Tuesday, November 24, 2015
103 days of blockades
Monday, November 2, 2015
जीवन
असहज र व्याकुलता भित्रको अन्तरद्वन्दमा फस्दै थिए
Monday, May 13, 2013
Monday, July 25, 2011
जीवन
जीन्दगीको लडाईं लड्दै पड्दै जिवनलाइ खोज्दै थिए
कहिले अर्काको लागि त कहिले आफ्नै पहिचानको लागि किन नहोस
असहज र व्याकुलता भित्रको अन्तरद्वन्दमा फस्दै थिए
Saturday, December 11, 2010
कविता
अनि तिमी नै मेरो बाच्ने आधार पनि
तिमी पाए हुन्थ्यो मेरो जिवन साकार पनि
टाढा छु कोशौ तिमी देखी आज
यो दिल तिम्रै हो मन मात्र हो मेरो
त्यसैले दोहोराउदै छु बिन्ति मेरो
तिमीले नै बुझ्दैनौ मेरो मुटुलाई
यो दिल यो जोवन मेरो तिम्रै लागी हो
विश्वास गर यो खाली सिउदो तिम्रै लागी हो
सम्झना आइ रहन्छ तिमी सँगका ति दिनहरु
अनुत्तरीत छु अझै किन यसरी साथ छोडी गयौ
गरेका बाचा बन्धन एकै चोटी तोडी गयौ
ब्यर्थ छ तिमी बिनाको यो मेरो जिवन
त्यसैले फेरी पनि भन्छु आउन मेरो जीवनमा
विताउने छु यो पल तिम्रै आगमनको पर्खाइमा
Thursday, October 14, 2010
मानस पटलमा उब्जिएका अनुभुतिका सृजनाहरु
भौतिक बादी मनहरु त्यसै त्यसै भौतारिदो रहेछ
अशख्य अनुतरित प्रश्नको बोझले पिरोलि दिदा
तन त्यसै त्यसै अशान्तिका पहाड उक्लिदो रहेछ
माया नामको जालले अनायासै पासो हालेर अल्झाई दिदा
आधी बेहरीको तुफान खै कताबाट आफै मडारिदो रहेछ
आन्तरिक द्वन्दको आसिम आकृति ज्वारभाटा बनि निस्कि दिदा
आस्था विश्वास र भरोसा माथीको समिश्रण कता कता बदलिदो रहेछ
जैविक गतिविधी भित्रका चिन्तन र मननले मन पिरोलि दिदा
समाजका दर्शन र आदर्श जस्ता मृगतृष्णाहरु भ्रममा बद्लिदो रहेछ
अन्तरमनका अशिमित चाहानाहरुको पुन्तुरोहरु अनायासै खोलिदा
विवेक शुन्य मनहरुले अहँकार मच्चाउदै अनुभुतिका रँगहरु टुक्राउदो रहेछ
बिवेक शुन्य मनहरु माझ अहँकारको हुडाँर डकार गर्दै गर्दा
जिवनका आवर्तन र परावर्तनको सँयुक्त रुप प्रतिविम्वित हुदो रहेछ
हजार स्मृतिहरु मानसपटलमा युद्द मैदान बनाई गस्ति गर्न थालि दिदा
सपना बनि हठाथ जिन्दगीले आफैलाई ब्यँग्य हान्दो रहेछ ।
Monday, July 12, 2010
जिन्दगी
भित्र भित्र जलेर खरानी भो जिन्दगी
आधा गन्तब्य मै प्लास्टिक्सको थोत्रो चप्पल झै
फ्याट्ट च्यातिएर जाने नै भो जिन्दगी
माया माया भन्दा भन्दा
यसैको रापमा सेकीएर खरानि भो जिन्दगी
हिउद बर्षा जाडो र गर्मी
घाम पानीको तापमा सेकीएर खग्रास भो जिन्दगी
भोलिका सुन्दर दिनको कल्पना गर्दा
पुरै एक जिवन वित्ने भो निराशामा बसेर आफ्नै बन्दगी

फोटो सौजन्य नेपाल जर्मन डटकम बाट
Friday, June 18, 2010
याद
अति निष्ठुरि नै बनि बस्यौ तिमी त्यहा जैले तैले
धेरै दिन पछि सम्झनाका पोकाहरु आज फोरे मैले
यहि निहुमा मनका भाव दुइ चार हरफ कोरे मैले
ढुँगालाइ नै नौनि बनाइ पगाल्ने सोच बनाइन कैले
समयले डाडा काट्यो बल्ल पछुतो लाग्दैछ निकै एेले
बिश्वास धेरै गरेकि या मायै गर्न जानिन कुन्नि मैले
टाढा रहि सम्झनाका कुइनेटामा बिताए समय धेरै पैले
यहि निहुमा मनका भाव दुइ चार हरफ बनाइ कोरे मैले
Tuesday, April 13, 2010
नयाँ बर्ष
नया उमंग नया जोश नया बिहानी संगै
नया पालुवा साथै नया बिचार लिएर
बिगतमा शुभपलहरु खोसिये पनि
हामीले हिम्मत हार्नु भने पक्कै हुन्न
एक दिन खोसिएका ती शुभ दिन आउने छन पक्कै फर्केर
हिजो हामी पिल्सिएका थियौ तर
आशा गरौ आउने दिन शुभ हुनेछन
हाम्रा अधरका मेटियेका खुशीहरु आउने छन एक दिन फर्केर
जब कि पुराना बर्षहरु हामीसँग दुखित भएर बिलाए
अब अन्तरात्माबाट पुकारा गरौ
नया सालको शुभकामना संगै शुभ पल को पनि कामना गरौ
खुशी मनाऔ सधै सधै देश र जनता सबैको हितको लागी
प्रतिक्षारत बनौ आउने अरु नयाँ बर्षको
जून सधै शुभ शुभ रहनेछन सोचे भन्दा शुभ
त्यसैले आउनुस ---खुलेर स्वागत गरौ नया बर्षको
शैशवकाल लिएर आएको छ
एउटा नया बिहानी, एउटा फेरी नया बर्ष
यो बर्षलाई नयाँ इतिहास बनाउ
आशा गरौ यो बर्ष साचै नया बन्ने छ
बसंतको पलुवा झै हरियाली बनेर
हरेक नेपालीको मन मस्तिस्कमा छाउने छ
नकी नया नेपाल जस्तो
यो नया बर्ष साचै नया बन्नेछ
यो नया बर्ष सचिकैको नया बर्ष भएर जानेछ
Monday, February 1, 2010
नदि जस्तै म
बाटो भुलेर आफै अल्मलिएँको छु!
सर्वस्व सुम्पेर आँखा चिम्लेर उफ्रन्दा
माखे साँङलोको जन्जरमा फसेको छु
सँसार आआफ्नो छ
ताल, सुर आफ्नो छ
खाली बिजिनेस बिजिनेसको छाल उर्लेको छ
मान्छे माथि मान्छे चढ्न उक्साउँदै छन् मान्छेहरु
उत्सर्गका लागि पालो पर्खदै छन् मान्छेहरु
चीत्कार थिच्दै जयजयकार उर्लेको छ ज्वालामा
म बिचैमा निथुक्क भिजेर एकछिन रोकिएको छु !
उड्ने आकासतिर
बग्दाबग्दै रोकिएर रमिता हेर्दैछु म एकछिन !
बिदेसिनेको हुल देखेर म त्यहा भित्र हराउदै छु
मर्नु बाँच्नुको दोसाँधमा
अनि
बग्नु नबग्नुको दोधारमा फसेर
मान्छेले उचाल्नु धकेल्नुको अर्थ नबुझेर
अहिले म अल्मलिएको छु
दोभान नभेटेर दोधारमा
आज अचानक नमिठो सँग ठोक्किएको छु
अगाडी बढ्ने बाटो नदेखेर अक्मक्किएको छु,
मन भरि पिडा र वेदना बोकी छट्पटिएको छु!
आफ्नो धरातल बिर्सदा कता जाउ भनि बिचैमा ठिङ्ग उभिएको छु!
Tuesday, December 15, 2009
नेपाल प्यारो छ
तर म देख्छु यो त दिन दिनै रातो भएको छ
किन भनी प्रश्न गर्छौ भने
म भन्छु त्यसमा नेपालीहरुको रगतको छिटो लागेको छ
लाखौँ नेपाली त्यही हिमालको आडमा
लुकी रहदा अनायासै मृत्यु वरण गर्न पुगेको छ
भन्छौ तिमी सूर्य तातो छ
तर म भन्छु त्यो त सेलाएर चिसो भै सकेको छ
तातो ताप त पृथ्वीमा मान्छेको भिड भएर
त्यसको वाफले तातो भएको छ
मानीस धेरै अहङ्कारी भै उसको आत्मा त्यसै
त्यसै जलेर तातो भएको छ
भन्छौ तिमी नेपाल राम्रो छ
तर म देख्छु नेपाल त भ्रष्टाचारीहरुले खोक्रो बनाएको छ
दुष्ट मानीसहरुले भित्रभित्रै सकाएको छ
नेपाल एउटा कुहिएको फर्सी जस्तो मात्र भएको छ
तर पनि नेपाल प्यारो छ
किनकी यहा मलाई जन्म दिने मेरी आमा जन्मनु भएको छ
यहा मलाई कर्म सिकाउने बुबा रहनुभएको छ
खोलाहरु सुसेली हाल्दै अनवरत बगिरहेका छन्
ती निर्दोष हिमालहरु रगतका फोहोरी छिटा बोकेरै भए पनि
ङिच्च दात देखाई ठिङ्ग उभिदिएकै छन्
नेपाल ठगै ठग र चोरै चोरले सँकटमा परेको छ
तर पनि नेपाल अझै प्यारो छ
किनकी भेडेटार, वन्दीपुर, धम्पुस, नगरकोट साथै
टेम्के, श्री अन्तु, सिरुवारी मनभरि व्यथा बोकेरै भए पनि
हामी दुष्ट मानव जातिको आत्मामा मलम लगाउन तयार भै रहेकै छन्
त्यसैले त नेपाल प्यारो छ ।
जस्तो सुकै भए पनि नेपाल प्यारो छ ।
(नोट:स्मरन रहोस यो कविता मैले करीव दश महिना जति अगाडी नै कलेज कलमको लागी लेखेकी हुँ तर खै आज फेरी पनि कता कता नेपालको सम्झना आयो त्यही भएर फेरी एक पटक मेरै ब्लगमा पोष्ट गर्ने जमर्को गरे)
Friday, November 27, 2009
देशको अवस्था
हैन आजभोली नेपालमा के भाको ?
गर्नु पर्नेकाम छोडी के के गर्छन के के गर्छन ।
आफ्नो पसिनाको कमाइ भए पो लोभ गर्नु?
मन्त्रीहरुले एकै दिनमा करोडौको खर्च गर्छन।
गर्नु पर्ने काम कति हो कति नेताहरु
भ्रष्टाचार मात्र कति गर्छन कति गर्छन।
मर्न पर्ने नेताहरु मर्या हैन गाँठे
सोझा जनताका छोरा छोरी कति मर्छन कति मर्छन।
काम कुरो गर्या केही हैन सभासदहरु
हावामा हाजीर गरी भर्पाइ मात्र कति भर्छन कति भर्छन।
एउटा रोगको निदान गर्न सक्या हैन कहिले
अव स्वाइनफ्लु नै कतिलाइ सर्छन कतिलाइ सर्छन।
एउटा जावो सियो बनाउन सक्या हैन आफ्नो देशमा
गफ र फुर्ती भने कति गर्छन कति गर्छन।
यस्तै हो भने यो देशमा अझै दश वर्ष भित्रमा
बम र बारुदको गोला कति झर्छन कति झर्छन ।
अझै पनि सोझा निमुखाका सन्ततीहरु
विनाकालमा कति मर्छन कति मर्छन ।
कठै ति विचरा कोखहरु विना कारण
रित्तिदे जादा विलौनै नाथे त कति गर्छन कति गर्छन
Monday, July 27, 2009
कबिता
काठमाडौंको भिडभाड सडकमा
मेरो यात्रालाइ निरन्तरता दिइ रहेछु
सुकुम्वासी झुप्रो त कहिले महलमा
बिस्तारै बिस्तारै पाइला बढाइ रहेछु
चक्का जाम र सडक आन्दोलनको चहल पहलमा
आफुलाइ सुरक्षित राख्ने ठाउ खोजी रहेछु
थाहा छैन यो गन्तव्य बिहिन यात्राको समाप्ति संगै
म आफु कसरी र कहा पुगी रहेकी छु
वरिपरि अशान्ति हिंसा छरिएको बेला
सिहंदरबारको टालिएको कानको अपरेशन गर्दैछु
अन्धकार र सुनसान कहाली लाग्दो सडकमा
अभावको जीवन संगै उन्माद हाँसोको फोहरा फुटाइ रहेछु
नारी अस्मीता र पहिचानको खोजीमा
आफै संग हजारौ अनुत्तरित प्रश्न संगालि रहेछु
अधिकार प्राप्ति र स्वतन्त्रताको आशामा
बिच गल्लीमा कुहिरोको काग झै रुमल्ली रहेछु
चर्को मंहगी र अभावको मारले रुग्न शरीर लिएर
आफ्नै जीवन जुवाको कौडीमा बाजी थापिरहेछु
कालोबादलको काखमा मडारिदै बस्तुहरुमा
रुपान्तरित हुदै बागमतिमा फोहोरको थुप्रो सँग
मिसिएर धमिलो वर्षे झरिको भेल बाढि संगै बगि रहेछु
मनमा भने काठमाडौ लगाएत नेपालभुमी भरि चाडै दिगो शान्ति
आउने झिनो आसको त्यान्द्रोलाई काख च्यापी नै रहेको छु ।
Wednesday, May 6, 2009
म
खै किन हो कुन्नी कुराहरु मनमै राख्न थालेको छु
पहाड चढ्ने यी पाइलाहरु त्यसै त्यसै गलेर
अगाडी पटक्कै नबढ्ने निश्चय गर्न थालेको छु
नयाँ सडक नयाँ मान्छे खोज्न थालेको छु
लक्ष बिहिनको गन्तव्य रोज्नु थालेको छु
यसैले होला बेचैनीले दिल गाल्न थालेको छु
भित्र भित्रै आफैलाइ पोल्ने पिडा पाल्न थालेको छु
बर्सौ देखी भगवानको नाममा लाख बत्ती बाल्न थालेको छु
आस्तिक होइन म मानवताको सिमा ढाल्न थालेको छु
सुन्दर सपनामा लिप्त भै आफैले आफैलाइ भुल्न थालेको छु
थाहै नपाइ आफ्नै संसारबाट भौतारिदै हराउन थालेको छु
यसैमा
म स्वार्थी मान्छे
मान्छेको लागी मैले गाली बेचेछु
पैसाको लागी मैले बाली बेचेछु
धन्दा नगर्नुस कहिले काही
खुला सडकमा ताली पनि बेचेछु
म पागल मान्छे
पागलपन मै बिलासीए छु
यही खोजमा भौतारीए छु
त्यस्तैमा कहिले काहि
निन्द्राको तन्द्रा बिचमै बौलाए छु
म फोहोरी मान्छे
बलेसी मै बसि रात काटेछु
बाग्मती मै माया प्रेम साटेछु
के नै भयो र कहिले काही न हो
साथी भाइ बिचमै फाटेछु
म झुटो मान्छे
जंगलमा बस्दा धेरै डोरीहरु बाटेछु
हुदा हुदा दुनियालाइ धेरै ढाटेछु
के नै पो बिग्रीएको छ र यहा
भनेको त आफ्नै खुट्टा आफैले पो काटेछु
Monday, May 4, 2009
कबिता
बचन माग बचन दिन्छु
माया माग माया दिन्छु
आखिर झुटको खेती न हो
मागेर त हेर सितलता दिने
बृक्ष सहितको छाया दिन्छु ।
जीवन माग जीवन दिन्छु
जोवन माग जोवन दिन्छु
आखिर झुटको खेती न हो
मागेर त हेर ताल परेमा
मायाको दोमन दिन्छु ।
सुख माग सुख दिन्छु
खुसी माग सारा खुसी दिन्छु
आखिर झुटको खेती न हो
मागेर त हेर जीन्दगीको
यात्रा सँगै तिम्रै नाममा बन्दग बसी दिन्छु ।
Tuesday, April 28, 2009
मेरै मनको गन्थन
प्रयास अनुचित नठान
वास्तबिकता कसैको पेवा होइन
आफुलाइ असफल कहिल्यै नठान
सफलता कसैको मुट्ठी मा छैन
एकछिन थकाइ मारे । मेरा गुरुले पढ्न रुचाउनु भएको जस्तो कबिता त नफुर्ने नै भो अहिले तर पक्कै पनि प्रयास अनुचित हुदै हुन्न, म पनि आफुलाइ यति सानो प्रयासमा असफल मान्दै मान्दिन । त्यसैले निर्णय लिए सधै सबैले किन हरियाली बसन्तमात्र रोज्नु?? कहिले काही त पिडादायी कुरा पनि सिर्जना बन्न सक्छ । अनि फुर्यो मनमा एउटा बिरहका भाका ।
चाहाना त एउटा कल्पित इच्छामात्र हो
सम्झनालाइ नै वास्तबिकता ठान
मिलन त हाम्रो हुरीको धक्का मात्र हो
पिडा दायी बिछोडलाइ नै सत्य मान
यो पनि एउटा साहित्य कै सिर्जना हो । यसलाइ किन अगाडि नसार्ने ?? कैलाश दिदीको भाका सापट लिएर भन्नु पर्दा जे पर्ला पर्ला ठेली दिए म सर्जक भएको नाताले दुइचार हरफ सिर्जनाका रुपमा । अरुका लागी यो कबिता नभए पनि मेरा लागी यि नै कबिता यि नै साहित्य अनि यी नै भए मुक्तक
कहाली लाग्दो रैछ आफ्नै जीवनबाट
यो भिडहरुमा एक्लीएर गए पछि
हार खाइन्दो रहेछ गन्तब्य बिहिन यात्राबाट
दोवाटोमा पुगेर रुमल्लीए पछि
अभिसाप नै बन्दो रहेछ जीवन
त्यसै कसम खादै देबी देउराली भाके पछि
अर्थ यसरी लाग्दो रहेछ जीवनको
धोका र तिरस्कार खाए पछि
मुल्य हिन आशु नै बन्दो रहेछ
यसरी हृदयमा चोट लागे पछि
यि माथीका हरफलाइ आफुले कबिता माने । अन्तमा फेरी जानि नजानि दुख कै मुक्तक पनि कोर्न मन लाग्यो
भुल्न खोज्छु सवैकुरा
अतितआइ अल्झि दिन्छ
अधर खोली हासु भन्छु
पीडा सधै बल्झि दिन्छ
यो अन्तिम अंश अपुरै छोडि दिए मेरो ब्लगमा पाल्नुहुने मित्रहरुले यस भन्दा मुनीका हरफ बनाउन सघाइ दिनु हुन्छ की भनेर ।
Tuesday, March 31, 2009
चौतारिमा आइतबारे साहित्यिक महोत्सब
सधै झैं घडिको चक्रले तीन बजायो सम्पूर्ण स्रोताहरु जम्मा भइ सकेका थिए । संगिता पाण्डे दिदीद्वारा कार्यक्रम सुरु भएको संखघोस गर्नु भएको थाहा पाइ म पनि ढोकाबाट चियाउदै चियाउदै भित्र छिरेँ, त्यसबेला सबै जनाले आ आफ्ना परिचय दिइ रहेका थिए मैले पनि दिएँ । कविताको चाङ् थुप्रै भएतापनि सुनाउने कवयित्रीहरु भने सिमीत उपस्थित भएका रहेछन। परिचयको क्रम सकिए पश्चात कार्यक्रम संचालन गरिरहनु भएको दिदी संगीताले चौतारीको नित्यकर्म पुरा गर्नु भो । म आनन्दै कुनामा बसेर अन्य कुरा सुनी रहेकी थिए ।
सुर्य पनि सुरुमा पुर्बैबाट झुल्कन्छ भने झै आइतबारको कविताको सुरुवात पनि पुर्बेली कबयित्रीबाटै सुरु गर्नु पर्ने स्थिती आयो । अगाडीबाट नाम उच्चारण भै सके पस्चात पहिलो कबिता लिएर म नै त्यहा झुल्किन पर्ने भयो । गन्तव्य बिहिन यात्रा शिर्षकको कबिता लिइ अगाडी गए । सधै पछाडी बसेर सुन्ने बानी धेरै मानिसको अगाडी पुग्दा आफैलाइ असहज महसुस भयो । मेरो पालो हतार हतार कविता पढेर सकाइ दिए । पछि कमेन्ट पनि आयो जति कबिताको भाव बगेको छ त्यती बाचनमा बग्न सकिन रे ।
त्यस पछि साहित्यीक यात्रा चितवन तिर पुग्यो तर कवयित्री नारायणी देवकोटा उपस्थीत नभएको कारण कार्यक्रम संचालिकाले नै बाचन गर्नु भयो ।
यसरी माहोल पनि कबितामय भएको र मलाइ भने ब्लग पनि अपडेट गर्ने मौका नमिलेकोले फेरि ब्लगमा पनि एउटा सन्देशमुलक कबिता छोड्न मन लाग्यो ।
ब्यर्थै शिशिरको तुषारोलाई अगाल्न नखोज
बसन्तको बहार चुमेर रहनेले
ब्यर्थै काँडा सरीको फुललाई नै नरोज
बगैचाको माली भै फुलको स्याहार गर्नेले
ब्यर्थै पहाडको पखेरुमा जिउन नखोज
तराईका समथर मैदानमा हुर्कीनेले
ब्यर्थै औसीको रातलाइ अगाल्न नखोज
सधै सधै चाँदनी रातमा जिवन जिउनेले
ब्यर्थै अरुको दुखमा सामेल हुन नखोज
सधै आफ्नो खुसीयालीमा रमाउनेले
ब्यर्थैको संघर्षमा होमीन नखोज
सरल शैलीमा जिवन जिउन चाहनेले
मलाइ थाहा छ यहा कविता लेखाइका नियमहरु पुगेका छैनन् तर पनि यहा कैलाश दिदीको भाषामा टासो छोड्न मन लागेर मात्रै हो सबैलाइ ह्याप्पी ब्लगीङ ।
Wednesday, December 10, 2008
जीन्दगी
यो जीन्दगी त के हो र जसो तसो दिनहरु काटेकै छु
जीवन साथी तिमीलाई नै बनाउछु भनि आटेकी छु
तिम्रै एक धर्को सिन्दुरको आशमा बाचेकी छु
मन भरि तिता मिठा सपनाहरुलाई साचेकी छु
मलाई छोडी अन्यत्र नै जाऊ तिमी तर
यो मन मन्दिरमा तिमीलाई नै सजाई राखेकी छु
पुनर्मीलनको लागी देवी देउराली भाकेकी छु
जन्मौ जन्मान्तर तिमी मेरै हौ भनी मागेकी छु
मानीस नै हुँ जीवनमा गल्ती कुनै दिन गरे हुँला
त्यसको लागी पटक पटक तिमी सँग माफी मागेकी छु
यो मनमा माफी गर्छौ भन्ने विश्वास राखेकी छु
यो जीन्दगी घरीघरी तिम्रै नाममा बाचेकी छु
तिम्रै एक धर्को सिन्दुरको आशमा दिनहरु काटेकी छु
Saturday, August 16, 2008
दुइ टुक्रा
धर्तिका ति फाटिला टारमा गुडुझै लाग्छ
थाहा छैन आजभोली खै किन हो कुन्नि
तिम्रो चोखो मायामा अलि कति चुडु झै लाग्छ
रात पनुको के अर्थ भो र
यदि विहानी हुदैन भने
शुरुवात गर्नुको के अर्थ भो र
यदि अन्त्य निश्चित छैन भने
बाचा गर्नुको के अर्थ भो र
जब विश्वास टुट्छ भने
साथ लाग्नुको के अर्थ भो र
यदि विचैमा साथ छुट्छ भने
Monday, July 14, 2008
मान्छेहरु
आज भोली मानिसहरु फेरी हास्न छाडेका छन्
किन हो कुन्नी कुराहरु मन मै राख्न थालेका छन्
हिमाल चढ्न चालिएका पाइलाहरु शिखरमा कहिल्यै नपुग्ने भएका छन्
आफैले हिड्न थालेका बाटाहरु आफैले विर्सन थालेका छन्
आजभोली खै किन हो कुन्नी सबै मानव जाति हास्न छाडेका छन्
एउटा लक्ष लिएर बाटो लागेकाहरु लक्षमा पुग्न छाडेका छन्
थालिएका काम पनि अधुरो अधरै छाड्न थालेका छन्
देश बनाउछु भनि लागेका नेताहरु देशै छाडी भाग्न थालेका छन्
धिकार दिलाउन लागेकाहरु आफै घर भत्काउन थालेका छन्
आजभोली खै किन हो कुन्नी सबै मानव जाति हास्न छाडेका छन्
मानवताको अर्थ नबुभी रहरहरुको लहर बोकी दौडन थालेकाहरु
आफुले गर्न सक्नेकामहरु पनि विचैमा छाड्न थालेका छन्
आफ्नै स्वार्थ पुरा गर्ने मात्र ध्येय राखी अरुलाइ कन्याउन थालेका छन्
न्षड्यन्त्रको जालो बुनि सुन्दर सपनाको पालुवा भाच्न थालेका छन्
आजभोली खै किन हो कुन्नी सबै मानव जाति हास्न छाडेका छन्
जन्मने वितिकै थालिएका कामहरु अनि आफ्नै कर्तव्य विर्सेर
जो पनि अरुलाइ भाजोहाल्न मात्र सिक्न थालेका छन्
एक पटक एकतान्त्रिय तानाशाहिको गन्ध फैलाउन खोजेका छन्
आफ्नै गाउँघर बनाउछु भनि लागेकाहरु आफ्नै पेट भर्न लागेका छन्
आजभोली खै किन हो कुन्नी सबै मानव जाति हास्न छाडेका छन्
मान्छे माथि मान्छेको भिडमा आफै आफै हराउन थालेका छन्