर गफ रहेका थिए । हामी आफ्नै सुरमा हिडि रहेथ्यौ जव हामी उनीहरु क्रस गरेर ३० मिटर जति पर पुगेका थियौं पिछाडी ढाडमा ढ्‍याम्म आवाज सहित ठ्‍वास्स गन्हाउने चिसो पानीको लोला बज्रियो । कसले हो भन्ने ठम्याउनै सकिएन प्रतिकार गर्न खोज्यौं तर ति समाजका कलंकित भुस्याहाहरु त झन गलललल हास्न थाले । सडक वरिपरि हिडि रहेकाहरु पनि एक आपसमा संवाद गर्न थाले "होली लागेछ है, अव दुइ चार दिन हिड्‍नै गाह्रो हुने भो ।" मैले सुने अनुसार महिलाहरुको पहिरणमा जिस्कार्इ भर पर्छ रे तर त्यसो नभै कुबूद्धि भएका समाजका भुस्याहा युवाहरुलार्इ महिला अझ अलि कलिलो उमेरका केटि मात्र भए पुग्ने रहेछ । हुनत सचेत र वुद्धि विवेक भएका युवाहरुले त त्यसो गर्दै गर्दैनन नी ।
हाम्रो समाजमा पुराना संस्कार संस्कृतिलाइ निरन्तरता दिने नाममा नेपाली ठिटाहरुले परिमार्जित र परिवर्तित बनाउदै लगेको छ जुन कुनै पनि कोणबाट सहि होइन । यस्ता युवाहरुले ल्याएको विकृतिको सिको गर्न खप्पिस छन साना बालबालिका पनि, यसमा ती बालबालीकाको केही दोष छैन, वालबालिकालार्इ सम्झाउनुको सट्टा झन उत्साहित बनाएर ठुलाहरुले नै यस्तो बिकृतिलार्इ वढावा दिइ रहेका पाइन्छन्‍ । यी विसंगति र विकृतिलाइ झाँगिन जान अन्जानमा महिलाहरु नै पनि मदत गरिरहेका छन्‍ । सडकमा आफुलाइ लोला लाग्दा रिसाउदै कराउने महिला दिदी बहिनी पनि घरमा छोराछोरीको चाहाना अनुरुप होलीमा मनोरञ्जनका समान जुटाइ दिन्छन जुन सहि होइन । त्यो होली खेल्नका लागि आवश्यक सामग्री जुटाइ दिनुको साटो राम्रो सँग सम्झाइ होलीको बारेमा बुझाएर होलीको एक दिन आफै पनि बच्चाहरु सँग रंगहरुको खेलमा सरिक भइ दिए के विग्रन्छ होला र? चिन्तन गर्न जरुरी छ ।
होली पर्व आफैमा नराम्रो होइन तर समाजमा रहेका पशुबूद्धि भएका युवाहरुले पर्वका नाममा दुरुपयोग गरि रहेका छन्। आफु आफु सद्‍भाव कायम गर्ने उद्देश्यले होलीकै दिन रंग र अविरको होली खेले त भै हाल्ने हो । तर अझै पनि चित्त नवुझेको पक्ष, यो समाजले किन संस्कृतिका नाममा पनि निर्दोष महिलालाइ नै प्रयोग गर्छन्? होलीको दिन साथी सँग मिलेर खेलेको बाहेक प्राय जसो पुरुषहरुको शरिरमा लोला त के होलीको रंग पनि पर्दैन । भने किन यी फोहर पानीका लोलाहरु महिला माथि मात्र खनिन्छन? होलीमा मात्र नभै समाजका हरेक क्षेत्रमा महिलाहरु अपमानित हुनु पर्छ । के नेपाली समाजका महिलाहरु जिस्काइनकै लागि बनेको हो त? गम्भिर भएर सोच्नै पर्ने हुन्छ ।
महिलाहरुले यस्तो समस्या कहिले सम्म भोगी रहने? यस्तो बिकृति रोक्न समाजका सचेत पुरुषले सोच्ने की नसोच्ने ? के एउटी महिला समाजको मानविय प्राणी होइन र? यो समाजले किन हरेक तह र तप्कामा महिलालार्इ नै आतंकित बनाइ रहेको हुन्छ ? किन नेपाली महिलाहरुले आफ्नै समाजका पुरुषहरुबाट स्वतन्त्रता र सुरक्षाको महसुस गर्न पाउदैनन? यी निर्दोष महिलाहरु आफ्नै समाज र आफ्नै दाजुभाइ सँग कति दिन सम्म त्रसित रहनु पर्ने? कतिन्जेल सम्म लोलाको निसाना बनेर हिडिरहनु पर्ने? उनीहरुले जति सजिलै जिस्काउछन उतीकै सजिलै हरेक जिस्काइको शारिरीक तथा भौतीक दण्ड दिन पाउने की नपाउने? यसरी लोलाहान्ने र लोला हान्न हौसला दिने जो कोहिलाइ हामीले फर्केर गइ गालामा चड्‍कन लाउन पाउने की नपाउने? जवाफको खाचो छ ।
यसबारे सम्पूर्ण समाजका सचेत बुद्धिजिवीहरुले गहिरिएर सोच्नै पर्छ । यस्तो विकृति र विसंगतिको संस्कारमा समाज रुपान्तरण जरुरी छ । हरेक समस्याको रोकथामको खोजी हुनु हो भने समाधान असम्भव केही छैन तर पनि यस्ता विकृति र विसंगति प्रति नेपाली समाज किन जहिले मौन रहन्छ ? यहा बुझाइको आवश्यकता छ ।
शुभ होली ।।।

7 comments:

Yumesh Pulami said...

ह्यापी होली .... मज्जाले नै होलिका बारेमा लेख्नु भएको रहेछ नि !

Basanta said...

होलीजस्तो पवित्र र मनोरञ्जनात्मक चाडमा पनि यस्ता विकृतिहरु थपिएको देख्दा साह्रै दु:ख लाग्छ। हामी नेपालीहरु अत्यन्त परपीडक बन्दै गैरहेका छौं।

यो विषयलाई उठाउनुभएकोमा धन्यबाद!

Collection from world said...

Chaada parbako naame maa bisangatee laaii apnaaera yasari masti garna laaii naraamrai bhanna parrchha, ani yasako birudwamaa uthne ko??, haamile bujhna parne kuraa ho, haamile nai nabujhe pachhi ke garne, bhir maa jaane gaaiilaai raam bhanna milchha re kaadha haalna mildaina re bahini,
anyway tapaai laai fedup bhae pani

HAPPY HOLI HAI

मनु ठाडा मगर (MANU) said...

Thankyou for all.

Arjun Dungmen said...

परापूर्ब कालदेखी चलिआएको परम्पराको अन्त्योष्ठी गर्नु भन्दा कुनै नयाँ-नौलो संस्कारको बिकसित गर्नु चाँही पक्कै पनि उचित हो । तर संस्कार र पर्बको नाममा बिकृति र बिसंगती फैलाउनु भनेको अमानबिय तत्व हो । जस्तै यहाँ होली पर्बको नाममा बिभिन्न महिलाले बगमतीको दुर्गन्धित पानीको लोला पर्ब भन्दा १५ दिन अगाडी देखिनै अनायसै शाहनु पर्ने होली सन्दर्भ । मनु जि, यो तपाईको लेख अति नै सान्दर्भीक र प्रश्नात्मक शैलीको पनि भएकोले कमेन्ट लेख्नै मन लाग्यो । नेपाली महिलाहरु मानबिय प्राणी हैनन, उनिहरु सदा-सर्बदा अपमानित हुईनु पर्छ, त्राशित हुनु पर्छ, पुरुषहरुबाट स्वतन्त्रता र सुरक्षाको महसुश हुनु हुँदैन भनेर सचेत बर्गले कदापी पनि सोच्दैनन र यसरी अर्थ्याउँनु भनेको समग्र नेपाल आमा कै अपमान गर्नु हो । किनकी नारी (महिला) भनेका उक्त धर्तिका माता हुन । अनी पर्ब कहिले हो कहिले, ५ दिन, ७ दिन अघिनै यसरी दुर्गन्धित पानीका लोला हान्ने र हान्नलाई हौशला दिने ब्यक्तिलाई चडकन लगाउन मज्जाले पाईन्छ- मेरो जवाफमा । यस बिषयबस्तु माथि सचेत पुरुष यूवाहरुले सोच्नेकी नसोच्ने भन्ने कुरो त हुनै सक्तैन । सोच्ने मात्र नभएर समाधान पक्ष तिर जानु अपरिहार्य छ । जसमा मलाई जहासम्म लाग्छ, प्रथमत: महिला कै एकता र अग्रसरताको जरुरी छ । नेपाली महिलाहरुले झेलिरहनु परेको समस्या र यथार्थताका साथ तपाईको यो बिचरणीय लेख बैदेशिक भूमिमा रहेर पढन पाउदा अतिनै खुशी लाग्यो । यसले धेरै भन्दा धेरै महिलाहरुलाई गर्ब र आरामता महशुस होस । "ह्यापी होली टु यू ईभन लेट्ली" !!

मनु ठाडा मगर (MANU) said...

बेदनाथ जी, बसन्त दाइ, बिजय दाइ, अर्जुन जी
सबै जनलाइ प्रतिकृयाको लागि धेरै धेरै धन्यवाद यसरी लेख लेख्नमा हौसाउनु भकोमा अनि लेखको मर्म बुझेर प्रतिकृया जनाउनु भकोमा पनि के गर्नु नेपालको नियति येस्तै छ नि त अब सबै जना तपाइहरु जस्तै सचेत भै दिएको भये त हामि महिलाहरुले यो पिडा भोग्नु पर्ने थिएन नै तापनि सहमति जनाइ दिनु भकोमा खुसि लाग्यो जहा हुनुहुन्छ राम्रो काम् गर्नुहोस् यहि सुभकामना

Anonymous said...

Happy holi