Wednesday, March 7, 2012

होलि रे सरररर





सधै झै उमँगको ठेली सहित यो वर्ष पनि आयो रँगहरुको पर्व होली र सदभाव पूर्ण रँगहरु दलेर बिदा पनि हुदैछ। गत बर्ष त्यो भन्दा पहिलो बर्ष अझ त्यो भन्दा पनि अघिल्ला अघिल्ला बर्षहरु भन्दा यो बर्षको होलि निकै फरक होलि बन्यो मेरो लागी । फरक यो मानेमा थियो कि यो बर्षको होलि साच्चै सदभाबको होली थियो, जहा लोलाको चुटाइ थिएन, जहा जबरजस्तिपन थिएन, जहा फोहोर पानी वा ढलको फोहोरको बर्षा थिएन । थियो त केवल माया ममता सदभाव अनि खुशियाली सहितको रँग र त्यसैमा मुछिएका उमँगका फोहराहरु । साथै एकआपसमा सदभाव पूर्ण होलीको शुभकामना साटासाट थियो । मैले यो नयाँ अँकको नेपाल साप्ताहिकमा अस्तिमात्र ब्रजेश दाईको लेख पढ्दै थिएँ । "फागुको आतकँ" जसले मेरा बिगतहरुलाई सिनेमाको पर्दामा झै फ्लासब्याक देखाइ दिएको थियो । त्यो दर्दनाक कथा कहानी पढ्दै थिए जसलाई म स्वय आफैले पनि बिगतका बर्षमा काठमाण्डौ बसाइमा भोगेकी थिए । त्यहा फरक मात्र एक चिजको थियो त्यो फरकपना म र लेखमा रहेकी सानी सानी नानीहरु । मैले होली नमनाएकी करिब चार बर्षै हुन लागेछ । हुन त म पहिला देखी नै खासै होली र रँगहरुकी प्रेमि त होइन तथापि कहिले काही साथीभाइले लौन भन्दा नाई नभन्ने मै पर्दछु । मलाई फागु खेलि सकेपछिको रँगहरुको रँगिचँगि अलि मन पर्दैन। उल्लेखै गर्नु पर्दा मैले करिब करिब ८ बर्ष अगाडीको होलिमा मेरा सहपाठीहरु सँग केही पल यहि धनकुटामा होलि पर्व मनाएकि थिए तर त्यो बेला पनि मैले खुलेर होली अर्थात फागु खेल्न पाएकि थिएन कारण थियो धनकुटामा रहेको समस्या अर्थात पानीको अभाव । वास्तवमा त्यतिखेर पनि अहिले जस्तै पानिको हाहाकार नै थियो घरमा त्यसैले साथीहरुले रँग दल्न खोज्दा पनि रँगको एलर्जी छ भनि ढाटेको कुरा अझै ताजै छ । त्यस पछिको होली भनेको करिब वि स २०६४ साल ताका हो क्यारे (मलाई ठ्याक्कै मिति थाहा भएन) कान्तिपुर एफ एमले खेलाएको होली हँगामामा ललितपुरमा सहभागि भइ रमाएकि थिए । त्यसबेलाको होली पनि फरक किसिमको रमाइलो थियो किनकि म त्यहा अपरिचित १९ जना नया साथीहरु सित होलि खेल्न पुगेकी थिए । त्यस दिनको होलीलाई पनि दुइ चिजले सम्झन योग्य बनाएको छ





• एक: त्यस दिन मैले नया ज्याकेट लगाई होलि खेल्न गएकी थिए तर रँगहरुको मिश्रणले गर्दा भोलि पटक देखि त्यो ज्याकेट लगाउनै मिलेन जुन महँगो र मलाई सबै भन्दा धेरै मन परेर किनेकी थिए ।
• दुई: त्यस दिन कान्तिपूर टेलिभिजनले त्यो पललाई प्रत्यक्ष प्रसारण पनि गरिएको थियो र जुन खिचिएको भिडियो क्लिप्स थियो त्यो क्लिप्स दोश्रो बर्ष पनि समाचारमा प्रसारण गरिदा अफिसमा काम छोडी कता होली खेल्न गएको भनि गाली समेत खानु परेको थियो ।

त्यस भन्दा फरक अघि वा पछिका काठमाण्डौका होलिहरु खास रमाइलो गरि सम्झन योग्य कुनै रहेनन् ।मात्र होलिको नाममा फैलिएको बिकृति र बिसँगति बिच पिल्सिएका अनि पुरुष जातीका खोल ओढेका ति ब्वासाहरुको खेलौना वा कठपुतली सरह लोला खाएका तिता पलहरु जुन अझै पनि सम्झदा रिसले मेरा शरिर काडाँले भरिएर आउछन् । करिब ६ वटा जति काठमाण्डौका होलीहरुमा प्राय सबै होलिहरु तितो नै रहे । जति खेर फागु आउनु एक महिना देखी नै बाटोमा हिडिरहदा वा बाहिर निस्कदा थाहै नपाई फोहोर लोलाको बज्र सहनु पर्ने थियो जसले काठमाण्डौ जस्तो काकाकुल सहरमा दैनिक लुगा धुनु पर्दा आइलागेका अप्ठेराहरु। अफिस जादा आउदा होस वा समान किनबेच गर्न जादा नै अथवा धारामा पानि लिन जादा नै किन नहोस कुन कुनाबाट कस्तो फोहोरको लोलाको बज्र खानु पर्ने हो थाहै हुन्न थियो तर दुइ बर्ष सम्मको सुन सान होलि पश्चात गत बर्षको होलि पनि केही फरक थियो मेरोलागी । हुन त म काठमाण्डौ टेकेकी केही दिन मात्र हुदै थियो र चौतारीले आयोजना गरेको योङ्ग रिसर्च कन्फरेन्सले पनि केहि दिन भुल्याएको थियो मलाई । त्यो बेला घरायसी काम अनि आफन्तहरुको भेटघाट मै पनि ब्यस्त भए र मेरी आमाको स्वास्थ्य खराबिको कारणले पनि होलि तर्फ मैले खास ध्यान दिनै पनि पाइन त्यसर्थ पनि मेरालागी गत बर्षको होलि उल्लेख्य रहेन ।

तर यस बर्षको होलि थाहै नपाई हाम्रा घर अनि सँघारमा पाइला हाल्न आइ पुगेछ । काठमाण्डौमा रहदा महिना वा पन्ध्र दिन अघि देखी नै बाटामा लोलाको कारण होलि वा फागु पुर्णीमा नजिकिदै गरेको थाहा हुन्थ्यो हुन्थ्यो भने यो पटक एक दिन अघि ब्रजेश खनाल दाईको मन छुने लेखले मात्र होलि आएको सुइको दियो अनि अफिसका दिदीहरुले यो बर्षको होलिको तयारी बारे बसेको सानो बैठकले । जे होस एकआपसमा सदभाव राखेर कसैमाथी पनि नराम्रो नचिताई वा धार्मिक सहिष्णुता वा सास्कृतिक सहिष्णुता कायम राख्दै मनाइएको यो होलि स्मरणिय रह्यो । तर त्यो भन्दा पनि अझ रमाइलो यस मानेमा रह्यो कि यो पटकको होलिमा आफ्नोपन थियो जहा आत्मियता थियो । हामी काला होस वा गोरा थेप्चे होस वा चुच्चे चिम्से होस वा डल्ले जो सुकै भए पनि हामी हौ त नेपाली । त्यसर्थ नेपालीहरुको एउटा अर्को पर्ब हो होली । त्यसैले एक दिन मरेर जाने जिन्दगिमा सबै जना मिलेर खुसी साट्नु पर्छ । पर्ब कसै एउटा जाति वा समुदायको मात्र हुदैन त्यसैले भगवानले हामी सबैमा सदभाव कायम रहि राख्ने शक्ति प्रदान गरुन ।





तपाईहरु सबैको जिवनमा रँगै रँगको पर्ब होली जस्तै उमँग छाइ रहोस कामना।
नेपाली हामी जो जहा हुनुहुन्छ जसरी मनाइ रहनु भएको छ सबैलाई शुभकामना ।

No comments: