Tuesday, September 14, 2010

बन्द बन्द बन्द सबै तिर बन्द !

हड्ताल र सडक जामले सबै तिर सबैलाई सताउने भो उफ्...... ।

हरेक दिन चक्का जाम र आम हड्तालको रोग नेपालमा मात्र भोगेकी थिएँ । नेपाल छोडेर हिडेको करिव एक वर्षमा खासै जाम र हड्तालको खवर सुन्न र भोग्न परेको थिएन तर त्यही नेपालको रोग अब युकेमा पनि सरेको छ । करिव ४ महिना अगाडी ब्रिटिश एरलाईनले केही दिन बिरोधको कार्यक्रम अगाडी सारेर हडताल गरेका थिए त्यसबखत हजारौ यात्रुहरु बिचल्लिमा परेका थिए तै पनि पुरै बन्द भने गरेका थिएन । उनीहरुले कर्मचारीको कटौती गरेको साथै भत्ता तथा तलब कटौती गरेको बिरोधमा बन्द गरेका थिए । फेरी उनिहरुको माग पुरा भएन भने क्रिसमसको समयमा पुरै चक्काजाम गर्ने घोषणा गरेका छन । यदि पुरै बन्द गरे भने कतिको लागी गन्तब्य स्थान पुग्नमा कति बिजोक हुने हो थाहा छैन ।


त्यस पछि केही दिन अगाडी अन्डरग्राउण्ड रेलवे (ट्युव) सेवाले एक दिन पुरै स्ट्रयाक गरेको दिन हजारौ यात्रुहरुको बिजोक भएको थियो । उक्त बन्द पनि कर्मचारी कटौती गरेको तथा तलब घटाएको कै बारेमा थियो । युकेको नया सरकारको कार्यकाल सुरुभए पश्चात धेरै कुरामा पैसा बचाउने बहानामा धेरैको जागीर गइरहेको छ । जस्तै ठुलठुला सुपरमार्केट मै पनि कर्मचारी कम गर्नको लागी सेल्फ पेइङ सिस्टम राखेर ग्राहकहरु आफैले पैसा तिर्न मिल्ने सिस्टम बनाएका छन् भने उता सेक्युरीटीका लागी काम गरि रहेका कर्मचारीको ठाउमा पनि कर्मचारी घटाएर सबै ठाउमा सि सि टि भी जडान गरी एक वा दुइ जना मात्र कर्मचारी राखेका छन । रेलवे सेवामा कार्यरतहरुको पनि कर्मचारी घटाइएकै कारण बिरोधमा उत्रेका हुन् हुनत उनिहरुको माग पनि जायज नै छ । खाइ आइ रहेको जागीर जादा सबैलाई चिन्ता त पर्छ नै तर त्यसको मार यात्रु सबैले भोग्नु परेको छ । त्यस बन्दको दिन समयमा बस चढ्न नपाइने समयमा ठाउमा पुग्न नपाइने हुनाले कतिको जागिर नै गयो कतिले कति गाली खानु पर्यो त्यसको लेखाजोखा नै छैन ।

यसै गरी गत हप्ता मात्र ट्राभललजमा काम गर्ने कर्मचारीहरुले पनि एक दिन काम पुरै ठप्प पारे पछि ट्राभललजका म्यानेजरहरुलाई कर्मचारीहरुलाई सम्हाल्न हम्मे हम्मे परेको थियो । उनीहरुले बन्द गर्नुको कारण भने तलब (पैसा) कटौती गरेकोमा थियो । ट्राभललजमा काम गराउने कम्पनी परिवर्तन भएको कारण उनीहरुले सधै पाईरहेको तलव भन्दा कम पाउने हुनाले आन्दोलनमा उत्रेका थिए । अचम्म लाग्ने कुरा त यो छ कि दिनका दिन महँगी बढि रहेको छ काम गर्ने कर्मचारीहरुलाई भने काम गर्ने घण्टा र तलव घटाइ दिएर बिजोक बनाउन लागेको कारण नया कम्पनी जेनीकिङ्को को कर्मचारी र होटलमा कामगर्ने कर्मचारी बिच चर्का चर्की साथै काम नै ठप्प पारेका थिए । लगभग एकदिन दिनभर काम ठप्प पारेर आन्दोलनमा उत्रे पछि पुन साबिकको झै तलब दिने निर्णय गरेका छन् ।

हुदा हुदा बि बि सी टेलिभिजन सेन्टरमा पनि दुई चोटी गरी ४८ घण्टा बन्द तथा हडताल गर्ने भएको छ । उनिहरुले आउने अक्टोबर ५ र ६ तथा अक्टोबर १९ र २० मा बन्दको घोषणा गरेका छन् । तर त्यो भन्दा अगाडी अक्टोबर १ को दिन बैठक बस्ने जानकारी गराएका छन् । उनीहरुको स्ट्राइक भने पेन्सन र चोरी डकैती भरपुरको रहने भएको जानकारी हिजो मात्र गराएको छ ।

अब हेर्दै जाउ के के को बन्द हडताल हुने हो । नेपाली गोर्खाली (लाहुरे दाई) हरुको पनि कटौती गर्ने घोषणा गत हप्ता नै भनि सकेका छन्, सायद तिनले त हडताल नगर्लान की ? तर पनि केही भन्न सकिन्न । डेबिड क्यामरुन र निकलेगको सरकारले खासै गति लेला जस्तो देखिन्न । हजारौ जनतालाई रुवाएर अगाडी बढी रहेको सरकार कुन दिन ढल्ने हो कुन्नि थाहा छैन । सङ्का पनि लागेको छ कतै नेपालकै दशा त दोहोरिने हैन ? कतै फेरी ६ / ६ महिनामा प्रधान मन्त्रिको फेरबदल भइ रहने त हैन ? :)

जे होस सँसारभर आम हड्ताल र बन्दको मार हामी सर्व साधरणले झेल्नु पर्ने भएको छ सधै र सबै तिर । यो सबै तिरको जाम तथा बन्दले हात मुख जोड्न नै बन्द बनाउन लागेको छ ।

1 comment:

वेदनाथ पुलामी (उमेश ) said...

मुर्ख मानब भन्न नी लाज लाग्ने .... त्यहि मानब भन्ने शब्दले आफुलाई नी समेट्छ !
कुनै पनि जाम र हड्ताल जस्ता गतिविधिले प्रत्यक्ष भन्दा पनि अप्रत्यक्ष धेरै लाई नराम्रो असर पारि रहेको हुन्छ ! मनु जी !