Thursday, December 15, 2011

फेसबुकमा मेरो दुई घण्टा

सँसार बिचित्रको छ, अझ यहाका मानिसहरु त झनै अचम्मै बिचित्रका । यहा कोहि पढ्छन, कोही लेख्छन , कोही गाउछन्, नाच्छन्, कोही काम गर्छन त कोही केही गर्दैनन । पढ्नेहरु पनि कोही आफ्ना लागि पढ्छन, कोही अरुकै लागि पढिदिन्छन, कोही केही सिक्न पड्छन, कोही समय बिताउनलाई पढि टोपल्छन् । लेख्नेहरु पनि कोही रहर पुरा गर्न लेख्छन, कोही बाध्यताले लेख्छन, कोही बाच्नका लागी लेख्छन् त कोही मै जस्तो रमाइलो गर्नको लागि । जे होस मानिसको स्वभावको बिविधता हेर्न सामाजिक सञ्जालमा पनि रमाइलो हुदो रहेछ। आजको बिज्ञान र प्रबिधिले जेलिएको कारण सँसारलाई हेर्न अझ सजिलो बनाएको छ । समय आफ्नै रफ्तारमा चलिरहेको छ । हामी मानबजातिहरु त्यहि समयको पछि पछि सकि नसकि दौडि रहेका हुन्छौ त्यही चल्ने क्रममा पनि कोही के गरेर कोही के गरेर म भने एक छिन सामाजिक सञ्जाल अनुहार पुस्तिका (फेसबुक) तर्फ छिर्छु ।

प्रबिधिमा मानिसको आविस्कार यो सामाजिक सञ्जाल प्राय धेरै जसो मानिसले प्रयोग गर्दा हुन् जो जस् सँग पहुँच पुगेको छ । तर पहुँच पुगेरै पनि प्रयोग नगर्नेहरुको सँख्या पनि अनगिन्ति नै छन् । त्यसमा कोही प्रयोग गर्न नजानेर त कोही जानेरै पनि समय नभ्याएर, कोही वास्ता नभएर अथवा यसलाइ यसो भनौ मन नपरेर खैर....... फरक ब्यक्ति फरक बिचार अनि फरक बिशेषता । सञ्जालबाट कसैले भरपुर मनोरञ्जन गरेका छ्न्, कसैले सके सम्म सदुपयोग गरेका छन्, कसैले यसलाइ भरपुर दुरुपयोग गरेका छन् । कसैले के रहेछ भनि चलाइ हेर्दैछन, कसैले यसलाइ सृजना बाड्ने थलो बनाएका छन्, कसैले आफ्ना बारेमा प्रचार गर्ने ठाउ बनाएका छन्, कसैले च्याट गरि नया नया साथी बनाउने ठाउ बनाएका छन त कसैले बिज्ञान र प्रबृधिको परिक्षण गर्ने ठाउ पनि बनाएका छन् । बिबिध थरिका मानिस मध्य म पनि एक हुँ म भने प्राय मेरा पुराना साथीहरुको खोजिमा छु ।



कहिले मेरो खोजिमा केही इटाहरु थपिन्छन्, कहिले सुन्यतामै रमाउछु । मेरो उद्देश्य पुराना साथीहरुको खोजि भए पनि सञ्जाल भित्र छिरे पश्चात नया तथा पुराना साथीहरुको चर्तिकला मै हराउछु त्यही नै रमाउछु र अल्मलिन्छु । जब नेट डिस्कनेक्ट हुन्छ वा केही अवरोध आउछ तब मात्र समयले डाडा काटेको थाहा पाउछु । आफ्ना लिष्टमा रहेका साथीहरुको गतिबिधि हेर्दैमा मेरा समय सुलुलुलुलुलुलु चिप्लिदै जान्छन् म त्यो केही थाहा पाउदिन । सञ्जाल प्रयोग गर्नु मेरो नसा भै सकेको छ । मेरो त्यहा केही काम छैन तापनि एक दिन छिरिन भने त्यसै त्यसै खल्लो लागि रहन्छ मनमा । सधैको दिनचर्या झै आज पनि एक पटक सञ्जाल मन्थनमा छिर्छु ।

७८ नोटिफिकेसन रातै भएर बसेको छ । हतारमा सरसरती हेर्छु खासै कुनै खोल्न लाएकको नोटिफिकेसन देख्दीन । फेरी हेर्छु ४ जना नया साथीहरुको प्रस्ताब आई रहेको देख्छु सरसर्ती नाम हेर्छु खासै परिचित नाम छैन म्युच्युअल साथी हेर्छु कसैको ५६ जना कसैको ५ जना कसैको २३ जना देख्छु अब कुन समुहका साथीहरु हुन् हेर्न मन लाग्छ माउस हतारमा दौडाई क्लिक गर्छु । ए साथीहरु त खासै जो कोही साथी नबनाउने खालकै रहेछन् एक चोटी एसेप्ट गरी हेर्नु पर्ला । अर्कोको पनि हेर्छु अह अलि धेरै घनिष्ट साथीहरु छैनन् जस्तो लाग्यो अब अहिले नै साथी बनाइन अर्को हेर्छु अहो हाम्रै डिपार्टमा सँगै पढेका साथी रहेछन् हतार मा एसेप्ट गर्छु । अहो यसो उसो गर्दै १५ मिनट त गै सकेको हुन्छ ।

फेरि पेज रिफ्रेस गर्छु । मोर द्यान सिक्स फ्रेण्ड ह्याभ देअर बर्थडे टुडे दाया पट्टि कुनामा नोटिफिकेसन देख्छु, हितैसी साथीभाई नै रहेकोले शुभकामना पोष्ट गर्न हतारीन्छु, Happy Birthday! Its your day today have a blast day !! many many happy returns of the day !! जन्म दिनको धेरै धेरै शुभकामना। लौ एक चरणको काम त सकियो । फेरी माथी होम पेजमा जान्छु । भर्खर भर्खर साथीहरुले स्टाटस अपडेट गरिरहेको देख्छु । सरसर्ती हेर्छु । uffffff bg bg days :( खासै छुदैन । अर्को तर्फ जान्छु । काठमाण्डौमा जाडो बढ्यो आछ्युछ्युछ्यु । लौ भइ राखोस । मुनी हेर्छु, chill kathmandu !! फेरी उस्तै...... त्यतिकै छोडिदिन्छु । मलाई बासुरीले रुवायो साईला नबजाउ बाँसुरी .......... उफ् मलाई वाक्क लाग्छ । अर्को स्टाटस अपडेट हुन्छ dhankuta ma suntalaa ko vaau Rs 50 सोध्न मन लागि हाल्यो ए होर? अर्कोले हाल्यो Anton chekhov का कथाहरुमा भेटिने पात्रहरु झै अगेनाको छेउमा बसेर कथा उपन्यास पड्ने दिन कहिले आउला मस्ति हुन्थ्यो होला फेरि थप्न मन लागि हाल्यो आ................कस्तो न हुन्थ्यो भन्यो जस्ताको तस्तै मस्ति त मनले मान्ने हो नी साथी अगेना मै बसेर पढेनी वा घाममै बसे नी । अर्कोले अपडेट गर्यो Anger destroys the beauty of the heart as well as the beauty of the face अलि कति मन छोयो like बटन दबाउन मन परि हाल्यो ।

मुनी फेरि देख्छु NO job NO car no money no problm jst only boring............ मान्छेलाइ केही अपडेट गर्ने शब्द नपाए के लेखौ के लेखौ हुदो रहेछ । अर्को को देख्छु dream is gone अहो के भो लौन सबै ठिकै त छ? मिल्ने साथी हो थपि दिइ हाले । अर्कोको आयो उहिले मदन गए ल्हासा लिनलाई सुन धने अचेल जान्छ अरब किन्नलाई नुन like बटन हतारीदै थिचियो । साहित्य प्रेमी दिदी हुनाले उहाको प्राय स्टाटस साहित्यिक नै हुन्छन । हेर्दा हेर्दै दाया पट्टी साइडमा नोटीफिकेसन गर्यो ......ले नया स्टाटस हाल्यो my exhibition dram of the whit lotus ends tomorrow, please come see the paintings today or tomorrow if you havent yet, थप्न मन लाग्यो ल ल म पनि आउछु तर कहा हो ?

यतिकैमा अर्को देख्छु
तेरो मेरो भन्दै बेमेल हात उठि रहन्छ
घाम साच्चै हरायो कि रात उठि रहन्छ
बलौ अब सबै मिलि अग्नि शिखा भइ
जब सम्म प्रकाश छोप्छ बात उठिरहन्छ
थप्न मन पर्छ अहो दिदि कति मिठो भावना लेख्दै गर्नुस बाड्दै गर्नुस ।
यतिकैमा देख्छु अर्को kya hai bebasi ........खास मन छोएन त्यतिकै अर्कोको वाल पोष्ट हेर्न मन पर्छ । पत्रिकाका साहुजीहरुको सिन्डिकेट त गाडीका साहुजीके भन्दा पनि खतरनाक रै छ । थपिहाले हो है साच्चै । रिफ्रेस गर्ना साथ देखियो गजल लेख्न लाग्नु भएका साथीहरुलाई म सके सम्म छोटो तहमा लेख्ने सल्लाह दिन्छु कुरो ठिकै हो like बटन दबि हाल्यो । एउटाले फोटो थप्यो है भन्ने सँकेत गर्छ हेर्छु दुइ बर्ष अघि नायीका रेखा थापा क्लोजअप पोजमा ...... मतलबै भएन अर्कोको पनि देखिन्छ .......added new 5 photos क्लिक गर्न मन पर्यो र like पनि हानि हाले । अर्कोले थप्यो gham pani lagdaina.....uffffffffffff kasto chiso hau dhankuta ma........ थपे हो है वास्तवमा । अर्कोले थप्यो happy Christmas अहो क्रिसमस पनि लागेछ । ल ल धन्यबाद तिम्लाइ पनि है । थपि दिए मैले पनि ।

अर्को ले थप्यो huhuhu ha ha ha उफ.............यो स्टाटस पनि हैरान नै । अर्कोले थप्यो सायद मैले नबुझेको होला अब युरोप अमेरीका तिर बिज्ञानको कारण पत्रिकाको भाउ घट्दै घट्दै फ्रीमा घर घरमा ल्याइ पुराउछ नेपालमा भने दिन दिनै बढेर बढेर हैरान थप्न मन पर्यो फेरी त्यस्तै हो नया नेपाल :) हेर्दा हेर्दै my working computer was crashed due to a strong virus in a file. लौ बिजोग नै भएछ ।
झ्याप्प लाइन डिस्कनेक्ट भयो । अहो लौ मारेछ । दुइ घण्टै भएछ । सञ्जालले समय बिताको नै थाहा भएन । तर जे सुकै भए पनि मानिसहरुको स्वभाव अनि एउटै चिजलाई प्रयोग गर्ने शैली फरक फरक छन् । सञ्जालकै कुरा गर्दा पनि कसैले सुचना बाड्छन् कसैले फोटो बाड्छन कसैले रमाइलो बाड्छन। कोही खोलेर अरुलाई हाइ हेल्लो भनि बन्द गर्दा हुन कसैले खोले पछि स्टाटस अपडेट गर्दा हुन कसैले केही नगरी sigh out गर्दा हुन् । कसैले केही लिङ्क सेयर गरेर मात्र बन्दा गर्दा हुन कसैले अरु कहा कहा के के गर्दैछन् हेरेर थाहा पाउदा हुन। कसैले को कोस्को फोटो राम्रो छ भनि हेर्दा हुन म भने यस्तै यस्तैमा रमाउछु अनि अल्मलिन्छु ।

No comments: