Thursday, September 30, 2010

आयो टप्प टिप्यो लग्यो टारेर टर्दैन त्यो

यो ध्रुव सत्यकुरा नै हो की जिन्दगीको पानाहरु पल्टिदै जादा हरेक सुन्न र देख्न पाइन्छन् तर कति पय कुराहरु अपेक्षा भन्दा धेरै टाढाको हुन जान्छ त्यो बेला आश्चर्यले चकित हुन बाध्य हुन्छु म (यदि म गलत छुइन भने म मात्र हैन सबै जनालाइ यस्तै हुन्छ होला)। सम्झन्छु कहिले काही यो जीवन भन्ने चोलो पनि कसैको लागी कति लामो अनि कसैको लागी कति छोटो भएर आउछ यो किन यस्तो भएको होला? जे होस कति पय कुरा नसोचेकै भए पनि राम्रो हुन्छन भने कतिपय कुराहरु हृदय बिदारक नै ।

केही दिन अगाडी मात्र पुरानै भए पनि मेरो लागी नया एउटा नेपाली चलचित्र हेरेकी थिए वान डे, जुन चलचित्र लागु पदार्थ दुर्व्यसनीको बारेमा थियो । नेपालका युवा जमातमा चैत बैशाखमा फैलीएको डडेलो झै गरी फैलिरहेको लागु पदार्थ दुर्व्यसनीमा लागेका अझ हाम्रो बोलीचालीको भाषामा भन्ने हो भने कुलतमा फसेका युवाहरुको जीवनीलाइ राम्रो सँग सँगालेको थियो । त्यस्ता दुर्व्यसनी (कुलत)मा फसेका युवाहरु सँग कहिलै पनि सँगत नभएको कारण साच्चै अचम्म पनि लागेको थियो त्यसैले मेरा भाइहरुलाई सोधेकी थिए हैन साच्चै यस्तै हुन्छ त? (मेरो भाई यस्तोमा नफसे पनि उसका केही साथीहरु कुलतकै कारण ज्यान गुमाएको रहेछ त्यसैले उनीहरुलाई मलाइ भन्दा ज्यादा जानकारी भएको हुनाले सोधेकी हुँ)। हुन त म काठमाण्डौमा हुदा पनि एक जना समकक्षी साथी काठमाण्डौकै एक सुधारगृहमा काम गर्थिन उक्त समयमा पनि केही थोरै कुराहरु त सुनेकी थिए सुन्दा अचम्म लागेको थियो तर झण्डै झण्डै मैले उक्तकुराहरु बिर्सीसकेकी रहेछु । चलचित्रमा कुलतकै कारण पढाइ तथा अन्य अतिरिक्त कृयाकलापमा कति राम्रा राम्रा मानिसहरु पनि मगन्ते भएर आफ्नो बुवाको लासमा आगो लाउनु पर्दा पनि पैसा बिना नलगाउने अडाँन लिएको देखाइएको थियो, यस्तै कसैले आफ्नो ज्यान आफैले लिएको थियो । साथै कोही कोहि भने सुधार गृहमा लगेर सुधार भएको पनि देखाइएको थियो ।
लागुपदार्थको मात्र ज्यादा (ओभर डोज)भएको कारण कतिको मृत्यु हुने पनि सुनेकी थिए। धरान तिरका केही भाइहरु साथै काठमाण्डौ कै केही आफ्न्तहरुका आफन्तहरुमा पनि यस्तो घटना भएको कतै कतै सुनेकी थिए, मलाई यति अचम्म लागेको थियो कि मानिस आफैले आफ्नो त्यति सुन्दर जीवन ध्वस्त पार्नमा केही क्षण रमाइलो मनोरञ्जनको लागी हात हालेर सारा जीवन आगोको लप्कामा धकेल्छन् । यस्तै नराम्रो घटना आफ्नै आफन्तहरुको परिवारमा घटेको हुनाले आज यहा किबोर्डमा अौला नचाउन बाध्य छु म । करिव उन्नाइसौ बिसौ बसन्तको सँघारमा बल्ल पाइला टेक्न लागेको हाम्रो गाउको फूपुको एक मात्र सन्तान भाइको निधन भएको खबरले हामी सबै स्तब्ध छौँ । बाल्यकालमा बाबा आमाको माया ममता र स्नेहको जरुरत पर्छ सके सम्म सँगै बसेर माया दिन सक्नु पर्छ भन्ने हामी सबैलाई थाहा छ तर माया ममता र स्नेहका साथै उनिहरुको लालन पालन तथा शिक्षा दिक्षाको लागी अर्थको पनि उतिकै जरुरी पर्छ । उनै सन्तानको भविश्य उज्यालो बनाउनलाई पिताहरु परदेश लागे पश्चात बुबाको माया ममता कम भएको कारणले र आमाको लाड प्यारले पनि कतिपय नवजवानहरु कुलतमा फस्न पुग्छन ।
सायद हाम्रो भाइ आकाशलाई पनि त्यस्तै भयो होला, उनले बुझ्नु पर्ने थियो उनको बाबाले दुख गर्नु भएको सबै उनकै लागी थियो ........खैर सबै कुरा सबैले बुझि दिने भएको भए त यस्तो अनर्थ पनि हुने थिएन । एक मात्र सन्तानको रुपमा सँसार टेकेका उनले सानै उमेरबाट राम्रै स्कुलमा भर्ना भइ शिक्षा दिक्षा पाएका थिए । धनकुटामा भन्दा राम्रो पढाइ धरानमा हुन्छ भनेर धरानको मेरीगोल्ड प्राइमरी लगेर पढाउने कस्ट हाम्रो फुपुले गर्नु भयो । त्यहीबाट शिक्षाको उज्यालो लिदा लिदै बिजयपुर आवाशिय उच्च माध्यमिक विधालयबाट एस एल सी पनि उतिर्ण गरे । तर साथ साथै उनको जिवनको अध्यारो पनि त्यहिबाट बिजारोपन भएछ क्यारे । छोरा एक्लो धरान हुदा बिग्रन्छ भनेर धनकुटाको घर पनि एकजना सानो नानीको भरमा छाडेर धरान झर्नु भएकी फुपुलाई सँसार मै एक्लै बनाइ कहिलै नफर्किने बाटो लिएर गएछन । अझ सोझो भाषामा उनले कलिलो कलकलाउदो जिवन राम्रो सँग जीउन नपाइ नै प्राण त्यागेर गएछन । जाने त गइहाले तर यो धर्तीमा रहेका ममतामयी आमाको कोख सुन्य भएको छ यो खवरले हामी सबै मर्माहित भएका छौ । अव यो दुखको घडिमा शोक शन्तव्द परिवार जनमा धैर्यधारण गर्ने शक्ति भगवानले प्रदान गरुन भन्ने शव्द बाहेक मैले दिने कुरा केही देख्दिन । यत्रो पुनर्जीवनको केन्द्रहरु ठाउ ठाउमा भए पनि, वान डे चलचित्रका नायकहरुले झै हाम्रो भाइ आकाशले पुनर्जिवनकेन्द्रमा भर्ना हुन पाएको भए उनीहरु जस्तै सुध्रने थिए की भन्ने मनमा एउटा झिनो आशाको त्यान्द्रो मात्र छ म सँग ।
खैर मृतआत्माको चिरशान्तिको कामना पनि गर्नै पर्दो हो । जे सुकै भए पनि काल भन्ने चिज आयो टप्प टिप्यो लग्यो । हिजो सम्म यहि धर्तीमा थियो अव टाढा भयो । यही लागु पदार्थ दुर्व्यसनीका कारण हाम्रो हजारौ फुपुहरुको काख अझै कति रितिने हुन थाहा छैन । साथीहरुको लहै लहैमा लागेर कति भाईहरुले जीवन धुवामा उडाउने हुन थाहा छैन । आजभोली यस्ता कुराहरुको चेतना जगाउन हजारौ कार्यक्रम गर्दा पनि हाम्रा युवाहरु अझै किन तिनै बाटो पहिलाएर आफ्नो जीवन समाप्त गर्छन ?
होलान कति भाइ बहिनीहरु अहिले पनि यही पिडाबाट गुज्रीरहेका । हामी सबै मिलेर सके सम्म उनीहरुलाई माया र ममताको सहाराले कुलतबाट समय मै छुटकारा दिलाउने प्रयास गरौ । भोलीका दिनमा यस्ता आकाशहरुले फेरी पुनर्जीवन पाएर समाजमा उदाहरण बनेको कुराहरु पनि लेख्न पाउ ।

5 comments:

Anonymous said...

Janma dinu euta kura, janma linu arko kura... ek dam fark eutale dine ani arko le liney.

Janma pachi mrityu yo euta dhurba satya....

mero bhogai ka kehi haraf haru prustut garau hai taa nana:

kun ama le sahana sakcha ra afno kokh rithieako.. Ama mamata ko khani hun es ma dui mat hudai hunna.

Yeha sahi samaya maa sahi kura bhayena bhane... jahile pani yastai marmik katha ani kahani haru banne chan ani baninai rahane chan.

child hood deki teen age ma lagne bela... let's say the age from 13-19. ekdamai aparipakwa tara paripakwa huh bhanne ghamanda aune bela.

19 age mathi samaya gharkidai jane bela... career, girlfriend, responsibilities...

ho yo sab ko samisran nai jindagi ho(philosophical).... coming to the point.

yo dasak umer kaa youths haru maa jastai bhujne manche pani abhuj huncha.. mapanityastai sochthea ani sabaile yastai sochchan.( hajur kai bhasa maa sayad ma galai chuina bhane).

amako mamatale pani kehi garna sakdaina.. baba ko dukkha ko artha pani bhujindaina...bhavisya ko chinta pani nalagne haina...

ganthan manthan dherai garey....
sidhai niskarsa maa janu paryo..

psychology... and psychological change.... yo kura bhujera... yo age group ko youths harulai ek choti bhujudine ho bhane... kehi barsako antaral pachi... hajur ko ko satya kathaki patra ama jasta hajarau ama harule kokhe ghau liyera bachnu pardaina.

P.s. Movie , novel, story, drama le yo age grouplai kehi asar gardaina.

वेदनाथ पुलामी said...

यो दु:खद घडिमा शोक शन्तब्द परिवार (तपाइको फुपूको परिवार) मा धैर्यधारण गर्ने शक्ति भगवानले प्रदान गरुन भन्ने समवेदना प्रकट गर्दछु !
-------------
यो लागुप्रदाथले हजारौको अकालमा ज्यान लिएको कुरा यथार्थ हो मनु जी !
अनि एउटा असल अभिभावकले भौतिक सुख भन्दा आत्मिक सुख सन्तुष्टि लाइ मध्यनजर दिनु पर्ने हुन्छ ! किन कि सबै कुरा र इच्छाहरु पैसाले पुरा हुदैनन ! हामीले हाम्रो बच्चाहरुलाई राम्रो शिक्षा (चेतना ) र माया दिन सके मात्र उनीहरुको भविष्य उज्वल हुन्छ जस्तो लाग्छ मलाइ त !
यो सब हाम्रो समाजको दोष हो ! सस्कारको दोष हो - अनि केहि अभिभावक र उ स्वंम को पनि !
यस्ता कुरामा वृहत रुपमा जनचेतना जागाउनु नै उतम उपाय हो ! त्यसले केहि हद सम्म यो शिली कम गर्न सकिने थियो !

हुन् त भिरको गाइ लाइ राम राम भन्न सकिन्छ तर काध नै हाल्न त सकिन्न भनिन्छ नी ! त्यस्तै हो !

Anonymous said...

मनु जी तपाईं को ब्लक पठ्न पएकोमा धेरै खुशी लाग्यो आगामी दिन हरुमा पनि नयाँ लेख राचना हरु पा उने आशा को पर्खै म रहिरह्ने छु।
धन्यवाद
रमेश लामा (CRITICAL)

Ramesh lama said...

मनु जी तपाईं को ब्लक पठ्न पएकोमा धेरै खुशी लाग्यो आगामी दिन हरुमा पनि नयाँ लेख राचना हरु पा उने आशा को पर्खै म रहिरह्ने छु।
धन्यवाद
रमेश लामा

Anonymous said...

http://www.youtube.com/watch?v=E_zK7yCYTyE