विदाको एक दिन
म घुम्दै
सल्सबरी जाने
निधो गरे
। त्यसको
लागी अनलाइन
वस टिकट
काटेकी थिएँ
। सधै
म भिक्टोरिया
कोच स्टेशनबाटै
चढ्ने र
फर्किदा पनि
भिक्टोरिया कोच स्टेशनमै ओर्लने गरेकी
थिए तर
त्यो दिन
खै के
सुर चल्यो
र हानिए
हिथ्रो अएरपोर्ट
तिर ।
मैले हिथ्रँेबाट
बस १२.३० मा
चढ्नु पर्ने
भए पनि
करिव करिव
आधाघण्टा अगावै
त्यहा पुगि
सकेकी थिए
। नजिकैको
प्रतिक्षालयको आडमा आफ्नो सानो झोला
विसाएर चिसो
फलामको चौतारीमा
आफुलाई पनि
बस नआउन्जेलको
लागी विसाए
। कसै
सँग नबोली
वा केही
नगरी आधा
घण्टा समय
विताउनु त
मेरो लागी
एउटा सजाय
काट्नु सरह
थियो र
पनि पर्खनु
त पर्ने
नै थियो
। त्यसैले
कुर्दै थिए
लण्डनको साझा
बस ।
अघि देखी नै
पहेलो आधा
स्टाकोट लाएका
एक खैरे
मेरै नज्दिकबाट
ओहोर दोहोर
गरेको मैले
देखिरहेकी थिए । मेरो बेचैनी
देखेर होला
उसलाई पनि
केही सोध्न
बोल्न मन
लाग्यो क्यारे
। नजिकै
आएर सोधि
हाले “कहाँ
जादैछौ प्रिय?”
अञ्जान नै
किन नहोस
समय विताउन
गाह्रो परेको
बेला बोलि
दिए ।
मेरो गन्तब्य
स्थान पनि
बताइहाले ।
फेरी सोधे
उनले “टिकट
लिइ सक्यँै
त प्यारी
?” ब्यागको कुनाबाट छापीएको टिकेटको पाना
देखाउदै भने
यी अस्तिनै
।
लुतो जिउडाल, लाम्चो
अनुहारमा केही
खैरो देखीने
गरि उम्रिएको
दाह्री जुँगाले
नसुहाउने हेर्दै
अल्छिलाग्दो अनुहार झन अझ झस्केझै
गरी खुम्चाउदै
बोले “प्यारी
तिमी त
यहा नआउनु
पर्ने मान्छे
पो रहिछँै
।” मैले
साच्चै बुझिन
सोझो प्रश्न
गरँे “किन
? बस आउने
बेला त
भएकै छैन
।” उनले
भने “हैन
बस त
आउदै छ
। तर
तिम्रो टिकटले
यहा चढ्न
दिन्छ कि
दिदैन भगवान
भरोसा ।”
तिमी म
सँग जिस्कदै
छौ ? मलाई
थाहा थिएन
कि सस्तो
टिकटले जहाँ
पायो त्यहिबाट
चढ्न र
ओर्लन पाइन्न
भनेर ।
उ साच्चै
गम्भिर देखियो
। भन्दै
थिए यो
सस्तो टिकेट
त जहाबाट
भनेर लेखिएको
छ त्यहिबाट
र जहा
सम्म लेखिएको
छ त्यहि
मात्र चढ्न
र ओर्र्लन
पाइन्छ त
प्यारी ।
म भने
सस्तो टिकेट
काटेमा जहि
तहिबाट बस
चढ्न नपाउने
कुरा बल्ल
थाहा पाउदै
थिएँ ।
मेरो टिकेटमा
पनि प्रस्थान
भिक्टोरिया कोच स्टेशन समय ११.३० लेखिएको
थियो ।
साच्चै यसले
भने झै
चढ्नै दिएन
भने? मनमा
डर उत्पन्न
भो ।
फेरी फर्केर
जाने हो
भने पनि
यस्तै बस
मै एक
घण्टा लाग्छ
भुइमुनिको रेल मै गए पनि
एक घण्टा
समय लाग्छ
नत्र लोकल
बसमा हो
भने त
झन ३
घण्टा नै
। फेरी
यो सस्तँे
टिकेट पनि
काम लाग्दैन
र भिक्टोरिया
कोच स्टेशन
पुग्नलाई पनि
फेरी छुट्टै
पैसा लाग्छ,
अब के
गर्ने होला?
म आत्तिएर
छटपटिए ।
म आत्तिएको
देखेर उसले
भन्यो प्यारी
तिमी नआत्तेउ
ड्राइभरको हात हुन्छ कसै कसैले
चढ्न पनि
दिन सक्छ
।
केही समय पछाडी
बस आयो
उसले जे
भन्याथ्यो उहि भयो आखिर म्याथ्यु
एक पुरानो
स्टाफ नै
परे ।
पहिला नै
सिकाएका थिए
उसले ड्राइभरलाई
अनुरोध गर्ने
उपाया पनि
तर काम
लागेन ।
नियम कानुन
राम्रो थाहा
नभएकी गँवार
स्वाठ न
ठहरिए म
। समय
चलिरहेको थियो
आफ्नै तालमा,
विचलित मन
लिएर उभिएकी
थिएँ म।
शरिर त्यहि
ठिङ्ग उभिए
पनि मन
आतिएर क्षितिज
पारी पुगेको
थियो ।
सोधेँ अव
के गर्ने
त ? ड्राइभरको
सोझो जवाफ
थियो अर्काे
टिकट काटेर
लेराउ म
यहि पर्खिन्छु
।
कुनताको गर्मिको मौसम
लण्डनमा त्यसै
त्यसै निस्सासिन्छ
अझ यो
बेला डरले,
अत्यासले चिटचिट
पसिना खस्दै
थिए मेरा
निधारबाट ।
युकेको बस,रेल जस्ता
सार्वजनिक यातायातको साधनको आफ्नै छुट्ने
निर्धारित समय, त्यो निर्धारित समयको
एक सेकेण्ड
तलमाथी हुदैन
। उसले
पर्खिन्छु नै भने पनि उसको
निर्धारित समय भए पछि पक्कै
पनि जानेछ
अर्काे बस
पर्खिन फेरी
आधा वा
एक घण्टा
नै कुर्नु
पर्छ ।
मेरो गन्तब्य
स्थान फेरी
सल्सबरी बाट
लोकल बसमा
गए २
घण्टा १५
मिनट रेलमा
जाने हो
भने पनि
आधा घण्टा
टाढा थियो
। साझ
परे पछि
फेरी पुग्नु
पर्ने ठाउमा
अर्काे वस
नपाइने डर
। हजार
तरहका तरङ्गहरु
मडारिदै थिए
मनमा तै
पनि लागे
टिकेट काउण्टर
तिर ।
टिकट काट्ने
ठाउमा लामो
भिड थियो
। म
पनि पछाडी
पट्टि लाइनमा
खडा भए
। तर
त्यो लामो
लाइन सर्दै
सरेन ।
करिव दश
मिनेट पछि
म्याथ्यु मेरो
कानमा फुसफुसाउन
आइ पुग्यो
पैसा साथ
मै छ
भने बसमै
दिन्छु भन
। समय
जान लाग्यो
एक पटक
फेरी ड्राइभर
सँग कुरा
गर ।
दुर्भाग्य म सँग पैसा थिएन
बैङ्ककार्डबाटै मात्र तिर्न पर्ने भयो
। ऊ
फेरी दौडेर
ड्राइभरलाई केही समय कुर्न आग्रह
गर्दै फर्किए
म भएको
ठाउमा ।
मेरो टिकट
र बैङ्ककार्ड
तानेर मलाइ
पछ्याउन इशारा
गर्दै उ
भिड छिचोल्दै
अगाडी बढे
म भने
उसको पछि
पछि ।
काउण्टरमा पुगेर वस जान लागी
सकेको तर
मलाई त्यहि
वसमा जानु
पर्ने अत्यन्तै
जरुरी काम
बताउदै टिकट
काटी दिन
अनुरोध गरे
। स्टाफ
भएको नाताले
पनि होला
उनीहरुले पनि
खासै केही
नभनी मेरो
काम गरी
दिए ।
पछाडी लाइनमा
लाग्नेहरु रिसाउन थालेका थिए हामी
आफ्नो काम
सकेर टाप
कसि हाल्यौ
। धन्य
वस चढ्न
पाइयो ।
यहि थियो उसको
र मेरो
पहिलो भेट
। हामी
बिच दोहोरो
बार्तालाप त भइ सकेका थिए
। करिव
पैतालीस मिनेटको
भलाकुसारीले हाम्रो सामिप्यता अपरीचित भन्दा
केही माथी
थियो तर
पनि एउटा
भनाइ छ
नि आखा
आखा जुधे
तर मन
जुधेन, जीन्दगीले
गन्तब्य खोज्दै
एउटा मोड
लियो तर
मन मिलेन
। हाम्रो
पनि करिव
अवस्था त्यहि
नै थियो
। हामीले
अन्तिम अवस्थामा
आएर फोन
नम्बर साटासाट
गर्याै ।
तर अचानक
भएकोले उसको
नाम नै
सोधिन ।
उसले त
मेरो नाम
सुरुमा टिकेट
हेर्दै थाहा
पाइसकेको रहेछ
। म
बस चढेर
चार पाच
माइल नपुग्दै
एउटा एस
एम एस
आयो ।
शुभयात्रा मेरी प्रिय, अब कहिले
फर्किन्छौ त लेखिएको थियो ।
धन्यबाद सहित
उसको नाम
लेखु भने
नामै थाहा
थिएन कस्तो
अचम्म ।
त्यसैले धन्यबाद
सहयोगको लागी
भनेर फिर्ता
पठाए ।
तुरुन्त फेरी
प्रति उतर
आयो कहिले
फर्केर आउछ्यौ
त्यो त
भनिनौ त,
अब भन्न
करै लाग्यो
म अर्काे
हप्ता आउदैछु
। फेरी
प्रतिउतर आयो
फर्किदा भेट्ने
आशा गर्छु
। तिमी
असाध्यै राम्री
छ्यौ गौरी
। एस
एम एस
को प्रकृती
हेर्दा झनन
झन्कार सहित
एक अचम्म
खालको करेन्ट
प्रबाह भो
शरिरमा ।
अव उसलाइ
के भन्ने
मैले? ल
हुन्छ भन्ने
वा नाइ
हुन्न वा
चुपचाप बस्ने
। किन
भने त्यति
धेरै वार्तालाप
पनि भा
हैन नत
नाम थाहा
छ नत
घर थाहा
छ नत
अन्यकुरा नै
। परेन
फसाद?
बस आफ्नै रफ्तारमा
दुरी नाप्दै
थियो ।
बसका झ्यालबाट
देखिने दृष्यमा
हरिया फाट
कतैकतै फुलबारी,घर,सवारीका
साधनहरु साथै
रुखहरु लुकामारी
खेल्दै हराउदै
थिए ।
मेरो मनमा
भने केही
बेग्लै खालको
तरँग तरङ्गीत
हुदै थियो
। एक
मनले भनि
रहेको थियो
कमसेकम उसको
नाम मात्र
सोधेको भए
पनि हुने
यतिकैमा अर्काे
मनले भन्दै
थियो बेकार
देको त्यो
मान्छेलाई फोन नँ । उतिनै
खेर एक
मनले भन्दै
थियो फोन
नँ माग्यो
त दियो
के भो
र तर
एस एम
एसको प्रतिउतर
नदेको भए
हुने ।
उतिनै खेर
अर्काे मनले
भन्दै थियो
विचराले त्यति
दौड धुप
नगरी दिएको
भए यो
बसमा चढ्न
पाउथिस जाबो
त्यति एउटा
धन्यबाद दिदा
के को
आपति ।
यसरी नै
मनका अन्तद्वन्दहरु
तछाड मछाड
गर्दै मडारिन्दै
थिए ।
एक तमासाको
मनमा डर
पनि चुलिएर
सँग सँगै
पहाड बनि
रहेको थियो
। फेरी
अर्काे एस
एम एस
आयो किन
प्रिय उतर
दिइनौ नि
गौरी मैले
केही गल्ति
भने? आफैले
आफैलाइ सोधे
अब नदिनु
नँ दिइ
सकेकी छु
नबोल्नु एस
एम एस
मा बोलि
सकेकी छु
के अब
उसले तिमी
राम्री छ्यौ
वा तिमीलाइ
फेरी भेट्न
चाहन्छु भन्दैमा
नबोलि बस्नु
उचित होला?
बोल्दैमा के
नै विग्रन्छ
र? मनले
उ सँग
केही खुला
तरीकाले कुरा
गर्ने जोस
आयो । झटपट उतर लेखे
। प्रसँशाको
लागी धन्यबाद
। अघि
म निदाएछु
त्यै भएर
हो म
आउदा यहि
बाटो आउछु
त्यति नै
खेर भेटौला
नी ।
अँ साच्ची
मैले त
तिम्रो नाम
सोध्नै विर्सेछु
म के
भनेर बोलाउन
सक्छु तिमीलाई?
उत्तर पठाएको केही
सेकेण्डमै फेरी प्रतिउत्तर आइ हाल्यो
। ए
हो त
हगि ।
मैले पनि
भनिन तिमीले
पनि सोधिनौ
। मलाई
म्याथ्यु भन
। उसो
भए हाम्रो
पुन भेट
अर्काे हप्ता
हैन त?
अनि उता
किन गएकी
कोहि भेट्न
वा घुम्न?
तिमी यहा
चाही कहा
बस्छ्यौ त
प्यारी? कुरा
यसरी लम्वियो
कि कहानी
कहिलै पनि
अन्त नहोल
ाझै ।
रेन्टलफोन लिनुको एक फाइदा अनगिन्ति
टेक्स्ट फ्री
भए पछि
कसलाई के
को चिन्ता?
एस एम
एसको वर्षा
भै रह्यो
मैले सबै
कुरा विस्तृतमा
उसलाई किन
भन्नु थियो
र? त्यसैले
कुरा टार्न
तिरै बेस
होला भन्ने
लागेर उत्तर
लेखे ।
कसैको जागिर
होस त
यस्तो मलाइ
त साच्चै
डाहा लाग्यो
म्याथ्यु तिम्रो
काम देखेर
। पैसा
पनि पाक्ने
मनोरञ्जन त
साथमा छदैछ
। साँच्ची
नढाटी भनत
तिमी त्यहा
ड्युटि बसेको
की टेक्स्ट
गर्न? सेकेण्ड
सेकेण्डमा उत्तर लेख्छ्यौ ड्युटि गर्न
पर्दैन ।
कामको नाममा
त्यहा आउने
यात्रुहरुलाई केही समस्या परे सहयोग
गर्ने नत्र
वरपर गर्दै
समय ब्यतित
गर्ने मान्छे
न हो
ऊ पनि
के कम
। लेखेर
पठाएछन म
त झन
दोहोरो ड्युटि
गर्दैछु एक
तिमी सँग
मित्रता गास्ने
अर्काे आफ्नो
पेटपालाको लागी काम पनि छदैछ
। तर
तिमी निकै
बाठो रहेछौ
ब्यक्तिगत कुरा आउने वितिकै कुरा
पन्छाउन थाल्यौ
। हामी
दुबैको एउटै
नेटवर्क थ्री
जी भएकोले
जति एस
एम एसको
दोहोरी गरे
पनि हामीलाई
कुनै समस्या
नै थिएन
। अझ
कुरा नै
गरे पनि
।
साँझ विहान गर्दा
गर्दै एक
हप्ता वित्यो
मेरो फेरी
लण्डन फर्कने
समय आयो
यतिन्जेलमा हामी थुप्रै पटक फोनमा
कुराकानी गरि
सकेका
थियौ । ऊ एक प्रकारले
म प्रति
सम्मोहित भए
झै कुरा
गथ्र्याे ।
मेरो मनमा
भने एक
खालको नराम्रो
कल्पनाको अँकुरण
हुदै थियो
। ऊ
मेरो प्रेममा
लिन हुन
खोजि रहेको
भान हुन्थ्यो
तर म
मा भने
पहिला खाएको
मायाको चोटको
कारण कुनै
पनि पुरुषमाथी
विश्वास गर्न
सक्ने अवस्था
नै थिएन
। तर
पनि म
आफु बेलायतको
बिधार्थी रुपी
एक नाटकका
पात्र भएर
भोगिरहेको समस्याबाट छुटकारा पाउने एक
झिनो प्रकाश
देखि रहेकी
थिए ।
ऊ जति
म सँग
भावनामा डुवेर
कुरा गथ्र्याे
म भने
नाटकमा अभिनय
गर्न सुरु
गर्थे ।
मेरो स्वार्थी
मनले उसको
शरिर वा
मुहारलाई हैन
उसको रातो
पासपोर्टलाई माया गर्न थालेकी थिए
। म
उसको ब्यवहार
र उसको
मायालाई हैन
उसको छाला
र वर्ण
लाइ माया
गर्न थालेकी
थिए ।
हरेक दिन एक
फोन कल
नत्र एस
एम एस
आदान प्रदान
हुन थाल्यो
। मेरो
फर्किने दिन
भने उसको
ड्युटि अफ
परेछ तर
पनि भेट्न
आउने भनि
रहेको थियो
तर मैले
नै नकारे
। हामी
बस्ने ठाउ
पनि नजिकै
भएको कारण
हामी नजिकैको
कफि पसलमा
भेट्ने बाचा
गर्याै त्यहि
बाचा बमोजिम
म फर्केको
भोलि पल्ट
भेट्यौ ।
समय आफ्नै रफ्तारमा
दौडिरहेको थियो । हामी आ
आफ्नो ठाउमा
समयलाई पछ्याउने
कोशिस जारी
राख्दै थियौ
। धेरै
दिनको फोनबार्ता
तथा एस
एम एस
दोहोरीले हामी
विचको मित्रताको
नाता अझ
निकटतामा परिनत
हुदै थियो
अझ यसलाई
भनौ हाम्रो
सम्बन्ध अझै
घनिष्ट हुदै
गयो ।
एक विपरित
लिङ्गी भएको
कारण पनि
मन भित्र
लुकेर रहेको
आकर्षणको भावनाले
मुर्त र
औपचारिकता प्राप्त गर्न खोजिरहेको थियो
। हामी
उपयुक्त रुपमा
वयस्क थियौ
हामी विच
सम्पुर्ण सँवेगहरु
थिए जो
युवाका मनमा
उत्पन्न हुने
गर्दछ ।
मान्छेको सोच न
हो बद्लिन
कति न
बेर लाग्छ
र मान्छेको
मनै त
हो माया
बस्न कति
न बेर
लाग्छ र?
बस्यो माया
ख्याल ख्यालैमा
। हामी
विचमा धेरैकुराको
समानता पाउदै
गएकी थिए
। समयको
अन्तरालमा उसको बारेमा सबै कुरा
थाहा पाउदै
गए ।
उ एक
घरबार विहिन
तथा सम्पति
विहिन टुहुरो
रहेछ ।
उसको सानैमा
आमा बाबा
खसे पछि
प्राय बाहिर
बाहिर नै
खाइ खेलि
हुर्किएको कारण अन्य बेलायती झै
सभ्य समाजको
शिक्षा हासिल
गर्न बाट
बञ्चित भएको
रहेछ ।
त्यहि शिक्षाबाट
बञ्चित भएकै
कारण अन्य
राम्रो जागिरमा
जानबाट पनि
बञ्चित भइ
साझा बसको
सहयोगीको रुपमा
काम गर्नु
आइ पुगेको
रहेछ ।
समयको पदचाप
सँगै दुइ
अलग धरातलबाट
आए पनि
हामी विचको
समाज सँस्कार
फरक भए
पनि हामी
विचको विचार
चाहाना तथा
सोच मिल्दै
गएको आभास
हुन थालेको
थियो मलाई
। म्याथ्यु
पनि मै
जस्तो एक
पटक पहिला
नै गहिरो
प्रेममा परि
छुटेको थियो
। उ
पहिला भन्दा
ब्यवहारीक र हरेक कुराले परिपक्व थियो
जति म
थिए ।
ऊसको साथ
पाएको केही
समय देखि
म भित्र
पनि एउटा
भावना जन्मि
रहेको थियो
। एड्रिन
प्रधानले गाउनु
भएको गितझै
मलाइ पनि
लागी रहेको
थियो कोही
होस यस्तो
साथी दुख
सुख बुझि
दिने मनको
कुरा मनैबाट
विश्वास गरि
भनि दिने
।
हामी विचको तेश्रो
भेटको पटक
हो क्यारे
उसले एकान्त
परी मेरो
हात च्याप्प
समात्यो ।
शरिरमा एक
अनौठो प्रकारको
तरँग उत्पन्न
भयो ।
तर कता
कता आनन्द
लाग्यो त्यसैले
केही प्रतिकृया
जनाइन ।
कुरा गर्दै
जादा विस्तारै
उसले अगाँलोमा
बाधे म
भने न्यानो
साथ लार्ई
चुपचाप स्वीकारी
रहे ।
म्याथ्यु एक
खैरेको समाजमा
जन्मेर हुर्केको
मानीस न
परे मेरो
त्यो मौन
स्विकृति थाहा
पाउदै गए
पछि उसले
विस्तारै कुराको
मेसो मिलाउदै
एसियनहरु चुम्वन
गर्नमा पारगँत
हुन्छन रे
नि भन्न
पनि चुकाएन
। तव
भने म
झसगँ भए
। मनमा
एक अप्ठेरो
महसुस भयो
। हैन
हामी विचको
निकटता साच्चै
झ्याङ्गिदै गएको हो त? हामी
एक सामाजिक
बन्धनमा बाधिएर
बसेको मान्छे
आफ्नो देशबाट
पाइला बाहिर
निकाल्ने वित्तिकै
फेरी यति
उदार र
प्रजातान्त्रिक नै भइ सकेको हो
त ? फेरी
एक मनले
सान्त्वना दिदै थियो समय र
ठाउ अनुसार
चल्न सक्नु
नै आजको
मानिसको लागी
भलाई हुनेछ
। फेरी
अर्काे मनले
भन्दै थियो
हैन गन्तव्य
अर्कै तिर
भएको मान्छे
फेरी विचैमा
किन बाटो
मोड्दै छस
। अन्तर्रमनमा
अन्तरद्वन्दको बहस चर्काचर्की भै रहेको
थियो ।
कता कता
मनु लोहोरुङ्ग
दिदीको फेसबुक
स्टाटस जिन्दगीका
मोडहरुमा कतै
ओइलिएर कतै
झरे मरेकोथेँ
आधाकल्चो जरा
पलाई हाँगा
सरे मानस्पटलमा
लटपटिन थाले
।
सुरुमा मैले उसको
रुप वा
मायालाई माया
नगरे पनि
समयको बहकाव
सँगै मेरो
मायामा अन्धोपन
आइ सकेको
थियो ।
भनिन्छ माया
अन्धो हुन्छ
वास्तबमै मायामा
परे पछि
मानिसहरु अन्धो
नै हुदो
रहेछ ।
जव जव
म उसको
सामिप्यमा पाउथे सँसार मेरै हो
जस्तो लाग्न
थाल्यो ।
तव मैले
थाहा पाए
मायामा जात
तथा उमेर
हुन्न रहेछ
। मायामा
बर्ग हुन्न
रहेछ ।
मायामा भाषा
रहन सहन
सँस्कृती केही
हुन्न रहेछ
। मलाई
लाग्थ्यो पहिलो
माया जतिको
माया अरु
हुन्न तर
यदि साचो
माया हो
भने माया
सबै उतिकै
महत्वपुर्ण हुदो रहेछ चाहे पहिलो
होस वा
दोश्रो वा
चौथो नै
किन नहोस
।
समयले गति लिन
केही बेर
पनि नलाग्दो
रहेछ ।
विगतका सम्पुर्ण
तिता मिठा
पल मेटिएर
पुन जीवनले
एउटा नया
गति लिएको
छ। हरेक
चहराइएका घाउ
अवको आउने
दिनहरुको लागी
थाती राख्दै
करिव ११
महिना लामो
यात्रा हामीले
एक अर्काबाट
शारिरिक रुपले
टाढा रहेर
बिताउदै आएता
पनि प्रेम
दिवसको शुभ
समयलाई साक्षि
राखेर हामीले
दुई थलो
लाई एक
बनायौ ।
दुई मन,
दुई मुटु
एक त
भएकै थियो
अव दुई
अलग बेडहरु
पनि एक
भएका छन्
। हुन
त बेलायती
मुलुकमा बेड
एउटै हुन
लाई कुन
ठुलो कुरा
हो र?
लिभिङ्ग टुगेदरको
नाममा हजारौ
जोडीहरु पार्टनर
बनेर बसीरहेका
छन् तर
हामी त्यसरी
पार्टनर मात्र
रहेनौ त्यो
भन्दा पनि
माथी नै
भइ सक्यौ
। हामी
पहिला केटा
साथी केटि
साथी मात्र
थियौ भने
हाल श्रीमान
श्रीमति भन्नलाई
अदालतले अधिकार
दिइ सकेको
छ ।
साच्चै म
सुश्री गौरी
राईबाट श्रीमती
गौरी म्याथ्यु
स्मीथ भएकी
छु ।
करिव अघिल्लो
बर्षको प्रेम
दिवस सम्म
कल्पना पनि
नगरीएको यो
प्रेमको रुप
अत्यन्तै छिटो
विकसित भएको
छ ।
यति खेर
साच्चै वास्तविक
खुसिका क्षणहरु
सँगाली रहेकी
छु ।
सबैको प्रेम
सफल रहनु
सबैलाई प्रेम
दिवसको शुभकामना
।
1 comment:
With havin so much content do you ever run into any issues of plagorism or copyright infringement?
My site has a lot of completely unique content I've either written myself or outsourced but it appears a lot of it is popping it up all over the web without my agreement. Do you know any techniques to help stop content from being ripped off? I'd truly appreciate it.
Feel free to visit my web page :: football jersey 00
Post a Comment