Saturday, February 12, 2011

एउटा अपुरो यात्रा

करिव दिउसोको एक बजेको हुदो हो, रानुले विहान देखी केही नखाइ हिडेकीले पेटमा निकै वटा मुसा दौडीरहेको थियो । काउण्टरको माथी झुण्डिरहेको बोर्डमा मुल्य हेरी । लाइनमा चार जनाको पालो पछी उनको पालो आयो । काउन्टरमा उभिएकी इन्डियन जस्तो देखिने केटीले मसक्क मुस्कुराउदै सोधि
गुड आफ्टरनुन ह्वाट उड यु लाइक टु इट म्याम ?
माथि बोर्ड तरि हेर्दै रानुले अर्डर गरिन क्यान आइ ह्याभ अ चिकेन लिजेन्ड प्लिज ।
ह्विच ड्रिङ्कस डु यु प्रिफर म्याम?
स्मल पेप्सि विथ लिल् बिट आइस प्लिज
एनि थिङ्ग इल्स?
ब्यापारीको अन्य थप कुरा बिकाउने उपाय मिसाइ हाली कालीले ।
नो थ्याÍक्यु । इट्स फो सिक्सटी सेभेन प्लिज । टिलमा पैसा जोडेर इन्टर बटम दाब्दै बोली । झोलाको गोजी छामछुम पार्दा पनि चार पाउण्ड पुगेन चानचुन पैसा त्यसैले ५ पाउण्डको नोट झिकेर दिइन्,
योर अर्डर इज बिइङ्ग रेडी,
इट्स योर रेसिट एन थर्डटी थ्री पी म्याम ।
फिर्ता पेनी सहित विल रानुलाइ दिइन ।
थ्याङ्गक्यु ।

काम नपाइ रन्थनिएर हिनेकी रानु त्यो केटिलाइ हेर्दै मनमनै सोच्न थाली यस्तै म्याकमै काम पाइएको भए पनि त हुने, जती एप्लाइ गरे नी नहुने मेरो भाग्य नै खराव। खासमा उनी अहिले पनि एक ठाउ अधुरो अन्तरवार्ताको लागी गएर फर्कदा पसेकी थिइन ब्रटिश लाइब्रेरी । जता ततै पार्ट टाइम जब एप्लाइ गर्दा गर्दा थकित भएर फुलटाइको लागी एक ठाउमा भरेको भोलि पल्टै इन्टरभ्युको लागी बोलाइएको थियो त्यहा । तर जब उनी बताइएको ठाउमा पुगिन्, भित्र छिर्ने वितिकै खैरो सिलिक्क परेको केश लर्काउदै त्यहाकी एक कुइरे कर्मचारीले पहिलो सवाल गरेकी थि आर यु लुकिङ्ग फर फुलटाइम जव ? (तपाइ फुल टाइम काम खोजी रहनु भएको हो ?)
रानु सँग फुलटाइम वर्क परमिट नभएकोले विस्तारै बोलिन ।नट एक्चुअल्ली (होइन) ।
देन ह्विच टाइप अफ अ भिजा डु यु ह्याभ?(के तपाइ भन्न सक्नु हुन्छ तपाइ सँग कुन प्रकारको भीजा छ?)
आम् अ स्टुडेन्ट एन आइ ह्याभ गट अ स्टुडन्ट भिजा (म एक विधार्थी हु म सँग स्टुडेन्ट भिजा छ।)
सो यु ह्याव वन्लि ट्वानी आव वक पर्मिट एम आइ करेक्ट? (उसो भए त तपाइ सँग हप्तामा विस घण्टा मात्र काम गनर्े अधिकार छ हैन त?)
एस, नाउ आइ क्यान वर्क वन्लि ट्वानी आव पर विक ब आम ह्याभिङ्ग समर होलिडे फर्म फिभ्थ अगस्ट । आइ ह्याभ टु मन्थ समर होलिडे, एट द्याट टाइम आइ क्यान वक फुल टाइम मोर द्यान फोर्टि आवर (हजुर हो । तर पाच अगस्तबाट मेरो कलेज छुट्टी चल्ने छ म त्यसबखत भने चालीस घण्टा नै काम गर्न सक्छु।)
कुइरेनी मसक्क मस्किदै बोलिन सरी डार्लीङ्ग, वि निड मन्डे टु फ्राइडे फोटि आव फुल टाइमर राइट नाउ, यु कान्ट वर्क दिस सो वि विल होल्ड योर एप्लिकेशन फर अ ह्वाइल । घाटी तन्काउदै बोलि थ्याङ्गक्यु मिस रानु, यु क्यान गो नाउ । त्यो चारै तिर सिसै सिसाको झ्याल भएको उज्यालो कोठाबाट रानु कालो अनुहार पारेर निस्केकी थिइ । आउदा बाटैमा बि्रटिश लाइब्रेरी देखेकी हुनाले कस्तो रहेछ भन्ने लागेर निरिक्षणको लागी पसेकी थिइ त्यहा । उनको अर्डर तयारी भयो रानु भने अझै कामको चिन्तामा डुवि रहेकी थिइन हिएर वि गो, योर चिकेन लेजेण्ड इज रेडी नाउ । इन्जोइ योर मिल म्याम । काली आफ्नो ड्युटी पुरा गर्दै विदाइ गरी । थ्याङ्गक्यु सो मच । तन्द्राबाट ब्युझदै एम लेखिएको कागजको सानो झोला समाइ ।उनी बाहीर निस्केर खाजा खादै गाडी कुरी रहेकी थिइन ।
ब्रिटिश लाइब्रेरीको त्यो रङ्गडङ्ग शान्त भवनबाट उनी भोक लागेरै लाइब्रेरीबाट बाहिर निस्केकी थिइन । युके, समरको लामो दिन उनी सँग समय अझै थुप्रै बाँकी थियो । बस स्टपमा म्याकडोनलको सानो झोलाबाट आलु चिप्सको टुक्रा झिकेर टोक्दै सोचिन अब कता जाने? यतिकैमा बस आयो रोकाएर उनि त्यसैमा चडेर बाटो लागीन । बस भित्रै खानेकुरा खादै केही बेर घोरिइन अव कता जाने? निधो गरी, प्रेट म्यानेजरमा जबको लागी आबेदन खुलेको सुनेकी थिइ अब एक चोटी आजै भिक्टोरिया स्टेशन पुग्नु पर्ला (भिक्टोरिया स्टेशनको प्लेट फर्म नँ दुइको अगाडी प्रेट म्यानेजरको अफिस रहेको छ जहा निकै महिना अगाडी पनि एक पटक रानु साथीहरुको हुलमुलमा त्यहा पुगेकी थिइ)। तर त्यो बस पेडिङ्गटोन जाने हुनाले अव फेरी उत्रेर अर्का बस फेर्न पर्ने भयो । उनी रिजेन्स पार्क स्टेसनमा उत्रेर फेरी अर्को बस चढेर लागी गन्तब्य तफ।बाटो भरी हजार तरहका प्रश्न उतर गर्दै भिक्टोरिया स्टेशन आइ पुगी । झण्डै चार बजेछ । स्टेशनको उता पट्टि पनि एक एजेन्सि रहेछ । त्यहा वेटर, पिक प्याकर, सैफ इत्यादी अगाडी शिसा भरि ठुल्ठुला अक्ष्रले लेखिएको प्रिन्टेड ए फेार साइजको कागजमा लेखेर टालिएको थियो । साथमा झोला भरी बायोडाटा बोकेकिले रानु भिक्टोरिया स्टेशन भित्र नछिरी सिधै त्यही एजेन्सिमा छिरी पहिला । कालो चट्ट आइरन लागेको कोट र छोटो कालै मिडीमा सजिएर घुम्ने कुर्सीमा बसि रहेकी गोरेनी मिसिक्क हास्दै स्वागत गरी । हेलोमे आइ हेल्प यु (यहालाइ के सहयोग गरु)। हाइ । इट्स मी रानु, आम अ स्टुडेन्ड । आम लुकिङ्ग फर अ जब । डु यु ह्याब एनी काइण्ड अफ अ जब फर मी प्लिज (म रानु म एक विधार्थी हुँ केही काम पाइन्छ कि भनेर छिरेकी हुँ ।) । आफ्नो परिचय सहीत आफ्नो कुरा राखी हाली । ओ सरी डार्लीङ्ग, आम अप्रmाइड । वि डोन्ट ह्याभ एनी काइण्ड अफ अ जव एट द मोमेन्ट (अहो माफ गर्नु होला यो समयमा केही काम उपलब्ध छैन ) ।उनले अगाडी आएको केश लर्काउदै थपी । डु यु ह्याभ योर सि भी (तपाइ सँग बायो डाटा छ )? एस आइ ह्याभ (हजुर छ) ओके देन, यु क्यान ड्रप योर सि भी विथ मी, इफ वि निड देन वि विल कल यु ल्याटरअन (उसो भए तपाइको बायो डाटा मलाइ छोडी दिनुस यदी जरुरी परेमा यहा लाइ पछि सम्पर्क गर्ने छौ ) । रानु लाइ राम्रै सँग थाहा थियो एजेन्सीमा सि भी छोड्नु भनेको कुनै डस्टविनमा हाल्नु बरावर हो तै पनि पापी मन एक कुनामा आशा जहिलै पनि रहि रहन्छ कतै बोलाइ पो हाल्छ की? उनले झोलाबाट तीन पेजको बायोडाटा झिकेर बुझाइ र थ्याङ्गक्यु भन्दै त्यहाबाट बाहिरिइ । भिक्टोरिया स्टेशन भित्र रेल पर्खने मान्छेको भिड भाड छिचोल्दै रानु प्रेट म्यानेजरको अफिसमा पुगी । जादा जादै ढोका नेरै रिसेप्सन थियो । एक खैरो खैरो कपाल भएको पोलिस जस्तो देखिने युवक मधुरो निलो निलो टि सर्टमा सजिएर सबैलाइ फर्म बाडि रहेका थिए । रानु पनि गएर सोधि । मे आइ ह्याभ वन फर्म प्लिज (एउटा फर्म पाउन सक्छु )? युवक मसक्क मस्किदै बोले ह्वाइ नत? हिएर फर यु । ह्याभ यु गत योर पास पोर्त? हेर्दा खैरो कपालभए पनि युवक पोर्चुगिस रहेछन। झट्ट हेर्दा ब्रिटिश नै देखिए पनि उनको तोते बोलिले उ ब्रिटिश हैन भन्ने कुरा जनाइ रहेको थियो । रानु फर्म थाप्दै बोलि एस आइ ह्याभ । ओके, फेन्तास्तिक । तेक अ सित एण्द फिल योर फर्म प्लिज । रानुलाइ सोफा देखाउदै उनको तोते बोलीले बोले। साघुँरो कोठामा तीन वटा मसिनो गोलो गोलो टेवल राखिएको थियो साथै मानीस बस्नको लागी छालाको मोटो मोटो विट भएको कालो सोफाहरु थिए रानु पनि त्यही एक कुनामा गएर बसि । रानु जस्तै जागीरको फर्म भर्नेहरुको भिड थियो त्यहा । पाँच मिनेट भित्रै फर्म भरी बुभाइ सकेर बाहिरीइ । अरु साथी पनि नभएकोले उनि अब भने सिधै कोठा फर्किने भइन ।

भिक्टोरिया बाट चढेकी रानु सेफरबुसमा बसबाट उत्रीएर ९५ नँ को बसमा चढि गन्तब्यस्थान तर्फ लाग्दै थिइ । सेफरबुस ग्रीनमा बस रोकियो दुइचार जना मानिस चढे । खुट्टा राख्ने ठाउमा फोहोर जुसको डिब्बा र पानिको बोटल लडि रहेकोले रानु बसेको ठाउमा पनि एक सिट खाली थियो । एक्सक्युज मी, क्यान आइ ह्याभ अ सिट प्लिज? रानुको छेवैमा उभीएर सिट मागीरहेको थियो एक युवक । रानुले फोहोर देखाउदै सोधि डु यु रिएल्ली वान्ना सिट हिएर? रानुको प्रश्नको उत्तर नदिइकन ठ्यास्स बसे। रानु छक्क पर्दै उसको मुहार नियाली, तर पनि उसलाइ केही भनिन
यसै गरि केही अन्य पनि पिछाडि सिटमा नेपालीहरु चढे गानगुन बोलि सुनिन्थ्यो म त नेपाली भने पछि गन्धैले थाहा पाउने मान्छे हुँ नी सायद उनिहरु पनि अन्जान तर बिरानो सहरमा नेपाली देख्दा आफन्तको आभास पाएर बोलेकै होलान्। बस विस्तारै गुडि रहेको थियो । वि वि सी को विल्डिङ्ग नजिक आइ पुगेको थियो अगाडी उड इण्ड स्टेशन नजिकबाटै थुप्रै गाडीहरु जाममा परेको देखे सबैले । अगाडी छोटो स्टेपकट केश सुम्सुमाउदै रानु बर्बराइन गड आज त यहिबाट जाम रहेछ । ह्या यो जामले पनि दिमाग खराव गराउछ मेरो त। उनले आफ्नै सुरमा बोले पनि नजिकै नेपाली भाषा बुझ्ने मानिसहरु पनि थिए त्यहा त्यो त याद नै भएन ।

यतीकैमा पिछाडि फोन बज्यो, हेलो, अँ ब्रो के छ? कता हो ए म फर्किन्दै छु । अ काम भयो भन्दा पनि हुन्छ । लेटर बनाइ दिन्छु भनेको छ । पर्सी आउनु पर्ने छ फेरी । ए अँ अँ हुन्छ, मेरो कुरा भयो म भोलि होटलको काममा जान्छु । करिव ५ मिनेट जतिको उसको लामो फोनबार्ता पछि फोन राखे । फेरी अन्य कसैको फोन बज्यो। हेलो । ए सानु पो नमस्ते ।फेरी अर्को पनि नेपालीकै फोन बजेको रहेछ। म दिपु । मैले त सन्देशलाइ गरेको थिए हजुरलाइ पो परेछ । ए हैन हैन त्यस्तो त । अ सबै ठिकै होला नी हैन । हजुर सबै ठिकै छ, काम पाइएकै छैन । यो हप्ता त पुरै लण्डन चक्कर मारे अरु केही गर्ने फुर्सद पा हैन भन्या । हा हा त्यै त । उ मानौ एक्लै छ जतिकै गरेर बोलि रहेका थिए । रानु भने पिडा सबैको एउटै रहेछ भन्ठान्दै थिइ तर एक मन भने निकै दिक्दारिले पोलेको थियो ।
बस ध्यार्रर्र ध्यार्रर्र गर्दै बल्ल ह्वाइटसिटी स्टेशनमा आइ पुग्यो अगाँडी गाडीहरुको ताती आँखाले भ्याए सम्म देखिन्छ । के चै भएछ आज ? बेलकाकै भए पनि घामको किरण सोझै रानुको मुखमा परेको थियो । गर्मि महिना त्यसमाथी लण्डनको विना झ्याले भिडभाडको बस, झर्को माने झै गरेर रानु बोलि ।उनिहरु चढेका बसमा काला गोरा खैरा सबै मानिस थिए । अझ मुख्य गरि इन्डियन पाकिस्तानी साथै कालाहरु थिए ज्यादा। बस अड्क्या अड्कै छ । रानु अगाडीकी एक काली रिसले मुर्मुरीइ खस्रो ध्वद्रे स्वर निकाल्दै फकिङ हेल ह्वाइ दिस जाम हेलिङअन तुदे ।
रानु भने गर्मिले उकुस मुकुस भइ आफ्नो हनुहार हम्काउदै थिइन । फोनमा बोल्ने मानिसहरु बोल्या बोल्यै छन । कति बोलेको होला अरु बोलेको सुनेर मनमनै दिक्क मानी रहेकी थिइ रानु। बल्ल बस जिप्सि कोर्नर आइपुग्यो । फेरी पिछाडि कसैको मोबाइमा रिङ्ग बज्छ । हेलो । ए निता ? के छ बा तिमीहरुको खवर? अँ अँ । हो हो । अब क्यार्नी तनि यस्तै छ बसाइ । जीन्दगी चलाउनै परो । तिमीहरु जस्तो म कहाँ भाग्यमानि छु र सबै आफै गर्नु पर्छ । तिमेर्को पो मोज छ त। अनी ज्वाइ कता ? एे हो? लौ न त देउ नबोलेको धेरै भो । हजुर ज्वाइ नमस्कार । हजुर हजुर । म ठिकै छु ज्वाइ राम्रै छ । म त ज्वाइ यो हप्ता घुमेरै बिताइयो यतिका महिना भै सक्यो गतिलो काम पाइने हैन । हो हो । काँ ज्वाइ क्यासिङ हैन्डकाम त्यो पनि जाबो दुइ दिन गर्दैछु हप्तामा अरु बेला काम खोज्न धाउदाको हैरानी त्यै पनि म एक्लैको कमाइ अव हजुरहरुको पो दुइजना । साच्चै पन्ध्र, अठार सय पुग्दैन हप्तामा दुइजनाको गरेर? ए हो बाफरे । हजार बच्छ है उसो भए त हप्तामा । ए होर? लौ । ए घरमा पनि पठाइ सक्नु भो ? तीनलाख भने पछि त....... । त्यति भएत सजिलै सेटल भै हाल्नु हुन्छ नी तपाइहरु । एकोहोरो बोल्या बोल्यै सुनेर रानुलाइ वाक्क लागी सकेको थियो तर विवस उ सँग अरु उपाय पनि केही थिएन । गर्मिमा न त बस नै चाडो दौडन्छ न त शान्तले बस्न नै पाइएको छ । यतिकैमा एउटा पोलिस महिला रिसाउदै बोलेको सुनि कुर्भा……… (यो शब्द उनिहरुले रिश उठेको बेलामा बढि गरेको पाइन्छ) । सायद गर्मिको समय त्यसमाथी बस जाममा परेर समयमा गन्तब्य स्थान पुग्न नसकी रहेको अवस्था झन अरुभाषामा चर्को चर्को स्वरमा बोलेको सुनेर रिसाएकी हुनु पर्छ । उनीहरु चडेको दुइ घण्टामा पनि पार्करोएल आइ पुगेको थिएन । सबै जना गर्मिले छटपटाइ रहेका थिए त कोहि बस ढिला भएकोमा बर्बराउदै थिए ।
बस बल्ल बल्ल हैगरलैण्ड आइ पुग्यो बस रोकियो केही मानिस उत्रिए । बस तथा अन्य निजी सवारी साधनको लर्को थियो। अगाडी रातो बत्ति हेर्दा हेर्दै पहेलो भै सकेको थियो मानिसहरु अण्डर ग्राउण्डको बाटो जान अल्छी गरेर त्यहि भिडबाट क्रस गर्न लाग्दै थिए ।यतिकैमा अगाडी बसमा नेपाली भाषामा कसै सँग फोनमा बोल्दै गरेको युवा पनि बाटो काट्न लागेको देखियो । कसैको फोन आएको थियो क्यारे विचबाटोमा फोन झिक्दै गरेको रानुले हेर्दै थिइ अर्को साइडबाट एउटा गाडी आएर ड्याम्मै हान्यो । युवक रन्फनिएर भुइमा ढले । टाउकोबाट रगत ह्वालल्ल बगेर आहाल भयो । एकै छिनमा उसले सँसार त्यागे ।हेर्दा हेर्दै फेरी जाम बढ्यो । एक नेपाली युवाले अकालमै सँसार त्यागे । प्रदेशमा केही राम्रो पढाँइ साथै कमाइ होलाकी भनेर घरवारबाट टाढा आएका त्यस ब्यक्तिको प्रदेशी जीवनमा नझेल्नु झैलेको दुख त अन्त्य भयो तर घर परिवारका सदस्यले लिएको आशाको त्यान्द्रो पनि टुट्यो । एक सिउदो पुछियो एक काख रित्तियो तर फेरी पनि रानुको दुख आफ्नै ठाउमा यथास्थितीमा थियो । रानुको मन एक तमासाको भएर आयो मन मनै भनि मरेर लानु केही छैन पिर ब्यथा यस्तै नै रहेछ जिन्दगी भनेको सास रहुन्जेल एक मुठ्ठि सास सकिए पछि के न के ……..

No comments: