Tuesday, January 18, 2011

फरक शैलि : मैले देखेका बुझेका र यो सानो दिमागले जानेका केहीकुराहरु

कृष्णधाराबासी दाई सँग आधाबाटो सम्म पुग्दा गरिवि भोक प्यास र दुखाइले थलित परे ! उहा सँगै इलाम झापा सँग सँगै डुल्दा पुराना दिनहरुको ताजा सम्झना आइ रह्यो । आफ्ना जीवनका भोगाइहरुलाई शब्द शब्दमा उनेर राखीएका एक बन्डन पिडाको पोकाले सबैलाई मुटु घोच्न सफल आधाबाटो सकेर केही दिन बस्दा बुद्दीसागर दाई सँग कर्णाली घुम्ने अवसर पाए ! कर्णाली नेपालकै भुभाग भए तापनि सौताको छोरोलाई हेला गरे झै हेला गरेर कुनै पनि नेता वा सरकारले हाल सम्म पनि बिकासका पुर्वाधार बिजुली र सडकबाट बञ्चित गरेको कारण कर्णालीका जनताले झेली रहेको वास्तविक पिडाको बयानले मुटु चिमोटी रह्यो । अझ जीवन यापनका क्रममा भोग्नु परेको तितो यथार्थले कहिले बिकट गाँउ त कहिले नेपालगञ्जको बजार, कहिले सुर्खेत बजार त कहिले कर्णालीको डाडाकाडाँ सँग सँगै भौतारीदै दुख सँग रन्थनिदा जिन्दगी जीउनु वोटलको पानी पिउनु सरह सजिलो छैन नेपालमा भन्ने भान भो । केहि दिन दुखै दुखमा डुवेर छटपटि रहेको मन मुटु लिएर बसेको बेला एउटा अर्को यात्रा गर्ने मुड चल्यो यहि मुडमा दुखि रहेको मन लिएर ताना शर्मा ज्यु सँगै बेलायत तिर बरालिन आइपुगे! बेलायत तिर बरालिदा बेलायत मात्र नभइ लगभग सिगै युरोप डुल्न पुग्दा भने अलि मथ्थर भो।


बेलायत तिर बरालिएर दुखेको मन मुटु मथ्थर भएको त पक्कै होइन नकि युरोप डुलेर नै ! तर मन मथ्थर हुनुको कारण चाही यहाको काम गराइको प्रणाली देखेर हो । करिव ४० बर्ष भन्दा अगावै लेखिएको उक्त पुस्तकमा उल्लेख गरेका प्राय जसो सबै चिजहरु अहिले सम्म पनि उस्तै तरिकाले निरन्तर चलि रहेका छन् । उ बेला देखि चलेका सबै जसो भुइमुनी दौडने रेलहरु अहिले सम्म पनि केही नभै चलि रहेका छन् । यो बेला म हाम्रो देशमा चलेको एउटै मात्र रेलवे सेवा जो जनकपुरमा चल्ने गर्दथ्यो त्यो सेवालाई झल्झली सम्झि रहेकी छु । उ बेला देखी चलेका यी सबै जसो रेलवे सेवाहरु समय समयमा जाँच गरी मर्मत गरी रहन्छन। हरेक हप्ताको अन्त्य तिर मर्मत कार्य गरीने हुनाले प्राय जसो सरकारी काम काजमा बाधा नपर्ने हुन्छ यहि मौका छोपी यहाका मानीसहरुले मर्मत गर्छन । तर पनि रेलवेले दिइने सुबिधा बन्द हुदा अन्य यात्रुहरु लाई पर्न जाने असुविधालाई मध्य नजर गरेर फ्रि बस सेवा उनि उपलब्ध गराउछन । चोरी पैठारी र भ्रष्टाचार भएन भने जस्तो काम पनि सम्भव हुन्छ भन्ने प्रमाण खोज्ने हो भने प्राय सबै बिकशित देशहरुलाई हेर्न सकिन्छ ।

यहाका प्राय सबै मानिसले गाडी किन्ने र दौडाउने गर्छन प्राय सबै घरमा जनै पिच्छेका सवारी साधन (कार) हुन्छन यसको मतलव यो होइन कि उनिहरु सवै धनि छन् । यहाका प्राय सबै घरहरु सबै सुख सुबिधा (ग्यास हिटर बिजुलि फोन इन्टरनेट साथै घर भित्रका आवश्यक फर्निचरहरु) ले सम्पन्न छन् उनीहरु सबै धनि भएर मात्र हैनन । यो सबै भ्रष्टाचार मुक्त भएर नै हो भनेर हामी ठोकुवाका साथ भन्न सक्छौ । यहाका गाडी चलाउने सम्पुर्ण मानिसहरुले तिरेका रोड ट्याक्सलाई रोड मर्मत मै खर्च गर्छन त्यो पनि हाम्रो देशमा झै चारभागको एकभागले रोड मर्मत गर्ने र बाकी तिनभाग चाही भागबण्डा गरेर गोजी तताउने गर्दैनन् । काठमाण्डौको सडकको तुलनामा(सानो र गरिव भनेर चिनिने हुनाले मैले यहा तुलना गर्न चाहे तर यसमा गलत अर्थ नलागोस)यहाका सडकमा गुडेका गाडिहरु हेर्दा लाग्छ यहाका मानीसहरु भन्दा हाम्रो देशका जनताहरु धेरै धनि रहेछन् । किन भने यहाका मानिसहरुले उत्ति धेरै महँगा गाडि किन्न सक्तैनन् जस्तै मर्सडिज, भोल्भो, ओ‌डी ,बि एम डब्ल्यु आदि आदि जस्ता दह्रो र महँगा गाडीहरु काठमाण्डौको सडकमा जस्तो छ्यास्छ्यास्ति देख्न पाइन्न । यहाको सरकारी नियम अनुसार गाडीको पुरानो वर्ष सँगै रोड ट्याक्स बड्दै जान्छन भने कारको मुल्यहनुरुप रोड ट्याक्स पनि बद्दै जाने कारण उनिहरु सस्तो सानो साधन बढी प्रयोगमा ल्याइएको मेरो बुझाइ छ ।

रेलवे सेवा कै कुरा गर्दा पनि वर्षौ अगाडी देखी प्रयोगमा ल्याइएका सुरुङहरु, बर्षौ अगाडि देखी प्रयोगमा ल्याइएका रेलहरु हाल सम्म पनि जस्ताको तस्तै हुनुमा मर्मत सम्हार नै मुख्यकारण हुन आउछ । हाम्रो देशमा पनि यस्तै प्रविधीहरु भै दिएको भए यसै गरी कार्यहरु गरिन पाएको भए नहुने त पक्कै पनि होइनन् । हुनत हाम्रो देशमा भ्रष्टाचारी मात्र नभै दिए साथै राजनैतिक अवस्था मात्र चिनको झै स्थिर भै दिए हजारौ युवाहरु किन देश छोडी अर्काको देशमा भौतारिन्थे होलान र? खैर कुरा गर्यो कुरैको दुख हुन्छ ।

२०२६ भन्दा अगाडि ताना शर्मा बेलायत आउनु हुदा भन्दा अगावै देखी चलेको शिक्षा पद्दति अहिले सम्म स्थिर छ । त्यो एक रमाइलो र प्रभावकारी पनि लाग्यो । जान्नेलाई सानै देखी जान्ने जान्ने नै साथी राखी दिने र उसले चाहेको शिक्षा नै प्रदान गराउने साथै उसले गर्न सक्ने काममा सफल बनाउन शिक्षक परिवार तथा अग्रजहरुले साथ दिने । साथै नजान्ने बिधार्थीलाइ उही अनुसारको शिक्षा प्रदान गरी उसले गर्न सक्ने काममा नै दक्ष बनाउने । हामी मानीस सबै चेतनशिल प्राणी नै भए पनि सबैको दिमाग उतिकै तिक्ष्म हुन्छन भन्ने त हैन नी ? त्यसैले जसले जे गर्न सक्छ त्यो काममा दक्ष बनाइ दिए पछि उनीहरुको आफ्नो आफ्नो क्षेत्र सुरक्षित पनि हुन्छ जसको कारण भविष्यमा आफुले रोजेको काम मनोरञ्जन साथ गर्न पाइने पनि भो नकी हाम्रो देशको घोकन्ते शिक्षाको शिक्षा प्रणाली सबैलाई लादेर खाए खा नखाए घिच अनि अन्तमा हात लागे सुन्य ।

सँसारका बिभिन्न ठाउ तथा त्यहाका मानिसहरुबाट सिकेका कुराहरुलाई आफ्नो बलबुताले प्रयोग गर्न सके सबै राम्रै नै हुने थियो । घर बलियो हुनलाई जग त बलियो हुनै पर्छ जग बलियो बनाउनलाई फेरी उही कुरा‌ । सँबिधान नै बन्न नसकेको देशमा कानुन र नियम पालनको कुरा खै के पो गर्नु र है बेक्कारमा तै पनि हामीले आफ्नो गाउ सहर तथा देश बिकाश गर्ने हो भने गर्नु पर्ने मुख्य पहिलो काम भनेको नियम पालना नै रहेछ । तर हाम्रो जस्तो भ्रष्टाचारले युक्त देशमा हामी जाबो झिना मसिनो सर्वसाधारण कराएर के नै हुन्छ र तै पनि भ्रष्टाचार र घुसखोरी बन्द गर्न सके हामी सबै नेपालीहरुको पिडा पक्कै पनि मथ्थर हुने थियो की ? आधिबाटोमा कृष्णधारावासीले वालापनमा भोगेका पिडाहरु अझै पनि लाखौ नेपाली बालबालिकाले भोगेकै छन्, कर्णाली ब्लुजका काल्पनिक पात्रहरुले भोगेका कुराहरु काल्पनिक पात्रमा मात्र नभै वास्तविक जिवनमा भोग्ने हजारौ नेपालीले भोगेकै छन् यदि हाम्रो देशका हरेक कर्मठ नागरिकहरुको सहयोगले भ्रष्टाचार उन्मुलन गर्न सके म लगाएत हामी सम्पुर्ण नेपालीको पिडा केही मथ्थर हुने थियो कि?

2 comments:

बेदनाथ पुलामी ( उमेश ) said...

मनु जी ! साह्रै मन बिझ्ने कुरा झिक्नु भो ! आफुले अनुभब गर्नु भएको कुराहरुलाइ र आफ्नो मनको कुरा लेख्नु भएकोमा ,यहाँ लाइ धन्यबाद !

Manu said...

:)dhanyabad bed ji !!