आधा आकाश ओगटेका महिलाहरुले संसारमा भएका सकारात्मक परिवर्तनको आधा जतिमात्र पनि जस लिन सकि रहेका छैनन् । यसको मुख्य कारण महिलाहरु आफै नै कुनै पनि कुरामा अडिग भएर अगाडी बढ्न नसक्नु साथै आफ्नो लागी कुन कुरा महत्वपुर्ण हो र कुन कुरा आवश्यक छ भन्ने कुराको पहिचान गर्न नसक्नु पनि हो । राजनैतिक, आर्थिक, सामाजिक तथा अन्य क्षेत्रमा पहुँच नभएका कारण पनि उनीहरु आफ्ना कुरा आत्मविश्वासका साथ भन्न नसक्नु हो । पहिला भन्दा नेपाली महिलाको अवस्था केही सुदृढ हुदै आएको छ तर यसो भन्दैमा चित्त बुझाएर बसि हाल्ने अवस्था भने आएको छैन । जति सुकै शिक्षित नै महिलामा पनि केही कुसंस्कार तथा विकृति भने अझै छदैछ किन भने नेपाली समाजमा संकिर्ण सोच लिएर हुर्किदै आएका हामी नेपालीमा अझै पनि पुरानो सोचको भुत उत्रि सकेको छैन । नेपाली महिलाहरुको कमजोर अवस्था हुनुमा दोष जरा गाडेर बसेको सामन्ति संस्कार महिला प्रति हेरीने दृष्टिकोण, गरिने भेदभाव र परिवर्तन हुन नचाहने जड नेपाली समाज नै पनि हो ।
महिलाको विकास एवं शसक्तिकरण तव मात्र हुन्छ जव एउटा महिलाले अर्का महिला प्रति सकारात्मक दृष्टिकोणले हेर्न थाल्छन । तर यसो भनि रहदा महिलामा कुनै खालको कमजोरी हुदैनन भन्ने होइन जव महिलाहरु आफै नै संस्कृतिलार्इ तोडेर अगाडी आउदछीन् अनि मात्र अन्य व्यक्तिले देखिने हुन्छ । अझै सम्म पनि महिलामा यस्ता कमजोरीहरु छन् ठुला ठुला उद्देश्य र जिम्मेवारी बोध भएका महिलाहरु पनि होटलका सभा समारोहमा आपसमा सुख दुखका कुरा गर्दा राम्रा साडी, कुर्ता र गहनाको विषयले महत्व पाउदा पुरुषहरुले महिलाको सोच्ने शक्ती र संसारको दायरा सागुरो बनाउदै घरको काम र सिमित समाजमा सिमित राख्न सजिलो भएको छ । त्यसैले महिलाहरु आफैले सजगता अपनाएर यस्ता कुराहरु हटाउनु आवश्यक छ ।
हामी महिलामा एउटा नराम्रो प्रवृतिको विकास भएको छ की सके सम्म अरुलार्इ देखाउने तथा आफु राम्री हुने होडमा आफ्नो ओकात नै भुल्न पुगेको पाइन्छ । नेपाली समाजले मान्दै आएका विभिन्न संस्कृति र संस्कारको नाममा पनि विभिन्न विकृति तथा विसंगतिहरु फैलाउनमा महिलाहरु नै सकिए भै रहेको पाइन्छ । जस्तै साउन महिना लाग्नु भ्याएको छैन हरियो, पहेलो चुरा र पोते साथै मेहन्दी लगाउने लहरले बजार खाएको हुन्छ । तीज आउनु एक महिना अघि देखी रातो साडीमा सजिएर भोज भतेरमा लाग्नु व्यस्त रहन्छन । विवाहीत महिलाले श्रीमानको सुस्वास्थ तथा दिर्घ आयुको लागी व्रत वस्ने र अविवाहितले भावी हुने श्रीमान राम्रो पाउ भनेर व्रत वस्ने आदी अनावस्यक परम्पराले नेपाली महिलाको मानसीकता अझै सागुरीदै गएको भान हुन्छ । संसारका विकशित देशका कुन चाही महिलाले आफ्ना पतिको दिर्घ आयुको लागी पानी पनि नखाइ भोक भोकै ब्रत वसे होलान्? खै ति महिलाका श्रीमान्हरु अकाल मै श्रीमतिले ब्रत नवसेकैले आयु कम भएको अध्ययनले देखाएका छैनन् त? कहि नभएको जात्रा हाडी गाउमा भने झै नेपाली महिला कै लागी यो संस्कार लार्इ कुसंस्कार बनाउन के को आवश्यकता छ ? होला नेपालीहरु अपार संस्कृतिको धनि छन् यो पनि एउटा गहना हो तर त्यसो भन्दैमा एक दिनको चाडलार्इ एक महिना सम्म मनाउन कतिको उचित हुन्छ सबैले सचेत भएर सोच्ने वेला भएको छ ।
दशौ सताव्दीका महिलाहरुमा यो सव आवश्यक थियो होला, उनीहरुमा अहिलेको जतिको स्वतन्त्रताको पनि अभाव थियो । आफ्ना भावना साटासाट गर्ने माध्ययम पनि कम थियो, अशिक्षा र अज्ञानताका कारण हरेक घरका महिलाहरु माथि सासु, ससुरा तथा नन्द आमाजुले पनि अनावस्यक यातना दिदा यहि वर्ष दिनको चाडमा मनको वह फुकाइ नाचेर वा गाएर रमाइलो गर्ने गर्दथे तर समयले कोल्टे फेरी सकेको छ । एक्काइसौ सताव्दीमा आएर पनि चाडको नाममा एक महिना नाचेर, खाएर यस्तो फलदायी समय खेर फाल्नु हुन्न, यी सव नौटंकी नेपाल जस्तो अर्ध विकसीत देशका महिलाहरुको लागी लाभदाएक कुरा होइन ।
तीजमा प्रयोग गर्नको लागी मात्र हजारौ हजार पर्ने नक्कली सुनका गहना लगाउनु, हजारौ हजार पर्ने लुगा कपडामा पैसा फाली रहनु, आजको जस्तो महंगीको समयमा चन्दा उठाइ उठाइ रमाइलो गर्नु भनेको महिलाहरु आफैले आफैलार्इ उपहासको पात्र बनाउनु हो । गाउ घरका अशिक्षित र सधै भरि घरव्यवहारको वोझ थिचिएका महिलाहरुले यसरी तीज मनाउनु सायद राम्रै होला तर पद्यकन्या तथा त्रिभुवन विश्व विद्यालयका विद्यार्थीहरुले प्रत्येक वर्ष हप्तौ दिन सम्म तीजको नाममा रातो साडी र गरगहनामा सजिएर कलेज भित्रै नाच गानका साथै विभिन्न कार्यक्रम गरेर समय खेर फाल्नु पक्कै पनि सोभनिय कार्य होइन । स्नातक तथा स्नातकोत्तर तहमा अध्ययन गर्ने वौदिक जमातको तीज यस्तो होस की जहा छुवाछुत तथा बर्ग विभेद विरुद्दको लागी लड्ने जनशक्ती तयार हुने खालको कार्यक्रम होस । महिला शसक्तिकरणका लागी सचेत र सजग महिला निर्माणमा वुलन्द आवाज घन्काउदै झुण्ड झुण्डमा रहेका महिलामा आत्म विश्वास प्रदान गर्ने खालको अभियानको सुरुवात होस ।
आजको आवश्यकता भनेको महिलाहरुलाइ सुसुचित र सुशिक्षित बनाउनु हो नकी पोइल जान पाम....पाम.....पाम, अहिलेको सालामा शिव....... भन्ने गीतमा फन फनी नाच्नु ।
तीज मनाउनको लागी तथा रमाइलो गर्नको लागी रातो साडीमा सजीएर नाच्नै पर्दैन । फुको चिउरा र सादा पानीले भोक मेटाएर पनि दुख सुखका भावना साटासाट गर्न सकिन्छ । दुखमा परेका महिलाहरुको आवाज सुनि दिने खालको तथा महिलाहरुलाइ शसक्त बनाउने खालको कुनै पनि कार्यक्रम आयोजना गरेर पनि तीज मनाउन सकिन्छ । जसले भोलीका दिनमा कुनै निर्णय गर्नु पर्दा पुरुषहरुले जतिकै उचित र गहन निर्णय लिन सक्ने महिलाहरुको समुह तयार होस । यसर्थ हामी महिलाले नै विकृति तथा विसंगतिको अन्त्य गर्दै समाजमा शसत्तm महिलाहरुको उत्पादन गर्नु जरुरी छ । नेपालका दुर्गम पहाडी गाउ गाउमा रहेका महिला दिदी वहिनीहरुलाइ पनि शहर, सडक र सदन सम्म ल्याउनका लागी घाँस र दाउराका भारीबाट छुटकारा दिलाउन आवश्यक छ । यसको लागी महिला भित्र रहेको हिनता वोधलार्इ उखेलेर फ्याक्नु हेरक तह र तप्कामा शिक्षित बनाउनु नितान्त आवश्यक छ । उनीहरुलार्इ हप्तौ हप्ता रातो साडी लगाएर नचाउनुको सट्टा साहसी र आफ्नो अधिकारको लागी आफै सजग हुने वातावराण बनाइ दिनु पर्छ । अरुको वुइ चढेर होइन आफ्नै गोडामा उभिएर आफ्नो माग आफ्नै आवाजमा राख्न सक्ने सक्षम बनाउनु जरुरी छ । महिलामा अधिकारको कमि छ, आरक्षणको आवश्यकता चाहिन्छ भनि रहने अवस्थामा हामी आफैले सक्षम हुन सक्यौ भने अधिकार मागेर होइन लडेर लिन सकिन्छ । तर महिलाहरुको अधिकारको माग गर्नु वा अधिकार लिन पर्छ भनि रहदा आफ्नो स्थान सुरक्षित राख्नको लागी अर्काको स्थान खोस्नु हुदैन भन्ने हेक्का राख्न पनि उत्तकिै जरुरी छ ।
तीज होस वा साउन महिनाको सोमवार महिलाको ब्रत र मन्दिर धाउनमै व्यस्त हुन्छन, आजका महिलाहरु यस्तै झिना मसिना कुरामा नै अझै अल्झिरहने हो भने महिलामा लागेका विभिन्न प्रकारका आरोप तथा लान्छना अझै बाकी रही रहने हुन्छ । जसले हिनताबोध र उच्चताबोधको खेल खेल्ने खेलाडीहरुलार्इ धमिलो पानीमा माछा मार्नु जतिकै सजिलो हुनेछ । त्यसैले शिक्षित र जानकार नारी हो खवरदार महिलाको अधिकार भनेको एक वर्षमा एक पटक आउने तीजमा रातो साडीमा सजिएर छम छम नाच्नु मात्र महिला अधिकार होइन । महिला समानताका चर्का नारा संखघोस गर्नेहरु हो समाजमा के कस्ता संस्कृतिले विकृतीको रुप लिदैछ सहि पहिचान गर्नु र महिलालाइ सहि बाटोमा डोर्याउनु पनि सबैको कर्तव्य हो ।
हाम्रो जस्तो अर्ध विकशित देशमा चाडलार्इ चाडकै रुपमा मनाउने वातावरण सृजना गरौ नकि दशैको नाममा गरिवहरुको दशा भने झै तीजको दर पनि भोलीका मंहगी दिनमा तीजको दर नभै सम्पुर्ण नेपालीको डर बनेर खडा नहोस ।

1 comment:
मेरो पनी एउटा ब्लॉग छ . किर्पया हेरीदीनुस अनी comments गरिदिनुस है www.nbsansar.blogspot.com
नबिन कार्की
Post a Comment