Wednesday, February 29, 2012

बिना अध्ययन मै बिज्ञ हुँ भन्नु हाम्रो मुर्खता हुनेछ

बिगत एक बर्षमा धनकुटाका भौतिक पूर्बाधार निर्माण तथा समबन्धित अन्य बिषयमाथी छलफलहरु हुनका साथै केही प्रगति हुन थालेको छ साथीहरुले मान्नुहोस् वा नमान्नुहोस यसको एउटा सानो कारण सामुदायिक सम्बाद पनि हो । तर अझै पनि हामीमा कुन पनि कुरालाई हेर्ने नजर तथा बिकसित भएको नकारात्मक दृष्टिकोण भने बद्लिन धेरै समय लाग्ने देखिन्छ । भर्खरैको कुरा हो हाम्रो सँस्थाले गरेको एउटा कार्यक्रमको बारेमा त्यस्तै भयो । किन भने सस्थाले जिल्लाको बिकास सम्बन्धि एउटा सामुदायिक छलफल तथा सम्बादको कार्यक्रम राखिएको थियो उक्त कार्यक्रमको उल्टो अर्थ लगाई कसै कसैले बिरोध जनाएको कुरा पछि सुन्नमा आयो । साथीहरुले बुझ्नु पर्ने कुरा यो थियो कि चित्त नबुझेका कुराहरुलाई राख्नको लागी नै त्यो फोरम तयार पारीएको थियो र त्यहा जो सुकैले पनि आफुलाई चित्त बुझेका वा नबुझेका कुराहरु राख्न पाइने वातावरण तयार गरेका थियौ तर त्यो फोरम भन्दा बाहीर बसेर नटोक्ने कुकुरले भुके झै गरेको गतिबिधिले हाम्रो ध्यान तानिएको छ । हुनत हल्लै हल्लाको देशमा त्यस्तो क्रियाकलापहरु हुनु त सामान्य कुरा नै हुन तर यस्तो पुरातनबादी सस्कार र सोचलाई कहिले काही धिक्कार्नै मन लाग्छ ।

हाम्रो कामको अन्य उद्देश्य प्राकृतिक छटाको रुपमा रहेको हाम्रो जिल्लाको बिभिन्न स्थललाई पर्यटन बिकास बिस्तारको लागी उपयुक्त आधारहरु निर्माण गराउनेबारे माननीयहरु समक्ष छलफल गर्ने । जिल्लालाई पूर्वाञ्चलको राजधानी कायम राख्न भइ रहेका बिकासका पूर्वाधारलाई सम्बर्दन गर्दै थप पूर्बाधार जस्तै अञ्चल अस्पताल, पाख्रिवासमा तथा नाम्जेमा कृषी क्याम्पस खोलिनु पर्ने, खानेपानी तथा जलबिधुतको सम्भावना भएका ठाउमा अध्ययन गरि स्थानिय तहमा उत्पादन तथा बितरणबारे आवश्यक योजनाहरु जिल्लामा भित्राउने बारे छलफल गर्ने, बिमानस्थल निर्माण प्रकृयालाई चाडो भन्दा चाडो निश्कर्षमा पुराउने बन्न लागेका निजामति बिधालयको निरन्तरता र समयमै सम्पन्न गराइ सके सम्म चाडो सञ्चालन गराइनु पर्ने बारे जनप्रतिनिधिहरुलाई कुरा राख्ने बारे खुल्ला बहस तथा छलफल गर्नु हो जसको कारण जिल्लाबासीहरुले सके सम्म धेरै सेवा सुबिधाको प्रयोग गर्न सकुन ।


खासमा सामुदायिक सम्वाद जनता र जनप्रतिनिधि बिचको सम्बन्ध अझ घनिष्ठ बनाउने जसको फलस्वरुप जनताले भोगिरहेको समस्याहरु तथा सवालहरुलाई जनप्रतिनिधिले अपनत्व लिन सकुन भन्ने उद्देश्यले गरिएको हुन्छ । नेपाल सरकार तथा सरकारी कार्यालयहरुले गर्नु पर्ने यस्ता कार्यक्रम नेपालमा हाल सम्म हुन सकेको छैन । यस्ता केही कामहरु यहाका गैर सरकारी सँघ सँस्थाले गरेको पनि केही साथीहरुलाई आखी हुदो रहेछ । मलाई जहा सम्म लाग्छ ब्यक्ति वा कुनै सँस्था एउटा पार्टीको हुन सक्छ तर सार्वजनिक वस्तुहरु कुनै पनि एउटा पार्टीको मात्र कहिलै पनि हुन सक्दैन । उदाहरणको लागी जिल्लामा निर्माण भइरहेका भौतिक पूर्बाधार निर्माणको प्रयोग कुनै एक ब्यक्ति वा पार्टीले मात्र प्रयोग गर्दैनन् । हामीले कुनै पनि आधारहिन सुचना वा जानकारीको पछाडी नलागी सम्बन्धित ब्यक्ति वा सँस्था सँग सोध खोज गरेर अगाडी बढ्नु बुद्दिमानी देखिन्छ । न कि बिना आधार अरुमाथी गलत प्रचार प्रसार तथा आरोप लगाउने, अरु ब्यक्तिको चरित्र हत्या गर्नु। किन भने कुनै पनि अध्ययन बिना म नै यसको बिज्ञ हुँ भन्नु जतिको मुर्खता अरु केही हुन सक्दैन । जसको कारणले आफ्नै उचाइ घटाउनु हुने छ । साथै कहिले काही अरुलाई खनेको खाल्डोमा आफै पुरिन पनि सक्ने छ ।

अनौपचारीक रुपमा सँसदहरु जनता प्रति उत्तरदायि बनुन भन्ने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रममा नजिकका भनिने केही साथिहरुले असहयोग गरेका हुनाले हाम्रो काम गराइमा केही अवरोध आएको थियो । सर्वसाधारण जनता, राजनैतिक दल, सरोकारवाला निकायका प्रतिनिधि तथा जनप्रतिनिधि सम्पूर्ण एकठाउ जम्मा भै सकारात्मक छलफल गरि सुचना आदान प्रदान तथा सुझाब लिने दिने ठाउलाई सहज वातावरण बनाउनुमा राजनैतिक दलले सहजीकरणको भुमिका खेल्नु पर्ने थियो । तर स्थानिय राजनैतिक दलहरुले एक दुइ जना साथिहरुको हौवामा लागेर कागले कान लग्यो भन्दा कान छाम्नुको साटो कागको पिछाडी दगुरी आफ्नै स्थान र पहिचानलाई ओरालो लैजाने काम गरेको छ । मैले बुझेको राजनिति अप्ठ्यारा कुराहरुलाइ पनि एकै ठाउ बसेर सहमति खोजी अगाडी बड्ने बढाउने एक सशक्त शक्ति हो तर खासमा यहाका केही राजनैतिक दलको सोच त्यति फराकिलो रहेनछ भन्ने पनि बल्ल स्पष्ट भएको छ। अझ दुखको कुरा त कतिपय सन्दर्भमा केही जिल्लाका केही जनप्रतिनिधिहरुले समेत यस प्रकारको कार्यक्रमहरुलाई अपनत्व तथा जिम्मेवारीलाई अझै पनि बुझ्न सकेका छैनन । सुशासन कायम गर्न जिल्लामा नेतृत्व गर्ने राजनैतिक दलहरुको महत्वपुर्ण भुमिका हुन्छ जसले कुनै पनि कार्यक्रमको सहज बातावरण तयार गरि जिल्ला बासिले भोग्नु परेका चुनौति तथा सवालहरुलाई स्थानिय निकाय देखि केन्द्र सम्म पुराइ समस्या समाधान गर्न सजिलो बातावरण बनाउन आवश्यक देखिन्छ ।

वास्तवमा जनप्रतिनिधि भनेको राष्ट्रको साझा र सार्वजनिक सम्पति हुन उनिहरुलाई जनता बिच जाने जनताको कुरा सुन्ने र सार्बजनिक समारोहमा जनता सामु आफ्ना कुराहरु राख्ने लचिलो तथा खुला वातावरणको निर्माण गर्नु गराउनु सार्वजनिक दायित्व हो । तर त्यो दायित्व पुरा गर्नुको साटो बिना अध्ययन बिना ठोस तर्क मैदानमा उत्रिनुमा हतारिएको देखियो । कुनै पनि कुराको तत्काल निर्णय गर्नु अगाडी के कारणले साथीहरुले यस्तो कुरा उठाइरहेको छ भनेर जान्नु आवश्यक छ । किन भने अहिलेको जमानामा बिश्वासघात र धोकाले धेरैको मनमा डेरा जमाइ सकेको हुन्छ र त्यो सानो गल्तिको ठुलो सजाया आफ्नो भागमा नपर्ला भन्न सकिन्न । हामिले बिना अध्ययन हतारमा गरिएको कुनै कुनै निर्णयले पछि वास्तबिकता खुल्न जादा फुर्सदमा पछुताउनु सिवाय केहि हुन्न । जसको कारण आफ्नो उचाइ आफैले घटाउनु तथा पतनको बाटो निम्त्याउनु हुने छ अन्तत्वगत्वा हाम्रो नेपाली उखान आकाश फर्कि थुकेमा आफ्नै मुखमा छिटा हुन सक्छ । वास्तवमा अरुमाथी औला उठाउनु भन्दा अगाडी दश पटक सोच्नु पर्ने हुन्छ किन भने अरुमाथी उठाइएको त्यो एउटा औलाको पछाडी अन्य चारवटा औलाले आफैलाई इशारा गरिरहेको हुन्छ ।
चेतना भया ।

2 comments:

man gurung (maaem man) said...

manu g im so happy thank you for share....... Manu hamile yaslai fbma pani share garna sakun jasko lagi plz... Tapaile blogspotlai fb sanga pani link rakhnuna la...

manu said...

man ji thank you for your time and yes i have made it link on FB and you can also share it on your wall by clicking on share which is in left top. thanks again