Monday, June 30, 2008

गम्भीरमान

पूर्णिमाको रात कटेर बिहानीको सुर्योदय हुनै लागेको छ। डाँडामाथी गोलो तर मधुरो चन्द्रमा अस्ताउनै लागेको छ। उता गभिंरमानको जीवनले पनि उस्तै गति र मोड लिएको छ। अर्धाङ्गीनी कमला भित्री कोठामा कुम्लो कुटौरो तयार पारीरहेकी छिन्। उता छोरा पवन र बुहारी हेमा पनि गह्रौँ मन बनाएर आफ्नो पूर्खा देखिको सुख भोग गरेर बसेको घर छाडी अन्तै कतै सुकुम्वासी हुन जान तयारी हुदैछन्। नाती हिमाल भने अहिले सम्म मस्त निन्द्रामै छन्। हेमाले उठाउदा पनि रिसाउदै, झर्कदै बालापन प्रर्दशन गरिरहेका छन् उनी। उसो त गभिंरमानको मन आज वास्तवमै अति गभिंर बनेको छ। छितिजबाट अस्ताउन लागेको चन्द्रमालाई एकटकले हेर्दै मनभरिका कुन्ठाहरु केलाउनमा मस्त छन् । यो चन्द्रमा त आजै, अहिलेनै यसैबेला अस्ताउन लागी रहेछ, एकछिनमा अस्ताएर जानेछ पनि। तर फेरि एकैछिनमा सुर्यको नौलो किरण सगैं अर्कै सुनौलो विहानीको आगमन हुनेछ। त्यो विहानीले नयाँ दिन, नयाँ जोस जाँगर, नयाँ उमंग, नयाँ संसार लिएर आउने छ तर... म चाँहि आज यतिकै सधैको लागी अस्ताउने नै भँए त? मेरो आफ्नो अस्तित्व केही छैन? अझै मनका कुना कन्दरामा दुखेका घाउहरु चर्‍याउन थाल्छ र थचक्क भुर्इमा बस्न पुगे। पुर्पूरोमा हात पूराउदै फेरी सोच मग्न देखियो।

छि... : यस्तो नी के जीन्दगी? साच्चै मैले बिगतमा कहाँ नेर त्यस्तो हुदी गल्ति गरेछु हँ? मैले आखिर के बिराएको थिएँ? मेरो के गल्तिले आज यो दुर्गती भोगी राख्नु परेको छ? बिगतका मेरा जानअन्जान गल्तिहरु साथै मेरा केही त्रुटिहरुको कारण आज मेरा जहान परिवारले समेत दुख पाउने भए। हिजो सम्म ज्यु र हजुर भन्नेहरु समेत आज मैलाई दोसी देख्न थालेका छन्। तिनै नेता, तिनै छिमेकीहरु आज मेरो बर्हिगमनको लागी भरपुर जुटिरहेका छन्। मेरा पतनको दिन हेर्न लालयित छन्। के मैले यतिका बर्ष घर अनि गाउँ बिकासको निमित्त केहि काम गरिन र? के आज मैले यो घर अनि यो गाउँ साच्चै छोड्‍नै पर्ने हो त? मैले भोग अनि मोज गरि आएका हरेक कुरा त्याग्नै पर्नै हो त? त्यतिका अथक मेहनत र प्रयासका बावजुद पाएको यो मेरो पद्‍ छाडी सबै सामु मैले माफी माग्दा पनि नभै मलाई यिनीहरुले यस्तो सजाय दिई रहेछन्। के मैले गाउँवासीको चाहाना बिपरित नै काम गरेको थिएँ त सबै?

"बुवा" भित्रबाट बुहारीको स्वर कानमा ठोक्किदा मात्र बार्दलीमा झोक्रिरहेको गभिंरमान झसंग झस्किन पुगे । "किन" आफुलाई सम्हाल्दै अधकल्चो शब्द निकाल्छ। हैन बिहान अबेर हुन लागी सक्यो के भाको त्यहि बसिरहने हो कि के हो? तलबाट कमलाको कर्कस आवाज कानमा गुन्जायमान भयो। याँ हिमाल उठ्‍नै मानी रा छैन तल झर्नु नी भनेको, लौ लौ अब अवेर हुन्छ चाँडो गरौं चाडो तल झर्नुस्। फेरि आवाज थपिएको थपिएकै रह्‍यो। हिजोसम्म आफै सर्वाधिकार भै सबै माथी शासन चलाउने मान्छे आज जहान परिवारले समेत खटन जमाउन थालेको देख्दा आफै दिग्दार भै सकेका छन्। कौशीको थाममा अडेश लागेर विगतलाई पल्टाउन थाल्छन्। ति दिनहरु अझै ताजै छन्। मैले चुनाव जीतेको बखत मेरो कत्रो वाह वाही थियो जताततै माग पनि। त्यस पछिका मेरा आफ्नै मनोमानी पूर्ण क्रियाकलाप वाह... कति रमाइला थिए ति दिनहरु, कहिले लण्डन त कहिले फ्रान्स, कहिले न्युयोर्क त कहिले अस्ट्रेलिया फेरी पछिका देशव्यापी भ्रमणमा फुलमाला र अविर जात्रा अनि अटो ग्राफ माग्नेहरुको भिड ... वाह्‍... त्यो पो हो त मेरो असली जीवन त। कुनै भेटघाट होस वा कुनै कार्यक्रम जहिलै एभरेस्ट होटल की त मल्ल, कहिले र्‍याडिसन कि त सोल्टि नत्र भए पनि हिमालयन त आफ्नै पकेटमा थियो। आज अचानक मेरो जीवनमा यति ठुलो चक्रपात कसरी? मेरा कैयौ सपनाहरु अधुरै रहे कति त सुरुनै गर्न पाईन हे भगवान... किन चकनाचुर बनाई लगी दियौ मेरा कल्पनाका महलहरु? समयले पनि कस्तो खेल खेल्दो रहेछ? तासको एक्का आफ्नै हातमा भएर पनि आफैले खेल हार्नु पर्‍यो। आखिर किन? श्राप लाग्नेछ यी मेरा पछौटेहरुलाई पनि... आखिर किन मलाई मात्र यस्तो सजाय? मानिस न हुँ कहिले काँही त गल्ति भै हाल्छ नी? मेरो आशुको महंगो मूल्य चुकाउन पर्नेछ यी नेपाली जनताले। मेरो यत्रो अपमान गर्ने यी समाजसेवीहरुलाई पनि दशा नै लागेको छ। अघि पछि भन्नु मात्रहो एक दिन पालो पक्कै फर्कने छ यिनीहरुलाई। सबैले धेरै क्षति ब्यहोर्नु पर्ने छ सुरुवात पहिला नै भै सकेको छ, राजाको परिवार थाहै नपाई सखाप हुनु, देश बनाउन लागेका विद्धान तथा समाज सुधारकहरु एकै चिहान हुनु अनि ... पाप कराएको हो पाप जसरी मलाई गलहत्याएर वाहिरी गरेका छन्, आफै पनि त्यसरी नै एक एक गरी बाहिरिनु पर्नेछ हा हा हा ... मलाई पतन गराउन खोज्ने सबै त्यसरी नै पतन भएर सक्ने छन् एक दिन।

'ड्‍याड'- पवनको सम्बोधनले झँसग झँस्कन्छन्। किन? गभिंरमानको ठाडो प्रति उत्तरलाई चिर्दे फेरी कमला कड्‍कीइन थालीन्। ल ल म आए कति कराई राखेको ? तर जति सुकै मुखले जवाफ दिदै गरे पनि उनको मन यति गह्रौ भएको थियो कि आफ्ना अन्य शव्द नै कतै खर्च नगरु झै भई रहेकोले छोरालाई इशारा हिड्‍न आग्रह गर्दै एक पटक आकाश तीर डुलाए। चन्द्रमा डाँडाको च्यापबाट अलिकति चिहाउदै उनलाई विदाइका हात हल्लाउदै गरे झैँ लाग्यो उनलाई उता विहानीको सुर्यको किरणले हिमालको टुप्पो टूप्पो सलाम ठोकी सकेको देखेर आफ्नै भाग्यले जतासुकैबाट गीज्याए झैँ लाग्यो। यी सम्पूर्ण कुराहरुले गभिंरमान त्यहि नै पुर्लुक्क ढलेर डाको छाडेर रुन मन लाग्यो बल्ल तल्ल आफुलाई सम्हाल्दै कौशीबाट भित्र छिरी ढोका बन्द गर्‍यो।
सधैका लागी बन्द हुदैछ यो ढोका अब कहिल्यै खुल्ने छैन म यसलाई खोल्न कहिल्यै पनि आउन पाउने छैन... विस्तारै पाइला अघि बढाए भुइमा झर्नको लागी तर बन्द झ्याल ढोकाका कारण चुक अध्यारो छाएको थियो उनको आफ्नै जीवन झैँ कता जाने कता टेक्ने यसो मेलो नै पाइ रहेका थिएनन् बल्ल बल्ल पाइलाहरु अध्यारो मै अगाडी के बढाएका थिए भर्‍याङ्गमा पुगेका गभिंरमान टेक्न नपाई बल्ढ्‍याङ्ग बल्ढ्‍याङ्ग गर्दै भर्‍याङ्गको फेदमा थुप्रियो । न त कमला नै केहि बोल्न सकिन् न त पवन नै, स्तवधता छायो सबैमा । उता चन्द्रमा डाँडाबाट टुप्लुक्क अस्तायो पुन: भोली उदाउने गरी तर यता गभिंरमान अस्ताए सँधै सँधैका लागी कहिल्यै नझुल्कने गरी, कहिल्यै नफर्कने गरी ...।

5 comments:

lingkupitang said...

tapai sachai dherai ramro lekha hunu hudo rahechah malai dherai khusi lagyo tapai ko lekha haru padhera juna katha haru chhan dehrai mardasrshi chhan keep it up,

दीपक जडित said...

कथा लेखाई राम्रो । कथाबस्तु पनि राम्रै टिपिएको हो तर लेखिकाले पाठक झुक्याउन खोजेको हो कि आफैं झुक्किएको हो जस्तो लाग्ने । यस्ता विषयबस्तु टिपेपछि निर्धक्क यथार्थलाई फुकाएर लेख्नसके हुन्थ्यो है । कथालेख्दा कथा जस्तो बनाउने कला त छँदैछ आँखिर । जे होस पढ्दा राम्रो नै लाग्यो ।

manu said...

निकै लामो कथा लाई पनि पढेर प्रतिकृया दिनु हुने सबै साथी हरुलाई धेरै धेरै धन्यवाद ।
अनि छ नि साथी, मैले कसैलाई झुक्काउन खोजेको चै पक्कै होइन है । बरु कता कता नमिलेको भने पक्कै हो । किन कि म प्रोफेसनल कथाकार त होइन, भर्खर एसो लेखी टोपलेको मात्रै नि । तै पनि तपाईंहरु को प्रतिकृया पाएर निकै कथा लेख्न तिर हौसिन्दै छु पो त ।अनि समय मिलाइ सम्झदै गर्नु भएको मा म आभारि पनि छु । अरु पनि मेरो केहि कथा गजल भोजपुरे ब्लग मा हालेको छु प्रतिकृया को अपेक्छा पनि गर्छु जस्ले पछि अरु लेख लाइ सहयोग पुग्ने छ।

Basanta Gautam said...

रमाइलो कथा रहेछ। तर जडितजीको कुरामा सही मिलाउन मन लाग्यो। विषयवस्तुमाथि मज्जाले 'खेलेर' लेखेको भए झन राम्रो हुनेथियो।
लेख्दै जानुस्, तपाईँमा राम्रो कथाकारको सम्भावना छ।

Administrator said...

लेखन शैली धेरै राम्रो छ मनु जी तपाईंको किनकि मैले तपाईंको कथा पढ्ने अवसर् मेरै ब्लगमा पाएको छु। तपाईले निरन्तरता दिनु पर्छ। म तपाईंलाइ यहि कामना गर्छु र आगामी दिनहरुमा तपाईको कथाहरुले राम्रो स्थान पाओस। भबिस्य कि तारा बन्न सक्नु है त। -बि जे भोजपुरे