Saturday, January 2, 2010

मेला सेलको

मैले ब्लगमा नया लेखहरु पोष्ट नगरेको पनि झन्डै सत्र दिन बिती सकेछ। यो समय कस्तो छिटो चिप्ली दिन्छ दिन्छ मै छक्क परि सके । कहिले आफन्त को घर भेट घाटमा उतै हराइयो,कहिले साथी भाइ संग भेट घाट र रमाइलो गर्दैमा बिताइयो,कहिले चाड पर्वको नाममा लागेको सेल हेर्न एसो हाट बजार चाहर्दैमा बिताइयो। केहि दिन हप्ता भन्दा भन्दा हिजो देखि त वर्ष नै फरक लेख्नु पर्ने भयो। कहिले काही यसो सम्झन्छु यो समयलाइ समाउन सक्ने भए त?? सवैको ब्लग चाहार्यो नया नया विषय वस्तु पढ्न पाउछु त्यसैमा रमाउछु । मनमा यसो आफ्नो व्लगमा पनि कैलाशदिदीको भाषा सापट लिएर भन्नु पर्दा "खुराक" त हाल्न पर्ने सम्झन्छु तर कहिले काही खुराक नै सकेको सकेको जस्तो भान हुन्छ। हुनत आज भोलि म साह्रै अल्छे हुन थालेको छु । त्यसैले ब्लग अपडेट गर्न पनि नसकेको हो । आज धेरै दिन पश्चात जाँगर चलाए एसो घोत्लिए यो हप्ताको चहल पहल र यु के मा लागेको सेलले मेरो ध्यान आकर्सित गरायो।





वसन्त दाइले भन्नु भए जस्तै माहौल चाड पर्वको छ। आफ्नो आफ्नो देश आफ्नो आफ्नो परम्परा । अझ यो दोश्रो विश्व युद्द ताका नै विकाश भएको देशको त कुरै वेग्लै (अरुलाइ नभए पनि मेरो नजरमा) । यो हप्ता भर सेल (sale)ले निकै वजार ततायो । यहा हरेक वर्षको क्रिसमसको भोलि पल्ट ठुलो मेला लाग्दो रहेछ बसिंग डे को नाममा । जुन दिन हरेक माल समानमा ७० देखि ८० प्रतिशत सम्म छुट हुदो रहेछ । अन्य दिन लत्ताकपडा मै जारा, मनसुन, ह्यरोज, डी एन वाइ, वेन्सारमेन्ट जस्ता ब्रान्डेड सामानहरु सर्वसाधारणको पहुच भन्दा टाढा रहन्छ । साथै अन्यवेला नेक्स्ट,न्यु लुक, एच एण्ड एम, क्रिप्स जस्ता मध्यम स्तरमा पर्ने पसलहरु पनि यहाका गरिब तथा सर्व साधारणको पहुच भन्दा टाडै रहन्छ। तर त्यो दिन भने सम्पुर्ण पसलहरु सर्व साधारणले पनि किन्न सकिने मुल्यमा पाइने हुनाले मानिसहरु ठुल्ठुला सपिंग मलमा बिहानीको ५ बजे देखि नै लाइनमा लाग्दो रहेछ ।

खास गरि यो बेला लण्डनको मुख्य वजार अक्सफोर्ड सर्कस, पिकाडेलि सर्कस साथै वेस्टफिल्ड लगाएत अन्य सहरका मुख्य मुख्य पसलहरुमा धेरै भीड हुन्छन। वेस्टफिल्ड विश्वको ठुला व्यापारिक केन्द्र मध्य तेश्रो स्थानमा पर्ने रहेछ जुन ह्वाइट सिटीमा (यो विश्व प्रसिद्द वि वि सी टेलिभीजनको अगाडी पट्टि)अबस्थित छ। जहा एकै ठाउमा करिब एकसय एकानब्वे वटा ठुला ठुला पसल रहेका छन् । यस भन्दा वाहेक हरेक क्षेत्रको ठुला ठुला मानिने पसलहरुमा पनि उतिकै भीड लाग्ने रहेछ । यो भीड र त्यो दिनको किन मेल हेर्दा लाग्छ यहाका सर्व साधारण तथा गरिबहरु वर्ष भर यही दिनको पर्खाइमा वस्छन ।
हुनत हाम्रो नेपालमा पनि असन,न्युरोड,पाटन तिर दशैताका सेल नलाग्ने त हैनन तर पनि यहाको सेल र त्यहा को सेलमा निकै फरक देखिन्छ । आज बसिंग डे को आठौ दिन पनि सेलका नोटहरु टागीएकै छन् । एक महिना अघि देखिका यी नोटहरु अझै केहि दिन सम्म रहन्छन। बसिंग डे एक दिन ७० देखि ८० प्रतिशत सम्म रहेको यो छुट क्रमश घट्दै गै रहेको छ । बसिंग डे को दुइ तीन दिनमा यो ४० देखि ५० थियो अहिले २० देखि २५ प्रतिशत सम्म रहेको पाइन्छ । यसरी सरकारले नै सर्ब साधारण जनताको हितको निम्ति बसिंग डे मनाउने व्यवस्था गरेकोले पाइन्छ । यस्ता सामान्य लाग्ने तर गरिब तथा सर्व साधारणको निम्ति निकै महत्वपुर्ण हुने अन्य पनि केहि सुबिधाहरु सरकारले व्यवस्था गरेको छ जस्तै नया वर्षको अघिल्लो रात (न्यु इअर इभ)मा फायरवर्क हेर्न आउने लाखौ मानिसहरुको सुबिधाको निम्ति रातको ११ बजे देखि बिहान ४ बजे सम्म निसुल्क रेल सेवा उपलब्ध गराउछ भने भर रात रेल सन्चालनमा रहन्छन ।
यस्ता झिना मसिना लाग्ने केहि सुबिधाले पनि थुप्रै सहयोग पुगेको हुन्छ त्यसैले नेपालमा पनि यस्ता केहि सुविधाहरु सरकारले व्यवस्था गरि दिए कति जाति हुने थियो । नेपाली राजनेताहरुले अरुको सिको छिट्टै गर्ने हुदा यस्ता जनताको हितको लागि पनि केहि कदम चाली दिए कस्तो जाति हुने थियो । थोरै नै भए पनि गरिब निमुखाको लागि त राम्रै हुने हो तर बिडम्बना हाम्रो देश मा जहिले तहिले बन्द र हड्ताल गरेर सोझा साझा जनता नै मार मा मात्र पर्नु जानेको अवस्थामा खोइ क पो आस गर्नु र?? तै पनि आशा को त्यान्द्रो न हो मन मा जहिले पनि रही रहन्छ । आशा गरौ कुनै समय हाम्रो
पनि केहि होला ।

No comments: