Saturday, November 14, 2009

मोवाइल फोन कति घातक कति फाइदाजनक?

यो भनि राख्नु पर्ने कुरा होइन कि एक्काईसौ सताव्दिको लागी अति आवश्यकिय कुरा मोवाइल फोन पनि एक हो । बिकसित जुन सुकै मुलुकमा होस वा नेपालमै पनि आजभोली मोवाइल फोन प्राय हरेक व्यक्तिको साथमा हुन्छ । आजको युगमा हरेक मानिसको लागी यो आधारभुत आवश्यकिय कुरा बन्न पुगेको छ । बाल, युवा तथा बृद्द बृद्दा जो सुकैको लागी पनि उपयोगी बनेको छ । कसैको लागी यो खेल्नको निमित्त कसैको लागी समाचार सुन्नको लागी कसैको लागी साथीभाई सँग किप इन टचमा रहनको लागी (SMS होस वा Phone call होस वा त Face book update chat नै किन नहोस) त कसैको लागी यो एक अर्काको मनको कुरा साटासाट गर्नकै लागी ।

आज म यहा यही केही मोवाइलका घातकताका बारेमा share गर्न चाहेकी छु । हुन त यो कतिपय पाठकहरुको लागी अनावश्यक भएता पनि मेरो मनमा यसैकुराले डेरा जमाइरहेको धेरै भएकोले मेरो मनको खसखस मेटाउन चाहेकी छु । मोवाइल हामी सबैलाई आवश्यकिय कुरा भएता पनि यसले धेरै कुरामा असर पारीरहेको हुन्छ । हुनत हरेक कुराको सकारात्मक र नकारात्मक दुवै गुण हुन्छन हामीलाई थाहा भएकै कुरा हो । यदि मिसयुज गरेमा मोवाइलका धेरै घातक कुराहरु छन् । देखी रहेको घातक कुराहरु धेरै पैसा खर्चहुने, समयको बर्बाद हुने आदी आदी तर आज हामी यी कुरा तिर नजाऔ । मैले देखेको यसको अर्को नकारात्मक र डरलाग्दो घातक असर भनेको मनोबैज्ञानिक असर हो । मोवाइल आफैमा पनि एक सेप्रेड मनको बह पोखाउन सकिने चिज हो । जहा sms गरेर एक आपसमा कुराकानी गर्दा हत्तपत्त अन्य आफन्त तथा साथीभाईलाई थाहा हुन्न । यसरी sms मार्फत कुराकानीबाट कतिभावनात्मक कुराकानीमा बहने हो त्यो भने ब्यक्तिमा भर पर्ने हुन्छ ।
यी नै sms का कारण परिवारका सदस्यहरु सँग खुलेर मनका कुरा गर्न नसक्ने वालबालिकाहरु कतिदिन सम्म टाउको दुख्ने, मानसिक तनावमा रहने आदी हुन्छन । बिचरा बाबु आमा आफ्ना छोरा छोरी बिरामी छन् भनेर दिनरात नसुती स्याहार संभारमा लाग्छन तर उनीहरुको वास्तबिक मनोविज्ञान पढ्न त्यति सजिलै सक्दैनन । यो म करीव दुई बर्ष देखी ६,७ जना भाइ बहिनीको दिदीको रुपमा रहेर जिम्मेवारी निभाउने क्रममा अनुभव गरेको कुरा हो । यसरी कुराकानी गर्ने र मानसीक तनावमा रहने ग्रुपमा प्लस टु अध्ययनरत भाइ बहिनीहरु धेरै हुने मैले आफुले देखेको छु ।
कक्षा बाह्रमा अध्ययनरत मेरो एक जना भाइ पर्ने केही वर्ष पहिला हामी सँगै बस्थ्यो । उसको एक जना साथी रहेछ घरमा ल्याण्डलाइन फोन वाला । आमा बाबा दुवै जना जागीरमा ब्यस्त घरमा काम गर्ने एक जना घरको काम गर्ने दिदी र उनिहरु दिदीभाइ मात्र । भाइ पनि सानो भरखर चार वर्षको । उनिहरु स्कुल गएको बेला बाहेक जति खेर पनि फोन मै झुन्डि रहने । sms पनि उतिकै र फोन कल पनि उतीकै । यता मेरो भाइलाइ जति गाली गरे नी नहुने दिनरात चौबिसै घन्टा बोलेको बोलेकै । उता फोन गर्ने ले पनि होमवर्क नगर्ने यता मेरो भाइले पनि । सम्झाउदा खेरी होइन एक छिन मात्र भन्ने तर लुकेर छतमा गएर, सिरक भित्र लुकेर सानो आवाजमा फुस्फुसाउने। हुदा हुदा परिक्षाको दिनमा पनि बोलेको बोलेकै, पछि परिक्षा पनि बिगार्यो । हामीले सम्झाउदा नभए पछि परिवारका ठुला सदस्यहरुलाई भनी दिने जस्ता विभिन्न धम्कि दिए पश्चात मात्र कन्ट्रोलमा आयो । अरुको जिवन सँग मेल नखान पनि सक्छ तर जहा सम्म मलाइ लाग्छ नया साथीभाइ बनाउने तथा आजकलका भाई बहिनीको नया पाट्नर रोज्नथाल्ने समय भनेको यहि उमेर हो । र यही उमेरलाई मनोवैज्ञानिकहरुले हुरी बतासको उमेर पनि भन्दछन ।यसले गर्दा हामी सँग रहने हरेक टिनएजका भाइ बहिनीको भविश्य प्रतिहामी पनि केही निकट रहने कोशिस गर्नु पर्छ ताकी हामी सँग पनि उनीहरुका हरेक साना तथा ठुला कुरा सेयर गर्न सकुन् ।
मेरो एक जना दिदीकी छोरी थिइन जो अरु सँग त्यति मनका कुरा खुलेर नगर्ने । उसलाइ कति खेर के पिडा परेको हुन्थ्यो थाहै नहुने । धेरै जस्तो फोन मै हुन्थ्यो कि त एस एम एस कि त बाच चित मै । खै कुनै समयमा के हुन्थ्यो टाउको दुखेको छ भनेर दुइ तिन दिन सम्म कसै सँग नबोल्ने। एक्ली छोरि बिरामी परेकोले दिदी भिनाजु चौबिसै घन्टा सेवामा तल्लिन तर खै एक कलले नै जुरुक्कै उठेर दौडीन्थिन । हरेक दिन मध्यरात सम्म एस एम एस बिहान पनि चार बजे तिरै एस एम एस ले सँगै सुतेको बेला पनि निन्द्रा नै खराव गराउने । खै कुनै दिन बिहानै कस्तो एस एम एस आउथ्यो उसको दिनभरी मुड खराव हुन्थ्यो कुनै दिन भने बिहानै देखी मुड निकै राम्रो।
हुन त मोवाइल प्रेसरले टाउको दुखाउने वा तनावमा रहने टिनएजका भाइ बहिनी मात्र हैनन अन्य पनि हुन्छन । म अध्ययनको सिलसिलामा केही किर्तीपुर होस्टेलमा बसेकी थिए । त्यस बेला हामी सँगै बस्ने एक जना साथीको मोवाइलको कारण अरु हामी पनि निकै पिडीत भएका थियौ । बेलुकीको खाना खाएर एक घन्टा जस्तो पढ्ने बितीकै देखी उनको फोन आउथ्यो त्यो फोन झण्डै बिहानको चार बजे सम्म चालु हुन्थ्यो । नेपाल टेलीकमले दिएको सुविधा अनुसार रातिको दशबजे पछि एक रुपैया मिनेटको सदुपयोग गर्दै साथीहरु रातभर जस्तो फोनमा बोल्थे । पातलो प्लाइउडले बारेको कोठाहरु भएको कारण हामी ६ जनाको अध्ययनमा नै बाधा पर्थो । मध्यरातको सुनसानमा जति बिस्तारै बोले पनि गुनुगुनु आवाजले सबैको निन्द्रा भँग गर्थो । निदाएको मानीसलाइ ब्युझाउनु भन्दा ब्युझेर पनि निदाएको भान गर्ने लाइ ब्युझाउन गाह्रो हुन्छ भने झै हामी सबैले कति चोटि भने पनि नलागे पछि हामी आफै हार खाएका थियौ ।
हेर्दा सामान्य लाग्छ तर यहि मोवाइलको कारण कति जना भाइबहिनीहरुले आत्महत्या सम्म गर्न तयार हुन्छन । मोबाइल प्रयोग धेरैले राम्रो गरेता पनि कसैले यसलाई दुरुपयोग गरेको पाइन्छ, उदाहरणको लागी नम्रता श्रेष्ठको अश्लिल भिडियो सार्वजनिक नै लिन सकिन्छ । त्यसैले समयको माग र आवश्यकिय कुरा हो मोवाइल यसको हामी सबैले सहि सदुपयोग गरौ कतिपय दुर्घटना बाट बचौ ।

1 comment:

Anonymous said...

मोबाइल पनि एक किसिमको घातक चिज हो यदि यसको फाइदा लाई नबुझेर हामीले बेफाइदा लाइ हामीले अगाल्दा यस्तो भएको हो |