यदि तपाई कुनै पनि बिदेशी भुमीमा हुनुहुन्छ र केही सामान पार्सल पठाउदै हुनु हुन्छ भने होसियार ! काठमाडौको कुनै पनि पोष्टबक्सको नं साथीभाइ तथा आफन्तहरुलाई सोधेर भरपर्दो ठाउमा मात्र कुरियर्स गर्नु होला । नत्र फेरी मैले झै झमेला झेल्न बाध्य हुनु हुनेछ । हुनत जहा पनि नातावाद र कृपाबादको हावी नै छ झन यो भंसारमा त झन कुरै नगरौ आर्थीक कारोवारकै कुरा न आयो । कुरा के परो भने मेरो दिदीको छोरो (भाई)ले अष्ट्रेलियाबाट उसको भाइलाई एउटा फोन कुरियर्स गरेछ । कलेजको कम्प्लिट ठेगाना तर पोष्टबक्स नं थिएन रहेछ। भ्यालि बाहिर घर भएकोले दशैको बिदा भाइ घर गएको बेलामा पर्यो उसकोमा फोन सम्पर्क भएनछ अर्को नं मेरो घरको दिइएको रहेछ । बिहानको १० बजे तिरै FedExe बाट फोन आयो । भाइलाई खोजियो भाइ घर गएको छ भने पछि फोन राखे । फेरी दिउसो करिव १ बजेको थियो फेरी उही नं बाट भाइलाई खोजियो उ त मेरो भाइ हो उ अहिले घर गएको छ म उसको आन्टी बोलेको हुँ भन्नुस के थियो?" मैले भने । "सामान आएको छ लिन आउनुस्" भन्ने जानकारी पाए पछि "के लिएर आउनु पर्छ" मैले सोधे । हामीलाइ सामान आउनेवाला छ भन्ने सुइको सम्म थिएन त्यो बेला सम्म "ट्याक्सको पैसा टन्नै लाग्छ अनि नागरिकता पनि तर अहिले तत्कालै पाउनु हुन्न, हामीलाई लोकेशन बताइदिनुस् हामी डकुमेन्ट ल्याइ दिन्छौ अनि तपाइको काम अघि बढ्छ" । उत्तर आयो अझै खुल्दुली लाग्यो लोकेशन बताए आउने भए डकुमेन्ट लिएर ।
डकुमेन्ट लिएर आधा घन्टामा मानिस मेरो घर आइ पुगे । यतिन्जेलमा दिदिलाइ फोन गरेर हाम्रो कुरा भै सकेको थियो । उसले चलाउदै गरेको फोन रे उनीहरु दाजुभाइको मात्र सल्लाह भएको रहेछ। हेरे एपलको आइफोन रहेछ फेरी सोधे "के कति लाग्ने रहेछ रकम र के को रकम तिर्नु पर्ने हो हामीले उता पनि भाइले नेपाली रुपैया ६ हजार तिरीसकेको रे त?" मेरो प्रश्न अलि पचेन कि क्याहो कुन्नी "भंसार ट्याक्स लाग्छ दिदी तर कति हो मलाइ थाहा भएन" मेरा आखामा आखा मिलाउदै बोले ति मानिस। लौ ठिकै छ बिस्तारै झिकौला म कोठामा पसे त्यो मान्छे पनि फर्क्यो । फेरी करिव एक घन्टा पछि फोन आयो उही नं बाट पुन भाइलाइ नै खोजियो । मैले उही उत्तर दोहोराए अनि थपे "एदि पार्सलको बारेमा हो भने अघिनै भाइले कागजपत्र ल्याइ दिनु भएको छ अब बिस्तारै निकालौला तर किन हो के कति रकम लाग्छ भन्दै भन्नु हुन्न त यसो लिएर त आउनु पर्ला नी किन र त्यो रकम भन्नै नमिल्ने हो र?" मेरो कुरा सुने पछि उत्तर आयो "ए हैन हैन मैले त्यहि कुरा भन्नलाइ फोन गरेको हुँ । विहान देखि पैसा सोधिराख्नु भाको थियो रे त्यही भएर भन्नलाइ अँ………. तपाइको…… ….. …. करिव ४० हजार रुपैया जति पर्छ" । म त झन्डै बिहोस भए फेरी बिश्वास नलागेर सोधे "कति भन्नु भयो?" उसले फेरी उही बाक्य दोहोराए "करिव ४० हजार रुपैया जति पर्छ" । मलाइ रिस रिस पनि उठ्यो हास पनि उठ्यो फेरी सोधे "हैन तपाइले मलाइ यो फोनको मुल्य बताइ रहनु भएको छ कि अब मैले समान लिन आउदा तिर्न पर्ने ट्याक्स?" यो त मिनिमम हो दिदी अन्दाज गरेर भनेको तपाइको त्यो भन्दा धेरै पनि पर्न सक्छ । लौ उसो भए त्यो थोत्रे मोबाइल त्यतै होस मैले फोन राखिदिए ।
फेरी भोलि पल्ट पनि करिव ११ बजे तिरै फोनको घन्टि बज्यो उही सामान लिन आउन आग्रह गरियो । फेरी हामी जो कोही नहुने रे जसको नाममा छ उसैले निकाल्न पर्ने । उता भाइले नागरिकता हराएर अर्को बिजोग । हामी सल्लाह गर्छौ फोन काटियो । फेरि दुइ घन्टाको अन्तरमा उही नं बाट फोन आयो उहि आग्रह उस्तै कुराले टारे फेरी बेलुका करिव साढेँ चार जति भएको थियो फेरी त्यही नं बाट फोन आयो मलाइ रिस उठ्यो फोन नै रिसिभ गरिन । हामी दिदी बहिनी पनि कुराकानी मिलाउदै थियौ तर ट्याक्सको कुराले भने हर्टएट्याक नै होला जस्तो भएको थियो । भोलि पल्ट बिहान उहि समयमा फेरी घन्टि बज्यो । हामी लिनेलाइ भन्दा उनिहरुलाइ खरो परेको देखेर रिसै उठिसकेको थियो । प्रत्यक दिन ३,४ पटक फोनले वाक्कै लागि सकेको थियो उठाँए यो पटक भने म पनि अलि कडै प्रस्तुत भए "त्यो जावो चलाएर पठाको फोनलाइ ४० हजार तिरेर निकाल्नु भन्दा होस बरु उतै फिर्ता जावस म निकाल्दिन । त्यतिमा त यहा राम्रो नया फोन नै आउछ । यो त अति भो किनेको मुल्य भन्दा नि महँगो उतै खर्च एतै खर्च त्यसमाथि अरुको नाममा पनि नदिने तुरुन्तै पनि नपाइने हामी सक्दिनौ । अब केही उपाया छ भने भन्नुस नत्र होस"। म कड्केर बोलेता पनि नरम प्रतिउत्तर आयो दिदी "तपाइले यसो भन्न पाउनु हुन्न नि समान आइ सकेको छ । यो त नियम हो लागेको रकम त तिर्नै पर्छ ।भाइ छैन पछि मात्र आउछ भने पनि आफै आउनुस त्यहा दलालीहरु टन्नै पाइन्छन यसो उनिहरुले केही रकम खाएर चाडै निकालि देलान।"
होस उतै फर्केर जावस जस्तो लागि सक्दा पनि मन मा एउटा आसाको दियो जाग्यो यसो सोच्न थाले कोही छ हाम्रो आफ्नो मान्छे भन्सारमा……. दुइ तिन ठाउमा फोन लगाए एउटाबाट सकारात्मक उत्तर आयो आउनुस के रहेछ हेरौ । तपाइ आफै आए पनि हुन्छ त्यस्तो समस्या भएमा कागज पत्र लिएर आउनुहोला म भित्रै हुनेछु । जादा जादै मुख्य गेटमा पुग्दै सोधियो के को लागी ? जवाफ दिए सानो पार्सल आको छ लिन साथै फलानालाइ भेट्न । रोकियो पास लिएर आउनुस । म सँग भएको कागजपत्र देखाए र पास मागे । " तपाइको नाममा पनि छैन कागज पत्र र भित्रबाट पठा भनेकै छैन कसरी पास दिनु?" म एउटी अबोध महिला भएकै कारण पठाएनन् भित्र । फोन गरे भित्रका मानिसले ५ ६ पटकमा पनि फोन उठाएन अन्यत्र फोन गरेर सोधे के हो नियम? "कागज पत्र देखाए पछि त दिन्छ त सिधै जान" मेचि भन्सार बाट जवाफ आयो। फेरी एक पटक अनुरोध गरे। अह मेरो त कुरै सुन्दैनन ति व्वासाहरु मलाइ भित्र भित्रै रिस उठ्यो अनि झगडा गर्न तिर लागे त्यति नै खेर फोन आयो र ति ढोके तिघ्रेहरु सँग बार्तालाप भो अझ फेरी उल्टै मै माथी दोष तपाइको मान्छेले उता पास दिने ठाउमा मात्र भन्नु हुन्छ यहा हामीलाइ केही भनेकै छैन त अनि के गर्नु? झ्याम्म्म जुनकिरी देखिने गरि हान्नु झै भएको थियो । आफुलाइ ढिलो भै रहेको बेलामा बल्ल बल्ल छिर्न लाग्दैछु फेरी के लफडामा पर्नु रिस थाम्दै भित्रका मान्छे सँग पनि मुरमुरिदै गए। बल्ल पो थाहा पाए किन अघि फोन उठाएन तिनले भन्ने कुरा । भित्र त असनबजारमा दशै तिहारको किनमेलमा लागेको घुइचो र हल्ला झै हुदो रहेछ। समान लिन आउने र दलालीको नया बजार । नया अनुहार देख्ने बितिकै "के थियो दिदी पार्सल लिन हो?यता आउनुस, यता आउनुस" मेरीबास्सै कलंकीमा रात्री बस चढ्ने बेला झै तानातान हुदो रहेछ त्यहा त । हैन म मान्छे भेट्न आएको भन्दै पन्छिन्दै सयौँको भिडमा हराउदै गए । पहिले नभेटेका कारण यतिका भिडमा ति मान्छेलाइ भेट्नै मुस्किल पर्यो मलाइ । कस्ता छन त्यस्तो भिडमा फोन पनि सुन्दैनन अब के गर्ने? नाम लिएर खोज खाज गरे पछि एक दुइ जनाले यतै थिए अहिले भर्खर सम्म भन्दा भन्दै एकले बोलाएर ल्याइ दिए । काजग पत्र देखाए पछि FedExe कै एक कर्मचारीलाइ बोलाएर सोधे तिनले "के गर्न सकिन्छ? उपाया के छ?" अब निबेदन लेखेर तोक लगाउने अनि निकाल्न मिल्छ सोझो उतर आयो । नानि तिमी बस । भाइ यति काम गरि देउ भनेर अधिकृत काममा लागे । उ भने अमिलो मुख बनाउदै निवेदन लेख्न तिर लागे । "४० हजार जति लाग्नेमा……….. अब बुढाले भनि हाले, यस्तो लफडाकाम मेरो त अरु पनि काम गर्नु थियो" उता छेउमा बसेर उसको साथि सँगको गनगन सुन्दै थिए म ।
अल्यङ टल्याङ गर्दै काम टार्नलाइ धेरै प्रयास गरे तिनले। घरि नागरिकता छैन रैछ भोली आउनुस त घरी फोटोकपी गर्ने मान्छे घर गइ सक्यो भोली आउनुस । समय निकै गइ सकेकोले भिड पनि निकै पातालिदै गएको थियो फेरी तिनै पातालिदै गएको भिडबाट अधिकृतलाइ सुनाए "सर आज पनि बल्ल बल्ल छुट्टी मिलाएर आएकी फेरी फोटोकपि गर्ने मान्छे नै छैन भनेर भोली बिहान आउनुस भन्छन नी त" तिनले फेरी बोलाए माथी छैन हामीकहा फोटो कपी मेसीन? यतिको लागी के भोलीलाइ अल्झाँउनु हुन्छ गरिदिनुस न । कालो मुख लाएर मेरो आइ डि लिएर गए फेरी। म भने अघि देखी उनिहरुको तमासा हेर्दै थिए । उनिहरु साथी साथी एक आपसमा कचकच गर्दै थिए "त गर न, तैले नै गरिदे म गर्दिन जावो त्यो काम, गरि दे न आज"। हुन त काम पनि झ्याउ नै थियो रहेछ, भित्र र बाहिर, यता र उता दौडीदा, करिव ६ जना जतिलाइ हस्ताक्षर गराउदा, हैरान त हैरान नै हुने रहेछ । पठाउने मान्छेले जे समान भए पनि २० तथा ३० डलर बनाएर पठाएमा रकम नलाग्ने तथा थोरै लाग्ने रहेछ ।कागज मिलाउन आइ डि नं हानिनु पर्ने सामानको मुल्य तोकिनु पर्ने रहेछ एउटा गिफ्ट आएको एक सेट मोवाइल मात्र भएकोले मेरो समानको मुल्य ५० डलर राखियो तिर्नु पर्ने रकम सुन्ना देखिए पछि ती FedExe का भाइ केही रकम त देखाइ दिनुस दिदी भन्दै थिए । कम्प्युटर इन्ट्री गर्ने दिदीले यहा नभएको रकम कसरी देखाउने भन्दै गरेको मैले सुनेकी थिए छेउबाट । पछि अन्य त्यहीका अधिकारीहरुले पनि हस्ताक्षर गर्नु पर्ने भएको हुदा समस्या आयो । भन्सारमा आएको समानमा सुन्य रकममा हस्ताक्षर गर्नै नमाने पछि फेरी अर्कै कागजमा प्रिन्ट गरियो जसमा मैले जम्मा ४८५ रुपिया तिरे ।केहि छैन हाम्रै नेपालको लागि ट्याक्स हो त्यति तिर्दा त केही पनि भएन तर ५०० मा हुने काम रहेछ झन्डै ४० हजार ट्याक्स तिर्न परेको थियो । त्यस पछि पनि यता र उता छाप लगाउन के के गर्न गरेर झन्डै दिनभर जस्तै समय लाग्यो ।

5 comments:
यस्तै हो , नेपालको कानुन दैबले जानुन भन्ने कथन नै छ नि , ४० हजार Tax लाग्छ भनेर कसरी भन्न सकेका ? तर जे होस् ५०० रुपैया भन्दा कममा काम फत्ते गर्नु भएछ लौ बधाई छ है ।
हाम्रो देशमा फेरिनुपर्ने कुरा यस्तै हुन्। यस्ता कुरा नफेरिऊञ्जेल राजनीतिक परीवर्तन जति भएपनि केहि हुनेवाला छैन। दु:खको कुरा त यहि हो यस्तो घूसखोरी र भ्रष्टाचारलाई प्रश्रय दिने नेता र तीनका कार्यकर्तानै हुन्।
दुःखद् घटना , तर पाठकको लागि उपयोगी सामग्री ।
Thank you for all
yeah sister k garne ta nirdholai jaslepani hepne yadi hajur airport nagayeko bhaye k hunthyo halat tara je hos you are brave i salute your brave work
Post a Comment