Saturday, December 11, 2010

कविता

भन्थे सधै तिमी नै हौ मेरो आधा जिन्दगी
अनि तिमी नै मेरो बाच्ने आधार पनि
तिमी पाए हुन्थ्यो मेरो जिवन साकार पनि
टाढा छु कोशौ तिमी देखी आज
यो दिल तिम्रै हो मन मात्र हो मेरो
त्यसैले दोहोराउदै छु बिन्ति मेरो
तिमीले नै बुझ्दैनौ मेरो मुटुलाई
यो दिल यो जोवन मेरो तिम्रै लागी हो
विश्वास गर यो खाली सिउदो तिम्रै लागी हो
सम्झना आइ रहन्छ तिमी सँगका ति दिनहरु
अनुत्तरीत छु अझै किन यसरी साथ छोडी गयौ
गरेका बाचा बन्धन एकै चोटी तोडी गयौ
ब्यर्थ छ तिमी बिनाको यो मेरो जिवन
त्यसैले फेरी पनि भन्छु आउन मेरो जीवनमा
विताउने छु यो पल तिम्रै आगमनको पर्खाइमा

No comments: