म त साँचि नियात्रा लेख्नको लागि बसेको थिए भौतारीएर अर्कै तिर पुगेछु । अँ त म भन्दै थिए नया ठाउको लागि पहिलो पाइला चाडबाडको दिन परिवारको सदस्यहरु सँग पनि राम्रो भेट गर्न सकिन मनमा अशान्तिले डेरा जमाएको लगभग दुइ रात भएको थियो । हुनत मेरै कमजोरी हो कि धेरै तिर हात हाल्ने कुनै काम सफल सँग समाप्त नगर्ने मेरा धेरै कुराहरु नेपालमा अधुरै छोडेर यसरी हुइकिइ रहेकि छु नया मुलुकमा नया सपना बोकेर । नेपालमा साँझको ८ बजेर १५ मिनट जति गएको थियो, लक्ष्मि पुजाको दोश्रोदिन सबैका घर घरमा दियो बत्ति झलमल बलि रहेको थियो भोलि पल्ट म्ह पुजा तथा भाई पुजाको लागि सबै तयारीमा जुटेका थिए त युवाहरु जोसमा देउशी भैलो खेल्दै थिए त्यही समय म भने मेरो प्यारो मातृभुमिलाइ केही बर्षको लागि छोड्दै थिएँ ।
हाम्रो यात्रा सुरुवात भयो एअरपोर्टबाट जहाजको लागि बस चड्दै गर्दा हतार हतार दिमागमा आएको जति साथीहरुलाई बाइ भने केही साथीहरुलाइ भन्नै पाइन यति अचानक भो कि सबै जनालाइ बिश्वासै गर्न गार्हो भो । सँगै जाने एकजना साथी र दाइ हुनु हुन्थ्यो उहाहरु अर्कै रो को अर्कै सिटमा पर्नु भयो, क्षेउको सिटमा एकजना अमेरीकन महिला थिइन । केही क्षणमै हामीले नेपालको धर्ति छोडेउ कता कता नराम्रो लाग्यो, आफैले मनलाइ सम्झाए कसको कर हो र? आफै रहर गर्ने अनि फेरी …..एक मनले बोल्यो कसैको कर पनि होइन कसैको रहर पनि होइन यो त नेपालीहरुको बाध्यता हो …. फेरी अर्को मनले इन्कार गर्यो के सबै नेपालीलाई यस्तै बाध्यता छ त आफै रहर गर्ने अनि फेरी बाध्यता भनि दिने? मनमा अन्तरद्वन्द चल्न थाल्यो सम्झे ह्या………म पनि जे भए पनि हो अब हिडि सकेर के को आदर्शका कुरामा अल्झि रहने? सम्झे अव भोलि देखि केहि मेरो हुने छैन सबै नया अरुको देश अरुको भाषा अरुको सँस्कृति अनि अरुकै रहन सहन । आखा चिम्लिएर निदाउने कोशिस गरे तर सकिन….।
झोलामा मेरा आत्मिय साथीहरुले जानु भन्दा पहिलो दिन सम्झना स्वरुप दिएको उपहार थियो यसो झिकेर पढ्न तरखर गर्दै थिए मेरो क्षेउको खैरेनी दिदी बोलिन् Wow so you have book for journey. खै किन हो नेपालीले धेरै पढ्दैनन भनेर हो कि किन त्यसो भनिन् कुन्नि मैले पनि अरु केहि भनिन Yes मात्र भने । अनि फेरी बोलिन् can you show me which book is this? मैले भने This is the collection of stories "The Royal Ghosts". फेरी बोलिन् Do you love Story? मैले ठाडै उतर दिए Yup. सोधिन् Who is the author/writer of this story? मैले भने Samrat upadhyay. बल्ल बोल्ने बाटो खुल्यो हामी दुइको । उनि अमेरीकाको एउटा युनिभर्सिटीमा म्याथमाटिक्सको भुतपुर्व प्राध्यापक रहिछन हाल उनि आफ्नै कन्सल्टेन्सि जस्तो खोलेर बसेकी छिन रे नेपाल घुम्न पहिलो पटक आएकी रहिछन् १० दिने लमजुङ तिरको यात्रा सकेर घर फर्कदै रहिछन् । नेपाल साह्रै राम्रो लाग्यो रे उनि कुरा गर्दा गर्दै एकदम उत्तेजित हुदै बोलिन You have a so beautiful country. It's just a beautiful just beautiful just beautiful म उसको अनुहारमा हेरी रहे । उनले छोटो खैरो केश, पातलो पातलो आकाशे रङको ज्याकेटमा खाडिको जस्तो देखिने लामो सुरुवालमा सजिलो खालको Sports जुत्ता लगाएकि थिइन् । उनि करिव ४८ वर्ष जतिको देखिने फुर्तिली र फरासिलि थिइन । उनको कुरा ज्यादै हौसला प्रदान गर्ने साथै उत्प्रेरक खालको थियो । उनले १० दिनको पदयात्रामा नेपालको जनजिवन देखि वातावरणिय कुराहरु धेरै थाहा पाइछिन् । पदयात्रा मा सुरुसुरुमा त कस्तो रमाइलो भयो रे तर पछि अन्तिम अन्तिममा त थाकेर हिड्नै नसक्ने भइन रे । नेपालको लोढसेडीङ,ट्राफिक जाम र फोहोर देखेर भने साह्रै अचम्म लाग्यो रे । यसमा राज्यसत्ता चलाउनेको कमजोर नियम प्रति पनि गुनासो गरिन् । बोल्दै थिइन "यति सुन्दर देशमा यि यस्ता समस्या नभै दिएको भए अझ कति सुन्दर हुन्थ्यो होला"।
हामी निकै हास्न बोल्न थाले पछि म देखी अर्को सिटमा रहेको एक जना नेपालीदाइले बिचैमा कुरा काटे "के हो बैनि दोस्ति त निकै बढे जस्तो छ नी ? हो नि दाइ अब बाटो त काट्नै परो । उनि चाही पर्वत तिरका क्षेत्री थरका नेपालि रहेछन साउदि तिर काम गर्न जादै गरेका, मलाइ पहिलो पटक जादै गरेको भनेर ढाटे पनि उनको ब्यवहारले धेरै पटकको अन्तरराष्ट्रिय उडान गरि सकेका जस्तै लाग्यो । उनको ब्यवहार भने अलि अनौठो लाग्यो म र ति खैरेनि बोल्दा पनि अलि कस्तो बोलि बोल्न थाले । मेरा आफु सँग जाने साथीहरु अलि टाढा भए पनि नचिनेका नेपालीहरु टन्नै थिए तिनै मध्यका थिए ति पनि पहिला पहिला राम्रै सँग बोले पनि अलि बेर पछि कस्तो कस्तो छिल्लेर बोल्न थाले मलाइ अलि ठिक लागेन । त्यस पछि म उनको कुरा तिर त्यति ध्यान दिन छाडे। त्यहिबेला म सँगै जाने दाइ आउनु । "बैनि म बसेको ठाउमा खाली छ, सामानहरु यहि होस जाने भए हिड पर सँगिता पनि त्यही छ । मलाइ पनि त्यो मान्छे देखेरै दिक्क लाग्न थालेको थियो खैरेनीलाइ दाइ सँग सिट छ रे जान्छु ल भनि बिदा मागेर जुरुक्क उठेर लागे । दाइले हामि कहा उड्दै छौ भन्ने देखि फिल्म खोजेर हेर्ने गेम खेल्ने साथै सिटमा भएको सबै कुराहरु सिकाइदिनु भयो । बिज्ञान र प्रविधिको युगमा सँसार कहा देखि कहा पुगेको छ हाम्रो नेपाल भने………यहि बिषयमा दाइ सँग राजनीतिक गफ पनि एक छिन गर्यौ। दाइ सँग गफ गर्ने क्रममा हाम्रा देशका केही राजनेताहरु प्रति आक्रोस पनि पोखे । खाना सँगै दाइले फिल्म खोज्न थाल्नु भो एकछिन पछाडी सुत्नु भो म भने मन पर्ने हिन्दि फिल्म खोजेर हेर्न थाले । मलाइ कोनकोना सेन मन पर्ने हिरोइन मध्यको एक हुनाले उनको फिल्म नै मेरो पहिलो रोजाइ भो ।
लगभग ४ घण्टाको उडान पछि हामि दोहा एअरपोर्टमा आइपुगेउ । झलमल सहर ठुल्ठुला कति धेरै कतार एअरवेजका हवाइजहाजहरु देखेर एकछिन रमाए अनि सम्झे यस्तो पो होस न विमानस्थल हाम्रो त जहाजहरु पनि यति र बुद्दका साना साना मात्र । ठुला अन्तराष्ट्रिय उडानको नेपाल वायुसेवा निगमको हराइ सकेको जहाज सम्झेर दया पनि लाग्यो कहिले सुध्रेला हाम्रो नेपाल? सोचे हामि गर्वका साथ आफ्नै देशको अन्तराष्ट्रिय उडानको जहाजहरु यति वटा छन जो अन्य भन्दा गुणस्तरिय र भरपर्दो छ भनेर हामिले कहिले भन्न पाउने होला ? बाहिर निकै गर्मी भए पनि भित्र छिरीसके पश्चात आराम भो । हाम्रो त्यहा ५ घण्टाको ट्रान्जिट भएकोले निकै बेर डुल्यौ । विमानस्थल भित्र पनि कति धेरै ब्यवस्थित सफा र राम्रो । ड्युटी फ्रि सपहरु पनि कति ब्यवस्थित । जता ततै उडानको पर्खाइमा रहेका मानिसहरु वाएरलेस कनेक्सनबाट होला बिन्दास च्याटमा रमाइ रहेका थिए । समय निकै उब्रेकोले एक छिन कम्प्युटर चलाउनु पर्छकी सोचे । वाएरलेस हो भने कतै मेरोमा पनि टिप्छकी सोचेर प्रयास गरि हेरे तर खै के जानिन कि के भो भएन मेरो पालो सुते ।
हामी त्यहाबाट करिव ३:१५मा उड्यौ । रातभर फिल्महरु हेर्दै बिताए । बिहानी एनाउन्स भो हामी अव लण्डनको हिथ्रो एअरपोर्टमा उत्रने बेला भयौ । यसो झ्याल खोलेर बाहिर हेरे सपनाको सहर लण्डनको सुन्दर दृष्य आफ्नै आखाले देखे ।फोटोमा देखिएका लण्डन आइ, सेन्ट्रल लण्डन तिरकै एउटा गोलो घर जुन काठमाडौ तिर पनि होडिङबोर्डमा प्रसस्तै देखिन्छन्, पार्लियामेन्ट्री हाउस आदी आदी । हामी यहाको हिथ्रो एअरपोर्टमा यहाको समय अनुसार बिहानको सवा ९मा आइपुग्यौ । बाफरे………………………..यति ठुलो पनि विमानस्थल रहेछ सँसारमा म त दगैँ परे । जहाज त एक एक सेकेण्डमा ओर्लने र उड्ने गर्दो रहेछ । बाहिरी दृष्य नै यति रमाइलो भर्याङको खुड्किलो झै तलै तला देखिने जहाजको लर्कोले मनै लोभ्यायो । इमिग्रेसनमा एकछिन कचकच गरेर अल्झाए पछि सँगै आउने दाइ छुट्नु भो ।उहा अघिनै छिरी सक्नु भएको थियो तर हामिलाइ निकै बेरको केरकार पछि मात्र छोडि दियो । उहालाइ काममा पुग्नु पर्ने हतार पनि थियो । तल आयौ भाइ लिन आएको रहेछ मलाइ । आतिदै आएर दिदीहरुलाइ त माथी केरकार गर्दै छ के गर्नु भन्दै भिनाजुलाइ फोन गर्नु लगाउनु भएछ र मलाइ फोन गर्नु लगाइ दिनु भन्ने खवर छोडेर निस्कनु भएछ। बाहिर निस्केर बस पर्ख्यो यति कठाङ्ग्रीदो जाडो के भन्ने र? फेरी म सँगै जाने साथीको लिन आउने मान्छे थिएन । फोन गरेर ठेगाना मगायौ बसमा आउनु भन्ने उर्दि भयो नौलो र बिरानो यो सहरमा कसरी जाने र कहा जाने ? गाह्रो भो बिचरालाइ मैले नै ल्याएर पाल्न पनि म आफै पाहुना आउदै छु के गर्ने तै पनि लिन आउन नभ्याए पछि मेरो मै आयौ दुवै जना र भरे बेलुकि साँझमा फेरी फोन गरेर सोध्दा सोध्दा ट्याक्सी चढेर जानु पर्यो । त्यसैले कोही बेलायत बिधार्थी भिसामा आउने तयारी गर्दै हुनुहुन्छ र यहा आफ्नो घरको कोही वा एकदम नजिकको मान्छे छैन भने भरपर्दो र बिश्वासिलो मान्छेलाइ पहिला देखि नै बस्ने ठाउको ब्यवस्था गराउनु लगाउनु अत्यन्तै जरुरी छ । यति सम्झिनुस बेलायतमा कोही आफन्त हुदैनन मिल्ने साथी पनि पराया भै दिन्छन त्यसैले याद गर्नुस कन्सल्टेन्सीले के कति मोटो रकम तपाइबाट लिएको छ त्यसलाइ पचाउने गरि ब्यवस्था गर्न लगाउन जरुरी छ । नत्र यत्रो ठुलो सहरमा कता कलेज कता बसाइ यस्तो महँगीमा जति मिल्ने साथी नै अगाडि गएर बसेको छ भने पनि काम त्यति सजिलो पाइदैन त्यसर्थ सतर्क रहनु होला ।
यहाको घर यहाको वातावरण धेरै नै राम्रो छ । कलेज खोज्न जादा यहाको साझा बस र रेल दुवै चढे । वसको वे पुल मुनी छ भने माथीबाट रेल रेल जमिन मुनि छ भने बस जमिन माथी । रेल चढेको बेला भने जमिन भित्र छिर्ने बेलामा मनोज गजुरेल दाइले हाम्रा भुतपुर्व प्रधानमन्त्रि प्रचण्ड ज्युको १० बर्षमा नेपाललाइ स्विजरल्याण्ड बनाउने सपनामा आधारमा निर्मित भिडियोको याद आयो । अनि सोचे साच्चै नेपालमा पनि यस्तै भै दिएको भए……….. । प्रत्यक घरमा एउटा एउटा प्राइवेट कार जताततै गाडी नै गाडि र पनि यहा जाम कति पनि हुदैन । सिभिल होम्सको जस्तो चुटुक्क चुटुक्क परेका घरहरु सडकका दुइकिनारमा स्वागतका लागी पञ्च कन्याहरु उभिएका झै देखिन्छन् । ति दुइकिनारामा रहेका घरहरु एक किनारामा विजोडी अङ्क जस्तै एक तीन पाँच सात र अर्कोमा जोडी दुइचार छ आठ सँग सँगै जोडिएर रहेका । यहाको जिवन शैलि पनि एक प्रकारले त राम्रै हो सबै आफै आफै ब्यस्त कसैले कसैको बारेमा चियो चर्चो गर्नु पनि छैन । कसैले कसैको बारेमा बसेर कुरा काट्नु पनि छैन । जे छ आफैमा सिमित छ । हुन त फेरी महँगीका कारण त्यति नगर्ने हो भने हात मुख जोड्नै पनि मुस्किल हुदो रहेछ । पैसा भए सँसारै पाइने अनौठो ठाउ नेपालबाट गुन्द्रुक खोर्सानी आदि बोकेर ल्याउछौ तर यही नै आलु, तितेकरेला, बैगुन जे पनि पाइने रहेछ । पकाएर खान समय नहुनेहरुको लागी भात देखी पुलाउ मासु सबै सबै चिज रेडीमेड पाइने । यस्तै यस्तै रहेछ सपनाको देश अनि मैले मेरो मातृ भुमिलाइ पनि कल्पनामा उतारे ५० वर्ष पछि कि त मेरो देश पनि यस्तै यस्तै हुनेछ कि त नामै मेटिएर जानेछ ।
4 comments:
हामीलाई पनि संगै यात्रा गराएकोमा हार्दिक धन्यबाद! मनुको बेलायत-प्रवास सुखमय र सफल होस् भन्ने शुभकामना!
रमाईलो यात्रा वर्णन । तपाईंको बेलायत बसाई सुखद रहोस् ।
Thank you So much for both of you dai thank you once again taker you tooo
good... lekhdai garnus...
Post a Comment