Saturday, November 20, 2010

गुजारिस

निकै दिन भएको थियो कला र मनोरञ्जनको कुरा नगरीएको अनि ब्लगका लागी कैलाश दिदी र बसन्त दाईको भाकामा टासो तथा खुराक पनि नमिली रहेको बेलामा मैले एउटा जुक्ति निकाले । छिमेक मै बसे तापनि साथी सँग भेट नभएको पनि निकै महिना भै सकेको थियो उनले निकै दिन देखि भेट्ने बाहाना खोजि रहेकी थिइन मैले पनि । भेट्ने मेसो बनाउने मेरै काम भयो सोचे साथी सँग भेट्ने तर कहा जाने त लौ जा .... योजना बनाए आफु पनि मनोरञ्जन लिने साथै अन्य साथीहरुलाई पनि बाड्ने त्यसर्थ लाग्यौ हिजो शनिवारको मौका पारी सफारी (यो एउटा यहाको प्राइबेट जस्तै सिनेमा हल)। सस्तो र सरल हल भएकोले सफारी नै हाम्रो रोजाइ भयो गोलमाल ३ हेर्ने उनको चाहाना रहेछ तर मैले पहिले नै हेरी सकेकी हुनाले मैले फेरी रोजे गुजारिस। उनि पनि सहमत भइन। त्यही हिजो हामीले लिएको मनोरञ्जनको थोरै हिस्सा यहाहरु सामु बाड्न चाहेकी छु ।

सम्पुर्ण कुराको सुविधा भोग गरेर पनि धेरै कुराको अभावबाट जिवनका चौधौ बसन्त पार गर्नु चानचुने कुरा होइन। एउटा सकुसल मन तर अशक्त शरिर लिएर वाच्नुको पिडा जसले भोग्छ उसलाई मात्र थाहा हुन्छ यो कुरा जति सुकै पिडामा डुबे पनि पिडित बाहेक अन्यले त्यति महसुस गर्न सक्दैन भन्ने कुरा गुजारिसले देखाउन खोजीएको नया विषय हो ।

गुजारिस, एक अनुरोध (भगवान देखी लोकका सम्पुर्ण मानव प्रति मृत्यु पाउ भनि गरिएको आग्रह / अनुरोध) हो यो। एक ब्यक्ति जो आफ्नो जीवनको हरेक पलहरु एक बन्द कोठा भित्र बसेर बिताउनु पर्दाको पिडाले छटपटिएर अन्य ब्यक्ति सामु मृत्युको भिख मागिरहेका हुन्छन। अझ एउटा अनौठो विषय मानव अधिकार भित्र मानिसले आफुले चाहे अनुसार जिउन र मर्न पाउने अधिकार भित्र उसले आफ्नो मर्न पाउने अधिकारको माग गरेर अदालत सम्म मुद्दा दाएर गराएका हुन्छन तर सर्वोच्च अदालतले मर्न पाउने अधिकार उसमा निहित छैन भनि बादी पक्षको हार बनाइ फैसला सुनाइएको हुन्छ। तर त्यो कार्यमा सघाउने एक अर्को बस्तु हुन्छ माया । जस्ले बढी माया गरेको हुन्छ त्यो ब्यक्तिको पिडाबाट उसलाई छुटकारा दिन जस्तो सुकै कार्य गर्न पनि मायाले सँभव गराउछ । माया/प्रेम, द्वन्द, स्नेह, मित्रता रिस राग , हासो / रमाइलो सबै कुरा समेटिएको चलचित्र बनेको छ भनेर भन्न सकिन्छ । अथवा स्याड लभ स्टोरी नै भए पनि अन्य चलचित्रमा जस्तो धनि केटा वा धनि केटीको बिचको माया प्रेम र परिवारको सदस्यहरुको अस्विकृतिलाई तोडेर भाग्ने खालको कथा यसमा छैन । मौन प्रेम र समर्पण लाई चित्रण गर्न सफल छ गुजारिस ।




एक कुसल जादुगर साथै एक कुसल रेडीयो प्रस्तोता इथम म्यास्करन्साको पुर्व जिवनको पुराना पानाहरुलाई पल्टाइ कथा अगाडी बढाइएको छ गुजारिसमा । उनि पहिला देश भरिकै कुसल जादुगर भएका हुनाले आफ्नो प्रतिद्वन्दि तथा दुश्मनको चाल बाट जादु देखाउने क्रममा नराम्रो गरी दुर्घटनामा पारिएको हुन्छ । त्यस पछि उनले आफ्नै निवासबाट हरेक विहान प्रत्यक्ष टेलिफोनिङ कार्यक्रम चलाइ समस्या दर्शाउने श्रोताहरुलाई सहि समाधानको बाटो देखाइ लाखौ श्रोताको मन जिति रहेका कार्यक्रम सञ्चालक आफै भने प्यारालाइसिसले सताइएर उनहो शरिरको आधा भाग (कम्मर देखि मुनी ) साथै दुवैहात चलाउन नसक्ने हुन्छन। जादु कला प्रस्तुत गर्ने क्रममा भएको दुर्घटनाका कारण उनले आफ्नो आधा शरिर गुमाइएको हुन्छ। उनको लागी एक केएर टेकर नर्स छिन सोफिया (एस्वर्या) उनैको सहारामा बाँकी जिवन अगाडी बढाइ रहेको हुन्छ । उनि पनि एक विवाहित महिला भए पनि १२ बर्ष देखि लगातार सेवा गरि रहदा मनमा एक खालको नजानिदो माया झाँगेको हुन्छ इथम प्रति । मुखले माया प्रस्तुत नगरेता पनि उनको ब्यवहारबाट थाहा पाउन सकिन्छ यो कुरा। उनको मनमा अपाङ‍्ग एक असक्त इथमको लागी पलाएका मायाको टुसाकै कारण आफ्ना पति सँग छोडपत्रको लागी अपिल गरि सकेकी हुन्छिन ।




हिन्दी चलचित्रहरुमा एक विशेष प्रकारको रोगलाइ बिशेष जोड दिएर कथालाइ प्रस्तुत गर्ने लहर चलेको छ जस्तै पा मा प्रोजेरिया अर्थात कलिलै उमेरमा बृद्द झै देखिने र मृत्यु हुने , गजिनीमा एन्टेरोग्रा एम्नेसिया अर्थात सर्ट टर्म मेमोरी लस्ट, माइ नेम इज खानमा एस्पेरगेर सेन्ड्रोम साथै ब्लाक तथा तारे जमिनपरमा पनि एक अनौठो खालको रोगलाई मात्र केन्द्र बिन्दु बनाइएको पाइन्छ यसै गरी गुजारिसमा पनि मुख्य पात्र इथम (हृतिक) लाई प्यारालाइसिस भएको देखाइएको छ । प्यारालाइसिसको पिडाले केही गर्न नसके पछि बाच्ने मन पटक्कै नहुने र मर्न लाइ अपिल गरिने यसलाई चलचित्रमा इथनेसिया (euthanasia) भनिएको छ।

अर्को रमाइलो पक्ष के भने बैगुनीलाई गुणले मार्नु पर्छ भन्ने सन्देश पनि यसमा झल्किन्छ । चलचित्रमा एक अर्को ब्यक्ति छन जो इथमको जादुको फ्यान हुन्छन । उनि इथमलाई भेट्न आएका हुन्छन तर इथम भेट्नु अगाबै सोफियाबाट गुज्रेर अगाडि बढ्नु पर्ने हुन्छ तर त्यति सहज हुदैन वातावरण किन भने इथमले मर्नको लागी इजाजत माग्ने कुरा पत्र पत्रिकामा छापिइ सकेको हु्न्छ उक्त कुरा सोफियाले पनि त्यही बेला सुनेकी हुन्छिन। तर पनि जवर्जस्ति घरमा छिरेर लुकेरै भए पनि उसले इथमलाई भेट्छन । उसलाई देख्ने बित्तिकै चिन्न सफल हुन्छन र कोठाबाट निकाल्नै लाग्दा उसले आफू सात बर्षको हुदा लिएको अटो ग्राफको सहायताले इथमको मन पगाल्न सफल हुन्छ । उसले अरु भन्दा पनि कला साधना सिक्ने जोस देखाएका हुनाले दुश्मनकै छोरो हो भन्ने थाहा हुदा हुदै पनि चेला बनाउन तयार हुन्छन र आफ्नै घरमा आश्रय दिइ आफ्नो जादुका सम्पुर्ण कला सिकाउछन् । अन्त्यमा उनले इथमबाट सम्पुर्ण जादुकला सिकिसके पछि भन्न लागेका हुन्छन तर सबैकुरा इथम आफैले भनि दिए पछि उ आफै छक्क परेर हेर्छन । इथमको यो सम्पुर्ण ब्यवहार देखि आफ्नो गल्तिको महशुस उनकै मिल्ने साथीलाई पनि हुन जान्छ र आत्मग्लानिले पोले पछि पश्चातापको आगोमा पस्दै भए पनि उही इथमको विहानी रेडियो कार्यक्रममा फोन गरी माफि माग्छन । दर्शकहरु यतिन्जेल सम्म इथमको दुर्घटनाबारे बेखवर नै हुन्छन। करिव करिव चलचित्रको तिन चौथाइ भाग सकिदा बल्ल इथमको एक्सिडेन्टको पर्दा खुल्छ नत्र किन र कसरी दुर्घटना भो कसरी उनलाइ प्यारालाइसिस भयो भन्ने नै थाहा हुदैन ।

स्पानिस फिल्म मार एदेन्त्रो (द सि इन्साड) को हु बहु कपि गरिएको भनेता पनि हिन्दी चलचित्रहरुमा राम्रो प्रगतिको नमुना देख्न पाइन्छ यहा। अग्रेजी चलचित्रकै कपि गरेर भए पनि नेपाली चलचित्रको तुलनामा हिन्दी चलचित्रले निकै नै प्रगति गरेको छ । अन्य चलचित्रको नक्कल गरेरै भएपनि राम्रो काम गर्न सक्नु पर्छ, यो कुरा गुजारिसले पुस्ट्याइएको छ भन्न सकिन्छ । उत्कृष्ट कला सँवाद, विश्व सुन्दरी तथा चर्चित अभिनेत्रि एस्वर्या राय तथा चर्चित अभिनेता हृतिक रोशनको शसक्त अभिनय ले जो सुकैलाई पनि तीन घन्टा बिताउन गाह्रो पर्दैन । उनको पहिल्यै देखीको नाँचको प्रसँसा त छदैछ एक अशक्त ब्यक्तिको रुपमा गरिएको अभिनय साच्चै दमदार छ । अभिनेत्री एस्वर्याको पनि कुनै कुरामा कमि छैन ।

कथा सान्दर्भिक छोटो छोटो गितहरुले पनि अझ सुन्दर वनाइएको छ। गोवाको सुन्दर तथा मनमोहक दृस्यहरुलाई कैद गरेर पर्दामा उतार्न तथा घर भित्रको सजावट देखि घर वरिपरिको वातावरणमा पनि निकै ध्यान दिइएको छ यसर्थ निर्देशकिय पक्ष पनि निकै शसक्त छ भन्न सकिन्छ । आजभोलीका नया चलचित्रहरुमा अस्लिल दृश्यहरु छ्यापछ्याप्ती राख्दा मात्र चलचित्र हिट हुन्छ भन्ने खालको मनोभावनालाई लपेट्दै सामान्य पहिरण तथा दृश्यहरु राखेर पनि राम्रो चलचित्र बनाउन सकिन्छ भन्ने सन्देश यसले दिन सक्छ ।


हरेक फिल्महरु कुनै न कुनै आरोपबाट मुक्त भने छैनन यसमा पनि केही कमजोरीहरु छन जस्तै इथमलाई कति गर्दा पनि चुरोटको अम्मली बाट छुटकारा गराउन नसके पछि साथै इथमलाई खुसी राख्नको लागी केयर टेकर सोफिया (एस्वेर्या) ले चुरोटको धुवा बुङबुङति उडाइएको दृश्य पहिले देखीनै बिवादमा परेको सुनिन्छ। खास गरि अहिलेको युवाहरुमा आफ्ना मन पर्ने हिरो हिरोइनको सिको गरेर चुरोट खाने बानि गर्ला भन्नु अलि हास उठ्दो नै लाग्छ मलाइ भने । एस्वर्याले खादा चाही नराम्रो सन्देश जाने तर हृतिकले पनि त खाई नै रहेका छन् उनका पनि त थुप्रै फ्यानहरु होलान उनले खादा चाही केही असर नगर्ला भनेर हामीले कसरी ठोकुवा गर्ने?


जे होस ! इथमलाई ज जस्ले ज्यादै धेरै माया गरेका हुन्छन उनिहरु सबै विस्तारै इथमको पक्षमा आउछन । तर इथमको मर्ने कुरालाई सहमत जनाएकै राति इथमकी आमाको पक्षघातका कारण मृत्यु हुन्छ । १२ वर्ष सम्म गुमनाम रहेकी भुतपुर्व प्रेमीकाले पनि उनको बचन तोडेर फोनमा कुरा गर्छिन साथै सहमति हुन्छिन। अन्तमा विवाहित सोफियाको छोडपत्र हुन्छ । इथमलाई मर्नको लागी अदालतले नदिएको इजाजत उनिले दिएर सहयोग गर्ने कुरा इथमलाई सुनाए पछि इथमलाई सोफियाले कति धेरै माया गर्दो रहेछ भन्ने कुरा थाहा पाउछ । जिवनको अन्तिम घडिमा आएर उनलाई बिवाहको प्रस्ताव गर्छन विवाह गर्छन र सोफियालाई श्रीमतिको दर्जामा राखेर अन्तिम जन्मदिनको पार्टी मनाउछन जहा उनको साथीहरु डक्टर तथा सुसारे सबै जनालाई धन्यवाद दिन पनि भ्याउछन । यसरी एउटा दुखान्तमा कथाको अन्त्य हुन्छ । कथाबस्तु तथा त्यहा राखिएका दृष्यहरुले गर्दा मन लोभिन्छ । समग्रमा अति नै उत्कृष्ठ नभए पनि राम्रो बनेको छ ।

तर ......जति सुकै राम्रो भएता पनि अर्काको भाषामा बनेको, अर्काको देशको ख्यातिलाई हामिले सलाम गरिरहनु पर्दा मनमा एउटा नमिठो दुखाइ बस्दो रहेछ। एउटा आफ्नै खालको मनमा खड्को बसि रहेको हुन्छ कि यस्तै स्तरिय चलचित्र नेपाली रङ्गमञ्चमा कहिले बन्ने होला ? बनि सके पनि हामि जस्ता देश वाहिर रहेका नेपालिहरुले रिलिज भएको हप्ता दिन तथा दुइहप्ता भित्र नै कहिले हेर्न पाइएला ? सायद बन्न पनि थालि सके होलान तर अन्तर्रराष्ट्रिय तहमा जस्तै सजिलै कुनै पनि इन्टरनेटको साइडमा भेट्न नपाइने हुनाले चलचित्र बनेको एक बर्ष सम्म कुरी रहनुको पिडा आफ्नै ठाउमा छदै छ । त्यसैले नेपाली सिनेजगतले पनि चाडै नै केही फरक र राम्रो चलचित्र बनाउन सकुन । हामीले पनि विश्व शामु हाम्रो पनि यो स्तरको चलचित्र थोरै लगानीमा बनाउन सकेका छौ भनेर भन्न पाउँ। वस् इतनिसि गुजारिस है मेरी उर्फ हिन्दी मै बोलिएछ मेरो सानो बिन्ति यति नै हो ।
जदौ ।

1 comment:

Jotare Dhaiba said...

Nice review Manu jee.
I also enjoyed that movie. Excellent story, screenplay and cinematography. There is no any boundary in Arts Manu jee. We have to keep our nationality in our heart, not on foot.