Thursday, August 20, 2009

नेपालमा जहानीया राणाशासन तथा एकात्मक राजतन्त्रको अन्त्य भए पनि कोइरालाशासनको अन्त्य बाँकी छ ।

हाम्री माननिय परराष्ट्र मन्त्रि दिज्युको अस्वास्थताको खवरले हिजो देखि मनमा अशान्ति छाइरहेको थियो । आफै पनि अलि अस्वस्थताका कारण हिजै सिघ्र स्वास्थलाभको कामना दिनै सकिएन। जे होस ढिलै भए पनि सिघ्र स्वास्थलाभको कामना । नपाउनेले केरा पाको बोक्रै सँग खाको भन्ने नेपाली उखानलाइ चरितार्थ गर्न हाम्री महामहिम सुजाता दिज्यु अगाडी सरेको देखेर म मा महिला हुनुको अर्को पिडा थपिएको छ। हामी नेपालीहरु अझ नेपाली महिलाहरु साह्रै भाग्यमानी छौ यस अर्थमा कि हामी सँग अगुवाको नाममा बाटो हगुवाहरु पाइ रहेका छौ । भन्थे नेपाललाइ खै सतियुगमा सतिले सरापेको रे जे पनि खै के खै के ‌…….प्रुत मात्र हुन्छ ।

हुनत मानिसको जातै वैगुनि हुन्छन जति दिए नी नपुग्ने तर यो पटकको महत्वाकाँक्षी र कुर्सी मोह देख्दा लाग्छ निभ्ने बेलाको बत्तिको चर्को प्रकाश हो । महामहिम कोइराला बा अब कति पो बाच्लान र उनको जति पनि चुरी फुरी छ पिता श्री कोइराला जिवित रहुन्जेल त होलानी । तर जे सुकै भए पनि महिला भित्र रहेको एक प्रकारको महत्वकाँक्षालाइ उजार गरिन सुजताले यो हामी सम्पुर्ण नेपाली नारीहरुको लागी उपहास हो । त्यसै त महिलाहरु सक्षम छैनन भनेर हाम्रा पुरुष मित्रहरुले गाली गरि रहेको अवस्था छ त्यसमा पनि यस्ता महिलाहरु नेतृत्व पँत्तिमा पुगेर सँम्पुर्ण महिलाको हक हितको लागी लड्नुको सट्टा आफ्नो व्यक्तिगत स्वार्थमा चुर्लुम्म डुवुल्कि मार्दा हामी सम्पुर्ण नेपाली महिला मार्कामा परेका छौ । महिलाहरुलाइ स्थान दिइएन भनेर कराइ रहेका अवस्थामा केही भए पनि नेतृत्व पँत्तिमा छन् यिनले हामी सम्पुर्ण महिलाको हक हितको लागी केही गर्लान भनेको त उल्टो हुन गयो । यस्ता महिला नेतृत्वमा अगाडी आउनु भन्दा त नआउनु नै जाती ।
दोष कस्को हो खुट्याउन आवश्यक छ । बिनाकामको नेतृलाइ जवरजस्ती नेतृत्व पङतिमा ल्याउने नेताहरु उस्तो कि, सहमतिको नाममा आफ्ना तानासाह लाद्नने यी गिरीजाबाबु उस्ता हुन् की, माथीका नेताले जे गरेनी स्वीकारेर वस्ने हामी नागरीक उस्ता र? कैयौ वर्ष राजनीतिमा संघर्ष गरेर लडिरहेका अन्य नेताज्यु तथा नेतृहरुलाई पछाडी पारेर सम्हाल्नै नसकिने परराष्ट्रमन्त्री पद पिता महासयको धम्कि र घुर्काइबाट पोल्टा पारी हालिन तर त्यतिले मात्रै कहा पुग्यो र अझै चाहियो उपप्रधानमन्त्री पद । सबै नेपाली जनता राणाशासन तथा एकात्मक राजतन्त्रको अन्त्य गरेर गणतन्त्र ल्याएका छौ भनेर जति सुकै कुर्लिएता पनि अझै ति पुराना सोचका मानिसको अस्तित्व अझै प्रभुत्व मै रहेको छ । ज्ञानेन्द्रको शासनकाल अन्त्य भएता पनि गिरिजा तन्त्रको अन्त्य बाँकी छ । अझै पनि नेपाली नागरिकहरुले कोइराला इज दि ग्रेट भनि रहने हो भने नेपालीहरुको भलो फेरी पनि गर्भ भित्रै कुहिएर जान सक्छ । त्यसैले लौन अवत केही गरौ ।

5 comments:

Unknown said...

मनु जी नमस्कार ।
ठुलो उत्सुकताका साथ तापाईको ब्लग खोल्दै थिएँ । दुर्भाग्य भन्नुपर्छ मेरो कि पहिलो गाँसमै ढुङ्गा लागेको अनुभूति भयो । कोईराला परिवारसँग मेरो ब्यक्तिगत चिनजान पटक्कै छैन र लिनुदिनु पनि केही छैन । तर कोईराला परिवारलाई सम्मान गर्नेहरुमध्ये एक म आफुलाई पनि ठान्दछु । वि.पी. कोईरालाको नाम मात्रै लिदा पनी मेरो मुटु गर्वले फुल्दछ । नेपालको लोकतान्त्रिक आन्दोलन र शान्ति प्रकृयामा गिरिजा प्रसाद कोईरालाको भूमिकालाई कम आँक्न पटक्कै मिल्दैन । डा. शेखर कोईराला ,डा. शशाँक कोईराला, पिता कृष्ण प्रसाद कोइराला लगायतको योगदानलाई कम आँक्न पटक्कै मिल्दैन । यो सत्य हो कि केही पात्र र प्रवृति नराम्रा छन कोईराला परिवारमा । एक दुईजना खराब पात्रको कारण लामो ईतिहास बोकेको कोईराला परिवारलाई तेजोबध गर्न नमिल्ला कि ?? यति धेरै पूर्वाग्रही किन हो ?? तपाईको अरु स्वतन्त्र विचारले भरिएको लेख रचनाहरु पढ्न पाउने आशाा गर्दछु ।

Anonymous said...

नेपालको राजनीतिमा रहेको 'नातावाद' लाई जरै देखि नहटाएसम्म जस्ताको त्यस्तै हो । यहाँसम्म आइपुग्दा मुलुकले धेरै चोटी काँचुली फरेको छ । आशा गरौं नेपालको साँञ्चै भलो चाहने नेता अवश्य जन्मिने छ ।

मनु जी तपाईको ब्लगमा छिरेकै रै'नछु साहै राम्रो लाग्यो मलाई । निरन्तरताको कामना छ तपाईलाई ।

onlinekhaskhas.blogspot.com

Basanta said...

मनुको कुरो सोह्रै आना ठिक हो!

मनु ठाडा मगर (MANU) said...

तिब्बत जी नमस्ते अनि धन्यबाद् प्रतिकृयाको लागी। साथि म पनि तेहि बाटो पछ्यएर ऐले सम्म आएको हो,उहा ले नराम्रो राम्रो धेरै काम् गर्नु भयेको छ म मान्छु तेसो भन्दैमा बिगार गरेको कुरा मा पनि सहमत् हुन म चाहि सक्दिन ठुला नेता ले गरेको सबै काम मा सहमति हुनै पर्छ भन्ने मलाइ लग्दैन यो मेरो बिचार हो। सबैको बिचार मिल्नै पर्छ भन्ने केहि छैन तर हामिले बुझ्नै पर्ने कुरो कहा छ भने नि तिब्बत जी ठुला नेता ले जे गरे पनि हामि आन्खा चिम्लेर बस्नु पर्छ भन्ने चाइ मलै लाग्दैन, हो देशको ठुला र सबै नेपालि जनताको नेता हुनुहुन्छ हाम्रा कोइराला बा तर अब उहा ले आफ्नि छोरिको लागि मत्र सोचेर जति उचाइ मा पुग्नु भको थिओ त्यो उचाइ आफैले घटाइ रहनु भयेको ले मात्र गुनासो पोखेकि हु।ठिकै छ अबको पालोमा तपाइको गास्मा ढुङा नपर्ला छिर्दै गर्नु होला।

धन्यबाद् छ राजेश् जी फेरि फेरि पल्नु होला ।अनि बसन्त दाइलाइ पनि धन्यबाद् सहमति को लागि

कैलाश said...

के विधि जानेको हौ।