Sunday, December 4, 2011

धनकुटाकी चमक युवा साहित्यकार झमक


हिजो विश्व अपाङ्ग दिवस । विश्वभरि रहेका अपाङ्गहरुलाइ सम्बोधन गर्दै विभिन्न ठाउमा बिभिन्न कार्यक्रमहरु सम्पन्न गरे । हिजो धनकुटा नगरि मँसिरको जाडोमा पनि बेहुली सिगाँरीए झै चिटिक्कै परेर सजिएको थियो किन यति चिरिच्याट्ट सिगाँरियो त? भनेर भन्दा हाम्री झमक दिदी जन्मेको यो सुन्दर नगरी त्यसमा पनि झमकलाइ नागरिक अभिनन्दन गरिने दिन यति हुदा पनि झमक मात्र बेहुली सिगाँरीए झै सिगाँरिएर नहुने रहेछ त्यसैले धनकुटेलीहरुले नगरलाइ पनि चिरिच्याट्ट पारिएको थियो । यसै अवसरमा धनकुटाबासी नागरीकहरुले पनि धनकुटाको कचिडेमा जन्मि हुर्केकि युवा साहित्यकार झमक कुमारी घिमिरेलाई नागरिक अभिनन्दन गरेका छन् ।


अगाडी अगाडी शैनिक टुकडीको मँगल धुन साथै लावा लस्करका साथ आएका सैनीक, सशस्त्र तथा नेपाल प्रहरीका बर्दी टोली पछाडी पछाडी सेतो टाटा गाडीको पछाडी सोफामा मुसुक्क मुस्कानको चमक दिदै बसेकी थिइन झमक। यता नेवा पुच खल तथा अन्य विभिन्न जातिय सँस्थाले आ आफ्नै जातिय पहिरनमा निकालिएको झाँकी, घर घरको ढोका ढोकामा राखीएको जोडी घडाले धनकुटाको रौनक नै छुट्टै बनाएको थियो ।



भिमनारायण चौकबाट सुरु भएको याली त्रिबेणी माबिको स्टेजमा आएर सभामा परिणत भएको थियो । काठमाण्डौबाट आउनु भएको गोबिन्द राज भट्टराइ मोदनाथ प्रसित सहितको टोलीले अझ कार्यक्रमको सोभा बढाएको थियो । झमक धनकुटेली चेली नै भए पनि कति धेरैले नदेखेको हुनाले उनलाई हेर्न आउनेहरुको घुइचोले त्रिबेणीको प्राङगण भरिभराउ थिए ।

No comments: