Tuesday, January 19, 2010

पा

फिल्म को बारेमा कुरा नगरेको पनि धेरै दिन भै सकेछ त्यै भएर आज म फिल्म कै बारेमा गफ गर्न मन लग्यो । हुन त यो नया भने पक्कै होइन। यो करिब ३ महिना जति अगाडीको फिल्म नै हो तै पनि केहि गफ गर्ने जमर्को गरे यहाँ । खासमा आज भोलि केहि कुरामा ध्यान केन्द्रित हुन नसकेर पनि मैले पुरानो कुराहरु को याद कति दिमागमा बस्दो रहेछ भनेर जाच्न मन लागेर पनि यहाँ लेख्न बसेको छु ।
तालु चिन्ड़े आखामा गोलो गोलो चस्मा, वोल्दा जिब्रो घरि घरि लर्बरिने भएता पनि दिमाग भने निकै तेजिलो अरु साथीको भन्दा नि तेजिलो भएको, प्रोजेरिया नामक रोगले ग्रस्त एक १२ वर्षे वालक छन तर हेर्दा ६० ७० वर्षको झै देखिन्छन। उनि हुन ओरो, अमोल र बिद्याले(बुवा आमाले) एक यौबन अबस्थामा माया गर्दा गर्दै मनोरंजन गर्नेक्रममा भएको मिठो भुलको निशानी।कथा ओरोको वरिपरी घुमे ता पनि मान्छे हुन् मान्छेका धेरै चाहाना मनमा हुन्छन ति चाहना पुरा गर्दै जादा कता कता पुगिन्छ । कहाँ कहाँ भौतारिन पुग्छ कसै लाइ थाहा हुन्न त्यस्तै यहाँ पनि दुइ प्रेमी प्रेमिकाको कहानी जोडिन आइपुग्छ ।
बिद्या जो डाक्टर बन्ने धुनमा सहरमा पसेकी हुन्छिन भने पहिला देखि नै राजनैतिक बाताबरण मा हुर्केर अझै राजनीतिशास्त्रमा पढाई सकेर राजनीति क्षेत्रमा केहि योगदान दिने हिसाबले कलेजमा भर्ना भएका हुन्छन अमोल पनि । रहदा बस्दा झ्याम्मिएको मित्रता बिस्तारै बिस्तरी फैलिएर प्रेमी प्रेमिकाको रुपमा मुनाहरु टुसाउन थालेका हुन्छन दुबैको मनमा । युवा जोस मा होस् नपुराउदा कहिँ कतै दुर्घटना त पक्कै पनि निम्ताउछ जिबनमा त्यस्तै हुन्छ यी दुइबीच पनि । रहन्दा वस्दाको मनोरन्जन बिद्याको गर्भमा हुर्किन थाल्छ । अब अमोलले आफ्ना पढाई,बाकी जिबन र क्यारिएरलाइ सम्झन पुग्छन । अमोलले गर्भ पतन गर्ने सल्लाह दिन्छन बिद्यालाइ । ममतामायि आमाहरु जे सुकै भए पनि आफ्नो गर्भमा आइ सकेको सन्तानलाइ बिना कारण सजाय दिन चाहदैनन् तिनै मध्य कि एक हुन् विद्या जस्ले आफ्नो सन्तानकोनिर्मम हत्या गर्न चाहिनन् । बरु अमोलबाट टाडै बसेर आफ्ना कर्म पुरा गर्न अगाडी बढछन् तर समस्या हामी एसियन महिलाहरु प्राय सबैको एकै हुन्छ । बिना बाबुको सन्तान लिएर समाजमा बाच्नु भनेको भुमरीमा हामफाल्नु जतिकै हो तर पनि विद्या आफ्नो अडान नछोडी समाधानको खोजीमा आमा कहाँ पुग्छिन ।आमा पनि एक आमा नै भएको कारण सहयोगको हात र साथ दिन तयारी हुन्छिन । उता अमोल सँगको बिछोड को पिडा त छदै छ गहिरो कहिले नमेटिने गरि झन् आफ्नो पढाई पनि अगाडी बढाउने छ साथमा । यो बेला मा आफन्तहरुले मुख मोड़ीदिंदा गार्हो त पक्कै हुन्छ तर उनि संग एउटा साथ आमा भने हरदम सहयात्री भै दिन्छिन ।

ओरोलाइ आफ्ना वुवाको बारेमा केहि पनि थाहा हुन्न । उता अमोल पनि यो बिसयमा अन्जान नै हुन्छन किन भने १२ वर्ष सम्म ति दुइमा कुनै पनि सम्पर्क हुन सक्दैन । अमोल आफ्नो पढाई सकेर सक्रिय राजनैतिक कार्यकर्ता भै सकेका हुन्छन। यता बिद्या पनि डाक्टर भनेर आफु संगै औरोलाइ हुर्की रहेकी हुन्छिन तर अचानक एक दिन औरो जहाँ अध्यान गर्छन त्यहाँ एक कार्यक्रममा अमोल मुख्य अथितिको रुपमा आइ पुग्छन । जहाँ पुरस्कार थाप्ने औरो हुन्छ भने वितरण गर्ने उनका अन्जान पिता अमोल हुन्छन । यो एउटा अनौठो भेट हुन्छ जहा ओरोले जानेर गरेको नभै केहि नभेटेको बेला तेतिकै छोडेको काममा पुरस्कार पाएको हुन्छ ।
अनौठो बिमारको सिकारी भएका औरोले अमोलको हातबाट पुरस्कार पाए पछि मेडियाले खेदो गर्न थाल्छन जुन कुरा औरोलाइ मन पर्दैन । उसलाइ अरु साथीहरुले जिस्काएको पनि मन पर्दैन । येही झोकमा औरोले i hate you भनेर मेल गर्न पुग्छन त्यस पछि बाबु छोरा बीच फेरी सुमधुर सम्बन्ध बढ्न थालेको हुन्छ । यतिन्जेलमा पनि अमोल र औरो दुइलाइ केहि थाहा हुन्न उता विद्या र आमाले भने थाहा पाएका हुन्छन। अझै औरो र अमोल बीच रास्ट्रपति भवन जाने सम्म मिति तय भै सकेको हुन्छ।
औरो सपिंग मा व्यस्त हुन्छ भने यहि बेला अमोल को प्रतिद्वन्दी हरुले सबै जनता भाडाकाएर बदला लिनको लागि पत्रकार सम्मेलन गर्न थाल्छन । मिडिया ले नराम्रो तरिकाले अमोल लाइ फसौना खोजेको थाहा पाए पछि अमोलले पनि चालबाजी खेल्छन जसरि उनलाई फसाउन खोजेका थिए त्यहिँ तरिकाले अरुलाई टक्कर गर्न थाल्छन यिनै कारणले उनले औरो लाइ दिएको बाचा पुरा गर्न भुल्छ्न । उता औरो भने सबै साथी हरु संग बिदा मागेर घरमा आमा संग पनि नया लुगा किनेर तयारी परेका हुन्छन यसरि भनेको समयमा रास्ट्रपति भवन नालागेर फेरी एक पटक अमोलले औरोको दिल तोड्न पुग्छ ।
त्यस पछि औरो निकै निराश हुन्छन त्यस पछी बिध्यलाई वास्तविकता बताउन बाध्य पार्छ र उनले अमोल को बारेमा भनि दिन्छिन र सम्झाउछिना के गर्दा ठिक हुन्छ सोच्न पनि आग्रह गर्छिन। उनि रोग का कारण १२ वर्ष कै भए पनि धेरै बुज्झकी हुन्छन र सबै कुरा थाहा पाएर पनि थाहा नपाएझै गर्न थाल्छन । पछि पुन अमोलले फोन गरेर रास्ट्रपति भवन लैजाने कुरा गर्छन र जान्छन पनि तर पिसाब थाम्न नसकेको कारण भवन भित्र नपुगी नै फर्कन्छन त्यो कुरा २ दिन पछि मात्र अमोल ले थाहा पाउछन । रास्ट्रपति भवन जादा बाबु छोरा को केहि केहि dialogue पनि रमाइला छन ।

उता अमोलको बुवाले बिबाह को कुरा लिएर कराउन थाल्छन तै पनि बिबाह को रुची छैन भनेरै टारि रहन्छन । उनीहरु दिल्ली बाट फर्के पश्चात पुन औरोलाई बिमारी ले च्यापेको हुन्छ त्यही बेला अमोल भने एक भोज मा सामेल हुन्छन त्यहाँ खाने कुरामा खिचडी देखे पछि औरोको याद आउछ र फोन गर्छन बल्ल उनि बिरामी भएको थाहा पाउछ हतारिदै अस्पताल पुग्दा मात्र औरो बिद्या र उनको नजानिँदो भूलको निशानी भन्ने थाहा पाउछन अमोलले । त्यस पश्चात औरो र उसको हजुर आमा मिलेर दुइजनाको पुनर्मिलन गराउन धुमधाम उपाया खोज्न थाल्छन तर बिद्या भने पटक्कै तयारी हुदिनन । उता विद्या लाइ भेटे पछि अमोल पनि सके सम्म फकाउन खोज्छन । माफी मागी सके पछि पनि उनि सधै औरो संग नै अस्पतालमा रहन्छन । अमोल का पिता भने छोराको हर्कत देखि पागल हुन खोज्छन र अस्पतालमा नै लिन आइ पुग्छन तर त्यहाँ आइ पुग्दा उनको छोरो पनि छ भन्ने सुने पछि झन् अचम्ममा पर्छन ।
सवै जनता का सामु औरो मेरो छोरो होइन भन्न लाइ पत्रकार सम्मेलन गराउछन अमोल का पिता ले तर झन् अमोल ले सबै को सामु बिबाह प्रस्ताब गर्छन तर पनि विधा तयारी हुन्नन् पहिला भन्दा अलि जाति भएको औरो बाबु आमा लाइ मिलाउन नसके पछि फेरी बिरामी पर्छन यहि बिरामी परेको बेला उसको स्कुल को साथी हरु भेट्न आउछन जो केटि देखि औरो सार्है रिसाएका हुन्छन तिनले भेट्न आउदा पनि नबोली बस्छन तर ' जसले गल्ति गर्छन तिनी हरु गल्ति सहने भन्दा धेरै दुखि हुन्छन ' भने पछि औरोले उसकी आमालाइ हेर्छन । औरो को अन्तिम चाहना बा आमा को सात फेरो हेर्ने हुनाले रोगि छोरा को चाहना अगाडी विद्याको केहि जोर चल्दैन र बाध्य हुन्छिन अमोल संग मिलनको लागि र बल्ल दुइ को पुनर्मिलन हुन्छ तर औरो भने संसारबाट सधै सधैको लागि बिदा हुन्छन । एउटा सुखद अनि अर्को दुखद दुवै को समिश्रण हो पा ।
कथा वस्तु सरल नै भए पनि अभिनय मा प्रखर अमिताभ बच्चन लाइ नाम नहेरी हत्त पत्त चीन्न गार्हो छ अभिषेक र विधा बालन को पनि अभिनय बेजोड नै भन्न मिल्छ गितहरु खासै धेरै छैनन् तर पनि फिल्म राम्रै छ जे होस् करिब २ घण्टा को समय बिताउन खासै चर्को पर्दैन भनेको माया मा जसले पनि गल्ति गर्छन तिनी हरु पछि सम्म गल्ति गर्ने भन्दा धेरै दुखि हुन्छन भन्ने नै होला भन्ने मैले भुझेको छु । फिल्म बनाउनेहरु लाइ भने खासै केहि पनि नया कुरा छैन ।

2 comments:

बेदनाथ पुलामी ( उमेश ) said...

मनु जी समग्र मा फिलिम राम्रो रहेको रहेछ !
progeria disease सम्बन्धि पहिला मलाइ केहि थाह थिएन तर यो फिलिम हेरी सके पछी केहि कुरा अच्चम लाग्यो !
यो रोग ले ग्रस्त व्यक्ति सानो उमेर मै - उसको फेस बृद्र जस्तो देखिने , १३/१४ बर्ष भन्दा बढी नबाच्ने , अनि त्यस्ता व्यक्ति लाइ जुनसुकै बेला कुनै समस्या आउँ सक्छ , तर अनौठो कुरा तिनी हरुमा केहि न केहि ट्यालेनशिप भने हुदोरहेछ साथै अजिब रहर र इच्छा भएका हुने |
त्यसैले यो फिलिम हेरी सक्ने वितिकै मैले गुगल मा सर्च गरेर .... र यस सम्बन्धि अरु जानकारी लिएको थिए .....
http://www.youtube.com/watch?v=z_1I-xFTtGA

http://lifestyle.iloveindia.com/lounge/what-is-progeria-disease-7191.html

mgrgeen said...

bed jee dhanyabad tapai laai ho ni maile ta jhan sunekai thiana tyo rog ko baremaa maile pahilo choti herdaa nabujhera dosro patak herdaa matra bujhe. ani pachi maile pani google khoji gare praye testai hunchha re.